शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J7WWND3XD1FS1CYB0VNY8ES0.webp

झापामा धानबालीमा देखियो ‘सिथ ब्लाइट’

advertisement

बनियानी (झापा), ३१ भदौः झापाका विभिन्न स्थानका धानबालीमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानका धानबालीमा ‘सिथ ब्लाइट’ (पातको फेद कुहिने) रोग देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

advertisement


झापाको अर्जुनधारा नगरपालिका, गौरादह नगरपालिका र कचनवलक गाउँपालिका क्षेत्रमा बढी मात्रा यो रोगको सङ्क्रमण देखिएको किसानले जानकारी गराएको उहाँले बताउनुभयो । “छिटफुट रुपमा जिल्लाभरि देखिएको छ, नियन्त्रणको प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो ।

अनुगमन गरेर ज्ञान केन्द्रमार्फत किसानलाई क्षेत्रफलको आधारमा थोरै मात्रा भए पनि औषधि वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । धान खेतको ठाउँ–ठाउँमा गोलकार रुपमा यो रोगको उपचारका लागि भ्यालिडिमाइसिन र हेक्साकोनाजोल औषधि दुई मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर प्रयोग गर्न सकिने प्रमुख विष्टले बताउनुभयो । रोगका कारण बाला कम लाग्ने भएकाले धान उत्पादन घट्ने उहाँले बताउनुभयो ।


advertisement



झापामा यो वर्ष ७५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिएको छ । गत वर्ष जिल्लामा ८५ हजार पाँच सय हेक्टरमा धान खेती गरिएको थियो भने चार लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । झापामा यो वर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा छ वटा पालिकाका एक सय पाँच बिघामा नमूनाखेती गरिएको छ ।
किसानलाई प्रविधि अभ्यस्त गराउने उद्देश्यले जिल्लाको भद्रपुरमा १० बिघा, बिर्तामोडमा सात बिघा, शिवसताक्षीमा १२ बिघा, गौरीगञ्जमा १० बिघा, गौरादहमा ३० बिघा र मेचीनगरमा ३६ बिघा मेसिनको प्रयोग गरेर नमूना धानखेती गरिएको हो । जसमा ६० जना किसान आबद्ध छन् ।

कोशी प्रदेश सरकारको ‘कष्टम हायरिङ सेन्टर’मार्फत यान्त्रिकीकरण प्रवद्र्धन कार्यक्रम एनएमसी एग्रो फर्मसँग सम्झौता गरी कृषि ज्ञान केन्द्र झापाले प्रदर्शनका रुपमा धान रोपाइँ गरेको निमित्त प्रमुख विष्ट बताउनुभयो । यसबाट किसानको २० प्रतिशत लागत घट्ने जनाइएको छ ।

किसानलाई मेसिनबाट रोपाइँ गर्दा लाग्ने रकमको ५० प्रतिशत अनुदान दिइएको छ । १०५ बिघा धान खेतीका लागि रु पाँच लाख ५० हजार अनुदान दिइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।


advertisement

प्रकाशित मितिः सोमबार, ३१ भदौ २०८१
https://jawaaf.com/storage/01J7WTMY9FXJT5HY0V9WWKCN0N.jpg

सुनको मूल्यमा नयाँ कीर्तिमान

advertisement

काठमाडौँ, ३१ भदौः अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ । 

महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ५७ हजार तीन सय निर्धारण भएकाे छ जबकी आइतबार प्रतितोला रु एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ । 


advertisement

प्रकाशित मितिः सोमबार, ३१ भदौ २०८१
https://jawaaf.com/storage/01J7WECW5DX55B81D1RX4TKSDD.jpg

चितवनमा पाँचसय मेट्रिक टन मह बिक्री भएन

advertisement

चितवन, ३१ भदौः यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो  ।

पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिनुभयो । उहाँले वार्षिक छ टन मह उत्पादन गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “महले बजार नपाएर घर थन्किने अवस्था भयो । यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ ।” 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा ब्राण्डिङको काम सुरु गरिएको उहाँले बताउनुभयो । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले जिल्लामा हाल ३० हजार बढी मौरीका घार रहेको जानकारी दिनुभयो । यसबाट वार्षिक आठ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । उत्पादित महमध्ये अहिले पाँच सय मेट्रिक टन मह बिक्री हुन नसकेर किसानको घरमा थन्किएको उहाँले बताउनुभयो ।

advertisement


उहाँ भन्नुभयो, “फेरि मह निकाल्ने समय भयो । पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन् ।” गत वैशाखदेखि राज्यले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालमा उत्पादित महले बजार धान्न नसके आयात गर्न सकिन्छ । बाहिरबाट आयातित महलाई ६० प्रतिशत भन्सार लगाउन जरुरी छ ।”

यहाँ हाल सेरेना र मेरिफेरा नामक मौरी पालिँदै आएको छ । यसबाट वार्षिक चार हजार नौ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको निवर्तमान अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सेरेनाबाट एक हजार दुई सय मेट्रिक टन र मेरिफेराबाट तीन हजार सात सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । उत्पादित महमध्ये तीन हजार एक सय ४५ मेट्रिक टन मह बिक्री नहुँदा किसानको घरमा राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । अहिले सरकारले आयात रोक्दा केही राहत महसुस भएको उहाँको भनाइ छ ।


advertisement

प्रकाशित मितिः सोमबार, ३१ भदौ २०८१
https://jawaaf.com/storage/01J7WE5TAYS95DJBCSMHN58KWV.jpg

इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

advertisement

महोत्तरी, ३१ भदौः इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन् । इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ । इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन् ।

पर्वका अवसरमा यहाँ  मुस्लिम बस्ती निकै चहलपहल छ ।  मुस्लिम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिले बस्ती सरसफाइ, रङरोगन र जताततै झिलीमिली बत्ती जडान गरिएका छन् । जलेश्वर, सम्सी, लोहारपट्टी, भङ्गाहा, मटिहानी र रामगोपालपुरका अधिकांश बस्ती मुस्लिम बसोबास बाहुल्यताका छन् । 

आज बस्तीबस्तीमा इस्लाम धर्मावलम्बीले सद्भाव र्यालीको आयोजना गरेका छन् । सबैप्रति उच्च सम्मान, आपसी एकता, परोपकार र अहिंसा यस पर्वको मुख्य सन्देश मानिन्छ । पर्वको महत्व नै एकता र आपसी सद्भाव हुने जलेश्वर–६ का स्थानीवासी महमुद आलम बताउनुहुन्छ ।

advertisement


पर्वमा एकाबिहानै नुहाइधुवाइ गरेर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन् । ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ ।

पर्वमा मिष्टान्न परिकार खाने खुवाउने चलन छ । यो पर्वले सबैप्रति रहम (करुणा) गर्न र संसारभरिका मानवजातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पुर्याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्य पक्ष भएको सम्सी–६ का समाजसेवी इम्तियाज अहमद बताउनुहुन्छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।


advertisement

प्रकाशित मितिः सोमबार, ३१ भदौ २०८१
https://jawaaf.com/storage/01J7WCK21J27Y1ZRQ2EMTXFX7R.jpg

आँधिमूलमा भुजेल जातिको धार्मिक ‘ग्रन्थपूजन’

advertisement

तनहुँ, ३१ भदौ : यहाँको बन्दीपुर गाउँपालिका–५ स्थित आँधिमूल मन्दिरमा आइतबार भुजेल जातिको संस्कार, संस्कृतिको धार्मिक ग्रन्थपूजन गरिएको छ ।     
      
भुजेल संस्कार संस्कृतिसँग आधारित राँगा र भेडाको सिङबाट बनेको बाजा (पुतुङ) र खैँजडी बजाउँदै धार्मिक ग्रन्थपूजन गरिएको हो । भुजेल जातिको धार्मिक ग्रन्थका लेखकद्वय विशम भुजेल र प्रदिप भुजेलद्वारा लिखित पुस्तक विमोचनको पूर्वसन्ध्यामा ग्रन्थपूजन गरिएको हो ।     
      
उक्त कार्यक्रममा दार्जिलिङबाट आउनुभएका भुजेल संस्कृतिविद् (फोरो) रतन खवास र प्रमोद खवास लगायतको सहभागिता रहेको थियो । भुजेल संस्कृति एशोसिएनका प्रमोद खवास र भुजेल भाषामा विद्यावारिधि गर्नुभएका डा. बिधुप्रकाश कायस्थ पनि सहभागी ग्रन्थपूजनमा सहभागी हुनुहुन्थ्यो ।     
     

advertisement

 
भुजेल जातिका संस्कार, संस्कृति र प्रकृति पुजनमा आधारित धार्मिक ग्रन्थ “म्याहङो इम्याहङअ” ग्रन्थ आज विमोचन कार्यक्रम छ । भुजेल जातिको भाषा संस्कार र संस्कृतिको संरक्षणका लागि यस पुस्तक कोसेढुङ्गा सावित हुने विश्वास गरिएको लेखक विशम भुजेलले जानकारी दिनुभयो ।     
      
उहाँका अनुसार पछिल्लो समय भुजेल जातिको रैथाने ज्ञान, सीप लगायत भाषा संस्कार, संस्कृति लोप हुँदै जान थालेपछि संरक्षण गर्न पुस्तक लेखिएको हो । “राज्यले हाम्रो भाषा संस्कृतिको संरक्षणतर्फ ध्यान दिन सकेको छैन् । जातीय सङ्घसंस्थाहरु लोपोन्मुख भाषा, संस्कार र संस्कृतिको पक्षपोषण भन्दा बाहिर गएर दलीय भागबन्डामा लिप्त हुँदा लोप हुने खतरामा पुगेको छ”, उहाँले भन्नुभयो ।     
      
म्याहङो इम्याहङअ पुस्तक खोज अनुसन्धान गरेर सन् २०१२ मा पाण्डुलिपी तयार गरिएको अर्का लेखक प्रदिप भुजेलले बताउनुभयो । प्रकृतिपूजक भुजेल समुदाय बसोबास गर्ने नेपाल र भारतका विभिन्न स्थानमा पुगेर उनीहरुको भाषा संस्कृतिको विषयमा खोजी गरी पुस्तक तयार पारिएको उहाँले जानकारी दिनुभयो ।  

advertisement

प्रकाशित मितिः सोमबार, ३१ भदौ २०८१
https://jawaaf.com/storage/01J7WBQNF3E2BZR8RP27GK37M2.jpg

दिक्तेल रुपाकोट मझुवागढीमा आठ स्थानीय पाठ्यक्रम

advertisement

खोटाङ, ३० भदौ : यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । नगरपालिकाले विसं २०७८ मा ‘दिरुम ज्ञानमाला’ नामक स्थानीय पाठ्यक्रम प्रकाशन गरी कार्यान्वयनमा ल्याएको थियो । हाल उक्त पाठ्यक्रमलाई परिमार्जन गरी वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु समावेश गरेर तयार पारिएको स्थानीय पाठ्यक्रम लागू गरेको हो ।     
      
नगरपालिकाका हरेक वडामा आ–आफ्नै विशेषता समेटिएको विषयवस्तु पढाउने गरी फरक–फरक आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “यसअघि नगरभित्रका सबै विद्यालयका कक्षा एक देखि पाँच सम्म एउटै स्थानीय पाठ्यक्रम तयार पारिएको थियो । त्यसको सट्टा अब सबै वडामा सञ्चालित विद्यालयले आ–आफ्नै विशिष्टता समेटिएको विषयवस्तु पढाउने छन्”, उहाँले भन्नुभयो, “स्थानीय पाठ्यक्रममा राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका तथा विद्यार्थीले जान्नैपर्ने विषयवस्तु समेटिएका छन् ।” उहाँका अनुसार नयाँ पाठ्क्रमले विद्यार्थीलाई आफ्नो ठाउँ अनुसारको भाषा, संस्कार-संस्कृति तथा प्राकृतिक स्रोतसाधन बारेमा ज्ञान दिन्छ ।     
      
जम्मा १५ वडामध्ये वडा नं. १ दिक्तेल, वडा नं. २ सोल्मा र वडा नं. ६ मुडेका विद्यालयमा पढाउन शिवहरी ढकालको संयोजकत्वमा गठित समितिले ‘रुपाकोट बैखरी’, वडा नं. ३ बाम्राङ र वडा नं. १३ नुनथलाका लागि बमबहादुर राईको संयोजकत्वमा ‘मुढे नुनथला’ वडा नं. ४ खाल्ले र वडा नं. ५ लफ्याङका लागि लक्ष्मीप्रसाद खनालको संयोजकत्वमा ‘हाम्रो मझुवा’ वडा नं. ७ दोर्पाचिउरीडाँडा, वडा नं. ८ दोर्पाबुवालुङ र वडा नं. ९ निर्मलीडाँडाका लागि भवकृष्ण ढकालको संयोजकत्वमा ‘हाम्रो साप्सुमाला’ नामक पाठ्यक्रम तयार पारिएको हो ।     
      

advertisement


वडा नं. १० पाथेकाका लागि प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा ‘हाम्रो पाथेका’ वडा नं. ११ खार्मीका लागि प्रकाश राईको संयोजकत्वमा ‘हाम्रो खार्मी’ वडा नं. १२ जालपाका लागि प्रतिमान राईको संयोजकत्वमा ‘जालपा चिनारी’ वडा नं. १४ बुइपा र वडा नं. १५ विजयखर्कका लागि ललितकुमार राई संयोजकत्वको समितिले ‘दिरुम ज्ञानमाला’ नामक स्थानीय पाठ्यक्रम तयार पारेको नगरपालिकाले जनाएको छ ।     
      
आफ्नै परिवेश, आवश्यकता, सम्भावना र अवस्थिति अनुसार तयार पारिएको स्थानीय पाठ्यक्रम नगरकार्यपालिका र शिक्षा समितिबाट पारित गरेर कार्यन्वयनमा लगिएको नगरपालिकाका शिक्षा शाखाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिनुभयो ।     
      
स्थानीय पाठ्यक्रम तयार पार्न नगरपालिकाले तीन महिनाअघि शैक्षिक अभियन्ता एवम् शुभम् फाउण्डेशनका प्रबन्ध निर्देशक सूर्यबहादुर राईको संयोजकत्वमा शैक्षिक सुधार कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा पूर्वप्राचार्य कृष्णबहादुर बुढाथोकी, निजी स्कूलका सञ्चालक प्रकाश श्रेष्ठ र नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष दमन राई रहनुभएको थियो ।     
      
शैक्षिक सुधार कार्यदलको सुझावका आधारमा स्थानीय पाठ्यक्रम निर्माण गर्न नगरपालिकाले छुट्टाछुट्टै आठ वटा समिति गठन गरी काम थालेको थियो । नगरपालिकाद्वारा गठित समितिले विषय विज्ञहरु राखेर करिब तीन महिनामा स्थानीय पाठ्यक्रम तयार पारेको हो ।


advertisement

प्रकाशित मितिः सोमबार, ३१ भदौ २०८१
https://jawaaf.com/storage/01J7W9XMRJHHC4YZ5F9H6K0W0X.webp

मौसम : कोशी, आजकोबागमती, गण्डकी, लुम्बिनी र कर्णालीको केही स्थानमा भारी वर्षाको सम्भावना

advertisement

काठमाडौँ, ३१ भदौ : देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो । 
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको  छ । 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । 

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको छ । 


advertisement


विभागले आगामी २४ घण्टामा कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही भागमा हुरीबतासको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले आग्रह गरेको छ । साथै  यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।

advertisement

प्रकाशित मितिः सोमबार, ३१ भदौ २०८१
https://jawaaf.com/storage/01J7V2DXYBYZ7GYCC2273S3TYF.jpg

चार दिनदेखि बेपत्ता युवक जङ्गलमा मृत फेला

Advertisement

गाईघाट (उदयपुर), ३० भदौ : उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जङ्गलमा मृत फेला परेका छन् । त्रियुगा नगरपालिका–४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा–११ स्थित नवउदय सामुदायिक वनमा शनिबार मृत फेला परेका हुन् ।   
 
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन चापागार्इंका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए । राईलाई गोठालाले वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।  


Advertisement

प्रकाशित मितिः आइतबार, ३० भदौ २०८१
https://jawaaf.com/storage/01J7TR7RSK09JS8GDTW0DHSGQV.jpg

थुम्केको पर्यटन प्रवर्द्धन गर्न ‘पदयात्रा’

advertisement

इलाम, ३० भदौः सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित मेची राजमार्गबाट छ किलोमिटर पूर्व मकरजुङ्ग गाउँ छ । यहाँबाट सात घण्टाको पैदल यात्रामा लोपोन्मुख रेडपाण्डा (हाब्रे) पाइने थुम्के पुगिन्छ । यहाँ रेडपाण्डा, थरिथरिका चरा, वनस्पतिको अध्ययन गर्न तथा सूर्योदय र कञ्चनजङ्घा हिमाल नियाल्न पर्यटक पुग्ने गर्दछन् । 

पर्यटकको बसोबासका लागि आठ वटा घरमा घरबास (होमस्टे) सञ्चालित छन् । एउटा हामेस्टेमा छ देखि १५ जनासम्म बस्ने व्यवस्था मिलाइएको होमस्टे सञ्चालक रविन बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार सम्भावना भएर पनि भौगोलिक कठिनाइका कारण ओझेलमा परेको थुम्केको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक सय २० जनाले दुई दिनको पदयात्रा आज सम्पन्न गरेका छन् । 

राष्ट्रिय युवा सङ्घ सूर्योदय नगर कमिटी र १ नं वडा कमिटीको अगुवाइमा आयोजित पदयात्रामा वाइल्ड लाइफ फोटोग्राफर, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र युवाको सहभागिता थियो ।

“दुई हजार तीन सय मिटरको उचाइमा रहेको थुम्केमा रेडपाण्डा पाइनुका साथै सूर्योदयको झुल्केघाम देखिन्छ । आठ हजार पाँच सय ८६ मिटिरको कञ्चनजङ्घा हिमाल देख्न सकिन्छ”, पदयात्रा आयोजक समितिका अध्यक्ष सन्देश खड्काले भन्नुभयो, “बस्ती पातलो छ । घना जङ्गल भएकाले यहाँ लेकाली क्षेत्रमा प्रशस्त जडीबुटी पाइन्छन् ।” सूर्योदय–१ ठूलो भूगोल भएकाले मकर्जुङ्गबाट अन्तिम सीमा लामीधुरासम्म पुग्न सहज यातायातको व्यवस्था नहुँदा पर्यटकलाई समस्ती हुने गरेको उहाँको बुझाइ छ ।

“भारतीय बाटो भएर आउने भारत, भुटान, बङ्गलादेशलगायत देशका पर्यटकलाई केही सकज छ । नेपाली र नेपाली बाटो प्रयोग गरी यहाँ पुग्ने पर्यटकलाई भने यात्रा जोखिमपूर्ण नै छ”, अध्यक्ष खड्काले भन्नुभयो । 

advertisement


 यो क्षेत्रमा दुर्लभ चरा र जनावरहरु पाइने भएकाले पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँका रुपमा रहेको चरा खोजकर्ता देवेन्द्र खरेलले बताउनुभयो । “दुई वर्षअघि मैले यहाँ सीमधापमा रुप्स नेक्ड हर्नबिल (नेपाली नाम हङ्रायो) फेला पारेको थिएँ”, उहाँले भन्नुभयो, “लोप भएका चरा एक सय ९२ वर्षपछि विसं २०७८ पुस ६ गते फेला परेको थियो । अझै पनि यो घना जङ्गलमा थुप्रै चरा भेटिन्छन् । केही दिन बास बसेरै खोज्नुपर्छ ।”

 सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा ओझेलिएको पर्यटकीय क्षेत्रलाई उजागर गर्न ठूलो सङ्ख्यामा पदयात्रा आयोजना गरिएको सङ्घका नगर कमिटी अध्यक्ष उदय हाङ फागोले बताउनुभयो । “यो क्षेत्र विकास निर्माणमा पछि परेको छ । प्रचारप्रसार र पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन हुन सकेको छैन । यहाँ अथाह सम्भावना छन्”, उहाँले भन्नुभयो, “हामीले स्थानीय स्तरका सबै दल र तिनका भातृसङ्घठनको साथ पायौँ । यो कार्यक्रम सबैको साझा प्रयासमा आयोजना भएको हो । हाम्रो यो प्रयास थुम्केको मुहार फेर्न पहिलो खुड्किलो बन्नेछ ।”

 थुम्केबाट दुई घण्टाको पैदल यात्रामा भारतीय सीमाक्षेत्र लामिधुरा पुगिन्छ । पदयात्रीले त्यहाँ पुगेर राष्ट्रिय झण्डा फहराएर ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ गीतसमेत गएका छन् । सबै जातजातिको साझा बसोबास भएको ठाउँ भएकाले सूर्योदय–१ संस्कार, संस्कृतिमा धनी रहेको वडाध्यक्ष राजकुमार शेरेङले बताउनुभयो । उहाँका अनुसार यहाँ क्षेत्री ब्राह्मण, राई लिम्बू, दमाईंकामी, लोपोन्मुख जाति लेप्चा र थामी समुदायको बसोबास छ । 

 वडाध्यक्ष शेरेङले भन्नुभयो, “मकर्जुङ्गको सिंह बाहिनी मन्दिर, गोर्खेको राम मन्दिर, बाङ्गिनमा थामी जातिको भुमेथान, साकेला मन्दिरलगायत आआफ्नै जातीका फरक देवालय छन् । सहिस्णुता र सामाजिक सत्भावमा हामी एककदम अगाडि छौँ ।” 

 पदयात्राका क्रममा समथर मकर्जुङ्ग गाउँको सिंह बाहिनी मन्दिर र सप्तऋषि, सीमधापको नागमन्दिर, बाङ्गिनको सेडुप छ्यार खोलिङ गुम्बा, चुम्लुङ, मिलनचोक, चियाबारी डाँडा (मगर गाउँ), भुमेथान, थुम्के, लामिधुरा भएर गोर्खेको देवी मन्दिर, राममन्दिर र यहाँको ऐतिहासिक महत्वका बारेमा जानकारी दिइएको युवा सङ्घ नगर कमिटीका उपाध्यक्ष प्रमोद सापकोटाले जानकारी दिनुभयो । 

 पदयात्रीलाई विभिन्न टोलले विभिन्न जातजातिका झाँक्री प्रदर्शन गरेर खाँदा माला र अबिरले स्वागत तथा सत्कार गरेका थिए । उनीहरुले यति ठूलो सङ्ख्यामा यात्रा गराएर पर्यटन प्रववर्द्धनमा टेवा पु¥याइदिएको भन्दै युवा सङ्घलाई धन्यवाद दिएका छन् ।


advertisement


advertisement

प्रकाशित मितिः आइतबार, ३० भदौ २०८१
https://jawaaf.com/storage/01J7TQVN3M11WKWYD2HXAR4TJV.jpg

उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

advertisement

काठमाडौँ, ३० भदौः प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिनुभएको छ ।     
     
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।     
     
उक्त भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गर्नुभयो ।     
     
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।     
 


advertisement



advertisement

प्रकाशित मितिः आइतबार, ३० भदौ २०८१