एनपिएल : आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सको सान्दार जित
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले ३ विकेटले जित हासिल गरेको छ ।
शनिबार त्रिवि मैदानमा भएको पहिलो खेलमा लुम्बिनी लायन्सले १९.४ ओभरको खेलमा ७ विकेट गुमाउदैँ १५१ रन बनाएर जित हासिल गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो ।
पोखराको लागि यो चौथो खेल हो । उसले २ मा हार र १ मा जित निकालेको छ । लुम्बिनीको भने पाँचौं खेल हो उसले पनि मात्र १ खेल जित्दा बाँकी ३ खेलमा लगातार हार बेहोरेको छ । त्यसैले दुवै टोलीलाई जित आवश्यक छ ।
लुम्बिनीलाई भने प्ले अफ संभावनालाई जिवितै राख्न पनि जितको विकल्प छैन । हारले लुम्बिनीको प्ले अफ संभावना अंक गणितमा मात्र बाँकी रहनेछ। गर या मरको स्थितिमा रहेको छ । गत संस्करण पुछारमा रहेको लुम्बिनीलाई थप दबाब भने रहेको छ । यता पोखराले पनि मात्र १ खेल जितेको कारण उसलाई पनि जित उतिकै जरुरी रहेको छ । अंक तालिकामा पोखरा छैटौं र लुम्बिनी सातौं स्थानमा छन् ।
एनपीएल : पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस प्रतिस्पर्धा गर्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ ।
शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे सुरु हुने खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन् । यसैगरी दोस्रो खेलमा दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस प्रतिस्पर्धा गर्दैछन् ।
तीन खेल खेलेको पोखराले एउटा मात्र जित हासिल गरेको छ भने चार खेल खेलिसकेको लुम्बिनीले पनि एक खेल मात्र जितेको छ ।
पोखरा तालिकाको छैटौं स्थानमा छ भने लुम्बिनी सातौं स्थानमा छ । पोखराको कप्तानी कुशल भुर्तेलले सम्हालेका छन् भने लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले सम्हालेका छन् ।
यस्तै, चार खेलमा अपराजित सुदूरपश्मि आठ अंकसहित शीर्ष स्थानमा छ भने तीन खेल खेलेको जनकपुर अंकबिहीन छ।
सुदूरपश्मिका कप्तान दीपेन्द्रसिंह ऐरी हुन् भने जनकपुरका कप्तान अनिल साह हुन्।
अंक तालिकामा सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ। पाँच खेलमा एक खेलमा पराजित भएको विराटनगरको ८ अंक छ । रनरेटको आधारमा विराटनगर तालिकाको दोस्रो स्थनमा छ । पाँच खेल खेलेको काठमाडौंको ६ अंक छ । चितवनको चार अंक छ भने समान दुई अंक भएका कर्णाली, पोखरा र लुम्बिनी पाँचौं, छैटौं र सातौ स्थानमा छन् । जनकपुर भने अंकबिहीन तालिकाको अन्तिममा छ ।
विदाइ समारोहमा घिसिङको प्रतिवद्धता : खेलकुदको विकासमा खरो बन्नेछु
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुद क्षेत्रको समयानुकुल पुनःसंरचना र विकासका हरेक बहसमा खरो रुपले उत्रने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार आफ्नो कार्यकाल सकिएपछि बिदाइ कार्यक्रममा उनले चार वर्षमा खेल क्षेत्रको गहिराइमा पुगेर प्रत्येक विषयको नजिकबाट अध्ययन गरेको भन्दै यस क्षेत्रको विकास र विवादहरुको निरुपणको विषयमा खरो रुपले उभिने बताए ।
उनले भने, ‘चार वर्षमा गहिराइमा पुगेको छु र प्रत्येक विषयको नजिकबाट अध्ययन गरेको छु । नेपाली खेलकुदको समयानुकुलको पुनःसंरचना, नेपाली खेल क्षेत्रको प्राथमिकता र यसका विवादहरुको निरुपणको विषयमा साथै विकासका लागि चालिनुपर्ने सबै बहसका क्षेत्रहरुमा म खरो रुपले उत्रने छु । म यो प्रतिबद्धता उद्घोष गर्न पनि यहाँ उभिएको छु ।’
यस्तै, उनले खेलकुदमा नयाँ नयाँ खुड्किलाहरु, उचाईहरु हासिल गर्नका लागि सधैँ प्रयत्न गरेको पनि बताए ।
हरेक कामको सफलताको हिस्साहरुमा आफ्नो हिस्सा खोज्ने स्वभाव नरहेको पनि उनको भनाइ छ ।
साथै, उनले चार वर्षको सफल कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ बाँकी समय पनि नेपाली खेल जगतको लागि फेरि नयाँ भूमिकाका साथ सहयात्रा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एनपीएल : चितवनविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे सुरु हुने खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन्।
चार खेल खेलिसकेको काठमाडौं र तीन खेल खेलेको चितवनको समान चार अंक छ भने अंक तालिकामा चितवन तेस्रो स्थानमा र काठमाडौं चौथो स्थानमा छ ।
चितवन टिमको नेतृत्व कुशल मल्लको सम्हालेका छन् भने काठमाडौंका कप्तान करण केसीले सम्हालेका छन् ।
चार खेल खेलेको विराटनगरले एक खेलमा पराजित भई ६ अंक जोडेको छ भने तीन खेल खेलेको कर्णालीले एक खेल मात्र जितेको छ ।
कर्णालीका कप्तान सोमपाल कार्मी हुन् भने विराटनगरका कप्तान सन्दीप लामिछाने हुन् । विराटनगर तालिकाको दोस्रो स्थानमा हुँदा कर्णाली भने पाँचौं स्थानमा छ । कर्णालीका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।
एनपीएल : लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा प्रतिस्पर्धा गर्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।
बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा गर्दै छन् भने दिउँसो ४ बजे जनकपुर बोल्टस र पोखरा एभेन्जर्स खेल्दै छन् ।
तीन खेल खेल्दा अपराजित रहेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने समान तीन खेल खेलेको लुम्बिनीले भने दुई अंक मात्र जोडेको छ ।
आज तेस्रो खेलको तयारी गरिरहेको जनकपुर र पोखरा अंकबिहीन छन् । अनिल शाह नेतृत्वको जनकपुर र कुशल भुर्तेल नेतृत्वको पोखरा दुईदुई खेल खेल्दा अंकबिहीन छन् ।
चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बुधबारको खेलमा विराटनगर किङ्सको हार भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हराएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो भने विराटनगर किङ्सले १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भएको हो । विराटनगरको यो पहिला हार हो भने चितवनको दोस्रो जित हो ।
एनपीएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन् । बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्न लागेका हुन् ।
विराटनगरको कप्तान सन्दीप लामिछानेले गरिरहेका छन् भने चितवनका कप्तान कुशल मल्ल हुन्। तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ। दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ ।
विराटनगरले हालसम्म हारको सामना गरेको छैन। अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर तोस्रो स्थानमा छ। चितवन तालिकाको पाँचौं स्थानमा रहेको छ। पहिलो खेलमा कर्णालीविरुद्ध चार विकेटको जित निकालेको चितवन दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
आज हुने खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार हुने खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।
काठमाण्डु करण केसीको कप्तानीको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो ।
तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईदुई अंक छ । काठमाण्डु पछिल्ला दुई खेलमा लगातार पराजित छ । काठमाण्डुले उद्घाटन खेलमा जनकपुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । त्यसपछि सुदूरपश्चिमसँग २९ रनले हारेको काठमाण्डुले तेस्रो खेलमा विराटनगरसँग पाँच विकेटको पराजय सामना गरेको थियो ।
यस्तै, लुम्बिनीले पहिलो खेल जितेर दोस्रो खेल गुमाएको हो । पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको लुम्बिनी दोस्रो खेलमा कर्णालीसँग ९ विकेटको हार चाखेको हो ।
अंक तालिकामा काठमाण्डु तेस्रो स्थानमा छ भने लुम्बिनी चौथो स्थानमा छ । दुवै टिम आजको खेल जितेर प्रतियोगितामा कमब्याक गर्न चाहन्छन् ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
विराटनगरको लगातार तेस्रो जित
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ ।
सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन मात्र जोड्न सफल भयो ।
यसअघि दुई खेल खेलेर दुईवटै खेलमा जित हासिल गरेको विराटनगर चार अंकसहित तालिकाको पहिलो स्थानमा थियो । यो विराटनगरको लगातार तेस्रो जित हो ।
जनकपुर भने सोही खेलमा हार व्यहोर्दै शुन्य अंककासाथ सातौ स्थानमा छ । आजै हुने दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।
एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । सोमबार त्रिवि क्रिकेट मैदानमा हुने बिहान ११ः ४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स भिड्दै छन् भने दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।
जनकपुर बोल्ट्स र विराटनगर किंग्स गत संस्करणमा उद्घाटन खेल खेलेका थिए जसमा विराटनगरसँग जनकपुर ८ विकेटले विजयी भएको थियो ।
दुई ÷दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुईदुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकबिहीन छन्। हालसम्म जनकपुरले एक खेल मात्र खेलेको छ ।
कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।
हालसम्म ८ खेल सम्पन्न भएका छन् जसमा जनकपुरले १ खेल खेल्दा काठमाडौं गोर्खाजले ३ खेल खेलेको छ भने बाँकी सबै टिमले २–२ खेल खेलेका छन् ।
२ खेलमा १ जित र १ हारको नतिजासहित कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स क्रमशः तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् । जनकपुर बोल्ट्स भने सातौं स्थानमा रहँदा २ खेलमा पराजित भएको पोखरा एभेन्जर्स आठौं स्थानमा छ ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।