आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JC8D0BHSTDZN7B12M608N6ER.jpg

ओली नेतृत्वको सरकार काँग्रेस–एमाले मिलेर बनेको होइन : अध्यक्ष दाहाल

AS.gif 486.54 KB

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केपी ओली नेतृत्वको सरकार काँग्रेस–एमाले मिलेर नबनेको बताएका छन् ।

माओवादी केन्द्रको नेतृत्ववाला सरकारले बिचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएकाहरूले एमाले र काँग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएपछि सरकार परिवर्तन भएको उनको भनाइ छ ।

योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल थाहा नगरपालिकाको दोस्रो नगर अधिवेशनमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले आफूहरूको नेतृत्वको सरकारले भ्रष्टाचारीलाई धमाधम पक्राउ गर्न थाल्दा आत्तिएकाहरूले कुनै एउटा व्यवसायीको घरमा बसेर सरकार ढाल्ने कथा लेखेको बताए ।

Pathivara.gif 82.25 KB

आफू अघिल्लो सरकारमा सके राम्रो गर्छु, तर नराम्रो गर्दिनँ र नराम्रो गर्न दिन्न भन्ने संकल्पसहित आएको र सोहीअनुसारको काम गर्दा दलालहरूको सात्तो गएको उनको भनाइ छ ।

आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय मञ्चमा समेत शीर उठाउनेगरी राम्रा काम भएको बताउँदै प्रचण्डले सयुक्त राष्ट्रसङ्घमा जलवायु परिवर्तनबारे आफ्नो धारणा सुनेर संघका महासचिव नेपाल आएर नेपालबाट अन्तर्राष्ट्रिय सन्देश दिएको बताए ।

Planning_Consultancy.gif 1.45 MB

प्रचण्डले काँग्रेस–एमालेले चाहेअनुसार माओवादी आन्दोलन नमर्ने दाबी गरे । ३२ सिट हुँदा त एमाले–काँग्रेसको सात्तो गएको भन्दै उनले अबको निर्वाचनमा माओवादीले बहुमत ल्याउँदा उनीहरूको होस नै उड्ने जिकिर गरे ।

Bantawa_Hardware.gif 563.38 KB

उनले अब चाँडै माओवादीले देशको सबै जिल्ला, स्थानीय तहमा आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताए । प्रचण्डले आफू अझै ५–७ वर्ष स्वस्थ हुने र नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नगरी विश्राम नलिने बताए ।

‘संसदीय पुराना खेलाडी जालझेल गर्न सिपालु, तर हामीले गरेको कामको बारेमा जनतामाझ लान नसकेको कारण हामी केही पछि परेका हौँ कि भन्ने भान भएको छ’, प्रचण्डले भने ।

swastikplay and hardware (3).gif 338.56 KB

हालको सरकारले सय दिनमा गरेको भनेर सार्वजनिक गरिएको कार्यक्रम आफ्नो कार्यकालमा भएको कार्यक्रमको फेरिईस्त भएको उनले बताए ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले माओवादी आन्दोलन चिल भएको बताए । चिलले आवश्यक परेको अवस्थामा ह्वात्तै उडान बढाउन सक्ने भन्दै उनले माओवादलाई कमजोर नआक्न चेतावनी दिए ।

अहिलेको सरकार भ्रष्टाचारको चङ्गुलमा फसेको बताउँदै उनले देशलाई भ्रष्टाचारको चङ्गुलबाट मुक्त गर्न माओवादी देशको नेतृत्वमा आएरै छाडनुपर्ने बताए ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शनिबार, २४ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC77JBRZR2MZDAFYV5FVDCDG.jpg

टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं ।  ठुङ्गरम इन्टरनेसनल एकेडेमी टिआइएको आयोजनामा टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आगामी सोमबार देखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर ब्वाइज र गर्ल्स तथा स्टाफ गरि तीन विधा समावेश गरिएको छ । सियिनर ब्वाइज र गर्ल्स फुल कोर्ट तथा स्टाफतर्फ भने थ्री वाइ थ्रीमा प्रतिस्पर्धा हुनेछ।

Pathivara.gif 82.25 KB

बुढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडास्थित टिआइएकै कोर्टमा हुने प्रतियोगितामा सियनर ब्वाइज र गर्ल्समा समान १६ तथा स्टाफमा १२ टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

Bantawa_Hardware.gif 563.38 KB

प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्नेले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमति बजेट ४ लाख ५० हजार रहने आयोजकको भनाई छ ।

AS.gif 486.54 KB

टिआइएका प्रधानाध्यापक उत्तमराज थापाले विद्यालयबीचको आपसी सम्बन्ध मजबुद होस् र खेलाडीको क्षमतामा वृद्धि होसन् भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरिन लागेको बताए ।

प्रकाशित मितिः शनिबार, २४ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC5SF9HBB6X5B9FH98A176M6.jpg

बिपी प्रतिष्ठान धरानमा पूर्व विद्यार्थीहरूको सम्मेलन हुने

NOW.gif 269.92 KB

धरान । उपत्यका बाहिर पहिलो पटक चिकित्सा शिक्षा अध्ययन गर्न सुरु गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरूको सम्मेलन कार्तिक २५ गते आइतवार हुने भएको छ । नेपालका विभिन्न प्रतिष्ठान सँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका पूर्व विद्यार्थीहरूको सम्मेलन गर्ने तयारी सुरु गरिएको हो ।

Pathivara.gif 82.25 KB

प्रतिष्ठानको स्थापन भएको ३० वर्षपछि अनुभव आदान प्रदान गराउने हिसाबले सम्मेलन आयोजना गरिने भएको छ । सम्मेलनले प्रतिष्ठानको विकास तथा प्रवर्धन र अनुभव आदान प्रदानमा महत्वपूर्ण भूमिका खेल्ने आसा राखिएको छ । सम्मेलनमा प्रतिष्ठानको मात्र नभइ देशकै प्रतिष्ठानहरू तथा चिकित्सा क्षेत्रको विकास, अध्ययन अनुसन्धानको बारेमा समेत छलफल हुने पूर्व विद्यार्थी संघका महासचिव एडिसनल प्रोफेसर डाक्टर विकास साहले जानकारी दिएका छन् । ‘सम्मेलनमा प्रतिष्ठानको विकास सँगै चिकित्सकहरूको समस्याहरू सँगै अनुभव आदान प्रदान हुनेछ उनले भने विदेशमा विभिन्न विश्वविद्यालयमा छात्रवृत्तिबाट अध्ययन तथा अनुसन्धान गर्न जाने चिकित्सकहरूलाई त्यहाँ रहेका पूर्व विद्यार्थीहरूले सहजीकरण गर्ने छन् ।

Bantawa_Hardware.gif 563.38 KB

भारतको एम्स मेडिकल कलेजको अवधारणामा नेपालमै पहिलो पटक धरानमा चिकित्सा शिक्षा अध्ययन, अनुसन्धान तथा विशेषज्ञ उपचार गर्ने उद्देश्यले पहिलो प्रतिष्ठानको रूपमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको थियो । प्रतिष्ठानका पूर्व विद्यार्थी डाक्टर मङ्गल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको रूपमा काम गरिरहेका छन् भने मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत बिपी कै विद्यार्थी डाक्टर अङ्कुर शाह उपकुलपति भएर काम गरी रहेका छन् ।

दिपशिखा गहना गृह.gif 471.46 KB

त्यसो त कर्णालीका शिक्षाध्यक्ष डाक्टर डवल राज धामी, निर्देशक डाक्टर पूजन रोकाया पनि बिपीकै उत्पादन हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टर प्राध्यापक श्याम लम्साल तथा मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सितस देव पनि प्रतिष्ठानकै उत्पादन हुन् भने बिपी अस्पताल निर्देशक डा जगत नारायण पनि यहीका उत्पादन हुन् ।

Planning_Consultancy.gif 1.45 MB

बिपीे अध्ययन गरेका विद्यार्थीहरू भारतका विभिन्न अस्पताल सँगै अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशका अस्पतालहरूमा समेत नेतृत्वदायी भूमिकामा रहेको संघका अध्यक्ष प्राध्यापक डाक्टर रोविन मास्केले बताए । सम्मेलनले प्रतिष्ठानको सँगै देशकै चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति विसङ्गतिको अन्त्य गर्न महत्त्वपूर्ण सहयोग पुग्ने जनाएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शुक्रबार, २३ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC5M7T3RWAMSARDAJKJEF1DF.jpg

कर्तव्य ज्यान मुद्‍दाका फरार प्रतिवादी पक्राउ

Daily_Dose_Adv_07_07.gif 652.54 KB

धरान । कर्तव्य ज्यान मुद्‍दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरिएको छ । सुनसरी, झुम्का कारागारबाट २०६९ कात्तिक २३ गते राति फरार भएका कैदी विनायक यादवलाई पक्राउ गरि आज पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको हो । 

Pathivara.gif 82.25 KB



फरार कैदी विनायक यादवलाई  बिहिवार राति जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका ९८ स्थित पथरचट्टानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले बताउनुभयो । 



AS.gif 486.54 KB



हतियार सहित पक्राउ परेका इनरुवा निवासी यादवलाई प्रहरीले आज शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा  सार्वजनिक गरेको हो । फरार रहेका विनायक हतियारसहित उक्त स्थानमा रहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले घेरा हाली पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिमल्सिनाले बताउनुभयो  ।

 


Bantawa_Hardware.gif 563.38 KB



हतियार सहित रहेका विनायकलाई पक्राउ गर्न प्रहरीले एक राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता  रामप्रसाद तिमल्सिनाले बताउनुभयो । २०६५ वैशाख १६ गते सुनसरीको प्रकासपुरका केशव कार्कीलाई गोली हानी हत्या गरेको अभियोगमा विनायक झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए।

 


NOW.gif 269.92 KB



पक्राउ परेका विनायकको साथबाट सिक्सर रिभल्भर पेस्तोल एकथान र १२ थान गोली बरामद गरिएको प्रवक्ता  तिमल्सिनाले बताउनुभयो। उहाँले पक्राउ परेका विनायकलाई जिल्ला अदालत सुनसरीमा बुझाइ पुन कारागार चलान गरिने बताउनुभयो ।



प्रकाशित मितिः शुक्रबार, २३ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC5AJR9EJ8DZKNQMFKPZJ6C5.jpg

सुनचाँदीको मूल्य बढ्यो

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ तोकेको छ ।

Planning_Consultancy.gif 1.45 MB

आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो । यसअघि बिहीबार सुन १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । बिहीबार तोलामा १९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मितिः शुक्रबार, २३ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC52T1G79FZZ16W51W624WTJ.jpg

उपनिर्वाचन : हेटौंडा–१२ मा यस्तो थियो गत निर्वाचनको मत परिणाम, यसपटक कसको पल्ला भारी ?

हेटौंडा । निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पनि चर्चामा रहेको छ । १२ नम्बर वडामा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमाले मुख्य प्रतिष्प्रर्धीका रुपमा देखापरेका छन् ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा यी तीन पार्टीबिच तीव्र प्रष्तिप्रर्धा भएको थियो । हालसम्म अहिलेको निर्वाचनमा पनि त्यही अवस्था देखिन्छ ।

गतचुनावमा हेटौँडा–१२ माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३ सय ४० मत पाएका थिए । यस्तै एमालेका राजेश नगरकोटीले १ हजार ३ सय २५ मत पाएका थिए ।

गतनिर्वाचनमा तीन दलका उम्मेदवारबिचको मतान्तरमा खासै फरक छैन् । विजय भएका माओवादीका घलान र दोस्रो भएका काँग्रेसका तिवारी बीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्रो भएका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । दोस्रो भएका तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो ।

गतनिर्वाचनमा तीनै दलका उम्मेदवारले पाएको मतलाई हेर्दा चुनावमा कसले बाजी मार्छ अनुमान लगाउन सक्ने अवस्था नरहेको स्थानीय मतदाता बताउँछन् ।

माओवादीबाट वडा अध्यक्षमा विजयी घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि उक्त स्थान खाली रहेको थियो । जुन स्थानका लागि निर्वाचन आयोगले निर्वाचन गराउन लागेको हो । जसका लागि माओवादीले रविन प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय रहेको छ ।

यस्तै एमालेले पनि राजेश नगरकोटीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । गतस्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार रहेका नगरकोटी यसपटक पनि सर्वसम्मत उम्मेदवार छनौट भएका हुन् ।

काँग्रेसले भने अझै वडा अध्यक्षको उम्मेदवारको टुङ्गोलगाउन सकेका छैन् । वडाबाट पाँच जनाको नाम सिफारिस भएपनि जिल्ला पार्टी समितिबाट अन्तिम टुङ्गोलगाउन सकेको छैन् । वडाबाट अर्जुन तिवारी, शरण घिसिङ, कुमार पोखरेल, गीता न्यौपाने, सुदर्शन लामाको जिल्लामा सिफारिस भएको जनाइएको छ । जिल्ला तहका एक नेताका अनुसार तिवारीलाई उम्मेदवार बनाउने तयारी छ ।

प्रकाशित मितिः शुक्रबार, २३ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC4RWBPB9Z8XC6BQJSWDW674.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नति गर्ने काम हुने हुँदा आजदेखि दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको हो ।

Pathivara.gif 82.25 KB

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्ने  प्राधिकरणले जनाएको छ ।

Bantawa_Hardware.gif 563.38 KB

स्तरोन्नतिको काम पूरा गर्न १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ ।

स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

baba_education.gif 870.63 KB

आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआईएको धावनमार्गसँगै समानान्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ । उनले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको बताए ।

दिपशिखा गहना गृह.gif 471.46 KB

नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।

AS.gif 486.54 KB

प्रकाशित मितिः शुक्रबार, २३ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC4R8901FSKT4ZM6HXBXFXK3.jpg

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

काठमाडौं । यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो । 

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि तराईका जिल्लाका विभिन्न नदी, तलाउ र पोखरीसँगै काठमाडौं उपत्यका लगायतका क्षेत्रका नदी तलाउ र पोखरीमा रातभर जाग्राम बसी शुक्रवार बिहान अर्घ्य दिएसँगै छठ सकिएको हो । 

Pathivara.gif 82.25 KB

छठको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ्य दिएका भक्तजनले बिहीबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गरेपछि छठ समापन भएको हो । 

Planning_Consultancy.gif 1.45 MB

बुधबार सरकारले देशभर सार्वजनिक बिदा दिएको थियो । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।

अब छठीमातालाई लगाइएको प्रसाद आफन्तजन कहाँ लैजाने परम्परा रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, २३ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC4QDDPT0H8W3NNSFS7FZRVD.webp

मौसम पूर्वानुमान : यी चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

AS.gif 486.54 KB

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

NOW.gif 269.92 KB

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

प्रकाशित मितिः शुक्रबार, २३ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC4PN071NHW8ESKX5XHZZ3S5.webp

बढ्यो अमेरिकी डलर र युरोको भाउ

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरोको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा कायम भएको छ ।

Pathivara.gif 82.25 KB

त्यस्तै, आज युरो एकको खरिदर एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम भएको छ

त्यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा रहेको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, २३ कात्तिक २०८१