काठमाडौं महानगरपालिका ७७ वटै जिल्लाबाट आउने नागरिकहरुका लागि राजधानी बन्न सकोस् : मेयर शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौँको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो ।
दिवस मनाउँदै काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौँ महानगरपालिकाको सुशासन र व्यवस्थापनलाई सुदृढ बनाउने सबैमा कृतज्ञता व्यक्त गरेका हुन् ।
उनले भने, ‘ आज यो ३० औँ महानगर दिवस मेरो लागि धन्यवादको दिवस हो । महानगरले दिने सेवा, काम कर्तव्यको बारेमा सबैले सहयोग पुर्याउनु भएको छ । महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाइदिनु हुने सम्पूर्ण सरसफाइ कर्मचारिहरूलाई धन्यवाद दिन चाहन्छु । काठमाडौँ महानगरपालिकाको सुशासन र व्यवस्थापनलाई सुदृढ बनाइदिनु हुने नगर प्रहरी साथीहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु । काठमाडौँ महानगरको विभिन्न विभाग शाखामा कार्यरत सबैलाई धन्यवाद दिन चाहन्छु । सबैले महानगरको लागि शिक्षा,स्वास्थ्य , सम्पदा र विविध विभिन्न क्षेत्रमा आफ्नो योगदान दिनु भएको छ ।’
साथै उनले यो महानगरपालिका आफैँमा राजधानी भएको बताए । उनले राजधानी बासीका लागि मात्र नभएर यो महानगरपालिका ७७ वटै जिल्लाबाट आउने सम्पूर्ण नागरिकहरूको आफ्नो राजधानी बन्न सकोस् भनेर शुभकामना व्यक्त गरेका छन् ।
पोखराले काठमाडौंलाई दियो १ सय ३९ को मध्यम लक्ष्य

टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले पोखराबाट १ सय ३९ रनको मध्यम लक्ष्य पाएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको हो ।
पोखराका लागि रेमन राइफरले नट आउट रहँदै सर्वाधिक ४१ रन जोडे । उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे । दिनेश खरेलले २५ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडे । दिनेश टिमको स्कोर ४४ रन हुँदा राशिद खानबाट एलबिडब्लु सिकार भए । दिलिप नाथले २४ बलमा २ छक्काको प्रहार गर्दै आउट भए । २७ रन बनाएका दिलिप राशिदकै बलमा बोल्ट आउट भए ।
आन्द्रेश गौस रनको खाता नै नखोल्दै जेहार्ड एरास्मसको बलमा माइकल लेभिटबाट समातिए । कप्तान कुशल भुर्तेल ७ रन बनाउँदै राशिदकै बलमा बोल्ड आउट भए । यसै खेलमा एनपिएल डेब्यु गरेका भारतीय घरेलु खेलाडी आकर्षित गोमिल ८ रन बनाउँदै माइकल लेभिटको एलबिडब्लु सिकार भए ।
१७औं ओभरमा कप्तान करण केसीले माइकल लिस्क तथा नारायण जोशीलाई पेभिलियनको बाटो देखाए पछि काठमाडौं पोखराविरुद्ध पुरै हाबी भएको थियो । १९औं ओभरको तेस्रो कप्तान करणले विपिन खत्रीलाई ४ रनमा आउट गराएका थिए । काठमाडौंका लागि राशिद खान र कप्तान करण केसीले समान ३ तथा जेर्हाड एरास्मस र माइकल लेभिटले समान १ विकेट लिए ।
यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ ।
चलचित्र ‘कर्मा’को छायाङ्कन सुरु
काठमाडौँ । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’को शुभ–मुहूर्त सँगै छायाङ्कन प्रारम्भ गरिएको छ । निर्देशक चौधरीले आफ्नो आगामी एक्सन चलचित्रको छायाङ्कन शुक्रवार देखि दाङको घोराहीबाट सुरु गरेका हुन् ।
४० दिन दाङ र ६ दिन रुकुममा छायाङ्कन हुने सिनेमाको मुख्य भूमिका निभाइरहेका कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको सहभागीतामा शुभ–मुहूर्त सँगै छायाङ्कन प्रारम्भ गरिएको हो ।
यो अभिनेत्री चलचित्रमा उपासना अभिनेता कार्कीको जोडीको रूपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने भएका छन् । विपिन र उपासनाले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् ।
एक्सन ड्रामा जनरामा निर्माण हुने यस चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ ।
यसअघि निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए । ‘कर्मा’ उनको तेस्रो निर्देशकीय फिचर सिनेमा हो ।
निर्देशक चौधरीलाई ‘अगस्त्यः च्याप्टर–१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालको लगानी रहनेछ ।
छायाकँन सुरु हुनु अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको ‘कर्मा’ नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ ।
हुम्लावासीका लागि खानेपानीको समस्या समाधानका गर्न आवश्यक : मन्त्री यादव
हुम्ला (सिमिकोट) । खानेपानीमन्त्री प्रदीप यादवले हुम्लावासीका खानेपानीका समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि महत्वपूर्ण योजनाहरू अगाडि सारेको बताएका छन् ।
शुक्रवार हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट खानेपानी आयोजना वडा नं ५, ६ र ७ को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले हुम्ला जिल्लावासीका खानेपानीका समस्या दीर्घकालीन रूपमा समाधान गर्न लागि परेको बताएका हुन् ।
उनले भने, ‘म खानेपानीका विषयमा नागरिकलाई परेका दुःख र त्यसको समाधान गर्ने उदेश्यले दुर्गम जिल्लामा अनुगमनका लागि दौडिरहेको छु । आज हुम्ला आइपुगेको छु । यहाँका नागरिकका खानेपानी पानीका समस्या समाधानका लागि महत्वपूर्ण योजनाहरू अगाडि सारेको छु ।’
जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेका कारण नागरिकलाई खानेपानीको समस्या भइरहेकाले त्यसको दीर्घकालीन समस्या समाधानका लागि गृह कार्य भइरहेको जानकारी दिए । उनले भने, ‘जलवायु परिवर्तनले पानीका मुहान सुक्दै गएका छन् । यो निकै दुःख कुरो हो । पानीको समस्या समाधानका लागि दीर्घकालीन समस्या समाधानको बाटो खाज्दै छु ।’
सोही क्रममा मन्त्री यादवले आफू मन्त्री पदमा रहे नरहेपनि नेपाली नागरिकका सुख दुःखमा हर हमेसा साथ दिइरहेने प्रतिबद्धता जनाए ।
मन्त्री यादवले हुम्लाको दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वषमा सरकारले महत्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका विभिन्न योजनाहरू अगाडि सारेको जानकारी दिए ।
उनले भने, ‘खानेपानी पहुँचको दिगो समाधानका लागि मन्त्रालयबाट महत्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका योजनाहरू अगाडि सारेको छु । यस कार्यमा समुदायको सहकार्य र समर्थन आवश्यक छ ।’ समुद्री सतहबाट दुई हजार नौँ सय मिटरको उचाइमा रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट क्षेत्र भौगोलिक रूपमा दुर्गम भएपनि यहाँका नागरिकहरूको आवश्यकता र अधिकारलाई राज्यले उपेक्षा गर्न नसक्ने समेत मन्त्री यादवले बताए । उनले भने, ‘यस क्षेत्रबाट मानसरोवर र कैलाश पवर्तको यात्रा सुरु हुन्छ, त्यसैले सिमकोटलाई कैलाश पवर्त र मानसरोवरको प्रवेशद्वारका रूपमा पनि चिनिन्छ ।यहाँका नागरिकको आवश्यकता उपेक्षा गर्न सकिने सवाल नै उठ्दैन ।’
हुम्ला जिल्लामा कम्तीमा पनि पाँच हजार भन्दा बढी घरधुरीमा सुरक्षित पानी पु¥याउनुका साथै विद्यालय र स्वास्थ्य संस्थामा आधारभूत खानेपानी र सरसफाइको व्यवस्था गरेको जानकारी दिइएको थियो ।
हुम्लाका दुगर्म भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद, खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वर्षमा १७ वटा आयोजनाहरू कार्यान्वयन गरिरहेका र जसमा कुल रु आठ दशमलव ५ करोड बजेट विनियोजन गरिएको जनाइएको छ ।
शनिवारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिवारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ०४ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ ।
यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम गरिएको छ । मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ ।
एनपीएलमा आज पनि दुई खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार (आज) दुई खेल हुँँदैछन् । बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे सुरु हुनेछ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौं कप्तान करण केसीको कप्तानीमा मैदानमा हुनेछ ।
प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ ।
यसैगरी एनपीएल अन्तर्गत शनिवार नै हुने अर्को खेलमा चितवन र जनकपुर भिड्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कप्तान कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ ।
अबको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ । तालिकाको शीर्ष स्थानको जनकपुर भने आजको खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानको सदूरपश्चिमसँग अंक बढाउन चाहन्छ । जनकपुरले १० अंक जोडिसकेको छ भने दोस्रो स्थानको सुदूरपश्चिमको आठ अंक छ ।
चितवन भने ६ अंकसहित चौथो स्थानमा छ । चितवन र जनकपुरका लागि आजको खेल नै अन्तिम हो । सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ भने कर्णालीले एक खेल खेल्न बाँकी छ ।
एनपील तालिकामा पोखरा र काठमाडौँको समान चारचार अंक छ । विराटनगरको चार अंक भए पनि रनरेटका आधारमा अगाडि छ ।
‘सोल्टिनी’ मा विल्सन विक्रम राईको प्रवेश, कलाकारको लाइनअप बलियो
काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘सोल्टिनी’मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित भएका छन् । राईको प्रवेशसँगै यस चलचित्रको कलाकार टिम अझै बलियो बनेको छ ।
चलचित्रमा राईको भूमिकाबारे अहिले नै खुलाइएको छैन । यसअघि नै चलचित्रमा प्रकाश सपूत र परीक्षा लिम्बुले मुख्य भूमिका निभाउने घोषणा भइसकेको थियो। सपूतले ’भीमसेन पोखरेल’ र लिम्बुले ’दिलासा राई’को भूमिका निभाउनेछन् ।
‘सोल्टिनी’ भोजपुरको कुनै गाउँमा आधारित रहनेछ । चलचित्रका निर्देशक अर्जुन सुवेदीका अनुसार यसमा समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा तथा दुई प्रमुख पात्रको अपुरो प्रेमको कथा रहनेछ ।
चलचित्रमा प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सब्बु गुरुङ लगायतका अनुभवी कलाकारहरूको पनि अभिनय रहनेछ। प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले चलचित्रका लागि सङ्गीत दिनेछन् भने डिओपीको जिम्मेवारी सुशन प्रजापतिले लिएका छन् ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने सह निर्माताहरू वसन्त कटुवाल र सुजन अधिकारी हुन् । ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन् । डिजिटल अधिकार एआर डिजिटलले खरिद गरेको छ ।
२०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको यस चलचित्रको छायाङ्कन पुस १५ बाट सुरु हुनेछ ।
व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने गलत भाष्य निर्माण भयो : मन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि भएको बताएका छन् ।शुक्रवार चितवनमा नेशनल सिटी अस्पतालको भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजिएको बताए।
‘केही पनि भएको छैन भनेर यहाँ जुन भाष्य बनाउन खोजिएको छ । ०४६ पछाडी जन्मिएको पुस्तालाई त्यो भन्दा अगाडि कस्तो थियो ? थाहा नहुन सक्छ । आफ्नै बुबाहरूसँग,अघिल्लो पुस्तासँग सोध्न सकिन्छ’उनले भने, व्यवस्था मात्रै परिवर्तन भएको छैन, विकासको काम पनि भएको छ । सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ । परिवर्तनको आभास हरेक नागरिकमा पुर्याउन केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि काम गरिरहेको छ ।’
त्यस्तै उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकारलाई सुरक्षित गर्दै अब देशलाई विकासको बाटोमा लैजान सबै लाग्नुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री सिंहले मेडिकल सिटी अस्पतालको नवनिर्मीत भवनको उद्घाटन गर्दै अस्पतालले स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
चितवनविरुद्ध विराटनगरको फराकिलो जित
काठमाडौं । प्लेअफको गणितीय सम्भावना जिवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको हो ।
जितसँगै विराटनगरले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । विराटनगरले दिएको १८२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको चितवनले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १३० रन बनायो ।चितवनका लागि अमर रौतेलाले ४२ रन जोडे । सन्तोष कार्कीले २८ र रवि बोपाराले २० रन बनाए । कप्तान कुशल मल्लले २५ रन बनाए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले २ तथा लोकेश बम, बसिर अहमद र सुवास भण्डारीले १–१ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको विराटनगरले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । विराटनगरका लागि बासिर अहमदले ६८ रन जोडे । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।
ओपनर मार्टिन गप्टिलले ३५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४५ रन बनाए । राजेश पुलामीमगरले ३३ रन बनाए । उनले १ चौका र ३ छक्का प्रहार गरे । चितवनका लागि रिजन ढकालले दुई तथा कप्तान कुशल मल्ल, सोहेल तानबिर र बासिल अहमदले एकरएक विकेट लिएका छन् । अङ्कतालिकामा चितवन ६ अङ्कसहित चौथो स्थानमा रहेको छ । विराटनगरले ४ अङ्कसहित प्ले अफमा पुग्ने झिनो सम्भावना राखेको छ ।
रारामा चहलपहल बढेसँगै घोडा व्यवसायीहरू उत्साहित
२८ मंसिर,मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल नेपाली भाषाको उद्गम स्थल जुम्ला जिल्लाको कनका सुन्दरी सिन्जा हुँदै नेपालको ठूलो र गहिरो रारा ताल सम्मको हवाई र सडकको दिन प्रति दिन सुधार हुदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।
बर्खा समय सकिए पछि खुल्ला मौसम खुले सँगै रारा तालका सप्तरङ्गी दृश्य हेर्ने ,घुम्ने,अध्यायन अनुसन्धान गर्न सजिलो सिजन सुरु भएको हो । रारामा रहेका घोडा व्यवसाय सञ्चालन गदै आएका स्थानियहरूले राम्रो आम्दानीको स्रोत पाएका छन ।
बिगतका बर्षहरू भन्दा पछिल्ला बर्षहरूमा कर्णाली राजमार्गको सडक निमार्ण कार्यमा दैनिक सुधार हुँदै जान थाले पछि कर्णाली प्रदेश लगाएत देशका मुख्य सहर पोखरा, काठमाडौँ, नेपालगन्ज, विराटनगर, चितवन,लगायतका ठाउँबाट नेपाली भाषाको उद्गम थलो जुम्लाको कनका सुन्दरी हुदै रारा आउने पर्यटकहरू बढी रहेका भए पनि दशै तिहार सकिए पछि रारामा दैनिक ,४०,५० जना सम्म स्थानीय पर्यटक रारा घुम्न आउने गरेका छन् ।
रारा पुग्ने पर्यटकहरूको सहज र घोडा चडाएर रारा तालको विभिन्न स्थान सम्म पुर्याउनुको लागी पछिल्लो समयमा घोडा व्यवसाय संघ गठन गरिएका छन । पालै पाले गरेर पर्यटकहरूलाई रारा घुमाउने गरेका छौँ । दैनिक २,३ हजार आम्दानी हुने गरेको छ । विदेश ,भारतका विभिन्न गल्लीहरूमा काम गर्नु भन्दा पनि आफ्नै देश जिल्ला र राराको पर्यटनको प्रचार प्रचार गर्ने घर खर्चचलाउर्ने गरेको घोडा व्यवसायी जीवन रावलले बताएका छन ।
रारा घुम्न आएका पर्यटकहरूलाई सल्लेरीबाट रारा,ताल,हुटु,मुर्माटप,महादेव मन्दिर लगाएतका विभिन्न स्थान सम्म घुमाउने गरेका छौँ । घोडा व्यवसाय समितिको निर्णय अनुसार पालै पालो गरेर जार्ने गरेका छौँ । आज अलि चिसो समय सुरु हुन थाले पछि रारा घुम्न आउने पर्यटकहरूको सङ्ख्या घट्दै जान थालेको छ । तर हिजो आज मौसम निकै सफा भएको हुनाले रारातालको पुरै दृश्य देखीले भएको हुनाले रारा घुम्न आएका पर्यटकहरू निकै तालको किनारमा फोटो खिच्ने टिकटक बनाउनमा बढी व्यस्त हुने ,घोडा चडेर फोटोलिने गर्दा दैनिक १हजार देखी २हजार सम्म आम्दानी हुने गरेको घोडाचालक रबिन्द्र कार्मिले बताएका छन ।
रारा घुम्न आउने पर्यटकहरूको सहजताको लागी विभिन्न घोडा ब्यवसायहरू गठन गरेका छन । यी नियमहरूलाई रारा आउर्ने पर्यटकहरूलाई एक ठाउँ बाट अर्को ठाउँमा पुरयाउने काम गरेका छ । यी घोडा ब्यवसायहरूको दैनिक आम्दानी बढाउर्ने र पर्यटकहरूमा कसरी ब्याहार गर्ने भन्ने हिसाबले कार्यालयले घोडा ब्यवसायहरूको थप सहज र स्थानीय घोडा चालकको आम्दानीको राम्रो स्रोत बनाउनको लागी निती ऐन कानुन निमार्ण गर्न लागेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले तयार गर्न लागेको कार्यालय प्रमुख महोश न्यौपानेले बताएका छन ।
पछिल्लो समय राराको पुरै दृश्य हेर्न को लागी मुर्माटप पनि आन्तरिक पर्यटकको रोजाइमा परेको छ । रारा आएका पर्यटक घोडा चढेर मुर्माटप पुग्य पछि त्यहाँबाट सैपाल हिमाल, छायानाथ ,चंखेली हिमाल,चुचेमारा हिमाल अन्य धार्मिक तीर्थस्थलसहित बाजुरा,हुम्ला,जुम्ला,बाजुरा,अछाम,लगाइत ७ जिल्लाको अवलोकन सहित गरेर फर्किन्छन । पर्यटकको रोजाइमा मुर्माटप परेपछि पर्यटकको सुविधाका लागि रारा इको रिसोर्ट सञ्चालनमा आएको छ ।


































