मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J0WV8XTAGJP8JWX2R7R37SV2.jpg

आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिता : अष्ट्रेलियाले बङ्गलादेशलाई हरायो

काठमाडौँ, ७ असार I  आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अष्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गर्दै विजयी भएको छ ।  नर्थ साउन्डमा भएको उक्त खेल पानी परेर खेल अवरुद्ध भएपछि डकवर्थ एण्ड लुइस (डिएलएस) पद्धतिका आधारमा अष्ट्रेलिया विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो ।
 
एक सय ४१ रनको विजयी लक्ष्य पछयाएको अष्ट्रेलिया ११ दशमलव २ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित बनेको थियो । त्यतिबेला अष्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएको थियो । त्यसपछि पानी नरोकिएपछि डिएलएस मेथडका आधारमा अष्ट्रेलियालाई विजयी घोषणा गरिएको हो ।
 
अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३५ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा अविजित ५३ रन बनाएका थिए । त्यस्तै ट्राभिस हेडले २१ बलमा तीन चौका र दुई छककाको सहयोगमा ३१ रन बनाएका थिए । 

त्यसअघि पहिला ब्याटिङ गरेको बङ्गलादेशका कप्तान नजमुल हृदोय शान्टोले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ४१ रन बनाएका हुन । त्यस्तै टोहिद हरिडोइले २८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ४० रन बनाए । बलिङतर्फ स्ट्रेलियाका प्याट कमिन्सले तीन विकेट लिए भने एडम जाम्पाले दुई तथा मिचेल स्टार्च, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले समान एक÷एक विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज राति ८ः१५ बजे इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । 

प्रकाशित मितिः शुक्रबार, ०७ असार २०८१
https://jawaaf.com/storage/01J0WV2BA8XKTGYY7TNVW7WJBY.jpg

त्रिविको जग्गा खोजबिन समितिद्वारा कार्यारम्भ

काठमाडौँ, ७ असार I  त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजबिन समितिले कार्यारम्भ गरेको छ । समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याई कार्यारम्भ गरेको  समितिका सदस्य जानकीबल्लभ अधिकारीले जानकारी दिनुभयो । 

समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ । समितिले पहिलो चरणमा काठमाडौँ उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबिन गर्नेछ ।

मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्रा डा प्रेमसागर चापागाईं तथा सदस्यसचिवमा सुशीला अधिकारी रहनुभएको छ । समितिलाई तीन महिनाको अवधि दिइएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०७ असार २०८१
https://jawaaf.com/storage/01J0W86ZXWMMQXJ0Y8N7B91EEM.png

आइसिसी टि–२० विश्वकप क्रिकेट: भारतद्वारा अफगानिस्तान पराजित

काठमाडौँ, ७ असार I आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ ।

भारतले प्रस्तुत गरेको एक सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ३४ रनमा समेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । उनले २० बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

यसैगरी, नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोडे । गुलबर्बादन नाइबले २१ बलमा १७ रन बनाए भने मोहम्मद नाबीले १४ तथा रहमतुल्लाह गुरबाजले ११ रन बनाए ।

भारतका लागि जसप्रित बुमराह र अर्शदीप सिंहले समान तीन–तीन विकेट लिए । त्यस्तै कुल्दीप यादवले दुई विकेट लिँदा रवीन्द्र जडेजाले एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले २८ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ५३ रनको योगदान दिए । त्यस्तै विराट कोहलीले २४ रन बनाउँदा ऋषभ पन्तले २० रन बनाए । हार्दिक पाण्ड्याले ३२ रन बनाए ।

अफगानिस्तानका लागि फजलहन फारुकी र रासिद खानले समान तीन–तीन विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले बङ्गलादेश र अस्ट्रेलियाबीचको खेल जारी छ ।

प्रकाशित मितिः शुक्रबार, ०७ असार २०८१
https://jawaaf.com/storage/01J0V6SN20TB9WFY57NTH7J7HJ.png

सङ्खुवासभामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

किमाथाङ्का (सङ्खुवासभा), ६ असार I खाँदबारीमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन सङ्घ सङ्खुवासभाको आयोजनामा आजदेखि कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ प्रदेशस्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । सङ्खुवासभामा पहिलो पटक प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता प्रतियोगिता भएको हो । 

प्रतियोगिताको उद्घाटन खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले गर्नुभयो । उहाँले खेलाडी र खेल क्षेत्रको विकासका लागि सबै पालिकाले लगानी गर्नु आवश्यक भएको धारणा राख्नुभयो । 

प्रतियोगितामा भातरको कोलकात्ता, ग्यानटोक, सिक्किम, दार्जिलिङसहित नेपालका ९२ टिमको सहभागिता रहेको जिल्ला ब्याडमिन्टन सङ्घ सङ्खुवासभाका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको भेट्रान्सतर्फ ३० टिम, मेन्स डबलतर्फ आठ टिम र बी डिभिजन जिल्लास्तरीय ५४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । 

प्रतियोगितामा प्रथम हुनेपुरुष डबलतर्फ रु ६० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३५ हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीलाई रु १०–१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ । भेट्रान्सतर्फ   रु ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु सात हजार पाँच सय मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता खाँदबारी–१ घिमिरे गाउँस्थित सोमनाथ घिमिरे मेमोरियल इन्डोस्टेडियममा सञ्चालन भइरहेको छ । ब्याडमिन्टन प्रतियोगितामा करिब रु १० लाख बराबरको खर्च हुने अनुमान गरिएको छ । ब्याडमिन्टन प्रतियोगिताको समापन असार ८ गते हुने आयोजकले जनाएको छ । 

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१
https://jawaaf.com/storage/01J0TQSRE358D4STXKP2JV4XJM.jpg

चेस प्रतियोगिता यसै सातादेखि

काठमाडौँ, ६ असार I हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसइई कप चेस २०२४’ यसै सातादेखि हुने भएको छ । प्रतियोगितामा एसइई दिएका करिब एक सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

यही असार ८ देखि ११ गतेसम्म हुने उक्त प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेजको भवनमा आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेका अध्यक्ष मोनालिसा खम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता खुला र छात्रा गरी दुई विधामा सञ्चालन गरिनेछ ।

गत फागुनदेखि सञ्चालनमा आएको उक्त हिमालयन चेस एकेडेमीले अहिले पाँच वर्षदेखि १३ वर्षसम्मका ५० जनाभन्दा बढी बालबालिकालाई चेसको प्रशिक्षण दिइरहेको छ । एकेडेमीका अध्यक्ष खम्बूले भन्नुभयो, “एकेडेमीले आयोजना गरेको यो पहिलो प्रतियोगिता हो, प्रतियोगिताको प्रथम हुनेले रु १० हजार, दोस्रो हुनेले रु पाँच हजार र तेस्रो हुनेले रु तीन हजार पाउनेछन् ।” 

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१
https://jawaaf.com/storage/01J0T6XRPJFZAY3EX7P7SKQH8K.png

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली

काठमाडौँ, ६ असार I  आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन् । अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गर्नुभएको थियो । 

 विश्वकप क्रिकेटमा नेपाल समूह डि मा परेको थियो । नेपालको समूहमा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेका थिए । नेपालले अमेरिकामा दुई खेल र वेस्टइण्डिजमा समान दुई खेल खेलको थियो । अमेरिकामा भएको आफनो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो । 

त्यस्तै श्रीलङ्कविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्ध भएसँगै दुवै टोलीले समान एकर एक अङ्क बाँडेका थिए ।त्यसपछि वेस्टइण्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको झिनो अन्तरले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो । 

विश्वकपमा नेपालसँगै श्रीलङ्का र नेदरल्यान्डस् प्रतियोगिताबाट बाहिरिएका थिए । त्यस्तै  दक्षिण अफ्रिका  र बङ्गलादेश भने सुपर आठमा पुगे । दक्षिण अफ्रिका समूह डि को शीर्ष र बङ्गलादेश दोस्रो स्थानमा रहदै सुपर आठमा पुगेका हुन । 

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१
https://jawaaf.com/storage/01J0T55E5KKP27DRD2Y5N3RBSA.jpg

विश्वकप क्रिकेटः इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो

काठमाडौँ, ६ असार I आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले पराजित गरेको छ । 

वेस्टइण्डिजले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्डले १७ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । इङ्ग्लयाण्डका लागि फिल साल्टले अविजित ८७ रनको योगदान दिए । उनले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ८७ रनको योगदान गरेका हुन् । 

जोनी बेयरस्टो ४८ रन बनाउँदा कप्तान जोस बटलरले २५ र मोइन अली १३ रन बनाए । बलिङतर्फ वेस्टइन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान एक/एक विकेट लिए ।

त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइण्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८० रनको योगफल  बनाएको थियो ।

वेस्टइण्डिजका लागि जोनसन चार्लसले ३४ बलमा चार चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ३८ रनको योगदान दिए । उनले निकोलस पुरन र रोभम्यान पावेलले समान ३६/३६ रन बनाए । त्यस्तै शार्फेन रदरफोर्डले २८ रन बनाउँदा ब्रान्डोन किङले २३ रन जोडे ।

इङ्ल्याण्डका जोफ्रा आर्चर, आदिल रशिद, मोइन अली र लियाम लिभिगस्टनले समान एक/एक विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज राति नेपाली समयअनुसार ८ः१५ बजे अफगानिस्तान र भारत आमनेसामने हुनेछन् ।

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१
https://jawaaf.com/storage/01J0STTG43Y24CPSW01X2ZS7TM.png

विश्वकपको सुपर आठमा दक्षिण अफ्रिकाद्वारा अमेरिका पराजित

काठमाडौँ, ६ असार I आइसिसी टी–ट्वान्टी  विश्वकप २०२४ को पहिलो सुपर–आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ । दक्षिण अफ्रिका अमेरिकालाई १८ रनले पराजित गर्दै विजयी भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार एक सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७६ रनमा समेटियो । अमेरिकाका एन्ड्रिस गौसले सर्वाधिक ८० रन बनाए । उनले ४७ बलमा ५ चौका र ५ छक्कासहित ८० रनका योगदान दिए । 

त्यस्तै हरमीत सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । स्टिभन टेलरले २४, नितेश कुमारले ८ तथा कोरी एन्डरसनले १२ रन जोडे । 

दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन विकेट लिए भने केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले समान एक एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ९४ रनको योगफल बनाएको थियो । क्विन्टन डि ककले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४० बलमा ७ चौका र ५ छक्कासहित ७४ रन बनाएका हुन् । 

कप्तान एडेन माक्ररमले ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रन जोडेभने हेनरिक क्लासेन २२ बलमा ३ छक्कासहित ३६ रनमा बनाए । ट्रिस्टन स्टब्सले १६ बलमा २ चौकासहित २० रन बनाए । अमेरिकाका हरमीत सिंह र सौरभ नेत्रवालकरले समान दुई दुई विकेट लिए । 

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१
https://jawaaf.com/storage/01J0P1QEVVJKAHA6DEWXZCSFK6.png

गण्डकी प्रदेशस्तरीय क्रिकेट : नवलपुरको दोस्रो जित

कास्की, ४ असार I पोखरा रङ्गशालामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नवलपुर विजयी भएको छ । नवलपुरले गोरखालाई एक सय २५ रनले पराजित गरेको हो ।

नवलपुरले लगातार दुवै खेल जित्दै कुल चार अङ्कका साथ समूहमा पहिलो स्थान बनाएको छ । नवलपुरले सोमबार पर्वतमाथि जित हासिल गरेको थियो । स्याङजा एक जित र एक खेलमा बराबरी गरी तीन अङ्कका साथ दोस्रो स्थानमा छ । अङ्क तालिकामा पर्वतले एक अङ्क जोडेको छ भने गोरखा अङ्कविहीन छ । आजको पहिलो खेल भारी वर्षाका कारण रद्द भएसँगै बलियो मानिएको स्याङजाले पर्वतसँग अङ्क बाड्न बाध्य भयो ।

नवलपुरले गोरखासँगको खेलमा टस जितेर ब्याटिङ सुरुवात गरेकामा निर्धारित ओभरमा छ विकेट गुमाउँदै एक सय ७८ रन बनायो । जसमा ओपनर प्रमिश अर्यालले ६० बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए । सुदीप अर्यालले १५ बलमा तीन छक्का प्रहार गर्दै २७ रनको व्यक्तिगत योगदान दिए । यसै गरी रिजन काफ्लेले १४ बलमा २१ रन, दीपक डुम्रेले १० र कमल परियारले १२ रन बनाए ।

गोरखाका बलर मेहुल श्रेष्ठले चार ओभरमा ५३ रन दिएर तीन विकेट लिए ।  प्रशिद्ध बज्रचार्यले दुई विकेट हात पार्दा सुनिल गुरुङले एक विकेट लिए । जितका लागि एक सय ७९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको गोरखाले भने १५ ओभरको तेस्रो बलमा सबै विकेट गुमाउँदै ५३ रन मात्र जोड्न सक्यो । गोरखाका लागि मेहुल श्रेष्ठले सर्वाधिक १२ रनको योगदान दिए भने गौरव पौडेलले ११ र पङ्कज पाण्डेले १० रन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन लिन सकेनन् ।

गोरखालाई सस्तैमा समेट्न पवन सापकोटा र कमल परियारले तीन÷तीन विकेट लिए । स्वीकार श्रेष्ठले दुई र सुदीप अर्यालले एक विकेट हात पारे । खेलमा प्रमिश अर्याल ‘खेलको प्लेयर अफ दि म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत बुधबारको खेलले फाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने छ । समूह ‘बी’ को पहिलो खेलमा नवलपुर र स्याङ्जाले फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछन् भने पर्वत र गोरखा प्रतिष्ठाको लागि भिड्नेछन् । घरेलु टोली कास्की समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगिसकेको छ ।

प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा यही जेठ ३२ गतेदेखी प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताबाट आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टोली छनोट गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार रु एक लाख र उपविजेता टिमलाई नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको छ । 

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१
https://jawaaf.com/storage/01J0JBT49B14V4CST9VBKN7XQ4.jpg

श्रीलङ्कासँग नेदरल्यान्ड्स पराजित

आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘डी’ को अन्तिम खेलमा श्रीलङ्का नेरदल्यान्ड्सलाई पराजित गर्दै विजयी भएको छ । सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीङ्लका ८३ रनले विजयी भएको हो । जितसँगै समूह ‘डी’ को श्रीलङ्काले चार खेलमा तीन अङ्क जोड्यो । पराजित नेदरल्यान्ड्सको भने समान खेलबाट दुई अङ्क नै छ । यस समूहबाट दक्षिण अफ्रिका र बङ्गलादेश विश्वकपको सुपर आठमा पुगिसकेका छन् ।  

श्रीलङ्काले प्रस्तुत गरेको दुई सय दुई रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय १८ रनमा समेटियो । उसका लागि माइकल लेभिट र कप्तान स्कट एड्वार्डसले समान ३१-३१ रन जोडे । त्यस्तै म्याक्स ओडोउड र साइब्रान्ड एन्जलब्रेख्तले समान ११-११ रन बनाए । आर्यन दत्तले १० रन जोडे । 

श्रीलङ्काका लागि नुवान तुसाराले तीन विकेट लिए भने कप्तान वानिन्दु हसरंगा र मथिशा पथिरानाले समान दुई–दुई विकेट लिए । त्यस्तै महेश तिक्क्षणा र डुसान सनाकाले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीङ्लकाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय एक रनको योफफल बनाएको थियो । श्रीलङ्काका लागि कुशल मेन्डिस र चरिथ अस्लंकाले समान ४६-४६ रनको योगदान दिए ।

त्यसैगरी धनन्नजय डी सिल्भाले ३४ रन बनाए भने एन्जेलो म्याथ्युजले अविजित ३०, वानिन्दु हसरंगाले अविजित २० तथा कामिन्दु मेन्डिसले १७ रन बनाए । नेदरल्यान्ड्सका लागि लोगन भान विकले दुई विकेट लिए भने भिभियन किंगमा, आर्यन दत्त, पउल भान मिक्रेन र टिम प्रिन्गेलले समान एक–एक विकेट लिए । 

प्रकाशित मितिः सोमबार, ०३ असार २०८१