एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
मकवानपुर । चर्च ब्वाइज युनाइटेड मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाईज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
चर्च ब्वाइजको जीतमा विदेशी आर्मण्डले खेलको दोस्रो हाफको २८ औं र ३२ औँ मिनेटमा गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५ औं मिनेट गोल गरे । एपीएफका लागि बुद्धिमान राइले खेलको पहिलो हाफको ३६ औं मिनेटमा र हरि कार्की दोस्रो हाफको ४३ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच आर्मण्ड घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । जीतसँगै चर्च ब्वाइज गोल्डकपको फाइनल प्रवेश गर्ने पहिलो टोलि बनेको छ ।
प्रतियोगितामा एपीएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोलि त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । एपीएफ गत संस्करणको उपविजेता टोलि हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोलि हो । गत संस्करणमा एपीएफ मछिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि शनिवार मछिन्द्र फुटबल क्लब र थ्रीस्टार बीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल सोमवार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।
भद्रपुर झापा गोल्डकपमा झापा ११ क्वार्टर फाइनलमा प्रवेश
झापा । झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरस्थित मेची रंगशालामा बिहीबार भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको हारको बदला लिएको छ ।
झापाका लागि खेलको २९ औँ मिनेटमा एक मात्र गोल बबिन बोहोराले गरे । एरोन थापाको क्रस पासमा बोहोराले वान टच गोल गरेका थिए । उनको गोल नै निर्णायक बन्यो । झापाले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।
बी डिभिजन लिगको तयारी गरिरहेको झापाले ए डिभिजन लिग उपविजेता मछिन्द्रलाई पहिलो खेलबाटै घर फर्काएको छ ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले एक दर्जनभन्दा बढी प्रहार गरे पनि थप गोल भने हुन सकेन । खेलको २१ औँ मिनेटमा झापाका स्टाइकर पेनाल्टी एरियामा अनर्माक रहेका बोहोराले पाएको अवसर खेर फाले ।
६२ औँ मिनेटमा काउन्टर अट्याक गरेका झापाका हरिबहादुर आले मगरको पावरफुल प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाउ गरे । खेलको ७८ औँ मिनेटमा झापाका प्रदिप बुढाथोकीले पेनाल्टी एरियाबाट गरेको प्रहार विपक्षी गोलकिपर श्रेष्ठले रोके । ८० औँ मिनेटमा एलन थापाले गोल गर्न नसक्दा झापाले अग्रता दोब्बर बनाउन चुक्यो ।
मछिन्द्रले खेलको २० औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । सनिस श्रेष्ठको कर्नर प्रहारमा विदेशी खेलाडी ओमोलाजा करिमको हेडर पोस्टमा लागेर फर्कियो । ३८ औँ मिनेटमा सौरभ लिम्बूको कडा प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले उत्कृष्ट बचाउ गरे ।
८१ औँ मिनेटमा अशिषेक गुरुङ, दयानन्द सिंह र सनिस श्रेष्ठले पेनाल्टी एरियामा पाएको अवसर गुमाए । ८६ औँ मिनेटमा आदित्य शाक्यको प्रहार बारमा लागेर फर्किंदा मछिन्द्र निराश बनेको थियो ।
खेलको प्लेयर अफ द म्याच झापाका गोलकिपर लिम्बू भए । उनले नगद २१ हजारसहित ट्रफी पाए । शुक्रबारको पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीच हुनेछ ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट दिन एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।
इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा आज नेपालले लेबनानसँग खेल्दै
काठमाडौँ । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
त्यसअघि पहिलो खेलमा म्यानमार र कीर्गिस्तानबिच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । चारै टोलीको यो दोस्रो खेल हुनेछ । पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले तथा नेपालले कीर्गिस्तानलाई १–० ले पराजित गरेको थियो ।
लेबनानसँग खेल्दा लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ । म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेकोले आज दोस्रो जित हात पारे एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।
सलेशलाई बागमती यु–२० महिला सेभेन्स रग्बीको उपाधि
काठमाडौँ । कोशी प्रदेशको सलेश युथ क्लबले बुधवार बागमती यु–२० गल्र्स सेभेन्स नेसनल रग्बी च्याम्पियनसिपको पहिलो संस्करण जितेको छ ।
मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा सम्पन्न फाइनलमा सलेशले कर्णाली रग्बीलाई १०–० स्कोरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै सलेशले ५० हजार रुपैयाँ प्राप्त ग¥यो। कर्णालीले भने ३० हजार रुपैयाँमा चित्त बुझायो ।
खेलको पहिलो हाफमै सलेशले एक ट्राईमार्फत ५–० को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि सलेशले समान स्कोर गर्दै एकपक्षीय जित निकाल्न सफल रह्यो। सलेशलाई च्याम्पियन बनाउन आरुषी भट्टराईले दुवैपल्ट ट्राई गर्दै १० अंक जोडेकी हुन् ।
एक ट्राई बराबर पाँच अंक र एक कन्भर्जनमा दुई अंक प्राप्त हुन्छ। ट्राई गरेपछि नै कन्भर्जन किक प्रहार गर्न पाइन्छ। तर, सलेशले दुवैपल्ट कन्भर्जन किकलाई कन्भर्ट गर्न सकेन ।
कर्णालीले पहिलो सेमिफाइनलमा नेपाल महिला रग्बी संघलाई कन्भर्जन किकमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। निर्धारित समय र थप गरिएको समयमा पनि कुनै टोलीले अंक ल्याउन सकेनन्। त्यसैले विजेताको टुंगो कन्भर्जन किकबाट गरिएको हो। कन्भर्जन किकमा कर्णालीले सफल रह्यो। उसले दुई किकलाई कन्भर्ट गर्न सक्यो। नेपाल महिला रग्बी संघले भने कन्भर्जन किकलाई कन्भर्ट गर्न सकेन।
अर्को सेमिफाइनलमा भने सलेशले बागमतीलाई १०–५ ले पराजित ग¥यो। पहिलो हाफमा दुवै टोलीले एक÷एक ट्राई गरेका थिए। दोस्रो हाफमा भने सलेशले एक ट्राई ग¥यो। तर, प्राप्त कन्भर्जन किकलाई भने दुवै टोलीले कन्भर्ट गर्न सकेनन्।
नेपाल महिला रग्बी क्लब र प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा कोशीको सलेशसहित सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश र बागमती प्रदेशसहित नेपाल महिला रग्बी संघ र हिमालयन टाइगर रग्बी क्लब गरी आठ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी सलेशका आरुषी भट्टराई घोषित भइन्। उत्कृष्ट प्रशिक्षक सलेशकै नवीन दर्लामी रहे।
प्रतियोगताका विजेता टोलीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव दीपक लामा र उपविजेतालाई नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले पुरस्कृत गरे।
भद्रपुर ब्लेजर भद्रपुर गोल्डकपको क्वाटरफाइनलमा
झपा । भद्रपुर झापा गोल्ड कप फुटबलमा घरेलु टोली भद्रपुर ब्लेजर विजयी भएको छ । बुधबार भएको उद्घाटन खेलमा भारतको दार्जिलिङ पुलिसमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै भद्रपुर ब्लेज क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
भ्रदपुरले सुरुआती ३ गोलको अग्रता मुस्किलले जोगाउँदै अघिल्लो यात्रा तय गर्न सफल भयो । खेल सुरु भएको तेस्रो मिनेटमै साम कार्लोसले गोल गर्दै भद्रपुरलाई अग्रता दिलाएका थिए ।
खराब प्रकाशका कारण निर्धारित ८० मिनेटको खेलको ३९ औं मिनेटमा आशिष चापागाईंले गोल गरेपछि घरेलु टोलीको अग्रता दोब्बर भएको थियो ।
दोस्रो हाफको दोस्रो मिनेटमै सत्यम शर्माले गोल गरेपछि भद्रपुरको अग्रता तेब्बर भएको थियो ।
३ गोलले पछि परेको दार्जिलिङले लगातार गोल फर्काउँदै खेल बराबरी गरेपछि रोमाञ्चक बन्न पुग्यो । ५१ औं मिनेटमा प्रशान्त राईले गोल गर्दै दार्जिलिङलाई खेलमा फर्काउने संकेत गरेका थिए । ५६ औं मिनेटमा नयन प्रधानको गोलले दार्जिलिङले दूरी ३–२ मा झारेको थियो भने ७० औं मिनेटमा रुड गुलिटले गोल गरेपछि दार्जिलिङ ३–३ को अवस्थामा आयो ।
तर, त्यो बराबरी दार्जिलिङले २ मिनेट पनि टिकाउन सकेन । ७२ औं मिनेटमा भद्रपुरका प्रताप राईले गोल गर्दै ४–३ को जित पक्का गरे ।
भद्रपुरले सेमिफाइनल प्रवेशका लागि अब बाइ पाएर बसेको विभागिय क्लब नेपाल पुलिससँग प्रतिस्पर्धा गर्ने छ ।
दोस्रो भद्रपुर झापा गोल्डकपमा आज भद्रपुर ब्लेजर्स र दार्जिलिङ पुलिस भिड्दै
झापा । भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि हुँदैछ । १६ गतेसम्म मेची रंगशाला भद्रपुरमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा मोफसलको दार्जिलिङ पुलिस एफसी भारत र घरेलु टोली भद्रपुर ब्लेजर्स भिड्ने भएका छन् ।
यो संस्करणको गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्ससहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुनेछन् ।
यस्तै, तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० टिम सहभागी हुनेछन् । गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद सात लाख, ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
इटहरी गोल्डकप फुटबलमा धरान फूटबल क्लबल सेमिफाइनलमा
इटहरी । इटहरीमा जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा धरान फूटबल क्लबले सेमिफाइनल यात्रा सुरक्षित गरेको छ ।
इटहरी रंगशालामा मङ्गलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा धरानले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
धरानका दोर्जे तामाङले खेलको ४७औं मिनेटमा पहिलो गोल गरे। त्यसपछि दोस्रो हाफको ५७ औं मिनेटमा विवेक राईले गोल गर्दै टिमको जीत सुनिश्चित गरे ।
चर्च ब्वाइजका कप्तान अनन्त तामाङले ८४ औं मिनेटमा सान्त्वना गोल गरे ।खेलको म्यान अफ दि म्याच धरान फुटबल क्लबका दोर्जे तामाङ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी) र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ ।
प्रतिवगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजक राष्ट्रिय जागृती क्लब इटहरीले जनाएको छ ।
झापा ११ लाई हराउँदै मच्छिन्द्र इटहरी गोल्ड कपको सेमिफाइनलमा
इटहरी । इटहरीमा जारी १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ पुगेको छ ।
सोमबार इटहरी रङ्गशालामा भएको खेलमा झापा ११ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा पुगेको हो । जितका लागि मच्छिन्द्र फुटबल क्लबका तर्फबाट खेलको ३१ औँ मिनेटमा मलिक बामिदेले युसुफले गोल गरे ।
प्रतियोगिता अन्तर्गत मङ्गलवार चर्च ब्वाइज यूनाइटेड काठमाडौँ र धरान फुटबल क्लबबिच अन्तिम क्वाटर फाइनल खेल हुनेछ ।
फागुन १० गतेसम्म चल्ने प्रतियोगिताको विजेतालाई नगद १० लाख र उपविजेता लाई पाँच लाख प्रदान गरिने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ ।
इटहरी गोल्डकप : सगरमाथा युथ क्लब सेमिफाइनलमा
इटहरी । जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोश्रो खेलमा सगरमाथा युथ क्लब मोरङ विजयी भएको छ ।
एनआरटी क्लब काठमाडौंलाई १–० गोलको अन्तरले पराजित गरी सगरमाथा युथ क्लबले सेमिफाइनलको यात्रा समेत सुरक्षित गरेको हो ।
सगरमाथा युथ क्लबका लागि खेलको ६ मिनेटमा विदेशी खेलाडी रिचर्डले गोल गरे । उनले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच पनि रिचर्ड नै भए ।
प्रतियोगिता अन्तर्गत सोमबारको तेस्रो खेल झापा एघार फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ । फागुन १० गतेसम्म चल्ने गोल्डकपको विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिने आयोजक राष्ट्रिय जागृती क्ल्व इटहरीले जनाएको छ ।
अन्तर्राष्ट्रिय महिला फुटबलको तयारी पूरा
काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । सोमवारदेखि काठमाडौँको दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानको सहभागिता हुनेछ ।
प्रतियोगिता खेल्नका लागि सहभागि हुने टोलीहरू सबै नेपाल आइसकेको र भोली हुने उद्घाटन खेलमा नेपाल किर्गिस्तानसँग खेल्ने महिला फुटबल टिमका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिए ।
उनले अहिले किर्गिस्तान बलियो भएको र यसले नेपाललाई जित निकाल्न गार्हो हुनेपनि बताए ।
उनले भने,‘किर्गिस्तानसँग ६ वर्ष अगाडि खेल्दा ८—२ भएर जितेका थियौं । पहिले र अहिले किर्गिस्तानले खेल्ने फुटबल फरक देखिन्छ । हाम्रो पनि बलियो पक्ष भनेको चाहीं ग्रेट स्टक्चर हो । त्यसैले पनि टिमको संरचना बलियो बनाएर लानुपर्नेछ । काउन्टर एट्याकमा उनीहरू राम्रो देखिन्छ । हामीले जित त निकाल्छौ तर गाह्रो चाहीँ छ ।’
यस्तै नेपाली महिला टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले प्रतियोगिता नेपालको लागि ठुलो अवसर भएको बताइन् ।









