शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J8PPJC01MYMX68V6M29JH9G0.jpg

धानबाली नकाट्न किसानलाई आग्रह

ADVERTISEMENT

कञ्चनपुर, १० असोज : मौसममा आएको परिवर्तनका कारण बाढीजन्य जोखिमका घटना बढ्न सक्ने संभावनालाई मध्यजनगर गरी कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणलाई सचेत पार्ने कार्य अगाडी बढाएका छन । बाढीको उच्च जोखिम रहेका क्षेत्रमा नगर प्रहरी परिचालन गरी सर्वसाधारणलाई सचेत पार्ने कार्य हुन थालेको हो । 

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण यही असोज १२ गते सम्म सामान्यदेखि भारी वर्षा हुने अनुमान सहितको सूचना जारी गरिए पछि स्थानीय तहहरुले नदी तटीय क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण,विपदमा खटिने विषयगत शाखाहरु,स्थानिय विपद व्यवस्थापन समिति, वडा कार्यालय, वडा व्यवस्थापन समिति, सामुदायिक विपद व्यवस्थापन समितिलाई सतर्क अवस्थामा राखेको छ । 
  वर्षाले विशेष गरी कृषिमा बढी प्रभाव पार्ने भएकाले सो अवधिमा धानबाली नकाट्नका लागि जानकारी दिन नगर प्रहरीलाई परिचालन गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले बताउनु भयो ।  “किसानको धानबालीमा वर्षाले प्रभाव पार्ने भएकाले सचेत गर्ने कार्य गरि रहेका छौं” उहाँले भन्नुभयो, “यो संगै थारु बाहुल्य क्षेत्रमा नदीनाला र पानी जम्मा हुने ठाउमा माछा मार्ने कार्य गरिने हुदा वर्षा भैरहेका बेला चटयाङ पर्ने  संभावना हुने भएकाले त्यस बारे पनि सचेत पार्दै छौं ।”

ADVERTISEMENT


बाढी, डुवान र कटानको जोखिम देखिएमा सम्बन्धीत वडा कार्यालय, सुरक्षा निकायमा खवर गर्नका लागि आग्रह गरिएको उहाँले उल्लेख गर्नु भयो । भारी वर्षा भएमा बस्ती नजिक बाढी र डुवानको जोखिमलाई मध्यनजर गरी वडा कार्यालय र सम्बन्धीत सरोकारवालाहरुको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाईएको उहाँको भनाइ रहेको छ ।

विपद्को समयमा जेष्ठ नागरिक, अपाङगता भएका व्यक्ति, गर्भवती,बालबालिकाको विशेष ध्यान राख्नका लागि सर्वसाधारणमा आग्रह गरिएको अधिकृत बिष्टले बताउनु भयो । तत्काल खोज, उद्धार, प्राथमिक उपचार र राहतका लागि स्थानीय तहले आपतकालीन केन्द्रका सम्पर्क व्यक्ति र सुरक्षा निकायका सम्पर्क फोन नम्बरहरु जारी गरेका छन । बाढीजन्य जोखिमलाई मध्यनजर गरी भीमदत्त नगरपालिकाले नगर प्रहरी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनका लागि आग्रह गर्ने कार्य शुरुआत गरेको छ ।


ADVERTISEMENT

प्रकाशित मितिः बिहिबार, १० असोज २०८१
https://jawaaf.com/storage/01J8PJC31R88AG34AF2MR0BY2F.jpg

बुकीमा चरेका च्याङग्राको माग उच्च

ADVERTISEMENT

म्याग्दी, १० असोज : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आउनुभएको छ ।     
      
“वर्षमा ४० जति च्याङग्रा बिक्री हुन्छ,” उहाँले भन्नुभयो “घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङग्रा पालनबाटै जुटाउने गरेको छु ।” ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिनुभएको हो ।     
      
याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङग्रा पालेका छन् । दशै तिहारमा पोखरा, काठमाडौ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङग्राको उच्च माग हुन्छ ।     
      
सडक यातायात र बजारको सुबिधासँगै च्याङग्रा पाल्ने पेशा व्यवसायिक बन्न थालेको लोघेकर दामोदरकुण्ड –४ घाराका पेमा छिरिङ गुरुङले बताउनुभयो । “पहिले दशै तिहारका लागि एक महिना पहिलेनै च्याङग्रा हिडाएर म्याग्दी, पर्वत, बागलुङ, कास्कीका गाउँबस्ती र पोखरामा लैजाने गरिन्थ्यो,” उहाँले भन्नुभयो “अहिले गाउँबाटै प्रतिगोटा रु ३३ देखि ३५ हजारमा च्याङग्रा बिक्री भइरहेको छ ।”     
      

ADVERTISEMENT


तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । जडिवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । दशैँ तिहारमा हिमाली च्याङग्राको मासुुको खपत बढी हुुने गर्छ । बर्खामा समुन्द्रि सतहदेखि छ हजार मिटर उचाईको हिमालको फेदमा पुग्ने च्याङग्रा गोठहरु असोज लागेपछि बेशीतर्फ झार्ने गर्छन् ।     
      
तीन-चार वटा घरले वार्षिक रुपमा रु. एक लाख पचास हजार ज्याला दिएर च्याङग्रा हेर्न गोठाला राखेका छन् । स्थानीयका साथै म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, धादिङबाट कामको खोजीमा मुस्ताङ पुग्नेहरु च्याङग्रा गोठाला बस्ने गर्छन् ।     
      
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मुस्ताङमा १२ वटा मिश्रित ठूला च्याङग्रा फार्म छन् । २० देखि ५० वटाको संख्यामा च्याङग्रा पाल्ने कृषकहरुको संख्या धेरै रहेको केन्द्रका प्रमुख पशु चिकित्सक डा लालमणी अर्यालले बताउनुभयो ।     
      
उहाँका अनुसार मुस्ताङमा हाल ५० हजार च्याङग्रा पालिएको छ । थासाङ बाहेक, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा व्यवसायिक च्याङग्रापालन भएको छ । यसवर्षको दशै तिहारका लागि मुस्ताङबाट च्याङग्रा निकासी हुन थालेको छ । बुधबारसम्म तीन सय ९७ च्याङग्रा निकासी गर्न स्वास्थ्य परीक्षण गरि सिफारिस दिएको केन्द्रका प्रमुख अर्यालले बताउनुभयो । स्वास्थ्य परिक्षण गरेर निरोगी पशुु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ ।     
      
स्थानीय व्यापारीले गाउँका किसानहरुबाट खरिद गरेर जोमसोममा च्याङग्रा ल्याउन थालेका छन् । देशका विभिन्न ठाउँका ब्यापारीहरुले जोमसोममा खरिद गरेका च्याङग्रा हिडाएर म्याग्दीको बेनीसम्म ल्याउँछन् ।    

ADVERTISEMENT

 
      
बेनी देखि ट्रकमा राखेर देशका विभिन्न बजारमा च्याङग्रा लैजाने गर्छन् । मुस्ताङबाट गत वर्ष रु. २० करोड भन्दा बढी मूल्य बराबरको सात हजार च्याङग्रा निकासी भएको थियो । यसपालीको दशै तिहारका लागि १० देखि ११ हजार च्याङग्रा निकासी हुने अनुमान गरिएको केन्द्रका प्रमुख अर्यालले बताउनुभयो । मुगु र डोल्पाको च्याङग्रा पनि मुस्ताङ हुदै बजार पठाउने गर्छन् ।     
      
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङग्रा जोन र स्थानीय तहका पशु सेवा शाखाहरुले मुस्ताङमा च्याङग्रापालन विस्तार र प्रर्वद्धन सम्बन्धी कार्यक्रममा जोड दिएका छन् ।     
      
पिपिआर रोग विरुद्धको निःशुल्क खोप लगाउने ब्यवस्था मिलाएको भेटेरीनरी अस्पतालले च्याङग्राको नश्ल सुधार गर्न स्रोत केन्द्र स्थापना गर्ने, घुम्ती गोठ सुधार र घुम्ति पशु स्वास्थ्य शिविर सञ्चालन गरेको प्रमुख अर्यालले बताउनुभयो ।     
      
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङग्रा जोन कार्यक्रमले परम्परागत रुपमा हुदै आएको च्याङग्रापालनलाई व्यवस्थित र व्यवसायिक बनाई गुणस्तरीय मासु, ऊन र पश्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ चार वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विभिन्न गतिबिधी गर्दै आएको छ ।     
      
च्याङग्राको पाठापाठी उत्पादनका लागि स्रोत केन्द्र स्थापना गर्नुका साथै च्याङग्रालाई बन्यजन्तुको आक्रमण र हिउँद याममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको परियोजनाका प्रमुख नेत्र भट्टले बताउनुभयो । हिमचितुवाको आक्रमणबाट च्याङग्रा मर्ने समस्या र हिउँदको समयमा आहराको ब्यवस्थापन मुस्ताङको च्याङग्रापालनमा चुनौतिका रुपमा देखिएको किसान तथा कृषि प्राविधिकहरुले बताएका छन् । 


ADVERTISEMENT

प्रकाशित मितिः बिहिबार, १० असोज २०८१
https://jawaaf.com/storage/01J8PD4AVC8GJMWKERWBS0XSPG.jpg

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि

ADVERTISEMENT

काठमाडौँ, १० असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र  विद्यार्थी युनियन  (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैै छ । 

युनियनका नेता बुद्रोस लिम्बुका अनुसार आजदेखि नयाँ नेतृत्व चयन सहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चारदिन सम्म सञ्चालन हुने सम्मेलनको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । 

सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी छन् । सम्मेलनले ३३ पदाधिकारी सहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ । नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुने नेता लिम्बुले जानकारी दिनुभयो ।


प्रकाशित मितिः बिहिबार, १० असोज २०८१
https://jawaaf.com/storage/01J8NYA4MX5Y6FDBRHXQ679T79.jpg

प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर

ADVERTISEMENT

दमौली (तनहुँ), १० असोजः बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी पाएका हुन् ।     
     
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वडाभित्रका विकास योजनामा स्थानीयलाई रोजगारी दिने नीतिबमोजिम सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गरिएको गाउँपालिका रोजगार सेवा केन्द्र संयोजक शरणसिंह गुरुङले बताउनुभयो ।     
     
सडक ढलानका लागि आठ जना अदक्ष र चार जना दक्ष श्रमिकलाई रोजगारी दिइएको छ । सडक ढलान तथा कामदारको ज्यालाबापत रु चार लाख बजेट विनियोजन गरिएको छ । संयोजक गुरुङका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक तथा पानीको निकास निम्ति नाला निर्माण, चौतारा मर्मत, पैदलमार्ग निर्माण हुने गरेको छ ।     
     
रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चयन भएकाले न्यूनतम सय दिनको रोजगारी पाउँछन् ।     


ADVERTISEMENT

प्रकाशित मितिः बिहिबार, १० असोज २०८१
https://jawaaf.com/storage/01J8NWFPZV52HKJQ2AHQY5EFD0.jpg

‘सात सय वर्षदेखि प्रचलित ‘आम्ची’ सेवा अझै सान्दर्भिक छ’

ADVERTISEMENT

म्याग्दी, १० असोजः पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छेन्तुङ दुर्गम र विकट बस्ती हो । यहाँ करिब एक सय ५० परिवारको बसोबास छ तर उनीहरू गर्मी र बर्खायाममा मात्र यहाँ बसोबास गर्छन् ।     
      
हिउँदमा चिसो बढेपछि म्याग्दी र बागलुङका विभिन्न ठाउँमा पशु लिएर झर्ने छेन्तुङबासीलाई आम्ची (हिमाली क्षेत्रमा परम्परागत उपचार गर्ने व्यक्ति) ले स्वास्थ्य सेवा दिँदै आएका छन् । छेन्तुङमा रहेको ‘पूर्वपरम्परागत चार चिकित्साशास्त्र विद्यालय’लाई स्थानीयबासी ‘अस्पताल’ भन्छन् ।     
      
विगत ३५ वर्षदेखि छेन्तुङमा बस्दै आउनुभएका धवलागिरी गाउँपालिका–७ ताकमका ८३ वर्षीय विष्णुबहादुर थापाले आम्ची विद्यालयमै औषधि उपचार गर्दै आएको बताउनुभयो । “यहाँ स्वास्थ्य चौकी छैन । नजिकको बुर्तीबाङ अस्पताल पुग्न पनि गाडीमा दुई घण्टा लाग्छ”, साविक ताकम गाउँ विकास समितिका पूर्वप्रधानपञ्च थापाले भन्नुभयो “गाउँमै आम्ची विद्यालय भएकाले स्वास्थ्य संस्थाको आवश्यकता महसुस भएको छैन ।”     
      
ढोरपाटन उपत्यकाको स्वास्थ्य चौकीबाट खोपसम्बन्धी सेवा दिन आउने गरेपनि सामान्य समस्याको उपचार आम्ची र जडिबुटीबाट हुने थापाले बताउनुभयो । स्वास्थ्य समस्या लिएर आउनेलाई आम्चीले लक्षणअनुसार जडिबुटी दिन्छन् ।     
      
जटिल किसिमको उपचारका लागि अस्पतालमा जाने गरे पनि सामान्य बिरामी पर्दा एलोपेथिक चिकित्सापद्धति र औषधिको विकल्पमा आम्चीबाट परामर्श तथा जडिबुटी प्रयोग गर्ने गरिएको स्थानीय रमती विश्वकर्माले बताउनुभयो । जडिबुटीको प्रयोगबाट अनय असर नहुने भएकाले आम्चीको सेवामा पूर्णविश्वास रहेको उहाँको भनाइ छ ।     
    

ADVERTISEMENT

  
 नेपालको हिमाली क्षेत्रमा तेह्रौँ शताब्दीमा सुुरु भएको यो उपचार पद्धति ढोरपाटनका साथै मुस्ताङको उपल्लो क्षेत्र, डोल्पालगायत जिल्लामा प्रचलनमा छ । छेन्तुङको आम्ची विद्यालयमा डोल्पा, मुगु, पूर्वीरुकुम, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायत जिल्लाका २० जना बालबालिका अध्ययनरत रहेका विद्यालयका व्यवस्थापक धेनी लामाले बताउनुभयो । “पढाइसँगै लेकमा जडिबुटीका बोट बिरुवा पहिचान, सङ्कलन, प्रसोधन गरी जडिबुटी बनाएर उपचारका लागि प्रयोग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो,“अध्ययनसँगै आम्चीहरूले स्थानीयबासीलाई सेवा पनि दिने गरेका छन् ।”     
      
 दुई हजार पाँच सय घरपरिवारको बसोबास रहेको ढोरपाटन उपत्यकाको टोल टोलमा पुगेर आम्चीले उपचारका साथै निःुूल्क औषधि वितरण गर्दै आएको व्यवस्थापक लामाले बताउनुभयो । समुदाय र दाताको सहयोग जुटाएर ५० वर्षदेखि छेन्तुङमा आम्ची विद्यालय सञ्चालन हँुदै आएको उहाँले जानकारी दिनुभयोे ।     
      
 तीन वर्ष आम्ची अध्ययन गरेकी डोल्पाकी छेमा ल्यामुले पछिल्लो तीन महिनादेखि छेन्तुङमा स्वयम्सेवकका रूपमा काम गर्दै आउनुभएको छ । “यही पढेर व्यवहारिक ज्ञान, सिप हाँसिल गरेकाले केही समयलाई स्वयम्सेवा गरेकी हुँ”, उहाँले भन्नुभयो, “अब आफ्नै गाउँमा गएर सेवा गर्ने रहर छ ।”     
      
 भौगोलिक विकटताका कारण स्वास्थ्यकर्मीको न्यून उपस्थिति हुने डोल्पाका बस्तीमा स्थानीय तहले समेत आम्चीलाई मान्यता दिएकाले रोजगारीसँगै सेवा गर्न पाइने ल्यामुले बताउनुभयो । आम्ची प्राविधिक शिक्षा पनि भएकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले २० वर्षअघि सम्बन्धन दिएको थियो । दुई वर्ष नौ महिना पढ्नुपर्ने आम्ची सामुदायिक स्वास्थ्य सहायक सरह हुन्छ ।     
      
 पहिलो वर्ष आम्चीको परिचय, दोस्रो वर्ष बच्चा जन्मने प्रक्रियादेखि मृत्युसम्मको अवस्थाबारे जानकारी तथा औषधि दिने तरिका सिकाइन्छ भने बाँकी नौ महिना जडिबुटीको पहिचान र औषधि बनाउने तरिका कार्यक्षेत्रमै सिकाइन्छ । तिब्बती भाषा नजानेको आम्ची हुन नसक्ने भएकाले विद्यालयले आधारभूत तिब्बती भाषासहित शिक्षा दिइरहेको छ । कक्षा ८ उत्तीर्णले मात्र आम्ची पढ्न पाउँछन् । बुद्ध शिक्षामा आम्ची, विज्ञान, सङ्गीत, कला र ज्ञानलाई बढी महत्व दिने गरिन्छ ।     
  

ADVERTISEMENT

   
 को हुन आम्ची ?     
     
 आम्ची हिमाली क्षेत्रका स्वास्थ्यकर्मी भएका पूर्वपरम्परागत चार चिकित्साशात्र विद्यालय छेन्तुङका व्यवस्थापक धेनी लामाले बताउनुभयो । उहाँकानुसार आयुर्वेदमा आधारित आम्चीकै भरमा सयौँ वर्षदेखि हिमाली क्षेत्रमा उपचार हुँदै आएको छ । “आम्चीले अनुभवको आधारमा जडीबुटीको पहिचान गर्छन्, ती जडीबुटी प्रयोग गरेर बिरामीको उपचार गर्छन् र निको बनाउँछन्,” उहाँले भन्नुभयो “आफैँ उच्च हिमाली भेगमा पुगेर जडिबुटी खोज्ने र पहिचान गर्न सक्ने सिप उनीहरूमा हुन्छ ।”     
     
 सरकारको नीतिमा आम्ची     
      
 सरकारको नीतिमा आम्चीसम्बन्धी स्वास्थ सेवालाई सम्बोधन गरे पनि ऐन, नियम, कार्यविधि निर्माण हुन नसक्दा कानुनी अस्पष्टता छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागअन्तर्गत होमियोप्याथी तथा आम्ची चिकित्सा शाखा छ । यसको उद्देश्य हिमाली जिल्लामा परम्परादेखि प्रचलित सोवारिक्पा (आम्ची) उपचार एकाई स्थापनाका लागि सहजीकरण गर्ने, यस सेवाको सुदृढीकरणसम्बन्धी कानुन, नीति, गुणस्तर तथा मापदण्ड निर्माणमा सहयोग गर्ने उल्लेख छ ।     
      
 शाखाले उद्देश्यको कार्यान्वयन गरी आम्चीको प्रमाणपत्रको आधारमा लोक सेवा आयोगको परिक्षामा सहभागी हुन र सेवा प्रदान गर्न अनुमतिपत्रको व्यवस्था मिलाउनु सक्रियता देखाउनुपर्ने आम्ची अध्ययन गरेकी छेमा ल्यामुको आग्रह छ । “हिमाली क्षेत्रमा यस सेवाको अझै सान्दर्भिकता नै छ । त्यसैले त सरकारले पनि मान्यता दिएको होला ! त्यसैले यो विधा अध्ययन गरेकाहरूको भविष्य सुरक्षित बनाउन सरकारले आवश्यक काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।  


ADVERTISEMENT

प्रकाशित मितिः बिहिबार, १० असोज २०८१
https://jawaaf.com/storage/01J8NVXK04PGNMDHV0536BE9QK.jpg

अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी

ADVERTISEMENT

न्युयोर्क (अमेरिका), १० असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला पनि सहभागी हुनुभएको छ ।     
      
अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य सहभागी हुनुभएको हो । न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिन यहाँ रहनुभएका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो । 

ADVERTISEMENT

प्रकाशित मितिः बिहिबार, १० असोज २०८१
https://jawaaf.com/storage/01J8NT7TQBTS6E72CGEHD82DW4.webp

आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो

ADVERTISEMENT

काठमाडौँ, १० असोजः नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १८ पैसा रहेको थियो । आज अमेरिकी डलर एकको खरिददर रु एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ छ पैसा रहेको छ ।

आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ । युरो आज एकको खरिददर एक सय ४९ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ९४ पैसा कायम भएको छ । बुधबार नेपाली बजारमा युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २८ पैसा थियो ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ३२ पैसा रहेकामा आज घटेर खरिददर एक सय ७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ २३ पैसा कायम भएको छ ।

यस्तै, आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा तय भएको छ । बुधवार अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८५ पैसा थियो ।

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ ७८ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९९ रुपैयाँ ७५ पैसा तोकिएको छ ।


ADVERTISEMENT



जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ आठ पैसा छ । सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ३२ पैसा रहेको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

आजको विनियमयदरअनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ आठ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ छ पैसा रहेको छ । यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३ रुपैयाँ ३५ पैसा तय हुँदा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ दुई पैसा र बिक्रीदर २० रुपैयाँ ११ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १४ पैसा र बिक्रीदर १७ रुपैयाँ २२ पैसामा कारोबार हुनेछ ।

आजको विनिमयदरअनुसार कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय २९ रुपैयाँ २१ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६७ पैसा कायम भएको छ । खुला बजारमा विदेशी मुद्राको विनिमयदर फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।



ADVERTISEMENT

प्रकाशित मितिः बिहिबार, १० असोज २०८१
https://jawaaf.com/storage/01J8MT72C95GWJ4AKNRRQXCE8J.jpg

भोलिदेखि देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

Advertisement

काठमाडौँ, ९ असोज : नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ ।   

  
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । “बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण २०८१ असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ (आइतबार) सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ”, महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।   
  
साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ । साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।   
  
असोज १० गते बिहीबार दिउँसोदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै देशका तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।   

  
असोज ११ गते (शुक्रबार)देखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै मेघ गर्जन/चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ ।   
  
साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।   
  
असोज १२ गते (शनिबार) देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै देशका लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।   
  
असोज १३ गते (आइतबार) देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।   
  
यस प्रणालीको प्रभावले विशेषगरी वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको जनाइएको छ ।   
  
यस्तै महाशाखाले ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरेका छ । बालीनालीमा क्षति गर्ने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।   

Advertisement

यी जिल्ला उच्च जोखिममा   
  
महाशाखाका अनुसार विभिन्न ५३ जिल्लालाई रेड जोनमा राखेको छ । ती जिल्ला उच्च जोखिममा रहेको भन्दै विभागले विशेष बुलेटिनमार्फत सावधानी अपनाउन अनुरोध गरेको छ ।   
  
महाशाखाका अनुसार कोशी प्रदेशका झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङलाई उच्च जोखिममा राखिएको छ । यस्तै मधेस प्रदेशका सिरहा, सप्तरी र पर्सा पनि उच्च जोखिममा रहेका छन् ।   
  
यस्तै बागमतीका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप उच्च जोखिममा छन् । गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ जिल्ला जोखिममा छन् ।   
  
यस्तै लुम्बिनीका जाजरकोट, रुकुमपश्चिम, दैलेख, सुर्खेत, सल्यान तथा सुदूरपश्चिमको डोटी, कैलाली र अछाम जिल्ला उच्च जोखिममा रहेको जनाइएको छ ।  


Advertisement

प्रकाशित मितिः बुधबार, ०९ असोज २०८१
https://jawaaf.com/storage/01J8MGDCSAMNDFP0NTYF08876R.jpg

Dalit Civil Society organizations demand economic justice for social protection

ADVERTISEMENT

Kathmandu, Sept 25: A public demonstration was organized here today, marking World Inequality Day.     
The event was held at the local Maitighar Mandala, demanding the guarantee of universal social protection, freedom from caste-based discrimination, economic equality, social justice, health justice, economic justice, and climate justice. It was organized by Asia Dalit Rights Forum and its partner organizations.     
Dalit civil society and various organizations have demonstrated placards and banners demanding economic justice for the social security of Dalits. Dalit Civil Society Organizations urged that the state should bring effective policies and plans to make the Dalit community financially strong.     
In the demonstration, Bhakta Vishwakarma, Secretary General of Asia Dalit Rights Forum, said, “Social justice is not possible without economic justice” and called for a unified movement for the rights of the Dalit community.     


ADVERTISEMENT

On this occasion, Abhishek Sah from the Federation of Non-Governmental Organizations, Kamala Bishwakarma; President of Jagran Media Center, Sanju Singh Vishwakarma from Dalit Welfare Organization, Mohan Paswan, President of Rastriya Nepal Dalit Kalyan Sangh; Siraha, and Lakshmi Pariyar, President of Dalit Mahila Kendra Nepal also expressed their views focusing on social protection, social health, climate justice, and economic justice to Dalits in Nepal.     
 Representatives from Feminist Dalit Women, Samata Foundation, Rastriya Dalit Network, Dignity Initiative, and Advancement of Dalit Women Nepal were present at the protest.     


 The participants demanded that the State take immediate steps to eliminate social discrimination, food crisis, Debt crisis, and environmental problems.     
 The protesters demanded concrete policies and implementation from the State for the economic upliftment of the Dalit community. 


ADVERTISEMENT

प्रकाशित मितिः बुधबार, ०९ असोज २०८१
https://jawaaf.com/storage/01J8MFN5Z5YBV2WGQ12A9YNBKF.jpg

नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि

ADVERTISEMENT

काठमाडौँ, ९ असोजः धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज ४९ दशमलव १८ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ४९ दशमलव १८ अङ्कले उकालो लागेर दुई हजार पाँच सय १९ दशमलव ५७ विन्दुमा सीमित भएको हो ।

अघिल्लो दिन रु पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएकामा आज भने चार अर्ब ८१ करोड ३२ लाख २३ हजार चार बराबरको कारोबार भएको छ । कुल एक करोड २४ लाख ९४ हजार नौ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा अघिल्लो दिनको तुलनामा शेयर करोबार भने खुम्चिएको नेप्सेले जनाएको छ । 

आज बैङ्किङ १.८, विकास बैङ्क २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढेका छन् । विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेको नेप्सेले जनाएको छ ।


ADVERTISEMENT

प्रकाशित मितिः बुधबार, ०९ असोज २०८१