सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JE357D2TYCCSMTEKK0YAXVYG.jpg

कोइरालाको कोसी भेला रोक्न काँग्रेसको सर्कुलर, भेला नरोकिने दाबी

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाको अग्रसरतामा विराटनगर र बेलबारीमा आयोजना हुन लागेको स्थानीय तहका सभापतिहरूको भेला नेपाली काँग्रेसको केन्द्रीय कार्यालयले पत्र पठाएरै रोक्न निर्देशन दिएको छ।

Untitled design.gif 487.04 KB

कोइराला पक्षले कोसी प्रदेशको विराटनगर र बेलबारीमा मङ्सिर  १७, १८ र १९ गते प्रदेश भित्रका स्थानीय तहका सभापतिहरूको भेला राखेका थिए। सो कार्यक्रममा सबै जिल्ला सभापति, क्षेत्रीय सभापतिहरूलाई समेत डाकिएको थियो।

baba_education.gif 870.63 KB

तर काँग्रेस केन्द्रीय कार्यालयले भने २२ गते निर्धारित स्थानीय तहका सभापतिहरूको भेला बाहेक अन्य कुनै कार्यक्रम नरहेको भन्दै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोशिका सबै जिल्ला सभापतिलाई पत्र पठाएका हुन।

पौडेलले सोमबार कोसी प्रदेशका जिल्ला सभापतिलाई पत्र पठाउँदै २२ गते पूर्व अन्य कुनै पनि कार्यक्रम आयोजना नगरिएको भनेका छन्।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

तर कोइरालाको सचिवालयले भेला नरोकिएको र भव्य रूपमा सम्पन्न हुने बताए । ‘पार्टीलाई चलायमान र सुदृढ बनाउनका लागि भेला बोलाइएको हो । यसमा कुनै समूह वा गुटको प्रभाव छैन । स्वतःस्फूर्त रूपमा भेलामा सहभागी हुन सकिन्छ । सबैलाई निम्ता पठाइसकेको छ,’डा.कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने ।

काँग्रेस कोसी प्रदेशले पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा प्रदेश राजधानी विराटनगरमा सम्मेलन गर्ने निर्णय गरेको थियो ।

Photo.jpg 71.65 KB

प्रकाशित मितिः सोमबार, १७ मंसिर २०८१
https://jawaaf.com/storage/01JE2K4ZDNEYX2BQ35E49W4X0Y.jpg

हेटौँडा–१२ को वडाध्यक्षमा नेपाली काङ्ग्रेस विजयी

Daily_Dose_Adv_07_07.gif 652.54 KB

हेटौँडा । मकवानपुरको हेटौँडा–१२ मा भएको स्थानीय तहको उपनिर्वाचन अन्तरगत वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका अर्जुन प्रसाद तिवारी विजयी भएका छन् । उनी २ हजार ६३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गरेका एमाले उम्मेदवार राजेश नगरकोटीले १ हजार ३ सय ९८ मत प्राप्त गरेका थिए । 

यस अघि यो वडा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

माओवादीबाट वडाध्यक्ष जितेका ललित घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त भएको पदमा निर्वाचन भएको हो । कुल ८ हजार ५३ मत रहेको वडामा ५ हजार ४ सय ८६ मत खसेको थियो  ।

Pathivara.gif 82.25 KB

प्रकाशित मितिः सोमबार, १७ मंसिर २०८१
https://jawaaf.com/storage/01JE2J9PZ6X9XBW2KER5CCNCDN.jpg

प्रधानमन्त्री ओली, आज चीनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि जाँदै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा उनी चीनको बेइजिङ जान लागेका हुन् । उनले २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका छन् ।  

Pathivara.gif 82.25 KB

भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसको साथै, ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।

baba_education.gif 870.63 KB

यस्तै, उनको पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने, बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

त्यस्तै, नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत रहने छन् । 

Bantawa_Hardware.gif 563.38 KB

प्रकाशित मितिः सोमबार, १७ मंसिर २०८१
https://jawaaf.com/storage/01JE2HV40DWBF682AKR1X3221G.avif

यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर

AS.gif 486.54 KB

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा रहेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ८२ र बिक्रीदर एक सय ७२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

Pathivara.gif 82.25 KB

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ०१ पैसा र बिक्रीदर नौ रुपैयाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा तोकिएको छ ।

baba_education.gif 870.63 KB

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ ३५ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ ९१ पैसा तोकेको छ । 

प्रकाशित मितिः सोमबार, १७ मंसिर २०८१
https://jawaaf.com/storage/01JE1430X50SG9ABXHB609WAJZ.jpg

उपनिर्वाचन मतदान सकियो, आजै रातिबाट परिणाम आउने

Pathivara.gif 82.25 KB

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ । आज(आइतबार) बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जनाएको छ । आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज २९३ मतदान केन्द्रबाट मतदाताले मतदान गरेका छन् ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

आज रातिबाट नै परिणाम आउन सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।

तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् भने रुकुम पूर्व जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

baba_education.gif 870.63 KB

प्रकाशित मितिः आइतबार, १६ मंसिर २०८१
https://jawaaf.com/storage/01JE0NTZXBZC3Z9ZXWB1R3GXYB.jpg

धनुषाधाम वडा नम्बर १ मा ४८ प्रतिशत मतदान सम्पन्न

Pathivara.gif 82.25 KB

धनुषा । स्थानीय तहको उपनिर्वाचनको क्रममा धनुषाको धनुषाधाम वडा नम्बर १ मा अहिले सम्म ४८ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन कार्यालय धनुषाधामका मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काले जनाए अनुसार बिहान सात बजे देखि सवा १२ बजेसम्ममा ४८ प्रतिशत मतदान भएको छ ।

आज बिहान सवा सात बजेदेखि सुरु भएको मतदाताको क्रममा १५५१ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत खड्काले बताए । आज अपराह्न ५ बजे सम्म मतदान प्रक्रिया चल्नेछ भने आजै राति नै मतगणना थालिने छ । धनुषाधाम नगरपालिका वडा नम्बर १ मा कुल २ हजार ६ सय ३६ मतदाता छ । मतदानको लागि तीन स्थानमा मतदान केन्द्र तोकिएको छ । धनुषाधामको गोविन्दपुर, वडा नम्बर १ को वडा कार्यालय र मुंग्राहास्थित मतदान निमाविमा मतदान केन्द्र रहेको छ ।

मतदान स्थलमा निकै चहलपहल बढेको छ भने शान्तिपूर्ण रूपमै मतदाताहरू अहिलेसम्म मतदान गरिरहेको छ ।

AS.gif 486.54 KB

प्रकाशित मितिः आइतबार, १६ मंसिर २०८१
https://jawaaf.com/storage/01JE0KNK0G425CD9W9B42Y4ZDR.jpg

चार देशका राजदूतले लिए शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष चार देशका राजदूतले शपथ ग्रहण गरेका छन् । आइतबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा.शैल रुपाखेती, साउदी अरबका लागि डा.नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गरेका हुन् ।

Pathivara.gif 82.25 KB

शपथ ग्रहण कार्यक्रममा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेका थिए।

Photo (3).jpg 997.72 KB

प्रकाशित मितिः आइतबार, १६ मंसिर २०८१
https://jawaaf.com/storage/01JE0JV03RK43Z4JA4BX38EGDM.jpg

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला चार सय रुपैयाँले घटेर एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रवार प्रतितोला एक लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यसै गरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रवार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ घटेको हो ।

प्रकाशित मितिः आइतबार, १६ मंसिर २०८१
https://jawaaf.com/storage/01JE018NS1QSYVBRJ4921Y38ED.jpg

स्थानीय तहका रिक्त पदका लागि मतदान हुँदै

काठमाडौँ । आज आइतवार स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि  मतदान हुँदै छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Pathivara.gif 82.25 KB

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक  अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । 

Bantawa_Hardware.gif 563.38 KB

प्रकाशित मितिः आइतबार, १६ मंसिर २०८१
https://jawaaf.com/storage/01JDZZMPJQBH4SVK49MWA48B5Q.jpg

यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १ सय २४ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १ सय ३५ रुपैयाँ ४८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ १५ पैसा रहेको छ । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

यसको साथै, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३५ पैसा रहेको छ भने  बिक्री दर ९६ रुपैयाँ ७८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

Pathivara.gif 82.25 KB

यसै गरी, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३ पैसा रहेको छ । साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ छ भने बिक्री दर ३७ रुपैयाँ १७ पैसा रहेको छ । 

यस्तै, कुवेती दिनार एकको खरिद दर ४ सय ३८ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ४ सय ४० रुपैयाँ ९२ पैसा रहेको छ । 

Planning_Consultancy.gif 1.45 MB

प्रकाशित मितिः आइतबार, १६ मंसिर २०८१