आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JC0B6B7R2D63X707THBRNK92.jpg

पूर्व भारतीय यू–१९ कप्तान उन्मुक्त चन्द लुम्बिनी लायन्समा सामेल

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । चन्दको आगमनले लुम्बिनी लायन्सलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास गरिएको छ ।

Pathivara.gif 163.3 KB

उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा २०१२ यू–१९ विश्वकप जिताएका थिए । उक्त फाइनल खेलमा उनले शतक समेत प्रहार गरेर ऐतिहासिक जित दिलाएका थिए । उनले दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स जस्ता ठूला फ्रेन्चाइजहरूका लागि आईपीएलमा खेल्दै आफ्नो ब्याटिङ कलाको प्रदर्शन गरेका छन् । हाल अमेरिकाको मेजर लिग क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । चन्दको लुम्बिनी लायन्समा आगमनले टोलीलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास छ ।

Bantawa_Hardware.gif 563.38 KB

यस बारेमा आफ्नो उत्साह व्यक्त गर्दै उन्मुक्त चन्दले भने, ‘नेपाल प्रिमियर लिगको यस पहिलो सिजनमा लुम्बिनी लायन्सको खेलाडीको रुपमा म मैदानमा उत्रिन आतुर छु । विश्वका विभिन्न क्षेत्रहरूमा क्रिकेट खेलप्रतिको माया बढेको देख्न पाउँदा म निकै खुसी छु । मैले अहिलेसम्म प्राप्त गरेको क्रिकेट खेलको अनुभवलाई आत्मसात् गरी म मेरो टिमलाई भरपूर योगदान दिन चाहन्छु ।’

AS.gif 486.54 KB

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘उन्मुक्त चन्द जस्तो अनुभवी खेलाडीलाई टिममा स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ । उनले विश्वभर प्राप्त गरेको अनुभव र उपलब्धिहरूले हाम्रो टिमलाई बलियो बनाउने मात्र नभई यस लिगको स्तरलाई पनि माथि लैजानेमा हामी विश्वस्त छौं ।’

home (1).gif 1.45 MB

उन्मुक्त चन्दले ६७ फस्ट क्लास खेलहरूमा ३३७९ रन बनाएका छन् जसमा उनको औसत ३१.५७ रहेको थियो । उक्त खेलहरुमा उनको ८ शतक पनि समावेश रहेका छन् । साथै लिस्ट ए क्रिकेटमा उनले ४५०५ रन बनाएका छन् जसमा ४१.३३ को औसतका साथ ७ शतक समेत समावेश छन् । टी–२० मा पनि उनको कीर्तिमान प्रभावशाली छ जहाँ उनले ८४ खेलमा १५६५ रन बनाएका छन् भने उनको ११६.०९ को उत्कृष्ट स्ट्राइक रेट रहेको छ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

नेपाल प्रिमियर लिग २०२४ आगामी मंसिर १५ देखि सुरु भई पौष ६ सम्म चल्नेछ जसमा ८ वटा फ्रेन्चाइज टिमहरू प्रतिस्पर्धा गर्नेछन् । नेपाली र अन्तर्राष्ट्रिय खेलाडीहरूको मिश्रणले यो प्रतियोगितालाई थप रोमाञ्चक बनाउने भएको छ । उन्मुक्त चन्द जस्ता स्टार खेलाडीको आगमनले लिगको स्तरलाई अझ उचाइमा पु¥याउने विश्वास लुम्बिनी लायन्सको रहेको छ ।

NOW.gif 269.92 KB

प्रकाशित मितिः बुधबार, २१ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBZXXSHTJ172EFBJ1GRRHNZ0.jpg

काठमाडौँको भित्तामा ‘साम्बा’

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुचारु गरेको छ ।

ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो ।

Pathivara.gif 163.3 KB

पहिलो चरणमा सुन्धारा, नयाँ बानेश्वर, प्रदर्शनी मार्गका भित्ताहरू लगायतका काम सम्पन्न भएका छन् ।

अहिले कोटेश्वर सरस्वती पार्कमा विभिन्न फुटबल र फुटबलसँग सम्बन्धित व्यक्तिहरूको चित्र बनाउने कार्य भइरहेको छ ।

फुटपाथको भित्तामा नेपाली राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ र नेपाली ‘म्यारोडोना’ भनेर चिनिने मणिविक्रम शाहको चित्र बनाइएको छ ।

Bantawa_Hardware.gif 563.38 KB

यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, बानेश्वर मीनभवन, लैनचौर समाज कल्याण परिषद्को भित्ताहरू चित्र कोरिने महानगरपालिकाले बताएको छ। । 

home (1).gif 1.45 MB

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ ।

चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोस्टर वा कागज नटाँस्ने, चित्रसँग तस्बिर खिच्दा नटाँसिइ अलग्गे खिच्न, अन्य कुनै बस्तुले नलेख्ने जस्ता काम महानगरपालिकाले नागरिकबाट गरेको अपेक्षा हो ।

AS.gif 486.54 KB

प्रकाशित मितिः बुधबार, २१ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBZKP98BT0B5561K14ZXDJ10.jpg

सभापति पक्राउको विरोधमा आज पनि रास्वपाको विरोध जारी रहने

AS.gif 486.54 KB

काठमाडौं । पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् ।

home.gif 1.35 MB

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका हुन् ।
लामिछानेको पक्राउ विरुद्ध रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेको छ ।
Bantawa_Hardware.gif 563.38 KB


मंगलबार भएको प्रदर्शनका क्रममा निषेधित घेरा तोडेको भन्दै १५ जनालाई पक्राउ गरिएको थियो भने भिड नियन्त्रण गर्न ४ राउन्ड अश्रुग्यास समेत प्रहार भएको थियो । झाले विज्ञप्तिमार्फत शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेकाप्रति घोर भर्त्सना गरेका छन् ।

गोर्खा ब्रिट्रिश आर्मी सिंगापुर पुलिस फोर्समा.gif 87.26 KB

प्रकाशित मितिः बुधबार, २१ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBXDJZP8EZAK58WCGTM711TH.jpg

रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की अदालतमा

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ  ।

home (1).gif 1.32 MB

कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबिचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराइएको  हो ।

म्याद थपका विषयमा आज पनि अदालतमा बहस हुनेछ । बहस सकिएपछि म्याद थप गर्ने वा नगर्ने भन्ने टुङ्गो लाग्नेछ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । प्रहरीले लामिछाने माथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ ।

AS.gif 486.54 KB

लामिछानेविरुद्ध रूपन्देहीमा पनि पूरक जाहेरी परेको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई बुटवल लैजाने सम्भावना पनि रहेको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः मङ्गलबार, २० कात्तिक २०८१
https://jawaaf.com/storage/01JBX7756WK3A3JW41YKX7W04D.jpg

मिथिलाञ्चल सहित मधेसमा छठ पर्व आजदेखि विधिपूर्वक सुरु

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौँ । मिथिलाञ्चल सहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।

NOW.gif 269.92 KB

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज व्रतीहरूले नहा खा अर्थात् नुहाएर खाने गर्दछन् ।

AS.gif 486.54 KB

आज व्रतालुले जीउ चोख्याउने काम गर्दछन् । दोस्रो दिन बुधवार खर्ना मनाइनेछ। खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन (विनानुन हालेको) खानेकुरो खाने चलन छ ।

swastikplay and hardware (3).gif 338.56 KB

षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

Bantawa_Hardware.gif 563.38 KB

षष्ठीका दिन व्रतीहरूले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेल सम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् ।

त्यसको भोलिपल्ट अर्थात् शुक्रवार बिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व सम्पन्न गर्नेछन् ।

प्रकाशित मितिः मङ्गलबार, २० कात्तिक २०८१
https://jawaaf.com/storage/01JBX5Z5GNP3SGS6HN3592B7BV.jpg

विश्वकप लिग–टू: वर्षाका कारण अवरुद्ध खेलमा नेपाल र स्कटल्यान्डले अंक बाँडे

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टूको खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छ । सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो । नेपालका ओपनर अनिल शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए । पहिलो ओभरको समाप्तिमा पनि लामो समय खेल रोकिएर सुरु भएको थियो ।

home.gif 1.77 MB

स्कटल्यान्डसँगको १ अङ्क सहित नेपालले त्रिदेशीय शृङ्खलामा ३ अङ्क जोडेको छ । डिभिजन टुको अङ्क तालिकामा नेपाल १२ खेलमा ६ अङ्क सहित सातौँ स्थानमा छ । तालिकामा अमेरिका १२ खेलमा १६ अङ्क सहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छन् । स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अङ्क छ । नामिबियाको १२ खेलमा १० अङ्क छ । ओमानको ९ खेलको ८ अङ्क छ । पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अङ्क छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

Bantawa_Hardware.gif 563.38 KB

प्रकाशित मितिः मङ्गलबार, २० कात्तिक २०८१
https://jawaaf.com/storage/01JBX5459VFRJ4AK8STE69XGQV.avif

अमेरिकामा राष्ट्रपतीय निर्वाचन आज

AS.gif 486.54 KB

काठमाडौं । विश्वभर निकै प्रतीक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुँदैछ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी छ ।

निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् ।

home.gif 1.77 MB

निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउन्ड स्टेट (मतदान गर्न अनिर्णीत मतदाता भएको राज्य)को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो ।

Adv_3.gif 633.78 KB

मतदाताहरूको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

नागरिकले मतदानमार्फत चुनिने प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रूपमा प्रभाव पार्ने कतिपयको धारणा छ । आफ्नो पक्षका उम्मेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् ।

Bantawa_Hardware.gif 563.38 KB

यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचनजस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्रेट र रिपब्लिकन पार्टीले आफ्नो एजेन्डा तय गरेका छन् ।

swastikplay and hardware (3).gif 338.56 KB

कोभिड महामारीपश्चात् अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्यवृद्धिले यहाँको हरेक तहलाई असर परेको छ । खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेहरूका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

तुलनात्मक रूपमा आप्रवासीहरूप्रति नरम नीति अङ्गीकार गर्ने डेमोक्रेटिक पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्नेगरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ । उता अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहणका लागि कडा मेहनत गरिरहेका छन् ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः मङ्गलबार, २० कात्तिक २०८१
https://jawaaf.com/storage/01JBVH6T9Z44BHE0GENDTCDFFX.jpg

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट एक सय २९ जना पक्राउ

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट एक सय २९ जना पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी रामनगर पाटी प्यालेस नजिक बस्ने ४३ वर्षीय सूर्य भन्ने राम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनार समेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ६९ हजार ८ सय १० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

home.gif 1.77 MB

नुवाकोट, बिदुर नगरपालिका–५ माथिल्लो पिपलटार ठुलोगाउँ बस्ने ३० वर्षीय बिनोद कुमालको घरमा कौडा खेलिरहेको अवस्थामा बिनोद समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ९ सय १० रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।

मुस्ताङ, घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको होटल माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय सुरज लालचन समेत १२ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ५२ हजार ८ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

पाँचथर, फिदिम नगरपालिका–१ बस्ने ५६ वर्षीय खेमनाथ अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा अधिकारी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ५ सय ३० रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका–४ सल्यानीबाग बस्ने सुवाष तारामी मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय पृतम शाक्य समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ८ सय २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

AS.gif 486.54 KB

नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका–१५ बस्ने दान बहादुर थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१५ बस्ने ५१ वर्षीय खेम प्रसाद पाण्डे समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ४ सय ५ रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।

कैलाली, गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने ४२ वर्षीय भैरब चन्दको रोयल फेम्ली रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेको अवस्थामा चन्द समेत २० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले. उनीहरूलाई नगद ६९ हजार ९ सय ११ रूपैयाँ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–७ गौडी चोक बस्ने सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–७ बस्ने २४ वर्षीय मुकेश चौधरी समेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार २ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेदकोट नगरपालिका–४ बगुन बस्ने ४६ वर्षीय ईश्वर भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट समेत २० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ९८ रूपैयाँ र ३ सय पत्ती तास सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका–९ राजघाटस्थित यज्ञ बहादुर महराको मदिरा पसलमा जुवातास खेलिरहेको अवस्थामा कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने ५० वर्षीय जियाराम चौधरी समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार २ सय १० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

Bantawa_Hardware.gif 563.38 KB

बर्दिया, बढैयाताल गाउँपालिका–५ बढैयागाउँस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–४ बस्ने २५ वर्षीय राजन थापा समेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय बाँसगढी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय २४ रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः सोमबार, १९ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBV1R9YV92Y7XY0YH636369N.jpg

‘मिस्टर वर्ल्ड २०२४’ मा सहभागी जनाउन सन्तोष लक्सम भियतनाम प्रस्थान


PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । ‘मिस्टर नेपाल २०२४’ को विजेता सन्तोष लक्सम लिम्बु भियतनाम प्रस्थान गरेका छन् । आगामी नोभेम्बर महिनामा भियतनामा सञ्चालन हुने ‘मिस्टर वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै उनी सोमवार प्रस्थान गरेका हुन् । 

AS.gif 486.54 KB

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले ‘मिस्टर वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै देशको सुन्दरता प्रस्फुटन गर्न जान पाउँदा गर्वको महसुस भएको बताए । 

Bantawa_Hardware.gif 563.38 KB

उनले भने, ‘मलाई खुसी लागेको छ । धेरै जनाको सपना बोकेर म जाँदै छु । आफ्नो देशको सुन्दरता प्रस्फुटन गर्न जाँदैछु , यसका कारण पनि म धेरै गर्व गर्न चाहन्छु । ’

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

गएको भदौँ ८ गते मिस्टर नेपाल २०२४’ को विजेता बनेसँंगै उनी आधिकारिक रूपमा ‘मिस्टर नेपाल वर्ल्ड २०२४’ चयन भएका छन् । 

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः सोमबार, १९ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBTZHQ0QTEY3RKCD20B27QMS.jpg

देशभर हाउसफूल ‘पूर्ण बहादुरको सारङ्गी’

Anukul_Farma_Adv..gif 319.4 KB

काठमाडौं । सरोज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले अप्रत्याशित रूपमा दर्शकको मन जितिरहेको छ । बिहीबार लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्रले यतिबेला चौतर्फी चर्चा पाइरहेको छ ।

baba_education.gif 870.63 KB


पहिलो दिनमा उल्लेखनीय दर्शक नपाएको यो चलचित्रले दोस्रो दिनदेखि वर्ड अफ माउथको बलमा उत्कृष्ट प्रतिक्रियापाउन सफल भएको थियो । हाउसफूलको स्थितिमा पुगेपछि अहिले हलहरूले शो थपिरहेका छन्, जसले गर्दा मल्टिप्लेक्सहरूले सुरुका शोभन्दा दोब्बर शो प्रदान गरिरहेका छन् ।

दिपशिखा गहना गृह.gif 471.46 KB


यो चलचित्रलाई सुरुमा देशकै ठूला मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं र बाहिर गरेर कुल ३८ शो दिएको थियो । तर, उच्च मागका कारण आज क्यूएफएक्सले काठमाडौंमा ३१ र बाहिर ३३ गरी कुल ६४ शो उपलब्ध गराएको छ । यसका साथै, अन्य हलहरूले पनि सुरुवातमा तीन(तीन शो मात्र दिएका थिए भने अहिले सात शोसम्म थपेका छन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको अभूतपूर्व साथ पाएसँगै केही हलहरुले मध्यरातसम्म शो राख्नुपरेको र धेरै शोहरू ‘फिलिङ फास्ट’ भएको समेत बताएका छन् । चलचित्रको प्राप्त शोमध्ये सबैको अकुपेन्सी ८० देखि १०० प्रतिशतसम्म देखिन्छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB


मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको यो सिनेमाको पहिलो प्रदर्शनमै दर्शकहरू भावविभोर भएर रुँदै हलबाट बाहिरिएको दृश्यले यसको प्रभाव गहिरो रहेको संकेत गर्छ भने यसले सफलताले नेपाली चलचित्र क्षेत्रमा सकारात्मक उत्साह ल्याएको दर्शकको ध्यान अझै तान्दै जाने अपेक्षा गरिएको छ ।
प्रदर्शनको सुरुवातसँगै निर्माण टिम र चलचित्रका कलाकार दर्शकसँग साक्षात्कार गर्न राजधानीका विभिन्न सिनेमा घर पुगिरहेका छन् । त्यस क्रममा अधिकांश दर्शकहरूलाई चलचित्र कस्तो लाग्यो भनेर प्रश्न गर्दा उनीहरूले भन्ने गरेका थिए चलचित्रले धरधरी रुवायो १ चलचित्र हेरेर हलबाट निस्कँदै गरेका दर्शकले आँखा भरी आँसु लिएर फिर्किएको देखिन्छ ।
सिनेमाको कथावस्तु, कलाकारहरूको दमदार अभिनयले ‘पूर्ण बहादुरको सारङ्गी’ लाई नेपाली फिल्म उद्योगमा एउटा प्रभावशाली सिनेमा बन्न सक्ने विश्वास दिलाएको छ ।

Bantawa_Hardware.gif 563.38 KB


बाबु(छोराको सम्बन्धलाई विशेष ध्यान दिएको सिनेमाले गन्धर्व समुदायको सांस्कृतिक महत्त्व र अस्तित्व जोगाउन खोज्दा समाजले हेर्ने फरक दृष्टिकोणलाई उजागर गरेको छ। निम्न वर्गका परिवारले माथि उठ्न खोज्दा हुनेखानेहरूले गर्ने व्यवहारलाई पनि सिनेमामा देखाइएको छ। यस विषयमा दर्शकहरूले सामाजिक सञ्जालमा विभिन्न सकारात्मक प्रतिक्रिया दिएका छन् । यस्तै, समीक्षकहरूले सिनेमा सराहना गरेका छन् ।


सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

swastikplay and hardware (3).gif 338.56 KB


चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। सिनेमामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा रहेका छन् ।
चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । यो सिनेमालाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः सोमबार, १९ कात्तिक २०८१