शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K5DDWD1N2KYNKS95002ZHA6T.jpeg

आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै

काठमाडौं I जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । 
यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि उक्त दिन सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन । त्यसैले आजबाट बजार संचालनमा आउने भएको हो ।  गत भदौ २३ गते अन्तिमपटक शेयर कारोबार भएको थियो, उक्त दिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अंक गिरेर २,६७२.२५ विन्दु मा बन्द भएको थियो ।
बजार बन्द भएको लामो समयपछि कारोबार खुल्दा लगानीकर्तामा उत्साह देखिएको छ । धेरैले शेयर बजार खुल्नुपर्ने भन्दै दबाब समेत दिएका थिए । तर, लगानीकर्ताहरुमा उतिकै अन्यौल पनि छ । बजार फेरि घट्ने त होइन भन्ने डर, प्रायः नवीन र साना लगानीकर्तामा बढी देखिएको छ । बजार बन्द हुँदा ठूला–साना सबै किसीमका  लगानीकर्ताहरुलाई आर्थिक घाटा भएको छ । विशेष गरी नियमीत रुपमा कारोबार गर्ने ट्रेडरहरु यसबाट प्रभावित भएका छन् ।

प्रकाशित मितिः बिहिबार, ०२ असोज २०८२
https://jawaaf.com/storage/01K58J43JN6WCYK2QKMHZJFTFT.webp

एक हजार नौं सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ । 

सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार २ हजार ५ सय ७५ मा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर २ हजार ५ सय ९५ रुपैयाँ कामय भएको छ । 

प्रकाशित मितिः मङ्गलबार, ३१ भदौ २०८२
https://jawaaf.com/storage/01K566DWCNY6WYBWEQBSJKFFVG.jpg

रामेश्वरलाई कठिन समयमा अर्थ मन्त्रालयको वागडोर, लोभलाग्दो विगत

काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

जेनजी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पलट गरेसँगै अन्तरिम सरकारको अर्थमन्त्रालको जिम्मेवारी खनालले सम्हालेका हुन् ।

पूराना राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुको सत्ता स्वार्थ, भ्रष्टाचार र व्यक्तिगत स्वार्थको राजनीतिले वाक्क दिक्क भएको नेपाली समाजले अब भने मुलुकमा केही सकारात्मक परिवर्तन हुने अपेक्षा पनि गरिरहेको छ ।

यद्यपी, यतिबेला जेनजी आन्दोलनका कारण भएको ठुलो क्षतिका कारण मुलुकको अर्थतन्त्र पनि तहसनहस भएको अवस्थामा छ ।

यस्तो शुन्यमा पुगेको मुलुकको अर्थतन्त्र सम्हाल्ने हिम्मत गरेर अर्थमन्त्रीमा नियुक्त भएका खनाल केहि महिना अघिसम्म तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको नियुक्तीमा उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगमा अध्यक्ष थिए । त्यसबेला उनले तत्कालीन सरकारलाई ४४७ पृष्ठ लामो आर्थिक सुधारसम्बन्धी प्रतिवेदन बुझाएका थिए ।

खनाल आयोगको सो प्रतिवेदनमा मुलुकको अर्थतन्त्रका कमजोरीहरू के–के हुन्, ती समाधान गर्न आवश्यक तात्कालिक कदम र दीर्घकालीन उपायबारे विस्तृत सुझाव समेटिएको छ ।

वि.स. २०१३ साल असारमा पाल्पा जिल्लाको तानसेनमा जन्मिएका खनाल सानैदेखि अत्यन्तै प्रतिभाशाली थिए । तानसेनकै स्कुलबा शैक्षिक यात्रा सुरु गरेका उनले कक्षा ८ सम्म लगातार प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए ।

विद्यार्थी जीवनमा उनी रेडक्रस सर्कल अध्यक्ष, विद्यार्थी सङ्गठन सल्लाहकार जस्ता भूमिकामा सक्रिय भए र स्नातकमा दोस्रो, स्नातकोत्तरमा तेस्रो स्थान हासिल गरे । जागिरे जीवनमा खनालले नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक र लोक सेवा आयोगमा लिखित परीक्षा पास गरे ।

उनले करिब १५ वर्ष ९ महिना शाखा अधिकृतको रूपमा काम गरे । २०५३ सालमा सहसचिव पदमा नियुक्त भई महालेखा नियन्त्रकको कार्यालयमा कार्यरत भए र २०५९ सालमा अर्थ मन्त्रालय सरुवा भए ।

२०६३ सालमा सचिव बनेर २०६७ सालसम्म सेवा दिए, तर पूरक बजेट विवादका कारण अर्थसचिव रहँदाकै अवस्थामा उनले राजीनामा दिनुप¥यो ।

उनले सरकारी निर्णयमा स्वविवेकका आधारमा अवरोध गर्ने साहस देखाएका थिए, जस्तै आठ सय करार कर्मचारी स्थायी गर्ने प्रस्ताव अस्वीकार गर्नु, शेयर कारोबारमा लगानीकर्तालाई वार्तामा बाध्य बनाउनु, र निजामती कर्मचारीको अधिकार रक्षा गर्नु उनले गरेका केही साहसिक कार्यहरु थिए । अर्थ मन्त्रालयको सचिवको रूपमा सेवारत रहँदा उनले नेपालको राजस्व–देखि–जीडीपी अनुपात १२ प्रतिशत भन्दा कमबाट १५.३ प्रतिशत सम्म पु¥याएका थिए । जुन वित्तीय प्रदर्शनमा महत्वपूर्ण उपलब्धि मानिन्छ ।

०७० सालमा उनी नेपाली काँग्रेसमा प्रवेश गरेपनि आफ्नो विवेकलाई राजनीतिक आवद्धतासँग सम्झौता गरेनन् । यस कारण उनलाई अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार आयोगको नेतृत्व जिम्मा दिएको थियो । आयोगको प्रतिवेदन कार्यान्वयनका लागि चालू आर्थिक वर्षको बजेटमा प्रमुख सुझावको रूपमा समावेश गरिएको छ ।

आफ्नो चार दशकभन्दा लामो करियरमा, खनालले नेपाल सरकारको जागिरसँगै शिक्षण क्षेत्र, र विभिन्न अन्तर्राष्ट्रिय विकासका विभिन्न उच्च पदहरू समेत सम्हालेका छन् र सुधारमुखी दृष्टिकोण तथा वित्तीय पारदर्शिताप्रति आफ्नो अडिग प्रतिबद्धताका लागि परिचित छन् ।

उनको प्रभाव शिक्षण क्षेत्रमा पनि फैलिएको छ, जहाँ उनले साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र काठमाडौं विश्वविद्यालयमा वित्त तथा व्यवस्थापन नियन्त्रण विषयको अध्यापन समेत गराएका थिए ।

प्रशासनिक भूमिकाहरूको अलावा, खनाल एक लेखक र स्तम्भकार पनि हुन् । सन् २०११ मा मात्र उनले विभिन्न पत्रपत्रिका र जर्नलहरुमा ५० भन्दा बढी लेखहरू प्रकाशन गरेका थिए । उनका आर्थिक नीतिमा आधारित विचारहरूले सार्वजनिक विमर्श र नीति निर्माणमा अझै प्रभाव पार्दै आएका छन् ।

अन्तरिम सरकारको अर्थमन्त्रीका रूपमा अर्थतन्त्र सुधारको जिम्मेवारी पाएका उनीसामू छोटो समयमै आफ्नै प्रतिवेदन कार्यान्वयन गर्दै देशको आर्थिक इतिहासमा नयाँ भूमिका निर्वाह गर्ने चुनौती र अवसर रहेको छ ।

प्रकाशित मितिः सोमबार, ३० भदौ २०८२
https://jawaaf.com/storage/01K55K139KX8PMYRDYS6HHA6WC.jpg

कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार साँझ तीन नयाँ मन्त्रीहरू नियुक्त गरिएसँगै आज सोमबार उनीहरूको शपथ ग्रहण गर्दैछन् ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । घिसिङले विद्युत् क्षेत्रमा उल्लेखनीय सुधार गरेर व्यापक प्रशंसा कमाएका थिए  ।

त्यस्तै, चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । अर्याल हालैसम्म काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकार थि ए।

पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको नेतृत्व गर्ने जिम्मा दिइएको छ । 

अन्य मन्त्रीहरूको नाम भने टुंगो लागेको छैन । जेन–जी आन्दोलनबाट बनेको कार्की सरकारले २१ फागुनमा चुनाव गर्ने निर्णय गरिसकेको छ । 

गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौंलगायत देशभरि प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसात्मक बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ओलीको राजीनामापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

प्रकाशित मितिः सोमबार, ३० भदौ २०८२
https://jawaaf.com/storage/01K51MK795WJBDGK2HQ6X2RQSJ.jpeg

नयाँ सरकारले गम्भीर भएर कदम चाल्नुपर्छ

काठमाडौं । अर्थविद्हरुले मुलुकलाई अहिलेको चूनौतिबाट पारलगाउनको लागि नयाँ सरकारले गम्भीर कदम चाल्नुपर्ने सुझावदिएका छन् ।

नयाँ सरकारलाई खर्च कटौती, पारदर्शीता र सानो टिम बनाएर कामगर्न उनीहरुको सुझाव छ । आज (शनिबार) काठमाडौंमा आयोजनागरेको साक्षात्कारमा बोल्दै उनीहरुले देशमै रोजगारी सिर्जना गर्न, पुँजी पलायन रोक्नेगरि कदम चाल्नपनि सुझाव दिएका छन् ।

वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्र ६१ खर्बमाआधा अहिले नोक्सानी भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘राष्ट्र अहिले अप्ठ्यारोमा छ । यसलाई कसरी जोगाउने ? राष्ट्रलाई डुब्न लागेको डुंगालाई उतारेको जसरी जोगाउनुपर्छ ।’ उनलेजेन–जी पुस्ताको आन्दोलनमा मृत्युवरण गरेकाहरुको रगतले, जीवनको सहादतले जुनखालको परिवर्तन खोजेको छ त्यहीअनुसारसबैजना लाग्नुपर्नेमा जोड दिएका छन् ।

उनले अब सबैले व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए । उनलेअहिलेको आन्दोलन पुस्तान्तरणको माग भएकोले अब सोहीअनुसारचल्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो अर्थतन्त्र सुस्त थियो । अर्थतन्त्र विकृतिले भरिएकोथियो । भ्रष्टाचारले ग्रसित थियो । मन्दी थियो । युवाहरुअर्थतन्त्रप्रति सन्तुष्ट थिएनन् । घुपैठको कारण आन्दोलनलाईबदनाम गर्ने काम भयो, नोक्सानी धेरै भयो । परिपूर्ति गर्ने तरिका अबगम्भीरतापूर्वक कदम चाल्नुपर्छ ।’

उनले यो जेन–जी आन्दोलनले अब शासकहरुलाई पक्कैपनिभ्रष्टाचार गर्ने कुरा चार चोटी सोच्न बाध्य बनाएको टिप्पणी गरे ।  योआन्दोलनको क्रममा २५ अर्ब रुपैयाँ त होटेल सेक्टरको क्षति भएकोकुरा बाहिरिएको उल्लेख गर्दै अहिलेको क्षतिको बिमाले धान्न नसक्नेभन्ने कुरा आएको पनि स्मरण गराए ।

साथै, अर्थविद् डा. गोपिलाल न्यौपानेले कलम बोक्ने कलिला हातलेपरिवर्तन ल्याएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीलाई बनाउने निर्णयपरिपक्व निर्णय भएको बताए ।

प्रकाशित मितिः शनिबार, २८ भदौ २०८२
https://jawaaf.com/storage/01K4YTF258F4SPT1CQB6KAWBZB.jpg

शेयरबजार असोज २ गतेसम्मका लागि बन्द

काठमाडौं — राजनीतिक अस्थिरताको कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गतको धितोपत्र दोस्रो बजार असोज २ गते बिहीबारसम्म बन्द रहने भएको छ । नेप्सेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आगामी एक सातासम्म शेयर कारोबार स्थगित गरिएको जानकारी दिएको हो ।

नेप्सेको सूचनामा भनिएको छ, ‘धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार भदौ २९ देखि असोज २ गतेसम्म धितोपत्र दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।’

हाल देशमा देखिएको राजनीतिक अनिश्चितताका बीच लगानीकर्ताको सुरक्षालाई मध्यनजर गर्दै बजार स्थगित गर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ । यसअघि पनि नेप्सेले गत बुधबार र बिहीबार सेयर बजार बन्द गरेको थियो ।

यस निर्णयसँगै आगामी बिहीबारसम्म नेप्सेमा कुनै पनि कारोबार हुने छैन । त्यसपछि बजारको अवस्था मूल्यांकन गरी आगामी निर्णय गरिने नेप्सेले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, २७ भदौ २०८२
https://jawaaf.com/storage/01K4A2MMZD60JAG74TY4VB2DZH.jpg

सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न दूरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत भएका बाहेक सम्पूर्ण सामाजिक सञ्जाल प्ल्याटफर्महरू क्रमशः निष्क्रिय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ ।

यसका लागि मन्त्रालयले दूरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेकोछ ।

आज बिहिवार मन्त्रालयमा बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णय अनुसार नेपालमा शुचिकरण हुन नआएका सामाजिक सञ्जाल प्लयाटफर्महरूलाई तत्काल निष्क्रिय बनाउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको आदेश र मन्त्रीपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्वयन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

उनले भने, ‘सर्वोच्च अदालतको प्रधानन्यायाधिश सहितको इजलासले अदालतको अपहेलना सम्बन्धी मुद्धा नं २०८० सिइएफ ००१२मा स्वदेशी तथा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जालहरूलाई अनिवार्य रूपमा सम्बन्धित निकायमा सूचिकरण गराउने नेपाल सरकारले आदेश दिएको छ । उक्त आदेश पालना गर्नको लागि नेपाल सरकार मन्त्रीपरिषद्ले २०८२ भदौ ९ मा गरेको निर्णय अनुसार नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्महरू सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफार्मको सूचिकरणको लागि तोकिएका कागजातसहित सात दिनभित्र निवेदन दिनुपर्ने छ ।’

मन्त्रीका अनुसार सरकारकाले पटक पटक सूचना जारी गरि जानकारी गराउदा पनि प्लाटफर्महरूले आँटेरी गरेको हुँदा यस्तो बाध्यात्मक अवस्था आएको हो ।

‘सूचिकरण गर्न एक पैसा पनि लाग्दैँन् । हाम्रो उदेश्य सधैँलाई बन्द गर्न खोजिएको होइन । उनीहरू सम्पर्कमा आउना साथ पुन सुचारु हुनेछ । सूचीकृत भइसकेका र प्रक्रियामा रहेकालाई बन्द गरिएको छैन । समय लाग्ला भनेर स्वनियमनको लागि हामीले सूचना जारी गरेका थियौँ । पहिला महिना, दोस्रो महिना, तेस्रो महिना कोही आएन त्यसपछि फेरि कूटनीतिक माध्यमबाट कुराकानी गर्ने प्रयास गरेका थियौँ । त्यसमा पनि उनीहरू सहमत भएन, उनीहरूले नेपालको संविधान, नीति नमान्ने जस्तो ठूला ठूला कुरा पनि गरे, यो कुराहरू पनि हामी सहेकै थियौँ । अत्ति भईसके पछि हामीले यो निर्णय गरेका हौँ ।’

साथै, मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठकुरले हाल सम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेको र टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको जानकारी दिए ।

उनले भने, ‘मन्त्रालयले गरेको एक अध्ययन अनुसार नेपालमा हाल २५ वटा जति सामाजिक सञ्जाल प्ल्याट फर्महरु बढी सक्रिय रूपमा प्रयोग भएका छन् । तर, कति वटा बन्द हुन्छ यकिन छैन, हजारौँ प्ल्याटफर्म बन्द हुन सक्छन् । त्यसमा टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेको र टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको छ ।’

प्रकाशित मितिः बिहिबार, १९ भदौ २०८२
https://jawaaf.com/storage/01K46ZHMSYBBHYR8Q4HM6873EW.jpeg

आज प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ । 

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रकाशित मितिः बुधबार, १८ भदौ २०८२
https://jawaaf.com/storage/01K3Z8SZ9VJJZZ62BV7C37M56R.jpeg

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो ।

शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

यता चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४ सय २५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मितिः आइतबार, १५ भदौ २०८२
https://jawaaf.com/storage/01K3T7B4NNPGW4J145139AJ4N3.jpg

नेपाली बजारमा सुन प्रतितोला २ लाख नाघ्यो, नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले आजसम्मकै  उच्च रेकर्ड कायम गरेको छ । 

सुनको मूल्य चार सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यो आज सम्मकै उच्च हो । 

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम थियो ।

प्रकाशित मितिः शुक्रबार, १३ भदौ २०८२