विश्व बजारमा चिनियाँ आइसक्रिमको प्रभाव बढ्दो
काठमाडौं । उत्तरी गोलार्धको धेरैजसो भागको लागि अहिले आइसक्रिमको मौसम हो जहाँ चिनिया मिठाइको प्रमुख निर्यातकर्ता हो । पूर्वी चीनको जियाङ्सु प्रान्तको याङ्झाउ शहरमा रहेको एउटा खाद्य कम्पनीले आफ्ना धेरै ग्राहकहरू दक्षिणपूर्वी एसियामा रहेको बताएको छ ।
उक्त कम्पनीले पछिल्लो समय १ लाख ७५ हजार अमेरिकी डलर मूल्यको आइसक्रिमको ढुवानी भियतनाममा गरेको छ ।
कम्पनीका महाप्रबन्धक वाङ होङ्लिङले आइसक्रिम निर्यात बिक्री वृद्धि हासिल गर्ने एउटा महत्त्वपूर्ण तरिका बनेको बताए । ‘आइसक्रिम एक उल्लेखनीय मौसमी खाजा भएकाले, हामीले विगतका वर्षहरूमा जनवरीदेखि अगस्टसम्म शिखर उत्पादन सिजन मनाउँथ्यौं । शिखर सिजन विस्तार गर्न, हामीले हाम्रो विदेशी बजार विस्तार गरिरह्यौं । हाल, थाइल्याण्ड, फिलिपिन्स र सिंगापुर जस्ता दक्षिणपूर्वी एसियाली देशहरू हाम्रा मुख्य लक्षित बजार हुन् ।’
चीनका अन्य आइसक्रिम उत्पादक कम्पनीहरूले भनेका छन् कि उनीहरूले मध्य पूर्वका ग्राहकहरूलाई लक्षित गरिरहेका छन्, जसले बिक्रीलाई पनि बढावा दिइरहेको छ ।
अन्य प्रोत्साहनहरूमा चीन–आसियान मुक्त व्यापार क्षेत्र प्रमाणपत्र उत्पत्ति सम्झौता समावेश छ जहाँ दक्षिणपूर्वी एसियाली देशहरूमा निर्यात गरिने चिनियाँ उत्पादनहरूले ३० प्रतिशत ट्यारिफ छुट पाउँछन् । (सीसीटीभीप्लस)
अमेरिका–रूस तनाव ः कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर पुग्न सक्ने
काठमाडौं । संयुक्त राज्य अमेरिका र रूसबीचको तनावका कारण आगामी महिनाहरूमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ ।
रूसले विश्वव्यापी तेल आपूर्ति शृङ्खलामा बाधा पु¥याउने खतरा रहेको तेल बजारले औंल्याएको भारतीय सञ्चार माध्ययम एएनआईसँगको कुराकानीमा विज्ञहरूले बताएका छन ।
भूराजनीतिक जोखिम बढ्दै जाँदा तेलको मूल्यमा उच्च दबाब पर्न सक्छ । भेन्चुरामा कमोडिटीज तथा सीआरएम प्रमुख एनएस रामास्वामीले भने, “ब्रेन्ट आयल (अक्टोबर’२५) सम्म ७२.०७ अमेरिकी डलरबाट ७६ अमेरिकी डलरको पुग्न सक्ने बताइएको छ ।
वर्षको अन्त्य २०२५ मा ८०–८२ अमेरिकी डलर पुग्न सक्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्न रूसलाई १०–१२ दिनको समयसीमा दिएका छन्, जुन असफल भएमा रूससँग व्यापार गर्ने देशहरूमा थप प्रतिबन्ध र १०० प्रतिशतको दोहोरो करको जोखिम छ, जसले तेलको मूल्यलाई बढावा दिनेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको यो कदमले तेलको मूल्यलाई अझ बढाउन सक्छ, किनकि रूसी कच्चा तेलमा निर्भर देशहरूले सस्तो तेल किन्न र अमेरिकामा भारी निर्यात करको सामना गर्ने बीच कठिन विकल्पको सामना गर्नुपर्नेछ ।
डब्ल्यूटीआई कच्चा तेल (सेप्टेम्बर’२५) को लागि, विज्ञहरूले अहिलेको स्तर ६९.६५ अमेरिकी डलरबाट ७३ अमेरिकी डलरको छोटो अवधिको लक्ष्यको अपेक्षा गर्छन । २०२५ को अन्त्यसम्ममा मूल्य बढेर ७६–७९ अमेरिकी डलरसम्म बढ्न सक्छ । विज्ञहरूले भनेका छन् कि यस्ता घटनाक्रमहरूले विश्वव्यापी तेल बजारलाई बाधा पु¥याउन सक्छन् । २०२६ सम्ममा तेलको मूल्यलाई उच्च बनाउने सम्भावना छ ।
ऊर्जा विज्ञ नरेन्द्र तनेजाले एएनआईलाई भने, ‘रूसले विश्वव्यापी (तेल) आपूर्ति प्रणालीमा ५० लाख ब्यारेल तेल निर्यात गर्दछ । कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढ्नेछ – प्रति ब्यारेल १०० देखि १२० अमेरिकी डलरसम्म पुग्नेछ ।’ - एएनआइ
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४० रुपैयाँले घटेर २ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
४७.९३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ४७.९३ अंकले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको छ । नेप्सेमा आएको गिरावट सँगै आज परिसुचक २९५४.१४ बिन्दुमा झरेर रोकिएको छ । अघिल्लो दिन नेप्से तीन हजार बिन्दु माथि उक्लीएको थियो । यस दिन कुल ३२७ स्टकको १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर कारोबार भएको छ । १ लाख ४१ हजार ५२० पटकको कारोबारमा उक्त कारोबार भएको हो । अघिल्लो कारोबार दिन मंगलबार १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स १०.७५ अंकले घटेको छ । फ्लोट इण्डेक्स ३.६३ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.७४ अंकले घटेको छ । यसदिन सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सान्भी इनर्जीको शेयर मूल्य यसदिन प्रतिकित्ता ७६.९० रुपैयाँले बढेर ८४५.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ट्रेड टावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८६.२० रुपैयाँले वृद्धि भएर ९४८.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । समता हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ७७.४३ रुपैयाँले बढेर १२२६.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सिकलेस हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता ४९.२५ रुपैयाँले बढेर १००३.९२ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
यसदिन ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ८.०४ प्रतिशतले घटेर १२४७.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कालिका पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६.०१ प्रतिशतले घटेर ६३०.४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, सिवम् सिमेन्ट र ग्रिनभेन्र्चस लिमिटेड कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तीन हजार बिन्दुमाथि पुग्यो नेप्से
काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३०.७६ अंकले बढेसँगै ३००२.०७ बिन्दुमा पुगेर रोकिएको छ । अघिल्लो कारोबार दिन नेप्से परिसुचक २.६१ अंक बढेको थियो । नेप्से परिसुचक गणनामा भएको त्रुटिका कारण पहिले २.०७ अंकले घटेको भनिएको बजारपछि बढेको देखिएको हो ।
यस दिन कुल ३२१ स्टकको १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर कारोबार भएको छ । सोमबार १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.९७ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.१२ अंकले बढेको छ । यसदिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ ।
यसदिन मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६२.७३ रुपैयाँले बढेर १७९०.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । ट्रेड टावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ७८.४० रुपैयाँले बढेर ८६२.७० रुपैयाँमा अन्तिम काराबार भएको छ । त्यसैगरी सान्भी इनर्जीको शेयर मूल्य प्रतिकित्ता ६९.९० रुपैयाँले बढेर ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने नाडेप लघुवित्तको शेयर मूल्य पनि प्रतिकित्ता ९३.०२ रुपैयाँले बढेर १०२३.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन समता घरेलु लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको शेयर मूल्य १०८.०६ रुपैयाँले घटेर प्रतिकित्ता ११४८.४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बिन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता १७.९९ रुपैयाँले घटेर ५९५.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, ग्रिनभेन्र्चस लिमिटेड, नेपाल रिइन्स्योरेन्स लिमिटेड, हिमालयन रिइन्स्योरेन्स र राधि जलविद्यूत कमपनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
आज सुनको मूल्य स्थिर, चाँदीमा सामान्य बृद्धि
काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सोही मूल्यमा कारोबार भईरहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी भने पाँच रुपैयाँले बढेर दुई हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार २सय९० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घट्दा चाँदी बढ्यो
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
बिहीबार १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोवार भैइरहेको छ ।
यसैगरी आज सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ३३५ रूपैयाँ पुगेको थियो ।
सुनको मुल्य बढ्यो, के कतिमा कारोबार भै रहेको छ ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँलेबढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो ।
मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो ।
२१.७६ अंकले बढयो नेप्से, कारोबार रकम घट्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २१.७६ अंकले बढेको छ । नेप्से बढेपनि यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
आज नेप्से परिसुचक बढेसँगै २८९२.७२ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि साताको पहिलो कारोबार आइतबार नेप्से परिसुचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा रोकिएको थियो ।
यस दिन कुल ३११ स्टकको १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँ बराबरको ३ करोड, ५६ लाख ४९ हजार २११ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो दिन कुल २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर खरिद विक्री भएको थियो । आज सेन्सेटिभ इन्डेकस ४.४६ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.६० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.६८ अंकले बढेको छ ।
यसदिन थ्रिस्टार हाइड्रोपावर, ट्रेडटावर लिमिटेड, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ८०.८८ रुपैयाँले वृद्धि भएर ८९०.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । ट्रेडटावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४४.२० रुपैयाँले वृद्धि भएर ४८७.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य क्रमशः प्रतिकित्ता ३९.४० रुपैयाँ र १९५०४ रुपैयाँले बृद्धि भएर ४३४.३० रुपैयाँ र २२७०.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन ग्रिन डेभ्लप्मेन्ट बैंक लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता १४७.७३ रुपैयाँले घटेर १३२९.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी सप्तकोशी विकास बैंकको शेयर मूल्यमा पनि नकारात्मक सर्किट लाग्दै ९३५.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन नेपाल रिइन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, हिमालयन रिन्स्योरेन्स र फस्र्ट माइक्रो फाइनान्सको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।