आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JEYZMEYMXDSQRWZMDD69PM9V.jpg

पत्रकार महासङ्घको निर्वाचन आज हुँदै

Pathivara.gif 82.25 KB

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन आज हुँदै छ । आज शुक्रवार हुने निर्वाचनमा आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा छन् ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन भने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाट उम्मेदवारी दिएका छन् । त्यस्तै देवीप्रसाद सापकोटा स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा छन् ।

MIC (1).gif 172.09 KB

यसैगरी, वरिष्ठ उपाध्यक्षका लागी युनियन र चौतारीबाट दीपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्य प्रतिस्पर्धी हुन् । 

महिला उपाध्यक्षमा नीत पौडेल र गंगा बराल पौडेल मैदानमा छन् भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साह बिच मुख्य प्रतिस्पर्धा हुने ।

यस्तै, महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी छन् ।

baba_education.gif 870.63 KB

प्रकाशित मितिः शुक्रबार, २८ मंसिर २०८१
https://jawaaf.com/storage/01JEYV9N2A0GF3AMFM0J4MC0EZ.jpg

आजको मौसम : देशभरको मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ ।

तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ ।

Planning_Consultancy.gif 1.45 MB

आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ भने राति मौसम सफा रहने छ ।

शनिवार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उ•यनमा क्षणिक असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

Bantawa_Hardware.gif 563.38 KB

प्रकाशित मितिः शुक्रबार, २८ मंसिर २०८१
https://jawaaf.com/storage/01JEYTZDEVTD4XEH0AK3MY7KQM.jpg

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित सदस्यहरूले लिए शपथ

काठमाडौँ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान) को नवनिर्वाचित सदस्यहरूको शपथ तथा पदभार ग्रहण गरेका छन् । बिहीबार काठमाडौँमा एक कार्यक्रमकाबिच सदस्यहरूले शपथ तथा पदभार ग्रहण गरेका हुन् ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

अधिवक्ता वासुदेव रिजालले नवनिर्वाचित सदस्यहरूको शपथ तथा पदभर ग्रहण गराएका हुन् । सेवोन, नेप्से र सिडिएससीका प्रतिनिधीहरूले नवनिर्वाचित सदस्यलाई शुभकामना दिएका थिए ।

एसोसिएसनको ३०औं साधारणसभाले आगामी दुई वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । जसको अध्यक्षमा सागर ढकालले बाजी मारेका थिए प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

Pathivara.gif 82.25 KB


निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जीत हात पारेका हुन् । उनका प्रतिद्वन्द्वी तिमिल्सिनाले ४३ मत प्राप्त गरेका थिए ।

बिहीबार सर्वसम्मत रूपमा एसोसिएसनको अध्यक्ष चुन्ने प्रयास भए पनि तिमिल्सिना र ढकालबीच सहमति नजुटेपछि शुक्रवार निर्वाचन भएको थियो ।

baba_education.gif 870.63 KB

कार्यसमिति उपाध्यक्षमा नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, कोषाध्यक्ष मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् । सदस्यमा विशालकुमार अग्रवाल, प्रियन्सु अग्रवाल, जयन्त श्रीवास्तव र जेलिना कँडेल छन् ।

यसअघि ब्रोकर कम्पनीका दुई एसोसिएसन स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपाल रहँदै आएकोमा २८ कात्तिकदेखि मर्ज भएर एउटै बनेको थियो ।

MIC (1).gif 172.09 KB

प्रकाशित मितिः शुक्रबार, २८ मंसिर २०८१
https://jawaaf.com/storage/01JEXF93WY1EVGKXCDFFEQHRWK.jpg

जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षले लिए शपथ

काठमाडौँ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष रेशम गुरुङले शपथ ग्रहण गरेका छन् । प्रतिष्ठानका सह–अध्यक्ष समेत रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आज बिहीबार उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

Pathivara.gif 82.25 KB

२०८१ जेठ ११ गते तत्कालीन उपाध्यक्ष गोकुल घर्तीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङलाई उपाध्यक्ष नियुक्त गरेका थिए ।

ajkumar-gupta-Resham-gurung (3).jpeg 184.46 KB

संघीय मामिलामन्त्री गुप्ताको संयोजकत्वमा गठित सिफारिस समितिले गुरुङसहित पासाङ शेर्पा र टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेकोमा प्रधानमन्त्री ओलीले गुरुङलाई उपाध्यक्ष नियुक्त गरेका थिए ।

तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषद्का पूर्व अध्यक्ष समेत रहेका उपाध्यक्ष गुरुङ आदिवासी जनजाति आन्दोलनका स्पष्ट वक्ता मानिन्छन् ।

Planning_Consultancy.gif 1.45 MB

प्रकाशित मितिः बिहिबार, २७ मंसिर २०८१
https://jawaaf.com/storage/01JEXC3N3RPPEBH54DG4VE1G5K.jpg

साइबर अपराधमा दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

AS.gif 486.54 KB

काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

Pathivara.gif 82.25 KB

प्रसाईंमाथि आपराधिक लाभ र संगठित अपराधको कसुरमा भने अनुसन्धान जारी रहेकाले उनी छुट्न नपाउने भएका छन् । जिल्ला अदालत काठमाडौँमा बुधवार प्रसाईंविरुद्ध मुद्दा दायर भएको थियो ।

Bantawa_Hardware.gif 563.38 KB

प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीबाट अनुसन्धान जारी रहेको छ । विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरू परिचालन गरी धाकधम्की दिएर पैसा असुल गर्ने र ज्यान मार्न सुपारी दिने गरेको सन्दर्भमा पर्याप्त प्रमाणहरू फेला परेकाले अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।

Planning_Consultancy.gif 1.45 MB

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

baba_education.gif 870.63 KB

प्रकाशित मितिः बिहिबार, २७ मंसिर २०८१
https://jawaaf.com/storage/01JEX3Y7J98FCHB82A8834NB1J.jpg

त्रिविलाई मेरिटोक्रेसीका आधारमा चलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न निर्देशन दिएका छन् । 

त्रिभुवन विश्वविद्यालयको आज कीर्तिपुरमा भएको साधारणसभा (सिनेट) बैठकमा कुलपति ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलपतिले गर्ने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको जनाएका हुन् । 

Pathivara.gif 82.25 KB

बैठकमा सिनेट सदस्यले सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति नभएको भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आउँदो पुस ७ गतेभित्र ती नियुक्ति गरिसक्न निर्देशन दिए ।

‘सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन्, सिङ्गो सामाजिक विषय शिक्षामा आउनुपर्यो । शिक्षा क्षेत्र मुक्तमनले चल्नुपर्छ तर त्रिवि आफ्ना नियम र कानुनको परिधिमा रहेर चल्लुपर्छ । त्रिविको स्वायत्तता व्यक्तिगत होइन, त्यो स्वायत्तता सिनेट मार्फत अधिकार प्रत्यायोजन गर्दै लगिने विषय हो ।’, प्रधानमन्त्री ओलीले भने, ‘त्रिविमा मेरिटोक्रेसी हुनु राम्रो हो तर त्यो साँच्चैको हुनुपर्छ । त्यसका नाममा ड्रामा चल्नु हुनु हुँदैन । कुलपतिले हस्तक्षेप गरेको भनेर मिडियाबाजी पनि गरिएको छ, सही कुरामा कुलपतिका हैसियतले मैले भूमिका निर्वाह गर्नैपर्छ । मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेर मैले भनेको छु ।’ प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘उपकुलपतिलाई त्यसो भन्नु मेरो कर्तव्य होइन र ?’

baba_education.gif 870.63 KB

उनले सिनेट बैठकहरूलाई दिनभर छलफल र विवाद गर्ने ढाँचामा नभर्ई मर्यादित, व्यवस्थित, रचनात्मक र परिपक्वरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पर्याप्त गृहकार्य गरेर कार्यसूची ल्याउन पदाधिकारीहरूलाई आग्रह गरे । सिनेटका सदस्यहरूले पनि सकारात्मक परिणाम ल्याउने कार्यसूची ल्याउन सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

सभामा सामुदायिक क्याम्पस, प्राध्यापक, कर्मचारी, विद्यार्थी क्षेत्रका प्रतिनिधिले पदाधिकारीबाट पर्याप्त गृहकार्यविना प्रस्तावहरू प्रस्तुत भएको र त्रिविको विधिलाई पालना नगरिएको भन्दै असन्तुष्टि जनाएपछि कुलपति ओलीले कार्यसूचीमाथि छलफल सञ्चालन गरेका थिए ।

Planning_Consultancy.gif 1.45 MB

प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरूमा भएका समस्या र मागहरू छन्, ती मागहरूको विधिवत् सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले त्रिविको ऐन, नियम संशोधन गर्दा सम्बन्धित सरोकार भएका पक्षले सचेत भएर ध्यान दिन पनि आग्रह गरे । 

सभाबाट त्रिवि सेवामा प्रवेशका लागि सेवा योग्यता प्रशिक्षण परीक्षाको व्यवस्था गर्ने लगायत १२ बुँदे नीति पारित भएका छन् । प्रधानमन्त्री ओलीले विश्वविद्यालय सुधारका विविध विषयमा अनौपचारिक छलफल गर्न आगामी पुस ७ गतेका लागि समय निर्धारण गरेका छन् ।

MIC (1).gif 172.09 KB

प्रकाशित मितिः बिहिबार, २७ मंसिर २०८१
https://jawaaf.com/storage/01JEX1NWGESHASNPD6GEDAAYN8.jpg

मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमम मैत्रीपूर्ण फुटबल सम्पन्न

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय ११ विरुद्ध १ गोल गरेका छन् । ३० औँ महानगर दिवसको अवसरमा आज सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा उनले दोस्रो हाफमा गोल गरेका हुन् । 

baba_education.gif 870.63 KB

खेलमा प्रमुख ११ को टिमले ५ गोल र प्रमुख प्रशासकीय अधिकृत ११ को टिमले २ गोल गरेको छ । खेलमा जनप्रतिनिधिको नेतृत्व गर्दै प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले खेल खेलेका थिए । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई फुटबल दिएर खेल सुरु गरेकी हुन् । 

Photos (8).jpg 389.1 KB

प्रमुख ११ कातर्फबाट प्रमुख शाहसँगै सन्तोष ढुङ्गेलले २ गोल, नविन भण्डारीले १ गोल र विनय शाक्यले १ गोल गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत ११ का तर्फबाट राजु पौडेलले २ गोल गरेका थिए । 

Pathivara.gif 82.25 KB

महानगर दिवसका अवसरमा भोलि परम्परागत बाजा गुरु सम्मान, विद्यालयका विद्यार्थीस्तरीय हाजिरी जवाफ प्रतियोगिता र शिक्षक स्तरीय कविता बाचन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ । 

Photos (4).jpg 404.96 KB

मंसिर २९ गते शनिवार विहान ८ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम हुनेछ । त्यस अवसरमा सबै वडाबाट सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ । त्यसै अवसरमा विभिन्न क्षेत्रगत रुपमा योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान कार्यक्रम हुनेछ । ९ बजेदेखि टुँडिखेल मैदानमा स्थानीय मौलिक परिकार तथा पेय पदार्थहरुको स्टल, एक वडा एक नमूना कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी हुनेछ । दिउँसो ३ बजेदेखि व्याण्ड तथा कलाकारहरुको सांगीतिक प्रस्तुति हुनेछ । 

MIC (1).gif 172.09 KB

प्रकाशित मितिः बिहिबार, २७ मंसिर २०८१
https://jawaaf.com/storage/01JEWD2YSSCTE0MX1YWH0KAKXK.jpg

कर्मचारीहरू गुनासो पोख्न नेता बोकेर सिंहदरबार धाउँछन् : मन्त्री गुप्ता

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सुरु गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले कर्मचारीले आफूलाई परेको समस्या सुनाउन आउँदा कुनै न कुनै नेता लिएर आउने गरेको बताए । 

baba_education.gif 870.63 KB

सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी सो कार्यक्रममा उनले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको बताए । 

उनले भने, ‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ । मुख्यसचिवजी साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या प¥यो । यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न । जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ । यो पीडाबाट म आफै ‘परिसान’ छु ।’

Bantawa_Hardware.gif 563.38 KB

अब आउने ३९औँ ब्याचका कर्मचारीहरूले त्यस्तो हर्कत नदोहो¥याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुप्ताको भनाइ छ । 

उनले भने, ‘कमसेकम तपाइँहरूको यो ब्याचले यो काम (नेता बोक्ने) गर्ने छैन । तपाईँहरू गर्नुहुन्न भन्ने विश्वास छ । राम्रा मात्रै कामका लागि तपाइहरूलाई धेरै–धेरै शुभकामना छ ।’ 

उनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको खण्डमा सुविधाहरू आफै प्राप्त हुने भन्दै राम्रो काम गर्दा मात्रै सबैले सम्मान पाउनाका साथै देशको गरिमा समेत जोगिने बताए । 

Pathivara.gif 82.25 KB

प्रकाशित मितिः बिहिबार, २७ मंसिर २०८१
https://jawaaf.com/storage/01JEWCK7JZ9YJXH68637YX4M23.jpg

जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

धरान (सुनसरी) I जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । कोशी प्रदेशको संखुवासभा जिल्ला र बागमती प्रदेश अन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको पार्टीको प्रचार विभागले जानकारी दिएको छ । 

Pathivara.gif 82.25 KB

ईन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति पुनर्गठन भएको छ । त्यसैगरी सीताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय सङ्खुवासभा जिल्ला समिति पुनर्गठन गरिएको छ । 

Planning_Consultancy.gif 1.45 MB

भदौ महिनादेखि सुरु गरिएको जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माणको चार महिने अभियानअन्तर्गत जसपा नेपालले पार्टी संगठन गठन, पुनर्गठन गर्ने कार्य गरिरहेको छ । 

मङ्सिर मसान्तसम्म सञ्चालन हुँने भनि निर्धारण गरिएको अभियानको समयावधि थप हुन सक्ने पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । 

MIC (1).gif 172.09 KB

प्रकाशित मितिः बिहिबार, २७ मंसिर २०८१
https://jawaaf.com/storage/01JEW9YNCY0EMSS3XF3CJW5NCV.jpg

बिहिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा, क्यानडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ४० पैसा र बिक्रीदर १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ५३ रुपैया ९८ पैसा रहेको छ ।

Pathivara.gif 82.25 KB


यसको साथै, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा रहेको छ ।

 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB


यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ७९ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

AS.gif 486.54 KB

जापानी येन १० को खरिददर ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रुपैयाँ २१ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

प्रकाशित मितिः बिहिबार, २७ मंसिर २०८१