बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JY5X5X7B3BFKA7DAQFJ64B4G.jpg

आठसय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

विहीबार सुन प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मितिः शुक्रबार, ०६ असार २०८२
https://jawaaf.com/storage/01JY3FX28AQMBBK9NK81B0BXRT.jpg

प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने सिम्रिक एयरको तयारी

काठमाडौं । सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि भन्दै असार २५ गते साधारण सभा आयोजना गर्ने जनाएको छ । यसअघि असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको थियो ।

कम्पनीको रजिस्ट्रार कार्यालयमा आयोजना हुने सभामा प्रिमियम आईपीओ जारी गर्ने र बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने बताइएको छ । यस्तै आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नुकासाथै लेखापरीक्षणको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरू समेत पारित गरिनेछ ।

प्रकाशित मितिः बिहिबार, ०५ असार २०८२
https://jawaaf.com/storage/01JY1AH4AX4NH56QVJ9N10TDFY.jpg

नेप्सेमा १.०७अंकको गिरावट

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.०७अंकले घटेर २६५३.६८ को विन्दुमाकायमभएको छ । बुधबार३१४कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । 


बुधबार नेप्सेमा भएको शेयर कारोबारमा ८८ वटाकम्पनीको शेयर मूल्यमा वृद्धिभयो भने एउटाकम्पनीको शेयर मूल्यस्थिर रहेको छ।  आजपियोर इनर्जी लिमिटेडकालगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएकाछन् भने जोशीहाइड्रोपावर कम्पनी र यूनियनहाइड्रोपावर लिमिटेडकालगानीकर्ताले समान ९.९९ प्रतिशतका दरले कमाएकाछन् ।

 
यस्तै,आजकर्पोरेट डेभलपमेन्ट बैंककालगानीकर्ता आज १० प्रतिशतका दरले गुमाएकाछन् । सानिमामाई हाइड्रोपावरको सबैभन्दा धेरै ७१ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रोमा सिंगटीहाइड्रोको ६१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मितिः बुधबार, ०४ असार २०८२
https://jawaaf.com/storage/01JY0PJCQAYA6Z5EK01BK10ZMG.jpg

इजरायल–इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

काठमाडौं । इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा मंगलबार विश्वव्यापी रुपमा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ । जुलाई डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएट न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३.०७ अमेरिकी डलर वा ४.२८ प्रतिशतले बढेर प्रति ब्यारेल ७४.८४ डलरमा स्थिर भएको छ । यसैबीच, अगस्ट डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आईसीई फ्युचर्स एक्सचेन्जमा ३.२२ डलर वा ४.४ प्रतिशतले बढेर ७६.४५ डलर प्रति ब्यारेलमा स्थिर भएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले विश्वव्यापी तेल बजारमा देखिएका प्रमुख अनिश्चितताहरूको बारेमा चिन्ता व्यक्त गरेको छ । २०२५ मा माग वृद्धिभन्दा धेरै बढेर विश्वव्यापी तेल आपूर्ति बढ्ने र २०३० सम्म स्थिर बजार रहने पूर्वानुमान गरिएको भए पनि, बढ्दो भूराजनीतिक जोखिमले अन्तर्राष्ट्रिय तेल बजारमा उल्लेखनीय अनिश्चितता सिर्जना गरिरहेको छ,’ एजेन्सीले आफ्नो प्रतिवेदन २०२५ मा उल्लेख गरेको छ ।

एजेन्सीले आफ्नो मासिक प्रतिवेदनमा यो पनि भनेको छ कि इजरायलले इरानमा गरेको आक्रमणले तेलको मूल्यमा उतारचढाव ल्याएको छ, तर इरानको तेल उत्पादनमा वास्तविक प्रभाव अस्पष्ट छ ।

उक्त रिपोर्टका अनुसार, प्रमुख ऊर्जा कम्पनीहरूले चेतावनी दिएका छन् कि थप वृद्धिले विश्वव्यापी ऊर्जा पूर्वाधारमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।

प्रकाशित मितिः बुधबार, ०४ असार २०८२
https://jawaaf.com/storage/01JY0GE40HAKFHJZXXWG3WRQKS.jpeg

आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी

काठमाण्डौं । स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्न भन्दै विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ ।

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा यही असार २६ गते बिहान ११ बजेकालागि बोलाएको हो ।  

साधारण सभा रुकुम पश्चिम स्थीत कम्पनी रजिष्ट्रारको कार्यालयमा हुनेछ । सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने र सार्वजनिक निष्कासनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित सोहि साधारण सभाले गर्ने बताइएको छ ।

प्रकाशित मितिः बुधबार, ०४ असार २०८२
https://jawaaf.com/storage/01JXVR7WXSXD7PKWD3T5NPQX3E.jpg

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चारसय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबारपनि सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा नै कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि  स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मुल्य दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मितिः सोमबार, ०२ असार २०८२
https://jawaaf.com/storage/01JXVB613DF6AFQSTY5E88VRE7.jpg

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौँ  । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य पठाएकाले सञ्चालक समितीको बैठकले २ गते बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल-मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० र डिजेल-मट्टितेलमा लिटरको १४५ पर्ने निगमले विज्ञप्ती मार्फत जनाएको छ ।

प्रकाशित मितिः सोमबार, ०२ असार २०८२
https://jawaaf.com/storage/01JXRYSJ341FX5EWS08KT4ZRAZ.jpg

ट्रेड टावरको आईपीओ आज बाँडफाँट हुँदै

काठमाडौँ  । ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । कुल २१ लाख ७१  हजार १५४ आवेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँट गोलाप्रथा विधिबाट हुनेछ । मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा विधिबाट आईपीओ बाँडफाँट हुने भएको हो ।

कम्पनीले गत जेठ १४ देखि २० गते सम्म सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो । मागभन्दा बढी आवेदन परीसकेकाले करिब १७ लाख आवेदकको हात खाली हुने छ ।

प्रकाशित मितिः आइतबार, ०१ असार २०८२
https://jawaaf.com/storage/01JXRNX8SS1E7XTH8DRA4R3X3Y.jpg

आज देखि बंगलादेशमा व्यवसायीक रुपमा विद्युत निर्यात सुरु

काठमाडौं । आज देखि बंगलादेशमा व्यवसायीक रुपमा विद्युत निर्यात सुरु भएको छ । सरकारले नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश निर्यात सुरु गरेको हो ।

गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ (जुन १५) अर्थात् आज राती १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो ।

गतवर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत विक्रि सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राती १२ बजेसम्म करिब १२ घण्टामात्र विद्युत निर्यात भएको थियो । 

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुशीको क्षण भएको बताए । “बङ्गलादेशमा विद्युत निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुशीको कुरा हो,”– मन्त्री खड्काले भने ।

नेपालले हरेक वर्ष पाँच महिना बर्षाद्को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ । गत वर्ष बङ्गलादेशसँग विद्युत निर्यात सम्झौता गरेको नेपालले त्यसवेला जम्मा १२ घण्टामात्र विद्युत निर्यात गर्न पाएको थियो । यो वर्षभने आजदेखि पाँच महिना निरन्तर बङ्गलादेशमा विद्युत निर्यात गर्नेछ । 

उर्जामन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउनसक्ने प्रमुख क्षेत्र भनेको विद्युत क्षेत्र भएको बताए । नेपाल विद्युत प्राधिकरणले त्रिशुली जलविद्युत केन्द्रबाट उत्पादित १८ दशमलव ६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१ दशमलव ४० मेगावाट विद्युत निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशबीच गतवर्ष सम्झौता भएको थियो । 
आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुने नेपाल विद्युत प्राधिकरणका विद्युत प्रणाली नियन्त्रण विभागका उप–प्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए ।

प्रकाशित मितिः आइतबार, ०१ असार २०८२
https://jawaaf.com/storage/01JXQ38STMS6B58SR0V34M659G.jpg

बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने मिति नजिक ः कस्तो छ प्राधिकरणको तयारी ?

काठमाडौँ । भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपाल, भारत र बंगलादेश बिच भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले भोलि (जुन १५ अर्थात् असार १) देखि बंगलादेशमा बिजुली पठाउनु पर्नेछ ।

गत वर्ष असोज १७ मा तीनओटै देशका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा भएको सम्झौता पश्चात् नेपालले १२ घण्टाका लागि मात्रै बंगलादेशमा बिजुली बेचेको थियो । तर, यसवर्ष तोकिएकै समयमा बंगलादेशमा बिजुली पठाउने तयारीबारे नेपाल विद्युत प्राधिकरणले हालसम्म औपचारिक जानकारी गराएको छैन् ।

यद्यपि, नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले भने सम्झौतामा तोकिएको मितिमै बिजुली निर्यात गर्नेगरी अन्तिम तयारी भइसकेको जानकारी दिएका छन् । ‘करिब दुईसाता अघिनै बंगलादेशले नेपालबाट बिजुली लैजानका लागि प्रतित पत्र (एलसी) खोलिसकेको छ । त्यसकारण असार १ मै बंगालदेशमा बिजुली बेच्नेगरी काम भइसकेको हो,’ उनले भने ।

सम्झौता अनुसार नेपालले आगामी पाँच वर्षसम्म हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा बिजुली पठाउनुपर्नेछ । गतवर्ष नेपाल र भारतबिचको पहिलो ४०० केभी अन्तरदेशीय प्रसारण लाइन ढल्केवर–मुजफ्फरपुर हुँदै नेपालको बिजुली बंगलादेश पुगेको थियो । यसवर्ष पनि सोही प्रसारण लाइन हुँदै नेपालको बिजुली बंगलादेश पुग्नेछ । त्यसका लागि विद्युतको मिटर मुजफ्फरपुरमा रहेको छ ।

मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश पुगेको थियो । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र आफ्नै सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने सहमति भएको छ ।

प्रकाशित मितिः शनिबार, ३१ जेठ २०८२