आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JGJCA12Q7B77ZPFQBQ6ZQWT7.jpg

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र बिक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा , मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा निर्धारण भएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बिहिबार, १८ पुस २०८१
https://jawaaf.com/storage/01JGGZC6E9E1E9JRF0DP5SD31Z.jpg

एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेल बिहीबारबाट

काठमाडौँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरू बिहीबारबाट सुरु हुदैँछ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले बिहीबार हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती यूथ क्लबबिच खेल हुन लागेको जानकारी गराएको हो । खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

सोही क्रममा नेपाल एपिएफ क्लबको कोच जिवेश पाण्डेले खेलको तयारी राम्रो भएको भन्दै खेलको लागि एकदम तयार रहेको बताए ।  उनले भने, ‘हामी खेलको लागि एकदम तयार छौ । हामीले तयारी राम्रो नै गरिरहेका छौ ।’ 

यस्तै, सोही टिमका कप्तान अनिता बस्नेतले पहिला भएका गल्तीहरूलाई नदोहोराई टाइटलको लागि खेल्ने बताए । उनले भनिन्, ‘तालिमहरू सबै राम्रो नै भईरहेको छ । पहिला भएका गल्तीहरूलाई नदोहोराई राम्रो तरिकाले खेल्ने छौ । टाइटलको लागि नै भनेर खेल्ने हो । मेरो गल्तीहरूलाई सिखको रूपमा लिएको छु र अब राम्रो गर्ने योजना छ ।’ 

Furniture House.gif 947.74 KB

यसको साथै, त्रिभुवन आर्मी क्लबका कोच कृष्ण ठगुन्नाले पनि उपाधि जित्ने अपेक्षा राखेको बताए । उनले भने, ‘तयारी सबै राम्रो नै छ । उपाधि जित्ने अपेक्षा छ ।’ 

यस्तो घरेलु लिगहरूले खेलाडीहरूलाई प्रोत्साहन गर्ने भन्दै यस्तो खेल आवश्यक भएको सोही टिमकी कप्तान पुनम जर्घा मगरले बताइन् । उनले भनिन्, ‘टिमको तयारी राम्रो नै भईरहेको छ र राम्रो खेल्ने आशा गरेका छौ । उपाधि पाउने नै प्रयास हो । घरेलु लिगहरू धेरै हुनुपर्छ जस्तो लाग्छ मलाई । हाम्रो किप्परहरू राम्रो नै छ ।’ 

अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको लिगमा ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत भदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका थिए ।

AS.gif 486.54 KB

माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागीय टोलीहरू नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र बागमती यूथ क्लबले सहभागीता जनाउँदै छन् ।

अन्तिम चरणका लागि छनोट भएको कोशी प्रदेशले आर्थिक कारणले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । कोशीले नाम फिर्ता लिएपछि पहिलो चरणको लिग छैठौँ स्थानमा रहेको बागमती यूथ क्लबले अन्तिम चरण खेल्ने अवसर पाएको छ । अन्तिम चरणमा २४ खेलहरू हुनेछन् । 

प्रकाशित मितिः बुधबार, १७ पुस २०८१
https://jawaaf.com/storage/01JGGYTK775GF2A37ZJXAK3VK4.jpg

संजय न्यौपानेको म्युजिक भिडियो ‘हारे हारे’ सार्वजनिक

काठमाडौँ । संजय न्यौपानेको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘हारे हारे’ सार्वजनिक गरिएको छ । बुधवार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको म्युजिक भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेल फिचर्ड छन् ।

यही टिमले यसअघि नेपालकै सर्वाधिक महँगो दाबी गरिएको म्युजिक भिडियो ‘मालती’ निर्माण गरेको थियो । बुधवार सार्वजनिक गरिएको नयाँ म्युजिक भिडियो ‘हारे हारे’मा साम्राज्ञी र विशाल रोमान्टिक अवतारमा प्रस्तुत छन् । यो भिडियो पनि थाइल्याण्डका रमणीय स्थानमा खिचिएको हो ।

एलए स्टुडियो इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको म्युजिक भिडियोमा नेपाल आइडल सिजन २ बाट चर्चामा आएका सुमित पाठक र ममता गुरुङको स्वर सुन्न सकिन्छ । गीतको शब्द रचना, कम्पोज र एरेञ्ज गायक पाठक स्वंयमले गरेका हुन् । सौरभ लामाको डिओपी रहेको म्युजिक भिडियोलाई निर्देशक न्यौपाने र कमल खतिवडाले निर्माण गरेका हुन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बुधबार, १७ पुस २०८१
https://jawaaf.com/storage/01JGGNY5MEY8W3ZS2E991P7G41.jpg

प्रतिनिधिसभाका नवनियुक्त सचिव राईले लिए शपथ

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा सभामुख देवराज घिमिरे समक्ष सचिव राईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय लगायतको उपस्थिति थियो ।

सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार झापाको शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बुधबार, १७ पुस २०८१
https://jawaaf.com/storage/01JGGHGBDV6Y0WT5VGZ434DKGZ.jpg

१४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा तीन जना पक्राउ

काठमाडौं । १४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा लमजुङबाट एकै परिवारका तीन जना पक्राउ परेका छन् ।
भारत मोतिहारी घोडासान थाना बकुलिया–५, घर भइ बेसीशहर नगरपालिका–७, सहजी बस्ने ४० वार्षीय सेख सईतुला, उनकी श्रीमती र छोरा समेत तीन जनालाई बेसीशहर नगरपालिका–७, बस्ने १४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा पक्राउ परेका हुन् ।


उनीहरुले ती बालिकालाई गएको मंसीर २४ गते अपहरण गरी भारत पुर्याएकोमा पुस १५ गते सोमबार पक्राउ गरि जिप्रका लमजुङ ल्याइएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । 


पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुरमा मंगलबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले बताए ।

प्रकाशित मितिः बुधबार, १७ पुस २०८१
https://jawaaf.com/storage/01JGGASGR1X3V5A12ND5MF8MC3.jpg

नवनियुक्त राजदूतहरूले लिए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन् ।  

राजदूतहरू प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रा. डा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज  राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बुधबार, १७ पुस २०८१
https://jawaaf.com/storage/01JGG6XYKQ53MQBREMDF3G7H1Z.jpg

खोटाङमा नव दृष्टि आँखा अस्पतालको निःशुल्क आँखा शिविर

इटहरी । इटहरीमा रहेको नव दृष्टि आँखा अस्पतालले खोटाङको दिक्तेलमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । पुस १२, १३ र १४ गते फेमेली केयर हस्पिटल, दिक्तेल बजारमा अस्पतालले शिविर आयोजना गरेको हो ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

नव दृष्टि आँखा हस्पिटल र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय (दिक्तेल)को संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर आयोजना भएको हो । शिविरमा ६ सय जनाले आँखा परीक्षण गराएका छन् ।

जसमा मोतियाविन्दु भएका ४५ जना र आँखामा मासु पलाएका एक जना बिरामीको निःशुल्क आँखा अप्रेसन गरिएको छ । अप्रेसनपश्चात् बिरामीहरूलाई निःशुल्क औषधि र कालो चस्मा वितरण गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

साथै, अप्रेसन आवश्यकता नपर्ने अन्य बिरामीहरूलाई पनि निःशुल्क औषधि वितरण गरिएको अस्पतालले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर आयोजना गरेको अस्पतालले जनाउँदै आएको छ ।

baba_education.gif 870.63 KB

प्रकाशित मितिः बुधबार, १७ पुस २०८१
https://jawaaf.com/storage/01JGG69M4T58B8GVFKKQ2P14DX.jpg

बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

सर्लाही । सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । रौतहटको बडहर्वा बाट काठमाडौँ जाँदै गरेको बसले ठक्कर दिदा सर्लाहीको छटौना सशस्त्र बेस क्याम्पमा कार्यरत रहेका ४० वर्षीय सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रबीन्द्रबहादुर सिंहका अनुसार काठमाडौँका लागि छुटेका बा–प्रदेश–०१००६ख २००४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिदा सशस्त्र प्रहरी निरीक्षक तुलाधर गम्भीर घाइते भएका हुन ।

Furniture House.gif 947.74 KB

गम्भीर घाइते तुलाधरलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले जानकारी दिए ।फिल्ड गस्तीबाट क्याम्प तर्फ फर्किदै गरेको अवस्थामा गएको बेलुका करिब ८ बजे बेस क्याम्प अगाडी नै बसले ठक्कर दिएको उनले बताए  ।

baba_education.gif 870.63 KB

ठक्कर दिने बसका सहचालक सर्लाही धनकौल गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय विकास कुमार बैठा, बलरा नपा १० का १९ वर्षीय अजित बैठा र बलरा १० कै २३ वर्षीय प्रेम शङ्कर यादवलाई  नियन्त्रण लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

काठमाडौँ महानगरपालिका निवासी तुलाधरको शवलाई प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बुधबार, १७ पुस २०८१
https://jawaaf.com/storage/01JGG4TQ3R1AHDN5MF6KFRXWQT.jpg

गैँडाको आक्रमणबाट एक महिला घाइते

मकवानपुर । मकवानपुरको मनहरीमा गैँडाको आक्रमणबाट एक महिला घाइते भएको प्रहरीले जनाएको छ । बुधवार बिहान मनहरी गाउँपालिका ६ लोथर खोला नजिक रहेको लामेदमार मध्यवर्ती सामुदायिक बनमा घास काटन तथा गोबर टिप्न गएकी महिलालाई गैँडाले आक्रमण गरेको हो ।

चितवन राप्ती नगरपालिका १ दुबिचौर घर भएकी अन्दाजी बर्ष ७० की दिलमायाँ स्याङतानलाई गैडाले आक्रमण गरेको र स्थानियहरूले हो हल्ला गरेपछि गैडा जंगल तर्फ भागेको प्रहरीले जनाएको छ ।

घाइते महिलाको हात,शरिर र निधारमा चोट लागेको र उनलाई उपचारको लागी चितवन पठाएको प्रहरीले जनाएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बुधबार, १७ पुस २०८१
https://jawaaf.com/storage/01JGFWE9GKFKQCXYSR5WHDFAJ9.png

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दै छन् । आज बुधवार दिउँसो एक बजे काठमाडौँको कार्की बैन्क्वेटमा रावलले आफ्नो भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि नेता रावल नयाँ पार्टी गठनको तयारीमा जुटेका छन् ।

गत सोमवार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर देशभक्त समाजवादी पार्टी बनाउने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, १७ पुस २०८१