मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JM6F189TEQ2EXN09NS5BG358.avif

इंग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टरलाई हरायो

काठमाडौं ।  इंग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ । शनिवार  भएको  खेलमा आर्सनलले लेस्टरलाई २–० ले पराजित गरेको हो । लेस्टरको घरेलु मैदानमा आर्सनलको जितमा दुवै गोल मिकेल मोरिनोले गरे ।

मोरिनले खेलको अन्तिम समय तिर गोल गरे । उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरे । आर्सनल २५ खेलबाट ५३ अंकका साथ दोस्रो स्थानमा छ । लेस्टर समान खेलबाट १७ अंकका साथ १९औं स्थानमा छ ।

शनिवारै भएको खेलमा चेल्सीमाथि ब्राइटनले जित हात पारेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३–० को हार बेहोरेको हो । म्यानचेस्टर सिटीले न्युक्यासललाई ४–० ले हरायो ।

शनिवारका अन्य खेलमा वेस्ट ह्याम ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई १–०, बर्नमाउथले साउथह्याम्पटनलाई ३–१, फुलहमले नटिङघम फरेस्टलाई २–१ र एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ। एस्टन भिला र इप्स्विचले १–१ को बराबरी खेले ।

प्रकाशित मितिः आइतबार, ०४ फागुन २०८१
https://jawaaf.com/storage/01JM53Z8WX9QNKWM68A2KAS5FB.jpg

१५ औँ संस्करणको इटहरी गोल्डकप सुरु, पहिलो खेलमा आयोजक पराजित

इटहरी । १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिवारबाट सुरु भएको छ । इटहरी रङ्गशालामा प्रतियोगिताको उद्घाटन इटहरीका मेयर हेमकर्ण पौडेलले गरेका छन् । 

उद्घाटनसँगै सम्पन्न भएको पहिलो खेलमा आयोजक टोली पराजित भएको छ । पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी) ले आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

IMG_5914.gif 58.17 KB

यूकेएफसीका तर्फबाट सत्यम शर्मा र हेमराज भुजेलले गोल गरेका थिए भने आयोजक टोलीका लागि विदेशी खेलाडी एलेक्सले गोल गरे ।

प्रतियोगिताअन्तर्गत आइतबार साबिक विजेता सगरमाथा यूथ क्लब मोरङ र हालै धरानमा सम्पन्न २५औँ बुढासुब्बा गोल्डकपका विजेता एनआरटी क्लब काठमाडौँबिच प्रतिस्पर्धा हुनेछ । फागुन १० गतेसम्म चल्ने प्रतियोगितामा नेपालका सात तथा एक विदेशी टिम गरी आठ टोलीको सहभागिता रहेको आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ । 

IMG_5958.gif 386.43 KB

सहभागी टोलीहरूमा भारतको यूकेएफसीसहित मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, झापा एघार फुटबल क्लब, आयोजक राष्ट्रिय जागृति क्लब, एनआरटी क्लब काठमाडौँ, सगरमाथा यूथ क्लब मोरङ र धरान फुटबल क्लब छन् ।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उप–विजेतालाई पाँच लाख रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित मितिः शनिबार, ०३ फागुन २०८१
https://jawaaf.com/storage/01JM2226K2HGRW1VXJ51BSXG9Y.avif

नेपाल र चीनको युवा टोलीबिचको मैत्रीपूर्ण फुटबलको तयारी पूरा

काठमाडौँ । भोलि (शनिवार) बाट हुने काठमाडौँमा नेपाली युवा टोली र चीनको युनान युवा टोलीको बीचमा मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको तयारी पूरा भएको जानकारी गराइएको हो । 

पत्रकार सम्मेलनमा कोच राजेश शाहीले युवा टोलीले धेरै राम्रो खेल प्रदर्शन गरेर यो भन्दा माथि आफूलाई अपग्रेड गर्ने विश्वास व्यक्त गरे ।  उनले भने,‘हाम्रो युवा टोली हुनुहुन्छ । युवा टोलीले धेरै राम्रो खेल प्रदर्शन गरेर योभन्दा माथि आफूलाई अपग्रेड गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र चिनियाँ दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना हुन लागेको हो । आयोजकका अनुसार यस खेलको प्राविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने छ भने खेलसम्बन्धी मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङलगायतका अन्य जिम्मेवारी चिनियाँ दूतावासको रहने छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

प्रकाशित मितिः शुक्रबार, ०२ फागुन २०८१
https://jawaaf.com/storage/01JKZ69GFKA0APP6YZAJ9DCRYQ.avif

घर निर्माणका लागि ‘अञ्जिला’ बेलायत प्रिमियर हुँदै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको घर निर्माण गर्ने उदेश्यले चलचित्र ‘अञ्जिला’को बेलायतमा विशेष प्रदर्शन हुने भएको छ ।

निर्माण कम्पनीले चलचित्रको श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै कप्तान सुब्बाकै जीवनीमा आधारित उक्त चलचित्रको आउँदो फागुन ३ गते लन्डनस्थित अल्डरसटमा रहेको एम्पायर चलचित्र भवनमा प्रदर्शनी जानकारी दिएको छ ।

Pathivara_Adv..gif 182.28 KB

चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्रमा कप्तान सुब्बाको जीवन सङ्घर्ष र सफलतालाई चलचित्रमा समेटिएको जानकारी दिए ।

उनले भने,‘कप्तान सुब्बा आफैँले अभिनय गर्नुभएको कारण यो उहाँका शुभचिन्तकका लागि खास छ । विशेष प्रदर्शनीमार्फत उठेका रकमलाई कप्तान सुब्बाकै घर निर्माणमा खर्चिने छौँ । हामी माध्यममात्र बनेका हौँ, सङ्कलित रकम सुब्बाकै मातहतमा सिधै पुग्ने गरेको छ ।’

उनले ‘अञ्जिलाको आफ्नै घर’ अभियान अन्तर्गत मङ्सिरमा हङकङमा विशेष प्रदर्शनी भईसकेको जानकारी दिनुभयो । आउँदो फागुन २९ देखि नेपाल प्रदर्शन तय गरिएको चलचित्र त्यसअघि अन्य केही देशमा पनि विशेष प्रदर्शनी हुने निर्माण पक्षले बताएका छन् ।

SathyaShishu_School.gif 386.43 KB

कप्तान सुब्बाको धर्म पिताको रूपमा परिचित प्रेमकुमार श्रेष्ठले चलचित्रको निर्माण गरेका हुन् । बेलायत प्रदर्शनीका लागि लन्डन पुगेका निर्माता श्रेष्ठले विशेष प्रदर्शनीबाट सङ्कलित रकममा अपुग आफूले थपेर घर निर्माण गर्ने बताए ।

‘कप्तान सुब्बाका लागि विभिन्न देशहरूबाट देखाउनुभएको हार्दिकता स्वागत योग्य छ । नेपाल अगाडि नै दक्षिण कोरियामा समेत विशेष प्रदर्शनी हुँदैछ, यहाँ बेलायतमा राम्रो तयारी भइरहेको छ । कप्तान सुब्बाका लागि हामीले देखेको सपना छिटै पुरा हुनेमा विश्वत छौँ,’ निर्माता श्रेष्ठले भने ।

नेपालमा खेलकुदमा जीवन समर्पण गरेकाको कथालाई चलचित्रसम्म ल्याउन प्रेरणा दिने भएकाले आफूले कप्तान सुब्बाको जीवनीमा चलचित्र निर्माण गरेको उनले बताए ।

चलचित्रमा कप्तान सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

Bantawa Hardware.gif 828.52 KB

 

प्रकाशित मितिः बिहिबार, ०१ फागुन २०८१
https://jawaaf.com/storage/01JKJT5B7YK9C601MXNRE8WRRY.jpg

बुढासुब्बा गोल्डकपको उपाधिमा एनआरटीको ह्याट्रिक

धरान । २५औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेसँगै न्युरोड टिम (एनआरटी)ले उपाधिमा ह्याट्रिक गरेको छ । शनिबार धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधिमा ह्याटिक गरेको हो ।

IMG_5914.gif 58.17 KB

आजको खेलमा हेनरी पोकुले दुई गोल गरेपछि एनआरटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै पुनरागमन जित निकालेको हो ।

खेलको २२औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । दुई मिनेटपछि नै हेनरी पोकुले एनआरटीका लागि बराबरी गोल फर्काए ।

IMG_5958.gif 386.43 KB

पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा एनआरटीले एक गोल गर्दै जित हात पारेको थियो । हेनरीले ५७औं मिनेटमा गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए र त्यही गोल नै जितमा निर्णायक बन्यो ।

एनआरटीले लगातार दोस्रो र समग्रमा तेस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । एनआरटीले पहिलो २०६४ सालमा बुढासुब्बा जितेको थियो ।

प्रकाशित मितिः शनिबार, २६ माघ २०८१
https://jawaaf.com/storage/01JKHV35SCAQYV13FDKGMA8KAS.jpg

एसियन एम्पुटी फुटबलमा नेपालले पहिलो खेल उजबेकिस्तानसंग खेल्दै

काठमाडौं । एसियन एम्पुटी फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल शनिबार उजबेकिस्तान संग खेल्दै छ । बंगलादेशको ढाकामा शुक्रबार देखि सुरु भएको एसियन एम्पुटी फुटबल च्याम्पियनसिप २०२५ मा नेपालले आज उजबेकिस्तान संग खेल्ने भएको हो ।  

नेपालले दोस्रो खेल बंगलादेशसंग माघ २७ गते बिहान साढे ११ बजे खेल्नेछ । यस्तै तेस्रो खेल माघ २८ गते दिउँसो ३ बजे इराकसंग र अन्तिम खेल २९ गते दिउँसो ३ बजे इन्डोनेसियासंग खेल्ने छ ।

एम्पुटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका र एउटा हात नभएका ) खेलाडीहरुले खेल्ने खेल हो । एम्पुटी खेलकुद समाज नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ । यो खेल नेपालका लागि एक इतिहास भएको एम्पुटी खेलकुद समाज नेपालका निवर्तमान अध्यक्ष एवं टिम व्यवस्थापक मदनमान सिंह रोकायाले बताए । 

IMG_5914.gif 58.17 KB

प्रतियोगितामा ६ वटा टिम भएपनि ५ वटा टिमले मात्र सहभागिता जनाएको छ । नेपाल पनि बलियो रहेको हुँदा नतिजा राम्रो ल्याउने रणनीति बनाई त्यही अनुसार टिमको सेट तयारी गर्ने प्रशिक्षक चक्रबहादुर तामाङले बताए ।

फेब्रुअरी ७ देखि १२ तारिखसम्म बंगलादेशको ढाँकामा रहेको बसुन्धरा रंगशालामा आयोजना हुने प्रतियोगितामा सहभागी हुन १३ पुरुष खेलाडी ७ अफिसियल सहित २० सदस्यीय नेपाली टोली माघ २२ गते गएको थियो ।

नेपाल टिमका खेलाडीमा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईं, राज पौडेल र प्रकाश सिंह रहेका छन् । नेपाल टिमको क्याप्टेनको जिम्मेवारी डिल्ली बहादुर बिष्टले समाल्ने छन् ।

प्रशिक्षकमा चत्रबहादुर तामाङ, व्यवस्थापकमा मदनमान सिंह रोकाया तथा अफिसियलमा कल्पना खड्का, श्यामबहादुर रावल, प्रकाश चिलुवाल, सुरेश थापा र विपिन पौडेल छन् ।

प्रकाशित मितिः शनिबार, २६ माघ २०८१
https://jawaaf.com/storage/01JKGFEDD7XXNXXPJK84S6R6GD.png

बुढासुब्बा गोल्डकप फुटबलमा उपाधिका लागि एनआरटी र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुने

धरान । २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ ।

एनआरटी तेस्रो पटक उपाधि नजिक पुगेको हो ,भने चर्च ब्वाइजले बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल स्थान सुरक्षित गरेको हो ।

IMG_5914.gif 58.17 KB

एनआरटीले फाइनल स्थान बनाउने क्रममा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र पाहुना टिम युकेएफसी भारतलाई पराजित गरेको थियो ।

चर्च ब्वाइजले भने चार पटकको विजेता नेपाल पुलिस क्लब र पाहुना टिम भुटानलाई हराउँदै बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल खेल्न लागेको हो । यस सिजनमा चर्चब्वाइज र एनआरटी क्लबले ४ वटा फुटबल प्रतियोगिता र ३ वटामा सँगै फाइनल खेलेका छन् ।

यस सिजनमा खेलेको अनुभव बुढा सुब्बाको फाइनल खेलमा प्रयोग हुने एनआरटीका टिम कोच श्याम मालीले बताए । ‘यस सिजनमा हामी फर्ममा छौँ यस अगाडी खेलेका फाइनल खेलहरुको अनुभवले पक्कै काम गर्ने मालीले भने । ’चर्च ब्वाइज राम्रो टिम रहेकोले खेललाई राम्रोसँग खेल्ने तयारी रहेको टिम क्याप्टेन सरोज घिसिङले बताए । 

यसअघि चर्च ब्वाइजले इलाम गोल्डकप उपाधि जितेको थियो । एडिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको चर्चब्वाइजले एनआरटीलाई कडा प्रतिस्पर्धीका रूपमा रहेको चर्चब्वाईजका टिम कोच सुमन श्रेष्ठले बताए ।

एनआरटी बलियो टोली भए पनि उच्च मनोबलका साथ फुटबल खेल्ने उनले बताए । एनआरटी राम्रो टिम हो तथापि राम्रो खेलेर टिमलाईउपाधि दिलाउने लक्ष्य रहेको चर्चब्वाइजका टिम क्याप्टेन अनन्ततामाङले बताए ।  

धरान रङ्गशालामा हुने फाइनल खेलका विजेताले दश लाख र उपविजेताले पाँच लाख पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, २५ माघ २०८१
https://jawaaf.com/storage/01JKFYJM9Q798WQ0SZMSEMQXMK.avif

महिला टी–२० श्रृङ्खलामा नेपालको लज्जास्पद हार

काठमाडौं । काठमाडौंमा भएको महिला टी–२० श्रृङ्खलामा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ । नेपालले खेलेका सबै ६ खेलमा हार बेहोरेको हो ।  शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा ८२ रनको चुनौती थाइल्याण्डले १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । 

Pathivara_Adv..gif 182.28 KB

यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन बनायो । सम्झना खड्काले सर्वाधिक १७ रन बनाएको इनिङ्समा कविता जोशीले १४ तथा डेब्यु खेलाडी राजमती ऐरीले १७ बलमा अविजित रहँदै ११ रन बनाइन् । 

नेपाल यसअघि खेलेका पाँच वटै खेलमा पराजित भएको थियो । यसअघि नेपाल नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग ४ विकेट र पाँच रनले पराजित भएको थियो ।

थाइल्याण्ड भने पाँच खेल जितेर उपाधि जित्न सफल भएको छ । नेदरल्याण्ड्स ८ अंकसहित दोस्रो भएको छ ।

प्रकाशित मितिः शुक्रबार, २५ माघ २०८१
https://jawaaf.com/storage/01JKDJM8YRKC7RYNAM6JPC6AQZ.jpg

युके एफसिको फाइनल खेल्ने सपना अधुरै , उपाधि लिने दाउमा एनआरटी र चर्च ब्वाइज

धरान । धरानमा जारी २५ औ बुढासुब्बा गोल्डकपको फाइनलमा साबिक विजेता एनआरटी र चर्च ब्वाइज बिच  प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न दोस्रो सेमिफाइलमा युके एफसी भारतलाई हराउँदै एनआरटी काठमाडौँ  फाइनलमा प्रवेश गरेको हो । 

Pathivara_Adv..gif 182.28 KB

खेलको २७ औ मिनेटमा शिशिर लेखीले एनआरटीबाट पहिलो गोल गरे । लगत्तै ३ मिनेटको अन्तरालमा युके एफसी भारतको तर्फबाट हेमराज भुजेलले गोल गर्दै खेल बराबरी बनाए । एनआरटीका प्रदिप बुढाथोकीले ४४ औ मिनेटमा १ गोल, ७० औ मिनेटमा थप १ गोल गरि फाइनलको यात्रा पक्का पक्की गरे भने ३-१ को गोलअन्तरले हार ब्यहोर्दै युके एफ.सि को फाइनल पुग्ने सपना अधुरो रहयो । 

Furniture House.gif 947.74 KB

खेलको उत्कृष्ट खेलाडी एनआरटीका पहिलो गोल गर्ने शिशिर लेखी घोषित भए । उनले नगद १० हजार ट्रफी हात पारे । शनिवार एनआरटीले जित यथावत् राख्न   खेल्नेछ भने चर्च ब्वाइजलाई जित्नैपर्ने दबाब रहेको छ । 

शनिवार दिनको १ बजे चर्च ब्वाइज र एनआरटी बिच फाइनल खेल हुने आयोजक धरान फुटबल क्लबले जानकारी गराए । उपाधि जित्ने टिमले नगद १० लाख मेडल ट्रफी पाउनेछ भने दोस्रो हुने टिमले ५ लाख मेडल ट्रफी पाउनेछ  ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः बिहिबार, २४ माघ २०८१
https://jawaaf.com/storage/01JKB4B218EACQ81R6VD8CXJ9D.avif

चर्च ब्वाइज पुग्यो बुढासुब्बा गोल्ड कपको फाइनलमा

धरान । भुटानको आरटिसीलाई ७–० गोलले हराउँदै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड २५औँ बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ । बुधवार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा दुई खेलाडीले ह्याट्रिक गर्दा चर्च ब्वाइजले ७–० को शानदार जित निकालेको हो ।

Pathivara_Adv..gif 182.28 KB

चर्च ब्वाइजका लागि समिर तामाङ र अर्माण्ड बेडुमले ह्याट्रिक पूरा गरे । समीरले खेलको २१ औँ, २६ औँ र ८५औँ मिनेटमा गोल गरेका थिए । अर्मान्डले २७ औं, ५० औं र ५२ औँ मिनेटमा गोल गरे । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार भारतको युकेएफसी र नेपालको एनआरटी प्रतिस्पर्धा गर्दैछन् ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः बुधबार, २३ माघ २०८१