सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JKJ5E5MCRDK9FBDSN1RGRD84.avif

नेपालमा क्यान्सरको उपचार पद्धतिको अझै विकास भइसकेको छैन् : मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले क्यान्सरको उपचारको लागि नेपालमा उपचारात्मक प्रणालीको विकास नभएको बताएका छन् । शनिवार अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध आयोजना गरेको कार्यक्रममा बोल्दै उनले क्यान्सरको उपचार पद्धति नेपालमा पूर्णरूपमा विकसित अझै नबनेको र त्यसमा धेरै काम गर्न बाँकी रहेको बताएका हुन् ।

AS.gif 486.54 KB

उनले भने, ‘नेपालमा धेरैले दुःख पाउने र धेरैको मृत्यु हुने कारण क्यान्सर पनि एक हो । यसको उपचार पद्धति नेपालमा पूर्णरूपमा विकसित भइनसकेको अवस्था छ । क्यान्सरको उपचारको लागि हामीले उपचारात्मक प्रणाली विकासका लागि अझै धेरै काम गर्न बाँकी छ तर जटिल बनिरहेको छ । गत वर्षको तथ्याङ्कमा १४ हजार  मानिसहरू क्यान्सरको कारण मृत्यु भएको तथ्याङ्क छ । त्यसकारण यसलाई गम्भीर लिनुपर्छ ।’

Pathivara_Adv..gif 182.28 KB

मन्त्री पौडेलले क्यान्सर रोगलाई प्राथमिकतामा राखेर राज्यले प्रस्ट नीति र उपचारात्मक पद्धतिलाई पूर्ण बनाउन राज्यको लगानी गर्नुपर्ने बताए । उनले पछिल्लो समय क्यान्सर मात्र नभई अन्य रोगको पनि बिरामी बढिरहेको बताए ।

Satyashishu_Niketan.gif 462.77 KB

उनले भने, ‘यसलाई प्राथमिकतामा राखेर राज्यले प्रस्ट नीतिमा उपचारात्मक पद्धतिलाई पूर्ण बनाउन राज्यको लगानी आवश्यक छ । क्यान्सर मात्र होइन अन्य रोगको पनि बिरामी बढिरहेको छन् । बिरामी बढिरहने उपचार पद्धति पनि पूर्ण नहुने अवस्थाले स्थिथि झन गम्भीर बनेर जान्छ ।’  

प्रकाशित मितिः शनिबार, २६ माघ २०८१
https://jawaaf.com/storage/01JKJ1CVFNZQCX237D40KXEH3Q.jpg

अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्री सिँहको कडा निर्देशन

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामको पिराडीचोकमा अवैध ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पताल सञ्चालकलाई त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न तथा वैधता प्राप्त नगरी अस्पताल सञ्चालन नगर्न निर्देशन दिएका छन् । 

अवैध तथा अनधिकृत ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पतालमा बिरामीको उपचारमा गम्भीर हेलचेक्र्याइँ भएको खबर सार्वजनिक भएपछि शुक्रवार राति अस्पताल अनुगमनमा पुगेका मुख्यमन्त्री सिँहले विधि र प्रक्रियाअनुसार सम्बन्धित निकायबाट अनुमति लिई अस्पताल सञ्चालन नभएको पाएका थिए । उनले अस्पताल सञ्चालकलाई अस्पतालमा उपचार गराइरहेका बिरामीलाई तत्काल व्यवस्थित ढङ्गले विस्तृत विवरणसहित अन्य उपयुक्त अस्पतालमा पठाउन र शनिवार ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर सरकारलाई साँचो बुझाउन निर्देशन दिएका थिए ।

Pathivara_Adv..gif 182.28 KB

अस्पतालमा तीनजना बिरामी भर्ना छन् । यसअघि सोही अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि सर्लाहीको हरिपूर्वा नगरपालिका नगरपालिका वडा नम्बर ५ की २५ वर्षीय बबिताकुमार यादव अहिलेसम्म बेहोस अवस्थामा जनकपुरधाम स्थित जानकी हेल्थकेयर अस्पतालमा उपचाररत रहेकी समाचार सञ्चारमाध्यममा आएपछि मुख्यमन्त्री सिँहको गम्भीर ध्यानाकर्षण भएको थियो ।  

अस्पताल सञ्चालक आफैँले त्यसो नगरे सरकारले आफ्नो टोली पठाएर कारबाही गर्ने चेतावनी मुख्यमन्त्री सिँहले दिएका छन् । मुख्यमन्त्री सिँहले शुक्रबार साँझ मुस्कान अस्पतालमा पहिलोपटक अनुगमन गर्दा सञ्चालकसँग भेट नहुँदा फर्केका थिए । पहिलो पटकको अनुगमनमा उनले अस्पतालमा एकजना स्टाफ नर्स र एकजना सिएमएका भरमा अस्पताल सञ्चालन भएको पाएका थिए । दोस्रो पटक राति १० बजेर ३० मिनेटमा सो अस्पताल पुगेका मुख्यमन्त्री सिँहले अस्पताल सञ्चालकसँग मापदण्डअनुसार चिकित्सक, स्वास्थ्यकर्मी र भौतिक संरचनाबारे जिज्ञासा राख्दै अस्पताल सञ्चालनका लागि आवश्यक अनुमति एवम् स्वीकृतिसँग सम्बद्ध कागजपत्र अध्ययन गरेका थिए ।

adv.gif 860.9 KB

अस्पतालले स्वीकृति नलिएको र जनशक्ति व्यवस्थापन तथा भौतिक संरचना अनुपयुक्त भएको पाएपछि मुख्यमन्त्री सिँहले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित संस्थाबाट स्वीकृति नलिई सञ्चालनमा रहेका निजी अस्पताललाई मापदण्ड पुरा गरी स्वीकृति लिन मधेश प्रदेश सरकारले पटकपटक ताकेता गर्दा समेत सञ्चालकहरूले अटेर गर्दै आएका छन् ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः शनिबार, २६ माघ २०८१
https://jawaaf.com/storage/01JKHV35SCAQYV13FDKGMA8KAS.jpg

एसियन एम्पुटी फुटबलमा नेपालले पहिलो खेल उजबेकिस्तानसंग खेल्दै

काठमाडौं । एसियन एम्पुटी फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल शनिबार उजबेकिस्तान संग खेल्दै छ । बंगलादेशको ढाकामा शुक्रबार देखि सुरु भएको एसियन एम्पुटी फुटबल च्याम्पियनसिप २०२५ मा नेपालले आज उजबेकिस्तान संग खेल्ने भएको हो ।  

नेपालले दोस्रो खेल बंगलादेशसंग माघ २७ गते बिहान साढे ११ बजे खेल्नेछ । यस्तै तेस्रो खेल माघ २८ गते दिउँसो ३ बजे इराकसंग र अन्तिम खेल २९ गते दिउँसो ३ बजे इन्डोनेसियासंग खेल्ने छ ।

एम्पुटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका र एउटा हात नभएका ) खेलाडीहरुले खेल्ने खेल हो । एम्पुटी खेलकुद समाज नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ । यो खेल नेपालका लागि एक इतिहास भएको एम्पुटी खेलकुद समाज नेपालका निवर्तमान अध्यक्ष एवं टिम व्यवस्थापक मदनमान सिंह रोकायाले बताए । 

IMG_5914.gif 58.17 KB

प्रतियोगितामा ६ वटा टिम भएपनि ५ वटा टिमले मात्र सहभागिता जनाएको छ । नेपाल पनि बलियो रहेको हुँदा नतिजा राम्रो ल्याउने रणनीति बनाई त्यही अनुसार टिमको सेट तयारी गर्ने प्रशिक्षक चक्रबहादुर तामाङले बताए ।

फेब्रुअरी ७ देखि १२ तारिखसम्म बंगलादेशको ढाँकामा रहेको बसुन्धरा रंगशालामा आयोजना हुने प्रतियोगितामा सहभागी हुन १३ पुरुष खेलाडी ७ अफिसियल सहित २० सदस्यीय नेपाली टोली माघ २२ गते गएको थियो ।

नेपाल टिमका खेलाडीमा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईं, राज पौडेल र प्रकाश सिंह रहेका छन् । नेपाल टिमको क्याप्टेनको जिम्मेवारी डिल्ली बहादुर बिष्टले समाल्ने छन् ।

प्रशिक्षकमा चत्रबहादुर तामाङ, व्यवस्थापकमा मदनमान सिंह रोकाया तथा अफिसियलमा कल्पना खड्का, श्यामबहादुर रावल, प्रकाश चिलुवाल, सुरेश थापा र विपिन पौडेल छन् ।

प्रकाशित मितिः शनिबार, २६ माघ २०८१
https://jawaaf.com/storage/01JKHR3YK9MXW48CCZHFX7581V.avif

पाँच करोड पर्ने ढुङ्गा दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

पोखरा । बहुमूल्य टल्किने ढुङ्गा दिन्छु भन्दै मोटो रकम ठगि गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन् । पाँच करोड मूल्यको टल्किने ढुङ्गा दिन्छु भन्दै १३ लाख ठगी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका हुन् ।

Pathivara_Adv..gif 182.28 KB

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त आरोपमा पर्वत फलेवास नगरपालिका ५ घर भई हाल पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने ३१ वर्षकी ईन्दिरा विक, सोही ठाउँका ३६ वर्षीय राजन विक र खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ की २७ वर्षकी जुनु भन्ने लक्ष्मी राईलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए ।

adv.gif 860.9 KB

प्रहरीले ईन्दिरा विक र राजन विकको कोठाबाट सेतो रङ्गको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान बरामद गरेको छ भने विभिन्न बैँकका ३१ लाख बराबरकाचार थान चेक र मोबाइल चार थान समेत बरामद गरेको छ ।

प्रहरी निरीक्षक जिसीका अनुसार उनीहरूले आफूलाई पाँच करोड मूल्य पर्ने टल्किने ढुङ्गा दिने प्रलोभन दिएर १३ लाख रुपैयाँ ठगी गरेको भन्दै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएकी थिइन् ।

पक्राउ परेका तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः शनिबार, २६ माघ २०८१
https://jawaaf.com/storage/01JKHQM41HC96HXC3PSGFHMP8M.avif

जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेण्डा तय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठकका एजेण्डाहरू तय गरेको छ । प्रचार प्रसार तथा प्रकाशन विभाग अनुसार आगामी फागुन १९, २० र २१ गते काठमाण्डौमा बस्ने गरी आह्वान गरिएको पार्टीको बैठकका एजेण्डा तय गरिएको हो ।

Pathivara_Adv..gif 182.28 KB

प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुनेछ ।

adv.gif 860.9 KB

यस्तै, बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने  बस्नेतले जानकारी दिए । यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक कार्ययोजना लगायतका एजेण्डामा  बैठक केन्द्रित हुने भएको छ ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः शनिबार, २६ माघ २०८१
https://jawaaf.com/storage/01JKHN64A194NMV7C54BJ7FV6M.avif

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार दुईदिनदेखि बढेको अमेरिकी डलर आज घटेको छ । 

नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा छ ।

यसैगरी युरो एकको खरिददर एक सय ४४ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५२ पैसा, पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ५९ पैसा तोकिएको छ । 

adv.gif 880.82 KB

यस्तै, अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७० र बिक्रीदर ८८ रुपैयाँ ०८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ २७ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २२ पैसा बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा तोकिएको छ । 

यस्तै राष्ट्र बैङ्कले आज जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा , थाई भाट एकको खरिददर चार रुपैयाँ १५ पैसा र बिक्रीदर चार रुपैयाँ १७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३८ रुपैयाँ १७ पैसा तोेकिएको छ । 

प्रकाशित मितिः शनिबार, २६ माघ २०८१
https://jawaaf.com/storage/01JKHK58F2MJK2CCKTB7YC3X2T.jpg

संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क प्रस्तावका लागि समिति गठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापका लागि स्मार्ट एलइडी बोर्ड उपलब्ध गराउने भएको छ । विहीबार नगर शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको समितिको बैठकले वोर्ड वितरण गर्ने निर्णय गरेको हो ।
शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेशिफिकेसन सम्बन्धी प्राविधिक जाँच गराएर विद्यालयहरुमा वितरण गर्ने निर्णय गरेको हो । यसका लागि ३१३ थान बोर्डहरु खरिद गरिएका छन् । 
वैठकले आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षा समितिका सदस्य मनोनयन गरेको छ । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा नियमावली, २०७४ को नियम ३६ (२) मा आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालन र व्यवस्थापन गर्नका लागि शिक्षा अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने व्यवस्था छ । 
यसमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुमध्ये एकजना, स्थायी शिक्षकहरुमध्ये आधारभूत र माध्यमिक तहबाट एक जना पर्ने गरी २ जना सदस्य शिक्षा समितिले मनोनयन गर्ने व्यवस्था छ । यसअनुसार बाल व्यवसायी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गाना, कुलेश्वर माध्यमिक विद्यालयका माध्यमिक तहका गणित शिक्षक मञ्जु मगराती र विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका निम्न माध्यमिक तहका नेपाली शिक्षक विष्णुहरि अधिकारी मनोनित भएका छन् ।
यस्तै संस्थागत विद्यालयका शिक्षकहरुमध्ये ज्ञानमन्दिर माध्यमिक विद्यालयका शिक्षक रविन वस्नेत र अभिषेक ज्ञान मन्दिर माध्यमिक विद्यालयका शिक्षक श्याम योञ्जन मनोनयन भएका छन् । समितिको सदस्य सचिवमा विभागबाट परीक्षा हेर्ने अधिकृत रहने छन् । 
समितिले सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाको संयोजकत्वमा संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क प्रस्ताव समिति गठन गरेको छ । शिक्षा समितिका सदस्य एवं वडाध्यक्ष चिनीकाजी महर्जन, दिनेश महर्जन र विनोदकुमार राजभण्डारी समितिको सल्लाहकार हुन्  । 
आयोगका सहायक विज्ञ सस्मित पोखरेल, शिक्षा अधिकृत रुक्मिला इटनी, अभिभावक संघको अध्यक्ष वा सदस्य वा त्यस्तो संघ नभएमा अभिभावकहरुमध्ये २ जना मनोनित, महानगरपालिका स्तरीय प्याब्सन, एनप्याब्सन, शिक्षा विभागको इञ्जिनियर समितिको सदस्य हुन् । समितिको सदस्य सचिवको काम शिक्षा विभागका प्रमुखले गर्नेछन् । 
मापदण्डका आधारमा विद्यालयको वर्गीकरणको प्रारुप तयार पार्ने, शुल्क सम्बन्धी शिफारिस तयार पार्ने, शुल्कबमोजिम सेवा सम्बन्धी अवस्था अध्ययन गरेर शिक्षा समितिमा पेश गर्ने दायित्व समितिलाई दिइएको छ । समितिले अभिभावकको भूमिका पहिचान गर्ने, विश्लेषण गर्नेछ । 
शिक्षक दरबन्दी मिलान सम्बन्धी प्रस्तावमा बैठकले छलफल गरेको थियो । काठमाडौँ महानगरपालिकाको दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि, २०८० बमोजिम गठन गरिएको ‘दरबन्दी मिलान समिति’ ले शिक्षा समितिमा प्रतिवेदन पेश गरेको छ । प्रचलित व्यवस्था र शिफारिसका बुँदा आपसमा बाझिएकोले २०८१ वैशाख ९ गते बसेको नगर शिक्षा समितिको बैठकले सहरी योजना आयोगका विज्ञ सदस्य इञ्जिनियर झाको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । यो समितिले प्रमुख समक्ष प्रतिवेदन पेश गरिसकेको छ । 
प्रतिवेदनको शिफारिस र प्रचलित व्यवस्थाबमोजिम शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण तालिकालाई स्वीकृतिका लागि नगर कार्यपालिकाको वैठकमा प्रस्ताव पेश गर्ने समितिले निर्णय गरेको छ । शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली २०५९ (संशोधनसहित) को अनुसूची १२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ भाद्र ४ गतेको निर्णय, नेपाल सरकारको शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ दरवन्दी मिलानसँग सम्बन्धी व्यवस्था हुन् । 

प्रकाशित मितिः शनिबार, २६ माघ २०८१
https://jawaaf.com/storage/01JKGFEDD7XXNXXPJK84S6R6GD.png

बुढासुब्बा गोल्डकप फुटबलमा उपाधिका लागि एनआरटी र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुने

धरान । २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ ।

एनआरटी तेस्रो पटक उपाधि नजिक पुगेको हो ,भने चर्च ब्वाइजले बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल स्थान सुरक्षित गरेको हो ।

IMG_5914.gif 58.17 KB

एनआरटीले फाइनल स्थान बनाउने क्रममा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र पाहुना टिम युकेएफसी भारतलाई पराजित गरेको थियो ।

चर्च ब्वाइजले भने चार पटकको विजेता नेपाल पुलिस क्लब र पाहुना टिम भुटानलाई हराउँदै बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल खेल्न लागेको हो । यस सिजनमा चर्चब्वाइज र एनआरटी क्लबले ४ वटा फुटबल प्रतियोगिता र ३ वटामा सँगै फाइनल खेलेका छन् ।

यस सिजनमा खेलेको अनुभव बुढा सुब्बाको फाइनल खेलमा प्रयोग हुने एनआरटीका टिम कोच श्याम मालीले बताए । ‘यस सिजनमा हामी फर्ममा छौँ यस अगाडी खेलेका फाइनल खेलहरुको अनुभवले पक्कै काम गर्ने मालीले भने । ’चर्च ब्वाइज राम्रो टिम रहेकोले खेललाई राम्रोसँग खेल्ने तयारी रहेको टिम क्याप्टेन सरोज घिसिङले बताए । 

यसअघि चर्च ब्वाइजले इलाम गोल्डकप उपाधि जितेको थियो । एडिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको चर्चब्वाइजले एनआरटीलाई कडा प्रतिस्पर्धीका रूपमा रहेको चर्चब्वाईजका टिम कोच सुमन श्रेष्ठले बताए ।

एनआरटी बलियो टोली भए पनि उच्च मनोबलका साथ फुटबल खेल्ने उनले बताए । एनआरटी राम्रो टिम हो तथापि राम्रो खेलेर टिमलाईउपाधि दिलाउने लक्ष्य रहेको चर्चब्वाइजका टिम क्याप्टेन अनन्ततामाङले बताए ।  

धरान रङ्गशालामा हुने फाइनल खेलका विजेताले दश लाख र उपविजेताले पाँच लाख पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, २५ माघ २०८१
https://jawaaf.com/storage/01JKG4W6WDVKMH3EVDN3AW4XBM.avif

मेरो एकल प्रयासले सडक निर्माणमा बजेट विनियोजन भएको हो : सांसद आले

काठमाडौँ । डोटीबाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री प्रेमबहादुर आलेले आफ्नो एकल प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा बजेट विनियोजन भएको बताएका छन् ।

शुक्रवार संघीय संसदको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद आलेले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा आफूले बजेट विनियोजन गराउन सफल भएको दाबी गर्दै उक्त सडकको बजेट विनियोजनका विषयमा केही तत्वहरूले अनावश्यक हल्ला फिँजाइरहेको बताएका हुन् ।

उनले भने, ‘म डोटीबाट एक मात्र निर्वाचित संघीय सांसद हुँ । मैले यो सडकमा बजेट विनियोजन गराउनका लागि प्रधानमन्त्री, अर्थमन्त्रीसँग पटक पटक माग गरे र धाए । बजेट विनियोजन गराइए । अहिले प्रदेशका मन्त्री, सांसद उक्त सडकमा आफूले बजेट विनियोजन गराएको भन्दै हल्ला फिजाउन थालेका छन् । संघीय सरकारको बजेट संघीय सांसदले विनियोजन गराउँछन की प्रदेशका मन्त्री, सांसदले ?’

यसैगरी सांसद आलेले उक्त योजनामा प्रदेश सरकार, स्थानीय तहहरूले बजेट बिनियोजन नगराएको स्पष्ट पर्नु हुँदै आफ्नो एकल प्रयास र मेहनेतले बजेट पार्न सफल भएको जिकिर गरे ।

उनले भने, ‘झुटको खेती गर्न त लाज मानौँ । तपाईहरूलाई आफू भन्दा माथिल्लो तहका योजना पनि हामीले गरेका हौँ भन्न कत्ति पनि लज्जाबोध हुँदैन । मेरो एकल प्रयासले बजेट विनियोजन भएको हो ।’

आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेटमा बजेट विनियोजन गराउन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थममन्त्री वर्षमान पुन समक्ष दर्जनौँ पटक धाएर २०८१ जेठ १५ को बजेटमा करिब ४३ करोड बजेट विनियोजन भएको र त्यसपछि सडक डिभिजन, सडक विभाग, मन्त्रालयलाई ताकेदा गर्दा गर्दा बहुवर्षीय कार्यक्रमको स्रोत सुनिनिश्चताको सहमति दिनु भएको भन्दै सांसद आलेले तत्कालीन प्रधानमन्त्री प्रचण्ड अर्थममन्त्री वर्षमान पुन तथा हालका अर्थमन्त्री विष्णु पौडेललाई धन्यवाद समेत दिए ।

धनगढीदेखि उरै सम्म पु¥याउने लक्ष्य बोकेको उक्त योजना निर्माणका लागि रु १ अर्ब बजेट भएपनि यो कमै भएको तथा एक अर्बले अब हाडखोलीदेखि कापडासम्म ७ मिटर चौडा भएको सडक कालोपत्रेका लागि चाँडो भन्दा चाँडो टेण्डर आह्वान गर्न सडक विभागलाई र डिभिजनलाई उनले आग्रह गरे ।

यो सडक भारत–नेपाल–चिन जोडिएको त्रिदेशिय सडक भएको तथा भारत र नेपालका हिन्दु धर्मालम्बीहरू यो सडक मार्ग भएर चीनको मानसरोवरसम्म जाने नेपालको सबैभन्दा छोटो र भू–बनावटका आधारमा सुविधाजनक सडक भएकाले यो सडक निर्माणका लागि म अवनरत रूपमा लागि रहेको उनको भनाई थियो ।

प्रकाशित मितिः शुक्रबार, २५ माघ २०८१
https://jawaaf.com/storage/01JKG3H9KDK6KQTX7XZHVR5CNG.avif

हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली, किसान चिन्तित

मुगु । माघ महिनाको तेस्रो साता बितिसक्दा पनि मुगुलगायत जुम्ला, डोल्पा, कालीकोट, हुम्ला जस्ता हिमाली जिल्लामा हिमपात नहुँदा कृषकले लगाएको हिउँदे अन्नबाली खेतमै सुक्न थालेको छ । जसका कारण भोकमरीको त्रास थपिएको छ । 

मुगुसहित हिमाली जिल्लाका कृषकहरूले लगाएको हिउँदे अन्नबाली जै, गहुँ, उवा, तरकारी स्याउका बिरुवा खडेरीका कारण केही किसानले बाली नउम्रने जग्गा खाली भएका छन् भने उम्रेको अन्नबाली खेतबारीमै सुक्न थालेको छ ।

बिगतका बर्षहरूमा पुस, माघ महिनामा धेरै हिउँपर्ने भएकाले खेतबारी ओसिलो भइरहने र अन्नबाली फस्टाउने गरेको थियो । तर यस बर्ष हिउँ नपर्दा खेतबारीमा लगाएको अन्नबालीसहित ,बनजङ्खल समेत सुक्खा भएका छन् ।

सिँचाइका लागि कुलो नहर नभएको, खेतीयोग्य जमिन सबै आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था रहेको छ । हिउँपानी नपर्दा बाली नफस्टाउने भएकाले भोकमरी हुनसक्ने सम्भावन रहेको छाँयानाथ रारा नगरपालिका–९ मुर्माका कृषक बीर्खबहादुर सोकायाले बताए ।

मुगु जिल्लामा १७ सय ८५ केक्टर क्षेत्रफलमा खेतीयोग्य जमिन लगाएको अन्नबालीमध्ये ७० प्रतिशत भन्दा बढी आकाशे हिउँ पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।

 बिगत तीन चार वर्ष यता वेलामौका पानी नपरेकाले समस्या भोग्दै आएका कृषकहरू यसबर्ष माघ महिनाको तेस्रो साता बितिसक्दा पनि हिउँ र पानी नपर्दा कृषक तनावमा छन् ।

सरकारले साना सिंचाइका कार्यक्रम सञ्चालन गरेपनि त्यो अपुग भएको छ । विशेषगरी पछिल्लो समय जलवायुको प्रत्यक्ष असरका कारण हिउँ–पानी नपरेको, पानीका मुहानहरू सुक्दै गएकाले कृषकलाई समस्या भएको जिल्ला कृषि विकास कार्यालय मुगुका कृषि प्रचार अधिकृत तथा सूचना अधिकारी अनुज कुमार मण्डलले बताए ।

प्रकाशित मितिः शुक्रबार, २५ माघ २०८१