बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HY7SB4M4GAD43GP5KQAB3VVD.jpg

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्वन (पोर्चुगल) I शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती यहाँ विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइने भएको छ ।

लिस्वनस्थित नेपालको अवैतनिक वाणिज्यदूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्गठनका साथै यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको सक्रियतामा आगामी बिहीबार विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको हो ।

भगवान् गौतमबुद्ध र बुद्धजन्मस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले साथ विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउने तयारी भएको २५६८औँ बुद्धजयन्ती मूल आयोजक समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले  जानकारी दिनुभयो ।

बुद्धजयन्तीका अवसरमा राजधानी लिस्वनमा बृहत् शोभायात्रा, बुद्धको विशेष पूजाआराधना गरिनेछ । बुद्धका तस्वीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झण्डा र सांस्कृतिक झाँकी सहितको शोभायात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्ने उहाँले बताउनुभयो । शोभायात्रामा पोर्चुगलवासी नेपाली, बौद्ध धर्मगुरु, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायी सहभागी हुनुहुने छ । 

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY7S118SCFK3BX0MT16VEW57.jpg

सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि

काठमाडौँ  I स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार दुई सय निर्धारण भएको छ ।

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY7K1HR77PDVEFT8SS59YAPF.jpg

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

वागमती I बाराको अमलेखगञ्ज देखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथर सम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । 

अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न  प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिनुभयो । “नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ”, उहाँले भन्नुभयो, “टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिन्छ ।” पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गरिने छ । 

मोतिहारी–अमलेखगञ्ज पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको छ ।  दोस्रो चरणमा भारतीय आयल निगमले बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई ‘पेट्रोल ट्याङ्क’, दुई सय ५० किलोलिटर क्षमताका दुई ‘ट्रान्समिक्स ट्याङ्क’, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित ‘लोडिङ वे–रिफिलर’, ‘पम्प हाउस’ र प्रयोगशाला निर्माण गरेको प्रमुख उपाध्यायले बताउनुभयो । 

पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गर्ने सम्झौता भएको छ ।  एउटै पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी खर्च जोगिने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्नेछ । 

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY7JRBK2GC4R4YE3HA1NF6DV.jpg

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

वेदकोट (कञ्चनपुर)I कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ ।

रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आउनुभएको छ । बगरमा उत्पादित तरकारी बिक्री गरेर उहाँले घरखर्च जुटाउँदै आउनुभएको छ । “दोदाले सबै जमिन लग्यो । अहिले बगरमा खेती गर्छु । सुरुमा घरपरिवमारका लागि मात्र खेती गर्थेँ”, उहाँले भन्नुभयो, “आकर्षक आम्दानी हुनथालेपछि व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्यौँ । सिजनमा रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको छ । ”उहाँका श्रीमान् गोरुगाडामा तरकारी राखेर बेच्न गाउँगाउँ डुल्ने गर्नुहुन्छ । 

दोदामा उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ । बर्सेनि कटान र डुबान समस्या झेल्ने तटीय क्षेत्रका स्थानीय गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन् । डाँगाजाईँका ४८ वर्षीय मोलसिंह रानाले डेढ दशकअघिको दोदा नदीमा आएको बाढी बिर्सिनुभएको छैन । त्यस बेला बाढीले उहाँको करिब तीन बिघा जमिन बगायो । दोदाको कटान अझै रोकिएको छैन । प्रत्येक वर्ष आउने बाढीले जमिन कटान गरिरहेको छ । मोलसिंह भन्नुहुन्छ, “बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ ।”

डाँगाजाईँका किसान नन्दराम रानाले दोदाको बगरमा तरकारीखेती गर्न थालेको दशक बितिसक्योे । विसं २०६४ मा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारीखेती गर्दै आएको उहाँ बताउनुहुन्छ । “बर्खामा दोदाको बाढीले सास्ती गर्छ । उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ”, उहाँले भन्नुभयो, “बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन । उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका छौँ ।”

दोदा नदीमा करिब पाँच सयभन्दा बढी परिवारले बगरखेती गरेका छन् । बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ । माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ । चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिएको घुम्नी रानाले बताउनुभयो । “वर्षौँदेखि बगरमा खेती गर्दै आएका छौँ । माघदेखि जेठसम्म बगरमा खेती गर्छौँ, अरु समयमा मजदुरी”, उहाँले भन्नुभयो, “जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन बगरमा बनाइएको छाप्रोमा बास बस्ने गरेका छौँ ।”

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY7J9T1HZQMXEA45424YKSY6.webp

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौँ  I सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास÷घर बाहिर ननिस्कन आग्रह छ”, भनेको छ ।

दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल eonislamabad@mofa.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ ।

बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY7H5R1HA1TS3GWFMS18K6XH.jpg

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ I ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरा देखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका क्रममा यात्रा आयोजना गरिएको हो ।     
     
पाथीभराको प्रचारप्रसारका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले शनिबार आयोजित साइकलयात्रामा धरानका १६ वर्षीय दीपसागर तामाङसहित १७ जना सहभागी थिए । यसअघि पनि पाथीभरामा साइकलयात्रा गर्नुभएका तामाङले नेपालका अन्य ठाउँको तुलनामा पाथीभरा साइकलयात्राका लागि उत्कृष्ट क्षेत्र भएको बताउनुभयो । पाथीभरा पदमार्गलाई साइकलयात्राका लागि पनि हुनेगरी स्तरोन्नति गर्नसके यस क्षेत्रमा साइकलयात्रा गर्नेको सङ्ख्या बढ्ने उहाँले बताउनुभयो ।     
     
यही जेठ ३ गतेदेखि सुरु भएको महोत्सव सोमबार सम्पन्न हुनेछ । महोत्सवका क्रममा म्याराथन, मेयरकप भलिबल प्रतियोगिता, दुनाटपरी गाँस्ने, धुप बाट्नेलगायत प्रतियोगिता तथा कृषि प्रदर्शनी भइरहेको छ ।     
 

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY7D3ZPBPX1MXKH3GZ7HNYZH.jpg

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

लुम्बिनी I पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
 
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल–१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा आज बिहान बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट अन्य दुईजना महिला घाइते भएका छन् ।

एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । देवीनगरकै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का नारायणबहादुर  मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रकाशित मितिः आइतबार, ०६ जेठ २०८१
https://jawaaf.com/storage/01HY6AFN8QH13K40GQV2MGS52H.jpg

मिडिया सम्मेलनमा १० बुँदे घोषणापत्र जारी

झापा I यहाँ आयोजित मिडिया सम्मेलनमा सञ्चारसम्बन्धी सङ्घीय, प्रदेश र स्थानीय कानुनहरू अविलम्ब बनाउनुपर्ने मागसहित १० बुँदे घोषणापत्र जारी भएको छ ।

नेपाल पत्रकार महासङ्घ झापाको आयोजनामा कोशी प्रदेशका १४ वटै जिल्ला शाखाको सहभागितामा यहाँको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसारमा आज प्रथम मिडिया सम्मेलन भएको थियो ।

“सङ्घीयतामा सञ्चारः नीति, अवस्था र चुनौती’ विषयक सम्मेलनमा जारी गरिएको घोषणापत्रमा सञ्चारमाध्यमको दर्ता, वर्गीकरण, विज्ञापन नीति, सङ्घीय, प्रादेशिक र स्थानीय तहको अलग–अलग ऐन तत्काल ल्याउनुपर्ने जोडदार माग गरिएको छ ।

सञ्चार नीतिअनुरुप विकेन्द्रित नीतिलाई कार्यान्वयन गर्न, श्रमजीवी पत्रकारिता ऐन पूर्ण कार्यान्वयन, सङ्घीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा बढ्दै गएको विकृति र गिर्दो आचरणलाई सुधार, प्रविधिको बढ्दो विकाससँगै धरासायी पत्रकारिता क्षेत्रलाई उकास्न राज्य पक्षले सहयोग गर्नुपर्ने र लैङ्गिक, भाषिक, भौगोलिक र जातीय प्रतिनिधित्व हुनेगरी समावेशिताको नीतिलाई स्थानीय तहसम्म कार्यान्वयन गर्न सम्मेलनले माग गरेको घोषणापत्र मस्यौदा समितिका संयोजक विमल लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार घोषणापत्रमा राज्यले मिडियालाई उपलब्ध गराउँदै आएको लोक कल्याणकारी विज्ञापनलाई पुनः परिभाषित गरी बहुउपयोगी बनाउन, आमसञ्चार र पत्रकारिता क्षेत्रलाई विषय बनाएर अध्ययन गरिरहेका विद्यार्थीलाई सञ्चार क्षेत्रमा आकर्षित गर्ने योजना ल्याउन, पत्रकार महिलाको पेसागत तथा भौतिक सुरक्षाका लागि विशेष प्याकेजको प्रबन्ध गर्न र पर्यटन पत्रकारितालाई प्रोत्साहित गर्न माग गरिएको छ ।

प्रेसलाई बलियो बनाउन आग्रह 

मिडिया सम्मेलनमा ‘सङ्घीयतामा सञ्चारः नीति, अवस्था र चुनौती’ विषयमा विमर्श भएको थियो । कार्यक्रमका वक्ताहरूले प्रेसलाई बलियो बनाएमात्र लोकतन्त्र सुदृढ हुने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष शिव गाउँलेले सहजीकरण गर्नुभएको विमर्श कार्यक्रममा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष एवं महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी, सूचना तथा प्रसारण विभागका महानिर्देशक भरत गौतम, कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले मन्तव्य व्यक्त गर्दै प्रेसलाई बलियो बनाउन सरोकारवाला पक्षबीच सहकार्य हुनुपर्ने साझा धारणा राख्नुभयो । 

महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले लोकतन्त्रमा आलोचनात्मक चेत भएको बलियो प्रेस आवश्यक हुने जनाउँदै काठमाडौँमा केन्द्रित हुँदै आएको अधिकार र अवसरलाई काठमाडौँ बाहिर लैजानु नै सङ्घीयताको सफलता हुने बताउनुभयो ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले पत्रकारहरूले प्रतिस्पर्धी क्षमताको विकासमा ध्यान नदिएको टिप्पणी गर्नुभयो । उहाँले रासस समावेशीयुक्त समाचारकक्ष भएको बताउनुभयो ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक गौतमले नेपाली मिडियालाई सङ्घीयताको भावना र मर्मअनुरुप व्यवस्थित गर्न मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक आएको बताउनुभयो । उहाँले सूचना विभागबाट जारी हुने प्रेस परिचयपत्र गैरपत्रकारको हातमा पुग्ने गरेको गुनासो आइरहेको बताउनुभयो ।

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY69XPZ28CQXXP4KJQ03J13P.jpg

बालअधिकारसम्बन्धी १२ बुँदे घोषणापत्र जारी

म्याग्दी I बेनीमा आज सम्पन्न जिल्लास्तरीय बाल भेलाले बालअधिकारसम्बन्धी १२ बुँदे घोषणापत्र जारी गरेको छ । सामाजिक विकास कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको भेलाले पदाधिकारीहरूमा छात्राहरू रहेको जिल्लास्तरीय बाल सञ्जाल पनि गठन गरेको छ । 

संयुक्त राष्ट्रसङ्घको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र र नेपालको संविधानले गरेको बालबालिकाको मौलिक हकको ब्यवहारिक कार्यान्वयनका लागि सरोकारवालालाई दबाब दिन र ध्यानाकर्षण गराउन घोषणापत्र जारी गरिएको सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले बताउनुभयो ।  

बालबालिकाको पहिचानसहित नामकरण र जन्मदर्ताको हकलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने, राज्यबाट प्रत्येक बालबालिकाले पाउने उचित शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हकको सुनिश्चितता गर्न अनुरोध गरेको छ । 

राज्यका नीति, योजना, बजेट तथा कार्यक्रमको तर्जुमादेखि त्यसको लाभको बाँडफाँटलगायतका सम्पूर्ण चरणमा बालबालिकाको सहभागिता सुनिश्चित गर्नुपर्ने, बाल श्रमशोषणको अन्त्य, जोखिममा रहेका बालबालिकालाई राज्यको संरक्षण, बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरूको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहको ध्यानाकर्षण गराएको छ । 

बालबालिकामाथि गर्भमै गरिने लैङ्गिक विभेद अन्त्य गर्न र बालबालिकासम्बन्धी ऐन, २०७५ ले व्यवस्था गरेबमोजिमको स्थानीय तहमा बालअधिकार समिति गठन गर्न र बालकल्याण अधिकारी तोक्न र बाल संरक्षणसम्बन्धी मापदण्ड बनाउन माग गरेको छ । 

भेलाले मुक्तिधाम माविकी रेजिना भण्डारीको अध्यक्षतामा जिल्ला बाल सञ्जाल गठन गरेको छ । सञ्जालको पदाधिकारी सबै छात्रा रहेका छन् । उपाध्यक्षमा मङ्गला माविकी प्रजिता खत्री, सचिवमा लिटिल गार्डेनकी मुस्कान भण्डारी, कोषाध्यक्षमा प्रभा माविकी पद्मा फगामी र सहसचिवमा जनप्रिय माविकी रश्मि जैसी चयन हुनुभएको छ ।





प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY62Z2ZRZ92APV15JXTS3X8W.png

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौँ  I सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । लेखकका अनुसार छानबिन समितिको कार्यादेश (टिओआर) भोलि आइतबार बिहान छलफलपछि टुङ्गो लगाइने छ ।

“सदनमा भइरहेको गतिरोध अन्त्यका लागि छानबिन समिति बनाएर जानुपर्छ भन्नेमा सकारात्मक छलफल भयो । सँगसँगै समितिको कार्यादेश के हुने भन्ने विषयमा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक दलहरुबीच समान धारणा बनेको छ । आजका लागि यसलाई उपलब्धीमूलक र सकारात्मक नै मान्नुपर्छ”, लेखकले भन्नुभयो ।

छानबिन समितिको कार्यादेश निर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहजीकरण गर्ने र सबै दलका नेताहरु बसेर त्यसलाई मूर्तरुप दिइने पनि उहाँले बताउनुभयो । छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र भोलिको संसद् बैठक सहजरुपमा अघि बढ्ने विश्वास लिइएको उहाँको भनाइ छ ।

छानबिन समिति गठन गर्ने विषयमा आज चरणवद्धरुपमा छलफल भएको थियो । सुरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख देवराज घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरीलगायतसँग छलफल गर्नुभएको थियो । सभामुखसँगको छलफलपछि प्रधानमन्त्री दाहालसहित सत्तारुढ दलका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायतसँग छलफल गर्नुभएको थियो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले संसदमा अवरोध गर्दै आएको थियो ।

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१