मङ्गलबार, १६ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K106FNZKW407EPN47V7G9J3Y.jpg

मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समाधान हुन्छ : मन्त्री यादव

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन् । 

शुक्रबार पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जलसङ्कटको सामना गरिरहेका बताएका हुन् । 

उनले भने, ‘तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको छ । अब सहानुभूति होइन, साझा जिम्मेवारी आवश्यक छ । खानेपानी सङ्कट मधेश प्रदेशको मात्रै समस्या होइन, यो हाम्रो साझा चुनौती हो । सङ्कट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ ।’

त्यसैगरी, मन्त्री यादवले तराई–मधेशमा विकराल समयमा पनि आफूसहित सिङ्गो मन्त्रालय नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिएको जानकारी गराए । 

उनले भने, ‘विपद्को यस घडीमा हामी नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न खटिएका छौँ । यहाँको खानेपानी समस्या चाँडै समाधान गरिने म आम नागरिकहरुमा बिश्वास दिलाउन चाहन्छु ।’

मन्त्री यादवले आफूले नेतृत्व गरेको खानेपानी मन्त्रालयको विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्बाट मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको बताए । 

उनले भने, ‘यो सङ्कटलाई केवल सहानुभूतिका रूपमा होइन, साझा जिम्मेवारीका रूपमा हेर्ने र समाधानका लागि हातेमालो गर्ने बेला आएको छ । दातृ निकाय, संघसंस्था र नागरिक समाजलाई आवश्यक सहयोग गर्न म हार्दिक आग्रह गर्दछु ।’

मन्त्री यादवले ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको निर्मल बस्ती खानेपानी आयोजना ठोरी क्षेत्रको दीर्घकालीन खानेपानीको सङ्कट अन्त्यको लागि मन्त्रालयले दिगो र रणनीतिक समाधानतर्फ गरेको प्रयासको प्रतिबद्धताको मुल  प्रतिबिम्ब भएको दाबी पनि गरे । 

यस आयोजना मार्फत ठोरीका कम्तिमा पनि दुई हजार १६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार ओभरहेड ट्याङ्की, डीप ट्युबवेल, कार्यालय भवन, पम्प हाउस र पानी प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) लगायतका संरचना निर्माण गरिएकाले यहाँका नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।

आजको उक्त कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, जिल्ला भूमी आयोग पर्साका अध्यक्ष तवेरेजअहमद, आयोजना प्रमुख विपुलकुमार लाल दास, निर्माण व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, ०९ साउन २०८२
https://jawaaf.com/storage/01K0ZZ0VJMB7FYMRG9ET0YC0T1.jpg

सुरु भयो एक महिने गुँला पर्व

काठमाडौं । एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ ।  विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ ।

हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउने गर्छन् ।

साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म मनाइने यस पर्वमा बौद्धधर्म भक्तिभाव झल्काउने कर्म गरिन्छ । यो अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा लिने गरिन्छ । बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन् ।

काठमाडौंको स्वयम्भू महाचैत्य परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरी, केलटोलको सेतो मत्स्यनारायण पनि परिक्रमा गर्ने परम्परा छ ।

नेवारी भाषामा ‘गुँ’ को अर्थ नौ हो भने ‘ला’को अर्थ महिना भएकोले नेपाल संवतको नवौं महिनाको पारु तिथिमा यो पर्व मनाउने गरिन्छ ।

प्रकाशित मितिः शुक्रबार, ०९ साउन २०८२
https://jawaaf.com/storage/01K0ZYEC58EX4BNYJEG5J7XD0H.jpg

यी ६ निर्माण कम्पनीपरेकालो सूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने ति निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

image-70.jpg 121.17 KB

प्रकाशित मितिः शुक्रबार, ०९ साउन २०८२
https://jawaaf.com/storage/01K0YCQX0KK818QNVANZNYW8D9.jpeg

थाइल्यान्ड र कम्बोडियाबीच तनाव : १२ जनाको मृत्यु

एजेन्सी । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ । झडपमा ११ थाई नागरिक र एक सैन्य कर्मचारीको मृत्यु भएको थाई स्वास्थ्यमन्त्रीले जनाएका छन् ।
झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको ज्यान गएको हो । थाइल्यान्डले आफ्ना सबै नागरिकलाई कम्बोडिया छाड्न भनेको छ ।  जसका कारण कम्बोडियासँगको सम्पूर्ण सीमा बन्द गरिएको छ ।
यता, कम्बोडियाले भने थाइल्यान्डमाथि ‘अत्यधिक बल’ प्रयोग गरेको आरोप लगाउँदै बैंककसँगको सम्बन्धलाई कमजोर बनाएको जनाएको छ । 
कम्बोडियाले थाई गाउँमा रकेट प्रहार गरेको र एक अस्पतालमाथि आक्रमण गरेको आरोप लागेको छ । त्यस्तै थाइल्यान्डले कम्बोडियाली सैनिक क्षेत्रलाई निशाना बनाएर हवाई हमला गरेको जनाएको छ । (सीसीटीभीप्लस)

प्रकाशित मितिः बिहिबार, ०८ साउन २०८२
https://jawaaf.com/storage/01K0XSZK2TZQA9DDW764H0J3MW.jpg

२५ सयभन्दा बढी जेष्ठ व्यक्ति नागरिकताविहीन, समस्या समाधान गर्न माग

काठमाडौं ।  जेष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ।  महासंघका प्रतिनिधिहरुले अध्यक्ष निवास खुमलटारमा भेटगरी जेष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेको हो ।


महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने लगायतका मागहरू राखे ।


खासगरी २५०० भन्दा बढी जेष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित बनाएको भन्दै यो समस्या समाधान गर्न नेतृत्व लिइदिन महासंघले अनुरोध गरेको छ ।


महासंघका मागहरूलाई गम्भीरतापूर्वक सुनेपछि अध्यक्ष प्रचण्डले महासंघलाई आश्वस्त पार्दै भने,’तपाईंहरूले उठाएका मागहरू अत्यन्तै न्यायसंगत छन्। म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु। यी मागहरूलाई गर्ने दिशामा हाम्रो पार्टी माओवादी केन्द्रले सकारात्मक पहल  गर्ने छ ।’

प्रकाशित मितिः बिहिबार, ०८ साउन २०८२
https://jawaaf.com/storage/01K0XBVVNY4FQNFA81RTSJK72J.avif

२ वर्षको ठेक्का लागेको पुल नौ महिनामै तयार,प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल सुरु भएको नौ महिनामै सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत आफूले विकासमा खोजेको यस्तै तीव्रता रहेको बताउँदै निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाइ धन्यवाद दिए । 

उनले लेखेका छन्,‘हामीले विकासमा खोजेको यस्तै तीव्रता हो । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाई धन्यवाद !’

नौ करोड तीन लाख ७८ हजार ६८ रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो ।

प्रकाशित मितिः बिहिबार, ०८ साउन २०८२
https://jawaaf.com/storage/01K0VDMN9X3TZX48Q54E9GFFWJ.jpg

सिंचाई गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

रौतहट । रौतहटमा विद्युतीय मोटर मार्फत खेतमा सिंचाई गर्ने क्रममा करेन्ट लागेर दुई जना कृषकको मृत्यु भएको छ ।

माधवनारायण नगरपालिका–४ विसुनपूर्वा मानपुरका ४० बर्षीय रामबाबु मुखियाँ र कटहरिया नगरपालिका–२ जमुनियाका ५२ बर्षीय मोक्तार देवानको मृत्यु भएको हो ।

धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर जोडने क्रममा करेन्ट लागेर दुबै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

धान रोपाइँका लागि खेतमा सिंचाई गर्ने विद्युतीय मोटर जडानका बेलामा करेन्ट लागेर छुट्टाछुट्टै स्थानमा दुई जना कृषकको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले बताए । 

यहा आकाशे बर्षा नहुदा विद्युतीय मोटर मार्फत खेतमा सिंचाई गरि अधिकाश कृषकले धान रोपाइँ गरेका छन । तर असावधानीका कारण करेन्ट लागेर ज्यान जाने गरेको डीएसपी कार्कीको भनाइ छ । करेन्ट लागेर अचेत भएका दुबै जनालाई स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । 

देवानको गए राति करेन्ट लागेको र गरुडामा रहेको ग्रान्डी अस्पतालमा मृत्यु  भएको प्रहरीले जानकारी दिएको छ । खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेको मुखियाको भने प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

मृतक दुवै जनाको शव प्रादेशकि अस्पताल गौरमा रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, ०७ साउन २०८२
https://jawaaf.com/storage/01K0TW1YD00E2NN377ZWXG541C.jpg

सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’माथि एमालेको आपत्ति

काठमाडौं  । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठक च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार राति सम्पन्न भएको छ । बैठकले आत्मसमीक्षा, सांगठनिक सुधार र वैचारिक स्पष्टताको आवश्यकतासँगै जनताबीच दूरी घटाउने कार्यक्रमलाई सशक्त ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ ।

एमालेले पछिल्लो समय भारतसँग गरिएको भू सर्वेक्षण, सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’माथि गम्भीर आपत्ति जनाउँदै नेपाली राष्ट्रियताको पक्षमा प्रष्ट अडान लिएको छ । पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको स्पष्ट गर्दै पनि राष्ट्रहित विपरीत हुने कुनै पनि निर्णय मान्य नहुने बताएको छ । 

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आठ वटा विषयगत प्रस्ताव पारित गरेको बताए । जसमा वैदेशिक सम्बन्ध, आर्थिक नीति, सामाजिक न्याय, महिला सशक्तीकरण, युवा समावेशीकरण, सांगठनिक विस्तार, भ्रष्टाचारविरुद्धको अभियान र नेतृत्व अभ्यासमा सुधारका खाका तय गरिएको उनले जानकारी दिए ।  

गौतमले विज्ञप्तीमा भनेका छन्, ‘भ्रष्टाचार र अनियमितताप्रति निशर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठा नेकपा (एमाले) को आधारभूत मान्यता रहँदै आएको छ । यसै मान्यतामा उभिएर भ्रष्टाचार विरुद्धका कानुनहरू निर्माण गर्न, नियमनकारी निकायहरूलाई प्रभावकारी बनाउन र समाजमा सुशासनका पक्षमा जनचेतना अभिवृद्धि गर्न पार्टी निरन्तर क्रियाशील रहदै आएको तथ्य सर्वविदितै छ ।’ 

बैठकले वर्तमान सत्ता सहकार्यलाई अझ सुदृढ गर्दै सात बुँदे सहमति कार्यान्वयनमा दृढता दोहोरÞ्याउने र सरकारलाई अझ प्रभावकारी एवं गतिका साथ अगाडि बढाउन आह्वान गर्ने निष्कर्ष निकालेको छ ।  

मनसुनको मध्यअवस्थामा मधेस प्रदेश लगायत कतिपय भूभागमा पर्याप्त वर्षा नभएर सुख्खा बढ्दै गएको, धान रोपाई गम्भीर रुपले प्रभावित भएको र पिउने पानीको समेत हाहाकार पर्दै गएको अवस्थाप्रति नेकपा (एमाले) गहिरो चिन्ता व्यक्त गरेको छ । 

बैठकले सरकारको ध्यानाकर्षण गर्दै जलवायु अनुकूलका कार्यक्रमहरुको विस्तार र चुरेको संरक्षण एवं पुनर्भरणका विशेष कार्यक्रमहरू तत्काल कार्यान्वयन गर्दै तराई मधेसको दीर्घकालीन समस्या समाधान गर्न माग समेत गरेको छ । 

प्रकाशित मितिः बुधबार, ०७ साउन २०८२
https://jawaaf.com/storage/01K0TQ81SMWMWWXRVGAC83MVXZ.avif

एमाले बैठकको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

काठमाडौं । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने निष्कर्ष निकालेको छ  । मंगलबार राति सम्पन्न भएको बैठकले पूर्वराष्ट्रपति साझा व्यक्तित्व र देशको अभिभावक भएकाले दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुन मिल्दैन भन्ने निष्कर्ष निकालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।  

च्यासलस्थित पार्टी मुख्यालयमा सम्पन्न दुई दिने बैठकले पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुँदा जनतामा, प्रणालीमा व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर भएको निष्कर्ष निकालेको गौतमले विज्ञप्ती मार्फत जानकारी दिए । 

विज्ञप्तीमा लेखिएको छ,‘मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिवाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ। यसले जनतामा, प्रणालीमा व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ । त्यसकारण बैठकले पूर्व राष्ट्रपतिलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ ।’

बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित सर्वसम्मतिले पारित समेत गरेको छ । 

प्रकाशित मितिः बुधबार, ०७ साउन २०८२
https://jawaaf.com/storage/01K0TKA9NNA9Z4DYGJBRY81A9B.jpg

उपसभामुख इन्दिरा ६ दिने औपचारिक चीन भ्रमणमा

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर जनवादी गणतन्त्र चीन प्रस्थान गरेकी छन् । मंगलबार राती उपसभामुख रानामगर दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको हेनान प्रान्ततर्फ ६ दिने औपचारिक भ्रमणका लागि प्रस्थान भएकी हुन् । 

उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा संघीय संसद सचिवालयका उपसचिव जगदिश न्यौपानेसमेत रहेका छन् । 

सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार चीनको हेनान प्रान्तमा आज (साउन ७) गतेदेखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्यांक समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त कार्यक्रमा उनले आफ्नो मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहरलगायत विभिन्न स्थानहरूको अवलोकन भ्रमणसमेत गर्ने छिन् । 

भ्रमण सम्पन्न गरी उपसभामुख श्रावण ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मितिः बुधबार, ०७ साउन २०८२