आपूर्तिमा अवरोध हुने त्रास बढेपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य बढ्यो
एजेन्सी । विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध हुने संभावना बढेपछि अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्य बढेको छ ।
इजरायलले इरानको आणविक सुविधाहरूलाई लक्षित गर्ने धम्की दिएपछि उत्पन्न क्षेत्रीय तनावका कारण तेलको मूल्य बढेको हो ।
अमेरिकी मिडियाले मंगलबार इजरायलले इरानको आणविक सुविधामा आक्रमण गर्ने तयारी गरिरहेको रिपोर्ट सार्वजनिक गरेको थियो ।
जसका कारण तेल आपूर्ति र क्षेत्रीय द्वन्द्व बढ्ने विषयले तनाव सिर्जना गराएको छ । जसले गर्दा बुधबार अन्तर्राष्ट्रिय तेलको मूल्य नाटकीय रूपमा बढेको छ ।
न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा जुलाई डेलिभरीको लागि हल्का कच्चा तेलको फ्युचर्सको मूल्य ९६ सेन्टले बढेको छ । जुन १.६ प्रतिशतले बढेको हो । जबकि जुलाई डेलिभरीको लागि ब्रेन्ट कच्चा तेलको फ्युचर्स ९७ सेन्टले बढेको छ जुन १.५ प्रतिशतले बढेको हो ।
इरान पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक)मा तेस्रो ठूलो तेल उत्पादक हो र इजरायलको हडतालले इरानबाट तेल आपूर्ति अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ । (सीसीटीभीप्लस)
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो ।
बुधबार १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोवार भैइरहेको छ ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।
आज एकैचोटी तोलामा ५ हजारले बढ्यो सुन
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य एकैचोटी तोलामा ५ हजार रुपैयाँ बढेको छ । मंगलबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
बुधबार छापावाल सुनको मूल्य बढेर १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९ सय ९० रुपैयाँ पुगेको हो ।
सुनको मूल्य बढ्दा चाँदी स्थिर
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ ।
आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १९ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।
सुनको मूल्यमा गिरावट
काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्यमागिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ८४ हजार २०० रुपैयाँ कायम भएको हो । यता, चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोलाएक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
८२ अर्ब ८२ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ८५ करोड १७ लाख बेरुजु
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक ताराप्रसाद पाण्डेले वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा ९३० र लेखा परीक्षण ऐन, २०७५ को दफा १९ को उपदफा ९४० बमोजिम महालेखापरीक्षकको कार्यालयबाट आर्थिक वर्ष २०८०/०८१ को आर्थिक कारोबारको लेखापरीक्षण गरी तयार गरिएको बागमती प्रदेशको ‘सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेश गरेका हुन् ।
नेपालको संविधानको धारा २४१ र लेखापरीक्षण ऐन, २०७५ मा संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालय, पूर्ण स्वामित्व भएका संगठित संस्था वा निकायको लेखा कानुनवमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यमेतको विचार गरी महालेखापरीक्षकवाट लेखापरीक्षण हुने व्यवस्था छ ।
प्रतिवेदनमा एकीकृत वित्तीय विवरणमा राय, लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणमा देखिएका बेरुजुको स्थिति, लेखापरीक्षणबाट देखिएका प्रमुख व्यहोराको सारांश, लेखापरीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति र भविष्यमा गर्नुपर्ने सुधार समावेश गरिएको महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक पाण्डेले बताए ।
यस वर्ष सूचकका आधारमा जोखिम विश्लेषण गरी निकायहरूलाई उच्च र न्यून जोखिममा वर्गीकरण गरिएको पाण्डेले बताउनु भयो । उहाँका अनुसार उच्च जोखिमयुक्त निकायको विस्तृतरूपमा स्थलगत र न्यून जोखिमयुक्त निकायको प्रमाणित वित्तीय प्रतिवेदन र आन्तरिक लेखापरीक्षण प्रतिवेदनका आधारमा लेखापरीक्षण गरिएको छ ।
यो वर्ष प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेश सरकारका मन्त्रालय र मातहतका सरकारी कार्यालय तथा समिति र अन्य संस्थासमेत २१४ निकायको ८२ अर्ब ८२ करोड ३५ लाख ८१ हजारको लेखापरीक्षण सम्पन्न भई ८५ करोड १७ लाख ८२ हजार बेरुजु कायम भएको छ पाण्डेले बताए । कुल लेखापरीक्षण अंकको तुलनामा बेरुजु १.०३ प्रतिशत रहेको छ ।
तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो ।
गत बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो । यसैबिच आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १४ सय रुपैयाँले घटेको हो ।
बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य तोलामा ६ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सयले बढेको हो ।
बुधवार तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको सुन आज एक लाख ९२ हजार २ सय कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज १ हजार ७ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(बुधबार) छापावाल सुन प्रतितोला १ हजार ७ सयले बढेर एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ८९ हजार ९०० मा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
