आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JF6XC708YWZX0TN3X0AMBEGP.jpg

सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो ।

आइतबार तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कारोवार भएको छापावाल सुन आज १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर  रहेको छ ।  आइतबार १ हजार ८४० रुपैयाँमा कारोवार  भएको  चाँदी  आज पनि सोही मूल्यमा कारोवार  भैइरहेको  छ । 

Furniture House.gif 947.74 KB

 

 

प्रकाशित मितिः सोमबार, ०१ पुस २०८१
https://jawaaf.com/storage/01JF6R7TBD88FC6Y4VK23NC9PM.jpg

काठमाडौंका पहिलो मेयर पिएल सिंहको निधन

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।  

Furniture House.gif 947.74 KB

२०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए । पञ्चायत व्यवस्थापछि सिंह काठमाडौंका पहिलो मेयर हुन् ।  सिंहको निधनमा काठमाडौं  महानगरले शोक विदा दिएको छ ।

Pathivara.gif 82.25 KB

प्रकाशित मितिः सोमबार, ०१ पुस २०८१
https://jawaaf.com/storage/01JF6QSY1MTMS80A1GYFHZ6EH5.jpg

सुदूरपश्चिमले कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै

काठमाडौं । पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ ।

टियु क्रिकेट मैदानमा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन् । प्लेअफमा स्थान बनाउन कर्णालीलाई यो खेल सामान्य अन्तरको जित आवश्यक छ । यदी सामान्य अन्तरले पराजित भए पनि कर्णालीले प्लेअफमा स्थान बनाउने छ ।

प्रकाशित मितिः सोमबार, ०१ पुस २०८१
https://jawaaf.com/storage/01JF6NRNA67X42FMYPAZJ8QMW0.jpg

पुस १ लाई आज देशभर कालो दिवसका रूपमा मनाइँदै

काठमाडौँ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ ।

विसं २०१७ साल पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए ।

NOW.gif 152.32 KB

आजको दिनलाई तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा कालो दिवसका रूपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली काँग्रेस र नेपाल तरुण दललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाउँदै छन् ।

AS.gif 486.54 KB

प्रकाशित मितिः सोमबार, ०१ पुस २०८१
https://jawaaf.com/storage/01JF6M9GJW6813FECYBSTPRRGR.jpg

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं ।  नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासङ्घ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।

प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४२८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन् । 

NOW.gif 152.32 KB

शर्माले विष्टलाई एक हजार बढि मतको अन्तरमा पराजित गरेकी हुन् । अध्यक्षका अर्का उम्मेदवार देवी प्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत पाएका थिए ।

बरिष्ठ उपाध्यक्षमा दीपक उपाध्याय विजयी हुँदा उपाध्यक्ष महिलामा निनु पण्डित उपाध्यक्ष समावेशीमा उमिद प्रसाद बागचन विजयी भए । आचार्यले ४२३०, पण्डितले ४७०५ र बागचनले ४२९२ मत पाएका छन् ।

Bantawa Hardware.gif 828.52 KB

त्यस्तै महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । उनी निकटम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेलाई पराजित गर्दै महासङ्घको महासचिवमा निर्वाचित भएका हुन् ।

विजयी भएका दाहालले ४ हजार ८४ मत प्राप्त गरे भने न्यौपानेले १ हजार ९२९ मत गरेका थिए ।  यसैगरी सोही पदमा उम्मेदवार जन्मदेव जैशीले १ हजार १५८ मत प्राप्त गर्दा प्रकाश थापाले ४८८ मत प्राप्त गरे ।

खुल्ला सचिवमा रमेश खतिवडा, सचिव महिलामा सोनी शर्मा,सचिव आदिवासी जनजातिमा सविन प्रियासन, सचिव मधेसीमा अशोक कुमार तिवारी, सचिव दलितमा प्रकाश धौलाकोटी र सचिव एसोसियटमा  वैकुण्ठराज पराजुली विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा रामकृष्ण अधिकारी विजयी भएका छन् ।

AS.gif 486.54 KB

प्रकाशित मितिः सोमबार, ०१ पुस २०८१
https://jawaaf.com/storage/01JF6M05NSCCV75K7G9WJ44WVB.jpg

नेपाल कबड्डी लिग (एनकेएल) को ड्राफ्ट : ६ टिममा ८४ खेलाडी

काठमाडौँ । नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट आइतवार सफलतापूर्वक सम्पन्न गरिएको छ । ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी छनोट गरेका छन् ।

एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् ।

Pathivara.gif 82.25 KB

विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् । बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षक राखेका छन् । जसमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमार छन् ।

१९ औं एसियाली खेलकुदमा नेपाली महिला टिमले कांस्यपदक जित्दाकी प्रशिक्षक पार्वतीले पुरुष टिम सम्हाल्ने संभववत् पहिलो नेपाली प्रशिक्षक बन्ने अवसर पाएकी छन् भने भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् ।

baba_education.gif 870.63 KB

प्रशिक्षकपछि मार्की खेलाडी घोषणा गरिँदा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा, काठमान्डुमा घनश्याम रोका मगर र पोखरामा प्रदीप मिजार परेका छन् । भारतको प्रो कबड्डी लिगमा आबद्ध घनश्याम नेपाली राष्ट्रिय टिमका कप्तान पनि हुन् ।

प्रशिक्षक र मार्कीको छनोटपछि एनकेएलमा खेलाडीको ड्राफ्ट गरियो । ड्राफ्टमा ९२ जना नेपाली र २५ बिदेशी गरी कुल १ सय १७ खेलाडी रहेका थिए । बिदेशी खेलाडीमा थाइल्यान्ड, श्रीलंका, बंगलादेश र केन्याका थिए ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

प्रशिक्षकहरूले आ–आफ्नो रणनीतिअनुसार ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी लिएका छन् । जसमा ६६ नेपाली र १८ जना विदेशी खेलाडी छन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले २ देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् ।

कार्यक्रमका प्रमुख अथितीका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भने, ‘निजी क्षेत्रबाट देशको खेलकुदको लागि ठूलो योगदान भइरहेको छ । ठूला कार्यक्रम आइरहेका छन् । यसमा एनकेएल पनि आएको छ । एनकेएलको सुरुआतले कबड्डीलाई नेपालमा विकास, विस्तार र व्यावसायिकताको मार्गमा लाने विश्वास छ ।’

Bantawa_Hardware.gif 563.38 KB

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीले भने, ‘मधेशमा निक्कै लोकप्रिय खेलको रुपमा रहेको कबड्डीलाई हामीले नयाँ उचाई दिनको लागि एनकेएल ल्याएका छौं । यसले कबड्डी खेलेरै पनि खेलाडीले केही गर्नसक्छ भन्ने देखाउन चाहान्छौँ । वास्तवमै हामी कबड्डीलाई एनकेएलमार्फत् व्यावसायिक खेलको रूपमा स्थापित गर्न चाहान्छौँ ।’

प्रकाशित मितिः सोमबार, ०१ पुस २०८१
https://jawaaf.com/storage/01JF6KA3QEGERBX16X4W4619TQ.jpg

सोमवारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनारलगायतको मूल्य बढेको छ। त्यसैगरी युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायतको भने भाउ घटेको छ ।

AS.gif 486.54 KB

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

Pathivara.gif 82.25 KB

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १२ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।

Planning_Consultancy.gif 1.45 MB

त्यसैगरी जापानी येन १० को खरिददर आठ रुपैयाँ ८१ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम गरिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ । 

MIC (1).gif 172.09 KB

प्रकाशित मितिः सोमबार, ०१ पुस २०८१
https://jawaaf.com/storage/01JF6J61RJN13DTMP8DBH0BMR4.jpg

पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले आज सोमवार देखी पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

Pathivara.gif 82.25 KB

यस्तै डिजेल र मट्‍टीतेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ ।  योसँगै आइतवार भएको निगम सञ्चालक समितिको निर्णयअनुसार आजदेखि काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ । यी क्षेत्रमा डिजेल र मट्‍टीतेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्‍टीतेल १५० रुपैयाँ कायम भएको छ । बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्‍टीतेल १४८.५० रुपैयाँ पर्ने निगमले जनाएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः सोमबार, ०१ पुस २०८१
https://jawaaf.com/storage/01JF5EP5Y2F2XCD9CS4N061G9Y.jpg

कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् ।  

कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतवार भएका शिष्टाचार एवं विदाई भेटघाटका क्रममा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन् ।

मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतकाबारे समेत जानकारी गराएका थिए ।

IMG_5246.jpeg 160.51 KB

यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थलहरूलाई जोड्ने गरी ‘बौद्ध सर्किट’को विकास गर्न सकिने पनि बताए । पर्यटन प्रवर्धनका लागि दुवै देशका बिचमा कला, सँगीत, र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रमहरू र पर्यटन बोर्डहरूबिच साझेदारी गर्न सकिने विषयमा छलफल भएको थियो ।

यस्तै दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्धनमा सहकार्यको सम्भावना,सांस्कृतिक समझदारी र सद्‍भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानका सम्भावना लगायतका विषय छलफल भएको थियो ।

यस्तै पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडानहरू र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे समेत दुई मन्त्रीबिच चर्चा भएको थियो । संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्ता समेत दिएका छन् ।

प्रकाशित मितिः आइतबार, ३० मंसिर २०८१
https://jawaaf.com/storage/01JF526GAVZWV2Z57AX2M9KD2S.jpg

महोत्तरीमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

काठमाडौँ । महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन् । भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।

जनकपुर आउँदै गरेको बस एक्कासि नियन्त्रित भई पुलको रेलिङ तोड्दै बस पल्टिएको हो । जसमा सवारमध्ये  २२ यात्रु घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले घाइतेमध्ये भारत परिहारकी २२ वर्षीय सरिता यादव र कोमल राउत गम्भीर घाइते छन् ।

अन्य घाइतेको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः आइतबार, ३० मंसिर २०८१