मङ्गलबार, १६ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K15H0XFXNM414QV5Y2J03NR1.jpg

२४ सै घण्टा विद्युत् आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं  घण्टा विद्युत् आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरूले पूरा गर्न नसेको गुनासो गरेका छन् ।

आइतवार काठमाडौँ आयोजित सामुदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्नेजति विद्युत् आफैँ उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत् निर्यात गर्ने साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा लागि रहेको बताए ।

उनले भने,‘२४ औं घण्टा विद्युत् आपूर्ति गर्ने सरकारको चाहना छ । तर यसमा दबाब ,चुनौतीहरू छन् । हामीलाई आवश्यक पर्नेजति विद्युत् आफै उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत् निर्यात गर्ने र मुलुकलाई समृद्ध बनाउने अभियानमा आज मुलुक लागि रहेकोछ ।’

त्यस्तै उनले हरेक क्षेत्रमा जस्तै विद्युत् क्षेत्रमा पनि चुनौतीहरू देखिएको भन्दै चुनौती सामना गर्ने सामर्थ्य निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने,‘चुनौतीहरू त हरेक क्षेत्रमा देखिएका छन् । यो क्षेत्रमा पनि छ । तर हामी चुनौती सामना गर्ने सामर्थ्य निर्माण गर्नुपर्छ ।’

प्रकाशित मितिः आइतबार, ११ साउन २०८२
https://jawaaf.com/storage/01K14TZXSQA6PK71Q3V07H9338.jpeg

नेपाली टोलीलाई डाना कप फुटबल प्रतियोगिताको उपाधि

नेपाली टोलीले डाना कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । डेनमार्कमा भएको प्रतियोगितामा एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त यु–१४ टोलीले उपाधि जितेको हो ।

उक्त टोलीले फाइनलमा केन्याको इलाइट सकर एकेडेमीलाई ३–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले समान १–१ गोल गरे ।

प्रकाशित मितिः आइतबार, ११ साउन २०८२
https://jawaaf.com/storage/01K14T911XJW66M756ZZ2QPZAF.jpg

आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु

काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा ६ घण्टा लोडसेडिङ सुरु भएको छ ।  पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो ।

नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ्को तालिका सार्वजनिक गरेको हो । 

तालिका अनुसार नारायणी–माडी फिडरहरू ः बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म ,मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म र जगतपुर–रामपुर फिडरहरू ः दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म लोडसेडिङ हुने छ ।

प्रकाशित मितिः आइतबार, ११ साउन २०८२
https://jawaaf.com/storage/01K12FEZ5K45KVQJKSTNCZD11B.jpg

रामेछापको भटौली खोलाको पुल कटानको जोखिममा, संरक्षण नगरे बगाउने खतरा

रामेछाप । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति तथा काठमाडौंसँग जोड्ने वैकल्पिक मार्गमा पर्ने भटौली खोलाको पक्की पुल कटानको जोखिममा परेको छ ।

मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने उक्त पुल खोलाको बाढीले कटान गर्दा जोखिममा परेको हो। भटौली खोलामा आएको बाढीले पुलको पकरबासपट्टि रहेको पिलरमा सिधै ठोक्किन थालेको खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनले भने, ‘खोलाको बहाव नै पुलको पिलरमा सोझै ठोक्किएको छ, टेवा पर्खाल वा जाली लगाएर संरक्षण नगरे पुलमा ठूलो क्षति पुग्न सक्छ ।’ 

सो विषयमा खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायलाई जानकारी गराइसकिएको उनले बताए । वर्षा याम सुरु भएसँगै खोलामा निरन्तर बाढी आइरहेकोले तत्काल संरक्षण नगरेमा पुल पुल बगाउने जोखिम रहेको वडाध्यक्ष पौडेलको भनाइ छ ।

प्रकाशित मितिः शनिबार, १० साउन २०८२
https://jawaaf.com/storage/01K127EVCMKRQ2V1RF929ZXWBA.jpeg

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

जसका कारण हाल देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो भने देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । बागमती, गणडकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ ।

राति भने कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, १० साउन २०८२
https://jawaaf.com/storage/01K10V3BHZPGD36QRSHYG95K4A.jpg

कांग्रेस अझै कमजोर छ, निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता छ : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले काङ्ग्रेस अझै बलियो हुन नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमास्व.दुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले काङ्ग्रेस लोकतान्त्रिक समाजवादी पार्टी भएपनिअझै बलियो हुन नसकेको बताएका हुन् । 
उनले भने, ‘नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि व्यवहारमा सबै पार्टीहरु लोकतान्त्रिक समाजवादी पार्टीको रुपमा काम गरिरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी भइसकेपछि, काम गर्न अलि समस्या भएपनि विस्तारै बानी पर्छ ।पार्टी लोकतान्त्रिक समाजवादी पार्टी हो । तर अझै पनि त्यती बलियो भइ सकेका छैनौ ।’
अहिलेको संविधान एकदमै राम्रो भएपनि यो व्यवस्थामा बहुमत ल्याउनको लागि कुनै न कुनै पार्टीसँग मिल्नैपर्ने, सम्झौताहरु गर्नुपर्ने खालको अवस्था रहेको बताए ।
उनले भने, ‘अहिलेको संविधान एकदमै राम्रो छ । तर यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने । सम्झौताहरु गर्नुपर्ने खालको अवस्था छ । आज संविधान सबैका लागि स्वीकार्य भएको छ, केही कुरामा संविधान संशोधन गर्नुपर्छ भन्ने आवाजहरु उठिरहेका छन् । त्यो स्वभाविक कुरा हो, आवश्यकता अनुसार संविधानको संशोधन हुन्छ नै ’
स्व. दुण्डिराज शास्त्री एकदमै विद्वान र सिद्धान्तमा एकदमै अडिक रहने मान्छे भएको भन्दै उनले सन्तुलित समाजवादको लागि धेरै लडाइ गरेको पनि उनको भनाई छ । 
सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले स्व.दुण्डिराज शास्त्री आफैंमा नेपाली लोकतान्त्रिक आन्दोलनको अथक योद्धा, समाजवादी चिन्तक भएको भन्दै उनको निधनले धेरै नै ठूलो क्षती भएको बताए । 
उनले भने, ‘स्व. दुण्डिराज शास्त्री आफैंमा नेपाली लोकतान्त्रिक आन्दोलनको अथक योद्धा हुनुहुन्थ्यो । उहाँ समाजवादी चिन्तक, सहज र सरलपनि हुनुहुन्थ्यो । पार्टीभित्र कहिले काही विवादको रेखा देखा परेपनि उहाँसँगको सम्बन्ध सधैँ राम्रो नै थियो । त्यसकारण आज यसरी शोक मनाउनु पर्दा एकदमै दुःख लागेको छ । उहाँको निधनले धेरै नै ठूलो क्षति भएको छ ।’

प्रकाशित मितिः शुक्रबार, ०९ साउन २०८२
https://jawaaf.com/storage/01K10KEZD88D8DQHKKA5DDQECE.jpg

संविधानले मलाई सक्रिय राजनीतिमा आउन रोकेको छैन् : भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन् । 
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन्चित गर्नुपर्ने कुनै कारण नभएको बताइन् । 


उनले भनिन्, ‘संविधानका विभिन्न धारा मर्म र भावना कहिँकतै पनि म दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन् । यो छर्लङग भएको विषय हो । त्यसैले मलाई पार्टीको सदस्यताबाट बञ्चीत गर्नुपर्ने कुनै कुरा छैन् ।’ यस्तै, उनले राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्यको विषय नभएको पनि बताइकी छन् ।


उनले भनिन्, ‘वास्तवमा मेरो पार्टी सदस्यता नविकरण भइसकेकाले यसलाई विवादमा पर्नुपर्ने विषय नै होइन् । म एक राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्य मान्नुपर्ने विषय होइन् । यो कुनै पदमा महत्कांक्षी र आशा ममा छैन् । किनकी मैले आफ्नो नाम इतिहासमा लेखिसकेको छु । मेरो उद्देश्य पार्टीका सदस्य बन्ने र पार्टीलाई सवल र सुदृढ बनाउने र देश र जनताको सेवा गर्ने हो ।’
मूलुकको एक जिम्मेवार नागरिक भएको नाताले आफ्नाबारे उठेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु दायित्व भएको पनि उनको भनाई छ । 

प्रकाशित मितिः शुक्रबार, ०९ साउन २०८२
https://jawaaf.com/storage/01K10K6V781137SPNGRQT81YCB.jpg

बागमती प्रदेशमा मुख्यमन्त्री फेरबदलको संकेत

हेटौंडा । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् । राजीनामापछि मुख्यमन्त्री फेरबदल हुने संकेत देखिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई राजीनामा पठाएका हुन् ।

विविध कारणले जिम्मेवारी बहन गर्न सक्ने अवस्था नरहेकाले आजकै मितिदेखि लागू हुनेगरी राजीनामा दिएको उल्लेख छ । 

प्राप्त जानकारी अनुसार इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता बनाउन मन्त्रीहरुले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । बानियाँले लामाविरुद्ध अविश्वासको प्रस्ताव हालेर दलको नेता बन्न खाजेका हुन् ।

प्रकाशित मितिः शुक्रबार, ०९ साउन २०८२
https://jawaaf.com/storage/01K10JBE6MCCW5WZMGDZN7E553.jpg

काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्र निजी सम्पत्ति बाहेक सार्वजनिक स्थलहरु धुम्रपान निषेध गरेको छ ।  शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट महानगरभित्रका सार्वजनिक स्थलहरु धुम्रपान निषेध गर्ने निर्णय गरेको भन्दै यसलाई लागू गर्न श्रावण ९ गतेदेखि महिनाभर प्रचारप्रसार गर्ने र भदौ १ गतेबाट जरिवानामा जाने जानकारी दिए । 

उनले सार्वजनिक स्थलहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय पनि भएको पनि जानकारी दिएका छन् । 

उनले भने, ‘काठमाडौं महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट केही महत्वपूर्ण ऐनहरु पास भएका छन् । जसअन्तरगत प्रशासनिक दण्ड जरिवाना र जफत शिर्षकमा केही जरिवानाहरु पास भएका छन् । विशेषगरि महानगरपालिकाभित्र कुनै पनि सार्वजनिक स्थलहरु सडकदेखि लिएर निजी सम्पत्ति बाहेकका क्षेत्रमा धुम्रपान निषेध गरिएको छ । त्यो स्थानहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय भएको छ । काठमाडौं महानगरपालिकाभित्र यसलाई व्यापक रुपमा प्रचार गर्दै छौ । आज श्रावण ९ गतेदेखि यो महिनाभर प्रचारप्रसारको काममा लाग्ने छौ र भदौ १ गतेबाट जरिवानामा जादैँ छौ । सुरुमा बुझाउने नमानेको खण्डमा जरिवाना तिराउने गरि अगाडि बढ्दै छौ ।’ 

यसको साथै, उनले तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ् गरेमा सबै किसिमका तीन पांग्रे सवारी साधन मोटरसाईकल, स्कूटरलाई १ हजार, सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जीप, डेलिभरी भ्यान) लाई २ हजार ५ सय, सबै किसिमका मझौला सवारी साधन (मिनीबस, मिनीट्रक आदि) लाई ३ हजार ५ सय, सबै किसिमका ठूला सवारी साधन (बस, ट्रक, लहरी आदि) लाई ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय पनि भएको बताए । 

उनको अनुसार,पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्बजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार समाग्री बितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ भने गल्ती दोहोरिएमा प्रतिपटक दोब्बर हुने निर्णय पनि भएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०९ साउन २०८२
https://jawaaf.com/storage/01K108A5DNTSB9CJ2EV7TYRJX0.jpg

नगरप्रमुख भट्टराईद्वारा प्रधानन्यायाधीशलाई बाँसका सामग्री हस्तान्तरण, स्थानीय उत्पादन प्रवर्द्धनमा कानुनी पहलको माग

काठमाडौँ । दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगरप्रमुख तीर्थराज भट्टराइले प्रधानन्यायधीश प्रकाशमान सिहं रावतलाई बाँसबाट तयार गरिएका सामग्रीहरु हस्तान्तरण गरेका छन् ।

बाँसलगायतका स्थानीय सामग्रीको उपयोग गर्न नीति निर्माण र कार्यान्वयनका लागि नेपाल सरकारलाई निर्देशन दिनुपर्ने माग राख्दै शुक्रबार प्रधानन्यायधीशकै कार्यकक्षमा पुगेर बाँसका सामग्री हस्तान्तरण गरेका हुन् । सामग्रीमा कुर्सी र टेबल समावेश छन् ।

बाँस र स्थानीय उत्पादनको प्रवद्र्धनमा संघीय सरकारले ऐन तथा कानुन नबनाएको भन्दै सांकेतिक रुपमा सत्याग्रह र भोक हडतालसम्मको कार्यक्रमसहित काठमाडौंमा रहेका प्रमुख भट्टराईले वुधबार सभामुख देवराज घिमिरेलाई भेटेर बाँसका सामग्री हस्तान्तरण गरेका थिए ।

बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवालाई स्वरोजगार बनाई आयआर्जनको बाटो खोल्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका उनले ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । सो क्रममा ंरावतले नयाँ सोच र अवधारणाको प्रशंसा गरे । 

‘तपाईहरुको विचार एकदमै राम्रो र पवित्रपनि रहेछ । हामीले बाँसलाई माध्यम बनायौँ भने हस्तकलालाई समृद्ध बनाउन सक्छौँ । बाँसबाट बनेका जुन सामाग्रीहरु छन् ति बहुउपयोगी छन् । बाँसबाट बनेका सामाग्रीलाई प्रवद्धर्न गर्न सक्यौं भने रोजगारी, राजस्व, प्राकृतिक विपत्तिका रोक्ने कुराहरुमा सहयोग पुर्याउन सकिन्छ । वन तथा वातावरण पर्यावरण अहिले तहस नहस बनाएको छ । अहिले गुणस्तरीय वस्तुमा सबै प्रदुषित बढेको छ । वनस्पतिदेखि मानिसको जीवन जोगाउन बाँसको आवश्यक छ,’उनले अगाडि भने,‘बाँसको प्रयोगले ठाँउ अनुसार विभिन्न किसिमका सामाग्रीहरु बनाउन सकिन्छ। ’

प्रकाशित मितिः शुक्रबार, ०९ साउन २०८२