शनिबार, २३ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JGNMVREP1203CT0QQMJ4RJ3H.jpg

कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पा स्वदेश फर्किए

काठमाडौँ । विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा अक्सिजन बिना नै आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरि शुक्रवार स्वदेश फर्किएका छन् । स्वदेश फर्किएका उनलाई नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका छन् । शेर्पाले अक्सिजनको सहायता विना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको रेकर्ड बनाएका छन् । शेर्पाले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका हुन् ।

Pathivara.gif 82.25 KB

स्वदेश फर्किएका जी शेर्पाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सानैदेखीको नेपाललाई विश्वसामू चिनाउने आफ्नो सपना पूरा भएको बताए । उनले सातवटै महादेशको हिमालहरू सफलतापूर्वक आरोहण गर्न सक्दा खुसी भएको बताए ।

baba_education.gif 870.63 KB

उनले भने, ‘मेरो एउटा सपना थियो नेपाललाई विश्वसामू चिनाउने आज यो लगभग पूरा भएको छ । हामी नेपालीहरु पनि विश्वसामु चिनिनुपर्छ । विश्वको जुनसुकै देशमा भए पनि हामी नेपाली पनि हरेक क्षेत्रमा अब्बल छौं भन्ने प्रमाणित गर्न सक्नुपर्छ ।’

यसैगरी उनले बिना अक्सिजन आरोहण गर्न धेरै अप्ठ्यारो नभएको बताए । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

प्रकाशित मितिः शुक्रबार, १९ पुस २०८१
https://jawaaf.com/storage/01JGE3YN95HWFSAZRQNXZXBRP6.png

जनकपुरमा विद्यार्थीहरू आन्दोलित, क्याम्पसमा तोडफोड

जनकपुर । जनकपुरधामको राराब (रामस्वरुप रामसागर बहुमुखी क्यामपस) का विद्यार्थीहरू आन्दोलित भएका छन् । बुधवार (भोलि) देखि सुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरू बिहानै देखि विरोधमा उत्रिएका हुन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

विद्यार्थीहरूले क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसर भित्र राखेको काठका सामाग्रीहरूमा आगोसमेत लगाएका छन् ।

यसअघि आजसम्म कहिले राराबा क्याम्पसको परीक्षा केन्द्र अन्य क्याम्पसमा राखिएको थिएन । नियतवस निजी क्याम्पसका सञ्चालकहरूको पैसाको चलखेल र मिलेमतोमा नौंसय जना विद्यार्थीबाहेक बाँकी विद्यार्थीहरूको परीक्षा केन्द्र अन्य क्याम्पसमा राख्न लगाएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । उनीहरूले यो निर्णय आजै नसच्याए भोलि मधेस प्रदेशभरी कुनै ब्याचलर तहको परीक्षा हुन नदिने चेतावनी दिएका छन् ।

AS.gif 486.54 KB

प्रकाशित मितिः मङ्गलबार, १६ पुस २०८१
https://jawaaf.com/storage/01JGB8HP63TX34YC6SD980SV64.jpg

नेपाल र चीनका विश्वविद्यालयबिच सहकार्य सम्झौता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबिच सहकार्य सम्झौता भएको छ । सोमवार प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य र बेजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो । 

MIC (1).gif 172.09 KB

समझदारी अनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन् । यसैगरी बेजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना हुनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत मङ्सिर १७ गतेदेखि २० गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा चीनसँग स्वयंसेवी चिनियाँ भाषा शिक्षणसम्बन्धी समझदारी भएको थियो ।

Pathivara.gif 82.25 KB

सो अवसरमा प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुुलपति ओलीले नेपाल र चीनबिच शताब्दीऔँ देखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबिच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसी व्यक्त गरे । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारी, लुम्बिनी विश्वविद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्य र नेपालस्थित चिनियाँ दूतावासका अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

baba_education.gif 870.63 KB

प्रकाशित मितिः सोमबार, १५ पुस २०८१
https://jawaaf.com/storage/01JGAKZJAGMWZ2D91W4JWJ835T.png

आज तमु ल्होसार देशभर मनाईँदै ,देशभर सार्वजनिक बिदा

काठमाडौँ । आज तमु ल्होसार पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार भव्य रूपमा मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रूपमै प्रस्ट छ, आज गुरुङ्ग समुदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरू जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वति बुद्धमार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ वर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ । यी ल्होसारहरूमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् ।

सरकारले ‘तमु ल्होसारको पर्वको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबिच यो पर्व मनाउँदै आएका छन् ।

प्रकाशित मितिः सोमबार, १५ पुस २०८१
https://jawaaf.com/storage/01JG6F8E6BS10BSEC169W1B23Z.jpg

प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयद्वारा शनिवार दरशथ रङ्गशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिष्कृत गर्न पनि आग्रह गरे । 

‘आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्याको काम लाग्दैन । ज्ञानलाई व्यवहारिक रूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पुर्खाको ज्ञानप्रति कृतज्ञ भएर उहाँहरूबाट सिक्नुपर्नेमा जोड दिए । 

साथै प्रधानमन्त्री ओलीले दीक्षित हुने विद्यार्थीलाई जहाँ गए पनि आदर्श व्यक्तिको रूपमा स्थापित हुन आग्रह गरे । 

उनले हामीले बनाउन खोजेको समाज एउटा इमान्दार समाज भएकाले जहाँ गए पनि आदर्श व्यक्तिको रूपमा स्थापित हुन आग्रह गरेका हुन् ।

उनले भने, ‘हामीले बनाउन खोजेको समाज एउटा इमान्दार समाज हो । सुसंस्कृति समाज हो । लोकतान्त्रिक समाज हो र नागरिक सर्वोच्चताको समाज हो । यो समाज शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत हुनुपर्दछ । सबै नेपाली शान्तिमय वातावरणमा ढुक्कले बाँचेका छन् । सम्मानित जीवन बाँचेका छन् । सुखी जीवन बाँचेका छन् त्यस्तो समाज बनाउन हामीले प्राप्त गरेको ज्ञान, सिप प्रविधि प्रयोग गर्न सक्नुपर्छ ।’

साथै उनले आफूले प्राप्त गरेको ज्ञान, सिप तथा प्रविधिको माध्यमबाट शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत समाज बनाउन विद्यार्थीहरूलाई आग्रह गरे । उनले विद्यार्थीहरूलाई देशको लागि सुयोग्य नागरिक बन्न समेत आग्रह गरे ।

कार्यक्रममा कुलपति ओलीबाट विभिन्न संकाय र तहका १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित भएका थिए । समारोहमा प्रमुख अतिथि अर्थशास्त्री डा.रामप्रकाश यादवले जीवनमा सङ्घर्ष र इमानदारीतालाई पछ्याउन सकेमा सफलता हासिल हुने बताए ।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले विश्वविद्यालयका क्याम्पसहरू एकापसमा गाभ्ने नीति लिइएको जनाए ।

पूरा भाषण हेर्नुहोस :

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/1YfTzbnpSgY?si=Y29tByGB9ejFJ88v" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः शनिबार, १३ पुस २०८१
https://jawaaf.com/storage/01JG3ZJS1Z17K8B36ZC6FP9DQQ.png

त्रिवि दीक्षान्त समारोहको तयारी पूरा, १४ हजार बढी विद्यार्थी सहभागी हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ५० औँ दीक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थीले प्रत्यक्ष सहभागी जनाउने भएका छन् । भोलि (शनिवार) हुने समारोहमा ७४ हजार एक सय ४९ जना दीक्षित हुने विद्यार्थी मध्य १४ हजार तीन सय आठ जनाले प्रत्यक्ष सहभागी जनाउने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । 

Pathivara.gif 82.25 KB

उनले भने,‘हाम्रो ५० औं दीक्षान्त समारोह आयोजना हुँदैछ । जसमा ७४ हजार एक सय ४९ जना दीक्षित हुने विद्यार्थी छन् । ती मध्य १४ हजार तीन सय आठ जना प्रत्यक्ष सहभागी हुँदै छन् । १८ हजार हजार अभिभावक र १४ हजार विद्यार्थी सहित समारोह आयोजना हुँदैछ ।’

त्यस्तै उनले समारोहमा मेडल प्राप्त गर्ने १७ जना मेडललिष्ट रहेको पनि जानकारी दिए । उनका अनुसार समारोह नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण हुनेछ । 

प्रकाशित मितिः शुक्रबार, १२ पुस २०८१
https://jawaaf.com/storage/01JG18QJ23ZYMBHT4X2JZNDQRC.jpg

नेप्से परिसूचक ४.१९ अंकले बढ्यो

काठमाडौं । सेयर बजारको मापक नेप्से परिसूचक आज(विहीबार)४.१९ अंकले वृद्धि भएको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ ।

Pathivara.gif 82.25 KB



विहीबार कुल ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको मूल्य स्थिर रह्यो । आज सेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेचबाट पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच भएका छन् ।


MIC (1).gif 172.09 KB



सेयर बजारका १३ उपसमूहमध्ये आज चार उपसमूहमा वृद्धि भएको छ । बैकिङ, इन्भेष्टमेन्ट, लघुवित्त, र व्यापार उपसमूह बढेका छन् । यस्तै, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमा लगायतका उपसमूह भने घटेका छन् ।

Planning_Consultancy.gif 1.45 MB


प्रकाशित मितिः बिहिबार, ११ पुस २०८१
https://jawaaf.com/storage/01JG14ZS200GYSVFRBJ7ZZFDYF.jpg

'आदिवासी जनजातिको अधिकार विभिन्न नाममा खोस्ने प्रयत्न भइरहेको छ'

काठमाडौँ । पूर्वमन्त्री तथा आदिवासी जनजाति अगुवाले आदिवासी जनजातिको प्राप्त अधिकार विभिन्न नाममा खोस्ने प्रयत्न भइरहेको भन्दै समयमै सचेत बन्नुपर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले आयोजना गरेको ‘नेपालको संविधानमा आदिवासी जनजातिका सवालहरू’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनीहरूले त्यस्तो बताएका हुन् ।

नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता शंकर लिम्बूले अमेरिकाको संविधानका निर्माताहरू नेटिब (आदिवासी)शासनबाट प्रभावित भएको बताएका थिए ।

Pathivara.gif 82.25 KB

भूमि र प्राकृतिक स्रोतको दोहनले आदिवासीलाई प्रभावित गरेको भन्दै उनले संविधानमा आदिवासीहरू दोस्रो दर्जाको हैसियतलाई मौलिक हकमा राख्ने बताए । आदिवासीको अधिकार दिनदिनै हनन भइरहेको भन्दै उनले गुठी संस्कृति, मन्दिरहरू भत्काइएको बताए । आदिवासीको प्रतिष्ठानमा संविधानले प्रहार गरेको भन्दै अधिवक्ता लिम्बूले दिनदिनै आदिवासी विरुद्धका कानुनहरू बन्दै गएको बताए ।

Greeting_2.gif 353.07 KB

कार्यक्रममा बोल्दै नेफिनका अध्यक्ष शेर्पाले आदिवासी सांसदहरूले आदिवासीका सवालमा नीति नियम बनाउँदा आदिवासी जनजातिको हित हुनेगरी बनाउनतिर ध्यान दिनुपर्ने बताए ।

नेफिनका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा सांसद सुदन किराँतीले नेपाली समाज सुहाउँदो प्राज्ञिक अध्ययन हुनुपर्ने बताए । मुलुकलाई विभाजन गर्न र देशलाई गृहयुद्धतिर धकेल्नतिर लान खोजिरहेको भन्दै उनले केही शक्तिले समानुपातिक व्यवस्था हटाएपछि मुलुक स्थिर हुन्छ भन्ने भ्रम फैलाइरहेको बताए ।

Furniture House.gif 947.74 KB

सांसद किराँतीले जनजागरण र संशोधन सँगसँगै हुनुपर्ने भन्दै आदिवासीको अधिकारका विरुद्धमा लाग्ने लाइ निर्वाचनबाट दण्डित गर्ने खाका तयार हुनुपर्ने समेत बताए । यसैगरी पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले अन्तरिम संविधान २०६३ भन्दा २०७२ सालको संविधान आदिवासी जनजातिका लागि प्रतिगमन भएको बताए । यसैगरी पूर्व सभामुख ओनसरी घर्ती मगरले आदिवासीहरू जुनसुकै पार्टीमा भएपनि आदिवासीको अधिकारका लागि एकजुट हुनुपर्ने बताए । संविधान संशोधनका कुरा उठ्दै गर्दा तल सडकबाट पनि दबाबमूलक कार्यक्रम मार्फत दबाब दिनुपर्ने उनको भनाई थियो ।

पूर्वमन्त्री कृपासुर शेर्पाले आदिवासी जनजातिबिच अधिकार प्राप्तिका लागि अझ बढी सुदृढ एकता आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री दिलमान पाख्रिनले एकढिक्का भएर आदिवासी अगुवाले आदिवासी अधिकार संरक्षणका निम्ति भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताको विषय सबै राजनीतिक दलमा उठिरहेको भन्दै उनले यसलाई विचार पु¥याउनुपर्ने बताए ।

baba_education.gif 870.63 KB

आदिवासी, दलित, मुस्लिम, मधेशी समुदाय एक ठाउँमा बसेर सोच्न आवश्यक रहेको उनको भनाई थियो । यस्तै सांसद सुशीला श्रेष्ठले आदिवासी जनजातिका जातीय, भाषिक समस्या धेरै भएको भन्दै त्यसको समाधानमा लाग्नुपर्ने बताए । सांस्कृतिक तथा भेषभूषा प्रदर्शन मात्रै अहिले भइरहेको भन्दै उनले हिजो भएका विभेदका कुराहरूलाई पनि बाहिर ल्याउन आवश्यक रहेको बताए ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

पूर्व सांसद जिपछिरिङ शेर्पाले आदिवासी जनजातिको प्राप्त अधिकारको संरक्षण गर्दै थप अधिकार प्राप्तिका निम्ति पार्टी नेतृत्वमा लबिङ गर्नुपर्ने बताए । 

 मानवशास्त्री डा।मुक्तसिंह लामाले सत्ता र शक्तिसँग कसरी लड्ने भन्ने शक्ति यो दुई दशकको अवधिमा आदिवासी अगुवाहरूले सिकेको बताउँदै चुपचाप बसेमा आदिवासी जनजातिका निम्ति केहीपनि चाहिने रहेनछ भन्ने बुझाइ हुने बताए । गर्न सकिन्छ है भन्ने केही उदाहरण पनि रहेको भन्दै उनले बागमती प्रदेशमा नेवारी र तामाङ भाषा सरकारी कामकाजको भाषा बनाउने ऐन पारित भएको स्मरण गराए ।

Greeting_1.gif 352.16 KB

जमिन खोस्ने अधिकार कसैलाई पनि नभएको भन्दै उनले कुनैपनि कानुन बनाएर आदिवासीको जमिन खोस्न नपाइने बताए । कार्यक्रममा संविधान सभाका सदस्यहरू पेम्बा भोटे, नगेन्द्र कुमाल, नेफिनका पूर्व महासचिव आङकाजी शेर्पा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ लगायतले आदिवासीको अधिकार संरक्षणका निम्ति एकीकृत आवाज बोकेर जानुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण महासचिव दिवस राई र उपमहासचिव रामकृष्ण ब्लोन तामाङले गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, ११ पुस २०८१
https://jawaaf.com/storage/01JG0ZN65Q72FFEVYAVQVDGH4Q.jpg

के धेरै सुगन्ध भएको साबुनले नुहाउँदा छालाको एलर्जी हुनसक्छ ?

डा.अमृता श्रेष्ठ छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ हुन् । दश वर्ष देखि सरकारी मेडिकल अफिसरको रूपमा सक्रिय डा.श्रेष्ठ शूक्रराज ट्रपिकल अस्पतालमा कार्यरत छिन् । छाला रोग विशेषज्ञका रूपमा कान्ति बाल अस्पताल, कोशी अस्पताल विराटनगरमा समेत सेवा गरिसकेकी उनीसँग छाला सम्बन्धी समस्या समाधान साथै जाडो याममा छाला सम्बन्धी समस्या लगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंश । 

जाडो महिनामा बढी मात्रामा स्कीन केयर गर्नु किन आवश्यक छ ?

स्कीन केयर दैनिक जीवनमा एकदमै महत्वपूर्ण काम हो । किनभने छाला हाम्रो शरीरको सबैभन्दा ठूलो पाटो हो । हामीभित्र कुनैपनि रोग छ भने त्यसको असर पनि शरीरमा देखिन्छ र छालामा पनि देखिनसक्छ । छालामा देखिने कतिपय कुराहरू भित्र न्यूट्रिस्नल डिफिसेन्सिले पनि गराउँछ । जस्तै आइरनको कमी भयो भने कपालहरू झर्ने, ओठको वरिपरि घाउ आउने गर्छ । त्यस्तै धेरै तनाव लिने गरेको छ भने पनि छालामा असर पर्छ । अन्य रोगका कारण पनि छालालाई नै असर गर्छ । दुबी जस्ता समस्याहरू छालामा देखिन्छ त्यही भएर छाला एकदमै महत्वपूर्ण हुन्छ । 

Pathivara.gif 82.25 KB

स्कीन केयर भन्ने बित्तिकै सुन्दरता भन्ने बुझ्ने चलन छ । स्कीन केयर के का लागि महत्वपूर्ण छ ?

स्कीन केयरलाई खाली सौन्दर्यसँग जोडेर मात्र हेर्न हुँदैन् । कुनै पनि विधामा राम्रो हुनको लागि पहिला छाला राम्रो देखिनुपर्छ, मान्छेको आत्मविश्वास नै छालाबाट हुन्छ । त्यसले मानिसले स्किीन केयरलाई मात्र डर्माटोलोजी मानिएको छ । तर यसको धेरै प्रकार र पाटोहरू छन् । बच्चाहरूको लागि पनि छुट्‍टै डर्माटोलोजी भन्ने छ, इन्फेक्सन जस्ता रोगहरूको आफ्नै पाटो छ । यस्तैगरी यौन संचारित रोक(एसटीआई) अर्थात् यौनिक रोगहरूको पनि छालामा नै असरहरू देखिन्छ । यी सबै कुराहरूले हेर्दा स्कीन केयर एकदमै महत्वपूर्ण हुन्छ । 

यसमा सबैभन्दा महत्वपूर्ण भनेको मोस्जराइजर, सनस्क्रिन, भिटामिन ‘सी’ सेरम, अन्य सेरमहरू प्रयोग गर्नु राम्रो हुन्छ । त्यसैगरी केमिकल पिलहरू हप्ता वा महिनामा प्रयोग गर्नुभयो भने अझै फाइदा हुन्छ । अनुहारलाई सूर्यको किरणबाट बचाउनुपर्छ । पूरै ज्यानलाई नै भन्न मिल्लदैन, फेरि भिटामिन ‘डी’को कमी हुनसक्छ । तर अनुहारमा चाया-पोतो नआओस् भन्नको लागि, डन्डीफोरको दागहरू नबसोस भन्नको लागि फेसलाई घामबाट बचाउनु आवश्यक हुन्छ । 

baba_education.gif 870.63 KB

जाडो महिनामा नै धेरै किन स्कीनमा समस्याहरू देखिन्छ ?

जाडोमा चिसो धेरै हुने हुँदा छालामा मोइस्चरको कमी हुन्छ । मोइस्चरको कमी भइरहेको हुन्छ त्यसमा ड्राइ हावाले गर्दा तातो पानीले नुहाउने, हिटरमा बस्ने गर्छौ यसले छालाको लिपिड्सहरु कम गराउँछ । छालालाई सुरक्षित गर्ने तत्वहरूको कमी पनि गराउँछ । त्यसले गर्दा छालाहरू सुख्खा हुने र विभिन्न समस्याहरू निम्ताउँछ । त्यही भएर मोस्जराइजरहरु प्रयोग गरेर छालाको मोइस्चरलाई सन्तुलनमा राख्नु अझै महत्वपूर्ण हुन्छ । 

नुहाउने समयलाई घटाउने, तातो पानीले धेरै समय ननुहाउने, धेरै सुगन्ध भएको साबुन प्रयोग नगर्दा राम्रो हुन्छ । धेरै सुगन्ध भएको साबुनले पनि एलर्जी गराउँछ । साबुन प्रयोग गर्दा पनि ग्लिसिरिन भएको शुद्ध खालको साबुनले छालालाई मोइस्चर गराउन सक्छ । लाइफबोइ साबुन सबैले प्रयोग गर्नुहुन्छ तर त्यसमा मोइस्चरको मात्रा कम हुन्छ । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

जाडोमा कुन उमेर समूहको मानिसको स्कीनमा बढी असर हुन्छ ?

चिसोले बुढाबुढी र युवाहरूलाई बढी असर गर्छ । बच्चाहरूको छाला बन्ने क्रममा नै हुने भएकाले धेरै समस्या नदेखिएला । यस्तै गरेर बुढाबुढीहरूको जति उमेर बढ्दै गयो छाला चिल्लो बनाउने ग्रन्थीहरू कम हुदैँ जान्छ । त्यही भएर जति उमेर भयो त्यति ड्राइनेशहरू बढ्छ । चिसोमा केयर गर्नुपर्ने स्कीन भनेको दुई उमेर समूहको हो । 

पुरुष र महिलाहरूको स्कीनमा देखिने समस्यामा के फरक हुन्छ ?

प्राय त दुबैमा उस्तै खाले नै समस्या देखिने गर्छ । कतिपय अवस्थामा मोइस्चराइजर कन्टेन्ट दुबैको स्कीनमा कमी हुन्छ । किनभने जाडोमा झन धेरै मात्रामा इन्टरनल हिटरहरूको प्रयोग गछौँ । त्यसले गर्दा छाताहरू एकदमै खस्रो हुने हुन्छ । धेरै मात्रामा मोइस्चराइजर प्रयोग गर्नुपर्छ । 

Furniture House.gif 947.74 KB

खानेकुरोमा चाहिँ कसरी ध्यान दिने ?

जाडो महिनामा पनि पानी बढी मात्रामा पिउनुपर्छ । दिनमा तीनदेखि चार लिटर पानी चाँही पिउनैपर्ने हुन्छ । जाडोमा पिसाब धेरै लाग्छ भनेर मानिसहरू पानी नै कम पिउने गर्नुहुन्छ । त्यसो गर्नु हुँदैन् । ताजा फलफूल र तरकारीहरू पनि बढी खानुपर्छ । तनावचाँही कम लिनुपर्ने हुन्छ । र नियमित रूपमा व्यायाम गर्नुपर्छ । स्किन केयर कै लागि पनि यो सबै गर्न आवश्यक छ । 

घरमा बसेर स्कीन केयर कसरी गर्न सकिन्छ ?

घरमै बसेर स्कीन केयर गर्दैगर्दा सबैभन्दा पहिला त राम्रो खालको फेसवास मात्र प्रयोग गर्नुपर्ने हुन्छ । फेसवासपछि अर्को महत्वपूर्ण कुरा भनेको मोइस्चराइजर नै हो । मुख धोएपछि अनुहारमा राम्रोसँग मोस्टाइज गर्नुपर्ने हुन्छ । र अर्को छुटाउन नहुने कुरा भनेको सनस्क्रिन हो । सनस्क्रिन चाँही दिनमा दुई–दुई घण्टाको अन्तरमा अनुहारमा र घाँटीमा लगाउनुपर्छ । बाहिर घाममा निस्कदा मात्र नभएर भित्रै बस्दा पनि आफ्नो स्कीनको अवस्था हेरेर एसपीएफ ३० देखि ५० सम्मको सनस्क्रिन लगाउनुपर्छ । धेरै चाया पोतो आउने स्कीन छ भने ५० एसपीएफको चाहिन्छ । नभए अरू स्कीनमा ३० कोले नै पुग्छ । सबैभन्दा महत्वपूर्ण कुरा पानी धेरै पिउने,जङ्क फुड नखाने र स्वास्थ्य जीवनशैली बिताउनु नै हो । 

Bantawa_Hardware.gif 563.38 KB

स्कीनलाई हेरचाह गर्ने नाममा बजारमा पाइने जुनपायो त्यही प्रोडक्टहरुको पनि प्रयोग गरिएको पाइन्छ । यसबाट जोगिन के गर्ने ?

स्कीनको केयर गर्ने नाममा झनै आफ्नो स्कीनलाई बिगार्ने काम त गर्नु हुँदै हुँदैन् । यस सम्बन्धि केही ज्ञान नै छैन् भने एक पटक आएर डाक्टरसँग भेट्न उपयुक्त हुन्छ । तर अहिलेको जमानामा प्राय सबैको हातमा मोबाइल फोन छ । सञ्चार माध्यम, फेसबुक, टिकटकतिर छाला सम्बन्धी जानकारीहरू राखिएको हुन्छ । त्यसरी पनि थाहा पाउन सकिन्छ । जथाभाबी रूपमा औषधिहरू प्रयोग गरेर स्किनलाई बिर्गान भन्दा डर्माटोलोजिष्टको सुझावलाई आत्मसाथ गर्नु नै उचित हुन्छ । 

हजुर आफैँमा एक डर्माटोलोजिष्ट हुनुहुुन्छ । हजुरले चाँही आफ्नो स्किनलाई कसरी हेरचाह गरिराख्नु भएको छ ?

बिहान उठेर मुख धुन्छु । मुख धुन क्लिनजर या त फेसवास प्रयोग गर्छु । मैले प्रयोग गर्ने फेसवास र क्लिनजर चाँही सिजन अनुसार परिवर्तन गर्ने गर्छु । क्लिनजर भन्दापनि जाडो महिनामा बढी क्लिनजर नै प्रयोग गर्ने गर्दछु । गर्मी महिनामा फेसवास प्रयोग गर्छु । मासिक केमिकल पिलहरु गरिरहेको हुन्छु । साधारणतया मोइस्चराइजर, सनस्क्रिन त प्रयोग गर्ने नै भइहालें तर समय मिलेसम्म सनस्क्रिन चाँही प्रत्येक दुई घण्टामा लगाउने गर्छु । 

बच्चाहरूलाई पनि सनस्क्रिन लगाइदिने गरेको देखिन्छ । बच्चाहरूले सनस्क्रिन प्रयोग गर्नु कत्तिको उचित छ ? 

कतिपयले नबुझेर बच्चाहरूलाई पनि ठूला मान्छेले प्रयोग गर्ने सनस्क्रिन प्रयोग गराएको देखिन्छ । तर त्यसो गर्नु हुँदैन् । दुई वर्ष भन्दा मूनीका बच्चाहरुले त सनस्क्रिन प्रयोग गर्नैं हुँदैन् । दुई वर्ष पछिको बच्चाको लागि किड्स सनस्क्रिन भनेर छुट्‍टै पाइन्छ । नत्र जे पायो त्यही प्रयोग गरियो भने बच्चाहरूको छालामा दीर्घकालीन असर देखिन्छ । 

विशेषगरी जाडोमा स्किन केयर एकदमै आवश्यक छ । जुनसुकै उमेरका व्यक्तिहरूले छालाको राम्रो हेरचाह गर्नु आवश्यक छ । नुहाउने बित्तिकै स्किनमा मोइस्चराइज गरिहाल्नु पर्छ अनि स्किन ड्राइ हुने समस्या कम हुन्छ । हाइपोथाइरोटिज्मदेखि विभिन्न रोगहरुसँग सम्बन्धित स्किनमा ड्राइनेस आउँछ । त्यसैले लामो समयदेखि स्किनमा ड्राइनेस छ भने मोइस्चराइजर लाएर मात्र बस्न हुन्न । डाक्टरसँग भेटेर टेस्टहरु पनि गर्नुपर्छ, परामर्श लिनुपर्छ । 

Daily_Dose_Adv_07_07.gif 652.54 KB
भिडियो मा हेर्न को लागी:

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/r2UtcqXA2Nk?si=sS98fkuZ1D8tOz2-" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः बिहिबार, ११ पुस २०८१
https://jawaaf.com/storage/01JFYKYSGX1ZB6KXHEXH8Q4VDB.jpg

तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता जनवरीमा हुँदै

काठमाडौं । तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशन (खुल्ला आरोहण प्रतियोगिता) को दोस्रो संस्करण आयोजना हुने भएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करण सफल भएपछि दोस्रो संस्करण आयोजना हुन लागेको जानकारी दिएका छन् ।

MIC (1).gif 172.09 KB

उक्त प्रतियोगिता यूएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एसोसिएसनको संयुक्त आयोजनामा हुन् लागेको हो । यूएस नेपाल क्लाइम्बर एशोसिएसनका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सेराप जाङ्बु शेर्पाका अनुसार उक्त प्रतियोगिता आगामी माघ १६ र १७ गते का दिन हुनेछ ।

क्वली राउन्डको लागि उपयुक्त ठाउँ छिटै सार्वजनिक गर्ने र सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा गरिने शेर्पाले बताए । उक्त प्रतियोगिता दुई चरणमा हुनेछ ।

Pathivara.gif 82.25 KB

प्रतियोगिताको संयोजक समेत रहेका संस्थापक अध्यक्ष शेर्पाले पर्वतारोहण खेलको प्रवर्धन गर्ने उद्देश्यसहित तेन्जिङ नोर्गे शेर्पाको नाममा उक्त प्रतियोगिता गर्न लागेको बताए । उनले यस प्रतियोगिताले आरोहण क्षेत्रमा रुची राखेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामीले अमेरिकामा पनि टप रोप एडिसन आयोजना गर्दै आएकाले नेपालमा पनि टप रोप एडिसन पहिलो पटक आयोजना गरिसकेकाले यसपटक दोस्रो एडिसनको पनि आˆनै देश नेपालमा प्रतियोगिता गर्न लागेका छौं, यसबाट साहसिक पर्यटन प्रवर्दधन हुने विश्वास लिएका छौं ।’

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

साथै, गत वर्ष पहिलो पटक गरिएको उक्त प्रतियोगिता आयोजनाले युवाहरूमा राम्रो छाप परेको शेर्पाले सुनाए । संस्थापक अध्यक्ष शेर्पाका अनुसार दुई दिनसम्म चल्ने प्रतियोगतामा पहिलो दिन क्वली राउन्ड र दोस्रो दिन सेमिफाइनल र फाइनल गरिने छ ।

उनले भने, ‘प्रतियोगितामा भाग लिन ५ सय लाग्ने छ । सो प्रतियोगितामा १२ वर्षभन्दा माथिकाले सहभागीता जनाउन सक्ने छन् ।’ कार्यक्रमले प्रतिस्पर्धा मात्र होइन, आरोहण संस्कृति, सौहा›ता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको कार्यक्रमका सह संयोजक तथा नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनका महासचिव पिम्बा तेन्जिङ लामाले बताए ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

उनले भने, ‘यो प्रतियोगिता मात्र होइन प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पाप्रति श्रदासुमन एवं श्रदानजली पनि हो ।’ आयोजकका अनुसार प्रतियोगितामा पुरुष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ । यस पटकको प्रतियोगितामा पुरुषतर्फबाट ५० देखि ४५ र महिलातर्फबाट २० देखि २५ जनाले सहभागीता जनाउने छन् । त्यसैरीगरी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला/पुरुषलाई क्रमशः ४५ हजार, ३५ हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

Furniture House.gif 947.74 KB

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसले प्रविधिक जिम्मेवारी समाल्ने छ । यूएसएनसीए (यू. एस. नेपाल क्लाइम्बरस एशोसिएसन) र एनएनएमजीए (नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसन) बीच प्रत्येक वर्ष पालैपालो कोडिनेटर हुने गरी कार्यक्रम सञ्चालन गर्ने सहमति (एमओयू) भएको आयोजकले जनाएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः बुधबार, १० पुस २०८१