सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KKZNXZC97W1K6VWGHJ9KH1G4.jpg

पश्चिम एशिया द्वन्द्वले विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा

काठमाडौं । पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा रहेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले उल्लेख गरेको छ । संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्वले विश्वव्यापी भोकमरी अभूतपूर्व स्तरमा पुग्ने खतरा बढाएको भन्दै डब्लुएफपीले गम्भीर चिन्ता व्यक्त गरेको हो ।

डब्लुएफपीका अनुसार चरम द्वन्द्व र विभिन्न स्थानमा देखिएको अनिकालको संयुक्त प्रभावका कारण हाल विश्वभर करिब ३२ करोड मानिस तीव्र खाद्य असुरक्षाको अवस्थामा छन् । यस्तो अवस्थामा मध्यपूर्वको युद्ध तेस्रो सातामा प्रवेश गरिसकेको र यसले खाद्य तथा इन्धन मूल्यमा ठूलो असर पारिरहेको चेतावनी दिइएको छ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लुएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउले युद्ध लम्बिएर जुनसम्म पुग्ने र तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि रहने हो भने थप ४ करोड ५० लाख मानिस भोकमरीको चपेटामा पर्न सक्ने बताए । उनका अनुसार यस संकटको सबैभन्दा ठूलो असर पहिले नै कमजोर अवस्थामा रहेका जनसंख्यामा पर्नेछ ।

“जीवनयापन खर्चमा आएको नयाँ वृद्धिलाई उनीहरूले धान्न सक्ने अवस्था छैन,” स्काउले भने । यो द्वन्द्व फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि चर्किएको हो । त्यसपछि इरानले प्रतिकार गर्दै इजरायल र खाडी क्षेत्रका देशहरूमा आक्रमण गरेको थियो भने इरान समर्थित हिज्बुल्लाहको संलग्नतासँगै लेबनान पनि द्वन्द्वमा तानिएको छ ।

हाल डब्लुएफपीले लेबनानमा हजारौँ मानिसलाई तातो खाना र रोटी वितरण गरिरहेको छ । आगामी तीन महिनासम्म राहत कार्य सञ्चालन गर्न संस्थाले तत्काल ७७ मिलियन अमेरिकी डलर थप सहयोगको अपिल गरेको छ ।

डब्लुएफपीका अनुसार हालको युद्ध सुरु हुनु अघि नै विश्व खाद्य संकट गम्भीर अवस्थामा थियो । पछिल्लो पाँच वर्षमा तीव्र खाद्य असुरक्षा तीन गुणाले बढेको र गत वर्ष अन्तर्राष्ट्रिय सहयोगमा ४० प्रतिशत कटौती हुँदा राहत कार्यमा ठूलो चुनौती थपिएको स्काउले बताए ।
युद्धका कारण इन्धन मूल्य वृद्धि, ढुवानी लागत बढ्नु र आपूर्ति श्रृंखला लम्बिनुले राहत कार्य झन् महँगो बनेको छ । ढुवानी खर्च १८ प्रतिशतले बढेको र सवारी साधनहरू महँगो इन्धनमा निर्भर हुनुपरेको अवस्था छ ।

यस संकटले युद्ध क्षेत्रभन्दा टाढाका देशहरूमा पनि कृषि उत्पादनमा असर पार्ने खतरा बढेको छ । विशेषगरी हर्मुज जलमार्ग हुँदै रासायनिक मल निर्यातमा अवरोध हुँदा सोमालिया र केन्याजस्ता अफ्रिकी देशहरूमा रोपाइँ सिजन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ । सोमालियामा त अवस्था झन् गम्भीर बन्दै गएको छ । लगातार दुई पटकको खडेरीका कारण त्यहाँ अनिकालको संकेत देखिएको छ । पर्याप्त बजेट अभावका कारण डब्लुएफपीले त्यहाँ ७ लाख मानिसलाई सहयोग गर्न नसकेको जनाएको छ ।

यस्तै, सुडानमा अनिकालको अवस्थामा रहेका नागरिकका लागि खाद्य सहायता कटौती गरिएको छ भने अफगानिस्तानमा तीव्र कुपोषणका शिकार बालबालिकामध्ये चार जनामध्ये एक जनालाई मात्रै सहयोग गर्न सकिएको छ । “सहयोग अभावकै कारण अफगानिस्तानमा मानिसहरूको मृत्यु भइरहेको छ,” स्काउले चेतावनी दिँदै विश्व समुदायसँग थप मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेका छन् । एएनआई

प्रकाशित मितिः बुधबार, ०४ चैत २०८२
https://jawaaf.com/storage/01KKWWGSQ3KNGKATRS4BB79AF4.jpg

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

काठमाडौं । इरानबाट भएको नयाँ मिसाइल तथा ड्रोन आक्रमणपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । यूएईको जनरल सिभिल एभिएसन अथोरिटीले उडान सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको जनाएको छ ।

अल जजीराका अनुसार यूएईका सरकारी सञ्चार माध्यमहरूले यसलाई “उडान र हवाई चालक दलको सुरक्षा सुनिश्चित गर्न तथा देशको भौगोलिक अखण्डता जोगाउन गरिएको असाधारण सावधानीपूर्ण उपाय” बताएका छन् । यूएईको रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनहरूलाई आफ्नो वायु रक्षा प्रणालीमार्फत अवरोध गर्ने काम भइरहेको जनाएको छ । दुबईका विभिन्न स्थानमा सुनिएको ठूलो आवाज वायु रक्षा प्रणालीले मिसाइल तथा ड्रोन अवरोध गर्दा आएको बताइएको छ ।

यसैबीच अबुधाबीको मिडिया कार्यालयका अनुसार ड्रोन आक्रमणपछि अबुधाबी शहरबाट करिब १८० किलोमिटर दक्षिणपश्चिममा रहेको विशाल शाह ग्यास क्षेत्रमा लागेको आगोको मूल्यांकन गर्न त्यहाँको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ । उक्त आक्रमणपछि ग्यास क्षेत्रमा आगलागी भएको थियो, जसलाई अहिले नियन्त्रणमा लिइएको छ। घटनामा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।

शाह ग्यास क्षेत्र विश्वकै ठूला ग्यास उत्पादन केन्द्रमध्ये एक मानिन्छ । सरकारी स्वामित्वको अबुधाबी नेशनल आयल कम्पनी (एडनोक) ले सञ्चालन गर्ने यस क्षेत्रबाट दैनिक करिब १.२८ अर्ब स्ट्यान्डर्ड क्युबिक फिट ग्यास उत्पादन गर्ने क्षमता रहेको छ । यसअघि सोमबार पनि ड्रोन आक्रमणपछि यूएईको फुजैराह पेट्रोलियम औद्योगिक क्षेत्रमा ठूलो आगलागी भएको थियो । यूएईको ऊर्जा तथा यातायात पूर्वाधारहरूलाई इरानले पटक–पटक निशाना बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । एएनआई

प्रकाशित मितिः मङ्गलबार, ०३ चैत २०८२
https://jawaaf.com/storage/01KKWWAAVAJ16845VHFPRGBGY1.jpg

हङकङ भ्रमणमा जाँदै कोशीकी राज्यमन्त्री शोभा चेम्जोङ

विराटनगर । कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ हङकङ भ्रमणमा जाने भएकी छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङ र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा हुने कार्यक्रममा सहभागी हुन उनी हङकङ जान लागेकी हुन् ।

सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आगामी चैत १५ गते आयोजना हुने कार्यक्रममा सहभागी हुन उनलाई भ्रमण स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार राज्यमन्त्री चेम्जोङको भ्रमण खर्च आयोजक संस्थाले नै व्यहोर्नेछन् ।

यसैगरी मन्त्रिपरिषद् बैठकले आयोजना छनौट वर्गीकरण तथा आयोजना बैंक व्यवस्थापन सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गर्ने, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न अनुमति दिने तथा कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता (दोस्रो संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मितिः मङ्गलबार, ०३ चैत २०८२
https://jawaaf.com/storage/01KKT7ZEY7ZVN9R7PDCP830680.webp

नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहान १२ बजेदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढाएको हो ।

अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विषम परिस्थितिका कारण बाध्यतावश मूल्य बढाउनु परेको हो। यसबाट उपभोक्तामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ ।’

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै नेपालमा पनि यसको प्रत्यक्ष असर देखिएको हो ।

प्रकाशित मितिः सोमबार, ०२ चैत २०८२
https://jawaaf.com/storage/01KKS4Z9XGKCERHSE6TG2D9K0E.jpeg

धरानमा याक्थुङ कुरुम्बाङको पाँचौँ महाधिवेशन सम्पन्न, बसन्तकुमार कुरुम्बाङ अध्यक्ष चयन

धरान, सुनसरी - याक्थुङ कुरुम्बाङ थरको पाँचौँ महाधिवेशन सुनसरीको धरान–५ आँपठारस्थित कुरुम्बाङ नयाँ भवनमा सम्पन्न भएको छ। संसारभर छरिएर रहेका याक्थुङ कुरुम्बाङ लिम्बु समुदायको सामूहिक भवन “याक्थुङ कुरुम्बाङ हिम” को नयाँ भवन उद्घाटनसँगै महाधिवेशन कार्यक्रम गरिएको हो।

याक्थुङ कुरुम्बाङ सङ्जुम्भोका केन्द्रीय अध्यक्ष तेजेन्द्र कुरुम्बाङको अध्यक्षतामा सम्पन्न महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको जनाएको छ। मिति २०८२ साल फागुन ३० गते शनिबार बसेको पहिलो पूर्ण बैठकले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा बसन्तकुमार कुरुम्बाङ चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा योगेन्द्र कुरुम्बाङ रहेका छन्। त्यसैगरी उपाध्यक्षहरूमा हिमाल कुरुम्बाङ, उदय कुरुम्बाङ र मिन प्रसाद कुरुम्बाङ चयन भएका छन्।

त्यस्तै महासचिवमा विरेन्द्र कुरुम्बाङ, सचिवमा मणिशङ्कर कुरुम्बाङ र नन्दकुमार कुरुम्बाङ कोषाध्यक्षमा हर्कजङ कुरुम्बाङ सह कोषाधयक्षमा रमेश कुरुम्बाङ चयन भएका छन्। अन्य सदस्यहरूसहित नयाँ केन्द्रीय कार्यसमिति गठन गरिएको हो।

याक्थुङ कुरुम्बाङ सँजुम्भोका सचिव मणिशंकर कुरुम्बाङले जानकारी दिनुभएको छ।

प्रकाशित मितिः आइतबार, ०१ चैत २०८२
https://jawaaf.com/storage/01KKRR32V9CYH4R3J4BN49CXH3.jpg

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
‘श्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’गृहमन्त्री अर्यालले निर्णय सुनाउँदै भने ।
त्यस्तै जेनजी आन्दोलनको क्रममा भएको घट्ना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद्ले ग्रहण गर्ने पनि निर्णय भएको छ ।

प्रकाशित मितिः आइतबार, ०१ चैत २०८२
https://jawaaf.com/storage/01KKR3SQVB8D9YS9M39PTCBJ02.jpg

सभापति लामिछाने अस्वस्थ्य हुँदा रास्वपा सचिवालय बैठक ढिलाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक केही  ढिला सुरु हुने भएको छ । आइतबार बिहान बैठक बस्ने भनिए पनि केही प्राविधिक र व्यवहारिक कारणले बैठक बस्न ढिला हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘रास्वपाको सचिवालय बैठक आज आव्हान गरिएको छ । बैठक केही प्राविधिक र व्यवहारीक कारणले विलम्व हुने भएको छ,’ उनले भने । पार्टी सभापति रवि लामिछानेको स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित नभई बैठक भर्चुअलरुपमा सहभागि हुने पनि झाले बताए ।
उनले भने, ‘पार्टी सभापतिको स्वास्थ्य अवस्था अझै पनि सामान्य भइसकेको छैन । तसर्थ उहाँसँग छलफल भइरहेको छ । भर्चुअलरुपमा बैठकमा सहभागि हुने उहाँको बाध्यत्मककारी अवस्था हामीले बुझ्नुपर्ने देखिएको छ । साथै केही सचिवालय सदस्यहरुको पनि निर्वाचनको अभियान र संघर्षपूर्ण समयपश्चात जुन उपलव्धि भएको छ त्यसपछि चिकित्सकहरुको सल्लाहअनुसार उहाँहरुले आराम गर्नुपर्ने बाध्यकारी अवस्था रहेको छ ।’
उनले समानुपातिक सूचीका नामहरु टुङगाएर आज नै निर्वाचन आयोगमा बुझाउने पनि बताए । ‘केही सूचीहरुको क्रममा आन्तरिक प्रशासनिक प्रक्रिया वा अभ्यासहरु र प्रक्रियागतरुपमा टुङगाएर आज नै निर्वाचन आयोगमा बुझाउने तयारीमा छौं । निर्वाचन आयोगले तोकेको र दिएको समय सीमा भित्र नै रास्वपाले त्यो सूची उपलव्भ गराउने छ,’ उनले भने ।

प्रकाशित मितिः आइतबार, ०१ चैत २०८२
https://jawaaf.com/storage/01KKR35NM1C6CGHH5QSHH0CKYQ.jpg

इरानलाई लक्षित सैन्य कारबाहीको विरुद्ध रोममा प्रदर्शन

एजेन्सी । इरानलाई लक्षित गर्दै अमेरिका र इजरायलले गरेको सैन्य कारबाहीको विरुद्ध शनिबार इटालीको राजधानी रोममा ट्रेड युनियन र सामाजिक समूहहरूले विरोध गरेका छन् ।

प्रदर्शनकारीहरूले मध्यपूर्वमा बढ्दो तनावले यस क्षेत्रलाई अझ अस्थिर बनाउने र विश्वव्यापी तनाव बढाउने जोखिम रहेको बताएका छन्।
शनिबारको र्याली इरानमाथिको हमलाको विरोधमा इटालीको राजधानीमा हालै भएका सबैभन्दा ठूला प्रदर्शनहरूमध्ये एक थियो।

प्रदर्शनकारीहरूले युरोपेली देशहरूले नयाँ सैन्य टकरावमा फस्नबाट जोगिनुपर्ने र क्षेत्रीय तनाव कम गर्न कूटनीति र संवादलाई जोड दिनुपर्ने बताए।
‘प्यालेस्टाइनमा नरसंहार अझै पनि जारी छ। भेनेजुएलामाथि आक्रमण भएको छ। र अब इरानमाथि बमबारी भइरहेको छ। हामी विश्वलाई युद्धमा तान्ने कुराको विरोध गर्छौं। हामी प्रत्येक देशका मानिसहरूलाई शान्तिमा बाँच्ने अधिकारको माग गर्छौं, र शान्तिपूर्ण कूटनीतिक समाधानको लागि आह्वान गर्छौं,’ इटालीको राजनीतिक दल पावर टु द पिपलका प्रवक्ता गिउलियानो ग्रानाटोले भने।

‘हामी यी युद्धहरूको मूल्य चुकाइरहेका छौं। कामदार, सेवानिवृत्त र निश्चित आय भएका व्यक्तिहरूले नै यसको मूल्य वहन गरिरहेका छन्। हामी आशा गर्छौं कि सरकारले यी आर्थिक प्रभावहरूलाई सम्बोधन गर्न उपायहरू लिनेछ,’ इटालियन श्रमिक संघ, युनियन सिन्डाकेल डि बेसका राष्ट्रिय कार्यकारिणी सदस्य गुइडो लुट्रारियोले भने ।

इजरायली र अमेरिकी हमलाहरूमा १,३०० भन्दा बढी मानिसहरू मारिएका छन्, सिन्ह्वा समाचार एजेन्सीले शनिबार इरानी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ । (सीसीटीभीप्लस)

प्रकाशित मितिः आइतबार, ०१ चैत २०८२
https://jawaaf.com/storage/01KKQRN8HB00M9VDK2SA75YBNJ.jpg

मनकामना ईभी गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् ।

शनिबार गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किदै गरेको बा प्र ०१–००६ ख ८४३० नम्बरको विद्युतीय (ईभी) गाडी सहिद लखन गाउँपालिका–३ कान्टारमा राति करिब ८ बज दुर्घटना भएको हो । गाडी सडकबाट करिब २००मिटर तल खसेको थियो ।

दुर्घटनामा परि मृत्यु हुने ७ जना भारतीय नागरिक रहेका छन् ।

घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतबार, ०१ चैत २०८२
https://jawaaf.com/storage/01KKNWQCM5RM51TK7715G1MXCS.jpg

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

एजेन्सी । पूर्वी चीनका पार्कहरूमा वसन्त ऋतुका फूलहरूले आगन्तुकहरूलाई निकै आकर्षित गरिरहेको छ । वसन्त ऋतुको हावा चलिरहेको बेला ढकमक्क फुलेका रंगीविरङ्गी फूलहरू हेर्नका लागि विभिन्न गतिविधिहरूले आगन्तुकहरूलाई थप आकर्षित गरिरहेको हो ।

वेन्झाउको माआन्ची पार्कमा, आगन्तुकहरुले ७५ विभिन्न प्रजातिका २७०,००० ट्युलिपले सजिएका मार्गहरूमा टहलिरहेका भेटिन्छन् । पार्कमा ‘फूल देवीहरू’ परम्परागत हान पोशाकमा सजिएका युवतीहरू फोटो खिच्न र रमाउन व्यस्त देखिन्छन् ।

सांगीतिक कार्यक्रमहरु पनि भइरहेका जसले फूल अवलोकन सिजनको पहिलो दिन नै लगभग २५,००० पर्यटकहरू ल्याउन सहयोग पुगेको छ । यता, सांघाईमा एक महिना लामो चेरी फेस्टिवल आयोजना भइरहेको छ। पार्कमा पूर्ण रूपमा फुलेका चेरीका रूखहरू सजिएका भेटिन्छन् ।(सीसीटीभीप्लस)

प्रकाशित मितिः शनिबार, ३० फागुन २०८२