सोमबार, ०५ असोज २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K5X7EBQ56VF3D7MC60SH5NH2.jpg

पाकिस्तानमा गरिबी दर २५.३ प्रतिशत : विश्व बैंक

काठमाडौं । पाकिस्तानमा गरिबी दर तीव्र गतिमा बढ्दै गएको विश्व बैंकको ताजा प्रतिवेदनले देखाएको छ । ‘रि–क्लेमिङ मोमेन्टम टुवाड्र्स प्रोसपेरिटी : पाकिस्तान’स पभर्टी, इक्विटी एन्ड रेजिलियन्स असेस्मेन्ट’ शीर्षकको प्रतिवेदनमा देशका कमजोर समुदायलाई जोगाउन दीर्घकालीन र समावेशी सुधारको आवश्यकता तत्काल देखिएको जनाइएको छ ।

ताजा प्रतिवेदनअनुसार पाकिस्तानको गरिबी दर पछिल्ला तीन वर्षमा ७ प्रतिशतले बढ्दै सन् २०२४–२५ मा २५.३ प्रतिशत पुगेको छ । यो दुई दशकयताकै पहिलो गहिरो अध्ययन हो । जसमा २५ वर्षभन्दा बढी समयावधिको घरायसी सर्वेक्षण, भौगोलिक विश्लेषण, प्रक्षेपण र विभिन्न प्रशासनिक तथ्यांकहरू प्रयोग गरिएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने अंग्रेजी पत्रिका डॉनका अनुसार पाकिस्तानमा सन् २००१–०२ मा ६४.३ प्रतिशत रहेको गरिबी दर २०१८–१९ मा २१.९ प्रतिशतमा झरेको थियो । तर २०२० पछि पुनः बढ्दै गएको छ । यसको कारणका रूपमा कोभिड–१९ महामारी, मुद्रास्फीति, भीषण बाढी र समष्टिगत आर्थिक अस्थिरता रहेको विश्व बैंकले जनाएको छ ।

प्रतिवेदनले गरिबी घटाउने अघिल्ला उपलब्धि उपभोग–आधारित आर्थिक वृद्धिले सम्भव भए पनि त्यो मोडेल अब समाप्त भएको उल्लेख गरेको छ । अघिल्लो गरिबी घटाउने क्रममा कृषि बाहेकका रोजगारीबाट आय बढ्नु प्रमुख कारण थियो । धेरै परिवार खेतीपाती छाडेर सेवा क्षेत्रमा गएका थिए । तर पाकिस्तानमा संरचनात्मक रूपान्तरण सुस्त र असमान भएकाले रोजगारी सिर्जना, विविधीकरण र उत्पादकत्व वृद्धिमा अवरोध पुगेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, अनौपचारिक रोजगारी अझै ८५ प्रतिशतभन्दा बढी रहेको र महिला तथा युवाहरू अझै ठूलो संख्यामा श्रम बजारबाट बाहिर रहेका तथ्यांक पनि प्रतिवेदनमा समेटिएको छ ।

आर्थिक चुनौतीसँगै सामाजिक घाटा पनि गम्भीर रहेको विश्व बैंकले जनाएको छ । पाकिस्तानमा करिब ४० प्रतिशत बालबालिका कुपोषण (स्टन्टिङ) का शिकार छन् । चौथाइ बालबालिका प्राथमिक तहको विद्यालय बाहिर छन् भने विद्यालय जानेमध्ये तीन चौथाइले पनि आधारभूत पढ्ने–लेख्ने सीपमा संघर्ष गरिरहेका छन् ।

२०१८ सम्म आइपुग्दा पाकिस्तानका आधा परिवारमात्रै सुरक्षित खानेपानीमा पहुँचमा थिए भने करिब एक तिहाइ परिवारसँग सुरक्षित सरसफाइको सुविधा थिएन । प्रतिवेदनले क्षेत्रीय असमानता अझै कायम रहेको पनि उल्लेख गरेको छ । ग्रामीण क्षेत्रको गरिबी दर शहरी क्षेत्रमा भन्दा दोब्बरभन्दा बढी छ भने दशकौंदेखि पिछडिएका जिल्लाहरू अझै पुरानै अवस्थामै छन् । एएनआई

प्रकाशित मितिः बुधबार, ०८ असोज २०८२
https://jawaaf.com/storage/01K5X4HBDK3DNB25YGDQGQ3HNJ.jpg

आज कतिमा कारोबार भइरहेको सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजार तीन सयले बढेको हो । 

मंगलबार दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन आज दुई लाख २३ हजारमा कारोबार भइरहेको छ । 

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला दुई हजार सात सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मितिः बुधबार, ०८ असोज २०८२
https://jawaaf.com/storage/01K5TCQ2CA4T5G2C5E091EQE7G.jpeg

एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि निष्कासन शुरु

काठमाडौं । एसवाई प्यानल लिमिटेडले आजदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर निष्कासन गरेको छ ।
कम्पनीले धितोपत्र बोर्डबाट ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएकोमा पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका लागि २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ०९२ कित्ता सेयर छुट्याइएको हो ।
आवेदकले न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका बासिन्दाले रत्ननगर चितवनस्थित कार्यालय, प्रभु क्यापिटल र प्रभु बैंकका शाखा तथा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्पूर्ण आस्वा सदस्य बैंक, वित्तीय संस्था तथा “मेरो शेयर“ अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्कासन गर्नेछ ।

प्रकाशित मितिः मङ्गलबार, ०७ असोज २०८२
https://jawaaf.com/storage/01K5R0Z2MTCB4J9EGPXJ6KQ1G7.avif

नेपाली बजारमा सुन ७ सयले, चाँदी ३० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।

आइतबार २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ ।  आइतबार तोलाको २६ सय २० रूपैयाँमा किनबेच भएको चाँदी आज २६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, ०६ असोज २०८२
https://jawaaf.com/storage/01K5NB95J8VW2W3ACY4NEMY7HY.jpeg

साताको पहिलो दिन सुनचाँदीको मूल्य वृद्धि, तोलामा सुन २ लाख १७ हजार नाघ्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो ।

शुक्रबार २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको  २ लाख १७ हजार एक सयमा कारोबार भइरहेको छ ।  यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ ।  शुक्रबार तोलाको २५ सय ८० रूपैयाँमा किनबेच भएको चाँदी आज २६ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः आइतबार, ०५ असोज २०८२
https://jawaaf.com/storage/01K5KRP63FQ6JZK2TJJZ1REP9J.jpeg

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान I धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गर्नुभयो ।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट रु ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट रु दुई करोड र गत वर्षको मौज्दातबाट रु सात करोड प्राप्त हुने अनुमान गरिएको छ I

सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्पm रु ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ रु ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ रु छ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासतर्फ रु चार करोड ८६ लाख ४५ हजार विनियोजन गरिएको छ । साथै आर्थिक विकासतर्फ रु एक करोड २९ लाख, वन वातवरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु दुई करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ रु २० लाख, सार्वजानिक जग्गा संरक्षणतर्फ रु १५ लाख, राजस्व परिचालनतर्फ रु ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ रु पाँच करोड पाँच लाख विनियोजन गरिएको छ ।

चालु आवका लागि धरानका २० वटा वडाका लागि रु २१ करोड विनियोजन गरेको छ । त्यसैगरी नगर कार्यपालिकातर्फ निःसर्त विनियोजन र एक अर्ब ३१ करोड ९२ लाख ८२ हजार, ससर्त अनुदानबाट रु ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेटबाट रु एक करोड ८२ लाख र विशेष अनुदानबाट रु पाँच करोड ४३ लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख बेघाले बताउनुभयो ।

प्रकाशित मितिः शनिबार, ०४ असोज २०८२
https://jawaaf.com/storage/01K5DVWP2AY2MXMHYAFA8J5GDN.jpg

लगातार तेस्रो नकारात्मक सर्किटपछि आजका लागि शेयर कारोबार बन्द

काठमाडौं । नेप्से परिसुचकमा लगातार तेस्रो नकारात्मक सर्किट लागेपछि आजका लागि शेयर कारोबार बन्द भएको छ । नेप्से ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेसँगै आज(विहीबार)को लागि शेयर कारोबार बन्द भएको हो ।

जेनजी आन्दोलन पश्चात पहिलो दिन खुलेको बजारमा २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । यसपछि शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो ।

पहिलो सर्किट ब्रेकपछि ११ बजार २२ मिनेटमा खुलेको बजार, १ मिनेटमा नै थप १ प्रतिशत घटेर दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो नकारात्मक सर्किटपछि ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको थियो ।

त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार १२ बजेर ६ मिनेट जाँदा फेरी  नेप्से १ प्रतिशतले घटेको थियो । जसले गर्दा आजका लागि शेयर कारोबार नै बन्द हुन पुगेको छ ।
बजारमा किन्ने भन्दा बेच्ने लगानीकर्ताको ओइरो लागेको छ । मुलुकको पछिल्लो राजनितीक घटनाक्रमले लगानीकर्ता अत्तालिएपछि नेप्सेमा भिषण पहिरो गएको हो । आज कारोबारमा आएका २१७ कम्पनीको शेयर घटेको छ भने ९ वटा कम्पनीको शेयर मात्रै बढेको छ ।

प्रकाशित मितिः बिहिबार, ०२ असोज २०८२
https://jawaaf.com/storage/01K5DPAAZP8AN2QHN8HNXVR3YE.jpg

आज सुनको मूल्य ९ सयले घट्यो

काठमाडौं । नेपाली बजार आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेर २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार सुन तोलाको २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदी पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर २ हजार ५ सय २० रुपैयाँमा झरेको छ ।

प्रकाशित मितिः बिहिबार, ०२ असोज २०८२
https://jawaaf.com/storage/01K5DDWD1N2KYNKS95002ZHA6T.jpeg

आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै

काठमाडौं I जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । 
यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि उक्त दिन सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन । त्यसैले आजबाट बजार संचालनमा आउने भएको हो ।  गत भदौ २३ गते अन्तिमपटक शेयर कारोबार भएको थियो, उक्त दिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अंक गिरेर २,६७२.२५ विन्दु मा बन्द भएको थियो ।
बजार बन्द भएको लामो समयपछि कारोबार खुल्दा लगानीकर्तामा उत्साह देखिएको छ । धेरैले शेयर बजार खुल्नुपर्ने भन्दै दबाब समेत दिएका थिए । तर, लगानीकर्ताहरुमा उतिकै अन्यौल पनि छ । बजार फेरि घट्ने त होइन भन्ने डर, प्रायः नवीन र साना लगानीकर्तामा बढी देखिएको छ । बजार बन्द हुँदा ठूला–साना सबै किसीमका  लगानीकर्ताहरुलाई आर्थिक घाटा भएको छ । विशेष गरी नियमीत रुपमा कारोबार गर्ने ट्रेडरहरु यसबाट प्रभावित भएका छन् ।

प्रकाशित मितिः बिहिबार, ०२ असोज २०८२
https://jawaaf.com/storage/01K58J43JN6WCYK2QKMHZJFTFT.webp

एक हजार नौं सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ । 

सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार २ हजार ५ सय ७५ मा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर २ हजार ५ सय ९५ रुपैयाँ कामय भएको छ । 

प्रकाशित मितिः मङ्गलबार, ३१ भदौ २०८२