आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JETSVXS7QZJVQ063YKFSMGD7.jpg

प्रधानमन्त्री ओलीद्वारा विद्यालयको भवन उद्घाटन

AS.gif 486.54 KB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

 

Photos (2).jpeg 896.6 KB


त्यसै क्रममा उनले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रिया समेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिए । 

Pathivara.gif 82.25 KB


दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा उक्त फाउण्डेसनले रु चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले रु २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु ६९ लाख लगानी गरेका छन् ।


Photos (1).jpeg 758.01 KB


पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो । प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताए । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मितिः बुधबार, २६ मंसिर २०८१
https://jawaaf.com/storage/01JETRZQX9G9HC9KVHXTRT1DW8.jpg

सरकार र एडीबी बीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (एमआईआईपी), जलवायु अनुकूल परिदृश्य र जीवनयापनका लागि सहुलियतपूर्ण ऋण साथै अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

Pathivara.gif 82.25 KB

बुधवार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच नेपाल र एडीबीबीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना र जलवायु प्रतिरोधी परिदृश्य र जीविका परियोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (२१ अर्ब २३ करोड रुपैयाँ बराबर)को सहुलियतपूर्ण ऋण र अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

एमआईआईपी कार्यान्वयनका लागि १ करोड ५० लाख अमेरिकी डलर (२ अर्ब एनपीआर बराबर) अनुदान र ११ करोड अमेरिकी डलर (१४ अर्ब ८८ करोड रुपैयाँ बराबर) ऋण सम्झौतामा अर्थसचिव डा.रामप्रसाद घिमिरे र अर्नाउडले हस्ताक्षर गरेका हुन् । 

AS.gif 486.54 KB

आयोजना मधेस प्रदेशका रौतहट र सर्लाही जिल्लामा लागु हुने गरी १ लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने मन्त्रालयले जनाएको छ । परियोजनाको प्राथमिक उद्देश्यहरू कृषि उत्पादकत्वमा सुधार, वर्षभरि सिँचाइ सुनिश्चित गर्न र खाद्य सुरक्षामा योगदान पु¥याउनु रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी सीएलआरआरपी कार्यान्वयनका लागि २२ मिलियन अमेरिकी डलर (२ अर्ब ९७ करोड बराबर) को अनुदान सम्झौता र एक करोड अमेरिकी डलर (१ अर्ब ३५ करोड रुपैयाँ बराबर)को ऋण सम्झौतामा मन्त्रालयका सहसचिव धनीराम शर्माले हस्ताक्षर गरे । 

Daily_Dose_Adv_07_07.gif 652.54 KB

यस परियोजनाले पानीको असुरक्षालाई सम्बोधन गर्ने, प्रकृतिमा आधारित जीविकोपार्जनलाई प्रवर्धन गर्ने र जलस्रोतको दिगो व्यवस्थापन मार्फत स्थानीय समुदायहरूलाई सशक्त बनाउने मन्त्रालयले जनाएको छ ।

परियोजनाले दिगो जल व्यवस्थापन, कृषि वन, सिल्भिकल्चर र वन व्यवस्थापनमा ध्यान केन्द्रित गरी जलवायु चुनौतीहरूसँग अनुकूलन गर्न समुदायहरूलाई सशक्त बनाउने लक्ष्य राखेको छ ।

परियोजनाले पानी सुरक्षा सुधार गर्न र जलवायु–प्रेरित चुनौतीहरूको लागि यस क्षेत्रको जोखिमलाई सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सरकारको विश्वास छ ।

प्रकाशित मितिः बुधबार, २६ मंसिर २०८१
https://jawaaf.com/storage/01JETPWCVBYKEG6FX3KXQD4Q2W.jpg

एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा बुधवारको दोस्रो खेलमा काठमाडौँ सँग लुम्बिनी १८ रनले पराजित भएको छ । 

काठमाडौँले दिएको एकसय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा अलआउट भएको हो । लुम्बिनीले सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सफल भएको छ । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

टियु क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका थिए । लिग चरणमा कर्णाली याक्ससँग खेल्न बाँकी लुम्बिनीले चितवन राइनोजलाई ३३ ले मात्रै हराउन सक्यो । बाँकी खेलमा हार बेहोरेको लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो । 

यता, काठमाडौंले भने दोस्रो जित हासिल गरेको छ । काठमाडौँले यसअघि कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको थियो ।

प्रकाशित मितिः बुधबार, २६ मंसिर २०८१
https://jawaaf.com/storage/01JETMRG7YZ5Y2WWTRC1NWR3WV.jpg

दक्षिण चीनबाट हङकङ–मकाओ जोड्ने पुल सञ्चालनको तयारीमा

एजेन्सी । दक्षिण चीनको ग्वाङडोङ–हङकङ–मकाओ जोड्ने सामुद्रिक च्यानल पुल यातायातका लागि खोलिने भएको छ । पुल सञ्चालनका लागि सबै इलेक्ट्रोमेकानिकल उपकरणहरू जडान पूरा भएको छ ।

Photo (4).jpg 503.83 KB

गुआङडोङ प्रान्तको झुहाई शहर र जियाङ्मेनलाई जोड्ने पुल हङकङ–झुहाई–मकाओ क्रस–‘सी’ मेगा ब्रिज र शेन्जेन–झोङ्सान च्यानलपछिको अर्को मेगा क्रस‘सी’ च्यानल परियोजना हो।

Photo (3).jpg 609.34 KB

सन् २०२० बाट निर्माण सुरु भएको पुल ३१ किलोमिटर छ । दुई–तर्फी छ लेन राजमार्ग संरचना रहेको पुल सञ्चालनमा आएपछि झुहाई र जियाङ्मेन बीचको यात्रा आधा घन्टा घट्नेछ । पुल साढे चारबर्ष लगाएर निर्माण गरिएको हो । 

Photo (13).jpg 503.17 KB

प्रकाशित मितिः बुधबार, २६ मंसिर २०८१
https://jawaaf.com/storage/01JETJVVT1SDSFNEZ25Q5FJA74.jpg

प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा.सुरेशप्रसाद आचार्यले आज(बुधवार) पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका हुन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति रहेको थियो । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

शपथपछि शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताए ।

Planning_Consultancy.gif 1.45 MB

उनले लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्ने तर लोकतन्त्र र अराजकतालाई छुट्याएर काम गर्नुपर्नेमा जोड दिए । 

मन्त्रीपरिषद्को यही मङ्सिर ६ गतेको बैठकले सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई नियुक्त गर्ने निर्णय गरेको थियो । आयोगका यही मङ्सिर २३ गतेदेखि अघिल्ला पदाधिकारीको कार्यकाल सकिएको थियो ।

Pathivara.gif 82.25 KB

प्रकाशित मितिः बुधबार, २६ मंसिर २०८१
https://jawaaf.com/storage/01JETJC6AHMJ5JNYVN4799VW02.webp

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै रकम असुल्ने तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया, युके तथा स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका २५ घर भई काठमाडौं टोखा नगरपालिका ६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रूपन्देही देवदह नगरपालिका १२ घर भई काठमाडौं महानगरपालिका २८ बस्ने ३२ वर्षीय गीता कुँवर र काठमाडौं महानगरपालिका बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एण्ड स्टडी इन्फो सेन्टरका संचालिका सिरहा नगरपालिका ७ घर भई काठमाडौं महानगरपालिका २२ बस्ने ३० वर्षीय दिव्या यादव रहेका छन् ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

पक्राउ मध्ये मधुले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, गीताले युके पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १६ लाख ५ हजार रूपैयाँ र दिव्याले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले मधुलाई काठमाडौं टोखा नगरपालिका ६ बाट र गीतालाई काठमाडौं महानगरपालिका २८ बाट मंगलबार तथा दिव्यालाई काठमाडौं न्यूरोडबाट सोमवार पक्राउ गरेको हो । 

पक्राउ मध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

Pathivara.gif 82.25 KB

प्रकाशित मितिः बुधबार, २६ मंसिर २०८१
https://jawaaf.com/storage/01JETDBMSFVZCQ8VG6Q6FQQHBK.jpg

सुदूरपश्चिमका बलर चम्कँदा जनकपुरको पहिलो लज्जासपद हार

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत अहिलेसम्म अपराजित रहँदै आएको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले आज भएको खेलमा हराएको  छ ।

बुधवार पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले १२३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्स ५१ रनमा सीमित रहँदै  सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले  हराएको  हो ।

यो एनपिएलमा बनेको सबैभन्दा कम स्कोर हो । यसअघि पोखरा एभेन्र्जसले चितवन राइनोजविरुद्ध ७४ रनमा अल आउट भएको थियो ।

जनकपुरका लागि जोशुवा ट्रम्पले सर्वाधिक १३ रन जोडे । उनले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लाहिरु मिल्न्था ७ रन बनाउँदै आउट भए ।

baba_education.gif 870.63 KB

ओपनर आसिफ शेख ४, कप्तान अनिल शाह रनको खाता नखोल्दै र हर्ष ठाकर ५ रन बनाउँदै आउट भए । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पान्डेले समान २ तथा स्कट कुगेलेन, नरेन साउद, सेफ अलि जेब र हर्मित सिंहले समान १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल तयार गरेको थियो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भन्डारीले सर्वाधिक ३३ रन जोडेका थिए । तेस्रो विकेटका रुपमा आउट भएका विनोदले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै शेर मल्लको बलमा जोशुवा ट्रम्पबाट क्याच आउट भएका थिए ।

Pathivara.gif 82.25 KB

सेफ अलि जेबले २१ बलमा २ छक्काको सहयोगमा २१ रन बनाएका थिए । पहिलो विकेटका रुपमा सेफ आठौं ओभरको चौथो बलमा आउट भए ।

सेफ हर्ष ठाकरको बलमा अरनिको यादवबाट क्याच भए । इशान पान्डेले १४ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन जोडे । इशान किशोर महतोको बलमा जिमी निशमबाट समातिए ।

१८औं ओभरमा जनकपुरका तीव्र गतिका बलर किशोर महतोले ४ विकेट लिएपछि टोली पूर्णत खेलमा हाबी बनेको थियो । पावर प्लेमा सुदूरपश्चिमले कुनै विकेट नगुमाई ४२ रन जोडेको थियो । पछिल्लो १४ ओभरमा ८१ रन जोड्दै ९ विकेट गुमाएको थियो ।

Bantawa_Hardware.gif 563.38 KB

दोस्रो विकेटका रुपमा यसै खेलबाट एनपिएल डेब्यु गरेका हर्मीत सिंह आउट भएका थिए । सिंहले ३ बलमा १ रन मात्र जोड्न सके । सिंहलाई शेर मल्लले बोल्ड आउट गरे ।

चौथो विकेटका रुपमा कप्तान दीपेन्द्रसिंह ऐरी रनको खाता नखोल्दै आउट भए । सुदूरपश्चिमको पाँचौ खेल जारी रहँदा कप्तान दीपेन्द्र पहिलो पटक रनको खाता नखोल्दै आउट भएका हुन् ।

पाँचौ विकेटका रुपमा बे्रन्डन मक्मलेन ११ रन बनाउँदै आउट भए । १७ बलको सामना गरेका मक्मलेन अरनिकोको बलमा यसै खेलमा एनपिएल डेब्यु गरिरहेका जोशुवा ट्रम्पबाट समातिए ।

आरिफ शेख ६, स्कट कुगेलेन ७ नरेन साउद ३ रनमा आउट भए । अभिनास बोहोरा २ तथा नरेश बुढाऐर ९ रनमा नट आउट रहे । जनकपुरका लागि किशोरले ४ तथा अरनिको यादव र शेरले समान २ तथा हर्ष ठाकरले १ विकेट लिए ।

पाँचौ खेलमा चौथो जित हात पार्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ । पराजित जनकपुर भने पाँचौ खेलमा पहिलो हारका साथ दोस्रो स्थानमा झरेको छ । जनकपुर हारका साथ २ खेल अगाबै प्लेअफ पुग्न चुकेको छ ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

प्रकाशित मितिः बुधबार, २६ मंसिर २०८१
https://jawaaf.com/storage/01JESQ894V05C9BBZ2AF8QQ9RV.jpg

बुधवारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ  I नेपाल राष्ट्र बैँकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र ओमनि रियालको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ।

Pathivara.gif 82.25 KB

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ३६ रूपैयाँ ०७ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ३२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ८९ र बिक्रीदर एक सय ७३ रूपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा तोकिएको छ ।

baba_education.gif 870.63 KB

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ६५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ०४ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।

Bantawa_Hardware.gif 563.38 KB

त्यस्तै,जापानी येन १० को खरिददर ८ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८ रूपैयाँ ९७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा कायम गरिएको छ ।

Planning_Consultancy.gif 1.45 MB

प्रकाशित मितिः बुधबार, २६ मंसिर २०८१
https://jawaaf.com/storage/01JESPZTGR07K137KHD6YHRG6T.jpg

आजको मौसम पूर्वानुमान : तराई क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सुका साथै केही स्थानमा कुहिरो लागेको छ ।

Pathivara.gif 82.25 KB

यस्तै,आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने आज राति कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

त्यस्तै,आज सूर्योदय बिहान ६ बजेर ४४ मिनेट र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः बुधबार, २६ मंसिर २०८१
https://jawaaf.com/storage/01JESNYSD6DD6ZSMDX6H3GXXRX.jpg

बीआरआई फ्रेमवर्क दस्ताबेजको पूर्णपाठ सार्वजनिक

काठमाडौँ । नेपाल–चीनबिच गत साता बेजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ मंगलबार परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनु अघि सोमवार नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरूले बीआरआईको आधिकारिक दस्ताबेज नदेखे पनि यो सहमति नेपालको सार्वभौमसत्ता, पारस्परिक सहयोग र सम्मानमा आधारित भएको होला भन्ने अपेक्षा गरेको टिप्पणी गरेका थिए । 

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलेको सो टिप्पणीपछि मन्त्रालयले वेबसाइटमा बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ राखेको हो ।

Pathivara.gif 82.25 KB

यी हुन् पूर्णपाठको मुख्य विषय

सहयोग पृष्ठभूमि :

१) नेपाल र चीनले १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना गरेपछि दीर्घकालिक पारम्परिक मित्रता विकास गरेका छन् ।

२) २०१७ मा, दुवै सरकारले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI)अन्तर्गत सहयोगको लागि सम्झौता पत्र (MoU)मा हस्ताक्षर गरे ।

३) २०१९ मा दुवै देशको राष्ट्रपतिहरूको राजकीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा उकास्यो ।

सहयोगका सिद्धान्तहरू :

१) साझा परामर्श र समान विकास : आपसी फाइदा, दिगो विकास, र सार्वभौमिकताको सम्मानमा ध्यान केन्द्रित गर्न ।

२) व्यावहारिक सहयोग : दीर्घकालिक दृष्टिकोणलाई तत्काल आवश्यकतासँग मिलाएर, नवाचार र व्यवहारिकताको प्रवर्धन ।

३) नीति वातावरण सुधार : लगानी प्रोत्साहन, कानुनी वातावरण सुधार र समन्वयमा वृद्धि गरी राम्रो सहयोगको लागि काम गर्न ।

MIC (1).gif 172.09 KB

सहयोगका उद्देश्यहरू :

आर्थिक साझेदारी : व्यापार, पूर्वाधार र जडानमा सहयोगको प्रवर्धन परियोजनाहरूको कार्यान्वयन बिआरआई ढाँचाअन्तर्गत परियोजनाहरूको पहिचान, विकास र वार्ता गर्ने।

परियोजना सहजता : परियोजना कार्यान्वयनको लागि आवश्यक स्रोत र समन्वय सुनिश्चित गर्ने

सहयोगका प्राथमिकताहरू :

आर्थिक सहयोग : सार्वभौम परियोजनाहरूका लागि प्राविधिक र वित्तीय सहयोग प्रदान गर्ने । 

वित्तीय क्षेत्र सहयोग : दुवै देश बीच वित्तीय विनिमय र लगानीको सहजता

यातायात र जडान : सडक, रेल, र विमानस्थलहरूको निर्माण गरी द्विपक्षीय जडान सुधार गर्ने । 

व्यापार र लगानी : द्विपक्षीय व्यापारको विस्तार, औद्योगिक सहयोगको प्रवर्धन, र विभिन्न क्षेत्रहरूमा लगानी प्रोत्साहन गर्ने । 

कस्टम्स सहयोग : सीमा बन्दरगाहहरूमा सहयोग बढाउँदै, कस्टम्स र व्यापार सञ्जाललाई सुधार गर्ने ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

पहिचान गरिएका परियोजनाहरू :

टोक्खा–छहरे सुरंगः काठमाडौंलाई उत्तरी क्षेत्रसँग जोड्ने रणनीतिक सडक परियोजना 

हिल्सा–सीमिकोट सडकः कर्णाली आर्थिक गलियारा अन्तर्गत नेपाल र चीन बीचको जडान सुधार गर्ने महत्वपूर्ण परियोजना

किमाथाङ्का–खाँदबारी सडक र एकीकृत चेक पोस्टः कोशी गलियारा मार्फत जडान सुधार गर्ने परियोजना

चीन–नेपाल क्रस–बॉर्डर रेलवे परियोजनाको नेपाली खण्डः चीन र नेपाललाई जोड्ने रेलमार्ग, जडान सुधारको लागि

Planning_Consultancy.gif 1.45 MB

सहयोग संयन्त्रहरू :

१) दुवै देशले सहयोगको समन्वयका लागि विशिष्ट मन्त्रालयहरूको चयन गर्नेछन्

२) प्रगति मूल्याङ्कन गर्न र नयाँ परियोजनाहरूको पहिचान गर्न एक समीक्षा प्रक्रिया हुनेछ

३) यो ढाँचा कुनै सम्झौता होइन र अन्तर्राष्ट्रिय कानुनी दायित्वहरू लागु गर्दैन

अवधि र संशोधनहरूः

सहयोग ढाँचा तीन वर्षको लागि लागु हुनेछ, र स्वचालित रूपमा नवीकरण हुनेछ जबसम्म कुनै पक्षद्वारा समाप्त नगरी संशोधनहरू आपसी सहमतिमा गर्न सकिन्छ ।

यो दस्ताबेज पहिचान गरिएका परियोजनाहरूको सूची र परियोजना–प्रति–परियोजना आधारमा निरन्तर सहयोगको महत्त्वलाई जोड दिन्छ ।


प्रकाशित मितिः बुधबार, २६ मंसिर २०८१