बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JN94KRH4D0G55SYD494PSSY4.jpg

मछिन्द्र केपी ओली कपको फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

काठमाडौं । मछिन्द्र एफसी आयोजक केपी एफसीलाई हराउँदै जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आयोजक टोलीलाई ४–० को गोलले पराजित गर्दै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । 

मछिन्द्रका लागि स्टेफेन जमालाले दुई र मनिष डाँगी, रोशन रानाले एकएक गोल गरे । खेलको ३८औं मिनेटमा मछिन्द्रका मनिषले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । ४९औं मिनेटमा रोशनले गोल गर्दै मछिन्द्रको अग्रतालाई दोब्बर बनाए । खेलको ८६औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै मछिन्द्रका स्टेफेनले टोलीलाई तेब्बर अग्रतामा पु¥याए । पुनः ९०औं मिनेटमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–० मा पु¥याए । 

अब मछिन्द्रले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ । आर्मीले पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।  फाइनल खेल अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आउने छन् ।

प्रकाशित मितिः शनिबार, १७ फागुन २०८१
https://jawaaf.com/storage/01JN18HFP6B6PPRFYZG022BQZH.jpg

चर्चित क्लब झापा ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश

भद्रपुर । मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रबार खेल्नेछ । उसले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ ।

भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो ।

९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३–१ अन्तरमा पुगेको थियो । घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औँ मिनेटमा अग्रता बनाएको थियो ।

एरोन थापाले २५ यार्डबाट प्रहार गरेको पावरफुल फ्रिकिक भुटानका गोलकिपर रुपक कोयाले पञ्च गर्न खोज्दा बलले जाली चुमेको थियो । भुटानका सुरज रसाइलीले एरोन थापालाई फाउल गर्दा झापाले फ्रिकिक पाएको थियो ।

खेलको ८४ औँ मिनेटमा भुटानका सुरज रसाइलीले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए । रसाइलीले मैदानको मध्य भागबाट लगेको बल दुईजना डिफेन्डरलाई बिट गर्दै जाली चुमाएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा रोहन कार्कीले गोल गर्दै खेल २–१ को स्थितमा पुर्याए । झापाका मिडफिल्डर एलन थापाको प्रहारलाई भुटानका गोल किपर रसाइलीले बल नियन्त्रणमा लिन नसक्दा बललाई कार्कीले पोस्टको दिशा दिए ।

अतिरिक्त समयमा नै हरिबहादुर आले मगरले गोल गर्दै टिमलाई ३–० को स्थितिमा पुर्याए । समिर तामाङको क्रसपासलाई सदुपयोग गर्दै आलेले टिमको जित पक्का गरे ।

खेलको दोस्रो मिनेटमा भुटानका लाक्पा पाख्रिनको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले रोके । खेलको १७ औँ मिनेटमा भुटानका तुसार विश्वकर्माको प्रहार गोलकिपर लिम्बूले पञ्च गरी बचाउ गरे ।

खेलको १४ औँ भुटानले अग्रता लिने अवसर गुमायो । हेमराज भुजेलको पावरफुल प्रहार क्रसबारको मध्य भागमा लागेर फर्कियो । खेलको ३७ औँ मिनेटमा झापाका समिर तामाङले पेनाल्टी एरियामा चुके ।

खेलको ६८ औँ मिनेटमा झापाका बबिन बोहोराको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । खेलको ८३ औँ मिनेटमा पेनाल्टी एरियामा झापाका समिर तामाङको क्रस पासमा एरोन थापाले गरेको प्रहार गोलकिपर रसाइलीले रोके ।

खेलको प्लेयर अफ द म्याच झापा ११ का एरोन थापा भए । उनले नगद २१ हजार र ट्रफी पाए ।

खेलपिछ भएको पोस्टम्याच कन्फ्रेन्समा झापाका सहायक प्रशिक्षक सन्तोष गुरूङले टिमभित्र खेलाडीको प्रदर्शन निरन्तर राम्रो देखिएकोले भुटानमाथि सहज जित दर्ता गर्न सफल भएको बताए ।

झापाले बी डिभिजन लिगको तयारी गरिरहेको अवस्थामा मछिन्द्र तथा चर्च ब्वाइज जस्तो टिमलाई हराएर फाइनलमा पुग्दा खेलाडीमा आत्मविश्वास झन बढेर गएको उनको भनाइ छ ।

त्यस्तै, भुटानका प्रशिक्षक दोर्जी खन्डुले आजको खेल निक्कै प्रतिस्पर्धात्मक रहे पनि गोल किपर चुक्दा हार व्यहोर्नु परेको बताए । केपी ओेली कपमा समेत भाग लिएको र केही राम्रा खेलाडी त्यहाँ भएकोले आजको खेलमा केही समस्या उत्पन्न भएको उनको भनाइ छ ।

सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेल फागुन १६ गते हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।

प्रकाशित मितिः बुधबार, १४ फागुन २०८१
https://jawaaf.com/storage/01JN03V42AAEZZWGR2DRRK1604.jpg

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र म्यान्मार भिड्दै

काठमाडौं ।  काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ  । फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दैछन् । दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि शुरु हुँदैछ  ।

चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्  ।

म्यान्मारले लिग चरणका तिन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ । म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो ।

त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले पनि लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने म्यान्मारसँग बराबरी खेलेको थियो ।

प्रकाशित मितिः बुधबार, १४ फागुन २०८१
https://jawaaf.com/storage/01JMYMEEXBWD6DZ5XMBA6YJK0V.avif

भद्रपुर ब्लेजर्स बंगलादेशलाई हराउँदै प्रतियोगिताको फाइनलमा

भद्रपुर । आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधिनजिक पुगेको हो ।

९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले बंगलादेशलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

टाइब्रेकरमा भद्रपुरका तर्फबाट सत्यम शर्मा, दिवश उराउ, विदेशी खेलाडीहरू अरमान बिडोङ र अबयोमिले गोल गरे । कुलदिप कार्कीको प्रहार गोलपोस्टमा लागेर बाहिरियो ।

त्यस्तै, बंगलादेशका तर्फबाट साइडोस्टोन, एस सिल्लाह र साहिदले गोल गरे । युसुफ एमबीको प्रहार क्रसबारमा र इब्राहिमको प्रहार गोलपोस्टमा लागेर बाहिरियो ।

घरेलु दर्शकको समर्थन पाएको आयोजक भद्रपुर ब्लेजर्सले खेलको २९ औँ मिनेटमा अग्रता लिएको थियो । भद्रपुरका विदेशी खेलाडी अबयोमीले पेनाल्टी एरियाबाट गरेको प्रहार डिफेन्सबाट रिबाउन्स भएको बललाई सत्यम शर्माले कडा प्रहार गरी जाली चुमाए ।

Pathivara_Adv..gif 182.28 KB

पहिलो हाफमा १–० ले पछि परेको बंगलादेशले खेलको ६२ औँ मिनेटमा खेल बराबरीका ल्यायो । काजी रहदको लङ थ्रो पासमा साकिलले हेडमार्फत दोस्रो बार च्याप्दै गोल गरे ।

खेलको २१ औँ मिनेटमा भद्रपुरका कप्तान आशिष चापागाईंले गरेको कडा प्रहार क्रस बारमा लागेर फर्कियो । सोही बललाई अबयोमीले गरेको प्रहार आकाशियो । खेलको ७१ औँ मिनेटमा भद्रपुरका मिलन राईले गरेको प्रहार बाहिरियो ।

खेलको ८३ औँ मिनेटमा अबयोमीको क्रस पास प्रताप राईको कडा प्रहार क्रसबारको मध्य भागमा लाग्यो । खेलको ३४ औँ मिनेटमा बंगलादेशका साहिदको क्रस पासमा साइडोस्टोनले अवसर गुमाए ।

खेलको प्लेयर अफ द म्याच भद्रपुरका गोलकिपर टेकेन्द्र थापा भए । उनले नगद २१ हजार र ट्रफी पाए ।

खेलपछिको पोस्टम्याच कन्फ्रेन्समा भद्रपुरका प्रशिक्षक सचिन्द्र धिमालले आजको खेल निक्कै संघर्षपूर्ण रहेको बताए । पहिलो हाफमा अग्रता लिए पनि खेल अन्तिम समयमा बराबरीमा रोक्किदा टाइब्रेकरमा सफलता मिलेको उनको भनाइ छ । फाइनलमा केही रणनीति बनाएर यही टिम मैदान उत्रार्ने उनले बताए ।

त्यस्तै, बंगलादेशका प्रशिक्षक सोएल रहमानले आजको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताए । खेल बराबरी भए पनि टाइब्रेकरमा चुक्दा हार व्यहोर्नु परेको उनको भनाइ छ ।

सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत बुधबार अन्तिम सेमिफाइनल खेलमा झापा ११ एफसी र डागा युनाइटेड भुटानबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः मङ्गलबार, १३ फागुन २०८१
https://jawaaf.com/storage/01JMW742WSTZTSX6W3XBGTG21N.jpg

भुटानको डागा युनाइटेड भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर । डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ ।

भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

अत्यन्तै रोमाञ्चक खेलको ३४ औँ मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै भुटानलाई अग्रता दिलाए । सुरज रसाइलीले पेनाल्टी एरियामा एपिएफका तीनजना डिफेन्ससँग खोसेको बललाई पाख्रिनले गोल गर्न सफल भए । उनको प्रहारले एपिएफका खेलाडीलाई टच गर्दै जाली चुमेको थियो ।

त्यसको दुई मिनेटमै भुटानले अग्रता दोब्बर बनायो । खेलको ३६ औँ मिनेटमा वसन्त नेवारको क्रस पासमा हेमराज भुजेलले वान टचमा सुन्दर गोल गरे । खेलको ५९ औँ मिनेटमा एपिएफका दिपेश धिमालले गोल फर्काउँदै टिमलाई २–१ मा ल्याए ।

मणिकुमार लामाको कर्नर किकमा धिमालले हेडमार्फत गोल गरेका थिए । खेलको ६३ औँ मिनेटमा भुटानले ३–१ को अग्रता बनायो । एपिएफका गोलकिपर श्रेष्ठ अगाडि बढेको अवस्थामा हेमराज भुजेलले गोल गरे । दुईजना डिफेन्डरलाई बिट गरेर उनले मध्य भागबाट लगेको बललाई जाली चुमाएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा एपिएफले खेललाई ३–२ पुर्यायो । भुटानका जम्सो तेन्जिङले पेनाल्टी एरियाभित्र विपन श्रेष्ठलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए । त्यसलाई सदुपयोग गर्दै सुमन श्रेष्ठले गोल गरे ।

खेलको २५ औँ मिनेटमा भुटानका लाक्पा पाख्रिनले अवसर गुमाएका थिए । एपिएफका डिफेन्सले बल पोजिसन गुमाउँदा अगाडि लगेको बल पाख्रिनले विपक्षी गोलकिपर अञ्जल श्रेष्ठसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेन ।

खेलको ७० औँ मिनेटमा भुटानका हेमराज भुजेलले पेनाल्टी एरिया नजिकैबाट गरेको कडा प्रहार एपिएफका गोलकिपर श्रेष्ठले पञ्च गरेर बचाए ।

खेलको ४३ औँ मिनेटमा एपिएफका मणिकुमार लामाको प्रहारमा युवराज खड्काको हेडर बाहिरियो । खेलको ६१ औँ मिनेटमा अनिश महर्जन भुटानका गोलकिपर फुन्सो जिग्मेसँग वान टु वानको अवस्थामा पनि गोल गर्न सकेनन् ।

खेलको ८४ औँ मिनेटमा मणिकुमार लामाको फ्रिकिक प्रहारमा पेनाल्टी एरियाबाट सुमन श्रेष्ठले हेड गरेको बललाई भुटानका गोलकिपर रुपकले पञ्च गरेर बचाए । खेलको प्लेयर अफ द म्याच भुटानका खेमराज भुजेलले भए । उनले नगद २१ हजार र ट्रफी पाए ।

खेलपछिको पोस्टम्याच कन्फ्रेन्समा भुटानका प्रशिक्षक दोर्जी खन्डुले एपिएफसँगको खेलमा संघर्षपूर्ण जित निकालेको बताए । टिममा भुटानसहित केही बाहिरका खेलाडी रहेकोले फाइनल प्रवेशका लागि केही खेलाडी परिवर्तन गर्ने उनको भनाइ छ ।

त्यस्तै, एपिएफका प्रशिक्षक मिलन राईले केपी ओेली कप खेलेका टिम नै झापा आएको र खेलाडीले विश्राम गर्न नपाउँदा टिमले हार व्यहोर्नु परेको बताए । एन्फाले प्रतियोगिता जुधाएका कारण टिमसहित खेलाडीहरूमाथि असर परिरहेको उनको भनाइ छ ।

सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत भोलिको पहिलो सेमिफाइनल खेल आयोजजको भद्रपुर ब्लेजर्स र बंगलादेशको काउर्न बाजार प्रगति संघबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।

प्रकाशित मितिः सोमबार, १२ फागुन २०८१
https://jawaaf.com/storage/01JMV27BTGXSEH233WEGD4FCS9.jpg

काउर्न बाजार प्रगति संघ बंगलादेश झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर । काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको तेस्रो क्वार्टर फाइनल खेलमा बंगलादेशले न्यु रोड टिम (एनआरटी) ललितपुरलाई २–० गोल अन्तरले हराउँदै  सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ ।

बंगलादेशले खेलको २४ औँ मिनेटमा अग्रता बनायो । साकिलको क्रस पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका साहिदले गोल गरे । लगत्तै खेलको २६ औँ मिनेटमा बंगलादेशका विदेशी खेलाडी एस सिल्लाहले गोल गर्दै टिमलाई २–० ले अग्रता दोब्बर बनाए ।

सिल्लाहले मध्य भागबाट सिंगल खेल्दै बललाई जाली चुमाएका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो रोजाईका खेलाडीको अनुपस्थितमा एनआरटीलाई बंगलादेशले खेलभरि दबाबमा राखेको थियो ।

खेलको पाँचौँ मिनेटमा एनआरटीका मोहित गुरूङले पेनाल्टी एरियाभित्र पाएको अवसर गुमाए । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो । खेलको १६ औँ मिनेटमा गुरूङ फेरि पेनाल्टी एरियामा चुके ।

खेलको ३८ औँ मिनेटमा  शिशिर लेखीको प्रहार पनि बाहिरियो । खेलको ५२ औँ मिनेटमा मोहित गुरूङको प्रहार बंगलादेशका गोलकिपर रब्बीले बचाउ गरे । खेलको ४८ औँ मिनेटमा साकिलले प्रहार गरेको बल दोस्रो बार छेउबाट बाहिरियो ।

खेलको प्लेयर अफ द म्याच बंगलादेशका एस सिल्लाह भए । उनले नगद २१ हजार र ट्रफी पाए ।

खेलपछि भएको पोस्टम्याच कन्फ्रेन्समा बंगालदेशका सहायक प्रशिक्षक सोएल रहमानले नेपालको उत्कृष्ट टिम रहेको एनआरटीले खेल्ने तरिकाको बारेमा सामाजिक सञ्जालहरूमा हेरेर आफ्नो खेलाडीहरूलाई मैदानमा उतारेको र पहिलो खेलमै जित दर्ता गर्न सफल भएको बताए । सेमिफाइनलमा पनि रणनीति बनाएर फाइनलसम्म पुग्ने योजना रहेको उनको भनाइ छ ।

त्यस्तै, एनआरटीका प्रशिक्षक श्याम मालीले अनपेक्षित हारले पहिलो खेलबाटै बाहिरिएकोले टिमको नाममा असर पुगेको बताए । धेरै प्रतियोगिताका कारण पहिलो रोजाईका खेलाडीहरूलाई ल्याउन नसक्दा नतिजा पक्षमा नआएको उनको भनाइ छ ।

सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको अन्तिम क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।

प्रकाशित मितिः सोमबार, १२ फागुन २०८१
https://jawaaf.com/storage/01JMQ0YCG87ZYGKVF0WHCNXR14.jpg

झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

भद्रपुर । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमाझापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको थियो ।

आज खचाखच दर्शक भएको रंगशालामा पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको १४ औँ मिनेटमा झापाका एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए । चर्च ब्वाइजका किपर कृसल मोक्तान अगाडि बढेको अवस्थामा थापाले मैदानको मध्य भागबाट लगेको बललाई जाली चुमाए ।

खेलको ४१ औँ मिनेटमा चर्च ब्वाइजका विक्रम धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याए । झापाका प्रदिप बुढाथोकीले चर्चका सुजन डंगोललाई फाउल गरे । त्यसपछि एरिक विष्टको फ्रिकिक प्रहारलाई सदुपयोग गरी धिमालले गोल गरेका थिए ।

खेलको ७९ औँ मिनेटमा झापाका कप्तान पेमा तामाङले टिमका लागि थप एक गोल गरे । चर्चका गोलकिपर मोक्तानले पञ्च गरेको बल किलियर नहुँदा तामाङले टिमलाई २–१ को अवस्थामा ल्याए ।

खेलको ३२ औँ मिनेटमा एरोन थापाले पेनाल्टी एरिया नजिकैबाट गरेको प्रहार किपर मोक्तान रोके । पहिलो हाफको अतिरिक्त समयमा एरोनको कर्नर किकमा सुमन मगरको हेडेर क्रसबार माथिबाट बाहिरियो ।

खेलको ३७ औँ मिनेटमा चर्चका प्रशान्त लक्समले पेनाल्टी एरियाबाट गरेको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले रोके । खेलको ३१ औँ मिनेटमा उमेश राईको प्रहार गोलकिपर लिम्बूले बचाउ गरे ।

खेलको प्लेयर अफ द म्याच झापा ११ का पेमा तामाङ भए । उनले नगद २१ हजार र ट्रफी पाए ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा झापाका प्रशिक्षक अंगुरकुमार खड्गीले पछिल्लो समय एउटै टिमवर्कका कारण ए डिभिजन टिमसँग प्रतिस्पर्धा गर्न सहज भएको बताए । खेलाडीको उत्कृष्ट प्रदर्शनले लगातार दुई खेलमा जित हात पारेको बताउँदै उनले भने, ’खेलमा तलमाथि हुन्छ, रेफ्रीले पनि सोहीबमोजिम सही डिसिजन दिनुपर्छ ।’

त्यस्तै, चर्च ब्वाइजका व्यवस्थापक सविन डाँगीले मोफलसमा प्रतियोगिता जुधेर समस्या आएको बताए । उनले क्लबको मुख्य टिम अहिले हेडौँटामा रहेकाले सबै खेलाडी यहाँ ल्याउन नसक्दा हार व्यहोर्नु परेको बताए ।

सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको तेस्रो क्वार्टर फाइनल खेल न्यु रोड टिम (एनआरटी) र बंगलादेशको काउरन बाजार प्रगति संघबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।

प्रकाशित मितिः शनिबार, १० फागुन २०८१
https://jawaaf.com/storage/01JMPXYFMT7XCQRMBKQGE0CTW5.jpg

मच्छिन्द्र बन्यो इटहरी गोल्ड कपको पहिलो च्याम्पियन

इटहरी । इटहरीमा भएको १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौंले उचालेको छ । 

शनिबार भएको फाइनल खेलमा सगरमाथा युथ क्लब मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै पहिलो पटक उपाधि उचालेको हो ।

जीतसँगै मच्छिन्द्रले नगद १० लाख सहित ट्रफी र उपविजेता बनेको सगरमाथाले नगद ५ लाखमा चित्त बुझायो । सगरमाथाले यसअघि लगातार दुई पटक प्रतियोगिताको उपाधि उचालेको थियो ।

सगरमाथाका अशोक खवास भने फाइनल खेलको म्यान अफ दि म्याच घोषित भएका छन् । गत फागुन ३ गतेबाट सुरु भएको प्रतियोगितामा विधागत उत्कृष्टतामा पनि खेलाडीहरू पुरस्कृत भएका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा युथका कुलदीप कार्की भए । उनले एक लाख, उत्कृष्ट गोलरक्षक बनेका मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर मच्छिन्द्रकै सनिस श्रेष्ठ, उत्कृष्ट मिड फिल्डर मच्छिन्द्रकै विशाल तामाङ उत्कृष्ट फरवार्ड मलिक युसुफ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रकै सन्तोष न्यौपानेले जनही २०– २० हजार प्राप्त गरेका छन् ।

यसै गरी प्रतियोगिताभर चार गोल गरी सर्वाधिक गोलकर्ता बनेका मच्छिन्द्रका मलिक युसुफले नगद २५ हजार प्राप्त गर्दा राइजिङ प्लेयर सनिप घिमिरेले एक थान एलइडी टिभी प्राप्त गरेका छन् । प्रतियोगितामा आयोजक राष्ट्रिय जागृति क्लब सहित कुल ८ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, १० फागुन २०८१
https://jawaaf.com/storage/01JMNXXN54V1GA52KQQPW090NC.jpg

इटहरी गोल्ड कपको उपाधिका लागि सगरमाथा युथ र मच्छिन्द्र आमनेसामने हुँदै

इटहरी । १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिवार(आज) सगरमाथा युथ क्लब मोरङ र मच्छिन्द्र फुटबल क्लब काठमाडौँ प्रतिस्पर्धा गर्दै छन् ।

Pathivara_Adv..gif 182.28 KB

सगरमाथा युथ क्लबले क्वाटर फाइनलमा न्यूरोड टिम (एनआरटि) र सेमिफाइनलमा धरान फुटबल क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै मच्छिन्द्रले क्वाटर फाइनलमा झापा फुटबल क्लब र सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

SathyaShishu_School.gif 386.43 KB

शुक्रवार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा टिम कप्तानहरूले खेल आफूले जित्ने दाबी गरेका छन् । दुई पटकको उपाधि विजेता सगरमाथा युथ क्लब आफ्नो जीतलाई ह्याट्रिक बनाउने योजनामा रहँदा मच्छिन्द्र क्लब पनि पहिलो पटक फाइनल खेल खेल्दै उपाधि जितेर इतिहास बनाउने रणनीतिमा छ ।

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ ।

Bantawa Hardware.gif 828.52 KB


प्रकाशित मितिः शनिबार, १० फागुन २०८१
https://jawaaf.com/storage/01JMMBNSDDASWZD5W636Q37Y4F.avif

भद्रपुर ब्लेजर्स झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

भद्रपुर । आयोजकको टिम भद्रपुर ब्लेजर्स गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको भद्रपुरले दोस्रो हाफमा दुई गोल गर्यो ।

खेलको ७२ औँ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । आशिष चापागाईंले पेनाल्टी एरिया नजिकैबाट दिएको पासमा राईले गोल गरे । खेलको ७४ औँ मिनेटमा भद्रपुरले पेनाल्टीमा एक गोल थप्दै खेल २–० को अग्रता बनायो ।

भद्रपुरका आशिष चापागाईंलाई पुलिसका मानबहादुर परियारले पेनाल्टी एरियामा फाउल गरेपछि मिलन राईले अवसरको सदुपयोग गरे । दोस्रो हाफको अतिरिक्त समयमा पुलिसले एक गोल फर्कायो । भद्रपुरका किपर जियारत शेख चुकेपछि प्रशान्त कुँवरले गोल गरे ।

Pathivara_Adv..gif 182.28 KB

भद्रपुरले खेलमा केही अवसरहरू गुमायो । खेलको ४० औँ मिनेटमा पेनाल्टी एरियाबाट मिलन राईले प्रहार गरेको बल फस्र्ट बारमा लागेर फर्कियो । खेलको ४५ औँ पुलिसका गोलकिपर अमित टमाटा बिट भएपछि मिलन राईको प्रहार गोललाइनमा पुलिसका हेमन्त श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

खेलको अतिरिक्त समयमा विदेशी खेलाडी फोडे फोफोनाले पेनाल्टी एरियाबाट प्रहार गरेको बल पुलिसका किपर टमाटाले रोके । खेलको ५४ औँ मिनेटमा पुलिसका अनुप लिम्बूको हेडर भद्रपुरका किपर शेखले पञ्च गरे । कृष्ण गुरूङको क्रस पासमा पेनाल्टी एरियाबाट लिम्बूले हेड गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच दुई गोलकर्ता मिलन राई भए । उनले नगद २१ हजार र ट्रफी पाए ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा भद्रपुरका सहायक प्रशिक्षक अर्जुन राईले पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि दोस्रो हाफमा रणनीति बनाएर पुलिसमाथि जित दर्ता गरेको बताए । घरेलु टिम र दर्शकका साथका कारण खेलाडीले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो ।

पुलिसका प्रशिक्षक सुमन सुवेदीले खेलाडीहरूले राम्रो प्रदर्शन गरे पनि डिफेन्समा चुक्दा हार बेहोर्नु परेको बताए । जित्ने योजनाका साथ मैदानमा उत्रिए पनि सानो गल्तीले चुकेको उनको भनाइ थियो ।

शनिबारको दोस्रो क्वाटरफाइनल खेल झापा ११ एफसी र चर्च ब्वाईच युनाइटेडबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए । मछिन्द्रलाई हराउँदै झापा क्वार्टर फाइनलमा प्रवेश गरेका हो ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने महासचिव जीवनकुमार श्रेष्ठले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।

प्रकाशित मितिः शुक्रबार, ०९ फागुन २०८१