मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JP73XR25K6E7WXEG34YZ1GA1.avif

वुमन्स डे कप : नेपाल आज युगान्डासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । वुमन्स डे कपमा नेपाल आज (विहीवार) घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा पाँचौं दिनका खेलहरू मध्ये आज दुई खेल हुदैछ ।

आज पहिलो खेल नामिबिया र हङकङबीच हुनेछ भने दोस्रो खेल घरेलु टोली युगाण्डा र नेपाल खेल्ने भएका छन् ।  खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ ।

जारी सिरिजमा कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालले आजको खेलमा सुधार ल्याउने अपेक्षा गरिएको छ । नेपालले, जारी सिरिजमा चार खेल खेल्दा एकमा मात्र जित हात पारेको छ ।

आजै हुने नामिबिया र हङकङबीचको पहिलो खेलको विजेताले फाइनल खेल्ने पक्का हुनेछ । नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ ।

प्रकाशित मितिः बिहिबार, २९ फागुन २०८१
https://jawaaf.com/storage/01JP50QBN3V4912RXR61T6PX31.avif

चारदेशीय टी–२० आई सिरिजमा नामिबियासँग नेपाल पराजित

काठमाडौं । युगाण्डामा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपाल नामिबियासँग पराजित  भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले नामिबियासँग २३ रनले हार बेहोरेको हो । 

नेपालले नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याउदै १०२ रनमात्र जोड्न सक्यो । जारी सिरिजबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी सानाले नेपालका लागि साना प्रवीणले ३१ रन बनाइन् । यसैगरी कप्तान इन्दु बर्मा १५, पुजा महतो १५, ओपनर सम्झना खड्का २, रुविना क्षेत्री ७, कविता जोशी १७ र ममता चौधरी ८ रनमा अविजित रहिन् । 

बलिङमा नेपालकी ईश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले २, रिया शर्मा र कप्तान इन्दु बर्माले एकएक विकेट झारे । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो । 

जारी खेलमा नामिबियाकी यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् ।  बलिङमा नामिबियाकी एभलिन केजारुकुआले सर्वाधिक २ विकेट लिएकी छन् ।

त्यसअघिको दुई खेलमा पनि नेपाल पराजय भएको थियो । आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युगान्डालाई एक विकेटले हराएको नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो । यो सँगै नेपालको तेस्रो हार हो । 

प्रकाशित मितिः बुधबार, २८ फागुन २०८१
https://jawaaf.com/storage/01JNZ1HWBPAQQB223ZXRAHT25M.avif

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ ।

युगाण्डा क्रिकेट एशोसियसनको आयोजनामा भइरहेको सिरिजमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् । यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ । त्यस्तै हङकङले पनि २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ । नेपालले अर्को खेल फागुन २८ गते, नामिबिया, फागुन २९ मा युगाण्डा र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित मितिः सोमबार, २६ फागुन २०८१
https://jawaaf.com/storage/01JNWAH0HME92HPJW94N8BWJP1.jpg

च्याम्पियन्स ट्रफीको फाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनल भेट पक्का गरेका हुन् । भारत र न्युजिल्यान्डको फाइनल खेल आइतबार दिउँसो नेपाली समयअनुसार २ः४५ बजे यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । 

पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर २६७ रन बनाउँदै पूरा गरेको थियो ।

त्यसैगरी दोस्रो सेमिफाइनलमा सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३६२ रनको विशाल योगफल बनाएको थियो। जवाफी ब्याटिङ गरेको साउथ अफ्रिका पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३१२ रनमा समेटिएको थियो । न्युजिल्यान्ड अफ्रिकालाई ५० रनले हराउँदै फाइनल पुगेको हो ।

न्युजिल्यान्ड उपाधि उचाल्दै इतिहास निर्माण गर्न चाहन्छ । उसका लागि समूह चरणमा भारतसँग भोगेको पराजयको चुनौती दिनुपर्ने बाध्यतासमेत रहेको छ ।

यता समूह चरणमा पराजित गरेको न्युजिल्यान्डमाथि सहज जित निकाल्दै भारत उपाधि उचाल्न चाहन्छ ।

प्रकाशित मितिः आइतबार, २५ फागुन २०८१
https://jawaaf.com/storage/01JNMKPGKNP3GZJXCBFYC2CNZ4.avif

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं ।  आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको तीन सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय १२ रन मात्र बनाउन सकेको हो ।

डेभिड मिलरले १०० रनको योगदान दिए पनि जितका पर्याप्त भएन । त्यस्तै रासी भान डेर डुसेनले ६९ रन जोड्दा कप्तान टेम्बा बाभुमाले ५६ रन बनाए । न्युजिल्याण्डका मिचेल स्यान्टनरले तीन विकेट लिँदा ग्लेन फिलिप्स र म्याट हेनरीको नाममा दुई दुई विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ६२ रन बनाएको थियो । यो च्याम्पियन ट्रफीको हालसम्मकै ठूलो स्कोर हो । आइतबार हुने फाइनलमा न्युजिल्याण्डले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मितिः बिहिबार, २२ फागुन २०८१
https://jawaaf.com/storage/01JNJX9Q6RCDSVZDRWJH0Q7Y3G.avif

युगाण्डामा खेल्न जाने महिला क्रिकेट टोलीको बिदाई

काठमाडौं । युगाण्डामा हुने चारदेशीय महिला टी–२० आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । बुधबार नेपाल क्रिकेट संघ क्यानले मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी यही मार्च ८ देखि युगाण्डामा हुने चारदेशीय महिला टी–२०आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरेको हो । 

शृंखलामा नेपाल, युगाण्डा, हङकङ र नामिबियाको सहभागिता रहने छ । बिदाई कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव लिनका लागि यो खेलले सहयोग पुग्ने बताए । महिला क्रिकेटमा पहिले भन्दा अहिले चासो बढेको भन्दै अब जित र हारको मुल्यांकन सुरु भइसकेको पनि बताए । 

उनले भने, ‘हामी नयाँ ठाउँमा क्रिकेट खेल्न गइरहेका छौं । खेलाडिहरुले जति नयाँ ठाउँमा खेल्दै गयो त्यति नयाँ अनुभवहरु लिन सकिन्छ । महिला क्रिकेटमा पहिले भन्दा अहिले चासो बढेको छ । पहिला खेल्दा खासै मतलब हुँदैनथ्यो तर अब जित र हारको मुल्यांकन सुरु भइसकेको छ । हामी तपाईहरूमा विश्वास गर्छौं, राम्रो क्रिकेट खेलेर फर्कनु हुनेछ भन्ने आशा छ र शुभकामना पनि दिन चाहान्छु ।’ 

त्यस्तै, टिमकी कप्तान इन्दु बर्माले फिल्डिङ र फिटनेसमा सुधारका लागि धेरै काम गरेको र टिमको तयारी एकदमै राम्रो भएको भन्दै यसपटक राम्रो क्रिकेट खेलेर फर्कने बताइन् । 

नेपालले मार्च ८ (फागुन २४)मा नामिबियासँग खेल्नेछ भने, फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।

प्रकाशित मितिः बुधबार, २१ फागुन २०८१
https://jawaaf.com/storage/01JNEE50S3JYG3XGQMZPHAPQ85.jpg

नवनियुक्त फुटबल प्रशिक्षकको दाबी : विदेशिएका खेलाडी फर्किनेछन्, साफ जित्नेछौं

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपाल छाडेर विदेशिएका खेलाडीहरुलाई स्वदेश फर्किएर आफ्नो देशको प्रतिनिधत्व गर्ने ढोका खोल्ने बताएका छन् ।

प्रशिक्षकमा नियुक्त भएपछि सोमबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले विदेश पलायन भएका खेलाडीहरूलाई आफ्नो देशलाई प्रतिनिधित्व गर्नको लागि ढोका खोल्ने बताए । 

उनले भने, ‘खेलाडीहरु जो नेपाल छोडेर बाहिर गएका छन् । उनीहरुको आफ्नो कारण वा बाध्यताले विदेशिएका छन् । उनीहरुका लागि ढोका खोल्न चाहन्छु । आफ्नो देशलाई प्रतिनिधित्व गर्नको बाटो खोल्ने प्रयासमा हुनेछु । 

यसका साथै, उनले खेलाडीहरुमा रहेको जोशलाई एकै ठाँउमा ल्याएर मैदानमा उतार्ने भन्दै यसपालीको साफ च्याम्पियनसिप जित्ने प्रयासमा लाग्ने बताए । 

उनले भने, ‘मेरो काम भनेको खेलाडीहरुमा रहेको जोशलाई एकै ठाँउमा ल्याएर मैदानमा उतार्नु हो । यसपालीको साफ च्याम्पियनसिप जित्न चाहन्छु । म टिमलाई एसियन कपको नजिकभन्दा नजिक लगेर एसियन कपमा छनोट हुने प्रयासमा लाग्ने छु । चुनौतीपूर्ण नै भएपनि कोच भएपछि चुनौतीहरु मनपर्ने नै हुन्छ ।’

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुन पाउँदा एकदमै खुसी लागेको भन्दै नेपाल एकदमै विशेष देश भएको उनको भनाई छ ।  

उनले भने, ‘नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुन पाउनु एकदमै सम्मानको कुरा हो । या एकदमै विशेष देशमा विशेष भूमिका हो । नेपाल एउटा एकदमै राम्रो देश हो यहाँको मानिस यहाँको खाना, सम्मान सबै एकदमै राम्रो छ तपाईहरु सबै नेपालमा नै भएको हुनाले सायद तपाईहरुसँग के छ भन्ने कुरा थाहा नभएको होला तर मैले धेरै देशहरुमा काम गरेको हुनाले नेपालमा भएको जोश अविष्मरणीय छ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले म्याट रसलाई एक वर्षका लागि प्रशिक्षक नियुक्त गरेको हो । एन्फाका तर्फबाट महासचिव किरण राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एसियन कप छनोट सुरु हुनु खेल झन्डै तीन साताको समय बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

प्रकाशित मितिः सोमबार, १९ फागुन २०८१
https://jawaaf.com/storage/01JNCQX9CK7CE4CZQE69PYYDSJ.avif

दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप फागुन २२ देखि

मकवानपुर । हेटौँडा भेट्रान्स कप फुटबल प्रतियोगिताको दसौँ संस्करण यही फागुन २२ देखि सुरु हुने भएको छ । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा फागुन २२ देखि २६ गतेसम्म हेटौंडा–४ स्थित हुप्रचौर खेल मैदानमा दसौँ राष्ट्रिय भेट्रान्स कप ८ ए साइड रनिङ सिल्ड फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले आइतवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक मणिराज गौतमले ४५ वर्ष माथि उमेर समूहमा खेलाइने प्रतियोगितामा १६ वटा टीम सहभागी हुने बताए । झन्डै १२ लाख रुपैयाँ खर्चको अनुमान गरिएको प्रतियोगितामा प्रथम नगद पुरस्कार १ लाख ५० हजार ५ सय ५५ र द्वितीय नगद पुरस्कार ७५ हजार ५ सय ५५ राखिएको छ ।

Pathivara_Adv..gif 182.28 KB

त्यस्तै, सर्वश्रेष्ठ कोचलाई ५ हजार, उत्कृष्ट फरवार्डलाई ५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५ हजार, उत्कृष्ट डिफेन्सलाई ५ हजार, उत्कृष्ट मिडफिल्डरलाई ५ हजार र म्यान अफ द सिरिजलाई १० हजार रुपैयाँ नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

वीरगञ्ज युथ भेट्रान्स पर्सा, सिमरा भेट्रान्स बारा, चितवन भेट्रान्स चितवन, बगरभाइखलक भेट्रान्स पोखरा, एबीसी भेट्रान्स पोखरा, बुटवल भेट्रान्स रुपन्देही, थापागाउँ भेट्रान्स काठमाडौँ, किंगकम भेट्रान्स काठमाडौँ, बौद्ध भेट्रान्स काठमाडौँ, फ्रिडमफाइटर भेट्रान्स काठमाडौँ, हेटौंडा भेट्रान्स, नागस्वती भेट्रान्स हेटौँडा, बानेश्वर फ्रेन्डसीप भेट्रान्स काठमाडौँ, एन जे.जे.भी.भी. सिमरा सहित १६ वटा क्लब प्रतियोगितमा सहभागी हुनेछन् ।

प्रकाशित मितिः सोमबार, १९ फागुन २०८१
https://jawaaf.com/storage/01JNBGHF1VX44X8628QHYHZ6XQ.avif

नेपालले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहाना छ :बुफोन

काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोनले नेपाले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहाना रहेको बताएका छन् ।  राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेस्टको रुपमा सहभागी हुन आइतबार नेपाल आएका उनले नेपाले पनि विश्वकप खेलेको हेर्न चाहेको भन्दै त्यसका लागि धेरै राम्रो मेहनत र लगानी आवश्यक रहेको बताए । 

उनले भने,‘ म नेपालले पनि विश्वकप खेलेको हेर्न चाहन्छु । त्यसका लागि धेरै राम्रो मेहनत र लगानी गर्नुपर्छ स्टुडियममा र त्यहाँसम्म पुग्नको लागि ठूलो सपना देख्नुपर्छ । ’

यस्तै उनले नेपालको झण्डा देख्दा अनौठो र अलग लागेको भन्दै यसले नेपालको संस्कृति र भव्य हिमालहरुलाई प्रतिनिधित्व गरेको बताए । नेपाल आएर आफ्नो सपना साकार भएको बताए । 

उनले भने,‘म युवा हुँदा नक्सा हेरेको थिए । नेपालको झण्डा देख्दा अनौठो लाग्यो । युनिक फ्ल्याग छ। यसले नेपालको संस्कृति र भव्य हिमालहरुलाई प्रतिनिधित्व गरेको छ । मेरो लागि यहाँ आउनु ड्रिम कम ट्रयू हो । मलाई नेपाल पछि फेरी आएर यहाँको संस्कृति र मन्दिरहरु हेर्न मन छ । समय मिलाए फेरी आउने छु ।’

त्यस्तै उनले केपी ओली कप कस्ले जित्छ भनेर आफू निकै उत्साहित रहेको पनि बताए । 

केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालामा हुनेछ । फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनल खेल मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी एफसीको बीचमा हुनेछ ।

प्रकाशित मितिः आइतबार, १८ फागुन २०८१
https://jawaaf.com/storage/01JNAB4TB0YFWTMEE79P51BAEX.avif

मुख्यमन्त्री कोहलपुर गोल्डकपमा आयोजक कोहलपुर रेसिङ साहारा क्लब विजयी

बाँके । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा लुम्बिनी फुटबल एडेकेमीलाई २–० गोल अन्तरले हराउँदै आयोजक टिमले विजयी सुरुवात गरेको हो । 

कोहलपुर रेसिङ साहारा फुटबल क्लबलाई जिताउन पहिलो हाफको २१ औँ मिनेटमा जर्सी नम्बर ११ का निराजनजंग शाहीले पहिलो गोल गरेका थिए । दोस्रो हाफको ६५ औँ मिनेटमा आयोजक क्लबकै क्षितिज थापाले दोस्रो गोल गरे । शाही र थापाको गोलबाट प्रेरित कोहलपुर रेसिङ साहारा फुटबल क्लबले प्रतियोगितामा पहिलो जित दर्ता गर्न सफल भएको हो । 

लुम्बिनी फुटबल एडेकेमी, घोराही दाङले भने थुप्रै अवसर पाएपनि गोल गर्न नसक्दा पराजित हुन पुगेको छ । पहिलो खेलमा आफ्नो टिमलाई जिताउन पहिलो गोल गरेका कोहलपुर रेसिङ साहारा फुटबल क्लबका निराजनजंग शाही म्यान अफ द म्याद घोषित भए । उनले नगद पाँच हजार र ट्रफी प्राप्त गरेका छन् । 

Pathivara_Adv..gif 182.28 KB

प्रतियोगिताका संयोजक कर्ण बस्नेतका अनुसार प्रतियोागिताको दोस्रो दिन आईतबार दिउँसो २ बजे भारतको साहारा फुटबल क्लब र राइजिंङ स्टार फुटबल क्लब नवलपरासीबीच हुनेछ ।

प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्बल गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको सहभागिता रहेको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् ।

शनिबार एक समारोहकाबीच लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । मुख्यमन्त्री आचार्यले खेलाडीहरुलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि यो गोल्डकप महत्वपूर्ण रहेको बताए । विदेशी टिम सहभागी हुने प्रतियोगिताले कोहलपुरको मात्र नभएर देशकै पहिचान बढाउने उनले बताएका थिए ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः आइतबार, १८ फागुन २०८१