बुधबार, १० असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JYKAQRMFY9AYB3FE18AV519W.jpg

कोशी प्रदेश मन्त्रिपरिषद् : सवारी नियमावली स्वीकृत, ऐन संशोधन विधेयक पेस हुने

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले यातायात, कानुन र मानव संसाधन व्यवस्थापनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकपछि आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले पत्रकारहरूलाई जानकारी गराउँदै प्रदेश सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली २०८२ लाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको जानकारी दिए ।

मन्त्री भण्डारीका अनुसार नयाँ नियमावलीले सिटी रिक्सा चालकहरूलाई लिखित परीक्षा दिनु नपर्ने, तर ट्राफिक नियमसम्बन्धी अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, सार्वजनिक सवारी साधनको पञ्जीकरण आवश्यक नरहने, साथै लाइसेन्स र दर्ता प्रक्रियामा सहजता ल्याउने व्यवस्था गरिएको छ ।

बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ लाई प्रतिस्थापन गर्ने विधेयक र सामाजिक संघ–संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव पवनकुमार तिमल्सेनालाई प्रदेश लोकसेवा आयोगमा खटाउने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मितिः बुधबार, ११ असार २०८२
https://jawaaf.com/storage/01JYKA37GKVZTWG85A4HCPZBHZ.jpg

विशेष अदालतमा माधव नेपालको बयान सकियो

काठमाडौं । पतञ्जली जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै बुधबार विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एर्कीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान सकिएको छ । 

विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको हो । बयानपछि थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसमा नेपालका तर्फबाट बहस गर्न वकिलहरुको लामो पंक्ति तयार भएको छ । 

नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी लगायत १२० जनाले बहसका लागि नाम टिपाएका छन् ।

तर, थुनछेक बहस लम्बिएमा आज नेपाल न्यायिक हिरासतमा बस्नुपर्ने हुनसक्ने भएकाले नेपालको तर्फबाट केही कानुन व्यवसायीले मात्रै बहस गर्ने बताइएको छ । 

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाटबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहितले बहस गर्दै छन् ।  अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा घोटाला प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मितिः बुधबार, ११ असार २०८२
https://jawaaf.com/storage/01JYJJ5ZQ2B4Q1ZN7VVW5SZ6N4.jpg

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बुधबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।  

आजको बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रकाशित मितिः बुधबार, ११ असार २०८२
https://jawaaf.com/storage/01JYJCXW42YJVN4YA92WHQGSCX.jpg

आजको मौसम: केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण हाल देशभरको मौसम आंशिक देखि साधारण बदली रहेको छ भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सबै प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राती भने कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहनेछ । 

महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सबै प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेका महाशाखाले जनाएको छ । 

प्रकाशित मितिः बुधबार, ११ असार २०८२
https://jawaaf.com/storage/01JYGEASCNZ31AEZ5HBKEKSDBA.jpg

इजरायली प्रधानमन्त्री युद्धविराम गर्न तयार, ‘अवैध आक्रमण’ रोक्न दबाब

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको घोषणा गर्न तयार रहेको बताएका छन् । मंगलबार एक विज्ञप्तिमा इजरायलले इरानसँग युद्धविराम सम्झौताका सम्बन्धमा धारणा राख्दै नेतान्याहूलाई भने, ‘गहन कूटनीतिक र सुरक्षा प्रयासहरू पछि, हामी इरानसँग व्यापक युद्धविरामको घोषणा गर्दैछौं ।’ 
साउदी मिडिया आउटलेट अल अरेबियाको रिपोर्टहरूका अनुसार, इरानी राज्य टिभीले मंगलबार इरानले इजरायल विरुद्ध गोलीबारी बन्द गरेको बताएको छ ।
यद्यपि, मंगलबार ०४ः०० जिएमटिसम्म दुवै पक्षबाट कुनै आधिकारिक घोषणा जारी भने भएको थिएन् । 
सोमबार साँझ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक आश्चर्यजनक युद्धविराम घोषणा पोस्ट गरेका थिए । जसमा उनले इजरायल र इरान पूर्ण र पूर्ण युद्धविराम लागू गर्न औपचारिक सम्झौतामा पुगेको दाबी गरे । जसलाई उनले ‘१२–दिने युद्ध’को अन्त्य भनेका थिए ।
तर उनको घोषणाले भ्रम र शंका उत्पन्न गरेको छ । किनकि सामाजिक संजालमा पोष्ट गरेको केही घण्टापछि ‘म दुवै देशहरूलाई ‘१२ दिनको युद्ध’ भनिने कुरालाई अन्त्य गर्न सहनशक्ति, साहस र बुद्धिमत्ता भएकोमा बधाई दिन चाहन्छु ।’
तर मंगलबार बिहानै तेहरानभरि धेरै विस्फोट र हवाई रक्षा गतिविधिहरू भएका थिएन । मिडियामार्फत युद्धविराम जारी गर्नु अघि, इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले मंगलबार भने, ‘युद्धविराममा कुनै सम्झौता छैन ।’
तर यदि इजरायलले स्थानीय समय बिहान ४ बजेसम्ममा आफ्नो ‘अवैध आक्रमण’ रोक्यो भने तेहरानले आक्रमणहरू रोक्नेछ, अल जजीराले भनेको छ । 
यसैबीच, इजरायली पक्षले मंगलबार युद्धविराम सम्झौतामा इरानसँग सम्पर्क गरिरहेको बताइएको छ । 
ट्रम्पका अनुसार, इरानले युद्धविराम सुरु गर्नेछ, त्यसपछि १२ घण्टा पछि इजरायलले युद्धविराम सुरु गर्नेछ । जसको अन्त्य २४ घण्टामा युद्ध समाप्त भएको आधिकारिक घोषणामा हुनेछ ।
ट्रम्पको युद्धविराम घोषणापछि इजरायली सेनाले मंगलबार इरानबाट पाँच पटक क्षेप्यास्त्र आक्रमणको चेतावनी जारी गरेको छ ।
सोमबार राति, इरानले इराक र कतारमा रहेका अमेरिकी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण सुरु गरेको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले पुष्टि गरेको छ । कतारको हवाई रक्षा प्रणालीले राजधानी दोहामाथि धेरै क्षेप्यास्त्रहरूलाई रोकेको छ ।

प्रकाशित मितिः मङ्गलबार, १० असार २०८२
https://jawaaf.com/storage/01JYGCY71T1KC8880XYF17TAPE.jpg

विद्युत प्राधिकरणको लापरवाही : करेन्टले १० खच्चड र भैंसी मरेपछि किसानको विजोग

मुगु । मुगु छायाँनाथ रारा नगरपालिका—१० जग्गि बढुवाल र सोही वडाका प्रेम बढुवालले खच्चड व्यवसाय गर्दै आएको एक दशक भन्दा बढी भयो । खच्चड ब्यवसायबाट उनीहरुले राम्रै आम्दानी गरेर घरपरिवार राम्रै चलेको थियो । आइतबार दिउसो चार बजे विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट लिक भएको करेन्टमा परेर बढुवालसहित सोही नगरपालिका—१ का कर्ण बहादुर मल्लका समेत गरी १० खच्चडको मृत्यु हुँदा तीनैजनाको आम्दानी हुने बाटो नै बन्द भएको छ ।
छायाँनाथ रारा नगरपालिका—१२ लुम्सको भ्याकुने भन्ने स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट करेन्ट चुहावट हुँदा उक्त नगरपालिका—१ का कर्ण बहादुर मल्लका चार, सोही नगरपालिका—१० का जग्गी बढुवालका तीन र पृथ्बी बढुवालका तीन गरी १० वटा खच्चडको करेन्ट लागेर मृत्युको हुँदा बर्षौदेखि आम्दानी गर्दै आएको उनीहरुको बाटो नै बन्द भएको हो ।
सोही स्थानम दुई दिन अगाडि मात्र छायाँनाथ रारा नगरपालिका—१२ कम्फा गाउँका खड्क बहादुर बुढाको दुहुनु भैसीलाई सोही टा«न्सर्फमरबाट लिक भएको करेन्टबाट मृत्यु भएको थियो ।
मुगुम कार्मारोङ गाउँपालिका जान लागेका जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जन बहादुर कार्कीले आफनै आँखा अगाढी करेन्ट लागेर भैंसी ढलेको देखेपछि तत्कालै प्रमुख जिल्ला अधिकारी र विद्युत प्राधिकरण मुगुका कार्यालय प्रमुखलाई उक्त क्षेत्रको लाइन बन्द गरी टा«न्सफर्मर मर्मत गरेर मात्र विद्युत प्रवाह बन्दगर्न जानकारी गराएको दुई दिनपछि १० वट खच्चडको मृत्युको खबरले विद्युत प्राधिकरणको लापरबाही भएको प्रमुख कार्कीले बताए ।
मुगुम कार्मरोङ गाउँपालिमा व्यापारी र योजनाका सामग्री ढुवानी गरेर आफ्नो घर फर्किदै गर्दा प्राधिकरणको लापरबाहीका कारण आफूहरुका कमाई खाने बाटोनै बन्द भएको खच्चड धनी जग्गि बढुवालले बताए ।
‘टा«न्र्फमर राखिएको पोल अगाडि खच्चडहरु बाटोमा हिड्दै थिए एक्कासी पोलमा आगोको झिल्का देखिए । सबै खच्चड एकै ठाउँमा मरे । डरले आफूहरु कराउन थाल्यौं । आफनो कमाई मुख्य स्रोत खच्चड करेन्टबाट एकै ठाउँमा रास भएको देखेपछि हामी तीनै जना बेहोस भएका रहेछौ । कुनबेला गाउँलेहरु आएर घरमा लगेछन थाहा भएन । एक रात घरमा बसेर पुनः व्यापारिक र योजनाको सामान ढुवानी गरेर मुगुम कार्मारोङ गाउँपालिकाको पुलु जाने योजना बनाएका तीन जना अहिले मरेका खच्चड ब्यवस्थापन कसरी गर्ने भनेर चिन्ताले सताएको छ,’ उनले भने ।
दुर्गन्धले मान्छेलाई बाटोमा हिड्न समेत मुस्किल भएको छ । प्रहरी र विद्युतका कर्मचारीहरुले घट्नाको मुचुल्का बनाई सदरमुकाम फर्किसकेका छन । गाउँलेहरु मरेका खच्चड ब्यवस्थापन गर भनेर ताकेता गर्न थालेका छन विद्युत प्राधिकरणको लापरबाहीले ब्यवसायनै चौपट भएको पीडित पृथ्बी बढुवाल र कर्ण बहादुर मल्लले आँखाभरी आँसु निकाल्दै गुनासो पोखे ।
प्राधिकरणका निमित्त कार्यालय प्रमुख मनराज शाहीले दिएको जानकारी अनुसार आइतबार आएको हुरीबतास र बर्षातका कारण बिजुलीको तार बटारिंदा टा«न्सर्फमरबाट करेन्ट लिक भएर १० वटा खच्चडको मृत्यु भएको बताए ।
घट्नाको जानकारी आउनेबित्तिकै कार्यालयबाट कर्मचारीहरु खटाई उक्त स्थानको बिजुली लाइन बन्द गरेको र सोमबार प्रहरी जनप्रतिनधीसहितको टोली पुगेर घट्नाको सरजिविन र मुचुल्का उठाई पीडितहरुलाई प्राधिकरणले क्षतिपूर्ति नियमावली २०७६ अनुसार क्षतिपूर्तिका लागि पहल गरिने बताइएको छ ।
दुई दिन अगाडि दुहुनो भैंसी र आइतबार १० वटा खच्चडको करेन्टकै कारण ज्यान मरेका खच्चड र भैंसीको सदगत नगरिंदा दुर्घन्ध फैलिने चिन्ता छ । व्यवस्थापनका लागि छायाँनाथ रारा नगरपालिकालाई डोजर पठाईदिन आग्रह गर्दा समेत नगरपालिकाले अटेरी गरेको पाइएको छ । 

प्रकाशित मितिः मङ्गलबार, १० असार २०८२
https://jawaaf.com/storage/01JYFS37GSWZFVJPKVXY3WK0PS.jpg

आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण हाल देशभरको मौसम आंशिकदेखि साधारण बदली रहेको छ भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो भने देशभर मौसम साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भाग लगायत अन्य भू–भागको केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, १० असार २०८२
https://jawaaf.com/storage/01JYE45KNP78HN4VNB6BD13AYN.jpg

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचकमा केहि सुधार भएको छ । आइतबार ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको नेप्से सोमबार ४.७८ अंकले वृद्धिहुँदै ०.१८ प्रतिशतले बढेर २६००.७६ बिन्दुमा पुगेर रोकिएको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.९७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले बढेको छ ।

यद्यपी आईतबारको तुलनामा यसदिन कारोबार रकम भने घटेको छ । आज कुल ३२५ स्टकको ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरिद बिक्री भएको छ । आईतबार ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिदबिक्री भएको थियो ।

आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र पञ्चकन्यामाई हाइड्रो पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जोशी हाइड्रो पावर कम्पनीको शेयरमूल्य यस दिन ३४.८० रुपैयाँले बढेर ३८३.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी पञ्चकन्यामाई हाइड्रोको शेयर मूल्य पनि ३४.०१ रुपैयाँले बढेर ३९५.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै यसदिन बरुण हाइड्रो पावर कम्पनीको शेयर मूल्य करीब साढे ५ प्रतिशतले बढेको छ । पाँचथर पावर कम्पनीको मूल्य ५.१८ प्रतिशत बढेको छ भने राधि जलविद्युत कम्पनीको शेयर मूल्य ४.८६ प्रतिशतले बढेको छ ।

त्यसैगरी, गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ । पियोर इनर्जी र दोर्दि खोला जलविद्युत कम्पनीको शेयर मूल्य पनि क्रमशः ५.६८ प्रतिशत र ४.८९ प्रतिशतले घटेको छ ।

राधि जलसविद्युत कमपनी, बुटवल पार कम्पनी, नाग्दी ग्रुप पावर लिमिटेड, सानीमामाई हाइड्रोपावर र हिमालयन पावर पार्टनरको शेयर आज सर्वाधिक माग भएको छ । 

प्रकाशित मितिः सोमबार, ०९ असार २०८२
https://jawaaf.com/storage/01JYE0GFVV8FKR5KT8F44V3C7K.jpg

मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, आठ घाइते

मुगु । मुगु जिल्लाको खत्याड गाउँपालिका–४ पैखुमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्। माँझचौरबाट जिउगाँतर्फ जाँदै गरेको ज १ त ५११२ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब सातसय मिटर तल खसेको थियो । दुर्घटनामा खत्याड–४ की ५२ वर्षीया सारदा थापाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा चालकसहित अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी माँझचौर र ईलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो। हाल घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

प्रकाशित मितिः सोमबार, ०९ असार २०८२
https://jawaaf.com/storage/01JYDW98XA97Y5XSNAHE9QWAP9.jpg

धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको घटनास्थलमै मृत्यु

धनुषा । धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । तीनै जनाको पहिचान खुल्न भने बाँकी रहेको छ ।

धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको सीमा क्षेत्र पर्ने मुडिया सराबेको सीमामा हुलाकी मार्ग छेउमा सोमवार बिहान दुर्घटना भएको हो । धनुषाको महेन्द्रनगर जन्ती गएका तीनै जना फर्किर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।

मृत्यु हुने युवक धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोराका रहेको जानकारी प्राप्त भएको छ । घाइते अन्य दुई जना युवक पनि सोही वडाका नाथपट्टिका रहेका छन् ।

बिहान मर्निङ वाकमा निस्केका व्यक्तिहरूले दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेको थियो । तत्कालै आएको प्रहरीले उनीहरूलाई उपचारको लागि जनकपुर पठाएकोमा एक जनाको मृत्यु भइसकेको चिकित्सकले पुष्टि गरेको छ । थप विवरण आउन बाँकी ।

प्रकाशित मितिः सोमबार, ०९ असार २०८२