अमेरिका–इरान शान्ति वार्ता अघि इस्लामाबादका सडकहरुमा कडाइ
एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादको सरकारी क्षेत्र रेडजोन जाने धेरै सडकहरू अवरुद्ध गरिएको छ । जहाँ राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयहरूसहित प्रमुख प्रशासनिक कार्यालयहरू छन्, । आगामी अमेरिका–इरान वार्ताअघि अवरुद्ध गरिएको हो ।
इरानमा अमेरिका–इजरायली संयुक्त सैन्य हमला सुरु भएको एक महिनाभन्दा बढी समयपछि मंगलबार घोषणा गरिएको दुई हप्ताको युद्धविरामको कूटनीतिक विन्डोको क्रममा अमेरिका र इरानले शनिबार बिहान वार्ता सुरु गर्ने कार्यक्रम छ।
वार्तापूर्व उक्त क्षेत्र शुक्रबार सडक चौबाटोहरूमा सैनिकहरूले चेकजाँच गर्दै र पहरा दिँदै उभिएका छन् । पाकिस्तानी र अन्तर्राष्ट्रिय मिडिया आउटलेटका रिपोर्टरहरू रेड जोनको परिधी क्षेत्रहरूमा भेला भएका छन् ।
स्थानीय समय अनुसार शुक्रबार बिहानसम्म, अमेरिकी र इरानी प्रतिनिधिमण्डलका प्रमुख कर्मचारीहरू इस्लामाबाद आइपुगेको पुष्टि भइसकेको छैन् । यद्यपि, सार्वजनिक विमान ट्र्याकिङ वेबसाइटहरूका अनुसार, केही अमेरिकी यातायात विमानहरू इस्लामाबादमा अवतरण गरेका छन् ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीका अनुसार पाकिस्तानले वार्तामा भाग लिने प्रतिनिधिहरू र पत्रकारहरूलाई आगमनमा भिसा प्रदान गरेको छ। उच्चस्तरीय शान्ति वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरू पाकिस्तानको इस्लामाबाद पुग्दैछन् ।
अमेरिका र इजरायलले इरानमा गरेको समन्वयात्मक आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको ठिक ६ हप्तापछि वार्ता हुन लागेको हो। जारी द्वन्द्वले हजारौँ मानिस मारिएका छन्, विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्ग बन्द भएको छ र ऊर्जाको मूल्य अकासिएको छ ।(सीसीटीभीप्लस)
यही बिच शनिबार इस्लामाबादमा शीर्ष अमेरिकी र इरानी अधिकारीहरूबिच वार्ता हुन लागेको हो ।
रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले उपसभामुखको उम्मेदवार रुबीकुमारी ठाकुरलाई सदनमा ‘बहिनी’ भनेर सम्बोधन गरिएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा सबै माननीय बनेर आएपछि माननीय नै भनेर सम्बोधन गर्नुपर्ने भन्दै ‘बहिनी’ भन्ने शब्द खारेज गर्न माग गरे ।
उनले भने,‘हामी यहाँ सबैजना माननीय हौं । पूर्ववक्ताहरुले हाम्रो माननीय रुबीकुमारी ठाकुरलाई बहिनी भनेर सम्बोधन गरेको सुनें । त्यो शब्द खारेज गरियोस् । यहाँ कोहीको बहिनी, नातिनी, बाजे भन्ने शब्दले बोल्नुहुँदैन् । माननीय भनेर नै सम्बोधन गर्नुपर्छ ।’
त्यस्तै उनले संसदमा आरोप–प्रत्यारोपभन्दा जिम्मेवारीपूर्ण व्यवहार आवश्यक रहेको बताए ।
रास्वापाले समर्थन जनाउने बाचा गरेर धोका दियो भनेर राप्रपाले व्यक्त गरेको धारणाप्रति असन्तुष्टि जनाउँदै उनले कसले फोन गरेको थियो,कसले औंला समाएर डोहोर्याएको थियो भनेर विलौना गर्नु उचित नहुने बताए ।
उनले भने,‘आम जनताले हामीलाई चयन गर्दा केके भन्यौं होला, प्रतिस्पर्धा हो । तर अहिले त्यो भन्दा संसदको मर्यादा रहन्छ जस्तो लाग्दैन् । यहाँ कसैले कसैलाई सिकाइराख्नु पर्दैन् । त्यति सुझबुझ हामी राख्छौं । त्यसैले कसले फोन गरेको थियो, कसले आंैला समाएर डोहोर्याएको थियो भनेर विलौना गर्न उचित जस्तो लाग्दैन् । तर हामी माननीय भएर आइसकेका छौं । अब चाँही अरुलाई आक्षेप लगाउने काम नगरौं ।’
रुबीकुमारी ठाकुरको उम्मेदवारी प्रस्तुत, मधेसको आवाजहरूको प्रतिनिधित्व गर्ने विश्वास
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले रुबीकुमारी ठाकुरको उम्मेदवारी प्रस्ताव पेस गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमामा प्रस्ताव पेस गर्दै उनले उम्मेदवारी प्रक्रियामा सहयोग गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई धन्यवाद समेत दिए ।
उनले भने,‘आज श्रम संस्कृति पार्टीको रुबी कुमारीलाई हामीले अगाडि सार्दैगर्दा नेपालको न्यायको पक्षमा उहाँ उभिनुहुन्छ भन्ने विश्वास छ । सयौंको संख्यामा, हजारौंको संख्यामा मधेकी छोरी चेलीहरु विभिन्न प्रथाको नाममा दबिएका छन् । तमाम ती महिलाहरुको आवाज रुबी बन्ने छन् भन्ने विश्वास छ । हामीले उम्मेदवारी दर्ता गर्दैगर्दा हामीलाई समर्थनको पक्षमा उभिएर समर्थन गर्ने दुई तिहाई बहुमतको पार्टी रास्वपालाई धन्यवाद दिन चाहन्छु ।’
उनले सरकारले गरेका काममा विरोधमा सँधै उत्रिने गरेको गलत भाष्य निर्माण भएको बताए । उनले खबरदारी र विरोध नितान्त फरक कुरा रहेको भन्दै आफूहरुले खबरदारी गरेर नजिकको जिम्मेवार पक्षलाई सचेत गराउँदै सही दिशामा लैजाने प्रयास गरेको बताए ।
उनले भने,‘हामीले जहिल्यै विरोध गछौं भन्ने भाष्य भएको छ । खबरदारी र विरोध नितान्त फरक कुरा हो । खबरदारी कसलाई गरिन्छ भने सबैभन्दा नजिकको पात्रलाई जो उसले चालेको हरेक पाइला सही ठाउँमा होस् भन्ने सोच्छ त्यसैले हामीले विरोध होइन् खबरदारी गरेको हौं ।’
राईले मधेसलगायत विभिन्न क्षेत्रमा अहिले पनि विभिन्न प्रथा र सामाजिक समस्याका कारण महिलाहरू पीडित रहेको उल्लेख गर्दै रुबीकुमारी ठाकुर ती आवाजहरूको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे।
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको काँधमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि आइपुगेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह पदमुक्त भएपछि श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा आएको हो ।
प्रधानमन्त्रीले रक्षा, उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैं हेर्दै आइरहेका छन् । पार्टी सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन निर्देशन दिएपछि प्रधानमन्त्री शाहले फिर्ता बोलाएका थिए ।
रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो :रुबीकुमारी ठाकुर
काठमाडौं । श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको लागि उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरले ठूलो जिम्मेवारी भएपनि आफूले पूरा गर्न सक्ने बताएकी छिन् ।
बिहीबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले कल्पना पनि नगरेको ठाउँमा पार्टी अध्यक्ष हर्क राईले पुर्याएको भन्दै खुसी व्यक्त गरिन् ।
उनले भनिन्,‘म एउटा भुँइमान्छेलाई पार्टीको अध्यक्षले यहाँसम्म पुर्याइदिनु भयो मैंले कल्पनापनि गरेको थिइन् । मलाई खुसी लागेको छ । अलि ठूलो जिम्मेवारी भयो ,तर म सक्छु ।’
त्यस्तै उनले रास्वपाले आफूलाई समर्थन गरेर सरप्राइज दिएको धारणा राखिन् ।
‘रास्वपाले समर्थन गर्छ भनेर थाहा थिएन । म मधेसको छोरी हो । सबैजनाले मधेसको छोरीलाई समर्थन गर्नुभएकोमा धेरै–धेरै धन्यवाद दिन चाहन्छु,’उनले भनिन् ।
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति आपत्ति जनाएका छन् ।
उनले अर्को पार्टीलाई समर्थन गरेर सभापति लामिछानेले आफूलाई फोन गरेकोप्रति आपत्ति जनाएका हुन् ।
बिहीबार उपसभामुखको उम्मेदवारी दर्तापछि उनले सभापति लामिछानेले आफै फोन गरेर ‘हाम्रो समर्थन छ, उम्मेदवारी दर्ता गराउनुस् है’ भनेपछि बल्ल आफूहरुले दर्ता गराएको जानकारी दिए ।
उनले भने,‘रास्वपाका सभापतिले स्वयंम फोन गरेपछि हामीले उम्मेदवारी दिएका हौं । सबै प्रतिपक्ष एक भएपछि गरेको यस्तो निर्णयमा पुगेका हौं । राजनीतिमा तल माथि त भइहाल्छ । स्वयंम सभापतिले फोन गरेर उम्मेदवारी दर्ता गराउनुहोस् है हाम्रो समर्थन छ भनेपछि दर्ता गराएका छौं । अर्को पार्टीलाई समर्थन गर्ने भए सभापति लामिछानेले किन फोन गरेको ?
यता रास्वपाले भने आफ्नो समर्थन श्रम संस्कृति पार्टीलाई गर्ने घोषणा गरेको छ ।
इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै स्थिति पुनः बिग्रिएपछि इरानले तेल आयातका लागि महत्त्वपूर्ण मानिने स्ट्रेटअफ हर्मुज जलमार्ग पूर्णरुपमा बन्द गरेको छ ।
लेबनानमा इजरायलले गरेको भीषण आक्रमणको प्रतिक्रियास्वरूप इरानले यो कदम चालेको हो । यससँगै तेल बोकेका ट्यांकरहरु बीच बाटोबाटै फर्किएका छन् ।
इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द भएपछि खाडी क्षेत्रबाट बाहिर निस्कन लागेका थुप्रै तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किन र पर्सियन खाडीको भित्री भागमै रहन बाध्य भएका छन् ।
यसअघि, अमेरिका र इरानबीच मंगलबार भएको दुई हप्ता लामो युद्धविरामपछि बुधबार बिहान ग्रीसको बल्क क्यारियर एनजे अर्थ र लाइबेरियाको झण्डा बोकेको डेटोना बीच नामका दुई जहाजले पहिलो पटक यो जलमार्ग पार गरेका थिए । मरिन ट्राफिकको तथ्याङ्कले ती जहाजहरूले यात्रा सुरु गरेको देखाएको थियो ।
तर, इजरायलले लेबनानभरि गरेको ठूलो स्तरको हवाई आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएपछि स्थिति अचानक तनावपूर्ण बनेको हो । इरानको अर्ध–सरकारी समाचार एजेन्सी फार्सका अनुसार, लेबनानमा भएको आक्रमणको विरोधमा इरानले हर्मुज जलसन्धिबाट हुने सम्पूर्ण तेल ट्याङ्करको आवतजावत रोकिदिएको छ ।
सिपिङ एनालिटिक्स फर्म केप्लरको रिपोर्ट अनुसार, मंगलबारसम्म यस क्षेत्रमा १८७ वटा तेल ट्याङ्करसहित १,००० भन्दा बढी जहाजहरू पालो पर्खिरहेका थिए । सामान्य अवस्थामा पनि यति धेरै जहाजहरूलाई त्यहाँबाट बाहिर निस्कन दुई हप्ताभन्दा बढी समय लाग्ने बताइएको छ ।
यसैबीच, इरानको पोट्र्स एण्ड म्यारिटाइम अर्गनाइजेसनले बुधबार एक सुरक्षित नेभिगेसन चार्ट जारी गरेको छ । जसमा सबै जहाजहरूलाई बारुदी सुरुङको जोखिमबाट बच्नका लागि तोकिएको मार्ग कडाइका साथ पालना गर्न सचेत गराइएको छ । विश्वको कुल तेल आपूर्तिको ठूलो हिस्सा यही जलसन्धि भएर जाने भएकाले यसको बन्दले विश्वव्यापी तेल बजार र आपूर्ति शृङ्खलामा गम्भीर असर पर्ने अनुमान गरिएको छ । सीसीटीभी
उपसभामुख उम्मेदवारी दर्ता आज हुँदै
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । उपसभामुख चयनका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिइको हो ।
आज दिउँसो २ः३० बजे नै उम्मेदवारीको दर्ता सूचना प्रकाशन गरिने छ । उपसभामुखको निर्वाचन २७ गते हुँदैछ ।
प्रतिनिधि सभामा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।
प्रतिनिधि सभामा रास्वपा १८२ सांसदसहित सहज एकल बहुमतमा छ । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् ।
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । बुधबार बसेको बैठकले जेनजी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहिद भएका परिवारका सदस्यहरूलाई समेट्दै कार्यविधि २०८२ अनुसार छुट भएका ८ जना परिवारका सदस्यलाई रोजगारी प्रदान गर्ने निर्णय गरिएको हो । यसअघि नै प्राधिकरणले २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको थियो ।
बुधबार थप भएका ८ सहिद परिवारमध्ये रोजित श्रेष्ठ वनस्थली, अम्बिका विश्वकर्मा उदयपुर, सुमित्रा महत सिन्धुपाल्चोक, शीतल पौडेल, मौसम कुलुङ संखुवासभा, पार्वती अधिकारी सर्लाही, हेमन्ती विष्ट बझाङ र मञ्जु पौडेल लमजुङ रहेका छन् ।
त्यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्य सम्पादन मूल्याङ्कनको जानकारी सञ्चालक समितिले लिएको छ ।
गृहमन्त्री गुरुङ र म्युलीको भेट : स्विस बैंक खाताबारे अनुसन्धानमा सहयोग गर्न आग्रह
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा.ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ । गृहमन्त्री गुरुङ र म्युलीबिच बुधबार भेटवाता भएको हो ।
भेटमा गुरुङले नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतावासलाई अवैध रूपमा आर्जन गरेको पैसा नेपालीले स्विस बैंकमा राखेको वा नराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।