मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JJ0STP2QDNN56B2S7T4YZ7KH.jpg

स्पेनिस ला–लिगामा रियलको सहज जित

काठमाडौं ।  केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला–लिगामा सहज जित हासिल गरेको छ । आइतबार राती भएको खेलमा रियलले १० खेलाडीमा सीमित लास पाल्मासलाई ४–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पे बाहेक ब्राहिम डियाज र रोड्रिगोले गोल गरे ।

Pathivara.gif 82.25 KB

खेलको ३३औं मिनेटमा डियाजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । त्यसको ३ मिनेट पछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । रोड्रिगोले ५७औं मिनेटमा अर्को गोल थपे ।

जितसँगै २० खेलमा ४६ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा ४४ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ । समान खेलमा ३९ अंकका साथ बार्सीलोना तेस्रो स्थानमा छ ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः सोमबार, ०७ माघ २०८१
https://jawaaf.com/storage/01JJ0SJW6RF3J3T03VSEZFCZP0.jpg

खो खो विश्व कपमा नेपाली पुरुष टोली बन्यो उपविजेता

काठमाडौं । खो खो विश्व कपमा नेपाली पुरुष टोली उपविजेता बनेको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतबार आयोजक भारतसँग ५४–३६ ले पराजित हुँदै नेपाल उपविजेता बनेको हो । 

नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२–२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो । शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७– १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।

Bantawa Hardware.gif 828.52 KB

समूह चरणमा नेपाल भारतसँग नै पराजित भएको थियो । नेपाल समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो । समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो ।

नेपाल भारतसँगको आफ्नो खेलमा ४१–३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४– ८ र पेरुलाई ८०–३४ लाई र भुटानलाई ९८–८ ले  हराएको थियो । यसैगरी महिला नेपाली टोली पनि उपविजेता बनेको छ ।

 

Pathivara.gif 82.25 KB

 

प्रकाशित मितिः सोमबार, ०७ माघ २०८१
https://jawaaf.com/storage/01JHYJDJNMPCXB6K3SRHENEYE6.jpg

सन्दीप लामिछानेले लेखे भावुक स्टाटस

काठमाडौं ।  नेपाली किक्रेटर सन्दीप लामिछानेको फेसबुक पोष्टले यतिबेला आम खेलप्रेमीबिचमा कौतूहलता ल्याएको छ । मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

लामिछानेले गएराति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर लामिछानेले गएराति ११ बजे सामाजिक सञ्जालमा गरेको पोस्टले यतिबेला धेरैको ध्यान तानेको छ । 

Pathivara.gif 82.25 KB

लामिछानेले लेखेका छन्, ‘यी सबै कुराको लागि सबैजनालाई धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरूले सधैँ मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । तपाईँहरूको यो माया र हौसला मेरा लागि सबथोक हो । जसले सधैँभरि मेरो हृदयमा विशेष स्थान बनाइरहनेछ ।’

अंग्रेजी भाषामा सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले नेपालका आफ्ना समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन् । कतिपयले यसलाई सन्दीपले खेलबाट सन्यास लिन लागेको अडकलबाजी पनि लगाएका छन् ।

AS.gif 486.54 KB

प्रकाशित मितिः आइतबार, ०६ माघ २०८१
https://jawaaf.com/storage/01JHWBRQKW1T8R7FD74Q7NHS3G.jpg

दोस्रो यामबहादुर स्मृति फुटसल माघ ११ गतेदेखि पोखरामा

पोखरा । खेलकुद विकास मञ्च पोखराको आयोजनामा दोस्रो संस्करणको एमेचर फुटसल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद, सम्बन्धको लागि खेलकुद’ भन्ने मूल नाराका साथ मञ्चले दोस्रो संस्करणको ‘याम (राम) बहादुर थापा स्मृति दोस्रो ६ ‘ए’साइड एमेचर फुटसल प्रतियोगिताको आयोजना हुन लागेको हो ।

पोखरा महानगरपालिका–१८ बाट प्रतिभावान् खेलाडीहरूको विकास गर्ने मञ्चको उदेश्य रहेको छ । पैयुम स्पोट्र्स सेन्टर हस्पिटलचोकमा माघ ११ र १२ गते हुने प्रतियोगितामा ३० भन्दा बढी टिमको सहभागिता हुने मञ्चका अध्यक्ष विक्रम थापा (म्याक्सवेल) ले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको विजेतालाई नगद ६० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने टिमलाई ३० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए ।

यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिनेछ । यस अघि स्पोट्र्स क्यासलमा हुने भनिएपनि प्राविधिक कारणले प्रतियोगिताको स्थान परिवर्तन भएको थापाको भनाइ छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शनिबार, ०५ माघ २०८१
https://jawaaf.com/storage/01JHVSY96EP6KTA74V92772P7Y.jpg

तेस्रो पीएफसी इमर्जिङ कपमा नारायणी नमुना माविको विजयी सुरुवात

चितवन । शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा शुक्रवार देखि सुरु भएको ‘पीएफसी इमर्जिङ कप–२०८१’ को उद्घाटन खेल भरतपुरको नारायणी माध्यमिक विद्यालयले जितेको छ ।

सैनिक आवासीय माध्यमिक विद्यालयलाई १–० ले पराजित गर्दै नारायणी माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको हो । नारायणीको जितमा सन्दीप गुरुङले गोल गरेका थिए । उनै गुरुङ खेलको म्यान अफ द म्याच पनि बने ।

शनिवार ११ बजे पहिलो खेल नारायणी इङ्गलिस पब्लिक स्कुल र बाल्मिकी शिक्षा सदनबिच हुनेछ भने दोस्रो खेल १ बजे अरुणेदय माध्यमिक विद्यालय र ओर्बिट स्कुलबिच हुने क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले जानकारी दिए ।

Pathivara.gif 82.25 KB

पटिहानी फुटबल क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगितामा चितवनका १६ विद्यालयहरू सहभागी छन् । खेल भरतपुर–१४ को सुन्दर बस्ती खेलमैदानमा माघ १२ गते सम्म हुनेछ ।

खेलको उद्घाटन गर्दै भरतपुर महानगरपालिका वडा नं. १४ का वडाअध्यक्ष राजेन्द्र सााखीले स्कुलदेखि नै नयाँ खेलाडीहरूको पहिचान गर्न प्रतियोगिता सफल बनेको भन्दै प्रशंसा गरेका थिए । शिक्षासँग खेलकुद जोड्न विद्यालयबिचको यस घिका संस्करणहरू निकै उपलब्धिमूलक पाएको उनले बताए । प्रतियोगिताको विजेताले १० हजार नगदसहित ३० हजार रुपैयाँबराबरको खेलकुद सामग्री पाउने छन् ।

यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव सुमन पौडेलले जानकारी दिए । अनुशासित टिमलाई ५ हजारबराबरको खेलकुद सामग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाण पत्र र पुरस्कारको व्यवस्था गरिएको छ ।

पटिहानी फुटबल क्लबले स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनका लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ । यसअघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो । प्रतियोगिताको प्रवर्धक का रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहेका छन् ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शनिबार, ०५ माघ २०८१
https://jawaaf.com/storage/01JHVRC1HRAE6VRV3XW63QGP8Q.jpg

आजदेखि यू–१९ महिला विश्वकप, नेपालले पहिलो खेल बंगलादेशसँग खेल्दै

काठमाडौं । आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु भएको छ । दोस्रो संस्करणको उक्त विश्वकपमा नेपालसहित १६ देशको सहभागिता रहेको छ । विश्वकपमा नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्दैछ । उक्त खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट सुरु हुनेछ ।

नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधवार अष्ट्रेलियासँग खेल्नेछ। गत कात्तिकमा भएको एसिया क्षेत्र छनोटमा युएईलाई रनरेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको थियो । नेपाली टोलिमा कप्तान पूजा महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा र सावित्रा धामी छन् । त्यस्तै तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शनिबार, ०५ माघ २०८१
https://jawaaf.com/storage/01JHSZYCTCC6CTNKJM3H0DB07R.jpg

हङकङको अल्ट्रा म्याराथुनमा जुम्लाकी राममाया बुढा प्रथम

मुगु ।जुम्लाकी राममाया बुढाले हङकङमा आयोजना भएको ५० किलोमिटर अल्ट्रा म्याराथुनमा ऐतिहासिक सफलता हात पारेकी छिन्। प्रतियोगितामा उनले पहिलो पटक सहभागिता जनाउँदै आफ्नो उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।राममायाले सुरुदेखि नै अग्रता लिँदै दौड पूरा गरिन् र आफ्नो पहिलो अन्तर्राष्ट्रिय ट्रेल दौडको कोर्स रेकर्डसमेत तोड्न सफल भइन् । एसिया प्यासिफिक एडभेन्चर एथ्लिट्सका अनुसार राममायाको यो उपलब्धि ट्रेल दौडको क्षेत्रमा प्रेरणादायक मानिएको छ ।  जुम्लाको दुर्गम भेगको पातारासीमा जन्मिएकी राममायाको यस सफलताले परिवार र गाउँमा खुसियाली छाएको छ ।

प्रतियोगिताका क्रममा राममायाले ट्रेल दौडमा आफ्नो अद्वितीय क्षमताको परिचय दिँदै अन्य प्रतिस्पर्धीलाई धेरै पछाडि पार्दै उनको जितसँगै नेपाली खेलकुदमा नयाँ इतिहास लेखिएको कर्णाली स्पोट्र्स क्लबका अध्यक्ष सरोज शाहीले बताए ।

स्थानीयस्तरमा सीमित जस्तो देखिने खेलकुद प्रतिभा अन्तर्राष्ट्रिय मञ्चमा चम्किन सक्छ भन्ने उदाहरण राममायाले प्रस्तुत गरेकी छिन्, शाहीले भने, ‘उनको यो उपलब्धिले अन्य युवा खेलाडीलाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।’

राममायाको यो सफलता मात्र एउटा दौड जित्नु नभई नेपाली महिलाहरूको आत्मबल र क्षमताको प्रतीक बनेको अन्तर्राष्ट्रिय धावक हरि रोकायाले बताए ।

‘हङकङको कठिन भूभागमा आयोजित यस अल्ट्रा म्याराथुनलाई जित्न राममायाले देखाएको अनुशासन र प्रतिबद्धता सम्पूर्ण नेपालीका लागि गर्वको विषय हो,’उनले भने,‘यो जितसँगै राममायाले अब भविष्यका लागि थप तयारी गर्ने संकेत गरेकी छिन् ।’

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शुक्रबार, ०४ माघ २०८१
https://jawaaf.com/storage/01JHH58T2FKRZT8F080WT0ME91.jpg

कबड्डी लिग माघ ४ गतेबाट हुने

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) आगामी माघ ४ गते हुने भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आगामी माघ ४ गतेदेखि नेपाल कबड्डी लिग हुन लागेको हो । 

खेल अघि सोमबार काठमाडौंमा खेलाडी र पत्रकारबीच भेटघाट कार्यक्रम भएको छ । 

सोही क्रममा नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तान घनश्याम रोका मगरले नेपाल कबड्डी लिगको नेपालमा पहिलो पटक हुन लागेको हुनाले उत्साहित रहेको बताएका छन् । 

उनले भने, ‘धेरै नै उत्साहित छु नेपाल कबड्डी लिगको लागि किनभने नेपालमा पहिलो पटक यो कबड्डी लिग हुन लागेको हो । म २ वर्ष अगाडि यहाँ आउदा यति धेरै कबड्डीको क्रेज थिएन तर अहिले धेरै नै क्रेज देख्न पाएको छु । नेपाली खेलाडीहरुलाई पनि राम्रो सेवा सुविधा लिएको छ यसरी नै अगाडि बढाउने हो भने नेपालमा खेलको भविष्य छ ।’ 

एनकेएलको पहिलो सिजन फ्रेन्चाइज टिमको अवधारणामा विभिन्न छ सहरका छ टिमले प्रतिस्पर्धा गर्दैछन् ।  एनकेएलको उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्स भिड्ने भएका छन् । विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ भने यता जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्स विरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा ‘डेब्यु’ गर्नेछ ।

राउन्ड रोबिन लिगमा १५ खेल हुने छन्, जसको शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । लिगका शीर्ष दुई टिमले माघ १४ गते क्वालिफाइर १ खेल्नेछ, जसको विजेता सिधै फाइनलमा पुग्नेछ ।

त्यसैगरी लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफाइर २ मा पुग्नेछ । क्वालिफाइर १ मा पराजित भएका टिम र इलिमिनेटरका विजेताबीच माघ १६ गते हुने क्वलिफाइर २ मा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ ।फाइनल खेल भने आगामी माघ १८ गते हुनेछ ।

प्रकाशित मितिः मङ्गलबार, ०१ माघ २०८१
https://jawaaf.com/storage/01JHC8RREN46QZFR093040RHN7.jpg

महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा,यस्तो छ खेल तालिका

काठमाडौँ । नेपाल क्रिकेट संघ ९क्यान० ले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको छ । आइतवार क्यानले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको हो । 

काठमाडौँमा जनवरी ३० देखि फेब्रुअरी ८ सम्म हुने यो प्रतियोगितामा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी हुने भएका छन् । तीन देशले एक अर्कासहित ३–३ खेल खेल्ने छन् र शीर्ष दुई स्थानमा हुने देश फाइनलमा पुग्ने छन् । सिरिजको फाइनल खेल फेब्रुअरी ८ मा हुने छ ।

क्यानका अनुसार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सिरिज अपराह्न सवा १२ बजेदेखि सुरु हुने छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः आइतबार, २८ पुस २०८१
https://jawaaf.com/storage/01JH7MA1VJF1K7JKQB5H90FNGZ.jpg

महिला यू–१९ क्रिकेट टोलीलाई मन्त्रीले गरे बिदाइ

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला यू–१९ क्रिकेट टोलीले विश्वकपमा नेपालको राम्रो छाप छाडेर आउने विश्वास व्यक्त गरेका छन् । शुक्रवार काठमाडौँमा आयोजित महिला यू–१९ क्रिकेट टोलीलाई बिदाइको क्रममा उनले जित्छु भन्ने विश्वासका साथ खेल खेल्न आग्रह गर्दै नेपालको राम्रो छाप छाडेर आउने विश्वास व्यक्त गरेका हुन् । 

उनले भने, ‘विश्वकपमा नेपालको एउटा राम्रो छाप छोडेर आउनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ । त्यसमा पनि तपाईहरूको प्रतिभा अगाडि बढाई राख्नु भएको छ । नडराईकन जानु, राम्रो खेल्न सक्छु, जित्न सक्छु भन्ने सोचका साथ जानु ।’

Pathivara.gif 82.25 KB

यसको साथै, उनले वर्तमान समयमा विद्यालय स्तरमा क्रिकेटको बढी लोकप्रियता बढेको भन्दै प्रत्येक जिल्लामा १० वटा तालिम सेन्टर खोल्ने प्रयासमा सबै लाग्नु पर्ने बताए । 

उनले भने, ‘प्रत्येक जिल्लामा १० वटा तालिम सेन्टर खोल्न सक्यो भने प्याब्सन, सरकार, मन्त्रालयले त्यसमा सहयोग गर्न सक्यो भने धेरै खेलाडी उत्पादन हुन सक्छ । विद्यालय स्तरमा अझ खेलको धेरै सम्भावना छ । त्यसकारण विद्यालयमा खेल सञ्चालन गर्नको लागि क्यानलाई आग्रह गर्न चाहन्छु ।’ 

सोही क्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले पहिलो खेल भएको हुँदा आरामले क्षमता अनुसारको खेल खेल्न आग्रह गरेका छन् ।

baba_education.gif 870.63 KB

प्रकाशित मितिः शुक्रबार, २६ पुस २०८१