सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।
आइतबार तोलाको १ लाख ८८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर तोलाको १ लाख ८९ हजार ८०० सयले कारोबार भैइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आइतबार १ हजार ९८५ रुपैयाँमा कारोवार भएको चाँदी ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भैइरहेको छ I
सुनचाँदीको मूल्य सामान्य बढ्यो
काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।
शुक्रबार तोलाको १ लाख ८८ हजार ५ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ८८ हजार ८ सयमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा कारोवार भैइरहेको छ ।
सुनको मूल्य बढ्दा चाँदी घट्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । बिहीबार तोलाको १ लाख ८७ हजार ८ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यस्तो छ ६ वटा मन्त्रालयको बजेट
काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ ।
आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रम मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
यसैगरी सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै निरोगी नेपाल अभियान सञ्चालन गरिने समेत बताए ।
स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने बताए । उनले बिमितको सुविधा थैली क्रमशः विकास गरिने बताए । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिने बताए । उनले सबै प्रदेशका एकएक अस्पताललाई विशिष्टीकृत जलन अस्पताल बनाइने बताए ।
साथै सरकारले खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । बिहीबार बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नती गर्नेसहितका कार्यक्रम बजेटमा समावेश गरिएको बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ८ करोड बजेट पाएको छ ।
यसैगरी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन भएको छ ।
सरकारले तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । उनले अध्ययन सम्पन्न भएको तनहुँस्थित तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गरिने र बुढीगण्डकी आयोजना सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने पनि बताए ।
उनले भने, ‘सरकारले गरेको लगानीलाई सेयरमा परिणत गरेको छ । अपर अरुण किमाथाङ्का अरुण,नलगाड,मुगु कर्णालीको निर्माण ढाँचामा बनाइने छ । १०६ मेगावाटको जग्दुल्ला आयोजना निर्माण गरिने छ ।’
उनले ६७० मेगावाटको जलसाय युक्त दुधकोशी जलविद्युत आयोजनाको जग्गा मुआब्जाको काम सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने बताए ।
यसैगरी भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले १ खर्ब ५२ अर्ब बजेट पाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट भाषणमार्फत भौतिक मन्त्रालयका लागि विनियोजित बजेटबारे घोषणा गरेका हुन् ।
सहरी विकास मन्त्रालयका लागि सरकारले १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रस्तुत गरेको बजेट भाषणमार्फत उक्त मन्त्रालयका लागि सो बजेट घोषणा गरेका हुन् । यसैगरी खानेपानी मन्त्रालयको लागि सरकारले ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ ।
प्रस्तुत बजेट खर्च हुने आधारहरु देखिदैन् : सांसद वाग्ले
काठमाडौं । रास्वपाका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएपनि १५/१६ खर्बभन्दा बढी खर्च हुने आधारहरु नभएको बताएका छन् ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरुलाई लागेको बताए ।
उनले भने,‘सरकारले ल्याएको बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार छैन् । तर घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ । अर्थमन्त्रीले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याउनुभएको छ । तर यो पनि १५/१६ खर्बभन्दा बढी खर्च हुने आधारहरु छैन् । अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर लागेको छ ।’ राजस्वका विभिन्न कुराहरु पनि पत्यारिलो नभएको उनको भनाइ छ ।
संघीय बजेटमा कोशी प्रदेश : के के समेटिए ?
इटहरी । संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा कोशी प्रदेशका जिल्ला र स्थानमा लक्षित गरिएका विभिन्न महत्त्वाकाङ्क्षी समेत देखिने योजना समावेश गरिएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासदेखि ऊर्जा, पर्यटन, कृषि, स्वास्थ्य, खेलकुद र शैक्षिक क्षेत्रमा कोशी प्रदेशलाई समेटिएको देखिन्छ । सोही आधारमा अर्थमन्त्रीले बिहीबारको सदनमा तोकेरै प्रस्तुत गरेका मुख्य योजनाहरूमा कोशी प्राथमिकता परेको छ ।
खेलकुद र पूर्वाधार
बजेट वक्तव्यमा झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक रङ्गशाला निर्माण गरिने उल्लेख छ । जसले सबै प्रकारका खेल गतिविधि सञ्चालन गर्न सक्ने क्षमता राख्नेछ । यसबाहेक, सोलुखुम्बुमा उच्च उचाइमा खेल खेल्न सकिने ‘हाई अल्टिच्यूट स्पोर्टस स्टेडियम’ निर्माण गरिने योजना पनि बजेटमा समावेश छ ।
सिचाइ र लिफ्ट सिँचाइ
सुनसरी र मोरङका सिँचाइ आयोजनाको पुनर्निर्माण हुने र पहाडी क्षेत्रका किसानलाई सहयोग पुग्ने गरी लिफ्ट सिँचाइको व्यवस्था गरिने बताइएको छ ।
यातायात पूर्वाधार
रानी–इटहरी व्यापारिक मार्गको निर्माण सम्पन्न गर्न बजेट विनियोजन गरिएको छ । साथै कोशी कोरिडोरको विस्तार, अरुण कोरिडोरअन्तर्गत चतरा–लेगुवाघाट सडक निर्माण, तमोर कोरिडोर र दमक–चिसापानी सडक स्तरोन्नति, मेची राजमार्ग मर्मत तथा निर्वाचन क्षेत्र विशेष सडक निर्माणका लागि पनि बजेट व्यवस्था गरिएको छ । यस्तै धरान लेउती सुरुङ मार्गका लागि समेत स्रोत व्यवस्थापन गरिएको मन्त्री पौडेलले उल्लेख गरेका छन् ।
रेलमार्ग, केवलकार र हवाई सेवा
काँकडभिट्टा–इटहरी रेलमार्गको अधिग्रहण गरिएको जमिन फुकुवा गरिनेछ भने झापाको भद्रपुर र ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तार गरिने बजेटमा उल्लेख छ ।
तेह्रथुमको चुहानडाँडा र उदयपुरको सगरमाथा विमानस्थलका लागि आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारिनेछ । मन्त्री पौडेलका अनुसार पहाडी क्षेत्रमा केवलकार निर्माणका लागि सहजीकरण गरिने छ ।
पर्यटन प्रवर्धनमा नयाँ योजना
कोशीटप्पु देखि सगरमाथा पदमार्गको विकास र केचना–पाथीभरा पदमार्ग सञ्चालन गरिने छ । साथै, कोशी नदीमा राफ्टिङ लगायतका पर्यटन पूर्वाधार विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन् ।
स्वास्थ्य क्षेत्र
प्रत्येक प्रदेशमा स्थापना गरिने भनिएको जलन अस्पताल निर्माण योजनामा कोशी प्रदेश पनि परेको छ ।
शिक्षा र अनुसन्धान
संखुवासभामा विदुषी योगमाया आयुर्वेद हिमालयन विश्वविद्यालयको निर्माणका लागि बजेट व्यवस्था गरिएको छ, जसले पूर्वी नेपालको शैक्षिक र आयुर्वेदिक क्षेत्रमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
ऊर्जा क्षेत्र
दुधकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गरिने घोषणा गरिएको छ । यस आयोजनाले पूर्वी नेपालको ऊर्जा सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्नेछ । यस्तै सुनसरीमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिने अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन् ।
यहाँ उल्लेख गरेकासँगै राष्ट्रिय रूपमा परेका योजनाहरूमा समग्रताको फाइदा पनि कोशी प्रदेशले पाउन सक्ने अपेक्षा गरिएको छ ।
सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घट्यो
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको छ । आइतबार सुन प्रतितोला एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । आइतबार झै आज चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।
एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजारले रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदि तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो ।
यसअघि बिहीवार छापावाल सुन तोलामा १ लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गर्दै सान्भि इनर्जी
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रूपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने बाँकी कित्ता आईपीओ जेठ १३ गतेसम्म निष्कासन हुनेछ ।
बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसनर सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २३ गतेसम्म निष्कासनमा रहने छ ।
बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।
मेरो सेयर अनलाइनमार्फत पनि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीले ८ करोड ८० लाख रूपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र २ करोड ९१ लाख रूपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि यसअघि नै निष्कासन गरेको थियो।
त्यसैगरी, कम्पनीले १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ५८ हजार २०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि बाँडफाँट गरिसकेको छ।