सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JQ6E3S66XQ274KMFEKT6NSNT.avif

कुलमानको बर्खास्त विरुद्ध प्रदर्शन, सरकार फाल्ने उद्घोष

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति उनका समर्थकहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि आज (मंगलबार) विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले ‘लोडसेडिङ चाइँदैन, कुलमान हटाउन पाइँदैन्’,‘मन्त्रीपरिषद्को निरङ्कुश र भ्रष्ट निर्णय खारेज गर’ भन्दै विरोध प्रदर्शन गरेका छन् ।

उक्त प्रदर्शनमा सहभागी रञ्जन खनालले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई बचाउन र इमान्दार कर्मचारीलाई बर्खास्ती गर्ने सरकारको काम गलत भएको बताए ।

उनले भने, ‘पदमुक्त मन्त्रीलाई गर्नुपर्ने हो । कुलमानलाई बर्खास्त गर्दा लोडसेडिङ सुरु हुन्छ । उज्यालोका लागि लड्ने कुलमानले कहिले भ्रष्टाचार गरेका छन् र भष्ट्राचारमा मुछिएका मन्त्रीहरूका घट्नाहरू ढाकछोप गर्न कर्मचारीलाई बर्खास्ती गर्ने काम गलत हो । त्यसकारण यो सरकार फाल्नुपर्छ । देशभक्त नागरिकहरू यो सरकार फाल्नको लागि सडकमा आएका हुन् ।’

प्रकाशित मितिः मङ्गलबार, १२ चैत २०८१
https://jawaaf.com/storage/01JQ695P7ZZA7C1SC8T1ZRJB7Y.jpg

जुटको बोरामा बेरेर माटोमा गाडिएको अवस्थामा भेटियो गुलशनाको शव

सिरहा । गत फागुन २९ गते हराएकी १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ ।

गोलबजार नगरपालिका–९ गोविन्दपुर गाउँकी बालिका गुलशना गत २९ गते फागुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी फर्किनन् । 

मंगलबार बिहान गोठालाहरु झाडी बुट्यान छेउछाउबाट गन्ध चलेको चर्चा भएपछि स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयालाई खबर गरेका थिए । 

गोलबजार ९ का पूर्ववडाध्यक्ष रामपुकार कामतीले भने,‘एकातिर गाउँमा बालिका हराइरहेको खबर डढेलो झैं फैलिएको थियो । अर्कोतिर वनमारा झाडीभित्रबाट लास कुहिएको गन्ध आएपछि गाउँमा आशंका जाग्यो । दुर्भाग्यवश आशंका सत्यमा परिणत भयो । १३ वर्षीया गुलशना बोरामा बेरिएर खाडल भित्र मृत अवस्थामा फेला परिन् ।’

घटनास्थल पुगेका प्रहरीले घुर्मी खोला किनारमा तीन फिट खनेपछि जुटको बोरामा बेरिएको बालिकाको शब फेला परेको प्रहरी उपरीक्षक सन्त बहादुर बाखुले जानकारी दिएका छन् ।

उनले भने,‘लास पुरै कुहिएर चिन्न नसकिने अवस्थामा छ । कपडा र बाँकी रहेको शरीरको आकृतिबाट हराइरहेकी बालिका नै हुनुपर्छ भन्ने अनुमान लगाइएको छ । प्रहरीले बालिकाको शव पोष्टमार्टमका लागि सिरहा अस्पतालमा पठाउने तयारी गरेको छ । अपराधिले लास छिटो गलोस् भनेर खाडलमा नुन हालेर शव गाडेको फेला परेको छ । 

फागुन २९ गते हराएकी गुलशनाको खोजी गरिदिन उनकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा गत चैत १ गते निवेदन दिएकी थिइन् । सात दिन बितिसक्दा पनि छोरीको अत्तोपत्तो नलागेपछि अत्तालिएकी जाहेदाले पत्रकार बोलाएर लेखिदिन आग्रह गरेकी थिइन् । खातुनले प्रहरीले हराएकी छोरीको खोजी गर्न उदासिनता देखाएको आरोप लगाएकी थिइन् । 

गत चैत ६ गते इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक बाखुसँग गुलशनाको खोजीबारे जिज्ञासा राख्दा उनले भनेका थिए, ‘गुलशनालाई छिमेकी जिल्लामा पु¥याइएको सुरागी आएको छ । हामी निकै नजिक पुगिसकेका छौं । चाडै बालिकाको उद्धार गर्छौ ।’ तर दुर्भाग्यवश बालिकाको जीवित उद्धार गर्न प्रहरी असफल भएको छ । 

बालिका मृत भेटिएपछि नायव प्रहरी उपरीक्षकसँग सोधियो,‘चाडै उद्धार गर्छौ भन्नुभएको थियो । बालिकाको सडेगलेको शरीर फेला प¥यो त ?’ उनले उत्तर दिंदै भने,‘एक व्यक्तिले हामीलाई बालिका धनुषामा देखिएको सूचना दिएका थिए । पछि उनलाई बोलाएर बालिकाको तस्बिर पनि देखाएर सोध्दा,‘हो–मैले यही बालिकालाई एउटा केटासँग धनुषामा देखेको बताएका थिए ।’

‘हामीले रौतहटसम्म घेराबन्दी गरेका थियौं । तर सूचना गलत निस्क्यो,’ उनले भने । प्रहरी नायव उपरीक्षक बाखुले अब अनुसन्धान कुनै कसर बाँकी नराख्ने र अपराधी पत्ता लगाएरै छोड्ने बताएका छन् । 

छोरीको लास फेला परेको खबरले आमा जाहेदा खातुन र उनका परिवार स्तब्ध छन् । आमा जहेदा इन्तु न चिन्तु भएकी छिन् । गोबिन्दपुर गाउँ नै शोकाकुल भएको छ ।

उनले प्रहरीले आफु र आफ्नो परिवारलाई गुम्राहमा राखेको आरोप लगाइन् । उनले भनिन्,‘बालिका भेटि सकिएको छ । चाडै घर ल्याइदिन्छौ भनेर आश्वासन दिएका थिए । तर अहिले सग्लो लास पनि दिन सकेनन् ।’ प्रहरीले बालिकाको खोजीमा मेहनत गरेको भए आफ्नी छोरी जीवितै भेटिन्थ्यो भन्दै उनले प्रहरीले वास्तै नगरेको आरोप लगाइन् ।   

मृत गुलशना खातुन स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् । त्यस अघि उनी स्थानीय मदर्सामा पढथिइन् ।

प्रकाशित मितिः मङ्गलबार, १२ चैत २०८१
https://jawaaf.com/storage/01JQ5NDHS23BR51M2JZS8NTPBT.avif

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित

विराटनगर । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । सोमवार राति सम्पन्न अधिवेशनबाट  पाण्डे सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का आकाङ्क्षी राजेश राईले पाण्डेलाई समर्थन गरेका थिए । राईले संगठनको हितको लागि आफूले अध्यक्ष पदको दाबी छाडेको बताएका थिए ।

अधिवेशनबाट उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । महासचिव हिरामान लामा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।

उपमहासचिवमा हरिबल्लभ नेपाल सर्वसम्मत हुँदा सचिवहरूमा विष्णु तारुके, प्रदीप आचार्य, विक्रम लुइँटेल र नरेश भण्डारी पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

संगठनमा वरिष्ठ नेताको हैसियत हुने गरी विश्वमणि सुवेदीलाई निवर्तमान अध्यक्ष पछिको स्थानमा राख्ने निर्णय हलले पारित गरेको छ । नेकपा एकीकृत समाजवादी निकट प्रेस संगठन नेपालको अध्यक्ष बनेका सुवेदी सिङ्गो टिम सहित केही समय अघि प्रेस चौतारी नेपालमा नै फर्किएका थिए ।


केन्द्रीय समिति पदाधिकारी पछिको बरियतामा रहने गरी शिवशक्ति आचार्य र निरकराज जोशीलाई सचिवालय सदस्य तोकिएको छ । बाँकी ५ सदस्य सचिवालय भने चयन गरिने कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य गणेश बस्नेतले जानकारी दिए ।

९९ सय सदस्यीय  केन्द्रीय समितिका सबै प्रदेशका इन्चार्जको जिम्मेवारी पनि तोकिएको छ । जस अनुसार केन्द्रीय सदस्य नूतन श्रेष्ठलाई कोशी प्रदेश इन्चार्ज, अच्युत पौडेललाई मधेस प्रदेश प्रतिमा सिलवाललाई वाग्मती प्रदेश, गणेश पौडेललाई गण्डकी प्रदेश, टीकाबहादुर बस्नेतलाई लुम्बिनी प्रदेश, याम शर्मालाई कर्णाली प्रदेश, दिलबहादुर छन्त्याललाई सुदूरपश्चिम प्रदेश, हेमराज सिलवाललाई उपत्यका प्रदेश, एसिमा महतलाई प्रतिष्ठान प्रदेश र रघुनाथ सापकोटालाई एसोसिएट प्रदेश इन्चार्ज तोकिएको छ ।

महाधिवेशनले अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र नीति अनुसन्धान आयोगका पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरेको छ ।

संगठनको हित र समायोजन भएर आएकालाई समेत व्यवस्थापन गर्नका लागि सर्वसम्मत नेतृत्व चयन गरिएको नेकपा एमाले जनसंगठन विभाग प्रमुख भानुभक्त ढकालले बताए । उनले संगठनलाइ थप मजबुत बनाएर लैजान पनि आग्रह गरे ।


प्रकाशित मितिः मङ्गलबार, १२ चैत २०८१
https://jawaaf.com/storage/01JQ5M0ABHAM7VE91AGE2EPABN.avif

कुलमानलाई पदबाट हटाउने निर्णयप्रति रविको साङ्केतिक विरोध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति साङ्केतिक विरोध गरेका छन् । मन्त्रीपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि सोमवार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् ।


लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै क्याप्सनमा ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न् !’ भनेका छन । जहाँ उनले बलिरहेको बत्ति निभाएर मैन बत्ति बालेका छन् । लामिछानेले कुनै भिडियोमा कुनै प्रतिक्रिया भनेका दिएका छैनन् ।

सोमवार साँझ बसेको मन्त्रीपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको प्रतिपक्ष दलका शीर्ष नेताबाट विरोध भएको छ । कुलमानलाई पदबाट हटाउने सरकारको निर्णयको सत्तारूढ दलबाटै पनि विरोध सुरु भएको छ ।

प्रकाशित मितिः मङ्गलबार, १२ चैत २०८१
https://jawaaf.com/storage/01JQ40YYAEC9W5Y0F9R5M0BA2H.avif

क्यानडालाई अमेरिकामा विलय गराउने अभिव्यक्तिविरुद्ध प्रदर्शन

एजेन्सी । अमेरिका र क्यानडाबीच सम्बन्ध चिसिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति र अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध थप चिसिएको हो ।  ट्रम्पले करमा वृद्धि गरेको र क्यानडालाई ५१ औं राज्य बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिएपछि क्यानेडियनहरु थप रुष्ट बनेका छन् । 

ट्रम्पकै विवादस्पथ अभिव्यक्तिलाई लिएर शनिबार टोरन्टोको नाथन फिलिप्स स्क्वायरमा क्यानाडाका पक्षमा जुलुश निकालेका थिए । ‘एल्बोज अप, क्यानडा !’ नाम दिइएको प्रदर्शनमा क्यानेडियालीहरूलाई राष्ट्रिय सार्वभौमिकता र मर्यादाको रक्षा गर्न एकजुट हुन र क्यानडाबाट आयात गरिएका सामानहरूमा अमेरिकी कर लगाउने र क्यानडाको सार्वभौमिकतालाई खतरामा पार्ने ट्रम्पको टिप्पणीको विरोध गरिएको थियो ।

‘म एक गर्विलो क्यानेडियन हुँ र म विश्वास गर्छु कि हामीले हाम्रो देश, जीवनशैली, संसदीय प्रणाली, कानुनी प्रणाली, द्विभाषिकता, हाम्रा आदिवासी जनताको लागि बहुसांस्कृतिकताको लागि उभिनुपर्छ। र यो संयुक्त राज्य अमेरिकाबाट र त्यहाँको प्रशासनबाट खतरामा छ । विलयको खतराविरुद्ध उत्रिनुपर्छ,’ प्रदर्शनकारी डग बेनेटले भने ।

ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य भन्दै होच्याउने किसिमका अभिव्यक्ति दिंदै आइरहेका छन् ।  यसअघि ट्रम्पले क्यानडाली तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अमेरिकामा गाभिन आग्रह पनि गरेका थिए ।

प्रकाशित मितिः सोमबार, ११ चैत २०८१
https://jawaaf.com/storage/01JQ3DDR4Z9A4KDD31090E1C36.jpg

लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा चम्लागाई निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन् । गत शुक्रबार लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन सुरु भएको थियो भने शनिबार मतदान भएको थियो । मतगणनाको अन्तिम परिणाम अनुसार चम्लागाईंले कुल खसेको ४७० मतमा ३५१ मत प्राप्त गरेका हुन् ।

अर्का अध्यक्ष पदका उम्मेदवार विकास थापाले ८८ मत प्राप्त गर्दा अध्यक्ष पदमै उम्मेदवारी दिएकी खड्काले १३ मत प्राप्त गरेकी छन् ।

यस्तै उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाई समुहकै उम्मेदवार निर्वाचित भएका छन् । उनको समुहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा नै अनिता घिमिरे गैह्रे निर्वाचित भएका छन् । उनले ३३९ मत प्राप्त गरेकी हुन् । 

यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन् । खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापा निकट हुन् । उनलाई सभापति शेरबहादुर देउवा निकट धेरै नेताहरुको पनि साथ थियो ।

प्रकाशित मितिः सोमबार, ११ चैत २०८१
https://jawaaf.com/storage/01JQ1KCYYBSB2VFVDHFYVEZZ0S.jpg

मन्त्री प्रकाशमानमाथि खनिए मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई आक्रोशित गर्दै सामाजिक सञ्जालमा एक पोस्ट लेखेका छन् ।  यस क्रममा उनले वडाअध्यक्षहरूले कार्यपालिका बैठकको माग गरेको र त्यसको प्रतिक्रियामा बालेनले सिंहमाथि आलोचना गरेका हुन् ।

आइतबार, कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूले बालेनलाई कार्यपालिका बैठकको आव्हान गर्दै निवेदन दिएका थिए । यसमा असन्तुष्ट बालेनले सिंहलाई लक्षित गर्दै आफ्नो फेसबुकमा लेखेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयासहरू सधैँ कुरा मात्र रहे। कहिले गर्ने हो?’ उनले अगाडि थपेका छन्, ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देश नहराउनुहोस्। गणेशमान सिंह, पी.एल. सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनुहोस्।’

उनले आफ्नो पोस्टमा आगामी दिनहरूमा नेपालका शहरी विकास योजनामा प्रमुख चुनौतीहरूको सामना गर्नुपर्ने भन्दै, सिंहको भूमिकामा कडा आलोचना गरेका छन्  ।

बालेनको यस आलोचनाले काठमाडौंको शहरी विकास र सार्वजनिक कार्यहरूमा भएको प्रगति र ढिलाइको प्रश्न उठाएको छ ।

प्रकाशित मितिः आइतबार, १० चैत २०८१
https://jawaaf.com/storage/01JQ1J8MBAS9Q6AYRF0CGCDM2G.avif

यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र ३ गते बसेको प्रतिनिधिसभा बैठकमा यौन व्यवसाय खुलागरी पर्यटन प्रवर्धन गर्नुपर्ने भनी एक सनसनीपूर्ण अभिव्यक्ति दिए । 

उनले यसअघि प्रमुख सचेतक नहुँदै पनि यस्तै धारणा राखेर विवादित पनि भइसकेका थिए । 

उनले भनेका थिए,‘धार्मिक पर्यटकले पैसा खर्च गर्दैनन् । पैसा खर्च गर्ने भनेको मनोरञ्जन क्षेत्रमा आउने पर्यटकले नै हो, यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । यसले मुलुकको आर्थिक समृद्धिका लागि योगदान पुग्छ ।’

घिमिरेले दिएका अभिव्यक्तिमा महिला नेतृहरूले आपत्ति जनाउदै कारबाहीको माग समेत गरे । 

यसै क्रममा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले घिमिरेको अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्‍याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनका लागि रुलिङको माग नै गरिन् । 

उनले भनिन्,‘हिजो सत्ता पक्षका माननीयज्यूले यौन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षण गरी अर्थोपार्जन गरौँ भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो । यस्तो चिन्तनको घोर भर्त्सना गर्दछु । यस्तो विचारले अनुशासित र मर्यादित रूपमा रहेको समाजलाई अराजकतातिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गर्दछु ।’

यता, घिमिरे आफ्नो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि उनलाई पार्टी नेतृत्वले स्पष्टीकरण नै सोध्न बाध्य भयो । हुनत, देशको विकासका लागि कानुनी व्यवस्था गरेर यौन व्यवसाय खुला गर्नुपर्ने आवाज यसअघि पनि उठ्दै आइरहेको छ ।

प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीले ३१ भदौको संघीय संसद्मा भनिन्, गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा पृथ्वीसुब्बा गुरुङले ‘रेडलाइट एरिया खोल्नुपर्छ’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर तत्कालिक प्रतिनिधि सभाकी सांसद चन्दा चौधरी गुरुङको राजीनामा नै माग गरेकी थिइन् । 

तर गुरुङले यौन धन्दाको व्यवस्थापन गर्न चारवटा उपाय सुझाउँदै भनेका थिए–यौन धन्दालाई पूर्ण रूपमा बन्देज गर्ने, अपराधीकरण गर्ने, नियमन गर्ने र रेडलाइट एरिया तोक्ने।’ यिनै उपायबाट विश्वमा यौन धन्दा नियन्त्रणको अभ्यास भएको उनको दाबी थियो । 

यसअघि तत्कालीन कानुनमन्त्रीसमेत रहेका शेरबहादुर तामाङले संसद्मा ‘बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूले यौन व्यवसाय गरेको’ भन्नेबारे अभिव्यक्ति दिँदा मन्त्री पद नै गुमाएका थिए । तर कानुनको अभावमा यौन धन्दा व्यवस्थित नभएको र पूर्ण नियन्त्रणमा समेत आउन सकेको छैन् । 

यद्यपि, यौन पेशालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ । कतिपयले यस्तो पेशालाई नियन्त्रण र बन्देज गर्नुपर्ने आवाज उठाएका छन् भने कतिपयले यौन श्रमिकहरूको विषयलाई मानव अधिकारको दृष्टिकोणमा आवाज उठाइरहेका छन् ।

यौन पेशामा संलग्न यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको अधिकारका लागि क्रियाशील अधिकारकर्मीहरूले संविधानको धारा १८, धारा ३४ र धारा ४२ मा भएको प्रावधानहरूलाई लिएर सेक्स वर्करहरूलाई पनि सुरक्षित, स्थिर र सम्मानपूर्ण बाँच्न पाउने अधिकार हुनुपर्ने पक्षमा आवाज उठाइरहेका छन् । 

यौन श्रमिकहरूको न्यायको लागि काम गर्ने संस्था मायाको संसारकी संस्थापक सुनिता लामाले नेपालमा यौन श्रमिकहरूको अवस्था दयनीय रहेकाले उनीहरूले पनि आफ्नो योग्यता अनुसार बाँच्न पाउनुपर्ने बताइन् । 

उनले यौन श्रम र श्रमिकलाई राज्यले अपराधीकरण गरेको र त्यसलाई निरअपराधीकरण गर्नुपर्ने बताइन् । यौन व्यवसायलाई व्यवस्थित गर्नुपर्ने सांसदहरूको आवाजलाई सम्मान गनुपर्ने उनको धारणा छ । 

‘नेपाल सरकारको तथ्याङ्क यौन श्रमिक महिलाहरू ८६ हजार छ । यौन श्रम हो, व्यवसाय होइन् । नेपालमा यौन श्रमिकहरूको अवस्था दयनीय छ । माननीयज्यूहरुले उठाएको कुरा गलत भन्न मिल्लदैन । कुरा सहि हो । नेपालको कानूनले यसलाई अपराधीकरण गरिरहेको छ । यसलाई निरअपराधीकरण गर्नुपर्छ । स्वेच्छाले काम गर्ने नीति बनाउनुपर्छ । यौन श्रमिकको रूपमा काम गरिरहँदा शोषणमा पनि परेका हुन्छन् । यहाँ जति सजिलो देखिन्छ त्यति सजिलो छैन । यसलाई व्यवस्थापन गर्न पोलिसी बन्नुपर्छ,’ उनले भनिन् । 

उनले यौन पेशा रहरले नभइ बाध्यात्मक परिस्थितिले अवलम्बन गरेको भन्दै यौन श्रमिकहरूको हकका लागि वैधानिक भन्दा पनि नीति बनाउनुपर्ने बताइन् । 

यस्तै, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका पक्षमा वकालत गर्दै आएका अधिवक्ता सुजन पन्तले यौन श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा राजनीतिकीकरण गरिनु दुर्भाग्यपूर्ण भएको बताए । 

‘यहाँ एउटा वर्ग छ, जो चाहीँ पिडामा छ । जसको अधिकार चाहीँ राज्यले सुनिश्चित गर्नुपर्ने अवस्थामा यसलाई राजनीतिक गरेर खाने विषय बनाउनु अत्यन्तै दुर्भाग्यपूर्ण छ,’ उनले भने ।

‘राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमार्फत नेपाल सरकारले तथ्याङ निकाल्छ । जसअनुसार करिब एक लाख यौन श्रमिक रहेका छन् । उनीहरू समस्या विकराल छ यसलाई व्यवस्थापन गनुपर्ने समयमा संसदमा उठ्यो । अव पोजिटिभ आउला भनेको दबाइयो ।’ उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले यौन पेशालाई मर्यादित काम भनेर परिभाषित गरको पनि बताए ।

यता, प्रहरीले यौन धन्दामा संलग्नलाई पक्राउ गरेर प्रायः मानव बेचबिखनविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाउने गरेकाले मानव अधिकार हनन् भएको अधिकारकर्मीहरूको भनाइ छ । मुलुकी संहितामा पनि स्पष्ट व्यवस्था र परिभाषा नभएकाले अपराध अन्तर्गत मुद्दा चलाइने गरेको छ । यौन धन्दाका विषयमा स्पष्ट कानून अभाव छ ।

कानुन व्यवसायी पन्तले नेपालमा यौन व्यवसाय बारे कानुनी मौनता रहेको, यौन व्यवसाय वैध छ कि अवैध छ भन्ने बारे आ–आफ्नै धारणा रहेको बताए । कानूनमा स्पष्टता नहुँदा नेपालमा यौन व्यवसाय वैधानिक हो कि भनेर अनुमान पनि लगाउन सकिने उनको जिकिर छ ।

प्रकाशित मितिः आइतबार, १० चैत २०८१
https://jawaaf.com/storage/01JQ1GP05ABPW9HJ72SEQCXVZD.avif

असिना पानीबाट भएको क्षतिको विवरण संकलन

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं ३ ले असिना पानीबाट भएको क्षती विवरण संकलन गर्न थालेको छ ।  शनिवार बिहान करिब २ बजेतिर आएको असिना पानीले चन्द्रपुर नगरपालिका वाड नम्बर ३ का कृषकले लगाएको मकै र केरा खेतीमा बढी क्षती गरेको हो । वार्ड कार्यलयले एक सूचना जारी गरि असिनापानी हावाहुरीबाट अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेकाले विवरणसहित निवेदन दिन आग्रह गरेको छ  । 

असिना पानीबाट घरगोठमा पुगेको क्षति विवरण पनि दिन सकिने वार्ड अध्यक्ष बोधराज देवकोटा (रबि)ले बताए । असिना पानीबाट आफ्नो वाडमा बढी क्षती गरेको उनले दाबी गरेका छन् । 

उनका अनुसार असिना पानीबाट मर्कामा परेका कृषकलाई राहतका लागि पहल गर्ने उनले बताए । वृन्दावन नगरपालिका–१ बलेरीका किसान प्रेमलाल पटेल १० कठ्ठा, रविन्द्र पटेलले १५ कठ्ठा, हेमन राउतले १५ कठ्ठा मकै तथा १५ कठ्ठा गहुँबालीमा पनि क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र गौरले असिना पानीबाट भएको क्षती विवरण संकलन भइरहेको जनाएको छ ।

प्रकाशित मितिः आइतबार, १० चैत २०८१
https://jawaaf.com/storage/01JQ19TEW1X40A4PFF0JN7HF8S.avif

काठमाडौँ महानगरपालिका कार्यपालिका बैठक बोलाउन वडा अध्यक्षहरूको माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारबाही प्रक्रियाको मागसहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् । 

आइतवार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई काठमाडौँ महानगरपालिकाका १८ जना वडाअध्यक्ष सहित नेपाली काँग्रेसबाट कार्यपालिका सदस्य भएका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कारबाहीको प्रक्रियाको माग गर्दै वडा–१७ का वडाअध्यक्ष एवं प्रवक्ता नविन मानन्धरले ज्ञापन पत्र बुझाएका हुन् । 

‘आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कारबाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरूले माग गरेका छौ,’ काठमाडौँ महानगरपालिका वडा–८ का वडाअध्यक्ष आशामान सँगतले बताए । 

उनले, कामपा वडा नम्बर १२ का वडाअध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक तत्काल बोलाउन माग गरेको र तत्कालै प्रशासकीय अधिकृतलाई गरिएको कार्यवाही प्रक्रियाको माग सार्वजनिक गर्न हस्ताक्षरसहित पठाइएको बताए । 

प्रकाशित मितिः आइतबार, १० चैत २०८१