आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J9NMHW6CK8NYH1Q98DDR1YC7.jpg

दसैँमा पनि मानव अधिकार आयोग खुला रहने

advertisement

काठमाडौँ, २२ असोज : राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दसैँ अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ ।

आयोगले आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमाझैँ यस वर्ष पनि बिदाका दिनमा कार्यालय खुला राख्ने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

आयोगले यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ ।


advertisement

प्रकाशित मितिः मङ्गलबार, २२ असोज २०८१
https://jawaaf.com/storage/01J9ND7NWVBC9RYN8RP7RT2C4J.jpg

स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक

advertisement

फुङ्लिङ (ताप्लेजुङ), २२ असोजः गीतकार टङ्कबहादुर भट्टराईद्वारा रचित ‘दिलमायाको चिया दोकान’ गीत सार्वजनिक भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सो गीतको सार्वजनिक गर्दै ताप्लेजुङको आर्थिक र सांस्कृतिक पर्यटन, व्यवसायको उन्नयनमा गीतले विशेष योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो ।     
     
सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा आफूले कार्यरत रहँदा भोगेका र अवलोकन गरेका विषयलाई गीतमा जीवन्त प्रस्तुत गरिएको गीतकार भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गीतले ताप्लेजुङको सुन्दरता र चियाको पसलजस्तो सानो व्यवसायमा लागेका मानिसलाई सम्मान र प्रेरणा दिन खोजेको छ । स्थानीय सानातिना व्यवसायमा लागेका मानिसको सङ्घर्ष, लगनशीलता र स्थानीय पर्यटनको महत्वलाई गीतमा समेटिएको छ ।”     
     
सो अवसरमा कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका अध्यक्ष कमल भट्टराई, कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझालगायतले ताप्लेजुङको पर्यटन र साना व्यवसायीलाई प्रोत्साहन गर्न गीतले सहयोग पुर्याउने विचार व्यक्त गर्नुभयो । उहाँले श्रष्टा भट्टराईले अगामी साहित्यिक यात्रा अनवरत रुपमा लागिरहने विश्वास समेत व्यक्त गर्नुभयो ।   

advertisement

‘दिलमायाको चिया दोकान’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिने जनाइएको छ । पाथीभरा क्रिएसन हाउसका प्रमुख हर्कराज गुरुङले गीतको म्युजिक भिडियो निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । गीतमा राजनराज शिवाकोटीको सङ्गीत, मिलन नेवार र गायक इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर समावेश गरिएको छ । साना उद्यमी र ताप्लेजुङको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा गीतका शब्दले विशेष भूमिका खेल्ने गायक श्रेष्ठले बताउनुभयो ।     

advertisement

उहाँका अनुसार ‘दिलमायाको चिया दोकान’ले चिया पसलजस्तो सानो व्यवसायलाई सम्मान दिनुका साथै व्यावसायिक अनुशासन, लगनशीलता र इमान्दारिता झल्काउने प्रयास गरेको छ । उहाँले भन्नुभयो, “गीतको निर्माणले ताप्लेजुङमा रहेका पर्यटन र चिया व्यापारजस्ता साना व्यवसायको विकासमा प्रत्यक्ष रूपमा टेवा पुर्याउने उद्देश्य राखेको छ । साना व्यवसाय ताप्लेजुङमा मात्रै नभई देशभरि पर्यटनको मुख्य आधारस्तम्भ बनिरहेका छन् । यस्ता व्यवसायले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटनको वृद्धि गर्न सहयोग गरेका छन् ।” स्रष्टा भट्टराईले यसअघि ‘ठाँटीको घाम’ उपन्यास ‘ताप्लेजुङको शिरैमा सेतो जुहार’ बोलको गीत सार्वजनिक गर्नुभएको थियो ।

advertisement

प्रकाशित मितिः मङ्गलबार, २२ असोज २०८१
https://jawaaf.com/storage/01J9NC64FV8JCMS76W8P899FPB.avif

यात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु

advertisement

रसुवा, २२ असोजः हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ ।
 
रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको हो । नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा शव गोसाइँकुण्ड ल्याई आज बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको छ ।
 

advertisement


रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्लास्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौँ ल्याएको एयर डाइनेष्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिनुभयो । थप अनुसन्धानका लागि स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रहरी प्रमुख भट्टराईले लेक लागेर वा अन्य कारणले निधन भएको हो भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुने बताउनुभयो ।  


advertisement

प्रकाशित मितिः मङ्गलबार, २२ असोज २०८१
https://jawaaf.com/storage/01J9NA1E906QWQ562JWC8EPMSW.jpg

आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

advertisement

काठमाडौँ, २२ असोज : जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । 

विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।     
     

अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको आकलन सार्वजनिक गरिएको विभागकी सूचना अधिकारी एवं मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।     

advertisement

वर्षाको आकलन     
      
 कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।     
      
 कोशी प्रदेशको उत्तरी भाग, मधेश प्रदेशको पश्चिमी भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत छभने कोशी प्रदेशको दक्षिणी भू–भाग, मधेस प्रदेशको पश्चिमी भाग, बागमती प्रदेशको उत्तर–पश्चिम भाग र गण्डकी प्रदेशको दक्षिण–पूर्वी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ ।     
      
 त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत नै रहेको विवरणमा उल्लेख छ ।  

advertisement

अधिकतम तथा न्यूनतम तापक्रम    
यस्तै देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ । बागमती प्रदेशको मध्य तथा दक्षिणी भाग, मधेस प्रदेशको पश्चिमी भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भागमा अधिकतम तापक्रमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।     
     
 कोशी प्रदेशका मध्य भाग, मधेस प्रदेशका पूर्वी भाग र बागमती प्रदेशका उत्तरी भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छभने बाँकी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।     
     
न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली प्रदेशका पश्चिमी भाग र लुम्बिनी प्रदेशका पश्चिमी भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।     
     
 त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भाग, बागमती प्रदेशको अधिकांश भाग, मधेस प्रदेशका पूर्वी भाग र कोशी प्रदेशमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छभने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जानकारी गराएको छ ।

advertisement
 

प्रकाशित मितिः मङ्गलबार, २२ असोज २०८१
https://jawaaf.com/storage/01J9N3AVJMPYMQ0V8WS5G8DVH7.jpg

'Jet boat' service resumes in Saptakoshi River

advertisement

Inaruwa (Sunsari), Oct 8: Jet boat service has been brought into re-operation in the Saptakoshi River in Chatara of Sunsari from Monday onward. 
Chief District Officer Ramchandra Tiwari informed that the jet boat service has resumed the to ease the movement through Saptakoshi. 
CDO Tiwari informed that the operation of the jet boat has been resumed with the fall in water level and flow in Saptakoshi. 

advertisement


The Sunsari administration had banned the operation of the jet boat at Saptakoshi with the onset of the monsoon season. 
During Dashain, one can travel from Chatara to Bhojpur in 10 minutes by jet boat. The jet boat service has been operational from Chatra to Hatuwagadhi along the border of Bhojpur via Barahkshetra. 
With the resumption of the service, it will be easier for passengers to travel up to Hatuwagadhi in Bhojpur. The number of such passengers is also increasing in recent days.


advertisement

प्रकाशित मितिः मङ्गलबार, २२ असोज २०८१
https://jawaaf.com/storage/01J9MVKMFB3FWJ4TY8XQA11FQV.jpg

यस्तो छ आजका लागि विदेशी मुद्राकाे विनिमय दर

Advertisement

काठमाडौँ, २२ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएको छ । 

 युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ११ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २२ पैसा कायम गरिएको छ । 

 अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ र बिक्रीदर ९१ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । 

advertisement


 जापानी येन १० को खरिददर नौ रुपैयाँ तीन पैसा र बिक्रीदर नौ रुपैयाँ सात पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । 

 केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ एक पैसा र बिक्रीदर चार रुपैयाँ तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ एक पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२ रुपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १९ रुपैयाँ ८२ पैसा तोकिएको छ । 

 राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १६ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

 वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 


Advertisement

प्रकाशित मितिः मङ्गलबार, २२ असोज २०८१
https://jawaaf.com/storage/01J9KXJC5V9YCP6699481CECSJ.jpg

दसैँमा वर्षाको सम्भावना

Advertisement

काठमाडौँ, २१ असोजः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ 

Advertisement


महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताउनुभयो । “यसपटक मनसुन बाहिरिने समय र दसँै एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उहाँले भन्नुभयो, “तसर्थ यो दसँैमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”


Advertisement

प्रकाशित मितिः सोमबार, २१ असोज २०८१
https://jawaaf.com/storage/01J9KJFCMG376G01DKEZZPYFDS.jpg

मादक पदार्थ सेवन छाड्नेलाई नगदसहित सम्मान

advertisement

खोटाङ, २१ असोजः दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरुलाई सम्मान गरेको छ ।     
      
  सहकारीमा आबद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन गर्न छाड्ने गङ्गाबहादुर श्रेष्ठ, निरबहादुर दाहाल र मौलबहादुर राईलाई जनही नगद रु पाँच हजार पाँच सयका साथमा प्रमाणपत्रसहित सम्मान गरेको हो ।     
      
  अत्यधिक मात्रामा मापसे गर्नाले समाजमा विकृति सिर्जना हुँदै गएकाले न्यूनीकरण गर्न प्रोत्साहनस्वरुप सेवन गर्न छाड्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको सहकारी संस्थाका सहप्रबन्धक तेजबहादुर राईले जानकारी दिनुभयो ।     
      
  “अत्यधिक मात्रामा पादक पदार्थ सेवनले समाजमा झैझगडा हुनाका साथै परिवारसमेत विखण्डन हुने गरेका धेरै घटनाहरु छन् । त्यसलाई न्यूनीकरण गर्दै उत्पादनमूलक क्षेत्रमा लाग्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सम्मान अभियान थालेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा सहकारीमा आबद्ध शेयर सदस्यबीचमा यो कार्यक्रम लागू गर्छौं । त्यसपछि क्रमशः गाउँटोलका अन्य घरमा समेत अभियानकै रुपमा कार्यक्रम लैजाने योजना छ ।”     
      

advertisement


  होराखाका स्थानीय ३० जना युवाको सक्रियतामा विसं २०६५ मा स्थापना गरिएको कृषि सहकारी संस्थाले सुरु गरेको मादक पदार्थ विसर्जन अभियान ग्रामीण समाजका लागि प्रभावकारी हुनेमा आफूहरु विश्वस्त रहेको स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का युवानेता अमर श्रेष्ठले बताउनुभयो ।     
      
  सहकारीले दसैँ, तिहार तथा छठ पर्वका अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईले मापसे गर्न छाड्ने तीनजना सदस्यलाई खादा र प्रमाणपत्रसहित अबिर लगाइदिएर सम्मान गर्नुभएको हो ।     
      
  बेरोजगार युवालाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यसहित ३० जना होराखा निवासी शेयर सदस्यहरुले सङ्कलन गरेको रु ३० हजारबाट सुरु गरिएको सहकारी संस्थाको कुल पुँजी अहिले रु १० लाख पुगेको सहकारीका सदस्यसचिव एवं प्रबन्धक भक्तबहादुर दाहालले जानकारी दिनुभयो ।     
      
  “प्रत्येक महिनाको २ गते सहकारीको नियमित बैठक बस्छौँ । शेयर सदस्यहरुबीच मासिक रु एक सयदेखि रु एक हजारसम्म बचत गर्दा अहिले सहकारीको कुल पुँजी रु १० लाख पुगेको छ”, उहाँले भन्नुभयो, “आवश्यकता र स्रोत सुनिश्चिताका आधारमा ऋण प्रवाह गर्ने गरिएको छ । पछिल्लो समय सहकारी संस्थामा आबद्ध सबै शेयर सदस्यहरु व्यावसायिक बनेका छौँ । यसले घर खर्च चलेको छ ।”     
      
  कृषि सहकारीमा आबद्ध शेयर सदस्यहरुले आफैँले बचत गरेको रकमले तरकारी तथा फलफूलखेती, माछा, कुखुरा तथा बङ्गुरपालन, व्यापार÷व्यवसायलगायतमा लगानी गरेका छन् । आफैँले सहकारीमा जम्मा गरेको बचत रकम ऋण लिएर गरेको लगानीबाट सञ्चालन गरिएको व्यापार÷व्यवसायबाट छोराछोरीको पढाइ तथा घरखर्च चलाउने माध्यम बनेको शेयर सदस्यहरुले बताएका छन् ।   


advertisement

प्रकाशित मितिः सोमबार, २१ असोज २०८१
https://jawaaf.com/storage/01J9JN1CS8GKQXR2X5KDM1ECFZ.jpg

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

advertisement

राजविराज (सप्तरी), २१ असोज : केही दिन अगाडिको बाढीले घरविहीन भएका यहाँका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाप भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले उनीहरु समस्यामा परेका छन् ।     
      
कङ्कालिनी नगरपालिकाका स्थानीय बोकाइ सदाले यहाँ शुद्ध खानेपानी नभएकाले अधिकांश बाढीपीडित बिरामी पर्न थालेको बताउनुभयो । शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउँदा रुघाखोकी, ज्वरो, बान्ता र झाडापखाला जस्ता लक्षणसहित बिरामी परेको उहाँले बताउनुभयो ।     
      

कोशी बाँधमा बसेका बाढीपीडितले कोशीको पानी र ट्यूबेलको पानी खाने गरेका छन् । पानीकै कारण बिरामी परेको हुनसक्ने अनुमान गरिएको छ । सदाले भन्नुभयो, “बच्चा बिरामी छ घरको खाद्यान्न नष्ट हँुदा खाने कुरा छैन । चर्को घाममा खुला ठाउँमा बसेका छौँ ।”     
      
सोही ठाउँका अर्का बाढीपीडित भागवत मुखियाले यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली आइनपुगेको बताउनुभयो । खाद्यान्न सबै नष्ट भएको र राहत सामग्री वितरणमा भेदभाव हुँदा पीडित झन समस्यामा परेको उहाँको गुनासो छ । “बाढी पीडितका लागि राहत सामग्री स्वरुप हालसम्म मुरै, चिउरा र चाउचाउबाहेक केही पाइएको छैन”, उहाँले भन्नुभयो ।     
      

advertisement

स्थानीय बाढीपीडित परवेज आलमले धान काट्ने बेलामा आएको बाढीले धान र घरविहीन बनाएको बताउनुभयो । धानबालीमा क्षति गरेका हुँदा एक वर्षका लागि भोकै बस्नुपर्ने अवस्था आएको उहाँले गुनासो पोख्नुभयो । उहाँले तीनै तहका सरकारलाई सहयोगको याचना गर्नुभयो ।     
      
कोशी नदी र जीता खोलाको बाढीका कारण हनुमाननगर कंकालिनीका सयौँ बाढीपीडितको विचल्ली भएको छ । हनुमाननर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले स्थानीय सरकारले बाढीपीडितका लागि शुद्ध खानेपानी, समयमा उपचार र राहत सामग्री वितरण गरिरहेको बताउनुभयो ।     
      
तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३, ४, ५ र ७ वडामा पानी पसेपछि स्थानीय समस्यमा परेका छन् । बाढीपीडितका लागि गाउँपालिकाको समन्वय तथा युनिसेफको सहयोगमा सबल नेपाल नामक संस्थामार्फत दुई सय ५२ परिवारलाई राहत सामग्री स्वरुप ‘हाइजिन किट’, पानी खानका लागि मग, डोल र झुललगायत वितरण गर्ने तयारी गरिएको उहाँले जनाकारी दिनुभयो । 


advertisement

प्रकाशित मितिः सोमबार, २१ असोज २०८१
https://jawaaf.com/storage/01J9JMRJB2YVZMZ4NZTTVD6A0G.jpg

सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’

ADVERTISEMENT

इनरुवा (सुनसरी), २१ असोजः सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गर्नुभएको थियो । उहाँले ती मध्ये उहाँले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गर्नुभएको थियो । उहाँले भन्नुभयो, “दसैँ अगाडि नै धान भित्र्याने सोच बनाएको थिए । आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए । यसबाट आएको आम्दानीबाट दसँै मनाउने सोच थियो । ”     
     
यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पु¥याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उहाँले भन्नुभयो, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ । ”     
     

ADVERTISEMENT


 यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गर्नुभएको थियो । उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु ४० हजार खर्च गर्नुभएको थियो । उहाँले भन्नुभयो, “बाढीले भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो । यसपटक दसैँ दशा भएर आयो । ”     
  बाढीका कारणले जिल्लाकोे धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा रु ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ ।     
      
 धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ । कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो । उहाँले बाढीबाट रु दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ््क आउने क्रम जारी छ । ”


ADVERTISEMENT

प्रकाशित मितिः सोमबार, २१ असोज २०८१