बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JDNRCGE8NA6HF1CJGCH9C6MA.jpg

नेपाल प्रिमियर लिगको युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कलाई

धरान । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको छ । डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्क बीच सम्झौता भएको हो।

Pathivara.gif 82.25 KB


दर्शकहरूले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्। यसका साथै, प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ ।
प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।


Planning_Consultancy.gif 1.45 MB

प्रकाशित मितिः बुधबार, १२ मंसिर २०८१
https://jawaaf.com/storage/01JDNQKJCM2C6H4DM8WADQXYWX.jpg

कर्णाली याक्सबाट खेल्न आइपुगे वाल्टन

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन नेपाल आइपुगेका छन् । मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए ।

Pathivara.gif 82.25 KB


सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध डेब्यु गरेको वाल्टनले १९ टी–२०आई खेल खेलेका छन् । जसमा दुई सय २५ रन बनाएका छन् । त्यस्तै, २ टेष्ट र ९ एकदिवसीय खेले खेलेका छन् ।


Bantawa_Hardware.gif 563.38 KB


ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् । त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चादविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ ।


न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB


टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन्।  प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ । कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुरसँग खेल्नेछ ।


Daily_Dose_Adv_07_07.gif 652.54 KB


प्रकाशित मितिः बुधबार, १२ मंसिर २०८१
https://jawaaf.com/storage/01JDK74FQZBXJ8BE58A41SP1ZC.jpg

एसिया कप खेल्ने यु–१९ टिमलाई आज बिदाइ गरिँर्दै

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर दोस्रो हप्ता देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेटमा सहभागी नेपाली टिमलाई आज बिदाइ गर्दैछ।

Pathivara.gif 82.25 KB

मङ्सिर १४ देखि युएईमा हुने एसिसी यु–१९ एसिया कपमा भाग जाने हेमन्त धामीको कप्तानीमा आइतबार मात्र १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।  नागपोखरीको एक होटेलमा मंगलबार दिउँसो १२:३० बजेपछि कार्यक्रम आयोजना गरेर क्यानले खेलाडी र अफिसियल व्यक्तित्वहरू लाई आज बिदाइ गर्न लागेको जानकारी दिएको हो।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

टोलीको उपकप्तानमा अर्जुन कुमाल र खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका छन्।

प्रकाशित मितिः मङ्गलबार, ११ मंसिर २०८१
https://jawaaf.com/storage/01JDEY94BKBS174668RZ5G16T2.jpg

विराट कोहलीको टेस्ट करियरको ३० औँ शतक

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । भारतका विराट कोहलीले आफ्नो टेस्ट करियरको ३० औं शतक बनाएका छन् । अष्ट्रेलिया विरुद्धको बोर्डर–गावस्कर ट्रफीको पहिलो खेलको दोस्रो इनिङ्समा विराटले १०० रनको नटआउट पारि खेलेका हुन् । 

उनले अष्ट्रेलियाका महान ब्याट्सम्यान डन ब्रान्डम्यान (२९ शतक) लाई पछि पारेका छन् । भारतले कोहली र यशस्वी जैस्वाल (१६१ रन)को शतकको आधारमा ४८७÷६ मा आफ्नो इनिङ्स घोषणा गरेको थियो । योसँगै अष्ट्रेलियालाई ५३४ रनको लक्ष्य प्राप्त गरेको छ ।

Pathivara.gif 82.25 KB

रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले तेस्रो दिनको खेल सकिँदा १२ रनमा ३ विकेट गुमाएको छ । उस्मान ख्वाजा ३ रनमा नटआउट रहेका छन् । मार्नस लाबुसचेन ३, कप्तान प्याट कमिन्स २ र नाथन म्याकस्विनी खाता नखोली नै पभेलियन फर्किएका थिए ।

जसप्रित बुमराहले २ र मोहम्मद सिराजले एक विकेट लिए । भारतीय पारिमा जैसवाल–कोहलीबाहेक नितिश रेड्डी ३८ रन बनाएर नटआउट फर्किए । वासिङ्टन सुन्दरले २९ रन, देवदत्त पडिक्कलले २५ रन र केएल राहुलले ७७ रन बनाए । नाथन लियोनले २ विकेट लिए ।

Planning_Consultancy.gif 1.45 MB

बिहान १७२ रनको स्कोर बनाएर तेस्रो दिनको सुरुआत भारतले गरेको थियो । पहिलो इनिङ्समा अस्ट्रेलिया १०४ रनमा अलआउट भएको थियो भने भारत १५० रनमा समेटिएको थियो । पहिलो पारिको स्कोरका कारण भारत ४६ रनले अगाडि रहेको थियो ।

दिपशिखा गहना गृह.gif 471.46 KB

प्रकाशित मितिः आइतबार, ०९ मंसिर २०८१
https://jawaaf.com/storage/01JD9FMCMGY95FC905KH36B55T.jpg

एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

AS.gif 486.54 KB

काठमाडौँ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग सञ्चालन गर्ने भएको छ । एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

Pathivara.gif 82.25 KB

एन्फाले बि डिभिजन लिगमा सहभागी क्लबहरूलाई लासेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरुको पुरानो बक्यौता उपलब्ध गराउने, खेलाडी दर्ता फिफा कनेक्ट डिजिटल प्लेटफर्म मार्फत गर्ने जनाएको छ ।

Bantawa_Hardware.gif 563.38 KB

एन्फाले शहिद स्मारक बि डिभिजनका केहि खेल दशरथ रंगशालामा र बाँकी खेलहरु एन्फा कम्प्लेक्समा सञ्चालन गर्ने जनाएको छ ।

एन्फाले मङ्सिर २१ गतेसम्म क्लब दर्ता गर्ने, मङ्सिर २३ र २४ गते फिफा कनेक्ट वर्कसप गर्ने, मङ्सिर २५ र २६ गते क्लब लासेन्सिङ वर्कसप गर्ने, पुस १३ गते खेल तालिका प्रकाशन गर्ने र माघ १३ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।

 

प्रकाशित मितिः शुक्रबार, ०७ मंसिर २०८१
https://jawaaf.com/storage/01JD7949G1THWXNF9T9WQAQAVP.jpg

यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । भारतको कर्नाटक यू–१९ विरुद्धको सिरिज नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहीबार भएको सिरिजको अन्तिम तथा पाँचौं खेलमा ७ विकेटको जित दर्ता गर्दै सिरिज नेपालले ३–२ ले जितेको हो ।  पहिला ब्याटिङ गरेको कर्नाटकले ५० ओभरमा सवै विकेट गुमाएर १९१ रन बनाएको थियो । जवाफमा नेपालले ३९.५ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्दै सिरिज नै जित्न सफल भयो ।

Pathivara.gif 82.25 KB


पहिला ब्याटिङ गर्दा कर्नाटकका रोहित आरभीले सर्वाधिक ४१ रन बनाउँदा इसा एच पुथिङले ३८ रनको पारि खेले । त्यसैगरी गगन राओले ३४ रन बनाउँदा शिव आरले २२ रन बनाएका थिए । आकाश प्रभावकरको ब्याटबाट १८ रन बनको थियो । नेपालका हेमन्त धामीले १० ओभरमा १ ओभर मेडन राख्दै ३ विकेट लिँदा अभिषेक तिवारीले ७ ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए । यसैगरी नरेन साउदले ७ ओभरमा १ ओभर मेडन राख्दै २९ रन दिएर २ विकेट लिँदा युवराज खत्रीले ९ ओभरमा १ ओभर मेडन राख्दै ३५ रन दिएर २ विकेट हात पारे । सन्तोष यादवले १० ओभरमा ३२ रन खर्चिए भने विपिन महतोले ४ ओभरमा २० रन दिएका थिए ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB


१९२ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ३९.५ ओभरमा मात्र ३ विकेट गुमाएर जित निकालेको हो । नेपालको जीतमा ओपनर आकाश त्रिपाठीले ८९ रनको नआउट पारि खेले । उनले १ छक्का र ७ चौका प्रहार गरे ।

Planning_Consultancy.gif 1.45 MB


यसैगरी मयन यादवले ६६ बलमा ५० रनको अर्धशतकीय पारि खेल्दा १ छक्का र ६ चौका हिर्काए । यसैगरी अर्जुन कुमालले २१ रन बनाउँदा सन्तोष यादवले ४ रनको पारि खेले । अन्त्यमा नरेन भट्ट १८ रनमा नटआउट रहे ।
कर्नाटकका प्रनव आश्वथले २ तथा तेजस केएले १ विकेट लिए । अन्तिम खेलमात्रै त्रिवि क्रिकेट मैदानमा भएको हो । यसअघिका ४ खेल मूलपानी क्रिकेट मैदानमा भएको थियो ।



प्रकाशित मितिः बिहिबार, ०६ मंसिर २०८१
https://jawaaf.com/storage/01JD3TP9JWWK3Z60C4R0S3E1M0.jpg

विराटनगर किंग्सको जर्सी सार्वजनिक

Bantawa_Hardware.gif 563.38 KB

विराटनगर । एनपीएल लिग खेल्ने विराटनगर किंग्सको जर्सी र गीत सार्वजनिक गरिएको छ । मंगलबार साँझ कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरमा एक कार्यक्रमबिच जर्सी सार्वजनिक गरेका हुन् । जर्सीको कलर पहेँलो र निलो रहेको छ । जर्सीसँगै कार्यक्रममा टिमको एन्थम गीत समेत सार्वजनिक गरिएको छ ।

Planning_Consultancy.gif 1.45 MB

भ्वाइस अफ विराटनगर किंग्स तथा एम्बेसडर समेत रहेका कुशल पोखरेलले उक्त रचना तयार पारेका हुन् । विराटनगर किंग्सको गीत ¥याप फर्म्याटमा रहेको छ । यसका साथै विराटनगर किंग्सको फेसमा गायिका रचना रिमाललाई घोषणा गरिएको छ । कार्यक्रममा टिमका मार्की खेलाडी सन्दीप लामिछाने सहभागी थिए । 

Pathivara.gif 82.25 KB

प्रकाशित मितिः बुधबार, ०५ मंसिर २०८१
https://jawaaf.com/storage/01JD3QR83RBXYRBQ08C1EHRY1G.jpg

स्वीडेन युईएफए नेसन्स लिगको शीर्ष श्रेणीमा प्रमोसन

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । स्वीडेन युईएफए नेसन्स लिगको शीर्ष श्रेणीमा प्रमोसन भएको छ । समूह सीको लिग १ अन्तर्गत मंगलबार राति भएको खेलमा अजरबैजानमाथि ६–० को फराकिलो जीत दर्ता गर्दै १३ अंकका साथ प्रमोसन भएको हो ।

स्वीडेनको जितमा डेजान कुलुसेभ्स्की र विक्टर ग्योकरेसको प्रदर्शन उत्कृष्ट रह्यो । १० औँ मिनेटमै डेजान कुलुसेभ्स्कीले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । त्यसपछि, २६ औँ मिनेटमा विक्टर ग्योकरेसले दोस्रो गोल थपेका थिए ।

Pathivara.gif 82.25 KB

खेलको ३७ औं मिनेटमा ग्योकरेसले  व्यक्तिगत दोस्रो गोल गर्दा स्वीडेन ३–० को अग्रतामा पुगेको थियो । पहिलो हाफमा ३ गोल गरेको स्वीडेनले दोस्रो हाफमा अरु ३ गोल थपेको थियो ।

५७ औं मिनेटमा कुलुसेभ्स्कीले आफ्नो दोस्रो गोल गरे भने लगत्तै १ मिनेटभित्र ग्योकरेसले ह्याट्रिक पूरा गरे । अन्ततः  ७० औँ मिनेटमा ग्योकरेसले चौथो गोल थप्दै स्वीडेनको जितलाई शानदार बनाए ।

यही समूहमा रहेको स्लोभाकियाले इस्टोनियालाई १–० गोल अन्तरले पराजित गरेको छ । यो नतिजासँगै स्लोभाकिया प्रमोसन प्लेअफमा पुगेको छ भने स्वीडेनसँग पराजित भएको अजरबैजान रेलिगेशन जोनमा पुगेको छ ।  

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः बुधबार, ०५ मंसिर २०८१
https://jawaaf.com/storage/01JD3Q7FWB72RS46Z37EV3VJNW.jpg

युइएफए नेसन्स लिग फुटबलमा जर्मनी क्वाटरफाइनल प्रवेश

काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले हंगेरीसँग बराबरी खेलेको छ । हंगेरीसँगको खेल १–१ गोलको बराबरीमा टुङ्गिए पनि जर्मनी शीर्ष स्थानका साथ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

Bantawa_Hardware.gif 563.38 KB

अन्त्यतिर हंगेरीले विवादस्पद पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेको हो । इन्ज्योरी समयमा बार्नाबास भार्गासको प्रहार जर्मन डिफेन्डर रोबिन कोचको हातमा लागेको भन्दै भारबाट पेनाल्टी दिइएको थियो ।

Planning_Consultancy.gif 1.45 MB

त्यसलाई हंगेरीका कप्तान डोमिनिक सोबोस्लाईले गोलमा परिणत गर्दै खेल बराबरी गरेका थिए । पहिलो हाफ बराबरीमा सकिएको खेलको ७६औँ मिनेटमा फेलिक्स नेमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

दिपशिखा गहना गृह.gif 471.46 KB

बराबरीको नतिजाले जर्मनी लिग ए को ग्रुप ३ मा शीर्ष स्थानमै रहन सफल भयो । यसअघि जर्मनीले बोस्नियाविरुद्ध ७–० को शानदार जित हात पार्दै समूह ए ३ को शीर्ष स्थान कब्जा गरेको थियो । हंगेरीविरुद्धको खेलमा जर्मनीको मुख्य टिमलाई विश्राम दिँदै ९ नयाँ खेलाडीलाई सुरुवातमै मौका दिइएको थियो । 

यही समूहमा रहेका बोस्निया हर्ज गोभिना र नेदरल्याण्ड्सले पनि एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँग नेदरल्याण्ड्स पनि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । हंगेरी रेलिगेशन प्ले अफमा पुगेको छ भने बोस्निया भने रेलिगेशनमा परेको छ ।

AS.gif 486.54 KB

प्रकाशित मितिः बुधबार, ०५ मंसिर २०८१
https://jawaaf.com/storage/01JD19S5138NTGGDMNJNE7MR73.jpg

एनपिएलको खेल तालिका सार्वजनिक

NOW.gif 152.32 KB

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले यही मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको हो । क्यानका अनुसार मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

Bantawa_Hardware.gif 563.38 KB

उद्घाटन खेल मध्याह्न १२:१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । मङ्सिर १७ देखि २४ गतेबाहेक पुस १ गतेसम्म निरन्तर लिग चरणका खेल हुनेछन् । मङ्सिर १७ देखि मङ्सिर ३० गतेसम्म दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान ९:१५ बजेदेखि र दोस्रो खेल दिउँसो १:१५ बजेदेखि सुरु हुनेछ । पुस १ गते भने एक खेलमात्रै हुनेछ । 

Planning_Consultancy.gif 1.45 MB

यस्तो छ लिग चरणको खेल तालिका 

मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भएपछि दोस्रो खेल मङ्सिर १७ गते हुनेछ । आगामी पुस ३ गते पहिलो क्वालिफायर र इलिमिनेटर खेल हुनेछ । त्यस्तै पुस ३ गते नै दिउँसो १:१५ बजे पहिलो क्वालिफायरको खेल हुनेछ । दोस्रो क्वालिफायर खेल पुस ४ गते बिहीबार मध्याह्न १२:१५ बजे हुनेछ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

दोस्रो क्वालिफायर खेल जित्ने टोली फाइनलमा प्रवेश गर्छ । एनपिएलको फाइनल खेल आगामी पुस ६ गते शनिवार मध्याह्न १२:१५ बजे हुनेछ । फाइनल खेलमा पहिलो क्वालिफायर खेल जितेको टोली र दोस्रो क्वालिफायर जित्ने टोली उपाधिका लागि भिड्नेछन् । 

Photo.jpg 285.21 KB

प्रकाशित मितिः मङ्गलबार, ०४ मंसिर २०८१