आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JDDZTHAN4NSC99WEJWAAAZ7W.jpg

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै छ । आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग आज बिहान ८ बजे पुनः अन्तर्वार्ता लिन लागिएको हो ।

Pathivara.gif 82.25 KB

अध्यक्ष सिफारिस समितिले नवराज अधिकारी, चिरञ्जीवी चापागाई र कृष्णबहादुर कार्कीलाई आज अन्तर्वार्ता प्रस्तुतीकरणका निम्ति बोलाएको हो । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । 

Bantawa_Hardware.gif 563.38 KB

प्रकाशित मितिः आइतबार, ०९ मंसिर २०८१
https://jawaaf.com/storage/01JDDZC4G8KV3V69VGHJW6HQCD.webp

आइतवारको विदेशी मुद्राको विनिमय दर कति ?

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  जसअनुसार,अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।

Pathivara.gif 82.25 KB

यस्तै युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ र बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।

Bantawa_Hardware.gif 563.38 KB

त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ दुई पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय एक रुपैयाँ चार पैसा र बिक्रीदर एक सय रुपैयाँ ४९ पैसा तोकिएको छ।

Planning_Consultancy.gif 1.45 MB

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा र बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ।

AS.gif 486.54 KB

प्रकाशित मितिः आइतबार, ०९ मंसिर २०८१
https://jawaaf.com/storage/01JDBV4RA6KZJJ0Z364R0XTW7V.jpg

एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता

Pathivara.gif 82.25 KB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग भर्चुअल वार्ता गरेका छन् । प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमार्फत मस्कसँग भर्चुअल कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB


मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवासम्बन्धी काम गर्न इच्छा देखाइरहेका छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) को प्रमुख पदमा नियुक्त गरेका छन् ।
ओली र मस्कबीचको वार्तामा के कुराकानी भयो खुलाइएको छैन ।

Photos (3).jpg 407.11 KB


प्रकाशित मितिः शनिबार, ०८ मंसिर २०८१
https://jawaaf.com/storage/01JDBR7HM2DW7923JATB58CJYD.jpg

कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्वाचित

काठमाडौँ । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका छन् । नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट विशिष्ट अभिनेता मल्ल अध्यक्ष पदमा चयन भएका हुन् ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

काभ्रेपलान्चोकको थुम्की रिसोर्टमा भएको साधारण सभा धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो भने बिशिष्ठ अतिथिहरुमा बरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, बरिष्ठ लोक गायक प्रेमराजा महत, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, लक्ष्मण न्यौपाने र अभिनेत्री करिश्मा मानन्धर रहेका थिए । 

Pathivara.gif 82.25 KB

अध्यक्षमा निवार्चित भएपछि अध्यक्ष मल्लले नेपाली कलाकारिताको विकासमा आफू कटिबद्ध भइ लागिपर्ने र नेपाली चलचित्रलाइ अन्ताराष्ट्रिय स्तरमा पुर्‍याउन अहोरात्र खट्ने बताए ।

सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ, सह कोषाध्यक्षमा दुर्गा बिशुराल र सोसाइटीको सदस्यहरूमा क्रमशः सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन भएका छन् । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शनिबार, ०८ मंसिर २०८१
https://jawaaf.com/storage/01JDBFSJ55JCXHTCY2S5RHH2HR.jpg

महोत्तरी जिल्ला प्रशासनका नासु घुससहित पक्राउ

Daily_Dose_Adv_07_07.gif 652.54 KB

महोतरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बालाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । सवारी ज्यान कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोक यादवलाई आयोगको टोलीले २० हजार घुस सहित पक्राउ गरेको हो ।

AS.gif 486.54 KB


सवारी ज्यान मुद्दामा सवारी धनीले जम्मा गरेको क्रिया खर्च रकम मृतकको हकबलाले पटक–पटक माग्न जाँदा यादवले घुस मागेको व्यहोरा सहित निवेदन अयोगमा दिएका थिए ।
उजुरी आएपछि शुक्रबार आयोगबाट खटेको टोलीले यादवलाई सवारी ज्यान मुद्दामा मृत्यु भएका परिवारबाट लिएको घुस सहित यादवलाई पक्राउ गरेको हो । 


प्रकाशित मितिः शनिबार, ०८ मंसिर २०८१
https://jawaaf.com/storage/01JDBEVKPG0YBFB664VQXMDX52.webp

मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्यून चापीय प्रणाली अवस्थित रहेको देखिन्छ ।

Pathivara.gif 82.25 KB

महाशाखाका अनुसार हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

Bantawa_Hardware.gif 563.38 KB

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकादुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकादुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शनिबार, ०८ मंसिर २०८१
https://jawaaf.com/storage/01JDBE2BN8W8ERAWFPS8WXVAYQ.jpg

दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना

Pathivara.gif 82.25 KB

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रमुख सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ । शुक्रवार दरबारमार्गमा गरिएको जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छाडिएपछि महानगरले एमालेलाई जरिवाना तिराउने निर्णय गरेको हो ।

Bantawa_Hardware.gif 563.38 KB

‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु’, नगर प्रहरी निरीक्षक लीलाराजा गाछाले लेखेको पत्रमा भनिएको छ ।

Planning_Consultancy.gif 1.45 MB

एमालेले सरकारलाई चौतर्फी घेराबन्दी भएको भन्दै दरबारमार्गमा जागरण सभा गरेको थियो । सुरुमा भृकुटीमण्डपमा गरिने भनिएको सभास्थल अन्तिम समयमा सारेर दरबारमार्ग लगिएको थियो ।

Photos (2).jpg 113.36 KB

प्रकाशित मितिः शनिबार, ०८ मंसिर २०८१
https://jawaaf.com/storage/01JD9PEWQD5AGH3GYQG3K9EQ96.jpg

सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त

Daily_Dose_Adv_07_07.gif 652.54 KB

जनकपुर । मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् ।  नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएका सर्लाही निवासी ठाकुरलाई मधेश प्रदेश सरकारले मधेशको पर्यटन प्रवर्द्धनको अभियान सञ्चालनको संयोजन गर्ने जिम्मेवारी दिएको हो । 

Bantawa_Hardware.gif 563.38 KB

मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियाँले ठाकुरलाई नियुक्त पत्र प्रदान गरेका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कुमार कर्णकाअनुसार मधेश प्रदेश सरकारले पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।

Planning_Consultancy.gif 1.45 MB

यसैअन्तर्गत महत्वाकांक्षी सरकारी कार्यक्रम ‘घुमौँ मधेश, बुझौँ मधेश’ घोषणा गरी संयोजकमा ठाकुरलाई नियुक्त गरिएको कर्णले बताए । ‘मधेश तन्नेरी आँट, सङ्कल्प र क्रियाशीलताको पर्खाइमा छ । हामीलाई विश्वास छ, ठाकुरजीले लगनशील भएर सार्थक परिणामको रूपरेखा कोर्नेछन्,’ उनले भने । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

संयोजक ठाकुरले मधेश प्रदेशलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यहाँका पर्यटकीय स्थलको प्रवर्द्धन गर्न सक्रिय रूपमा लाग्ने बताए । ‘अहिले हाम्रो सम्मुखमै जनकपुरमा विवाह पञ्चमी छ । बारामा गढीमाई मेला छ । यी पर्वलाई अझै व्यवस्थित र व्यापक प्रचारप्रसार गर्ने काम हुन्छ । समग्र मधेश प्रदेशलाई कसरी पर्यटनमा अगाडि लान सकिन्छ भनेर काम गर्छौं,’ उनले भने ।

दिपशिखा गहना गृह.gif 471.46 KB

प्रकाशित मितिः शुक्रबार, ०७ मंसिर २०८१
https://jawaaf.com/storage/01JD9FMCMGY95FC905KH36B55T.jpg

एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

AS.gif 486.54 KB

काठमाडौँ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग सञ्चालन गर्ने भएको छ । एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

Pathivara.gif 82.25 KB

एन्फाले बि डिभिजन लिगमा सहभागी क्लबहरूलाई लासेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरुको पुरानो बक्यौता उपलब्ध गराउने, खेलाडी दर्ता फिफा कनेक्ट डिजिटल प्लेटफर्म मार्फत गर्ने जनाएको छ ।

Bantawa_Hardware.gif 563.38 KB

एन्फाले शहिद स्मारक बि डिभिजनका केहि खेल दशरथ रंगशालामा र बाँकी खेलहरु एन्फा कम्प्लेक्समा सञ्चालन गर्ने जनाएको छ ।

एन्फाले मङ्सिर २१ गतेसम्म क्लब दर्ता गर्ने, मङ्सिर २३ र २४ गते फिफा कनेक्ट वर्कसप गर्ने, मङ्सिर २५ र २६ गते क्लब लासेन्सिङ वर्कसप गर्ने, पुस १३ गते खेल तालिका प्रकाशन गर्ने र माघ १३ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।

 

प्रकाशित मितिः शुक्रबार, ०७ मंसिर २०८१
https://jawaaf.com/storage/01JD8T25W55Q4DT0WV1NCQSDQ3.webp

आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

Pathivara.gif 82.25 KB

विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Bantawa_Hardware.gif 563.38 KB

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहने छ । 

आगामी २४ घण्टामा कोशी, बागमती  गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

AS.gif 486.54 KB

प्रकाशित मितिः शुक्रबार, ०७ मंसिर २०८१