बुधबार, २० फागुन २०८२

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KARAY6E1KXN40T818HP3BSTC.jfif

कोशी एक्सिलेंस अवार्ड–२०२६ : तीन नयाँ विधासहित तयारी सुरु

इटहरी । आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेंस अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ।

कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यो कार्यक्रम कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ।

आयोजकका अनुसार यस वर्ष अवार्डलाई अझ परिष्कृत, प्रभावशाली र राष्ट्रियस्तरमै आकर्षक बनाउन तीन नयाँ विधा थपिएको छ। कार्यक्रमको प्रस्तुति, व्यवस्थापन र सम्मान प्रक्रियामा समेत नवीनता ल्याइँदै अवार्डलाई देशभरबाटै ध्यान तान्ने स्तरमा उकास्ने तयारी गरिएको छ।

यो अवार्ड गतशाल नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित हुँदै आएको थियो। तर यस वर्षदेखि नवनिर्मित नयन मिडिया फाउन्डेशनमार्फत कार्यक्रम आयोजना हुने फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अध्यक्ष  अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हामीले अवार्डको संरचना, विधा विस्तार, निर्णायक छनोट प्रक्रिया र समग्र व्यवस्थापनलाई अझ बढी व्यवस्थित, पारदर्शी र मर्यादित बनाएका छौँ । यो अब कोशीको मात्र नभई नेपालकै प्रतिष्ठित अवार्ड बन्नेछ ।’

गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी, इन्स्योरेन्स लगायत करिब दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थियो।

यस वर्ष भने अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट नामका गरी तीन नयाँ विधा थपिएको छ। अघिल्लो वर्षकै कार्यक्रममा ती क्षेत्रका तर्फबाट अवार्ड समावेश गर्नुपर्ने माग बढेपछि विधा थपिएको फाउन्डेसनले जनाएको छ । 

अवार्डलाई थप विश्वासिलो, मर्यादित र राष्ट्रियस्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको छ। नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर महाप्रसाद अधिकारीलाई प्रमुख सल्लाहकार र संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको अध्यक्ष अधिकारीले बताए।

समितिले अवार्ड प्राप्तकर्ता छनोट प्रक्रियालाई तीव्र र पारदर्शी ढङ्गले अघि बढाइरहेको जनाएको छ। कोशी प्रदेश सरकारले ‘भ्रमण वर्ष–२०८२’ को तयारीलाई अघि बढाइरहेको सन्दर्भमा अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक–सांस्कृतिक पहिचान प्रवर्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास छ। अध्यक्ष अधिकारीका शब्दमा—‘यो कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवर्धनमा पनि टेवा पु¥याउनेछ। कोशी पर्यटनलाई राष्ट्रिय स्तरमै चिनाउने हाम्रो लक्ष्य छ।’

गत वर्षका अवार्ड विजेताहरू

शिक्षा : प्राडा टङ्क न्यौपाने

स्वास्थ्य : ज्ञानेन्द्रमान सिंह कार्की

साहित्य :  झमककुमारी घिमिरे

बैंकिङ : ज्ञानेन्द्र ढुङ्गाना (तत्कालीन सिइओ, नबिल बैंक)

पर्यटन : भविष श्रेष्ठ

कर्पोरेट :  महेश जाजु

आइटी : राजन लम्साल

स्टार्टअप : आयुष भगत

कृषि उद्यम : शान्ता बास्कोटा

सामाजिक अभियन्ता : गीता गौतम

खेलकुद : दिलिप राई

पत्रकारिता : विष्णु निस्ठुरी

त्यस्तै विशेष योगदानकर्तामध्ये— पूर्व गर्भनर महाप्रसाद अधिकारी, नेपालकै पहिलो महिला मुख्यसचिव लीला गडतौला, टाइम्स पब्लिकेशनका सिइओ पुरुषोत्तम दाहाल, मजदुर नेता भीमराई ज्वाला, पर्यटनकर्मी सुनिल भुसाल, माया घर नेपाल, कामधेनु दुग्ध विकास सहकारी लगायत अन्य व्यक्तित्व तथा संस्थालाई विशिष्ट सम्मान प्रदान गरिएको थियो।

गत वर्षको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की, मन्त्रीहरू, प्रदेश सचिव, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

यस वर्षको कार्यक्रमलाई प्रदेश–मात्र नभई राष्ट्रिय स्तरमै प्रभावशाली बनाउने लक्ष्यसहित तयारी अघि बढाइएको आयोजकले जनाएको छ। कार्यक्रमको व्यवस्थापन इटहरीस्थित काफल्सले गरिरहेको छ।

अवार्ड कार्यक्रम एक राष्ट्रिय टेलिभिजन र कोशी प्रदेशका तीन टेलिभिजनसहित विभिन्न अनलाइन पोर्टलमार्फत एकैसाथ प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ। 

प्रकाशित मितिः आइतबार, ०७ मंसिर २०८२
https://jawaaf.com/storage/01KANV25P6WEFJ102HR6R9WDWV.jpg

एनपिएलको दोस्रो संस्करणमा विराटनगरको लगातार दोस्रो जित

काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तगर्त आज भएको दोस्रो खेलमा विराटनगर किङ्सले ५ विकेटले जित हासिल गरेको छ ।  शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले १७.१ ओभरको खेलमा ५ विकेट गुमाउदै १३५ रनको लक्ष्य पूरा गरेको हो । काठमान्डूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो । 

विराटनगर किङ्सले टस जितेर पहिले बलिङ् रोजेपछि काठमान्डूले ब्याटिङको निम्तो पाएको हो । खेलमा मोहम्मद अदिल आलमले २५ बलमा अविजित रहँदै ४८ तथा बेन चाल्सवर्थले ३३ बलमा ३२ रन बनाए । विराटनगरका मर्चेन्ट डे लाङ्गेले २ विकेट लिए । काठमाडौँले तेस्रो खेल खेलेको हो । पहिलो खेल जितेको काठमाडौँले त्यसपछिका दुवै खेल हारेको छ । 

आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिम र विराटनगरले मात्र लगातार दुई खेल जितेका छन् । कर्णाली, लुम्बिनी र चितवनले एक खेलमा जित र एकमा हार बेहोरेका छन् । काठमाडौँले तीनमध्ये एक खेल जितेको छ भने दुई खेल हारेको छ । पोखराले दुवै खेल हारेको छ । जनकपुरले एक खेल हारेको छ ।

प्रकाशित मितिः शनिबार, ०६ मंसिर २०८२
https://jawaaf.com/storage/01KAMZQXW1K0CWY5CZ3Q3CRVMR.jpg

एनपीएल : आज कर्णाली याक्ससँग लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजसँग विराटनगर किंग्स प्रतिस्पर्धा गर्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । शनिबार त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स बिहान ११ः१५ बजे भिड्दै छन् भने दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र  विराटनगर किंग्स प्रतिस्पर्धा  गर्दैछन् । 

कर्णाली याक्सका कप्तान सोमपाल कामी हुन भने लुम्बिनीका कप्तान रोहितकुमार पौडेल हुन् ।  

पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णाली शनिबार चितवलाई ६ विकेटले हराएको लुम्बिनीसँग खेल जित्न उच्च मनोबलका साथ मैदानमा उत्रिदैछ । 

यस्तै आज हुने दोस्रो खेलमा । राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर करण केसी र लेग स्पिन सन्दीप लामिछानेको टिमबीच भिडन्त हुने छ । करणले काठमाडौंको कप्तानी गरिरहेका छन् भने सन्दीपले विराटनगरको कप्तानी गरिरहेका छन् । 

हालसम्म काठमाडौंले दुई खेल खेलि खेल्दा एक हार र एक जित हासिल गरेको छ । पहिलो खेलमा जनकपुर बोल्टसलाई ५ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको थियो । यस्तै, विराटनगरले आफ्नो पहिलो खेलमा पोखरालाई ५३ रनले हराएको थियो । 

प्रकाशित मितिः शनिबार, ०६ मंसिर २०८२
https://jawaaf.com/storage/01KAKJSTG3TXP6Z8788F2WDNRK.jpeg

एनपीएल : पोखरा एभेन्जर्समाथि सुदूरपश्चिम रोयल्सको विजयी

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि १८ रनले विजय हासिल गरेको छ । 

आज टीयु क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ गरेको पोखराले सुदूरपश्चिमसँग १८ रनले पराजय हुन पुग्यो । 

सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पच्छाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो ।

पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय खेले तर जित हासिल गर्न सकेनन् । यस्तै, कुशलले ३२ बलमा ५३ रन, जिम्मी निशमले ४७ रन, ड्यान डाउथवैट ३७, दीनेश खरेल ६, एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत वर्मा ६ र अभिषेख तिवारी ३ रन बनाए । यसैगरी आकाश चन्द १ र विपिन खत्री ७ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले २, स्कट कुइगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन भट्टले एकएक विकेट लिए ।

सुदूरपश्चिमका लागि ओपनर जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए भने ब्राउनले विनोद भण्डारीसँग १०८ रनको साझेदारी गरे । विनोद ४३ रन, क्रीस लिन ३१, कप्तान दीपेन्द्रसिंह ऐरी १५, हर्मीत सिंह ४ र स्कट कुइगेलेन ८ रन बनाए । 

बलिङमा पोखराका जिम्मी निशमले सर्वाधिक ३ विकेट लिए । ड्यान डाउथवैट र आकाश चन्दले दुई÷दुई विकेट लिए ।

प्रकाशित मितिः शुक्रबार, ०५ मंसिर २०८२
https://jawaaf.com/storage/01KAJ64EPJQV1WC9SBRMEJCN58.jpg

एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ । शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्चिम रोयल्समा राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । 

एनपीएलमा एकएक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुईदुई अंक जोडिसकेका छन् भने दुई खेल खेलेका काठमाण्डू र चितवनको समेत दुईदुई अंक छ । जनकपुर, पोखरा र कर्णाली भने अंकबिहीन छन् । पोखरा आज दुई अंक जोड्दै प्रतियोगितामा पुनरागमन चाहन्छ भने अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम दोस्रो जितको खोजीमा हुनेछ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मितिः शुक्रबार, ०५ मंसिर २०८२
https://jawaaf.com/storage/01KAFH37TA3900S6TCSYHDR09M.jpg

नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ भने यो खेल यस शृंखलाको पाँचौँ खेल हो । 

लुम्बिनीका कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्लले गरिरहेका छन् । 

लुम्बिनी लायन्स यस लिगमा पहिलो खेल खेल्दैछ भने चितवन राइनोज कर्णाली याक्सलाई चार विकेटले पराजित गरेर लुम्बिनीसँग प्रतिस्पर्धा गर्न तयार छ । चितवनमा चर्चित नेपाली खेलाडी रिजन ढकाल, कमलसिंह ऐरी, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौतेला र दीपक बोहरा, गौतम केसी छन्।

चितवन राइनोजका टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल रहेका छन् भने लुम्बिनीमा पूर्व क्रिकेटर शक्ति गौचनको विशेष प्रशिक्षण गरिरहेका छन् । 

लुम्बिनीमा कप्तान पौडेलसँगै नेपाली खेलाडी सन्दीप जोरा, दिनेश अधिकारी, समीर अली, तिलक भण्डारी, अभिषेश गौतम, दुर्गेश गुप्ता, आदिल खान, सुमित महर्जन, शेर मल्ल, दिलीप नाथलगायत चर्चित खेलाडी छन्।

मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ। एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मितिः बिहिबार, ०४ मंसिर २०८२
https://jawaaf.com/storage/01KAD2FVCZ2PDXGXD7930WEH83.jpeg

नेपाल प्रिमियर लिग : आज काठमाडौं गोर्खाज र सुदूरपश्चिमरोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजकाठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् ।

बुधबार त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने खेलमाकाठमाडौं र सुदूरपश्चिम प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सोमबारको उद्घाटन खेलमा जनकपुरलाई पाँच विकेटले हराउँदैविजयी भएको काठमाडौं आज दोस्रो खेल खेल्दैछ ।

काठमाडौंका कप्तानी करण केसीले गरिरहेका छन् भनेसुदूरपश्चिमको कप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् ।

काठमाडौंले अंक तालिकामा दुई अंक जोडिसकेको छ । यस टिमकोप्रशिक्षक मोन्टी देसाइले गरिरहेका छन् ।

एनपीएलको यस सिजनमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णालीयाक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीलेप्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मितिः बुधबार, ०३ मंसिर २०८२
https://jawaaf.com/storage/01KABAY7CEEJXG2Z6XFCKHQR7P.jpg

पराजित भएपछि सोमपाल कामी भन्छन् : अबको खेलमा कम ब्याक गर्नेछौं

काठमाडौं । कर्णाली याक्सका क्याप्टेन सोमपाल कामीले टिमको केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण खेल हारेको बताएका छन् । मंगलबार भएको खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले केही कमजोरीका कारण खेल हारेको भन्दै अब आउने खेलमा राम्रो गर्ने बताए । 

उनले भने, ‘हाम्रो केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण आजको खेल हार्न पुगेका छौ । खेल अझै लामो छ, कम ब्याक गर्नेछौं । अब आउने खेलमा राम्रै गर्नुपर्ने हुन्छ ।’   उनले खेलमा गल्तीहरु हुन्छ आज पनि त्यही भएको भन्दै अबको खेलमादुइसय प्रतिशत कम ब्याक गर्ने दाबी गरेका छन् । 

यस्तै, चितवन राइनोजको प्रशिक्षक कमल अलिले सोचेको जस्तो सुरुवात भएको कारण खेल जित्न सफल भएको बताए ।  उनले भने, ‘हामीले सोचेको जस्तो सुरुवात त भएको हो । योजना बनाएर पनि आएका थियौ त्यसकारण खेल जित्न पनि सफल भयौं ।’

प्रकाशित मितिः मङ्गलबार, ०२ मंसिर २०८२
https://jawaaf.com/storage/01KAADEJEFXX27F4F11JXDDH71.jpeg

आज एनपीएलमा दुई रोचक भिडन्त : चितवन र कर्णाली तथा विराटनग र पोखराबीच प्रतिस्पर्धा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज दुई रोचक खेल हुँदैछन् ।  

मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो खेलमा  चितवन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने भएका छन् । खेल बिहान ११ः४५ बजे हुनेछ । 

यस्तै आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् । यी दुई टिम अपरान्ह ४ बजे भिड्नेछन् । 

चितवन राइनोजको नेतृत्व कुशल मल्लले गर्नेछन् भने कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गर्नेछन् । त्यसैगरी, विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानी टिम हो भने पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल हुन् । 

सोमबार भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले उत्कृष्ट सुरुआत गरिसकेको छ भने सोसँगै काठमाडौंले अंकतालिकामा दुई अंक समेत जोडेको छ ।

मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको यो प्रतियोगिता मंसिर २७ सम्म हुनेछ ।  

प्रकाशित मितिः मङ्गलबार, ०२ मंसिर २०८२
https://jawaaf.com/storage/01KA9AP77308AFFMBFS4TZVK3N.jpeg

दोस्रो संस्करणको एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको रोमाञ्चक जित

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुलाई काठमाडौंले दुई ओभर बाँकी रहँदै पाँच विकेटले हराएको हो ।  
एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।
एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

प्रकाशित मितिः सोमबार, ०१ मंसिर २०८२