सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KMVSTXBPFAVXMF1PQAF1Q7M8.jpg

रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन

रामेछाप । रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहानदेखि यातायात सञ्चालन भएको छ ।

शुक्रबार साँझको वर्षाका कारण आएको बाढीले बगाएको डाइभर्सन मर्मत पछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न अनुरोध गरेको छ ।

बाढीले रोशी क्षेत्रमा अस्थायी सडक बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध थियो। खोलामा पानीको सतह शनिबार राति अबेरसम्म सडक मर्मत गरिएपछि यातायात सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको बिपी राजमार्ग सडक खण्ड अन्तर्गत रोशी गाउँपालिका-७ घुमाउने डाँडा,रोशी गाउँपालिका-९ विरुवाडाँडा रोशी गाउँपालिका-११ कालढुङ्गा र नमोबुद्ध नगरपालिका-६ चौकी डाँडामा अविरल वर्षाको कारण झन्डै ४ किलोमिटर सडक पूर्णरुपमा अवरुद्ध रहेको थियो ।

बाढीका कारण काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ आउने–जाने सवारी साधन पूर्ण रूपमा रोकिएका थिए । गत वर्ष आएको बाढीले राजमार्गमा ठुलो क्षति पु¥याएपछि हाल सडक पुनर्निर्माणको काम भइरहेको छ । सोही क्रममा रोशी खोलामा विभिन्न स्थानमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ । बाढीले ती डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।

यसैबिच, बाढीले बगाएको रामेछाप निर्वाचन क्षेत्र ‘ख’को मुख्य प्रवेशद्वार मानिने नेपाल थोक–खैरेनी घाट पुल जोड्ने रोशी खोलाको अस्थायी डाइभर्सन पनि बनाइएको छ । उक्त मार्गमा क्षति पुगेपछि सो सडक पनि अवरुद्ध भएको थियो ।

प्रकाशित मितिः आइतबार, १५ चैत २०८२
https://jawaaf.com/storage/01KMVSFPCXEG0HRC111JRC0NED.jpg

पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

काठमाडौं । दीपक खड्का पक्राउ परेका छन्। नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज बिहान बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि सोही आधारमा उनीलाई पक्राउ गरिएको हो।

हाल खड्कामाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मितिः आइतबार, १५ चैत २०८२
https://jawaaf.com/storage/01KMVS07HJ5BMREV2SN56FH7C2.jpg

ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालत पेस गर्न लागेको छ । शनिबार अदालत बिदा भएकाले ओली र लेखकलाई आज अदालतमा पेस गर्न लागेको हो ।

शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित नगराएको हुनले आज दुवै नेतालाई अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ ।
ओली र लेखकलाई प्रहरीले शनिबार प्रक्राउ आफ्नै निबासबाट प्रक्राउ गरेको थियो ।

ओली पक्राउ पछि अस्पतालमा भर्ना भएका छन् र लेखकलाई २ नम्बर गण महाराजगन्जमा राखिएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले शनिबार बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।

कार्की आयोगले लापरबाही र हेलचेक्र्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मितिः आइतबार, १५ चैत २०८२
https://jawaaf.com/storage/01KMT68T872ETTEPXKSPW80G5J.jpg

एमाले आन्दोलन भोलिपनि निरन्तर

काठमाडौं । एमाले अध्यक्ष केपी ओली पक्राउको विरोधमा उत्रिएका एमालेका कार्यकर्ताहरुले माइतीघर–बानेश्वर सडक खण्डमा दिनभर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले अध्यक्ष ओलीलाई बिनासर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका एमालका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज समेत गरेको छ । कार्यकर्ताहरु देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

ओलीको गिरफ्तारीको विरोध गर्दै पार्टीका जनवर्गीय संगठनका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । आन्दोलनका कार्यक्रमहरु भोलि पनि निरन्तरता दिने एमालेको तयारी छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेका अनुसार भोलि ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आन्दोलनलाई निरन्तरता दिने तयारी छ । ‘आजको प्रदर्शन शान्तिपूर्ण गरिएको छ । केही प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलन निरन्तर रहनेछ पार्टी नेतृत्वले हामीलाई जानकारी दिएको छ,’ उनले भने ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबारै बिहान ओेलीलाई भक्तपुरको गुन्डुस्थित उनको निवासबाट प्रहरीले गिरफ्तार गरेको छ । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः शनिबार, १४ चैत २०८२
https://jawaaf.com/storage/01KMT323ESJT6F9TESW3FBB1GY.jpg

सरकारको रवैयाविरुद्ध झापामा सडकमा उत्रियो एमाले

बिर्तामोड । झापामा नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमाले सडकमा उत्रिएको छ । जनसंगठनहरुले बिर्तामोडको मुक्तिचोकमा आज बालेन शाह सरकारको रवैयाविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

गैरकानुनी र प्रतिशोधपूर्ण पक्राउको विरोधमा एमाले नेता कार्यकर्ताहरुले पार्टी कार्यालयदेखि मुक्तिचोकसम्म र्याली गर्दै विरोध जनाएका हुन् । र्यालीका क्रममा सरकारको कदमको विरोध गरिएको छ ।
भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनबारे पूर्वाग्रहीपूर्ण प्रतिवेदन बनाएर लोकतान्त्रिक शक्तिहरुलाई गरिएको धरपकड विरुद्ध एमाले सडकमा आएको हो ।

ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमालेले विरोध प्रदर्शन गरेको हो । मुक्तिचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेलले विदेशीको इसारामा बनेको सरकारलाई तत्काल गल्ती सच्याउन चेतावनी दिए ।

उनले देश नियम कानुनले चलाउन सूझाव दिँदै दुई तिहाईको दम्भ नदेखाउन सूझाव दिए । विभिन्न सडक आन्दोलनबाट मुलुकमा परिवर्तन ल्याएको एमालेसँग प्रतिशोध साध्ने काम भए महंगोपर्ने उनको भनाई थियो ।
शान्तिपपूर्ण आन्दोलनबाट एमालेको माग पुरा नभए सडकबाटै सत्ताच्यूत गराइदिने नेताहरुले चेतावनी दिएका छन् । पार्टी केन्द्रको निर्देशन बमोजिम एमालेले निरन्तर आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मितिः शनिबार, १४ चैत २०८२
https://jawaaf.com/storage/01KMT2P14101YGJXAMCDV7YN7Q.jpg

हतारमा गरिएको निर्णयले अस्थिरता बढाउन सक्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा पूर्वराष्ट्रपति भण्डारीले सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गठन गरेको ‘भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२’ को प्रतिवेदन कार्यान्वयन गर्ने वर्तमान सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएकी हुन् ।

उक्त आयोगको प्रतिवेदन पूर्ण नभएको विभिन्न अध्ययनहरूले देखाएको उल्लेख गर्दै सरकार गठन भएको पहिलो दिनमै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिनु हतारपूर्ण भएको बताएकी छन् ।
साथै, सोही निर्णयअन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषय अत्यन्त संवेदनशील र दूरगामी प्रभाव पार्ने खालको भएको उनले उल्लेख गरेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीका अनुसार कुनैपनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुन्छ । हतारमा गरिएका निर्णयहरूले विधिको शासनप्रति जनविश्वास कमजोर पार्ने र मुलुकमा अस्थिरताको जोखिम बढाउने चेतावनी उनले दिएकी छन् ।

सुशासनलाई प्राथमिकता दिएको वर्तमान सरकारबाट यस्तो कदम चालिनु दुःखद् भएको बताउँदै उनले लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णय पुनर्विचार गरी फिर्ता लिन आग्रह गरेकी छन् ।
साथै, सरकारलाई संयमता अपनाई विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणमा गम्भीर हुन अपिल गरेकी छन् ।

प्रकाशित मितिः शनिबार, १४ चैत २०८२
https://jawaaf.com/storage/01KMSQVN9NPF74HVCZKG4P4QHS.jpg

हर्मूज जलसन्धिमा बढ्दो तनावः संयुक्त राष्ट्र संघद्वारा विशेष कार्यदल गठन, ट्रम्पको कडा चेतावनी

काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावका बीच संयुक्त राष्ट्र संघले हर्मूज जलसन्धिबाट हुने समुद्री आवागमनमा अवरोध आउँदा विश्वभर गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ । विशेष गरी मानवीय सहायताका सामग्री र कृषि उत्पादनमा यसको ठूलो प्रभाव पर्ने भन्दै राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले एक विशेष कार्यदल गठन गरेका छन् ।

महासचिवका प्रवक्ता स्टेफन दुजारिकका अनुसार, यस कार्यदलको नेतृत्व युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेसका कार्यकारी निर्देशक जोर्ज मोरेरा दा सिल्भाले गर्नेछन् । कार्यदलमा व्यापार र विकास सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेन अन्तर्राष्ट्रिय समुद्री संगठन र अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सका प्रतिनिधिहरू समावेश हुनेछन् ।

यस कार्यदलको मुख्य उद्देश्य हर्मूज जलसन्धिमा मानवीय आवश्यकताहरू पूरा गर्न प्राविधिक संयन्त्र विकास गर्नु हो । यमन र ब्ल्याक सी ग्रेन इनिसिएटिभ जस्ता विगतका संयन्त्रहरूबाट पाठ सिक्दै यसले रासायनिक मल र यसका लागि आवश्यक कच्चा पदार्थको ढुवानीलाई सहज बनाउने लक्ष्य राखेको छ ।

ट्रम्पको विवादास्पद टिप्पणी र इरानलाई चेतावनी

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मूज जलसन्धिलाई ट्रम्पको जलसन्धि भनी सम्बोधन गरेर चर्चा बटुलेका छन् । साउदी अरबमा आयोजित एक लगानी सम्मेलनमा बोल्दै उनले ठट्टाको शैलीमा भने, उनीहरूले ट्रम्पको जलसन्धि खोल्नुपर्छ ।
ट्रम्पले इरान अहिले दबाबमा रहेको र सम्झौताका लागि भिख मागिरहेको दाबी समेत गरे । उनले इरानलाई चेतावनी दिँदै केही दिनभित्रै सो जलमार्ग पूर्ण रूपमा नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पारिदिने चेतावनी दिएका छन् । सीसीटीभी

प्रकाशित मितिः शनिबार, १४ चैत २०८२
https://jawaaf.com/storage/01KMSGBSTAN99B8Q27YXJCSSMW.jpg

ओली पक्राउविरुद्ध एमाले कोशीको कडा आपत्ति, आन्दोलनमा उत्रिन आह्वान

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली को पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ ।

कोशी प्रदेश कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा हालै गठित सरकारलाई “अराजनीतिक” भन्दै कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा ओलीलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण कदम भएको आरोप लगाइएको छ । विज्ञप्तिमा यस्तो कार्यले मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने चेतावनीसमेत दिइएको छ ।

एमालेका अनुसार भदौ २३ गतेको जेनजी नवयुवाहरूको शान्तिपूर्ण आन्दोलनलाई योजनाबद्ध रूपमा हाई ज्याक गरी जन निर्वाचित सरकार र संसद विघटन गर्दै गैर संवैधानिक बाटोबाट बनेको सरकारले असंवैधानिक, पूर्वाग्रही र प्रतिशोधपूर्ण आयोग गठन गरेको दाबी गरिएको छ । सोही आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा पार्टी अध्यक्षसहित नेताहरूलाई पक्राउ गर्नु लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनमाथिको “नाङ्गो प्रहार” भएको एमालेको निष्कर्ष छ ।

कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेको विज्ञप्तिमा पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न, प्रतिशोधपूर्ण गतिविधि बन्द गर्न सरकारसँग माग गरिएको छ ।

साथै, पार्टीका नेता–कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई विचलित नभई सरकारको कदमविरुद्ध आन्दोलन र संघर्षमा उत्रिन तयार रहन आह्वान गरिएको छ ।

प्रकाशित मितिः शनिबार, १४ चैत २०८२
https://jawaaf.com/storage/01KMSBZ461KZFQY5EVR6Z3CKA1.jpg

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि अस्पताल लगियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट ओली र लेखकको स्वास्थ्य परीक्षणको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको हो ।

मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ओलीलाई शनिबार बिहान भक्तपुरबाट र लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको थियो ।

प्रहरीले नियमित स्वास्थ्य परीक्षण अन्तर्गत उनीहरूलाई त्रिवि शिक्षण अस्पताल लगेको बताइएको छ । अस्पतालबाट ल्याएर उनीहरूलाई हिरासतमा राखिनेछ ।

शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओलीलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मितिः शनिबार, १४ चैत २०८२
https://jawaaf.com/storage/01KMS4P4BP0X0Y7VN7ER7BKF93.webp

प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो : सुधन गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेकखलाई निययन्त्रणमा लिनु प्रतिशोध नभएको बताएका छन् ।

आज सामाजिक संजालमा लेख्दै गुरुङले कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात भएको बताएका हुन् ।

गुरुङले लेखेका छन्, ‘माथि कोही छैन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’

जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णयलगत्तै गुरुङले प्रहरी परिचालन गरी ओली र लेखकलाई शनिबार बिहानै निवासबाटै पक्राउ गरेका छन् ।

प्रकाशित मितिः शनिबार, १४ चैत २०८२