आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JGFVWPE5SZQ51EFV9115CXMS.jpg

मकवानपुरको मनहरीमा मान्छे मार्ने बाघ नियन्त्रणमा

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ । आइतवार साँझ मनहरी–५ वसन्तपुरमा बाघको आक्रमणबाट ७२ वर्षीय कान्छिमाया रुम्बाको मृत्यु भएको थियो भने आइतवार राति नै सोही स्थानका सूर्यबहादुर मोक्तानको गोठमा रहेको ७ वटा बाख्रालाई समेत आक्रमण गरेर मारेको थियो।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको मनहरीमा बाघको आक्रमण बढेपछि निकुञ्जका टोली बाघ नियन्त्रणमा जुटेको थियो। बाघले मारेको बाख्राको पासो थापेर निकुञ्जका डार्ट टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो।

बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जका ४ वटा हात्ती प्रयोग गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिएका छन् । उनका अनुसार उक्त बाघलाई पर्सा वन्यजन्तु आरक्षणमा लगिएको छ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बुधबार, १७ पुस २०८१
https://jawaaf.com/storage/01JGFS5EQP0SZFERZM3AJ945YY.jpg

पेट्रोल र डिजेलको मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेबाट लागु हुनेगरी डिजेलमा एक र पेट्रोलमा दुई रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य १६३ रुपैयाँ तोकिएको छ । दाङ र सुर्खेत क्षेत्रमा प्रतिलिटर मूल्य १६२ रुपैयाँ तोकिएको छ भने काठमाडौँ र दिपायल क्षेत्रमा डिजेल लिटरको १५३ रुपैयाँ पर्नेे छ ।

Pathivara.gif 82.25 KB

त्यस्तै,सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ तिर्नुपर्नेछ । अन्य क्षेत्रमा भने डिजेलको मूल्य १५० रुपैयाँ ५० पैसा पर्ने छ । हवाई इन्धनको मूल्य भने आन्तरिकतर्फ दुई र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले घटाएको निगमले जनाएको छ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः बुधबार, १७ पुस २०८१
https://jawaaf.com/storage/01JGE6ADT8JBHKFYMC51BMBMWK.jpg

विप्लव नेतृत्वको नेकपाले झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको नवौं केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकले गरेको निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौँमा मंसिर २७ देखि पौष २ गतेसम्म सञ्चालन भएको बैठकको निर्णय सार्वजनिक गरिएको हो । बैठकले वैचारिक, राजनीतिक, आर्थिक, सङ्गठनात्मक, सांस्कृतिक क्षेत्रमा ऐतिहासिक एवं दूरगामी महत्वका निर्णयहरू गरेको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

राजनीतिक कार्यहरूबारे निम्न निर्णयहरू गरिएका छन् :

क) नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिका १० वर्ष भित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ । त्यसका लागि पार्टीले सुव्यवस्थित बहस, अन्तरक्रिया गर्दै विशेष अधिवेशनको आयोजना गर्ने छ ।

ख) देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, ऋण आतङ्क लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको छ । अभियानमा पार्टी महासचिव, प्रवक्ता, केन्द्रीय समिति, ज.व.स. मोर्चाका नेता, सामना सांस्कृतिक परिवार सहितको टोली सहभागी बन्ने छ ।

ग) क्रान्तिकारी पार्टीहरुसँग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरुसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरिएको छ ।

घ) पार्टीका विचार र प्रस्तावहरूलाई स्पष्ट गर्न देशव्यापी रूपमा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिने छन् ।

ङ) आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा– विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइने छ ।

च) समाजवादी संघीयताको विचार एवं जनताको आन्दोलनको मर्म अनुसार हाल राज्यले कोशी प्रदेश नामाकरण गरेको प्रदेशलाई किराँत लिम्बुवान प्रदेश नामाकरण गर्ने, त्यसलाई मान्यता दिलाउन राजनीतिक शक्तिहरूसँग छलफल बढाउने निर्णय लिइएको छ ।

Furniture House.gif 947.74 KB

संघर्षका सन्दर्भमा निम्न निर्णय लिइएका छन् :

क) देशको स्वाधीनता विरुद्ध भइरहेका हस्तक्षेप विरुद्ध भन्डाफोर चलाउने,

ख) भ्रष्टाचार, कमिसनखोर, मिटरव्याज, बैँक व्याजआतंक विरुद्ध जनसङ्घर्ष सञ्चालन गर्ने,

ग) सुकुमवासी, गरिब किसान, महिला, श्रमिक समुदाय विरुद्ध भइरहेका उत्पीडन, दमन, अत्याचार विरुद्ध केन्द्र र स्थानीय तहबाट संघर्षहरू सञ्चालन गर्ने,

घ) युवा पलायनता रोक्न जागरण अभियान चलाउने, राज्यको दलाली प्रवृत्तिको भन्डाफोर गर्ने,

ङ) जाजरकोट भूकम्प पीडित जनतालाई दोस्रो किस्ता रकम उपलब्ध गराउन पहल गर्ने।

आर्थिक कार्यबारे निम्न निर्णय गरिएका छन् :

क) पार्टीलाई मात्र होइन देशलाई नै आत्मनिर्भरतासहित समृद्धितिर बढ्न पार्टीले नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यान्वयन गर्ने,

ख) कृषि उत्पादनसहित उद्योग सञ्चालनका लागि अध्ययन अगाडि बढाउने,

ग) उत्पादन कार्यमा सहयोग गर्ने जनता र व्यवसायी मित्रहरूलाई धन्यवाद दिइयो साथै व्यवसायी साथिहरूसँग भइरहेको सहकार्यलाई विस्तार गर्दै उत्पादनलाई वृद्धि गर्न पहल गर्ने,

घ) यो योजनाभित्र उपत्यकामा सी व्यापार केन्द्र सञ्चालनमा ल्याउने ।

baba_education.gif 870.63 KB

सांस्कृतिक कार्यबारे निम्न निर्णयहरू गरिएका छन् :

क) सामना सांस्कृतिक परिवारले माघमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने,

ख) मेची–महाकाली अभियानमा सामना सांस्कृतिक परिवार सहभागी बन्ने,

ग) विभिन्न साहित्यिक कार्यक्रम चलाउने,

घ) नेपाली जनसंस्कृति एवं प्रगतिशील संस्कृतिको संरक्षण एवं विकास गर्न जनसंस्कृति संरक्षण मंच निर्माण गर्ने,

ङ) महान् जनयुद्ध दिवस, सहिद सप्ताह, महिला दिवस, अनेकोट प्रतिरोध दिवस, अन्तर्राष्ट्रिय मजुर दिवस, विद्यार्थी दिवस लगायतका पर्वहरू भव्यतापुर्वक सम्पन्न गर्ने,

च) प्रगतिशील सांस्कृतिक आन्दोलन चलाउन सँगीत अभियान यात्रा सहितका कार्यक्रमलाई सहयोग गर्ने ।

छ) पार्टीका प्रकाशनलाई सुव्यवस्थितरुपले नियमित प्रकाशन गर्ने निर्णय लिइएको छ ।

ज) केन्द्रीय कार्यालय, कम्युन र देशभरी चलीरहेका निर्माण कार्यलाई निरन्तर सञ्चालन गर्ने निर्णय लिइएको छ ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

प्रकाशित मितिः मङ्गलबार, १६ पुस २०८१
https://jawaaf.com/storage/01JGE4HJS08ZKHWTC531ECEQ6C.jpg

जनवरी ४ मा एकसाथ लन्डनमा गुन्जिँदै ‘कन्दरा’ र स्वप्न सुमन

काठमाडौँ । नेपालको स्थापित साङ्गीतिक ब्यान्ड ‘कन्दरा’ले आउँदो ४ जनवरीमा लन्डन ओटुमा दिने साङ्गीतिक प्रस्तुतिको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रम लागि कन्दरासँगै गायक स्वप्न सुमनले पनि साङ्गीतिक प्रस्तुति दिँदै छन् । कन्दराले आफ्नो साङ्गीतिक यात्राको ३२ औँ वर्षगाँठ विश्व प्रतिष्ठित कन्सर्ट भेन्यु लन्डन ओटुमा उत्सवका भव्य कार्यक्रम गर्न लागेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ ।

Pathivara.gif 82.25 KB

आयोजकका अनुसार विश्व प्रख्यात द ओटुमा अवस्थित इन्डिगोमा युवा पुस्ताहरू माझ प्रख्यात गायक स्वप्न सुमन आफ्नो ब्याण्ड द आस्टर्सका साथमा प्रस्तुति दिनेछन् ।

कार्यक्रममा स्वप्न सुमन र उनको ब्याण्डले नढाक न मुहार शृङ्गारले, बाचा भयो, जे छौ तिमी लगायतका गीतहरू प्रस्तुत गर्नेछन् । पहिला घरदेखि अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्केको कन्दराका तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल जस्ता गीत प्रस्तुत हुनेछन्। कन्दराले आत्मसात् गरेको लोक पप धुनहरू आजपर्यन्त लाखौँ शुभचिन्तक र दर्शक रोजाइमा छन् ।

Planning_Consultancy.gif 1.45 MB

आयोजकले नेपाली सँगीत धरोहरको रूपमा रहेको कन्दरा ब्याण्डको यस ऐतिहासिक साँझको हिस्सा बनि नेपाली गीत सँगीत प्रवर्धनमा सरिक बन्न अनुरोध गरेको छ । जसका लागि अनलाइन मार्फत पनि कार्यक्रमको टिकट उपलब्ध हुने आयोजकले जनाएको छ । कन्दराले हालसालै काठमाडौँमा ऐतिहासिक कन्सर्ट गरेको थियो ।

Bantawa_Hardware.gif 563.38 KB

प्रकाशित मितिः मङ्गलबार, १६ पुस २०८१
https://jawaaf.com/storage/01JGE3YN95HWFSAZRQNXZXBRP6.png

जनकपुरमा विद्यार्थीहरू आन्दोलित, क्याम्पसमा तोडफोड

जनकपुर । जनकपुरधामको राराब (रामस्वरुप रामसागर बहुमुखी क्यामपस) का विद्यार्थीहरू आन्दोलित भएका छन् । बुधवार (भोलि) देखि सुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरू बिहानै देखि विरोधमा उत्रिएका हुन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

विद्यार्थीहरूले क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसर भित्र राखेको काठका सामाग्रीहरूमा आगोसमेत लगाएका छन् ।

यसअघि आजसम्म कहिले राराबा क्याम्पसको परीक्षा केन्द्र अन्य क्याम्पसमा राखिएको थिएन । नियतवस निजी क्याम्पसका सञ्चालकहरूको पैसाको चलखेल र मिलेमतोमा नौंसय जना विद्यार्थीबाहेक बाँकी विद्यार्थीहरूको परीक्षा केन्द्र अन्य क्याम्पसमा राख्न लगाएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । उनीहरूले यो निर्णय आजै नसच्याए भोलि मधेस प्रदेशभरी कुनै ब्याचलर तहको परीक्षा हुन नदिने चेतावनी दिएका छन् ।

AS.gif 486.54 KB

प्रकाशित मितिः मङ्गलबार, १६ पुस २०८१
https://jawaaf.com/storage/01JGDVB8BJ0MQBZ7TSDGVCQNP1.jpg

‘कार्साङ’ चलचित्र गहन विषयमा बनेको निर्देशकको दाबी

काठमाडौँ । चलचित्र ‘कार्साङ’ का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको बताएका छन् । कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा चलचित्र बनेको कलाकार र निर्देशकको भनाइ छ । आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू ‘कार्साङ’ मा रहेको बताउँदै दयाहाङले झाँक्री सिनेमामा हुँदाको स्मरण गरे ।

‘झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो । आगोमा नाच्नु पर्ने थियो । सिनेमा हो चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ । तर उहाँहरू केही हुन्न मन्त्र पढेर आगोको राप मारेको छ भन्दै हुनुहुन्थ्यो, काठमाडौँमा सोमवार दयाहाङले पत्रकारसँगको अन्तरक्रियामा भने, ‘डिरेक्टर पनि खासै केही हुँदैन भन्नुहुन्छ । मलाई के गर्नु–गर्नु भयो । ट्राइ चाहिँ गर्छु भन्ने भयो । आगोमा पसेँ सफल भएँ । उहाँहरूसँग ज्ञान रहेछ ।’

Pathivara.gif 82.25 KB

लामो अनुभव र प्रयासले झाँक्री विद्या विद्यमान रहेको उनले बताए । झाँक्री विद्यालाई अन्धविश्वास भनेर सबैले सहजै भने पनि लामो अभ्यास र अनुभवका कारण केही शक्ति भने यसमा रहेको उनको भनाइ छ ।

निर्देशक यम शेर्पाले भने, ‘चलचित्रको कथा आफैँमा राम्रो छ । सिनेमाले दर्शकको मन छुन्छ । भावुक बनाउँछ र हसाउँछ पनि, राम्रो कथामा दयाहाङ राई, दिया मास्के, जितु नेपाल, सिर्जना निङलेखुजस्ता कलाकारको अभिनयनले चलचित्रलाई थप सशक्त बनाएको छ ।’

चलचित्रलाई लिएर आम दर्शकमा चासो रहेकाले हलमा पुगेपछि विषय र प्रस्तुतिलाई आम अडियन्सले मन पराउने उनको भनाइ छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

उनले भने, ‘म जहाँ गए पनि दयाहाङको कार्साङ आउँदैछ रे भनेको सुन्छु र टिजर र गीतको कुरा गरेको सुन्छु, सायद यस्तै खोजी हुने र चासो भयो भने नै चलचित्र हेरिने होला ।’

कलाकार जितु नेपालले चलचित्र विषय, प्रस्तुति र अभिनय सबै हिसाबले राम्रो बनेको बताए । आफू विदेशमा हुँदा धेरैले यो चलचित्रको विषय र भूमिकालाई लिएर धेरैले सोधेको उनले बताए ।

पोस्टर निस्किएपछि चासो बढेको उनको भनाइ छ । तपाईँको रोल कस्तो हो भनेर धेरैले सोध्ने गरेको जितुको भनाइ छ ।

‘म केन्द्रीय चरित्रमा छु वा सहायक त्यसले केही अर्थ राख्दैन । सिनेमा कस्तो छ र अभिनय कस्तो छ भन्ने कुरा हो, जितु अगाडि भन्छन्, म केन्द्रीय चरित्र हुँदा पनि काम गर्छु । सहायक चरित्र हुँदा पनि गर्छु ।’

Furniture House.gif 947.74 KB

कलाकारका लागि चरित्र कुन भन्दा पनि काम कस्तो गरेँ भन्ने कुराले चलचित्रमा अर्थ राख्ने उनको भनाइ छ ।

नायिका सिर्जना निङलेखुले ‘कार्साङ’ आफ्नो पहिलो चलचित्र भएको बताइन् । 

उनले भनिन्, ‘मेरो काम कस्तो छ भनेर हेर्न पनि यो चलचित्र हेर्नुपर्छ, मलाई प्रतिक्रिया दिन पनि यो चलचित्र हेरिदिनुहुन्छ भन्ने लागेको छ । समग्रमा चलचित्र राम्रो बनेको छ । मैले पनि राम्रो काम गर्ने प्रयास गरेको छु ।’

पुस २६ गते रिलिज हुने चलचित्र यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ । चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यद्यपि, सबैलाई रिलेट गर्ने कलाकार र निर्देशकको दाबी छ ।

चलचित्र ‘कार्साङ’ मा दयाहाङ, सिर्जना, जितु र दीयासँगै बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ । 

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

Bantawa_Hardware.gif 563.38 KB

प्रकाशित मितिः मङ्गलबार, १६ पुस २०८१
https://jawaaf.com/storage/01JGDQM16D968E9KPM9HH1KPXZ.jpg

छ सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य छ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य छ सय रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम छ । 

आइतवार छापावाल सुन मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको थियो । छापावाल सुनको मूल्य मंगलबार भने घटेर सोमवार भने सार्वजनिक बिदा भएका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन । 

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको छ । 

प्रकाशित मितिः मङ्गलबार, १६ पुस २०८१
https://jawaaf.com/storage/01JGD8JW3ZM550MW94R0QXFVY7.jpg

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१ सम्पन्न भएको छ । सोमवार बकैया गाउँपालिका वडा न. ११  खेलकुद विकास समितिको आयोजना तथा बकैया गाउँपालिका वडा न. ११ को व्यवस्थापनमा भएको गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न भएको हो । 

Photo (19).jpeg 154.71 KB

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरेका एक दिने बकैया गाउँपालिका स्तरीय कराते प्रतियोगितामा ७  स्वर्णसहित बकैया गाउँपालिकाको छतिवन कराते डोजो टिम प्रथम हुँदै ट्रफी हातपार्न सफल भएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

छतिवनले ७  स्वर्ण सहित ५   रजत तथा १   कास्य पदक हात पारेको थियो तेसैगरी ७  स्वर्ण हात्तीसुँडे डोजो  टिम दोस्रो  हुन सफल भयो दोस्रो भएको हात्तीसुँडेले ७  स्वर्ण सहित १ रजत  ८ कास्य हात पार्यो भने ३   स्वर्ण पदक ,९   रजत पदक र ९   कास्य  जित्दै  सिमान  डोजो  टिम तेस्रो भएको थियो ।

Photo (16).jpeg 152.32 KB

बकैया गाउँपालिका खेलकुद विकास समिति संयोजक विजय लामा थिङको अध्यक्षतामा सम्पन्न प्रतियोगिता समारोहमा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिकाले खेलकुद क्षेत्रको विकासको लागि सहयोग गर्दै आएको बताएका छन् । उनले बकैया गाउँपालिकामा आयोजना हुने सबै खेललाई समान महत्व दिएको धारणा व्यक्त गरे ।

Photo (1).jpeg 172.16 KB

प्रकाशित मितिः मङ्गलबार, १६ पुस २०८१
https://jawaaf.com/storage/01JGD6YAMCDSMZJTVRRA717F9T.jpg

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, अमेरिकी डलरको भाउ स्थिर छ भने युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस ˆर्याङ्​क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्​गेट, स्विडीस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, हङ्​कङ डलर, कुवेती दिनार, बहराइन दिनारको भाउमा बढेको छ ।

सो अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४१ पैसा, सिङ्​गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १७ पैसा रहेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ नौ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ८४ पैसा, स्वीस ˆर्याङ्​क एकको खरिददर एक सय ५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ १२ पैसा कायम छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

यसको साथै, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा,

यस्तै, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्​गेट एकको खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा निर्धारण भएको छ ।

त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ३० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

प्रकाशित मितिः मङ्गलबार, १६ पुस २०८१
https://jawaaf.com/storage/01JGBQ70W2W1V6BC7A4CRVV8BX.jpg

भुल्के गाउँको पीडा : पानी ट्यांकी छ, घर–घरमा धारा छ तर पानी छैन्

सिरहा । पानी ट्यांकी छ । घर घरमा धारा छन् । तर खानेपानी छैन । खानेपानीको अभावमा २० घर दलित परिवारसहित झण्डै ८० घरधुरी काकाकुल छन् । यो अवस्था हो गोलबजार नगरपालिका वडा नं. १ भुल्के गाउँको । 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

२०७९ सालमा पुराना मेयर देवनाथ साहलाई प्रतिस्थापन गर्दै मेयर श्यामकुमार श्रेष्ठले गोलबजार नगरपालिकाको कुर्सी सम्हालेपछि भुल्केका जनताको मन रसाएको थियो । अब चाँडै शुद्ध खानेपानीले घाँटी भिजाउला भन्ने आशमा बसेका भुल्केबासी जनता त्यतिबेला झन् उत्साही भए जब नगरपालिकाले पानी ट्यांकी निर्माण र बोरिङ्ग जडान सुरु गरायो । ‘एक घर,एक धारा’को निर्माण कार्य पनि सुरु भयो । 

Photo (5).jpg 458.65 KB

आर्थिक वर्ष २०७९÷०८० मै गोलबजार नगरपालिका १ भुल्के गाउँमा ४० लाख रकम खर्चेर बोरिङ्ग जडान, पानी ट्यांकी निर्माण र करिब ८० वटा धारा जडान कार्य सम्पन्न भयो । स्थानीय जनतालाई भनियो–‘अब एक दुई महिनामा थ्री फेज विजुली ल्याएर समरसेवल मोटर चलाएर पानी वितरण गर्ने ।’

आशै आशमा बसेका जनताले अढाई वर्ष समय व्यथित गरे । तर धारामा पानी आएन । धारामा पानी झर्ला र गाग्री भरी थापौँला भन्ने आशमा रहेकी ६० वर्षिया विन्दी विक भन्छिन्,‘अब यो जन्ममा हुँदैन होला । धाराको पानी नखाई मरिन्छ होला ।’

गाउँ घुमेर हेर्दा ८० वटा धारामा खिया लागेको छ । कतै धाराहरु बोराले छोपेर राखिएको छ । कतै टुटफुट भएको छ । पानी ट्यांकी ठिङ्ग उभिएको छ । ७५ वर्षका कमान सिंह भन्छन्,‘खोई के विकास आयो आयो । हेरेर चित्त बुझाउनु परेको छ । बोरिङ्ग चलाउँदा त लतत्त हिलो पो आयो । पानी आएन । तीन वर्ष भयो पानी कुरेको अझै झरेको छैन ।’

Photo (1).jpg 751.34 KB

खानेपानी उपभोक्ता समितिका अध्यक्ष फूलमाया विक भन्छिन्,‘आर्थिक वर्ष २०७९÷०८० मा मेयर श्याम श्रेष्ठका छोरा सुमित श्रेष्ठले खानेपानी ट्यांकी निर्माण र बोरिङ्ग जडान कार्य गराएका थिए । नामको लागि उपभोक्ता समिति निर्माण गरेर मेयर पुत्रले यो आयोजना आफ्नो हातमा लिएका थिए । उतिबेलै बोरिङ्ग जडान असफल भएको थियो तर सफल भनेर भुक्तानी निकालियो । खानेपानी आयोजना भने अझैसम्म अलपत्र छ ।’


खानेपानीको हाहाकार भोगिरहेका भुल्केका जनताले विगत अढाई वर्षमा दर्जनौ पटक मेयर श्रेष्ठलाई भेटेर नयाँ बोरिङ्ग जडान गरी खानेपानी आयोजना सञ्चालनमा ल्याउन घच्घच्याए । स्थानीय महेन्द्र यादव भन्छन्,‘मेयर श्रेष्ठलाई भेट्न जाँदा उनले अहिले तुरुन्तै दुई मिनेटमा काम सुरु गराइहाल्छु झैं गर्छन् । अनेक तडकभडक देखाउँछन् । हाकिमलाई इन्जिनियरलाई फोन गर्छन् । तर हामी फर्केपछि जस्ताको त्यस्तै ।’ 

वडा नं. १ का नेपाली कांग्रेसका नेता शरदराजा शाही भन्छन्,‘२१ सौं शताब्दी अर्थात प्रविधिको युग । बजारमा पतालको पानी तानेर पहाडमाथि चढाइदिने समरसेवल मोटर उपलब्ध छ । गाउँमा विजुली पनि पुगेको छ । बोरिङ्ग जडान गर्ने ठूला मेसिनहरु पनि बग्रेल्ती उपलब्ध छन् । शासन सत्ता इमान्दार हुने हो भने अब कुनै गाउँमा खानेपानीको हाहाकारको अवस्था रहँदैन । तर गोलबजार नगरपालिकाका शासकको पहिलो अभिष्ट विकास होइन । प्रथम प्राथमिकता कमिशनखोरी हो । त्यसकारण यो अवस्था आइलागेको हो । घर घरमा धारा छ तर खानेपानी छैन् ।’

Daily_Dose_Adv_07_07.gif 652.54 KB

नेकपा एकीकृत समाजवादीका नेता भेषराज ठकुरी भन्छन्,‘गोलबजार नगरपालिका वडा नम्बर १ भुल्के गाउँका जनताको लागि खानेपानी अझै सास्तीको विषय बनेको छ । कति पीडादायी छ यो अवस्था ? कल्पना गर्नुहोस् त ! घर अगाडि धारा छ । गाउँको सिरानमा पानी ट्यांकी छ । तर पानी छैन । तीन बर्षदेखि यो विजोग र सन्ताप हेर्दै बस्दै गरेका छौं । मेयर श्याम कुमार श्रेष्ठलाई भोट दिएर जिताएको नतिजा भोग्दैछन् जनताले ।’

नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र सिंह भन्छन्,‘दुर्योधन जस्ता चरित्रका पुत्रको वशिकरणमा परेका धृतराष्ट्र पिताको कमिशन मोहको परिणाम हो भुल्केको खानेपानी योजना । त्यतिबेला नै बोरिङ्ग असफल भएको थाहा भएकै हो । तर भुक्तानी निकाल्न बोरिङ्ग सफल भएको नौटंकी गरियो । पुत्रको व्यापार चलाउन भुल्केका जनताको कण्ठ सुकाइयो ।’

भुल्केका स्थानीय महेन्द्र यादव भन्छन्,‘हामीले पटक पटक भन्यौ । यता उताको कुरा नगर, जवाफ देउ किन धारामा पानी आएन ?’ तर अढाई वर्षदेखि गोलबजार नगरपालिका धाउँदा धाउँदा हाम्रो पिडुला फतक्कै गल्यो । अहिले पुसमा फेरि नयाँ बोरिङ्ग जडान गर्न मेसिन त पठाइयो तर बोरिङ्ग सफल हुन सकेन । अर्को ठाउँमा बोर गर्दैछन् । के हुन्छ ? थाहा छैन ।’

AS.gif 486.54 KB

प्रकाशित मितिः सोमबार, १५ पुस २०८१