जापानमा गुन्जिदै स्वप्न सुमन
काठमाडौँ । गायक स्वप्न सुमन जापानमा गुन्जिने भएका छन् । ‘स्वप्न सुमन एन्ड द एस्टर्स लाइभ इन टोकियो’ नाम दिइएको साङ्गीतिक कार्यक्रम हुने भएको हो ।
जसमा स्वप्न सुमन गुन्जिनेछन् । एस्टर्स ब्यान्ड सहित उनले प्रस्तुति दिनेछन् । एस्टर्स उनको ब्यान्ड हो ।
कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीत गाउनेछन् । कार्यक्रम डिसेम्बर १ मा हुनेछ । टि–२ सिनजुकुमा हुने कार्यक्रममा चार हजार जापानी येन चार हजारदेखि १० हजारसम्मको टिकट मूल्य रहेको छ । ३ बजे कार्यक्रम स्थलमा प्रवेश खुला गरिनेछ भने ६ बजेबाट कार्यक्रम सुरु हुनेछ ।
म्याक्स इन्टरटेनमेन्टको प्रस्तुति रहेको कार्यक्रममा स्वप्न सुमनले आफ्ना ब्यान्ट सहित दर्जन लोकप्रिय गीत गाउनेछन् ।
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर
काठमाडौँ । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।
आइतवार ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा नगर प्रहरीले डोजर चलाएको हो ।
नगरप्रमुख हाछेथुले सहकारीले सरकारी बाटो मिचेर बिना नक्सा मापदण्ड विपरीत गएर संरचना बनाएको बताए । उनले सहकारीलाई ७ दिने सूचना निकालेर ध्यानाकर्षण गराउँदा पनि व्यवस्था नगरेको कारण आफूहरुले डोजर चलाएको उनको भनाई छ ।
उनले भने,‘यहाँ मापदण्ड विपरीत गएर संरचना बनाइएको थियो । यो मापदण्ड विपरीत छ भनेर पहिले नै निर्णय भइसकेको थियो । सहकारीले जनताको बाटो बढि मिचेर संरचना बनाएको छ । जनताको बाटो जनताले नै प्रयोग गर्न पाउनुपर्छ भन्ने हो । यहाँ मुद्दा परेपछि संरचना भत्काउन अदालतले ललितपुर महानगरपालिकालाई निर्देशन दिएसँगै ललितपुर महानगरको निर्देशनमा भत्काउन सुरु गरेका हौँ । हामीले ७ दिनको समय पनि दिएका थियौँ ।’
श्रव्यदृश्यमा हेर्नका लागि लिङ्क क्लिक गर्नुहोस् ।
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/oF5urIh7m-M?si=_Voj43V4hT4PthYw" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रवार सुन तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १९६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
रास्वपाले भन्यो – ‘जनसमर्थन र प्रभाव बढेपछि रवि लामिछानेलाई पक्राउ गरिएको हो ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनसमर्थन र प्रभाव बढेपछि सभापति रवि लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखिएको बताएको छ । शनिवार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले लामिछानेलाई हिरासतमा राख्नु रास्वपाको प्रभाव र जनसमर्थन दबाउने षड्यन्त्र भएको निष्कर्ष निकालिएको कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनमा सहकारीबाट ऋण लिने प्रक्रियामा लामिछानेको संलग्नता नरहेको उल्लेख भए पनि सत्ता गठबन्धनले राजनीतिक रूपमा निषेध गर्न लामिछानेलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘सभापति रवि लामिछाने विरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी यस कार्यको घोर भत्सर्ना गर्दछ । यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढदो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याई छ ।
साथै रास्वपाले संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नम्बर ४४९ मा सहकारी संस्थाबाट गोर्खा मिडिया प्रालिमा रकम लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको भएतापनि सोही अभियोगमा पक्राउ गरिएको र उक्त पक्राउ पछि वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रूपमा निषेध गर्न हो भन्ने कुरा प्रस्ट देखिन्छ । कुनै बेला राजनीतिक स्वतन्त्रताका लागि सङ्घर्ष गरेका दलहरू आज नविन विचार र आवाजलाई दबाउन उद्धत छन ।
राज्यको यस्तो स्वेच्छाचारी, दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरीत छ । रास्वपा आम नेपाली जनतालाई राज्यको यो खतरापूर्ण चरित्रलाई पहिचान गर्न आग्रह समेत गर्दछ । तसर्थ, राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य सत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साथै साझा राष्ट्रिय मुद्दाको हरूमा केन्द्रित रही सञ्चालन गर्न गईरहेको दोस्रो चरणको सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आह्वान समेत गर्दछ ।
मिति २०८० माघमा राष्ट्रिय स्वतन्त्र पार्टीले तयार पारी सम्माननीय प्रधानमन्त्रीलाई समेत बुझाएको सहकारी र लघुवित्त संस्थाहरूको समस्या समाधान नीतिगत योजना र समाधानका उपायहरूलाई आधार मान्दै सहकारी, लघु वित्त एवं मिटरब्याज पीडितहरूको सरोकार सम्बन्धी तृणमूल अभियानलाई गति दिन एक महिना भित्र रास्वपाका सम्बन्धित पालिकाका संरचनाहरूमा सहकारी नियमनको आवश्यकता एकिन गरी कार्यक्रम बनाएर पीडितहरूको समस्या अनुसार बचत रकम फिर्ता गराउन दवावमूलक कार्यक्रमको अगुवाइ गर्ने ।
आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएका स्वेच्छाचारी राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र संगठित भ्रष्टाचारका विरुद्ध आम जनसमुदायमा जागृति फैल्याउने अभियान सञ्चालन गर्ने । ’
त्यसैगरी बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पनि मुलुकमा विद्यमान राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र भ्रष्टाचारविरुद्ध आम जनतालाई जागृत बनाउने गरी अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको उजुरी परेपछि २ कात्तिकमा लामिछाने पक्राउ परेका छन् । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीमाथि संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको छ ।
यु–१९ महिला विश्वकप छनोट अन्तर्गत आज नेपालले थाइल्याण्डसँग दोस्रो खेल खेल्दै
काठमाडौँ । युएईमा जारी आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्ड विरुद्व खेल्ने भएको छ ।
नेपाल र थाइल्याण्ड बीचको खेल आज दिउँसो सवा ३ बजे बजे सुरु हुने छ । गत बुधवार देखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो। उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो।
सैगरी शनिवार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स युएईसँग १३ रनले पराजित भएको छ।
प्रतियोगितामा आयोजक युएई सहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। प्रत्येक टोलीले एक अर्कासँग दुई दुई खेल खेल्ने छन्।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक कोटेश्वरको पेरिसडाँडा स्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने बताइएको छ ।
बैठकमा आगामी उपनिर्वाचनमा विपक्षमा रहेका दलहरूबिच तालमेल गर्ने/नगर्ने विषयमा पनि छलफल हुने बताइएको छ । बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन लगायत समसामयिक राजनीति विषयमा छलफल हुने जनाइएको छ ।
आज मन्त्रीपरिषद्को बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । बैठक आज साँझ प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बोलाइएको सचिवालयले जनाएको छ । आजको बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस हुने जनाइएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि अघिल्लो हप्ता नियमित बैठक बस्न सकेको थिएन ।
आज फाल्गुनन्दको जन्मजयन्ती,१ नं. प्रदेशमा सार्वजनिक बिदा
धरान। किराँत धर्मावलम्बीहरूका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको ४० औँ जन्मजयन्ती आज मनाइँदै छ । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको बताइन्छ ।
१९४२ कात्तिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दले समाज-सुधारका लागि नीति निर्माण गरेका थिए जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।
छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने जस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्।
किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ सालमा निधन भयो।
किराँत समाज सुधारमा पु¥याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।
किरात समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाइन्छ । यो अवसरमा प्रदेश सरकारले आइतवार सार्वजनिक बिदा दिएको छ ।
फाल्गुनन्दले समाज-सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।
विमल कृति पुरस्कार थामसुहाङको निबन्धलाई
धरान । विमल कृति पुरस्कार २०८० इलामका कवि प्रकाश थामसुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि बिमल गुरुङ्गको ५३ औ वार्षिक जन्म जयन्तीको अवसरमा कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले रु.२ लाख राशि स्वरूप शब्दथुमलाई विमल कृति पुरस्कार प्रदान गरिएको हो ।
धरान उपमहानगरपालिका १८ स्थित पुस्तकालयको हलमा शनिवार सम्पन्न ३३ औँ राष्ट्रिय कविता महोत्सवको अवसरमा आयोजीत कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्व विधालय नेपालका उपकुलपति प्रा.डा. भिम खतिवडा र कवि पुस्तकालयका संचालक पूर्ण बहादुर गुरुङले पुरस्कार प्रदान गर्नु भएको हो ।
कृति पुरस्कारका लागि देश तथा विदेशमा रहेका नेपाली भाषी, लेखक, साहित्यकार सर्जकहरूबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएका मध्येबाट निर्णायक समितिको सिफारिस अनुसार कवि साहित्यकार थामसुहाङको निबन्ध कृति पुरस्कृत भएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले जानकारी दिनुभयो ।
सोही अवसरमा युवा कवि विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरूङ स्मृति पुस्तकालय युवा प्रतिभा स्वरूप रु. १०हजार पुरस्कार प्रदान गरिएको पुस्तकालयका सदस्य चन्द्र गुरुङले बताउनुभयो ।
त्यस्तै १०३ वर्षीय ज्येष्ठ नागरिक दिलमाया गुरुङलाई रु.५ हजार सहित सम्मान गरिएको आयोजकले जनाएको छ । त्यस्तै सिक्किमका लेखक टिबि चन्द्र सुब्बा र विरेन गुरुङलाई पनि नगद सहित सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।
राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशका कविबाट प्राप्त भएका ८१ कविताहरू मध्ये १० कविता छनौट गरिएको थियो जसमा उत्कृष्ट तीन कवितालाई क्रमशः प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिएको थियो ।
कविता प्रतियोगितामा प्रथम नवलपरासीको प्रदीप ढुङगाना प्रथम हुनुभएको छ । उहाँले “सपना” शीर्षकको कविता वाचन गर्नुभई प्रथम हुनुभएको हो । यसैगरी हाल बेलायत बसोबास गर्ने शान्ति लिम्बुको “थेम्स नदीको किनारै किनार” दोस्रो र मोरङकी समिक्षा छिलिङ राईको “फूल र म” कविता तेस्रो हुनुभएको छ । उहाँहरूलाई कार्यक्रमको प्रमुख अतिथि नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा.डा. भिम खतिवडा, र कवि पुस्तकालयका सञ्चालक समिति अध्यक्ष पूण बहादुर गुरुङले क्रमशः नगद रु.२१ हजार, १८ हजार, १७ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।
८१ कविताहरू प्राप्त भएकोमा उत्कृष्ट १० कवितालाई अन्तिम प्रतिस्पर्धाका लागि सिफारिस गरिएको थियो । प्रतियोगितामा समिक्षा छिलिङ राईको फूल र म, दिपेन्द्र आचार्यको ल्याप्चे, मिन्जाई राईको बुढो परदेशी, प्रसान्त उप्रेतीको विलासी राता बाकस, लेकाली कान्छा मुक्कुमको रैथाने बगैँचाको अर्गानिक मुस्कान र दिपा मग्रातीको देशमा मेरो अनुहार कविता उत्कृष्ट १० छनोट भएको थियो ।
प्रधानमन्त्रीको चीन भ्रमणका लागि दुई दलीय संयन्त्र बनेको होइन् : उपमहासचिव ज्ञवाली
काठमाडौँ । नेकपा एमालेले सिङ्गो पार्टी पङ्क्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सिफारिस उम्मेदवारको नाम अनुमोदन गरेको छ ।
शनिवार बसेको एमाले सचिवालय बैठकले एमालेको तर्फबाट सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेको र सिङ्गो पार्टी पङ्क्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति परिचालन हुन आह्वान गर्ने पनि निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले भने, ‘उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट सिफारिस भई आएका,प्रदेश कमिटीले निर्णय गरी पठाएका उम्मेदवारको नाम अनुमोदन गर्ने काम गरेको छ र सिङ्गो पार्टी पङ्क्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ ।’
त्यस्तै, उनले एमाले र काँग्रेसले बनाइएको दुई दलीय राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको दाबी गरे ।
दुई दलबिच निरन्तर संवाद सहकार्य भइरहने वातावरण निर्माणका लागि वृहत् उद्देश्यकासाथ संयन्त्र बनाइएको उनको भनाई छ ।
उनले भने, ‘पहिलो कुरा राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्नका लागि बनाइएको होइन । दुई दलले सरकारको नीतिगत प्राथमिकता र संकल्प भनेर एउटा दस्ताबेज तयार गरेका थियौँ, जसमा म पनि थिए । सरकारले त्यसलाई आत्मसाथ गरेको छ त्यसको कार्यान्वयनलाई सहजीकरण गर्ने र दुई दलबिच निरन्तर संवाद सहकार्य भइरहने वातावरणका निर्माणका लागि वृहत् उद्देश्यकासाथ संयन्त्र बनेको हो ।’
भिडियो लिङ्क क्लिक गर्नुहोस्
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/uoLKkqQRoaU?si=SyglsuC2t0T70N1M" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>















































