आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JG8EABFSNSK65JKASADPSFRJ.jpg

दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृतकको सङ्ख्या ८५ पुग्यो

काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ८५ यात्रुको मृत्यु भएको छ । चालक दलका ६ जना सदस्य र १७५ यात्रु बोकेको जेजु एअरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो ।

थाइल्यान्डको राजधानी ब्यांककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

धावनमार्गमा चिप्लिएको विमान पर्खालमा ठोक्किएको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा ४६ महिला र ३९ पुरुष रहेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।

Chicken_Meat_Shop.gif 1.4 MB

प्रकाशित मितिः आइतबार, १४ पुस २०८१
https://jawaaf.com/storage/01JG88XETE09MQW5W1BYS4D6TY.jpg

हेटौँडा अस्पताललाई मास्न खोजिएको भन्दै सरोकारवालाहरूले थाले अभियान

हेटौँडा ।  ६५ वर्षको इतिहास बोकेको मकवानपुर जिल्लाको एकमात्र सरकारी अस्पताललाई मास्न खोजिएको भन्दै सरोकारवालाहरूले अभियान सुरु गरेका छन् ।

हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्दा धेरै पुरानो हेटौँडा अस्पताललाई नै घुमाउरो बाटोबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राखेर सबै चल अचल सम्पति हत्याउन खोजेको आरोप सरोकारवालाहरूले लगाएका छन् ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

आज हेटौँडामा पत्रकार सम्मलेन गरेर २०७६ सालको ऐन नं १४ वमोजिम ऐनको परिच्छेद–६ को दफा १५ को उपदफा १ मा अस्पतालको स्थापना गर्नेछ भनिएकोमा सोही दफाको उपदफा २ ले चोर बाटोबाट प्रचलित कानुन बमोजिम स्थापित भई सञ्चालन भैरहेको हेटौँडा अस्पताललाई नै उपदफा बमोजिम स्थापना भएको मानिनेछ भनेर भनेकाले हेटौँडा अस्पताल मास्ने योजना अनुसार ऐन आएको भन्दै सरोकारवालाहरू आन्दोलित बनेका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपदफा खारेज गरी हेटौँडाको एकमात्र सरकारी अस्पताललाई जीवित राख्नुपर्ने पत्रकार सम्मेलनमा बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ , ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनको परिच्छेद–२ को दफा ४ को उपदफा ३ बमोजिम प्रतिष्ठानले व्यक्ति सरह चल अचल सम्पति उपभोग गर्न र बेचबिखन गर्न सक्ने व्यवस्था भएकोले जुनसुकै बेला यो सरकारी सम्पति व्यक्तिसरह बेचेर अस्पतालको नामोनिसान मेटाउन सक्ने भएकाले सरकारी सम्पति जोगाउनु सबैको कर्तव्य हो ।’

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

अस्पतालको ‘चल अचल सम्पति सरकारी सम्पति रहेको र सो सम्पति कुनै संस्था वा प्रतिष्ठानलाई दिनुपर्ने भएमा संघीय मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर मालपोत कार्यालय मार्फत सो संस्थाको नाममा पास हुनुपर्ने हुन्छ । हालसम्म पनि सो सरकारी सम्पति सरकारकै नाममा रहेकोले प्रतिष्ठानको कुनै दाबी लाग्दैन तर विस्तारै प्रतिष्ठानले आफूखुसी बेच्न सक्ने दाबी सरोकारवालाको छ ।

प्रतिष्ठानको रजिस्ट्रार नै अस्पतालको अध्यक्ष हुने प्रावधान भएकाले हेटौँडा अस्पतालको अध्यक्ष पनि रजिस्ट्रार हुने हुँदा अस्पतालको विकास भन्दा पनि राजनीतिक स्वार्थमा लागेर हेटौँडा अस्पताल धराशायी बनाउने तयारी भएको हेटौँडा अस्पतालका पूर्वअध्यक्ष प्रकाश पौडेलले बताए ।

उनले भने,‘हेटौँडा अस्पताल प्रतिष्ठान अन्तर्गत रहँदा जिल्लामा निःशुल्क खोप निःशुल्क प्रसूति सेवा निःशुल्क औषधी निःशुल्क स्वास्थ्य सेवा जस्ता आवश्यक सरकारी स्वास्थ्य सेवाका कार्यक्रमहरू सञ्चालन नहुने अवस्था आउछ । विभिन्न स्वास्थ्य समस्याको जाँच तथा उपचारमा सरकारी कार्यक्रम र बजेट नहुँदा जिल्लाका जनताले सरकारी स्वास्थ्य कार्यक्रमबाट बच्चित हुनुपर्ने स्थिति रहन्छ ।’

Chicken_Meat_Shop.gif 1.4 MB

प्रकाशित मितिः आइतबार, १४ पुस २०८१
https://jawaaf.com/storage/01JG86WHA0PKHXZSJASHEQYR9T.jpg

दक्षिण कोरियाको विमान स्थलमा जेजु एयरको विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना भएको छ । थाइल्याण्डको बैंककबाट उडान भरेको जेजु एयरको विमान आइतवार दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विमान दुर्घटनाले ठूलो जनधनको क्षति पु¥याएको छ । अवतरणका बेला धावनमार्गबाट चिप्लिएर विमान पर्खालमा ठोक्किएको थियो । दुर्घटनामा हालसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने थप क्षतिको सम्भावना रहेको छ । विमानमा १७५ यात्रु र चालक दलका ६ सदस्य थिए ।

अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त विमानबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ । हाल उद्धार कार्य जारी छ र मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रकाशित मितिः आइतबार, १४ पुस २०८१
https://jawaaf.com/storage/01JG83J5WMFPFAGGP80RTWQ9D0.jpg

आइतवारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैँकले आइतवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

Furniture House.gif 947.74 KB

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ ।

प्रकाशित मितिः आइतबार, १४ पुस २०८१
https://jawaaf.com/storage/01JG82H4RMQ6R2C4S84TW07T7E.jpg

नेपाल सरकारका प्रवक्ता गुरुङद्वारा पर्यटनमन्त्री पाण्डेको सार्वजनिक रूपमा आलोचना

पोखरा । नेपाल सरकारका प्रवक्ता एबम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको सार्वजनिक रूपमा आलोचना गरेका छन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

पोखरामा शनिवार देखि सुरु भएको २६ औँ सडक महोत्सवको उद्घाटन समारोहमा सरकारका प्रवक्ता गुरुङले पर्यटनमन्त्री पाण्डेको आलोचना गरेका हुन् ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सम्बन्धमा सरकारले २० बुँदे कार्ययोजना पारित गरेको जानकारी दिँदै मन्त्री गुरुङले २–३ महिना हुँदा पनि ती बुँदा कार्यान्वयन नभएकोमा आलोचना गरे ।

AS.gif 486.54 KB

२० बुँदे कार्ययोजना पारित भएको यति लामो समय हुँदा पनि कार्यान्वयन नभएकोमा आपत्ति प्रकट गर्दै मन्त्री गुरुङले त्यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्नुपर्ने बताए ।

मन्त्री गुरुङले अन्तर्राष्ट्रिय उडान सञ्चालनका सन्दर्भमा स्वास्थ्य परीक्षण, ‘भिसा’ अनुमति, सामान आयात–निर्यातका लागि भन्सारलगायत सम्बन्धित कामहरू सम्बन्धित अन्तरराष्ट्रिय विमानस्थलबाटै हुनुपर्नेमा जोड दिँदै त्यसका लागि सम्बन्धित मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

उनले अन्तर्राष्ट्रिय उडानका साथै पोखराबाट अन्य छवटा प्रदेशलाई हवाई सञ्जालबाट जोड्नुपर्ने आवश्यकता औँल्याए । ‘पोखरालाई शिक्षा, स्वास्थ्यलगायत केन्द्रका रूपमा विकास गर्न सकिने अवस्था छ । यहाँ डेटा सेन्टर बनाउन सकिन्छ । धवलागिरि, अन्नपूर्ण, मनासलु जस्ता हिमशृङ्खला रहेको गण्डकी प्रदेशमा माउन्टेन फ्लाइटका माध्यमबाट पर्यटकीय विकास अघि बढाउन सकिने भएकाले यसतर्फ लाग्न आवश्यक छ’, मन्त्री गुरुङले भने, ‘प्रदेशको पर्यटन विकासका लागि सङ्घको मुख ताकेर हुँदैन । अब आफ्नो क्षमताले भ्याउन काम गरेर यहाँको विकासलाई गतिदिन आवश्यक छ ।’

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः आइतबार, १४ पुस २०८१
https://jawaaf.com/storage/01JG6J3ZBKP19AVWMWBEK4XGQD.jpg

‘कन्दरा’ ब्याण्डले नयाँ गीत ल्याउँदै, ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी

काठमाडौँ । गत कार्तिक २४ गते राति काठमाडौँको ठमेलस्थित एक क्लबमा ‘कन्दरा’ ब्याण्डले साङ्गीतिक इतिहास लेख्यो । पोखरामा ३२ वर्षअघि स्थापित कन्दराले यो अवसरमा मेलोडी र मिठासको केवल एउटा युग पोखेको थिएन, काठमाडौंमा पहिलो पटक आफ्नो साङ्गीतिक प्रस्तुति मार्फत अभूतपूर्व क्षण सिर्जना गरेको थियो ।

कन्दराले नयाँ वर्ष सन् २०२५ लाई अझ विशेष बनाउँदै नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ । गीतका शब्द तथा सङ्गीत ब्याण्डका ड्रम वादक सुनिल थापाले तयार पारेका छन् । 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

यो गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गर्न लागिएको छ । देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार, र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिने जनाइएको छ ।

यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हस्ताक्षरसहित यस गीतको सफलताको शुभकामना दिएका थिए । गीत छिट्टै सार्वजनिक हुने घोषणा भएको छ, जसले ब्याण्डको साङ्गीतिक यात्रामा अर्को सुनौलो अध्याय थप्ने अपेक्षा गरिएको छ ।

कन्दरा ब्याण्डका ’लेककी हे माया’, ’विदेसिएर गइन् उनी’, ’चञ्चले कान्छीको’, ’भेडी गोठैमा’, ’हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ र ’बिचरा म’ जस्ता गीतहरू नेपाली सङ्गीतमा मौलिक लोक पपको सुगन्ध छर्दै ऐतिहासिक बनेका छन् । पश्चिमा शैलीको पप गीतमा नेपाली लोक स्वाद मिसाउँदै आएको यो ब्याण्डले आफ्नो मौलिकता कायम राख्दै श्रोतामाझ विशिष्ट स्थान बनाउन सफल भएको छ ।

कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक, र किबोर्डमा उमेश थापा छन् । विशेष गरी, ड्रम्समा रहेका सुनिल थापा ब्याण्डका स्थापना कालदेखिका सदस्य हुन् ।

हाल कन्दरा ब्याण्ड आन्तरिक र बाह्य पर्यटनलाई बढवा दिने उद्देश्यका साथ देश घुम्न, देश बुझ्न ’पहिला घरदेश अनि परदेश’ नारासहित नेपाल टुर अन्तर्गत गण्डकी, कोसी र बागमती प्रदेशमा सफलताका साथ प्रस्तुति सम्पन्न गरिसकेको छ ।

Furniture House.gif 947.74 KB

यही जनवरी २०२५ देखि बेलायतको लण्डनस्थित ऐतिहासिक ‘ओ टु अरीना, इण्डिगो (इ२ ब्चभलब, क्ष्लमष्नय)’ बाट वल्र्ड टुरको प्रारम्भ गर्दैछ । लगत्तै दुबईमा प्रस्तुति दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा, र जुलाई–अगस्टमा युरोपका विभिन्न देश पछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम तय गरेको छ । साथै, कतार र सिंगापुरमा पनि साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम छ ।

३२ वर्षे साङ्गीतिक इतिहासको यात्रा तय गरेको यस ब्याण्डले नेपाली युवामाझ लोक–पप शैलीमा मेलोडी र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गर्दै आफ्नो साङ्गीतिक विरासतलाई निरन्तरता दिँदै आएको छ । प्रमुख भोकलिस्ट विवेक श्रेष्ठ, जो १४ वर्षसम्म विदेशमा रहेका थिए, पुनः सक्रिय हुँदै ब्याण्डलाई नयाँ ऊर्जासहित अघि बढाइरहेका छन् ।

रिलिजको सम्मुखमा रहेको नयाँ गीत ’हुनेछः द सङ्ग अफ होप’ ले विश्वभर फैलिएर रहेका नेपालीहरूमा सकारात्मक ऊर्जासँगै मेलोडी र मिठासको साङ्गीतिक पहिचानलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।

प्रकाशित मितिः शनिबार, १३ पुस २०८१
https://jawaaf.com/storage/01JG6F8E6BS10BSEC169W1B23Z.jpg

प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयद्वारा शनिवार दरशथ रङ्गशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिष्कृत गर्न पनि आग्रह गरे । 

‘आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्याको काम लाग्दैन । ज्ञानलाई व्यवहारिक रूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पुर्खाको ज्ञानप्रति कृतज्ञ भएर उहाँहरूबाट सिक्नुपर्नेमा जोड दिए । 

साथै प्रधानमन्त्री ओलीले दीक्षित हुने विद्यार्थीलाई जहाँ गए पनि आदर्श व्यक्तिको रूपमा स्थापित हुन आग्रह गरे । 

उनले हामीले बनाउन खोजेको समाज एउटा इमान्दार समाज भएकाले जहाँ गए पनि आदर्श व्यक्तिको रूपमा स्थापित हुन आग्रह गरेका हुन् ।

उनले भने, ‘हामीले बनाउन खोजेको समाज एउटा इमान्दार समाज हो । सुसंस्कृति समाज हो । लोकतान्त्रिक समाज हो र नागरिक सर्वोच्चताको समाज हो । यो समाज शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत हुनुपर्दछ । सबै नेपाली शान्तिमय वातावरणमा ढुक्कले बाँचेका छन् । सम्मानित जीवन बाँचेका छन् । सुखी जीवन बाँचेका छन् त्यस्तो समाज बनाउन हामीले प्राप्त गरेको ज्ञान, सिप प्रविधि प्रयोग गर्न सक्नुपर्छ ।’

साथै उनले आफूले प्राप्त गरेको ज्ञान, सिप तथा प्रविधिको माध्यमबाट शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत समाज बनाउन विद्यार्थीहरूलाई आग्रह गरे । उनले विद्यार्थीहरूलाई देशको लागि सुयोग्य नागरिक बन्न समेत आग्रह गरे ।

कार्यक्रममा कुलपति ओलीबाट विभिन्न संकाय र तहका १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित भएका थिए । समारोहमा प्रमुख अतिथि अर्थशास्त्री डा.रामप्रकाश यादवले जीवनमा सङ्घर्ष र इमानदारीतालाई पछ्याउन सकेमा सफलता हासिल हुने बताए ।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले विश्वविद्यालयका क्याम्पसहरू एकापसमा गाभ्ने नीति लिइएको जनाए ।

पूरा भाषण हेर्नुहोस :

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/1YfTzbnpSgY?si=Y29tByGB9ejFJ88v" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः शनिबार, १३ पुस २०८१
https://jawaaf.com/storage/01JG671S1EEP1R0SSDS1SKT330.jpg

लामिछानेलाई भेटेपछि डा. केसीले भने : ‘चार हजार सहकारीमा कालो धन छ’

पोखरा । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले देशभरी रहेका करिब चार हजार सहकारीहरूमा कालो धन लगानी भएको खुलासा गरेका छन् ।

सहकारी ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई भेटे पछि संचारकर्मीहरूसँग कुरा गर्दै डा. केसीले त्यस्तो खुलासा गरेका हुन् । 

Pathivara.gif 82.25 KB

देशभरी रहेका चार हजार सहकारीमा अवैध तरीकाले लगानी भएको खरबौँ रुपियाँको खोजी हुनु पर्नेमा जोड दिदै स्वतन्त्र बुद्धिजीवी केसीले राज्यले त्यतातिर चासो नदिएर रबि लामिछानेको पछि लागेर २८ करोड रुपियाँको खोजीमा  मात्र लागेको टिप्पणी गरे । 

बिगतमा आफूले भनेको रबि लामिछानेले नमानेको गुनासो गर्दै राजनीतिमा लाग्नेहरूले आत्तिन नहुने भएकाले धैर्य गर्न लामिछानेलाई अनुरोध गरे । 

प्रकाशित मितिः शनिबार, १३ पुस २०८१
https://jawaaf.com/storage/01JG63ARH4RT2END1K3K5AX73H.jpg

बेलायती राजदूतले मनाए २२ औँ वैवाहिक वर्षगाँठ जनकपुरधाममा

काठमाडौँ । नेपालका लागि बेलायती राजदूत रब फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । आफ्नो श्रीमती जुलिया फेनसंग धनुषाका विभिन्न क्षेत्र घुम्न आएका फेनले शनिवार आफ्नो वैवाहिक वर्षगाँठ जानकी मन्दिर परिसरमै मनाएका हुन् ।

Pathivara.gif 82.25 KB

गत वर्ष काम विशेषले जनकपुरधाम आएको बेला उनले यहाँको संस्कृति र इतिहासले आफू निकै नै प्रभावित भएको भन्दै आफ्नो वर्षगाँठ मिथिलाशैलिमा यहीँ आएर मनाउने सोचेको बताए ।

उनले राम र सिताको प्रेमको चर्चा गर्दै यहाँ आएर फेरि आफ्नो श्रीमतिसँग विवाह गरेको जस्तै अनुभूति भएको बताए । उनले जनकपुरधाम विवाहको लागि उपयुक्त डेस्टिनेसन भएको धारणा राखे । उनले सम्पूर्ण बेलायतवासीलाई एक पटक जनकपुरधाम आउन आग्रह समेत गरे ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

यता जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैषणवले राजदूत फेनलाई मिथिलाशैलीमा वैवाहिक परम्परा अनुसारका पहिरन लगाईदिनुका साथै मन्त्र पाठ गरि पुनः विवाह गराएका थिए । उनले जानकी मन्दिरको इतिहास स्मरण गर्दै प्रेमको पहिचान रहेको जानकी मन्दिर र जनकपुरधामलाई विवाह डेस्टिनेसनको रूपमा विकास गर्न सरकारसंग आग्रह गरे ।

राजदूत फेनको वैवाहिक वर्षगाँठ कार्यक्रममा प्रदेशका सभामुख रामचन्द्र मण्डल, संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह लगायका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो

Furniture House.gif 947.74 KB

प्रकाशित मितिः शनिबार, १३ पुस २०८१
https://jawaaf.com/storage/01JG5X3612F5NA6XR0D5V3ZHDK.jpg

प्रधानमन्त्री ओलीका हप्ता दिन : भेटघाट, भाषण र निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाएपछि पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाउन विफल भएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतका आधारमा नयाँ सरकार गठन गर्न आह्वान गरेपछि शेरबहादुर देउवाको समर्थनमा ओली प्रधानमन्त्री बनेका हुन् । ओलीले गठबन्धन सरकारको मन्त्रीपरिषद्मा कांग्रेस, एमालेबाहेक लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका नेतालाई पनि समाविष्ट गरेका छन् ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

ओली नेपालका ४५औँ प्रधानमन्त्री हुन् । ओली यसअघि तीन पटक प्रधानमन्त्री नियुक्त भइसकेका थिए । यो नियुक्तिसँगै उनी चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।

बितेको एक हप्तामा प्रधानमन्त्री ओलीले उद्घाटन, भाषण र एक अर्कालाई व्यङ्ग गर्नैमै बिताएका छन् ।

ओलीले पुस ७ गते विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठकमा सहभागी भए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आइतवार करिब तीन घन्टा भएको अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका थिए ।

ओलीले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकार भएका पक्षसँग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषयहरू प्रस्तावका रूपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए । 

Pathivara.gif 82.25 KB

गत मङ्सिर २७ गते कीर्तिपुरमा भएको त्रिविको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबिचको दूरी बढेको महसुस भएपछि कुलपति ओलीले विस्तृत छलफल गर्न पुस ७ गते समय निर्धारण गरेका थिए । 

सिनेट सदस्यका सुझाव सुनेपछि ओलीले पर्याप्त गृहकार्य र एक प्रकारको सहमति भएपछि औपचारिक बैठकमा प्रस्ताव ल्याउन आग्रह गरेका थिए । 

‘त्रिविको शैक्षिक क्यालेन्डर पालना हुनुपर्छ । अनौपचारिक बैठक भएपनि यसलाई निर्देशन नै मान्दा हुन्छ । विश्वविद्यालयमा पारदर्शीता हुनुपर्छ । मेरिटोक्रेसी कायम हुनुपर्छ । उत्कृष्ट भएकालाई उत्कृष्ट नम्बर दिइनुपर्छ । फेल भएकालाई फेल गराइनुपर्छ । मेरो भनाइ साँच्चैको मेरिटोक्रेसी होस् भन्ने हो । मलाई कुन डीनको कति मेरिटोक्रेसी छ मलाई थाहा छैन । को नियुक्त हुन्छ, त्यो मेरो रुचिको विषय होइन, मेरो रुचिको विषय यो विश्वविद्यालय सबल होस्, सक्षम जनशक्ति उत्पादन हुन् भन्ने हो । नियुक्तिहरूमा मेरो कुनै हस्तक्षेप हुँदैन । निर्णय गर्ने पदाधिकारीले हो, त्यसकारण सफलता र असफलताको जस तपाईँहरूले लिनुपर्छ । कुलपतिका हैसियतले राम्रो गर्नुस् भन्ने मात्रै मेरो चासो हो । यसलाई पनि हस्तक्षेप मानिए त आश्चर्यबाहेक अरू के मान्न सकिन्छ र ?’ यस्तै भाषण बैठकमा उनले दरो तरिकाले दिए ।

MIC (1).gif 172.09 KB

यति मात्र होइन, प्रधानमन्त्री ओलीले त सत्ता गठबन्धन बनाउँदा नै देशमा सुशासन कायम गर्ने र संविधान संशोधन गर्ने ‘एजेन्डा’ सहित दुई ठूला दल कांग्रेस र एमाले मिलेको दाबी हरेक बैठकमा गर्दै आइरहेका हुन्छन् । यस्तै कुरामा यो हप्ता पनि ओली अछुत रहन सकेनन् ।

यसैगरी ओलीले पुस ९ गते पाकिस्तानका राजदूतसँग शिष्टाचार भेट गरे । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरू व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भयो । 

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको र यसमा आबद्ध मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

उनले कुनै दुई मुलुकबिचमा आपसी समस्या हुन सक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्क जस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुने बताउँदै नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको स्पष्ट गरे । 

यस्तै पुस ११ गते ओली २९ औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्न पुगे । त्यहाँ पनि प्रधानमन्त्रीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने भनेर भाषण ठोकेरै फर्किए ।

उनले सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने जनाउँदै उनले जमिन सुक्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिए । 

baba_education.gif 870.63 KB

यस्तै पुस १२ गते तीन विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री समक्ष शपथ लिए । प्रधानमन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरूलाई कार्यकाल सफलताको कामना गरे । यसैगरी सोही दिन नै ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारी वृद्धिका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिए । प्रधानमन्त्री ओलीले समृद्धिको यात्रामा लाभ पुग्ने, आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने दिशामा ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन त्यहाँ पनि दिए । 

यसैगरी उक्त दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासङ्घले कार्य विस्तृतीकरण प्रतिवेदन परिमार्जन जस्ता विषयमा छलफल गर्नुपर्नेलगायत सात सूत्रीय ध्यानाकर्षणपत्र बुझायो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक गत २०८० माघ २४ गते पश्चात् नबसेकाले अघिल्लो बैठकमा पेस भइ निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने माग गरियो ।

प्रधानमन्त्री ओलीले संविधानबमोजिम स्थानीय सरकारलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको काम नगरी आश्वासन मात्र दिए । 

यसैगरी पुस १३ गते शनिवार ओली आज त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा सहभागी हुँदैछन् । उक्त दीक्षान्त समारोहमा पनि ओली शिक्षा नै ठूलो हो पढ्नुपर्छ भनेर नै भाषण दिएर फर्किने छन् ।

Furniture House.gif 947.74 KB

प्रकाशित मितिः शनिबार, १३ पुस २०८१