आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J9R89BGSKB2J25B2RBGSYXHY.jpg

बाढीले ५० लाख बराबरको केरा नोक्सान

advertisement

इनरुवा(सुनसरी), २३ असोजः सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गर्नुभएको थियो । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पु¥याएपछि उहाँ चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो“ आफ्नै जग्गामा प्रति बिघा आठ लाखको लागतमा केरा लगाएको थिए । दुईबिघा मध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो । केरा खेतीबाट छठपर्वमा सम्ममा १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य राखेको थिए । बाढीले क्षति गरेपछि ठूलो नोक्सानीको सामना गर्नुपरेको छ । ” उहाँले भारतको मदरासबाट मदरासी(चिनिचम्पा) जातका केराको बीउ ल्याएर लगाउनुभएको थियो ।    

 
     

advertisement

 

यही असोज ११ र १२ गते वर्षासँगै आएको बाढीले केराखेती कटान गरेर लानुका साथै पानी जमेकाले केरा सुक्न थालेको उहाँले बताउनुभयो । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लामा ५० हेक्टर क्षेत्रफल केरा खेती नष्ट भएको तथ्याङक प्राप्त भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो ।     
      
 बाढीले रु ५० लाख बराबरको केरा खेतीमा क्षति भएको उहाँले बताउनुभयो । बाढीले सुनसरी सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगन्ज गाउँपालिकामा लगाएको केरा खेतीमा क्षति भएको छ । हावाहुरीका कारण क्षति पुगेको केराखेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने स्थानीय किसानले बताएका छन् । यसवर्ष केरा खेतीमा दैवीप्रकोपले ठूलो नोक्सानी पु¥याएका कारण बजारमा केरा अभाव हुनसक्ने आँकलन गरिएको छ भने मूल्य बढ्ने आँकलन गरिएको छ । सुनसरीमा पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हँुदैआएको छ ।

advertisement

प्रकाशित मितिः बुधबार, २३ असोज २०८१
https://jawaaf.com/storage/01J9R5VTF5GM28QF35W0KKXM2B.jpg

कृषि सङ्कलन केन्द्र स्थापना

advertisement

खोटाङ, २३ असोजः केपिलासगढी गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना गरेको छ । कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले गत वर्ष विनियोजन गरेको रु २० लाख लगानीमा गाउँपालिकाको कृषि शाखासँगै जोडिएको कार्यालय भवनमा कृषि सङ्कलन केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।

 

advertisement

 

गाउँपालिका क्षेत्रभित्र कृषि उत्पादनमा वृद्धि गर्न, उत्पादन भएका कृषि उपजको बजार सुनिश्चित गर्न तथा समग्र कृषि क्षेत्रकै विकास गरी कृषकको आयआर्जनमा वृद्धि गर्न कृषि सङ्कलन केन्द्र स्थापना गरिएको गाउँपालिकाका प्रमुख समीर राईले जानकारी दिनुभयो । “कृषकको कृषि उपजले बजार नपाएको खण्डमा गाउँपालिकाले तोकेको मूल्यमा कृषि खरिद गर्छ, खरिद गरेर सङ्कलित कृषि उपजलाई अन्य स्थानमा सप्लाई गरिदिन्छौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा कृषकको कृषि उपज बजार नपाएर कुहिँदैन, गाउँपालिकाले खरिद गर्छ, कृषकले त्यसको मूल्य पाउँछ ।”

 सङ्कलन केन्द्रमा जम्मा भएका अकबरे खुर्सानीलाई अचार, रायो सागलाई गुन्द्रुक, आलुलाई चिप्स, पिँडालुलाई सुकुटीलगायत परिकार बनाएर बिक्री गर्नेगरी कृषि सङ्कलन केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । कृषि सङ्कलन केन्द्रमा सङ्कलित कृषि उपजलाई राजधानी काठमाडौँलगायत सहरसँग समन्वय गरेर निर्यात गर्नेसम्मको योजना बनाइएको गाउँपालिकाले जनाएको छ ।  

 कृषि सङ्कलन केन्द्र स्थापना गर्नुअघि गाउँपालिकाले ५९ किसिमका कृषि उपजको मूल्य निर्धारण गरेको थियो । फरकफरक मौसममा फरकफरक मूल्य राखेर कृषि उपजको मूल्य निर्धारण गरेपछि सङ्कलन केन्द्र स्थापना गरिएको हो । अन्नबाली, सागसब्जी, फलफूल, दलहन तथा तेलहनलगायत सबै कृषि उपजको मूल्य निर्धारण गरिएको कृषि शाखाले जनाएको छ । मूल्य निर्धारण गर्दा कृषकको परल मूल्यमा घाटा नहुनेगरी निर्धारण गरिएको जनाइएको छ । 

 गाउँपालिकाले सङ्कलन केन्द्र स्थापना गरेपछि बाक्सिला बजारमा लाग्ने हटियामा बिक्री नभएका कृषि उपज लिएर कृषक सङ्कलन केन्द्र पुग्न थालेका छन् । कृषकको परल मूल्यभन्दा केही प्रतिशत बढीमा बजारमा बिक्री नभएका कृषि उपज गाउँपालिकाले खरिद गर्न थालेपछि उनीहरु हर्षित भएका छन् । 


advertisement

 

सो गाउँपालिकाका कृषक यसअघिसम्म घरबाट बोकेर लगेका कृषि उपज बिक्री नभएपछि पुनः बोकेरै घर फर्काउनुपर्ने बाध्यतामा थिए । गाउँपालिकाका सबै वडामा कच्ची सडक पुगे पनि बाह्रै महिना यातायात सञ्चालन नहुँदा कृषकले उत्पादन गरेका कृषि उपज उनी आफैँले डोकोमा बोकेर बिक्री गर्न लानुपर्ने बाध्यता छ । 

 यसैबीच, गाउँपालिकाले तोरी उत्पादक कृषिकलाई दिँदै आएको अनुदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । व्यावसायिक तोरीखेती गर्ने किसानलाई खेती गरेको जग्गाको क्षेत्रफल र उत्पादन भएको तोरीको मात्राका आधारमा अनुदान उपलब्ध गराउनेगरी सुरु गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएपछि गाउँपालिकाले यस वर्ष पनि निरन्तरता दिएको हो । 
 

व्यावसायिक तोरीखेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयातीत खाने तेललाई विस्थापित गर्ने लक्ष्यका साथ किसानलाई अनुदान दिने कार्यक्रम ल्याइएको गाउँपालिका उपप्रमुख गुरुराज राईले जानकारी दिनुभयो । “किसानलाई व्यावसायिक रुपमा तोरीखेती गर्न उत्प्रेरित गर्ने, तोरीको उत्पादन बढाउने, बजारीकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ तोरी किसान अनुदान कार्यक्रम अघि सारिएको हो”, उहाँले भन्नुभयो, “गाउँपालिकाको गौरवको योजनाका रुपमा ल्याइएको तोरीखेती प्रवद्र्धन कार्यक्रमले कृषकको आयआर्जनमा टेवा पुग्नाका साथै वातावरण सन्तुलनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

advertisement


 गाउँपालिकाको अनुदान पाउन किसानले कम्तीमा तीन रोपनी जग्गामा तोरीखेती लगाउनुपर्ने जनाइएको छ । व्यावसायिक तोरीखेती गर्ने कृषकले अनुदान पाउनका लागि कम्तीमा दुई मुरी तोरी उत्पादन गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । 

 गाउँपालिकाको अनुगमन तथा मूल्याङ्कन समितिको सिफारिसका आधारमा कृषक, कृषि फार्म र कृषक समूहलाई बैङ्क खातामा अनुदान उपलब्ध गराइँदै आएको छ । तोरीखेती प्रवद्र्धनका लागि गाउँपालिकाले अनुदान कार्यक्रम लागू गरेपछि कृषकसमेत उत्साहित भएका छन् ।


advertisement

प्रकाशित मितिः बुधबार, २३ असोज २०८१
https://jawaaf.com/storage/01J9R13MK3B00N3FPCNMFM8E3Q.jpg

राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना

advertisement

भोजपुुर, २३ असोजः कोशी प्रदेश राज्यमन्त्री सिजना राईले रु एक लाख राशिको अक्षयकोष स्थापना गर्नुभएको छ । राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गर्नुभएको हो ।    

 
     

advertisement


आफ्नो जीवनकालमा गायक गुरुङले साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताउनुभयो । “गुरुङले साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएको छ”, राज्यमन्त्री राईले भन्नुभयो, “यस्ता व्यक्तिलाई समाजले कदर गर्न अवश्यक छ ।”


advertisement

प्रकाशित मितिः बुधबार, २३ असोज २०८१
https://jawaaf.com/storage/01J9R0D6AN0X5F0YD0S4DY1X6Y.png

एक बोतल पानी सय रुपियाँमा बेच्दा ....

advertisement

कास्की, २३ असोजः तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु दुई लाख जरिवाना गरेको छ ।     
     

advertisement

पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताउनुभयो । सोही स्थानका एक ग्राहकले रु २० पर्ने एक बोतल मिनरल वाटर रु एक सय तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए ।     
     

advertisement

स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ ।  

 

advertisement

प्रकाशित मितिः बुधबार, २३ असोज २०८१
https://jawaaf.com/storage/01J9QJNP9BXQPACGWH7ENVCJ7A.jpg

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

avertisement

म्याग्दी, २३ असोज : उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गर्नुभयो ।     
      
  “मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो”, उहाँले भन्नुभयो, “थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।” उहाँ जस्तै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने पर्यटकका लागि भुरुङ्ग तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’ बनेको छ ।     
      
  तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुन्छ भनिन्छ । मुस्ताङको चिसो हावापानीबाट आएकाहरु तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् ।     
      
  पर्यटकीय यामको सुरुवातसँगै कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।    

 
     

advertisement

 
  चिसो बढ्न थालेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको पनि सङ्ख्यामा वृद्धी भएको कुण्डका सञ्चालक लट्टे गिरिले बताउनुभयो । “बर्खा रोकिएपछि मुस्ताङ जाने आउने पर्यटकको चहलपहलसँगै तातोपानी नुहाउने पनि बढेका छन्”, उहाँले भन्नुभयो “याममा दैनिक दुईदेखि तीन सय जनासम्मले स्नान गर्छन् ।”     
      
  बेनी–जोमसोम सडकको छेउमा तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धाराहरु बनाइएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि स्वदेशीलाई रु ५० र विदेशीलाई रु एक सय ५० शूल्क तोकिएको छ ।     
      
  कुण्डमा प्रवेश शूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ रु ५६ लाख २५ हजार तीन सय ७७ मा होटल हटस्पिरिङसँग ठेक्का सम्झौता गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा रु ५५ लाख नौ सयमा ठेक्का लगाएको थियो ।     
      
  भुरुङ्ग–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारी अन्नपूर्ण गाउँपालिका–५ को भूगोलमा पनि अर्को तातोपानी कुण्ड पनि छ । सो तातोपानी कुण्ड सञ्चालनका लागि गाउँपालिकाले यस वर्ष रु २८ लाख ७६ हजार पाँच सय पाँचमा कालीगण्डकी रुफटप प्रालिसँग ठेक्का सम्झौता गरेको छ । भुरुङ्ग–तातोपानीदेखि पाउद्धार तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश सरकारमार्फत हालै झोलुङ्गे पुल निर्माण भएको छ ।    

advertisement

 
  उनीहरुले सम्झौता गरेको रकम जम्मा गरेकाले १० प्रतिशत छुट पाएका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । कुण्डबाट हुने आम्दानी गाउँपालिकाले तय गर्ने योजना तथा कार्यक्रमका साथै तातोपानी स्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको छ ।     
      
  कुण्डबाट हुने आम्दानीबाट कक्षा ११ र १२ सञ्चालन गरिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । हिमालय आधारभूत विद्यालयलाई पनि सहयोग गरिएको छ । कुण्डको सहयोगमा तातोपानी स्वास्थ्य चौकीमा एक जना प्राबिधिकको तलब व्यवस्थापन गरी प्रयोगशाला सञ्चालन भएको छ ।     
     

advertisement
 
 

 कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणको काम गरिदै आएको छ । पर्यटकको आवास सुविधाका लागि तातोपानी बजारमा करिब २० वटा सुविधा सम्पन्न होटल सञ्चालनमा छन् । होटलमा एक दिनमा पाँच सयभन्दा बढी बास बस्न सक्ने क्षमता छ ।     
      
  यसअघि कुण्डको कुनातर्फबाट खोलिएको बेनी–जोमसोम–कोरला सडक विस्तार गरेर ११ मिटर फराकिलो बनाउँदा कुण्डको मुहान र पोखरी पुरिने भएकाले नक्साङ्कन परिवर्तन गर्न स्थानीयबासी, जनप्रतिनिधि र सरोकारवालाहरुले माग गरेका थिए । तातोपानीको मुहान र पोखरीलाई असर नपर्ने तथा कालीगण्डकी नदीको कटान पनि नियन्त्रण हुने गरी कुण्डभन्दा तलपट्टीबाट सडकको नयाँ नक्साङ्कन गरिएको छ ।

advertisement

प्रकाशित मितिः बुधबार, २३ असोज २०८१
https://jawaaf.com/storage/01J9QHX6RYPYX7ZAD17NPQ1FN1.jpg

सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव

advertisement

किमाथाङ्का (सङ्खुवासभा), २३ असोजः जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ । वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । खाद्य डिपोमा १५ महिना देखि चामल अभाव भएको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनुदानको चामल प्रशासनिक प्रक्रिया समयमा पूरा नहुँदा आपूर्ति गर्न नसकेको जनाएको छ । हटियागोला खाद्य डिपोमा गत वर्षदेखि चामल अभाव हुँदा समस्या भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो ।

advertisement

जिल्ला प्रशासन कार्यालयमार्फत प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनी विराटनगर र केन्द्रीय कार्यालय काठमाडौँलाई पत्राचार गरिएको भए पनि चाडबाडको समयमा समेत हटियागोला खाद्य डिपोमा चामल नआएको गाउँपालिका अध्यक्ष भोटेको गुनासो गर्नुभयो ।


advertisement


डिपोमा चामल अभाव भएको र किमाथाङ्कानाका सीमापारिको चीनको चाँगामा पहिराका कारण नाका बन्द हुँदा भोटखोलावासीलाई थप समस्या भएको अध्यक्ष भोटेले बताउनुभयो । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजार चाँगा र देन्दाङमा निर्भर रहँदै आएका छन् । चीनको चाँगामा पहिरो खसेका कारण असोज १२ गतेदेखि आवागमनमा  रोक लगाइएको हो । सदरमुकाम खाँदबारीमा एक हजार पाँच सय क्विन्टल र उत्तरी क्षेत्र भोटखोलामा पाँच सय क्विन्टलको कोटा तोकिएको छ ।

advertisement

प्रकाशित मितिः बुधबार, २३ असोज २०८१
https://jawaaf.com/storage/01J9PCYMB3RG5JGZYVX0Q01S5J.png

काभा भलिबलमा नेपाल विजयी

Advertisement

काठमाडौँ, २२ असोज : सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ ।

श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–५, दोस्रो सेट २५–१२ तथा तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो ।

जितसँगै नेपालले तीन खेलमा ६ अङ्क जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

Advertisement


त्यस्तै दोस्रो खेलमा उज्वेकिस्तानसँग नेपाल ३–१ सेटमा पराजित भएको थियो । तीनै खेलमा पराजित माल्दिभ्स अङ्कविहिन छ । माल्दिभ्स यसअघि तुर्किमेनिस्तान र श्रीलङ्कासँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।

विभिन्न ६ टोली सहभागी उक्त प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । अब नेपालले यही असोज २४ गते  किर्गिस्तानसँग खेल्नेछ ।

Advertisement

प्रकाशित मितिः मङ्गलबार, २२ असोज २०८१
https://jawaaf.com/storage/01J9NY4FD43FYDA3879MJ7X0P5.webp

एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्का प्रदान

advertisement

स्टकहोम, २२ असोज :अमेरिकी जोन होपफिल्ड र बेलायती–क्यानाडाली जेफ्री हिन्टनले मङ्गलबार कृत्रिम बौद्धिकता (एआई) को विकासमा अग्रणी कामका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जित्नुभएको छ ।     
      

जुरीका अनुसार उहाँहरूलाई ‘कृत्रिम न्युरल नेटवर्कहरूसँग मेसिन लर्निङ सक्षम बनाउने आधारभूत खोज र आविष्कारका लागि’ सम्मानित गरिएको छ ।     
      
स्विडिश रोयल एकेडेमी अफ साइन्सेसले एक वक्तव्यमा भनेको छ, “यस वर्षको भौतिकशास्त्रमा दुई नोबेल पुरस्कार विजेताहरूले आजको शक्तिशाली मेशिन लर्निङको आधार रहेको विधिहरू विकास गर्न भौतिकशास्त्रका उपकरणहरू प्रयोग गर्नुभएको छ ।”     
      

advertisement


वक्तव्यमा प्रिन्स्टन विश्वविद्यालयका ९१ वर्षीय प्राध्यापक होपफिल्डलाई ‘एसोसिएटिभ मेमोरी सिर्जना गरेको’ र ‘यसले छवि र डेटाका अन्य प्रकारका ढाँचाहरू भण्डारण गर्न र पुनःनिर्माण गर्न सक्छ’ भनी उल्लेख गरिएको छ ।     
      
जुरीले टोरन्टो विश्वविद्यालयका ७६ वर्षीय प्राध्यापक हिन्टनले ‘डेटामा स्वायत्त रूपमा गुणहरू पत्ता लगाउन सक्ने विधि आविष्कार गर्नुभएको र उक्त आविष्कारले तस्बिरहरूमा विशिष्ट तत्वहरू पहिचान गर्ने जस्ता कार्य गर्न सक्छ’ भनेको छ ।     
      
स्टकहोममा पुरस्कार विजेताहरूको घोषणा गर्ने क्रममा हिन्टनले फोन अन्तरवार्तामार्फत पत्रकारहरूसँग भन्नुभयो, “म अचम्मित छु... यस्तो हुनसक्छ भनेर मलाई थाहै थिएन ।”     
      
दुवै जनाले स्टकहोममा राजा कार्ल सोह्रौँ गुस्ताफबाट डिसेम्बर १० मा डिप्लोमा, सुनको पदक र १० लाख डलरको चेकसहित पुरस्कार प्राप्त गर्नुहुनेछ । उक्त दिन आफ्नो अन्तिम इच्छापत्रमा यी पुरस्कारहरू सिर्जना गर्नुभएका वैज्ञानिक अल्फ्रेड नोबेलको सन् १९८६ मा निधन भएको वार्षिकी हो । 

   
     

advertisement
 

गत वर्ष भौतिकशास्त्रको नोबेल पुरस्कार फ्रान्सका पियरे एगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्को–स्विडिश एन ल’हुइलियरलाई अति छिटो प्रकाश फ्ल्यासहरू प्रयोग गरेर परमाणु र अणुहरूभित्रका इलेक्ट्रोनहरूको अध्ययन गर्न सक्षम बनाउन गरिएको अनुसन्धानका लागि दिइएको थियो ।     
      
नोबेल मौसममा यस साता बुधबार रसायनशास्त्र पुरस्कार विजेताको घोषणासँगै जारी रहनेछ । त्यसपछि बिहीबार साहित्य र शुक्रबार शान्तिका लागि अत्यधिक प्रतीक्षित पुरस्कार आउनेछन् । अर्थशास्त्रका लागि सोमबार पुरस्कार घोषणासँगै सबै कुरा समाप्त हुनेछ ।     
      
पुरस्कार सिर्जनाकर्ता तथा वैज्ञानिक अल्फ्रेड नोबेलका शब्दहरूमा जसले ‘मानवजातिलाई सबैभन्दा ठूलो फाइदा प्रदान गरेका छन्’ तिनीहरूलाई सन् १९०१ देखि प्रदान गरिँदै आएको नोबेल पुरस्कारले सम्मानित गर्दछ ।

advertisement

प्रकाशित मितिः मङ्गलबार, २२ असोज २०८१
https://jawaaf.com/storage/01J9NWXQZV4XYWYEFDMRD5S3CN.jpg

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

advertisement

काठमाडौँ, २२ असोज : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दमलव ३९ अङ्कले ओरालो लागेर दुई हजार छ सय ६३ दशमलव ३२ मा सीमित भएको छ ।

 ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५५ अङ्कले ओरालो लागेर चार सय ८० दशमलव २३ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कूल एक करोड तीन लाख ३० हजार पाँच सय दुई कित्ता शेयर रु चार अर्ब ५९ करोड ३७ लाख २७ हजार दुई सय ४४ मूल्यमा खरिद–बिक्री भएको छ ।

advertisement

नेप्सेका अनुसार, मिड सोलु हाइड्रोपावर १०, बुटवल पावर कम्पनी छ दशमलव ८३, माण्डु हाइड्रोपावर छ दशमलव ३१, प्रभु स्मार्ट फन्ड पाँच दशमलव ९६ र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ४४ प्रतिशतले कमाएका छन् ।

इस्टर्न हाइड्रोपावर आठ दशमलव ५०, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव २४, नेपाल फाइनान्स छ दशमलव ९८, बोटलर्स नेपाल तराई पाँच दशमलव ८८ र कालीञ्चोक दर्शनका लगानीकर्ताले पाँच दशमलव ५० प्रतिशतले गुमाएका छन् ।

advertisement

प्रकाशित मितिः मङ्गलबार, २२ असोज २०८१
https://jawaaf.com/storage/01J9NN1VGDHXQ2W6BYSW1HHKKB.jpg

दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु

advertisement
लमजुङ, २२ असोज : पाठेघरको क्यान्सरबाट पीडित यहाँस्थित दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष छुपिमाया गुरुङको मृत्यु भएको छ ।

दूधपोखरी गाउँपालिका–५ कोल्की भञ्ज्याङ निवासी गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो ।
advertisement
नेपाली कांग्रेसका जिल्ला सदस्य रामहरी न्यौपानेका अनुसार गुरुङको पाँच दिनअघि मात्रै दोस्रो पटक ‘किमोथेरापी’ गरिएको थियो । सोमबार बिहानसम्म अवस्था सामान्य रहेकामा दिउँसोबाट गाह्रो भएपछि राती अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेर उहाँ निर्वाचित हुनुभएको थियो । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय उहाँ हाल कांग्रेसको गण्डकी प्रदेश कार्यसमिति सदस्य तथा महासमिति सदस्य हुनुहुन्थ्यो । 

advertisement

प्रकाशित मितिः मङ्गलबार, २२ असोज २०८१