आज सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य स्थिर
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार सुनको मूल्य तोलामा ४ सयले वृद्धि भइ १ लाख ९३ हजार ७ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९३ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । आइतबार चाँदीको प्रतितोला मूल्य २ हजार २ सय ८५ रहेको थियो ।
साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा धेरैको कारोबार
काठमाडौं । शेयर बजारमा साढे दुई घण्टामै साढे १२ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । आइतबार १ बजेर २७ मिनेट जाँदा सम्म अर्थात् कारोबारको सुरु भएको करीब साढे २ घण्टा भित्रै साढे १२ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल १६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसुचक १ बजेर ३० मिनेट जाँदा ४१.८९ अंकले बढेर २९१२.५२ बिन्दुमा रहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार नेप्से ७५.८४ अंकले बढेको थियो । यो समाचार तयार पार्दा सम्म नेप्सेमा १९५ कम्पनीको शेयर मूल्य बढ्दा ५३ कम्पनीको शेयर घटेको छ ।
तेह्रथुमपावरको हकप्रदशेयरमाआवेदनदिने समयावधिथप
काठमाडौं । तेह्रथुमपावर कम्पनीलिमिटेडको हकप्रदशेयरखरिदकालागिआवेदनदिने समयावधिथप गरिएको छ । हकप्रदखरिदकालागिसाउन ४ गतेसम्मकालागिआवेदनपेशगर्ने समयावधिदिइएकोभएपनिमागबमोजिमआवेदननपरेको भन्दै कम्पनीलेसाउन११ गतेसम्मकालागि समयावधिथप गरेको हो ।कम्पनीले नेपालधितोपत्रबोर्डबाटवैशाख १९गते हकप्रदकालागि स्वीकृतीप्राप्त गरेको थियो ।
कम्पनीले हालकायमचुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशतअर्थात १ः१ अनुपातमा१००रुपैयाँअंकित दरका ४० लाखकित्ताहकप्रदशेयर जारी गरेको थियो ।
गत जेठ ५ गते कम्पनीले हकप्रदशेयरनिष्कासनकालागिबुक क्लोज गरेको थियो ।त्यसकारणजेठ ४ गतेसम्मनेप्सेमा कारोबार भई कायमभएकाशेयरधनीहरुलेमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदखरिदमाआवेदनदिन सक्नेछन् ।हकप्रदनिष्कासनतथाबिक्रीप्रबन्धकको रुपमानेपालइन्भेष्टमेन्टबैंकिङ लिमिटेड रहेको छ ।
प्रभु हेलिकप्टर १० औँ वर्षमा, आइपिओ निष्कासनको तयारी
काठमाडौँ । प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिनेमा प्रतिबद्धता जनाए ।
एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण शेय खरिद गरी प्रभु हेलिकप्टरका नामबाट सञ्चालनमा ल्याएको हो ।
‘नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी हवाई यातायात सेवामा प्रतिबद्ध भइ निरन्तर लागेका छौँ, आगामी दिनमा पनि यात्रु तथा सेवाग्राहीबाट यही खालको माया र विश्वास पाउने अपेक्षा गर्दछौँ ।’
प्रभु हेलिकप्टरले विशेषगरी मुलुकको पर्यटन क्षेत्रका साथै आकस्मिक उद्धार, सामग्री ढुवानीलगायतका क्षेत्रमा काम गरिरहेको छ । सुरुवाती चरणमा एउटा रोबिन्सन हेलिकप्टरबाट व्यावसायिक यात्रा सुरु गरेको प्रभुले हाल दुईवटा एयरबस एच १२५ मार्फत उडान सेवा प्रवाह गरिरहेको छ ।
कम्पनीले हाल पोखरा, काठमाडौँ र लाङटाङमा हेलिकप्टर टुर तथा साइटसिङ सेवा उपलब्ध गराइरहेको छ भने मुक्तिनाथ, गोसाइकुण्ड, कालीञ्चोक भगवती र लुम्बिनीमा पनि हेलिकप्टर टुर उपलब्ध गराउँदै आएको छ । साथै सगरमाथा, अन्नपूर्ण र माछापुछ्े हिमालको आधार शिविरमा पनि हवाई उडान गर्नुका साथै उद्धारलगायतका सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
सुरुमा कम्पनी ऐन, २०६३ अन्तर्गत एक निजी लिमिटेड कम्पनीको रूपमा समावेश गरिएको प्रभु हेलिकोप्टर प्रालि २०७९ असार ३० गतेबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भयो थियो । कम्पनीसँग पोखरामा आफ्नै ह्याङर सुविधा पनि उपलब्ध छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जारी गरिएको एयर अपरेटर प्रमाणपत्र (एओसी) नम्बर ०८१।२१३‑१ अन्तर्गत सञ्चालनमा छ ।
त्यस्तै, प्रभु हेलिकप्टर लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासनको तयारी गरेको छ । कम्पनीका अनुसार आइपिओ जारी गर्नका लागि आइपिओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को दोस्रो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेको हो ।
बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा कारोबार भैइरहेको छ ।
आज देखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागुहुँदै, अन्य कुन कुन बस्तुमा लाग्दैछ कर ?
काठमाडौँ । आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागुहुँदै छ । नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागु हुन लागेको हो ।
नयाँ आवमा सरकारले करका दरहरू हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु हुने भएको छ । आजैदेखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटेलको सेवामा विलासिता कर लागु भएको छ ।
सुनचाँदी व्यवसायीले सरकारको यस्तो निर्णयको चर्को विरोध गर्दै आएका छन भने सरकारले यो अध्ययनका लागि समित बनाएको छ । उक्त समितिले दिएको सुझाबका आधारमा सरकारले करमा केही हेरफेर गर्न सक्ने बताइएको छ ।
आर्थिक ऐनको दफा १ देखि ४, ६ देखि १२, २० देखि ३३, ३४–३६ २ ३८ जेठ १५ रातिबाटै लागु भइसकेका छन् । त्यसैगरी, ऐनको दफा १३ देखि १९ र ३३ मा भएको व्यवस्था भने आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन अर्थात् आजबाट लागु भएका छन् ।
नेप्से २८ सय बिन्दु नजिक, १४ अर्बको कारोबार
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ३४.६१ अंकले बढेर २७९४.७८ अंकमा पुगेर रोकिएको छ । नेप्सेमा वृद्धि भएसँगै आज शेयर कारोबार पनि उत्साहजनक तबरले बढेको छ । यस दिन कुल ३३० स्टकको १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर कारोबार भएको छ । यस अघि मंगलबार ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर खरिद विक्री भएको थियो ।
आज सेन्सेटिभ इन्डेकस ७.८६ अंकले बढेको छ । फ्लोट इण्डेक्स २.६६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.८२ अंकले बढेको छ ।
यस दिन १० प्रतिशत केबिएल डिबेन्चरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको मूल्य यस दिन प्रतिकित्ता १२८.४३ रुपैयाँले बढेर १४१२.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी यस दिन थ्रि स्टार हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा समेत सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६६.५० रुपैयाँले बढेर ७३१.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, यस दिन ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ११५.३५ रुपैयाँले बढेर प्रतिकित्ता १४८६.८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन माइखोला हाइड्रो पावर लिमिटेडको शेउयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७८.२७ प्रतिशतले घटेर ९१५.९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी नारायणी डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ४९.०७ रुपैयाँले घटेर १६४३.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन बुटवल पावर कम्पनी, सानीमा माइ हाइड्रो पावर, राधी जलविद्युत र लुम्बीनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
चालु आर्थिक वर्षको अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला २ हजार २ सय ७५रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार २ सय ६० रुपैयाँमा कारोबार भैइरहेको छ ।
आर्थिक वर्षको प्रारम्भबाटै बजेट कार्यान्वयन प्रभावकारी बनाउने कोशी प्रदेशको तयारी
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको प्रारम्भबाटै बजेट कार्यान्वयन प्रभावकारी बनाउने तयारी थालेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बजेट कार्यान्वयनका लागि सबै तयारीहरू पूरा गर्ने र सबै तहका सरोकारवाला सक्रिय हुनुपर्ने आवश्यकता रहेको मुख्यमन्त्रीको निर्देशन रहेको जनाएको छ ।
बैठकपछि जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले बजेट कार्यान्वयनमा कुनै ढिलाइ हुन नदिन सबै मन्त्रालय र निकायलाई जिम्मेवारीपूर्वक लाग्न मुख्यमन्त्रीले निर्देशन दिएको बताए ।
त्यसैगरी बैठकले ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिकाको केन्द्र वडा नं ५ को भञ्जाङमा सार्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । गाउँपालिका केन्द्र सार्ने प्रस्ताव स्वीकृत गरी संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
मन्त्री भण्डारीका अनुसार समाजमा देखिएको व्यवहारिक विकृति सुद्धार गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको ‘सामाजिक व्यवहार सुद्धिकरण सम्बन्धी ऐन’ ल्याउन सैद्धान्तिक सहमति पनि मन्त्रिपरिषद्ले प्रदान गरेको छ ।
यसैगरी, सरकारी कामकाजको भाषालाई व्यवस्थित गर्न समाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको विधेयक मस्यौदाका लागि पनि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ ।
अमेरिकी कर नीतिका कारण नयाँ तरंग
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर नीतिमा कडाइ गरेपछि त्यसको असर देखिन थालेको छ । युरोपेली मुलुकहरूले ट्रम्प नीतिको आलोचना समेत गरिरहेका छन् ।
अगस्ट १ देखि क्यानेडियाली सामानहरूमा अमेरिकाले ३५ प्रतिशत कर लगाउने निर्णय गरेपछि त्यसको जवाफ दिने क्यानाडाले चेतावनी दिएको छ ।
उद्योग मन्त्री मेलानी जोलीले क्यानाडाले आफ्नो ‘आर्थिक कूटनीति’लाई प्रवर्धन गर्ने लक्ष्य लिएको सुनाइन् ।
युरोपेली समृद्धि तथा औद्योगिक रणनीति आयोगका कार्यकारी उपाध्यक्ष स्टेफेन सेजोर्नसँगको संयुक्त कार्यक्रममा जोलीले क्यानडाले आर्थिक कूटनीतिलाई प्रवर्धन गर्ने, अमेरिकामाथि दबाब बढाउने छ । त्यस्तै देशमा रोजगारीको सुरक्षा र सिर्जना गर्ने कुरा उल्लेख गरिएको छ ।
ट्रम्पले बिहीबार ३५ प्रतिशतको भन्सार शुल्कको घोषणा गरेका थिए । त्यस्तै युरोपेली संघ र मेक्सिकोमा ३० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । तर मेक्सिकनहरूले पनि अमेरिकाले घोषणा गरेको करको आलोचना गर्दै त्यसलाई गलत र निष्फल हुने प्रतिक्रिया दिएका छन् ।
ट्रम्पले गत हप्ता क्यानडा, दक्षिण कोरिया, जापान र ब्राजिललगायत अन्य व्यापारिक साझेदारहरूलाई पत्र पठाउँदै २० प्रतिशतदेखि ५० प्रतिशतसम्मको ट्यारिफ दरहरू घोषणा गरेका थिए । (सीसीटीभीप्लस)