बिहिबार, १८ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KQ3XPAE9GXH7Y7378WWP3HV0.jpg

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर समारोहमा शनिबार साँझ गोली चलेपछि ठूलो खैलाबैला मच्चिएको छ । वासिङ्टन हिल्टन होटलको लबीमा गोली चलेको आवाज आएलगत्तै सुरक्षा टोलीले राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई तुरुन्तै सुरक्षित स्थानमा पु¥याएका थिए ।

समारोह स्थलमा रहेका सञ्चारकर्मीका अनुसार सुरुमा भाँडाकुँडा फुटेको जस्तो ठूलो आवाज सुनिएको थियो, तर लगत्तै भागदौड मच्चिएपछि स्थिति गम्भीर भएको थाहा भयो । सुरक्षा एजेन्टहरूले लामा बन्दुकसहित स्टेज नियन्त्रणमा लिएका थिए भने क्याबिनेट सदस्यहरूलाई पनि सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

घटनापछि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले गुप्तचर निकाय र सुरक्षाकर्मीहरूको वीरताको प्रशंसा गरेका छन् । उनले संदिग्ध आक्रमणकारी पक्राउ परिसकेको जानकारी दिएका छन् । अहिले सो क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ । एएनआई

प्रकाशित मितिः आइतबार, १३ वैशाख २०८३
https://jawaaf.com/storage/01KQ3WTSR48HEAYAZE0BR1KTJA.avif

मकवानपुरमा १३ वटा ओभर लोड टिपर नियन्त्रणमा

काठमाडौं । मकवानपुरमा १३ वटा ओभर लोड टिपरहरुलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा शनिबार हेटौडा उपमहानगरपालि-१९ को नेवारपानीस्थित मनहरिबाट हेटौडा बजारतर्फ जाँदै गरेको १३ वटा टिपरहरूलाई फेला पारेको थियो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनहरूमा म.प्र.०३९००१ क २५९५, २, म.प्र.०३९००१ क २५८१, ३, बा.प्र.०३९००१ ख १२७३, बा.प्र.०३९००१ ख १२७२, ५, ना.८ ख ४३८२, ६, म.प्र.०३९००१ क २५९१, म.प्र.०३९००१ क २५८३, बा.प्र.०३९००१ ख १२७०, ना ८ ख ५०२९, १०, ना १ क ८७०१, ना.१ क ८६९८, ना १ क ८६९६, बा.प्र.०३९००१ ख ४६६२ रहेकाे छ ।

प्रहरीले टिपरहरूलाई फेला पारी चेकजाँच गर्दा चुन ढुङ्गा ओभर लोड रहेको तथा अन्य विल नरहेकोले निम्न टिपरहरूलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको १३ वटा टिपरहरूलाई थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतबार, १३ वैशाख २०८३
https://jawaaf.com/storage/01KQ3RH3C1F9DWAS5DMHDHNASM.jpg

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा रहेको जोखिमपूर्ण बस्ती

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गर्ने गरेको छ ।

सरकारले वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती शनिबार बिहान १२ः३० बजे खाली गरिएको थियो ।

बस्ती खाली गराउने कार्यमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका थिए । बसोबास गरिरहेका नागरिकहरूले समेत सरकारको यस कदममा ऐक्यबद्धता जनाउँदै सहयोग गरेपछि थापाथलीको बस्ती स्थानान्तरण कार्य शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ ।

हालसम्म थापाथली, गैरीगाउँ र शान्तिनगरमा बसोबास गरिरहेका १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् । बस्तीहरूमा कोही छुटेका छन् कि भनी खोजी तथा उद्धार कार्यलाई समेत जारी राखिएको छ ।

सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशाला पु¥याएर उनीहरूको विवरण सङ्कलन गरिएको छ । उनीहरूलाई तत्कालका लागि काठमाडौंका विभिन्न होटेलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ ।
यस्तै, घरायसी सामानहरू रंगशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधा स्वामी सत्सङ्ग ब्यास नेपालमा छुट्टाछुट्टै स्थान तय गरी सुरक्षित रूपमा भण्डारण गरिएको छ ।

यसैबिच, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्ध चोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका बस्तीहरू आजै खाली गर्ने तयारी भए पनि आजको लागि उक्त प्रक्रिया रोकिएको छ ।

प्रकाशित मितिः आइतबार, १३ वैशाख २०८३
https://jawaaf.com/storage/01KQ23ZGZZF3886Z8H9S9Q1HN5.jpg

५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट

सुर्खेत । नेपाल प्रहरीले रुकुम पश्चिममा ५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि बैशाख १० गतेसम्म रुकुम पश्चिमका विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलले जानकारी दिए ।
आठविकोट नगरपालिकामा सबैभन्दा धेरै ४ सय रोपनी क्षेत्रफलमा लगाएको लागुऔषध अफिम नष्ट गरिएको उनले बताए । सानीभेरी गाउँपालिकामा ९० र बाँफिकोट गाउँपालिकामा २८ रोपनी गरेर कुल ५ सय १८ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । अफिम लागूऔषध भएकोले अवैध मानिन्छ ।
आठविकोट नगरपालिकामा धेरै अफिम उत्पादन हुने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बर्षेनी अफिम खेती नष्ट गर्दै आएपनि उत्पादनमा भने कमि आउन सकेको छैन। जंगलको बीचमा उत्पादन हुने भएको उत्पादन गर्ने व्यक्तिको पहिचान गर्न समेत प्रहरीलाई मुस्किल हुने गरेको छ ।

प्रकाशित मितिः शनिबार, १२ वैशाख २०८३
https://jawaaf.com/storage/01KQ236YSDCYX88AYJKK9CZEGV.jpg

थापाथली सुकुम्बासी व्यवस्थापनका लागि लगत संकलनदेखि स्वास्थ्य सहायता सम्मको तयारी

काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणकी प्रशासन प्रमुख कविता केसी बोगटीले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा वास्तविक सुकुम्बासीहरूको पहिचान गरी अस्थायी व्यवस्थापन गरिएको बताएकी छन्।

उनले पहिलो चरणमा वास्तविक सुकुम्बासीहरूको लगत संकलन गरिने जानकारी दिँदै लगत संकलनपछि उनीहरूलाई सामानसहित सुरक्षित स्थानमा सारिने बताइन्। उनका अनुसार तत्कालका लागि राधास्वामी, कीर्तिपुरको सत्संगभित्र अस्थायी बसोबासको व्यवस्था गरिएको छ, जहाँ बस्ने र खाने सम्पूर्ण सुविधा उपलब्ध गराइनेछ।

बोगटीले दोस्रो चरणमा उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइने पनि स्पष्ट पारिन्।
यसैबीच, काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत ऋषि भुसालले सुकुम्बासी स्थानान्तरणका क्रममा स्वास्थ्यसम्बन्धी आकस्मिक समस्या समाधानका लागि मेडिकल हेल्प डेस्क स्थापना गरिएको जानकारी दिए।
महामारी रोकथाम तथा नियन्त्रणमा फोकल पर्सनको रूपमा कार्यरत भुसालले नेपाल सरकारको आह्वानअनुसार सुकुम्बासीहरूलाई हालको स्थानबाट सुरक्षित स्थानमा सार्ने क्रममा स्वास्थ्यजन्य समस्या आउन सक्ने भएकाले मेडिकल टोली खटाइएको बताए।
उनका अनुसार टोली सिफ्टअनुसार परिचालित छ, जसमा ४ जना डाक्टरसहित नर्सिङ टोली गरी १२ देखि १५ जना स्वास्थ्यकर्मी रहेका छन्। प्राथमिक उपचार, मानसिक समस्या देखिए काउन्सिलिङ, तथा आवश्यक परे सम्बन्धित अस्पतालसम्म लैजान एम्बुलेन्सको समेत व्यवस्था गरिएको उनले बताए।

प्रकाशित मितिः शनिबार, १२ वैशाख २०८३
https://jawaaf.com/storage/01KQ1JW2SQGKKB8GDKVHF5TTXN.avif

इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा

काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघची पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेका छन् । यस भ्रमणलाई तेहरान र वासिङ्टनबीचको तनाव कम गरी संवाद सुरु गर्ने एउटा महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र वरिष्ठ सल्लाहकार जारेड कुश्नरलाई इरानसँग सम्बन्धित वार्ताका लागि पाकिस्तान पठाउने निर्णय गरेसँगै अराघची इस्लामावाद पुगेका हुन् । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानी पक्षले प्रत्यक्ष वार्ता गर्न इच्छा देखाएपछि अमेरिकी टोली पठाउन लागिएको जानकारी दिइन् ।

आफ्नो भ्रमणका क्रममा विदेशमन्त्री अराघचीले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख जनरल असिम मुनिरसँग भेटघाट गर्ने कार्यक्रम छ । पाकिस्तानको भ्रमण सकेपछि उनी क्षेत्रीय भ्रमणकै सिलसिलामा ओमान र रुस प्रस्थान गर्नेछन् ।
अमेरिकाले यस वार्ताबाट सकारात्मक नतिजा निस्कने आशा व्यक्त गरेको छ भने आवश्यकता परेमा अमेरिकी उपराष्ट्रपति पनि भ्रमणमा जान सक्ने बताइएको छ । एएनआई

प्रकाशित मितिः शनिबार, १२ वैशाख २०८३
https://jawaaf.com/storage/01KPZ9NCBWJAH560JRDG47ZFM5.jpg

रुस–युक्रेन युद्ध : युक्रेनी सेनाद्वारा तेल पम्पिङ स्टेशनविरुद्ध ड्रोन आक्रमण

एजेन्सी । रुसले बिहीबार आफ्नो सेनाले २४ घण्टामा १३८ क्षेत्रहरूमा युक्रेनी लक्ष्यहरूमाथि प्रहार गरेको जनाएको छ । यता, युक्रेनी सेनाले सोही दिन रुसको नोभगोरोड क्षेत्रमा रहेको तेल पम्पिङ स्टेशन विरुद्ध ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
रुसी रक्षा मन्त्रालयले विगत एक दिनमा रुसी सेनाले युक्रेनी सेनाले प्रयोग गर्ने ऊर्जा र यातायात पूर्वाधार, साथै १३८ क्षेत्रहरूमा युक्रेनी सेना र विदेशी भाडाका सैनिकहरूको अस्थायी तैनाथी स्थलहरूमा आक्रमण गरेको बताएको छ ।
रुसी वायु रक्षा प्रणालीले १० वटा सटीक९निर्देशित बम र ४१८ वटा फिक्स्ड–विङ ड्रोनहरू खसालेको बताइएको छ ।
यसैबीच, युक्रेनको सशस्त्र बलको जनरल स्टाफले आफ्नो वायु सेना, मिसाइल सेना र तोपखाना एकाइहरूले धेरै उपकरण भेला क्षेत्रहरू र रूसी सेनाको कमाण्ड पोस्टहरूमा आक्रमण गरेको र १,९४१ ड्रोनहरू खसालेको बताएको छ ।
युक्रेनी सञ्चार माध्यमहरूले बिहीबार युक्रेनको सुरक्षा सेवाको एक स्रोतलाई उद्धृत गर्दै युक्रेनी ड्रोनहरूले रूसको निज्नी नोभगोरोड क्षेत्रको गोर्की तेल पम्पिङ स्टेशनमा आक्रमण गरेपछि आगलागी भएको थियो। (सीसीटीभीप्लस)

प्रकाशित मितिः शुक्रबार, ११ वैशाख २०८३
https://jawaaf.com/storage/01KPZ944PDMVXJM6CTHVN6SGTZ.jpg

सुकुम्बासी बस्तीमा प्रदर्शन, सत्ताको आडमा ‘डोजर आतङक’ बन्द गर्न माग

काठमाडौं । सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरुद्ध थापाथलीस्थित सुकुम्बासी बस्तीमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबार राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा स्थानीय र जेनजी युवाहरु बस्तीमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हुन् ।

उनीहरुले ‘सुकुम्बासी बस्तीमा डोजर होइन न्याय चाहिन्छ’, ‘हुनेलाई महल नहुनेलाई सडक ?’ ‘कहाँ छ तिम्रो न्याय ?’ ‘यो सरकारको बाचा यहि हो र ?’ ‘शहर सुन्दर बनाउ तर मान्छे विस्तापित नगर’ जस्ता नारा लगाउँदै प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा पुगेकी एक जेनजी युवतीले सरकारले सुकुम्बासीहरुलाई डोजरको आतङक देखाएर राज्यसत्ताको शक्तिको आडमा भूमिहीन सुकुम्बासी बस्तीमाथि डोजर चलाउनु अन्यायपूर्ण रहेको बताइन् ।
संविधानले नागरिकको आवासको हकको सुनिश्चित गरेपनि सरकारले संविधानको मुटुमा डोजर चलाउने काम गरेको उनको भनाइ थियो ।

प्रदर्शनमा पुगेकी एक युवतीले भनिन्, ‘पूराना दलहरुले जसरी सुकुम्बासी भूमिहीनहरुलाई भोटर बैंक बनाए । त्यसैगरी यो सरकारले पनि पूरानै दलहरुको संस्कार अवलम्बन गरिरहेको देखियो । सरकारले भूमिहीन सुकुम्बासीहरुलाई डोजरको आतङक देखाएर राज्यसत्ताको शक्तिको आडमा भूमिहीन सुकुम्बासी बस्तीमाथि डोजर चलाउनु अन्यायपूर्ण छ । मानव अधिकारको पनि उल्लङ्घन गरेको छ । संविधानले हरेक नागरिकको आवासको हकको सुनिश्चित गरेको छ । सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गरेको छ । त्यसैले यो सरकारले संविधानको मुटुमा डोजर चलाउने काम गरेको छ ।’

प्रकाशित मितिः शुक्रबार, ११ वैशाख २०८३
https://jawaaf.com/storage/01KPYNJBDKH2XFZ2N9V3WVXXR6.jpg

सर्वोच्चको निर्णयपछि कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

काठमाडौं । लामो समयदेखि आन्तरिक विवादका कारण रोकिएको नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु भएको छ।

सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि पार्टीले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको हो।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिनेछ।

दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। साथै मोहन आचार्य र निष्कल राईलगायतका नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्।

प्रतिनिधि सभामा रहेका नेपाली कांग्रेसका ३८ सांसदले संसदीय दलको नेता चयनका लागि मतदान गर्नेछन्  ।

प्रकाशित मितिः शुक्रबार, ११ वैशाख २०८३
https://jawaaf.com/storage/01KPYMTXCY7HGA6XTV4ZS0M44M.jpg

आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते जनआन्दोलनको दबाबपछि तत्कालीन राजा ज्ञानेन्द्रले विघटित प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेपालमा लोकतान्त्रिक परिवर्तनको नयाँ अध्याय सुरु भएको थियो। यही दिनलाई २०६४ सालदेखि लोकतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो।

संसद् विघटनपछि देशमा राजनीतिक अस्थिरता बढेको थियो। २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि सात दल र तत्कालीन नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो, जसले जनआन्दोलनलाई निर्णायक बनायो।

लाखौँ जनता सडकमा उत्रिएपछि वैशाख ११ गते संसद् पुनस्र्थापना भयो। त्यसपछि २०६५ जेठ १५ गते संविधानसभाले २४० वर्षे राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो।

यसैले वैशाख ११ लाई गणतन्त्रको आधारशिला र जनअधिकारको विजय दिवसका रूपमा स्मरण गरिन्छ।

प्रकाशित मितिः शुक्रबार, ११ वैशाख २०८३