आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KFWH91MSN4CQZTJ0VT9R4R2G.jpg

महिला टी–२० विश्‍वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो ।

स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमै रोकियो । नेपालका लागि रोमा थापा र विन्दु रावलले समान १४ र रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कप्तान इन्दु बर्मा रिटायर्ड हर्ट भइन् । बलिङ स्कटल्याण्डकी अब्दह मक्सुदले सर्वाधिक ३ विकेट लिइन् । त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

स्कटल्याण्डका लागि प्रियांज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । उनले २८ बलमा ७ चौका प्रहार गरिन् । बलिङमा नेपालकी मनिषा उपाध्ययले सर्वाधिक ४ विकेट लिइन् । रुविना क्षेत्रीले ३, रिया शर्मा, सीता रानामगर र कविता जोशीले एकएक विकेट लिए ।

समूह चरणमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो । नेपाल रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन्। नेपाल र जिम्बाब्बे चौथो र पाँचौं नम्बरमा रहँदै प्रतियोगिताबाट बाहिरिएका हुन्।

प्रकाशित मितिः सोमबार, १२ माघ २०८२
https://jawaaf.com/storage/01KFR3E302JJPGE89XGRNWCKKF.jpg

महिला टी–२० विश्वकप छनोटमा नेपालको पहिलो जित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गरेको हो । यससँगै २ अंक जोडेको नेपालको सुपर सिक्समा पुग्ने गणितीय सम्भावना कायमै छ । १३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालको जितमा उपकप्तान पूजा महत्तोले अर्धशतक प्रहार गरिन् । उनले ३० बलमा ५२ रन बनाएर अविजित रहिन् । कप्तान इन्दु बर्माले २२, बिन्दु रावल १५, सम्झना खड्का ९, कविता जोशी १, सीता रानामगर ११ र रुविना क्षेत्रीले २ रन बनाए । बलिङमा जिम्बाबेकी जोसेफिन न्कोमोले सर्वाधिक २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । जिम्बाबेकी केलिस धलोभुले अविजित ५२ रन बनाइन् ।बलिङमा नेपालकी रिया शर्माले सर्वाधिक २ विकेट लिइन् । सुरुवाती दुई खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो ।

प्रकाशित मितिः शनिबार, १० माघ २०८२
https://jawaaf.com/storage/01KFK03SW50EKHMZJZNTPSNCVV.jpg

आईसीसी महिला टी–२० विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको छ ।

जितका लागि १४१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो, जसका कारण नेपालले घरेलु मैदानमा स्तब्धकारी हार बेहोर्नुपरेको छ । यो नेपालको लगातार दोस्रो हार हो ।

नेपालकी रुविना क्षेत्रीले सर्वाधिक ३७ रन बनाइन् । उनले ३२ बलमा पाँच चौका प्रहार गरिन् । सीता रानामगरले १२ बलमा चार चौका र एक छक्कासहित २७ रन बनाए पनि टिमको हार टार्न सकिनन् । नेपाललाई अन्तिम ओभरमा जितका निम्ति १३ रनको आवश्यकता थियो । तर, क्रिजमा रहेका रुविना र सीताले १० रनमात्र बनाउन सके ।

यसबाहेक, ओपनर विन्दु रावलले १८, सम्झना खड्काले १४ र कविता जोशीले १३ रन थपे । नेदरल्यान्ड्सकी इशाबेल भान डेर वोनिङले तीन विकेट लिइन् । क्यारोलिन डे लिंगे, सिल्भर सेजर्स र रोविन रिकेले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओाभरमा पाँच विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो । नेदरल्यान्ड्सकी कप्तान बाबेटे डे लिडेले सर्वाधिक ४९ रन बनाइन् ।

स्टेर कालिसले ३०, रोविन रिकेले १९ र एरिस ज्विलिङले १४ रन थपे । नेपालकी रुविना क्षेत्रीले दुई विकेट लिइन् । सोमु विष्ट, पूजा महतो र रिया शर्माले समान एक विकेट लिए । यसअघि, प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डसँग आठ विकेटको हार व्यहोरेको थियो । नेपालले अब जनवरी २४ मा जिम्बाब्वेविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मितिः बिहिबार, ०८ माघ २०८२
https://jawaaf.com/storage/01KF85RHDM57Y7K0K61SQT9ZXB.jpg

टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । घरेलु मैदानमा आजबाट सुरु भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १२२ रनमा समेटिएको थियो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङवले ४ विकेट लिइन् ।

प्रकाशित मितिः आइतबार, ०४ माघ २०८२
https://jawaaf.com/storage/01KF7KD1VMDYC0WHW8F1M9YR39.jpg

काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट

काठमाडौं । नेपालले महिला क्रिकेटतर्फ अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु गर्दैछ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा थाइल्याण्डको सामना गर्नेछ।

नेपाल–थाइल्याण्डबीचको खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार साँझ क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीले यसपटक अघिल्लो संस्करणभन्दा सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।

टोलीकी कप्तान इन्दु वर्माले घरेलु मैदानको फाइदा उठाउँदै सुधारिएको ब्याटिङ, फिल्डिङ र टोली समन्वयका आधारमा कम्तीमा सुपर सिक्स चरणसम्म पुग्ने लक्ष्य रहेको बताइन्।

१० देशको सहभागिता
प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बंगलादेश, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्याण्ड गरी १० देश सहभागी छन्।

कार्यक्रममा सहभागी अन्य टोलीका कप्तानहरूले पनि नेपाली पिच र मैदान चुनौतीपूर्ण तर प्रतिस्पर्धात्मक रहेको प्रतिक्रिया दिएका छन्। नामेबिया र अमेरिकाका कप्तानले अभ्यास खेलले प्रतियोगिताका लागि आफूहरूलाई राम्रो तयारी गराउने बताएका छन्।

प्रकाशित मितिः आइतबार, ०४ माघ २०८२
https://jawaaf.com/storage/01KF5GTK4YTAM0BCJY2N7E0C55.jpg

टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विशेष कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो ।
आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि टोलीले अभ्यास खेल खेल्नेछ । सोही क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय टोलीमा भएको एकरुपता र एकताले नेपाललाई अर्को खुसी दिलाउने कुरामा विश्वस्त रहेको बताएका छन् ।
उनले भने, ‘एकदम शान्त भएर खेल खेल्नु होला, सबैले आफ्नो खेल र प्रदर्शनमा ध्यान दिनुु होला, कहिले काही सानो सानो कुराले हामी पछाडी पर्ने गरेका छौ । तपाईहरुमा भएको एकरुपता र एकताले नेपाललाई अर्को खुसी दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु ।’
यस्तै, क्यानका सचिव पारस खड्काले पनि विश्व क्रिकेटले खेल हेर्ने भएको हुदाँ खेलाडीको हरेक पक्षले धेरै मान्यता राख्ने भन्दै राम्रो प्रदर्शन गर्नको लागि शुभकामना दिएका छन् ।
उनले भने, ‘पुरुष नेपाली क्रिकेट टोलीको परिणाम सबैभन्दा बढि आकर्षित हुने गरेको छ र त्यो परिणामले नै धेरै कुराहरु निर्धारित गर्ने हुने हुनाले अहिले खेलाडीहरुमाथि जति जिम्मेवारी छ त्यो एउटा खेलाडीको मात्र नभएर विश्व क्रिकेटले नै तपाईहरुलाई हेर्ने हो । खेलमा तपाईहरुको हरेक पक्षले धेरै मान्यता राख्ने छ । खेलको लागि सबैलाई शुभकामना दिन चहान्छु किनभने खेल त्यति सजिलो छैन् ।’
साथै, राष्ट्रिय टोलीका कप्टान रोहित पौडेलले खेलको लागि एकदमै उत्साहित रहेको भन्दै आफ्नो क्षमता अनुसार राम्रो खेल्ने बताए । टोली भोलि भारत प्रस्थान गर्दैछन् ।

प्रकाशित मितिः शनिबार, ०३ माघ २०८२
https://jawaaf.com/storage/01KENH53PZESXSB3V6G782RP0M.avif

बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा तीन जना स्वर्ण पदक जित्न सफल

काठमाडौं । शनिबार भएको तेक्वान्दो लिगमा तीन जनाले स्वर्ण पदक जितेका छन् । ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका हुन् ।

जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर महिला ४९–५३ केजीको फाइनलमा खुशीले भक्तपुरकी सविना तामाङलाई पराजित गरिन् । सिनियर महिला ५३–५७ केजीमा प्रतिभाले काठमाडौंकी अनुरा श्रेष्ठ तथा ५७–६१ केजीमा सोयाले काभ्रेकी एलिना बन्मालीलाई फाइनलमा हराएकी हुन् ।

थलीस्थित आयोजक कागेश्वरी मनोहरा नगरपालिको हातामा भइरहेको प्रतियोगिताको जुनियर पुरुष ४१–४४ केजीमा काठमाडौंका राहुल हाङ लिम्बू र महिला ३१–३४ केजीमा काठमाडौंकी सुप्रिया जोशीले स्वर्ण जितेका हुन् । फाइनलमा राहुलले काठमाडौंका ललितबहादुर राणा तथा सुप्रियाले काठमाडौंकै रोनिशा गौतमलाई पाखा लगाए ।
जुनियर पुरुष ४४–४७ केजीमा नुवाकोटका सुदिप तामाङले काठमाडौंका रिडम बिसी तथा जुनियर महिला ३४–३७ केजीमा काठमाडौंकी जोबियानी तामाङले काठमाडौंकै साइना तामाङलाई पन्छाउँदै पहिलो भए ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २ सय २७ खेलाडी सहभागी छन् । सिनियर÷जुनियर पुरुषमा समान ५–५ तथा सिनियर÷जुनियर महिलामा समान ५–५ गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।
लिगको यो दोश्रो संस्करणको पहिलो प्रतियोगिता हो भने समग्रमा पाँचौं प्रतियोगिता हो । यसअघि लिगको पहिलो संस्करणमा ४ प्रतियोगिता भएका थिए । लिगको हरेक संस्करणमा एक वर्षको अवधिमा ३ महिनाको अन्तरालमा एउटा प्रतियोगिता हुने गरेको छ । त्यसअन्तर्गत दोश्रो संस्करणमा पनि चार प्रतियोगिता हुनेछ ।

लिगमा हरेक तौलसमूहमा पहिलो हुनेलाई १०, दोश्रोलाई ७ र तेश्रोलाई ३ अंक प्रदान गरिने छ । चार वटा लिग सम्पन्न भएपछि खेलाडीको प्रदर्शनका आधारमा एक उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ । यो लिगको हरेक स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्ने उपत्यका बाहिराका खेलाडीलाई आगामी लिगमा खाना, बसोवास र यातायातको सुविधा पनि दिइने छ ।

मोटरसाइकल पुरस्कार र खेलाडीको सुविधाको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौंले गर्ने छ । प्रदर्शनलाई नै मध्यनजर गरी दोश्रो संस्करणको चौथो लिगको समाप्तिमा हरेक तौलसमूहमा शीर्ष तीन स्थानमा रहने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार ५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने छ ।

प्रकाशित मितिः आइतबार, २७ पुस २०८२
https://jawaaf.com/storage/01KE6Q2M7CHAEN10TFP7FYCVRT.jpg

भारतमा हुनलागेको टि–२० विश्वकपमा बंगलादेश सहभागि नहुने

काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा हुन लागेको २०२६ को टि–२० विश्वकपमा सहभागि नहुने घोषणा गरेको छ । बीसीबीले सुरक्षाको चिन्ता जनाउँदै २०२६ टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाहिर अन्य स्थानमा सार्न आईसीसीसँग औपचारिक अनुरोध गरेको हो ।

उक्त प्रतियोगिता भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने यसअघि नै तय भइसकेको छ । यद्यपी, पछिल्लो समय भारत र बाङ्ग्लादेशबीच राजनीतिक र कूटनीतिक तनाव बढ्दै गएको थियो । सोही अवस्थामा भारतीय क्रिकेट बोर्ड बीसीसीआईको अनुरोधमा आईपीएल टोली कोलकाता नाइट राइडर्स (केकेआर) ले शनिवार बाङ्ग्लादेशी बलर मुस्तफिजुर रहमानलाई टिमबाट हटाउने निर्णय गरेपछि यो विवाद झनै उत्कर्षमा पुगेको हो ।

यसैबीच, भारतमा बंगलादेशका अल्पसंख्यकमाथि अत्याचार भएको विषयलाई लिएर भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले निर्देशन दिएपछि कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ का लागि टोलीबाट हटाएको छ ।

बीसीसीआई सचिव देवाजित साइकियाले हालका घटनाक्रमलाई ध्यानमा राख्दै केकेआरलाई मुस्ताफिजुरलाई रिलिज गर्न निर्देशन दिएको पुष्टि गरेका थिए । उनले आवश्यकता परे प्रतिस्थापन खेलाडी लिन बीसीसीआईले अनुमति दिने पनि बताएका छन् ।

मुस्ताफिजुर रहमान गत वर्षको मिनी अक्सनमार्फत आईपीएल २०२६ का लागि केकेआरमा ९ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका थिए । बंगलादेश–भारत सम्बन्ध र क्षेत्रीय घटनाक्रमले अन्तर्राष्ट्रिय क्रिकेटमा समेत असर पार्न थालेको यो घटनाले देखाएको छ ।

यसैबिच पूर्व भारतीय क्रिकेटर हरभजन सिंहले २०२६ पुरुष टी–२० विश्वकपका लागि भारतमा खेल्न नआउने विषयमा बीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) समक्ष गरेको अनुरोधबारे प्रतिक्रिया दिएका छन् । उनले भारत सबै टोलीलाई स्वागत गर्न तयार रहेको बताउँदै बंगलादेश भारतमा खेल्न चाहन्छ कि चाहँदैन भन्ने निर्णय अन्ततः उसैको हुने स्पष्ट पारेका छन् ।
एएनआईसँग कुरा गर्दै हरभजन सिंहले भने,“पछिल्ला केही दिनमा भएका घटनाका कारण बंगलादेश भारत आउन चाहँदैन । बंगलादेशमा जे भयो, त्यो गलत हो । अब आईसीसीले उनीहरूको अनुरोधमा निर्णय लिनुपर्छ । हामी भारतमा सबैलाई स्वागत गर्छौं, तर उनीहरू यहाँ आउन चाहन्छन् कि चाहँदैनन् भन्ने उनीहरूको छनोट हो । ”एएनआई

प्रकाशित मितिः सोमबार, २१ पुस २०८२
https://jawaaf.com/storage/01KDHDJT7T06J3S377DEP97Q1Z.jpeg

आर्मी क्लबलाई लिनिङ बास्केटबल उपाधि

काठमाडौं । त्रिभुवन आर्मी क्लबले लिनिङ बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा बौद्धस्थित डंकमान्डुमा भएको फाइनलमा आर्मीले सोलो बास्केटबल क्लबलाई १०८–७७ ले पराजित गरेको हो ।

हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग (एचजेबीएल) को छनोटका रुपमा रहेको प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगिताबाट ४ टोली लिगका छनोट हुने प्रावधान थियो । आर्मी र सोलोसंगै सेमिफाइनल पुगेका रोयल स्पोट्र्स सेन्ट्रल र प्लेबक्स एरेना लिगको दोश्रो सिजनका लागि छनोट भएका थिए ।

छनोट भएका ४ टोली र एचजेबीएलको पहिलो संस्करणमा शीर्ष चार स्थानमा रहेका क्रमशः साविक विजेता टाइम्स, उपविजेता गोल्डेनगेट, हाउन्ड्स र भएको कीर्तिपुरले दोश्रो संस्करणमा सहभागिता जनाउने छन् ।

एचजेबीएलको दोस्रो संस्करण आगामी मार्चमा आयोजना गर्ने तयारी रहेको नेपाल बास्केटबल संङका अध्यक्ष भिम सिंह गुरुङले जनाएका छन् । ‘यसअघि बास्केटबल लिग ग¥र्यौ । यसपटक लिगका लागि छनोट नै ग¥र्यौैँ । अब छनोट भएका चार टोली र यसअघि एचजेबीएलका शीर्ष ४ टोलीसहित ८ टोलीले लिग खेल्ने छन् ।’ अध्यक्ष गुरुङले भने, ‘दक्षिण एसियामै पहिलो पटक नेबाले लिगको क्वालिफायर आयोजना गरेका हो ।’
विजेतालाई अध्यक्ष गुरुङलगायतले पुरस्कृत पनि गरेका छन् ।

प्रकाशित मितिः आइतबार, १३ पुस २०८२
https://jawaaf.com/storage/01KDC7NTQ17SRV72J7SZCJD6QF.jpg

बीपीएलमा सन्दीपको पुनरागमन, पूर्व टोलीविरुद्ध राजशाही वारियर्सको आज पहिलो खेल

काठमाडौं । बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा दोस्रो पटक सहभागी हुन लागेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली राजशाही वारियर्सले आज प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ ।

शुक्रबार हुने उक्त खेलमा राजशाही वारियर्सले सिलेट टाइटन्सको सामना गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमै सन्दीप लामिछाने प्लेइङ–११ मा पर्ने सम्भावना रहेको छ ।

यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्ससँग आबद्ध भएका हुन् । यसअघि उनी सन् २०१९ मा सिलेट टाइटन्सबाट बीपीएल खेलेका थिए । संयोगवश, यसपटकको पहिलो खेलमै उनले आफ्नो पूर्व टोली सिलेट टाइटन्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन्, जसले खेललाई थप रोचक बनाएको छ ।

राजशाही वारियर्सको कप्तानी बङ्गलादेशका राष्ट्रिय टोली कप्तान नजमुल हुसेनले गर्दैछन् । टोलीमा नेपाल प्रिमियर लिग खेलिसकेका अन्तर्राष्ट्रिय खेलाडी जिमी निशम पनि रहेका छन् ।

नेपाली क्रिकेटका चर्चित स्पिनर सन्दीपको पुनरागमनसँगै बीपीएलमा नेपाली दर्शकको चासोसमेत बढेको छ ।

प्रकाशित मितिः शुक्रबार, ११ पुस २०८२