सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JM4ETX3R5FNPJP0F7NP2QZ6J.avif

पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दै गर्दा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर मन्त्री पौडेल र मेयर धनराज आचार्य घाइते भएका हुन् ।

Pathivara_Adv..gif 182.28 KB

मन्त्री पौडेलको हाल गण्डकी मेडिकल कलेज पोखरामा र मेयर आचार्यको फिस्टेल हस्पिटल पोखरामा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।  मन्त्री पौडेल र मेयर आचार्यको अवस्था सामान्य रहेको र खतरामुक्त रहेको एसपी ओलियाले बताए ।  

भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो । सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए ।

प्रकाशित मितिः शनिबार, ०३ फागुन २०८१
https://jawaaf.com/storage/01JM46YCBXED2K9A17PVX1ZBCJ.avif

पोखरामा कोटिहोम : उच्च अदालतमा फेरि अर्को रिट दर्ता, विजय श्रीकृष्णमूर्ति भन्छन् : कोटिहोमको काम अघि बढिसक्यो, रोकिन्

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित बाराहीघाटमा कोटिहोम गर्न दिने कि नदिने भन्ने बिवादका बीच उच्च अदालत पोखराले बिहीबार मानव सेवा फाउन्डेशनलाई कोटिहोम गर्न अवरोध नगर्न पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ ।

उक्त अन्तरिम आदेश भएलगत्तै मानव सेवा फाउन्डेशनले उक्त कोटिहोमका संकल्पकार यज्ञशिरोमणि वालयोगेश्वर विजय श्रीकृष्णमूर्ति (विजय भण्डारी) महाराजको उपस्थितिमा शुक्रवार कोटिहोम स्थल सरसफाइ गरेर काम अघि बढेको सकेत दिइएको छ ।

तर कोटिहोम गर्न अवरोध नगर्न अन्तरिम आदेश दिएको उच्च अदालत पोखरामा नै फेरी कोटिहोम रोक्न माग गर्दै शुक्रवार अर्को रिट दर्ता भएको छ ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचनको इजलासले मानव सेवा फाउन्डेशनलाई पोखराको बाराहीघाटमा कोटिहोम गर्ने कार्यमा कुनै अवरोध नगर्न दिएको भोलिपल्ट फेरि सोही अदालतमा उक्त कोटिहोम रोक्न माग राखेर रिट दर्ता भएको हो ।

अधिवक्ता भगवती पहारी, मिनाकुमारी रानाभाट र गीता आचार्यले उक्त कोटिहोम रोक्न माग राखेर शुक्रवार उच्च अदालत पोखरमा रिट दायर गरेका हुन् ।

उक्त रिटमा कोटिहोमले फेवातालको प्राकृतिक संरचना, पर्यावरणीय सन्तुलन, सार्वजनिक सम्पत्ति संरक्षणसम्बन्धी कानुनी व्यवस्था उल्लङ्घन गर्ने भन्दै तत्काल रोक्न माग गरिएको छ ।

सिमसार क्षेत्र र फेवातालको ६५ मिटर मापदण्ड भित्रै गरिने कोटिहोमले तालको प्राकृतिक स्वरूप परिवर्तन गर्ने र जैविक विविधतामा नकारात्मक असर पार्ने भएकाले रोक्नुपर्ने माग रिट निवेदनमा गरिएको छ ।

सर्वोच्च अदालतले फेवाताल क्षेत्रको संरक्षणसम्बन्धी अघिल्लो फैसलाले तालको मापदण्डभित्र कुनैपनि अनधिकृत संरचना निर्माण रोक्न निर्देशन दिएकाले यसलाई कायम राख्नुपर्ने भनिएको छ ।

सर्वोच्च अदालतको २०७५ वैशाख १६ गतेको फैसलाले स्पष्ट रूपमा फेवातालको किनाराबाट ६५ मिटर भित्र कुनैपनि संरचना बनाउन नपाउने आदेश भएको र भएकालाई समेत हटाउन आदेश दिएको छ । 

निवेदनमा भनिएको छ, ‘समाजमा सुशासन र कानुनको शासन कायम राख्न सर्वोच्च अदालतले दिएको अन्तिम निर्णयहरू सबै पक्षले पालना गर्नुपर्छ । अदालतको आदेश सरकार, प्रशासन, आम नागरिकले पालना गर्नै पर्छ ।’

यस्तो संरक्षित क्षेत्रमा सर्वोच्च अदालतको आदेश विपरीत अस्थायी संरचना बनाउने अनुमति लिनदिन कार्य अदालतको आदेश विपरीत भएकाले अदालतको अपहेलना गरेकाले कोटिहोम गर्न सहमति दिनु नै गैह्र कानुनी कार्य रहेको निवेदनमा उल्लेख छ ।

धार्मिक आस्थाका लागि कोटिहोम गर्नपर्ने भए सार्वजनिक सम्पत्तिमा होइन, उपयुक्त स्थान पहिचान गरी निर्माण गर्नुपर्ने माग समेत निवेदनमा गरिएको छ । यसअघि पनि फेवाताल क्षेत्रमा अनधिकृत संरचना निर्माण गर्ने प्रयास हुँदा वातावरणविद् र स्थानीयवासीले विरोध गर्दै आएका थिए ।

कोटिहोम महायज्ञ गर्न लागेको नेपाल ट्रस्टको मातहतको जग्गा र पर्यटन विभाग अन्तर्गतको क्याम्पिङ चोकको जग्गा फेवाताल संरक्षण योगदान दिने सिमसार क्षेत्र हो ।

सिमसार क्षेत्र जैविक विविधता जल आपूर्ति तथा वातावरणीय सन्तुलनका लागि अत्यन्त महत्वपूर्ण भएकाले त्यहाँ प्राकृतिक सम्पदा तथा पारिस्थितिकी तन्त्रलाई असर पु¥याउने कुनैपनि गतिविधि गर्न नपाइने जिकिर निवेदकको छ ।

पोखराको मुख्य पर्यटकीय क्षेत्रमा त्यो पनि पर्यटकीय सिजनलाई असर पार्नेगरी हुन लागेको कोटिहोमको विरोध पोखराका पर्यटन व्यवसायी संस्थाले गर्दै आएका छन् । तर केही संघ संस्थाहरू कोटिहोमका पक्षमा देखिएका छन् । धार्मिक पर्यटनका दृष्टिले कोटिहोमले आर्थिक चलायमान हुने उनीहरूको भनाइ छ । 

साथै वर्षौँदेखि संरक्षण गरी राखिएका चौतारीका रुखहरू कोटिहोमको पूर्वसन्ध्यामा निर्मम कटान गरिएको कुराले पोखरावासीलाई झस्काएको निवेदनमा उल्लेख छ ।

फेवा किनारमा कोटिहोम गर्न नहुने संवैधानिक र कानुनी आधारहरू समेत क्रमबद्ध रूपमा रिट निवेदनमा उल्लेख छ । रिटमा मानव सेवा फाउन्डेसन, नेपाल ट्रस्टको कार्यालय, पर्यटन उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय पोखरा, पोखरा महानगरपालिका, महानगरको वडा नम्बर ६, १४, १४, जिल्ला प्रशासन कार्यालय कास्की र डिभिजन वन कार्यालय कास्कीलाई विपक्षी बनाइएको छ ।

पोखराको फेवाताल किनारमा वैशाख १७ देखि जेठ २६ गतेसम्म कोटिहोम लगाउने भन्दै विभिन्न वडामा चौतारी मुठुर्याउने काम भएपछि विवाद सतहमा आएको हो । बाल योगेश्वर कृष्णमूर्ती महाराज बताउने विजय भण्डारी नेतृत्वको नेपाल मानव सेवा फाउन्डेसनले कोटिहोम गर्न लागेको हो ।

फेवाताल किनारमा कोटिहोम सञ्चालन गर्न नदिने निर्णय पोखरा महानगरको कार्यपालिका बैठकले गरेको छ । फाउन्डेसनका संस्थापक भण्डारीले आफू जहिल्यै पनि ज्यान हत्केलामा राखेर हिँडेको भन्दै धर्मका लागि अधर्म गर्न समेत तयार रहेको अभिव्यक्ति दिँदै आएका छन् ।

त्यही फाउन्डेसनले पोखरा महानगरपालिकालाई विपक्षी बनाएर उच्च अदालत पोखरामा दायर गरेको रिटमा बिहीबार अन्तरिम आदेश जारी भएको छ । तर फाउन्डेसनका संस्थापक भण्डारीले अदालतको आदेशले कोटिहोमको काम अघि बढाउन सहज भएको प्रतिक्रिया दिए ।

उनले भने,‘पवित्र उद्देश्य राखेर कोटिहोम गर्न लागिएको हो । यसलाई असफल बनाउन ठूलो समूह सक्रिय छ । तर सरकारबाट अनुमति पाइसकेको र अदालतले बाटो थप सहज बनाइदिएपछि काम अघि बढाउन कुनै समस्या छैन् । पछिल्लो रिट निवेदनले ठूलो अर्थ राख्दैन् । उही अदालतमा उही विषयमा रोक्ने आदेश दिने अभ्यास र कानुनी व्यवस्था नरहरेको बुझिएको छ ।’

प्रकाशित मितिः शनिबार, ०३ फागुन २०८१
https://jawaaf.com/storage/01JM43GWE0YTKVFWD30AVPEGXD.avif

आज सत्ता पक्षीय दलको बैठक बस्दै

काठमाडौँ । आज (शनिवार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय दलको बैठक बस्दै छ ।  आज बिहान ११ बजे बैठकमा अध्यादेशलगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको  छ ।

गत शुक्रवार बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र संयन्त्रमा सङ्लन्न दुवै दलका नेताहरूको सहभागीतामा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।

उक्त बैठकमा सरकार सञ्चालनका विषय, अत्यावश्यक कानुन निर्माणमा तीव्रतालगायत अन्य समसामयिक विषयमा छलफल भएका] थियो ।

प्रकाशित मितिः शनिबार, ०३ फागुन २०८१
https://jawaaf.com/storage/01JM23M05AQVFKKECPHXCHVMTB.avif

कवाडी व्यवसाय हटाउन डोजर चलाइने, बोतल र हतियार प्रयोग भएकोमा चिन्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कवाडी व्यवसाय हटाउन डोजर अभियान सुरु गर्ने जानकारी दिएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महानगर प्रहरी प्रमुख राजु पाण्डेले कवाडी व्यवसायले बस्तीमा जोखिम पैदा भएको स्थानीयकै गुनासो भएको भन्दै सम्झाएर नमानेमा डोजर चलाएर कवाडी व्यवसाय हटाउने जानकारी गराए । 

उनले भने,‘स्थानीय तहको प्रहरीले सरकारको आदेश र निर्णय नै कार्यान्वयन गर्ने हो । त्यो कुरालाई नबुझेर त्यसमा हुने जोखिमका कुराहरू छन् । अब आउने चैत्र बैशाखको हावाहुरीले विभिन्न टहराहरू भत्किएर उडाएर बस्तीमा जोखिम हुने अवस्था छ । त्यो सम्पूर्ण रूपमा हटाउनलाई सम्झाएर नमाने निर्मम तरिकाले डोजर लगाउने काम सुरु गर्छौँ । उहाँहरूलाई खुला ठाउँमा लगेर सार्न अनुरोध गर्दछौँ । मान्नु भएन भने योजनाबद्ध रूपमा कवाडी हटाउने अभियानमा लाग्नेछौँ ।’

त्यस्तै उनले महानगरपालिका भित्र जोखिम हुनेगरी विभिन्न किसिमका अस्थायी मापदण्डविपरीतका टहराहरू निर्माण गरी कवाडी व्यवसाय गरिहेको र विगतदेखि नै सम्झाउँदा पनि उल्टै प्रहरीमाथि आक्रमण हुने गरेको बताए ।्

व्यवसायीले हात हतियार, सिसाका बोतल लिएर महानगर प्रहरीमाथि आक्रमण गरेको तर सत्यलाई बङ्ग्याएर विभिन्न किसिमको टीकाटिप्पणी भएकोमा दुःख व्यक्त समेत गरे । 

उनले भने,‘काठमाडौँ महानगरपालिका भित्रको आवासीय क्षेत्रमा जोखिम हुनेगरी विभिन्न किसिमका अस्थायी मापदण्ड विपरीतका टहराहरू निर्माणगरी कवाडी व्यवसाय सञ्चालन गरिराखेको अवस्था थियो । हामीले सम्झाउँदा पनि नमानेको कारण र विगत एक वर्षदेखि काम गर्दा पनि अटेरी गरेको र हटाउन जाँदा पनि विभिन्न हात हतियार, सिसाका बोतल लिएर महानगर प्रहरीमाथि आक्रमण गर्ने र जुन सत्य हो त्यसलाई बङ्ग्याएर विभिन्न किसिमको टीकाटिप्पणी भएको छ । स्थानीय जनताको पीर मर्काको आधारमा हटाउन लागेको हो । तर विभिन्न फोरममा जुन भ्रम सृजना भएको छ, त्यसप्रति महानगर प्रहरी दुःख व्यक्त गर्दछ ।’

साथै नगरपालिकाभित्र फोहोरमैला गर्नेलाई कारबाहीको दायरामा ल्याउने पनि उनले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, ०२ फागुन २०८१
https://jawaaf.com/storage/01JM15DHDG8N5HRZZJ87YQ5AAK.avif

नेपाली मूलका बैँकर रिजाल इजरायलमा, विपिन जोशीको सुरक्षित रिहाइको माग

इजरायल । न्यूयोर्कमा कार्यरत नेपाली मूलका बैँकर तथा समाजसेवी प्रवेश रिजालले गत अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीहरूको सम्झनामा इजरायलको एक किब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्।

इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुज अलुमिममा आयोजित एक स्मृति कार्यक्रममा न्युयोर्कस्थित क्रस रिभर बैँकको  क्वान्टिटेटीभ स्ट्राटेजीज विभागको प्रमुख समेत रहेका रिजालले प्यालेस्टिनी उग्रवादी समूह हमासले अपहरण गरेका नेपाली नागरिक विपिन जोशीको सुरक्षित मुक्तिका लागि पनि आग्रह गरे।

नेपाली लगायत हमास आक्रमणमा मारिएका सबै व्यक्तिहरूको सम्झनामा आयोजित उक्त कार्यक्रममा बोल्दै रिजालले भने, ‘त्यही ठाउँमा उभिनु जहाँ हाम्रा १० नेपाली दाजुभाइहरूले ज्यान गुमाएका थिए, अत्यन्त पीडादायक अनुभूति हो। तर यो क्षण नेपाल र इजरायलबिचको सहानुभूति र ऐक्यबद्धताको प्रतीक पनि हो।’

रिजालले थपे, ‘हामीले गुमाएका आफन्तहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दा मेरो मन अझै भारी छ। किनकि अझै पनि थुप्रै निर्दोष नागरिक हमासको कब्जामा छन्, जसमा नेपाली नागरिक विपिन जोशी पनि छन्। उनी इजरायल आइपुगेको केही हप्तामै १५ जना नेपालीहरूलाई बचाउने प्रयासका क्रममा अपहरणमा परे। उनको सुरक्षित फिर्तीका लागि हामी प्रार्थना गर्छौँ र सबै निर्दोष बन्धकहरूको रिहाइका लागि विश्व समुदायले ऐक्यबद्धता जनाउनुपर्छ।’ 

रिजालले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरूलाई स्मरण गर्दै भने, ‘नेपाली युवा विद्यार्थी यहाँ अध्ययन, प्रगति, र भविष्य निर्माण गर्ने आशासहित आएका थिए। उनीहरूको सपना एक क्षणमै ध्वस्त पारियो। तर आज यी मैनबत्तीहरू बालेर हामी सुनिश्चित गर्न चाहन्छौँ कि उनीहरूको सम्झना कहिल्यै मेटिने छैन। उनीहरूका परिवारहरूको हृदयमा र शान्ति तथा सहनशीलताप्रतिको हाम्रो प्रतिबद्धतामा उनीहरू सदैव जीवित रहनेछन्।’ 

‘आज हामी दुःखमा एकसाथ उभिएको छौं, तर आशाका लागि पनि उभिनुपर्छ। हिंसाले कसैको ज्यान नलिओस्, युवाहरूले शान्तिपूर्ण रूपमा आफ्ना सपनाहरू पूरा गर्न सकून्, र उज्यालोले सधैँ अन्धकारलाई जितोस्। दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दछु। उनीहरूका परिवारजनले धैर्य र शक्ति प्राप्त गरून्,’आफ्नो मन्तव्यमा रिजालले भने। 

रिजालसँग कुराकानी गर्दै किब्बुजमा नेपाली विद्यार्थीहरूसँगै बसेका र काम गरेका इजरायली नागरिकहरूले उनलाई घटनाको विवरण सुनाउनुका साथै मृतक विद्यार्थीहरूको सम्झना गरेका थिए।  उनीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विपिन जोशीप्रति थप ध्यान दिनुपर्ने माग पनि गरे। 

अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी कम्तीमा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने केही घाइते भएका थिए। नेपाल सरकारले इजरायल सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई हाल बन्धक अवस्थामै रहेका ठानिएका विपिन जोशीको सुरक्षित रिहाइका लागि सहयोग गर्न आग्रह गरिरहेको छ।

प्रकाशित मितिः शुक्रबार, ०२ फागुन २०८१
https://jawaaf.com/storage/01JKZWF4QSKFPFP83XJJ0E4TFW.jpg

मेलम्चीको पानी बाह्रै महिना आउने, बर्षायाममा बन्द नहुने

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानी बाह्रैमहिना काठमाडौँमा आपूर्ति गर्नका लागि आवश्यक पहल गरिरहेकोबताएका छन् ।

बिहीबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १७ औँवार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रत्येक वर्षवर्षातको समयमा मेलम्चीको पानी बन्द गरिँदै आएको भएपनिआगामी वर्षदेखि बन्द नगरी काठमाडौँ उपत्यकाका नागरिकलाई बाह्रैमहिना शुद्ध पानी खुवाउने गरी काम भइरहेको बताएका हुन्  ।

उनले भने,‘आउँदो वर्षबाट बाह्रै महिना नै मेलम्चीको पानी वितरण गर्नेविकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब वर्षातको समयमापनि मेलम्चीको पानी बन्द हुँने छैन ।’

यसैगरी मन्त्री यादवले मेलम्चीको पानी पथान्तरण रोकिने समयमाबाग्मती नदीबाट बर्षादको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमाल्याइ आपूर्ति बढाउन अन्तर मन्त्रालय समन्वय तथा आवश्यकपहलकदमी भइरहेको समेत जानकारी दिए ।

मन्त्री यादवले याङ्ग्री र लार्केको पानी पथान्तरण हुनु अगावै पूर्वाधारतयार गर्ने क्रममा सुन्दरीजलमा २५ दशमलब पाँच करोड लिटरक्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गर्न टेण्डर आह्वानभइसकेको बताए ।

उनले भने,‘हाल सञ्चालनमा रहेको १७ करोड लिटर क्षमताको पानीप्रशोधन केन्द्रको क्षमता वृद्धि गरी २५ दशमलब ५ करोड लिटरपु¥याइने लक्ष्य रहेको छ । यसका लागि एशियाली विकास बैँकसँगऋण सम्झौता सम्पन्न भई काम अघि बढाइएको छ ।’

भक्तपुरको महादेव खोलामा जलाशययुक्त खानेपानी परियोजनाकोवातावरणिय प्रभाव मुल्याङ्कन (इआइए) गर्ने कार्य अघि बढाइएकोसमेत मन्त्री यादवले जानकारी दिए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौँ उपत्यकाखानेपानी लिमिटेड (केयुकेयल) ले आफूलाई जनताको सेवामा पूर्णरूपले समर्पित गर्नुपर्ने बताए  ।

ग्राहकमैत्री सेवाले समर्पित भई सुशासनयुक्त एवम् झन्झट रहितकेयूकेएलका रूपमा आफूलाई स्थापित गर्न यस कम्पनीका हरेक तहर तप्काका कर्मचारीहरूले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पुरागर्नुपर्ने आवश्यकता रहेको मन्त्री यादवको भनाई छ ।

उनले भने,‘केयुकेयलले आफूलाई जनताको सेवामा पूर्ण रूपलेसमर्पित गर्नुपर्ने छ । कर्मचारी साथीहरुले पनि इमान्दारीपूर्वक आफ्नोजिम्मेवारी निर्वाह गर्नुपर्छ ।’

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानीकोगैरराजस्व घटाउँदै लगेर आफ्नो आम्दानीमा उल्लेख्य बढोत्तरी गर्नसक्ने सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्नुपर्ने आवश्यकतादेखिएको उनले उल्लेख गरे ।  

सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले सिस्नेरी परियोजनालाई अघिबढाउनका लागि अग्रसरता लिइएको र मेलम्चीको पानी पथान्तरणरोकिने समयमा बाग्मती नदीबाट बर्षातको पानी सुन्दरीजल पानीप्रशोधन केन्द्रमा ल्याइ आपूर्ति बढाउन अन्तर मन्त्रालय समन्वय तथाआवश्यक पहलकदमी भइरहेको जानकारी गराए ।

नेपाल सरकारले आर्थिक वर्ष २०८०। ८१ को बजेट वक्तव्य मार्फतकाठमाडौँ उपत्यकाका खानेपानी सेवासँग सम्बन्धित संस्थाहरूकोपुर्नसंरचना गरी सम्पत्तिको दीगो व्यवस्थापन र सञ्चालन तथाप्रभावकारी नियमनको व्यवस्था गर्ने मन्त्री यादवले जानकारी गराए ।

उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई.प्रमिलादेबी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशकअशोककुमार पौडेल, मेलम्ची खानेपानी विकास समितिका प्रमुखरत्नप्रसाद लामिछाने, आयोजना कर्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टिकाबहादुर चौधरी, भ्याली बोर्डका प्रमुख संजिवबीक्रमराणा लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, ०१ फागुन २०८१
https://jawaaf.com/storage/01JKZRJWTP4WSWRKN73KAVV83Z.avif

जङ्गलमा देखा परेको घाइते हात्तीको उपचार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रको जङ्गलमा देखा परेको घाइते हात्तीको उपचार गरिएको छ । चन्द्रपुर नगरपालिका–२ स्थित हिलेखोलाको पोखरीडाडाको महादेव स्थान सामुदायिक वन उपभोक्ता समूहको जङ्गलभित्र टयाककोलाईज (डार्क) गरी बेहोस बनाएर हात्तीको उपचार गरिएको हो ।

यहाँको जङ्गल तथा बस्तीमा करिब दुई महिना देखि हात्ती देखा पर्दै आएको स्थानीय टीका आचार्यले बताए । उनका अनुसार हात्तीको दाया खुट्टा घाइते भएको अवस्थामा रहेको थियो । हात्तीको कसैले गोलि हानेको हुन सक्ने आशका गरिएको उनले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामाको टोलिले  घाइते हात्तीको उपचार गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

Pathivara_Adv..gif 182.28 KB

राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक अमिर सडौलाका अनुसार हात्तीको दायाँ खुट्टा घोडा मुनी र घाटीमा धातुको बस्तुले सुनिएको अवस्थामा उपचार गरिएको हो ।हात्तीको शरीरमा भएको घाउ सुक्ने एन्टिबायोटिक दिएर उपचार गरेको उनले जानकारी दिए ।हात्ती बेहोस भएको आधा घण्टाभित्र पशुचिकित्सक टोलीले हात्तीको उपचार गरिसकेको थियो । हात्तीको उपचार सकिए लगत्तै  त्यसै स्थानमा छाडिएको थियो ।

तर स्थानीयले हात्तीलाई नियन्त्रणमा लिएर अन्यत्र स्थानतरण गर्ने माग गर्दै आएका छन । हात्तीको उपचार मात्र गर्ने तर स्थानतरण गर्ने जिम्मेवारी आफ्नो न भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । उक्त जङ्गली हात्तीको नाम एमगज भएको बुझिएको छ ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः बिहिबार, ०१ फागुन २०८१
https://jawaaf.com/storage/01JKZHNHAYVTDX2VJ5H5G2H45D.avif

चीनको लालटिन पर्वमा नेपाली

एजेन्सी । चीनमा जारी नवौं एसियाली शीतकालीन खेलकुदको अवसरमा उत्तरपूर्वी हेइ–लोङ–जियाङ प्रान्तको सबैभन्दा ठूलो स्की रिसोर्ट याबुलीमा नेपाली खेलाडी स्थानीय परिकार र सांस्कृतिक परम्परामा रमाउँदै लालटिन महोत्सव मनाएका छन् ।

फेब्रअरी १२ तारिखमा हेइ–लोङ–जियाङ स्टेशनको संयोजकत्वमा ‘लालटिन पर्व मनाऔँ’ शीर्षकको अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान गतिविधि गरिएको थियो । 

एशियाका विभिन्न मुलुक र क्षेत्रका खेलाडी, प्रतिनिधि मण्डलका सदस्य बरफ शहरमा भेला चिनियाँ परम्परागत लालटिन पर्व मनाएका हुन् ।

छेवाङ मिङमार तामाङले पहिलो पटक उत्तरपूर्वी चीनमा सिग्नेचर डिशको स्वाद लिएको सुनाए । स्थानीय रैथाने परिकारको स्वाद लिंदा आफू मोहित भएको बताए ।

चिनियाँ चन्द्र पात्रोको पहिलो महिनाको १५ औं दिनमा मनाइने लालटेन महोत्सव यस वर्ष फेब्रुअरी १२ मा परेको थियो ।(सीसीटीभीप्लस)

प्रकाशित मितिः बिहिबार, ०१ फागुन २०८१
https://jawaaf.com/storage/01JKYSE013WDEBWE193Z18K72M.avif

जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई पालिकामा विदा

जुम्ला । जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई स्थानीय तहले विदा दिएका छन् । सिंजा गाउँपालिका र तिला गाउँपालिकाले छुट्टाछुट्टै निर्णय गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीद्वारा जारी सूचनामा पालिकाको निर्णय अनुसार कार्यालय तथा मातहतका निकायहरूमा विदा दिइएको उल्लेख गरिएको छ ।

Pathivara_Adv..gif 182.28 KB

त्यस्तै, तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले पनि जनयुद्ध दिवसको अवसरमा पालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको पुष्टि गरेका छन् ।

जनयुद्ध दिवसलाई विभिन्न कार्यक्रमसहित मनाउने तयारी भइरहेको छ । यो दिवस नेपालमा जनयुद्धको सुरुवातको सम्झनामा मनाइँदै आएको छ ।

विशेष गरी नेकपा माओवादी पृष्ठभूमिका स्थानीय तहहरूले यस दिन सार्वजनिक विदा दिने गरेका छन् । यस वर्ष जनयुद्ध दिवसका अवसरमा अन्य पालिकाहरूले भने विदाको निर्णय गरेका छैनन् ।

प्रकाशित मितिः बिहिबार, ०१ फागुन २०८१
https://jawaaf.com/storage/01JKYJ7FX2DFC3NVV3VHD62DKH.jpg

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समित र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

IMG_5914.gif 58.17 KB

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकामा ‘सिड’ को आधारभूत सिफारिस नम्बर ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

IMG_5958.gif 386.43 KB

यस्तै, राज्य व्यवस्था समितिको बैठक दिउँसो साढे १२ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

प्रकाशित मितिः बिहिबार, ०१ फागुन २०८१