मङ्गलबार, १६ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K3AW0AJ9M4TT67FM18ARWBHR.jpeg

भियतनामका उपराष्ट्रपति नेपाल आउँदै

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदैछिन् । 

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

भियतनामको तर्फबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म रहने छन् । 

उनले भ्रमणको क्रममा, दुई उपराष्ट्रपतिले २४ अगस्ट २०२५ मा काठमाडौंमा हुने नेपाल–भियतनाम द्विपक्षीय बैठकमा आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । 

यसका साथै, उपराष्ट्रपति जुआनले नेपालका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट र शिष्टाचार भेटवार्ता गर्नेछन् । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने यो वर्ष विशेष महत्वको छ ।

उपराष्ट्रपति सुआन २५ अगस्ट २०२५ मा काठमाडौंबाट हनोई प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मितिः शनिबार, ०७ भदौ २०८२
https://jawaaf.com/storage/01K3AAQ1E9RJ0DZHWTV2Z3TCZ5.jpeg

बागमती प्रदेश राजधानी नजिक पहिरोले सडक अवरुद्ध, हजारौँ यात्रु अलपत्र

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा नजिक बागझौरा र त्रिखन्डी सडक खण्डमा आएको पहिरोका कारण सडक २४ घन्टादेखि अवरुद्ध बनेको छ । लगातारको वर्षासँगै गएको पहिरोले दुवै तर्फको यातायात पूर्णरूपमा बन्द हुँदा हजारौँ यात्रु बाटैमा अलपत्र परेका छन्।

स्थानीय प्रशासनले सडक खुलाउन डोजर परिचालन गरेको भए पनि निरन्तर वर्षाले काम गर्न कठिनाइ भइरहेको जनाएको छ। सडक खुलाउने प्रयास जारी राखिएको र सम्भव भएसम्म चाँडै यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

सडक अवरुद्ध हुँदा राजधानीतर्फ र राजधानीबाट आउने यात्रुहरू भारी समस्यामा परेका छन्। कतिपयले पैदल यात्रा गर्ने बाध्यता बनाएको बताइएको छ। स्थानीय बासिन्दाले शीघ्र पहिरो हटाउने कामलाई तीव्रता दिन सरकारसँग माग गरेका छन्।

प्रकाशित मितिः शनिबार, ०७ भदौ २०८२
https://jawaaf.com/storage/01K38GVKVG9JHNRDE0MJRBA9AM.jpeg

मन्थलीको पाखाबारीमा लरी दुर्घटना, चालक घाइते

रामेछाप । सदरमुकाम मन्थलीबाट सेलेघाटतर्फ जाँदै गरेको बागमती प्रदेश–३०१००३ क ५६४४ नम्बरको मालवाहक लरी(ट्रक) शुक्रबार बिहान मन्थली नगरपालिका–६ पाखाबारीमा दुर्घटना परेको छ । 

दुर्घटनामा लरी चालक नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ सिखरबेसीका ४४ वर्षीय प्रवास ओली घाइते भएका छन् । उनलाई घटनास्थलबाट उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि लगिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । 

उक्त लरी सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा रहेको प्लान्टका लागि सिमेन्ट बोकेर सेलेघाटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको लरी पटेल रमण कन्स्ट्रक्सनको भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत वर्ष असोज १२ गतेको वर्षासँगै आएको बाढीले खुर्कोटमा रहेको सुनकोशी मोटरेवल पुल बगाएपछि पुनर्निर्माण गरिएको बेलिब्रिजमा १५ टनभन्दा बढी क्षमताका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

आयोजना स्थलमा आवश्यक निर्माण सामग्री पु¥याउने ठूला मालवाहक सवारी साधनलाई सिन्धुली र रामेछापको संगमस्थल सित्खा पुल तरेर मन्थली हुँदै गन्तव्यसम्म लैजानुपर्ने बाध्यता छ । साघुरो सडकमा ठुला सवारी साधन गुडाउँदा दुर्घटना बढेको छ । ठुला सवारी चल्दा सित्खा–गोगनपानी–मन्थली सडक पनि पिच उक्किन लागेको छ ।

प्रकाशित मितिः शुक्रबार, ०६ भदौ २०८२
https://jawaaf.com/storage/01K383E0RHG7326A8JKYKJA6WN.jpg

सशस्त्र प्रहरीमा खुल्यो नयाँ भर्ना

काठमाडौँ । सशस्त्र प्रहरी बलले नयाँ जनशक्ति भर्ना गर्न आवेदन खुला गरेको छ । सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदमा नयाँ भर्ना खोलेको हो ।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, मानवस्रोत विभागले आज आवेदनका लागि एक महिनाको समयावधि तोकेर नयाँ भर्नाका लागि आवेदन खुला गरेको हो ।

जवानमा ७८६, भान्छेमा १६ कूचिकारमा १०, सूचिकारमा १३, केशकर्तकमा १० र चर्मकर्मीमा १ जना भर्ना गर्ने गरी आवेदन खुला गरिएको हो ।

प्रकाशित मितिः शुक्रबार, ०६ भदौ २०८२
https://jawaaf.com/storage/01K37VFB5KN3N4V5FT02H2JHF2.png

इजरायलले सबै बन्धकहरू छुटाउन वार्ता सुरु गर्ने घोषणा

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा रहेका सबै बन्धकहरूको रिहाइका लागि वार्ता सुरु गर्ने घोषणा गरेका छन् । साथसाथै, उनले गाजाको उत्तर क्षेत्रमा रहेको गाजा सहरमा इजरायली सेनाको ठूलो कारबाही गर्ने योजना पनि स्वीकृत गरिएको बताएका छन् ।

बिहीबार राति गाजाको लागि जिम्मेवार सैन्य मुख्यालयको भ्रमणका क्रममा नेतान्याहुले भने, ‘हामीले गाजा सहर नियन्त्रणमा लिन र हमासलाई परास्त गर्न इजरायली सेनालाई योजना अघि बढाउन अनुमति दिएका छौं। यससँगै बन्धकहरू छुटाउने काम पनि अघि बढ्नेछ ।’

तर, नेतान्याहुले कतार र इजिप्टको मध्यस्थतामा प्रस्तावित ६० दिने युद्धविराम सम्झौतालाई भने अस्वीकार गरेका छन् । उक्त प्रस्तावमा गाजामा रहेका बाँकी बन्धकमध्ये आधालाई रिहा गरिने उल्लेख गरिएको थियो ।

यसअघि हमासले नेतान्याहुलाई मध्यस्थकर्ताहरूको प्रस्ताव अस्वीकार गर्दै सम्झौतालाई अवरोध पु¥याएको आरोप लगाएको थियो ।

इजरायली अधिकारीहरूका अनुसार गाजामा रहेका ५० बन्धकमध्ये करिब २० मात्र जीवित रहेको विश्वास गरिएको छ । यसबीच, बिहीबार इजरायली सेनाले गाजा सहरका पूर्वी क्षेत्रहरूमा तीव्र बमबारी गरेको जनाइएको छ ।

इजरायली सेनाले गाजा सहरका करिब १० लाख बासिन्दालाई दक्षिणतर्फ सर्न चेतावनी दिँदै अन्तर्राष्ट्रिय संस्थाहरू तथा स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन भनेको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने यस्तो कदमले बाँकी स्वास्थ्य प्रणालीलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०६ भदौ २०८२
https://jawaaf.com/storage/01K37TTHJ541AQF0M04WJMRA1P.jpg

समाजवादी विद्यार्थी युनियनको १०औँ स्थापना दिवस आज मनाउँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विद्यार्थी भातृ संगठन समाजवादी विद्यार्थी युनियनले आज आफ्नो १०औँ स्थापना दिवस मनाउँदैछ ।

देशभर विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइने भएको छ । संगठनको केन्द्रीय समितिले भने काठमाडौँको प्रदर्शनीमार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

यस अवसरमा पार्टीका शीर्ष नेताहरू, विद्यार्थी नेताहरू र विद्यार्थीहरू सहभागी हुने कार्यक्रम तय भएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०६ भदौ २०८२
https://jawaaf.com/storage/01K36E7QT1FF1H1HJ9XSQNT13R.jpg

धरानमा सुम्निमा-पारुहाङको प्रतिमाको शिलान्यासमा साल्पा पोखरीको माटो–ढुङ्गा र पानी प्रयोग हुने

धरान । धरान उपमहानगरपालिका–२० स्थित चिण्डेडाडामा निर्माण हुन लागेको सुम्निमापारुहाङको प्रतिमाको शिलान्यास आगामी मंसिर ९ गते हुने भएको छ ।

शिलान्यास कार्यक्रममा किराती समुदायको आस्थाको केन्द्र मानिने भोजपुरस्थित साल्पा पोखरीको माटो, ढुङ्गा र पानीसहित प्रतिमा निर्माण कार्य सुरु गरिने मेयर हर्क साम्पाङले जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत मिति सार्वजनिक गर्दै उनले मंसिर २ गते साल्पासिलिचुङसम्म यात्रा गरिने जानकारी दिएका छन् । सो यात्राबाट ल्याइने माटो, ढुङ्गा र पानी प्रतिमा निर्माणमा प्रयोग गरिने उनको भनाइ छ ।

साम्पाङ मेयरमा निर्वाचित भएयता धरानमा सामुदायिक जनसहभागितामा आधारित योजनाहरू अघि बढाउँदै आएका छन् । सोही अभियानको निरन्तरतामा सुम्निमापारुहाङको प्रतिमा निर्माणलाई प्राथमिकतामा राखिएको र यसका लागि दातामार्फत रकम संकलन भइरहेको छन् ।

किराती समुदायको आस्थाको केन्द्र मानिने साल्पा पोखरीको माटो, ढुङ्गा र पानी प्रयोग हुने भएकाले यस आयोजनालाई धार्मिक, सांस्कृतिक र सामुदायिक महत्व बोकेको परियोजनाका रूपमा लिइएको छ ।

प्रकाशित मितिः बिहिबार, ०५ भदौ २०८२
https://jawaaf.com/storage/01K358AF42FN7BCVQXN48E3XRB.jpeg

लिपुलेकमा नेपालको दाबी गर्नु स्वीकार्य हुँदैन : भारत

काठमाडौं । भारतले लिपुलेक व्यापार मार्गबारे भारतको अडान दीर्घकालीन रहेको बताएको बताएको छ ।  विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेका हुन् । 

विज्ञेप्तीमा भनिएको छ,‘लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार १९५४ मै सुरु भएको हो। दशकौँदेखि निरन्तर चलिरहेको छ। यस किसिमका दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। एकतर्फी रूपमा कृत्रिम रूपमा भूभाग बढाएर दाबी गर्नु स्वीकार्य हुँदैन’

बुधबार नै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा समावेश आधिकारिक नक्साअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको बताएको थियो । 

सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन गएका बेला लिपुलेक नाका खोल्ने सहमति भएको थियो। त्यसबेला पनि नेपालले कूटनीतिक नोट पठाएर दुवै देशसँग आपत्ति व्यक्त गरेको थियो।

प्रकाशित मितिः बिहिबार, ०५ भदौ २०८२
https://jawaaf.com/storage/01K33W7KEPWJ6VNZPNJ4AD6F8F.jpg

जनकपुरधाममा जसपा नेपालको विरोध प्रदर्शन, उपेन्द्र यादवमाथि षड्यन्त्रपूर्वक मुद्दा लगाएको आरोप

जनकपुर । जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी, नेता तथा कार्यकर्ताहरूले मंगलबार जनकपुरधाममा सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

जनकपुरधामको जनक चोकमा सडक अवरुद्ध गर्दै उनीहरूले “ओली सरकार मुर्दावाद, झुटो मुद्दा खारेज गर, गौर हत्याकाण्डका योजनाकार प्रभु साहलाई कारबाही गर” जस्ता नारा लगाएका थिए ।

विरोधसभामा जसपा नेपाल मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक एवम् प्रदेश सभा सदस्य रामअशिष यादवले सरकारमाथि षड्यन्त्रपूर्वक पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजेको आरोप लगाए । उनले भने, “जनता विरोधी भूमि अध्यादेशको पक्षमा समर्थन नगरेपछि ओली सरकारले उपेन्द्र यादवलाई गौर हत्याकाण्डमा फसाउने खेल खेलेको छ ।”

उनका अनुसार अध्यक्ष यादवले पिछडिएका वर्गको अधिकारका लागि आवाज उठाउँदा सरकार उनलाई समाप्त गर्ने योजनामा लागेको छ । साथै, सरकार उपेन्द्र यादवविरुद्धको मुद्दा फिर्ता नलिए पार्टी अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए ।

यसैबीच, गौर घटनाको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमवार परमादेश दिएको छ । २०६३ चैत ७ गते रौतहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीबीच कार्यक्रम स्थल विवाद हुँदा भएको झडपमा २८ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो ।

प्रकाशित मितिः बुधबार, ०४ भदौ २०८२
https://jawaaf.com/storage/01K33PGYB5P6C85T9Z86VKKRG7.jpeg

चक्कु प्रहार गरि युवकको हत्या, एक जना पक्राउ

रौतहट । रौतहटको गौरमा चक्कु प्रहार गरि एक युवकको हत्या गरिएको छ । गौर नगरपालिका वडा नंं. ५ गौरी शंकर यादव क्याम्पस नजिकै १८ वर्षिय युवकको चक्कु प्रहार गरि हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
बरहवा ताल पारी झुलुंगे पुल नजिकै बुधवार दिउसो ३ः १५ बजेको समयमा चक्कु प्रहार गरी हत्या गरिएको अवस्थमा घटनास्थालमा शव  फेला परेको प्रहरीले जानकारी दिएको छ ।
हत्या भएको युवक गौर नगरपालिका वडा नंं. ५ गौरी शंकर यादव क्याम्पस नजिकै बुधबार दिउसो चक्कु हानहान हुँदा १८ वर्षिय युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चक्कु प्रहार यमुनामाई गाउँपालिका ५ का  सहाबुद्दिन मिया रहेको बुझिएको छ ।  उनका काका अब्दुल ओहिदले पहिचान गरेका हुन् । यस घटनाका बारेमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
घटनास्थलबाट हत्यामा प्रयोग भएका चक्कु बरामद भएको समेत उनले जानकारी दिए । प्रहरी टोलि तत्काल घटनास्थलमा पुगेकाले उक्त घटनामा संग्लन एक जनालाई पक्राउ गरिएको उनले बताए  ।  
गौर नगरपालिका–३ बस्ने २० बर्षीय सनोज रामलाई प्रहरीले पक्राउ गरेको हो । बरहवा ताल पारी गएर लागु औषध गाँजा सेवन गरेपछि  दुबै जना बिच चक्कु हानाहान भएको बुझिएको छ ।  चक्कु प्रहार गर्नेको पनि हात काटिएको छ ।
पक्राउ परेका रामलाई   हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, ०४ भदौ २०८२