आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JC3267D0DPKD4TDM3AK2917A.jpg

परराष्ट्र मन्त्री देउवालाई अब्दुल खानले बुझाए ज्ञापनपत्र

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवालाई पूर्वमन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले ज्ञापनपत्र बुझाएका छन् । 

बिहीबार देउवा निवास बुढानीलकण्ठमा उनले बर्दिया जिल्लामा नेपाल–भारतको सिमा नाकामा भन्सार कार्यालय खुलाउन र बर्दियाको समग्र विकासको विषयमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्र बुझदै मन्त्री राणाले सक्दो जति प्रयास गरिने अशवासन दिइन् ।

AS.gif 486.54 KB

प्रकाशित मितिः बिहिबार, २२ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC31BQBGBC2K5WDPD0EZNF8B.jpg

रास्वपाले तोक्यो सातै प्रदेशमा ‘कमान्डर’

NOW.gif 269.92 KB

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधवार केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरूलाई जिम्मेवारी दिनुका साथै प्राइमरी निर्वाचनको कार्यतालिका पनि फाइनल गरेको हो ।

Pathivara.gif 82.25 KB

जसअनुसार कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले कमान्डर सम्हाल्नेछिन् । मधेसमा डा.चन्दा कार्की, बाग्मतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार कमान्डर तोकिएका छन् । यस्तै लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।

प्रकाशित मितिः बिहिबार, २२ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC30KGBEFKHME6VJ3XF6C6EW.jpg

नेपालको लगातार दोस्रो जित

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ । बिहीबार भएको खेलमा नेपालले एक सय ८ रनले कुवेतलाई पराजित गरेको हो । यो नेपालको लगातार दोस्रो जित हो । 

Pathivara.gif 82.25 KB

एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो। यसअघि पहिलो खेलमा थाइल्यान्डलाई नेपालले ६७ रनले पराजित गर्न सफल भएको थियो।

प्रकाशित मितिः बिहिबार, २२ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC2X420HJ7097FQ8BN1S5JQF.jpg

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरू हाउसफुल

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ । कूल शोको ५० प्रतिशतभन्दा धेरै शोसहित अहिले यो चलचित्र नेपालमा चलीरहेको छ ।

Pathivara.gif 82.25 KB

घरेलु बक्स अफिसमा उछाल ल्याएपछि यो चलचित्रको अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग बढेको छ । सिनेमाको विदेशका हलमा पनि बुकिङ खुला भइसकेको छ । अमेरिका, बेलायत, यूएई, अष्ट्रेलियालगायतका देशमा प्रदर्शन हुन लागेको हो । यी देशमा चलचित्रको बुकिङ खुला भइसकेको निर्माणपक्षले जनाएको छ ।

baba_education.gif 870.63 KB

यो चलचित्र अस्ट्रेलिया, न्युजिल्यान्ड र मध्य पूर्वका विभिन्न शहरहरूमा प्रदर्शन भइरहेको छ । अमेरिकामा भने यो चलचित्र नोभेम्बर ८ शुक्रवार देखि रिलिज हुँदैछ । यसैगरी यूकेमा पनि सोही दिनदेखि विभिन्न शहरहरूमा प्रदर्शन हुने तयारी छ ।

swastikplay and hardware (3).gif 338.56 KB

अस्ट्रेलियामा यो चलचित्रलाई दर्शकहरूले अत्यधिक माग गरेका छन् । सिड्नीका विभिन्न शोहरू पूर्ण रूपमा बुक भएका छन् । प्रमुख सिनेमा चेनहरू जस्तै होयट्स सिनेमा, लाइमलाइट सिनेमा, भिलेज सिनेमा, स्टार थिएटर्स र न्युजिल्यान्डको इभेन्ट सिनेमा लगायतका हलहरूले थप शोहरू राख्न थालेका छन् । यसरी, एनएसडब्ल्यू, ब्रिसबेन, भिक्टोरिया, तास्मानिया र पर्थ लगायत न्युजिल्यान्डका धेरै सहरमा शोहरू राखिएका छन् ।

Planning_Consultancy.gif 1.45 MB

मध्यपूर्वमा पनि चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको छ । टिकटहरू खुला भएको केही घण्टाभित्रै बुक भएका छन्, जसले दर्शकहरूको उत्साहलाई दर्शाउँछ । चलचित्र ’पूर्ण बहादुरको सारंगी’ शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (युएई), कतार, र बहराइनका प्रमुख सहरहरुमा प्रदर्शन हुने भएको छ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

अमेरिकामा चलचित्रको नोभेम्बर ८ को रिलिजलाई लिएर उच्च उत्साह छ । मंगलबारदेखि टिकट बुकिङ खुला गरिएको छ र धेरै स्थानहरूमा शोहरू फुल भइरहेको हुँदा केही हलहरूले दुई सातासम्म अग्रिम बुकिङका लागि शोहरू थपेका छन् । टेक्सासको डलास, ह्यूस्टन, अस्टिन, वाको; ओहायोको कोलम्बस, सिन्सिनाटी, क्लीभल्याण्ड; बोस्टन, न्यू ह्याम्पशायर, कनेक्टिकट, पेन्सिलभेनिया, केन्टकी, नेब्रास्का, आयोवा, शिकागो; क्यालिफोर्नियाको बे एरिया र लस एन्जलस, सियाटल, ओरेगन; डेनभर, फिनिक्स लगायतका प्रमुख सहरमा शोहरू हुनेछन् ।

NOW.gif 269.92 KB

यूकेमा पनि यो चलचित्र नोभेम्बर ८ देखि विभिन्न शहरका सिनेवर्ल्ड हलहरूमा प्रदर्शन हुनेछ। यी देशका धेरै सहरमा उच्च शोसहित चलचित्र चल्ने निर्माणपक्षले जनाएको छ । यी देशका दर्जनौँ हलमा यो सिनेमा प्रदर्शन हुनेछ ।

मंगलबार जापानदेखि अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन सुरु गरेको यसले जापानको टोकियोमा हाउसफुल शोबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ गर्न सफल भएको थियो । यस हिसाबले चलचित्र ’पूर्ण बहादुरको सारंगी’ले नेपालमा प्राप्त गरेको अपार सफलतालाई अन्तर्राष्ट्रिय स्तरमा पनि दोहो¥याइरहेको छ । नेपाली डायस्पोराले विश्वव्यापी रूपमा दिएको समर्थनले चलचित्रलाई झनै सशक्त बनाएको छ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

‘नेपालीको बसोबास रहेका ठाउँमा नेपाली चलचित्रको माग बढ्दो छ । पूर्ण बहादुरको सारङ्गी नेपालमा पनि राम्रो चलीरहेकाले विदेशमा पनि चल्छ भन्ने हाम्रो विश्वास छ,” निर्माता प्याट्रिक सुवेदी भन्छन्, “दुई तीन घण्टा ड्राइभ गरेर नेपालीहरू नेपाली चलचित्र हेर्न आउनुहुन्छ । यसमा पनि त्यो क्रेज देखिनेछ ।”

सरोज पौडेल निर्देशित यस सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन् भने रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा छन् ।

यो सिनेमालाई अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।

AS.gif 486.54 KB

प्रकाशित मितिः बिहिबार, २२ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC2QTQT8YX0QMJTN6GMC8VG6.jpg

छठ पर्वले सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस् : राष्ट्रपति

NOW.gif 269.92 KB

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आपसी सद्‍भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

छठ पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

गोर्खा ब्रिट्रिश आर्मी सिंगापुर पुलिस फोर्समा.gif 82.25 KB

राष्ट्रपति पौडेलले प्रकृतिको पूजा गरिने यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस् भनी कामना गरेका छन् ।

सूर्य देवता र छठी माताको पूजाअर्चना र व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम बसी धुमधाम तथा हर्षोल्लासका साथ छठ पर्व मनाइन्छ ।

Bantawa_Hardware.gif 563.38 KB

खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन् ।

AS.gif 486.54 KB


प्रकाशित मितिः बिहिबार, २२ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC2MC6TXKQYG058YPRDQYH4B.jpg

च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा भंग, इन्टरमिलान सँग पराजित

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । विवादास्पद पेनाल्टीका कारण च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा आर्सनल इन्टर मिलानसँग १–० गोलअन्तरले पराजित भएको हो । 

Pathivara.gif 163.3 KB

पहिलो हाफमा इन्टर मिलानले विवादास्पद पेनाल्टी पाएपछि आर्सनलले सिजनकै पहिलो हार बेहोरेको हो । पहिलो हाफको इन्ज्युरी समयमा हाकान काल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरमिलानलाई जित दिलाए ।खेलको दोस्रो हाफमा आर्सनल आक्रामक रूपमा प्रस्तुत भए पनि गोल गर्न असफल भयो ।

दिपशिखा गहना गृह.gif 471.46 KB

आर्सनलले यो सिजन युरोपमा खेलेका चार खेलमा पहिलो पटक हार भोगेको हो । लिगमा २ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा हार भोगेको आर्सनल ७ अंक सहित १२औँ स्थानमा छ ।

प्रकाशित मितिः बिहिबार, २२ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC2KHVS3JX4EVS2E244S2PVM.jpg

'फेस अफ कर्णाली याक्स' मा स्वस्तिमा खड्का

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

काठमाडौं । हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रुपमा भित्राएको छ ।

बुधवार नक्साल स्थित हिल्टन होटेलमा पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि खड्कालाई आबद्ध गरेको जनायो । 

उनले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छिन् ।

Pathivara.gif 163.3 KB

उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाइन् । ‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन् । नेपालका पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ,’ उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाझ पु¥याउने योजना ल्याएको छ । त्यसैको प्रभावले कर्णाली याक्ससँग जोडिन पुगेको हो ।’

खड्काले नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा खेलिरहेको र उनकै प्रभावले पनि खेलकुदमा लाग्न प्रेरित गरेको प्रसंग सुनाएकी थिइन् । ‘नेपालकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा व्यावसायिक फुटबल खेलिरहनु भएको छ । उहाँले पनि फ्रान्समा नेपाल र नेपालीलाई चिनाउनु भएको छ ।  त्यसैले पनि खेलकुदले मलाई प्रभावित पा¥यो ।’

AS.gif 486.54 KB

उनले आफ्नो श्रीमान निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले पनि कर्णाली याक्ससँग जोडिन सहज जानकारी गराइन् ।

कार्यक्रममा कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सह-मालिक गृहेन्द्र घिमिरे, मुख्य प्रशिक्षक तथा टिम निर्देशक ज्ञानेन्द्र मल्लको उपस्थिति थियो । कार्यक्रमबाटै कर्णाली याक्सको आफ्नो गीत सार्वजनिक गरेको छ । गीतमा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनालको  स्वर, संगित र शब्द छ ।

home (1).gif 1.45 MB

प्रशिक्षक मल्लले कलाकार क्रिकेटमा जोडिनु सुखद् सन्देश रहेको र क्रिकेट विकासमा टेवा पुग्ने विश्वास गरे । ‘कलाकारिता क्षेत्रको मान्छे भएर पनि क्रिकेटमा जोडिनु भएको छ । हामी खेलाडी र फ्यानमात्रै हैन । कलाकार पनि क्रिकेटमा जोडिँदा यस क्षेत्रको विकासमा मद्धत पुग्नेछ ।’ उनले छिमेकी मुलुक भारतमा पनि यस्तै प्रचलन रहेकाले यो कार्य राम्रो सुरुवात भएको बताएका छन् ।

NOW.gif 269.92 KB

कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी छन् । प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

Bantawa_Hardware.gif 563.38 KB

विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ । थप खेलाडी चाडै सार्वजनिक गरिने सहमालिक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन् ।

प्रतियोगिताकै लागि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटेल हिल्टनसँग सम्झौता गरिसकेको छ । प्रतियोगिता १५ मंसिर देखि ६ पुससम्म हुनेछ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः बिहिबार, २२ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC27Z0ZXHV46V4907JRS1AP2.avif

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

AS.gif 486.54 KB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ ।

Pathivara.gif 163.3 KB

त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम गरिएको छ । 

swastikplay and hardware (3).gif 338.56 KB

त्यसैगरी, जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा र बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

baba_education.gif 870.63 KB

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मितिः बिहिबार, २२ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC279AF1AAARVMAQ199H3CYZ.jpg

आज छठको मुख्य दिन, उल्लासपूर्वक मनाइँदै

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् ।

Pathivara.gif 163.3 KB

प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । घाटलाई पनि बेहुली झैँ सिङ्गारिएको हुन्छ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । 

यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

home (1).gif 1.45 MB

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ । सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ । 

यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसादको रुपमा ग्रहण गर्ने चलन छ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ वत्र बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पुजा गरी मनाइने यो पर्व वर्षको दुई पटक चैत र कात्तिकमा मनाउने गरिन्छ । विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्रीको प्रयोग गर्ने गरिन्छ ।

Bantawa_Hardware.gif 563.38 KB

रानीपोखरीमा उल्लासपूर्वक मनाउने गरिएको यो पर्व भूकम्पयता गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत कमलपोखरी, वाग्मती नदी किनारा, गौरीघाट, विष्णुमती किनार तथा यस्तै अन्य ताल तलाउमा गएर मनाउन थालिएको छ । यस पर्वले धार्मिक विश्वासका साथै पारिवारिक सुख र समृद्धि प्राप्त हुने मान्यता रहेको पाइन्छ ।

सूर्य पुराणअनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूया छठ व्रत बस्नुभएको थियो । फलस्वरूप उहाँले अटल सौभाग्य र पतिप्रेम प्राप्त गर्नुभयो । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरूआत भएको धार्मिक विश्वास छ । छठमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने चलन छ ।

NOW.gif 269.92 KB

प्रकाशित मितिः बिहिबार, २२ कात्तिक २०८१
https://jawaaf.com/storage/01JC0PEAT8MQTE58E6XXESVDXF.jpg

राष्ट्रपतिलाई कोप २९ मा उठाउनुपर्ने विषयमा संसदीय समितिको सुझाव

AS.gif 486.54 KB

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिले यही कात्तिक २६ गतेबाट अजरबैजानमा आयोजना हुने कोप २९ मा नेपालका तर्फबाट उठाउनुपर्ने विषयका सन्दर्भमा सुझाव दिएको छ ।

Pathivara.gif 163.3 KB

राष्ट्रपति भवन शीतल निवासमा बुधवार राष्ट्रपति पौडेललाई सो सुझाव दिने क्रममा समितिका सभापति एवम् सदस्यहरूले जलवायु परिवर्तनका असरका कारण नेपालले भोग्नुपरेको जोखिम न्यूनीकरणका सम्बन्धमा उनले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गरेका विचार सराहनीय रहेको बताएका थिए ।

NOW.gif 269.92 KB

सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, राज्यमन्त्री रुपा विक, प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापामगर, पूर्वाधार विकास समितिका सभापति दिपक सिंह र दुवै समितिका सदस्यहरूको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, २१ कात्तिक २०८१