शनिबार, २३ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JFBTS5KBCAPAS0AGZS2321ZF.jpg

त्रिविको सम्पति छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले आज प्रतिवेदन हस्तान्तरण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा आयोगका सदस्य महेन्द्र थापाले प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन हस्तान्तरण गर्दै प्रतिवेदनको सारांशबारे ब्रिफिङ गरेका हुन् ।

Pathivara.gif 82.25 KB

गत जेठ १७ गते मन्त्रीपरिषद् द्वारा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरिएको थियो ।

आयोगले यही मङ्सिर १४ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझेपछि प्रधानमन्त्री ओलीले छानबिनमा सक्षम व्यक्तिको संयोजकत्वमा आयोग गठन गरिएको उल्लेख गर्दै प्रतिवेदनले औँल्याएका निष्कर्षलाई अविलम्ब कार्यान्वयन गर्दै थप अध्ययन र खोजबिन गर्नुपर्ने बताए ।

AS.gif 486.54 KB

आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरी निचोडमा पुग्नुपर्ने प्रधानमन्त्री एवं त्रिविका कुलपति ओलीको भनाइ थियो ।

संयोजक त्रिताल अस्वास्थ्य भएका कारण सदस्य महेन्द्र थापाले संयोजन गरी प्रतिवेदनलाई अन्तिम रूप दिएका थिए । प्रतिवेदनले विसं २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसका जग्गाको अवस्था, दुरुपयोग र उपयोगका लागि समाधानका उपायहरू समेत सुझाएको छ । समितिले जग्गाको दुरुपयोग भएका सम्बन्धमा अख्तियार दुरुपयोग आयोग र नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लेखी पठाउन पनि सुझाव दिइएको छ ।

Furniture House.gif 947.74 KB

प्रकाशित मितिः बुधबार, ०३ पुस २०८१
https://jawaaf.com/storage/01JFBPBD4JAKAMNEGCG80RACVF.webp

यस्तो छ, आजको मौसम

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराई तथा उपत्यका केही स्थानहरूमा भने हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको लागेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा भने मौसम सफा रहने छ ।

यस्तै, राति भने हिमाली, पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ ।

 

प्रकाशित मितिः बुधबार, ०३ पुस २०८१
https://jawaaf.com/storage/01JFADAGTEG6RH0PC0Y60X2E9A.jpg

कौसिलाको सक्रियतामा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

धरान । धरान उपमहानगरपालिका वडा नं. १४ निवासी कौसिला चेमजोङको सक्रियतामा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । धरान –१४ स्थित दन्तकालि माध्यमिक विद्यालयमा अध्ययनरत बालविकास कक्षा देखी कक्षा ५ सम्मका जम्मा ६५ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो । 

Daily_Dose_Adv_07_07.gif 652.54 KB

सोही विद्यालयको पोसाक सँग मिल्ने रङ्गको एक विद्यार्थीका लागि एक थान सुइटर वितरण गरिएको थियो । आज स्कुलकै प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा कौशिला चेम्जोङ, विद्यालय प्रधानाध्यापक दुर्गा बहादुर थापा र सह-प्रधानाध्यापक श्री प्रसाद कोइरालाद्वारा उक्त सामाग्री विद्यार्थीहरूलाई वितरण गरिएको थियो ।

Pathivara.gif 82.25 KB

विद्यार्थीहरूले जाडोका कारणले स्कुल तथा पढाई बाट वञ्चितहुन नपरोस र नियमित विद्यालय आउन प्रेरणा मिलोस् भन्ने उदेश्यले मेरो सक्रियतामा आवश्यक रकम सङ्कलन गरी न्यानो कपडा वितरण गरेको कौशिला चेम्जोङले बताए । ती सहयोगी मन र व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्दै सम्पूर्ण सहयोग विवरण आफ्नो फेसबुक मार्फत सार्वजनिक गर्ने जानकारी गराएकाछन् ।

Furniture House.gif 947.74 KB

कार्यक्रममा जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बु, सचिव शम्भु राई (पृथक्),सहसचिव रणजित राई, समाजवादी महिला संघ धरान नगर अध्यक्ष पुण्य कुमारी दाहाल तथा विद्यालयका शिक्षक कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

Babu.jpeg 322.21 KB

कौशिला चेम्जोङ जसपा धरान –१४ वडा समितिका अध्यक्ष पनि हुन । सामाजिक,राजनीतिक तथा व्यावसायिक कार्यहरू क्रियाशील चेम्जोङले गत साउन महिनामा श्री पिण्डेश्वर बाबा धाम धरानमा बोलबमको अवसरमा जल अर्पण तथा पूजा आराधना गर्न आएका भक्तजनहरूका लागि निःशुल्क पिउने पानी वितरण पनी गरेका थिए।

प्रकाशित मितिः मङ्गलबार, ०२ पुस २०८१
https://jawaaf.com/storage/01JF6M05NSCCV75K7G9WJ44WVB.jpg

नेपाल कबड्डी लिग (एनकेएल) को ड्राफ्ट : ६ टिममा ८४ खेलाडी

काठमाडौँ । नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट आइतवार सफलतापूर्वक सम्पन्न गरिएको छ । ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी छनोट गरेका छन् ।

एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् ।

Pathivara.gif 82.25 KB

विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् । बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षक राखेका छन् । जसमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमार छन् ।

१९ औं एसियाली खेलकुदमा नेपाली महिला टिमले कांस्यपदक जित्दाकी प्रशिक्षक पार्वतीले पुरुष टिम सम्हाल्ने संभववत् पहिलो नेपाली प्रशिक्षक बन्ने अवसर पाएकी छन् भने भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् ।

baba_education.gif 870.63 KB

प्रशिक्षकपछि मार्की खेलाडी घोषणा गरिँदा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा, काठमान्डुमा घनश्याम रोका मगर र पोखरामा प्रदीप मिजार परेका छन् । भारतको प्रो कबड्डी लिगमा आबद्ध घनश्याम नेपाली राष्ट्रिय टिमका कप्तान पनि हुन् ।

प्रशिक्षक र मार्कीको छनोटपछि एनकेएलमा खेलाडीको ड्राफ्ट गरियो । ड्राफ्टमा ९२ जना नेपाली र २५ बिदेशी गरी कुल १ सय १७ खेलाडी रहेका थिए । बिदेशी खेलाडीमा थाइल्यान्ड, श्रीलंका, बंगलादेश र केन्याका थिए ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

प्रशिक्षकहरूले आ–आफ्नो रणनीतिअनुसार ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी लिएका छन् । जसमा ६६ नेपाली र १८ जना विदेशी खेलाडी छन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले २ देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् ।

कार्यक्रमका प्रमुख अथितीका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भने, ‘निजी क्षेत्रबाट देशको खेलकुदको लागि ठूलो योगदान भइरहेको छ । ठूला कार्यक्रम आइरहेका छन् । यसमा एनकेएल पनि आएको छ । एनकेएलको सुरुआतले कबड्डीलाई नेपालमा विकास, विस्तार र व्यावसायिकताको मार्गमा लाने विश्वास छ ।’

Bantawa_Hardware.gif 563.38 KB

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीले भने, ‘मधेशमा निक्कै लोकप्रिय खेलको रुपमा रहेको कबड्डीलाई हामीले नयाँ उचाई दिनको लागि एनकेएल ल्याएका छौं । यसले कबड्डी खेलेरै पनि खेलाडीले केही गर्नसक्छ भन्ने देखाउन चाहान्छौँ । वास्तवमै हामी कबड्डीलाई एनकेएलमार्फत् व्यावसायिक खेलको रूपमा स्थापित गर्न चाहान्छौँ ।’

प्रकाशित मितिः सोमबार, ०१ पुस २०८१
https://jawaaf.com/storage/01JF51BHQKB5NWKN4DWB15FB71.jpg

प्रकृति भूमिको पूजा गर्दै उँधौली मनाइदैँ

प्रकृति भूमिको पूजा गर्दै उँधौली मनाइदैँ

भाले बास्यो पर्वतैमा, पोथी ना बास्यो गाउँमा ।

यति जना भेला ना भयौँ, साकेन्वाको नाउँमा ।।

गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ ।

ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौँ ना नाचौँ लाग्छ ।।

धरानका साकेला थानहरूमा आज यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरूको लस्करै देखिन्छ । धरान–१० का पूर्णिमा राईले साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पुर्खाहरूले मान्दै आउनु भएको किरातीहरूको महान् चाडपर्व हामीले बिर्सिनु हुन्न यसलाई हामीले संरक्षण गर्नुपर्छ । त्यसैले म त भाइबहिनी साथी भाइलाई पनि लिएर साकेला नाच्न आएकी हुँ ।”

Pathivara.gif 82.25 KB

दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोलो, लाछा, शिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त छन् । छातीमा पेचुरी धजुरी, वाबुु , बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवा-युवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीव-जनावरको हाउभाउ गर्दै नाचिरहेका छन् ।

72161500-7e05-4e3a-9125-775dc309617e.jpeg 73.62 KB

आधुनिक सहरका रुपमा परिचित धरानमा अरू बेला आधुनिक गीत, हिपहप, रकजस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवा पुस्ताहरू पछिल्लो समय उँधौली–उँभौली जस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउने गरेका छन् । आज साकेला थानमा साकेला सिलीमा युवा पुस्ताकै बाक्लो उपस्थिति रहेको छ ।

धरान–१५ का सरोज राईले साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्ने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “आफ्नो पुर्खाले मान्दै आएको चाडपर्व हामी किरातीलाई चिनाउने एउटा मुख्य चाडको रूपमा लिइन्छ । हामीले साकेला आउनुभन्दा केही दिनअघिदेखि नै अग्रजहरू सँग प्रशिक्षण लिई साकेला नाच्न जान्छौँ ।

Planning_Consultancy.gif 1.45 MB

साकेला आउदा छुट्‍टै रमाइलो हुने गरेको धरान–१८ का अविशेक राई बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘हामीले साकेलामा बान्तावा सिलिका रुपमा विभिन्न गीतहरू प्रस्तुत गरेर नाच्ने गर्छौ । “आफ्नो संस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने हिसाबले पनि साकेलाको अवसर पारेर भाइबहिनीलाई साकेला सिलीहरू सिकाएर धरानबाहेक अरू ठाउँहरूमा पनि नाच्न जाने गरेका छौँ” ।

उधौली साकेला सांस्कृतिक रूपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ । हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावरको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ । हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाति र ठाउँपिच्छे फरक-फरक हुने गरेको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

6dddb13a-8b89-4c45-981e-cf00af850b9a.jpeg 33.47 KB

पूर्वका धरान, इटहरी, तरहरा, बेलबारी, विराटचोक, दमक, उर्लाबारी, पथरी, बिर्तामोड लगायतका सहरी क्षेत्रहरूमा यस पर्व उत्सवका रूपमा मनाउने प्रचलन बढिरहेको छ । साकेला विशेषगरी उँधौली र उँभौलीमा मात्र नाच्ने गरिन्छ तर पछिल्लो समय विवाह, व्रतबन्धलगायतमा पनि नाच्ने गरेको पाइन्छ ।

बुढापाकाको भनाइअनुसार पूर्वी पहाडी भेगमा उँधौली अर्थात् उँभौली नाच सुरु हुनुभन्दा अगाडि पितृ पुजिन्छ । पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुन्न भन्ने मान्यता रहेको धरान–११ का चिन्तमणि राईको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘पहाडी भेगमा मनाइने साकेला र तराई भेगमा मनाइने पितृ पुज्ने धामी अथवा (नाक्छोङ) ले गाउँभन्दा बाहिर गएर गरिखानु हुँदैन भन्ने चलन रहेकाले वर्षमा घरको एक पाथी अन्न दिने चलन छ ।’’ पछिल्लो समय यो चलन लोप हुँदै गएको राईको भनाइ छ ।

यस चाडमा किरात राईहरूले पुर्खा लाई सम्झेर सिलीमार्फत सम्मान गर्छन् । किरात राई समुदायमा पुर्खाहरूको ठूलो स्थान र महत्व छ वर्षमा दुई पटक यस पर्व मनाइन्छ उँधौली र उँभौलीमा पितृहरूको पूजा अथवा (माङ) गर्ने चलन छ ।

8588adee-a55c-4627-955f-3332730f333f.jpeg 85.55 KB

साकेला किरात राईहरूको पहिचानसँग जोडिएको छ । आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पूजालाई महान चाडको रूपमा लिने चलन किरात समुदायमा छ । यसलाई विशेष अवसर मानेर किरात राई महिला तथा पुरुषहरू मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गर्दछन् । “साकेला अथवा–उँधौलीप्रति युवा पुस्ताको चासो बढ्नु अत्यन्तै सकारात्मक रहेको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पछिल्लो समय पहिचान र मौलिकताप्रति युवापुस्तामा आएको चेतना हो, आधुनिक पुस्तामा पनि अब आफ्नो उद्गम र थातथलोको महत्वको बोध हुँदै गएको छ ।”

राई समुदायको बाहुल्य रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला सिली नाच्नेहरू उत्तिकै हुन्छन् । काठमाडौँमा पनि पुर्बेली राई समुदायको बसोबास भएका क्षेत्रमा युवा साकेला नाचिन्छ । काठमाडौँका टुँडिखेल, हात्ती वनलगायत स्थानमा साकेला नाच्ने गरिएको छ ।

MIC (1).gif 172.09 KB

चार किरात (राई, लिम्बू, सुनुवार र याख्खा) समुदायमा मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने उधौली र वैशाख पूर्णिमालाई बाली लगाउने समयका रूपमा उँभौली पर्व भव्यताका साथ मनाउने प्रचलन रहेको छ । सोही प्रचलन अनुरूप आइतवार राईहरूले साकेला/साकेन्वा मनाइरहेका छन् भने लिम्बु समुदायले चासोक तङ्नाम, याक्खाले चासुवा र सुनुवारले फलेस्याँदर चाड मनाइरहेका छन् । उधौलीलाई लिम्बु, सुनुवार र याक्खाले समुदायले भव्य उत्सवका रूपमा मनाउँछन् भने राईहरूले मङ्सिर पूर्णिमा अर्थात् उँधौलीमा राई समुदायले एक दिन साकेला थानमा सिली नाचेर मनाउने गरेका छन् । वैशाख पूर्णिमा अर्थात् उँभौली एक महिनासम्म टोलटोलमा झोल झ्याम्टा बजाउँदै साकेला मनाउने गरिन्छ ।

हरेक वर्षको मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली पर्व किराँती मान्यताअनुसार आजको दिनदेखि हिउँद सुरु भयो, मार्गशीर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएको खुसियालीमा यो पर्व मनाउने गरिएको बुढापाकाको भनाइ छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बुढापाकाको भनाइ छ भने मङ्सिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ रहेको छ ।

किरात जातिहरूको मागलाई सम्बोधन गर्दै सरकारले २०५८ सालमा उँधौली अर्थात् मङ्सिर पूर्णिमालाई किरात चाड घोषणा गरेको थियो भने २०६४ सालमा उँभौली अर्थात् वैशाख पूर्णिमा समेतलाई किरात चाड भनेर घोषणा गरिएको थियो । उँधौली र उँभौलीमा सरकारले राष्ट्रिय बिदासमेत दिने गरेको छ । सरकारले किरात चाड घोषणा गरेपछि उँभौली र उँधौलीलाई विशेष उत्सवका रुपमा मनाउने गरिएको छ ।

चासोक तङ्नाम

लिम्बू समुदायले महान् चाडका रूपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम न्वागी पूजो अर्थात् उँधौली पूजा पनि भन्ने गरिन्छ । उँधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व मनाउने गरिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदाय अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिएको धरान १५ का प्रदीप मेन्याङ्बोले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रूपमा चासोक तङ्नामलाई लिइने गरिन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान तङसिङे पनि गर्ने गरिन्छ ।’’

baba_education.gif 870.63 KB

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाएमा धुताउने, बौलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने, अन्धो बनाउने, कान दुखाउने, बहिरा बनाउनेजस्ता भयावह रोगव्याधिले दुःख पाइने लिम्बू समुदायको विश्वास छ । 

यो समयमा हिमाली भागमा हिउँ पर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झारिने गरिन्छ, जसलाई उँधौली झारिएको भन्ने गरिन्छ । यिनै गाईगोठलाई हिउँदभरि खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिन्छ, जसलाई उँभौली भन्ने गरिन्छ ।

जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्रकृति पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्राथना गर्ने गर्छन् । यसलाई  उँभौली पूजा भन्ने गरिन्छ र यिनै देवीदेवताको आशीर्वादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिएको मेन्याङ्बोको भनाइ छ  ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने चासोक तङ्नाम न्वागी पूजा अर्थात् उँधौली सुरु भएको छ । चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजाअर्चना गरी खाने चलन छ । यो पर्व प्रत्येक वर्ष संसारभरि छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गरेका छन् ।

यस पर्वको अवसरमा नेपाल, भारत, हङ्कङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिकालगायत मुलुकमा रहेका लिम्बू समुदायले जातीय भेषभूषासहित सांस्कृतिक कार्यक्रम गरी चासोक तङ्नाम मनाउने गरेका छन् । राजधानी काठमाडौँ सहित पूर्वी नेपालको सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लामा रहेका लिम्बू बस्तीमा विभिन्न कार्यक्रम गरी चासोक मनाउने गरिन्छ । 

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः आइतबार, ३० मंसिर २०८१
https://jawaaf.com/storage/01JF4M3DBSAPFAVGS48ZW67ZXX.jpg

नेपाल राष्ट्र बैंकद्धारा यस आर्थिक वर्ष पहिलो चार महिनाको तथ्यांक सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनाको तथ्यांक सार्वजनिक गरेको छ । यस अवधिमा वित्तीय तथा म्याक्रो–आर्थिक क्षेत्रमा विभिन्न महत्त्वपूर्ण परिवर्तनहरू देखिएका छन् ।

Pathivara.gif 82.25 KB

विदेशी व्यापारमा सुधार

निर्यातमा वृद्धि यस अवधिमा निर्यातमा २.४ प्रतिशतको वृद्धि देखिएको छ र यो ४६ अर्ब रुपैयाँ पुगेको छ ।

आयातमा कमी : आयातमा ९.५ प्रतिशतको कमी आएको छ र यो ५८५ अर्ब रुपैयाँमा सीमित भएको छ ।

व्यापार घाटामा कमी : व्यापार घाटा ५३८ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले घटेको हो ।

विदेशी मुद्रा सञ्चिति (रिजर्भ)

देशको विदेशी मुद्रा सञ्चिति १४.२ अर्ब अमेरिकी डलर पुगेको छ । यसले करिब १०.७ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको देखिएको छ ।

MIC (1).gif 172.09 KB

पुँजीगत खर्च र राजस्व सङ्कलन

राजस्व सङ्कलनमा वृद्धि : सरकारले २६८ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ, जुन अघिल्लो वर्षभन्दा ८.२ प्रतिशतले वृद्धि भएको हो ।

पुँजीगत खर्चमा कमी : पुँजीगत खर्च २२ अर्ब रुपैयाँ मात्र भएको छ, जुन कुल बजेटको न्यून प्रतिशत हो ।

विदेशी लगानी र श्रम प्रवाहमा वृद्धि

वैदेशिक प्रत्यक्ष लगानी (FDI) वैदेशिक प्रत्यक्ष लगानीमा उल्लेखनीय वृद्धि भएको छ र यो २.५ अर्ब रुपैयाँ पुगेको छ ।

रेमिट्यान्समा वृद्धि : रेमिट्यान्स ९.५ प्रतिशतले वृद्धि भई ४१२ अर्ब रुपैयाँ पुगेको छ ।

मुद्रास्फीति

यस अवधिमा मुद्रास्फीति ७.३ प्रतिशत रहेको छ। खाद्यान्न र ऊर्जा क्षेत्रमा मूल्यवृद्धि उच्च देखिएको छ ।

अर्थतन्त्रमा केही सकारात्मक प्रगति भए पनि पुँजीगत खर्चको न्यून उपयोग र व्यापार घाटा घटाउने दीर्घकालीन योजना नहुँदा चुनौती कायमै छ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः आइतबार, ३० मंसिर २०८१
https://jawaaf.com/storage/01JF4BT39T9M1FMXASQ4619BA0.jpg

त्रिविमा ८ डीन र ३ निर्देशक नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ८ डीन र ३ निर्देशक नियुक्त भएका छन् । आइतवार त्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशक नियुक्त गरेको हो ।

नियुक्त भएका डीनहरूमा शिक्षाशास्त्र संकायतर्फ प्रा.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा.डा. मोहनराज शर्मा, मानविकी तथा सामाजिकशास्त्र तर्फ प्रा.डा. दुबिनन्द ढकाल रहेका छन् ।

Pathivara.gif 82.25 KB

यस्तै, व्यवस्थापन संकायमा प्रा.डा. महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा. किशोरचन्द्र दाहाल र इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा.डा. सुशीलबहादुर बज्राचार्य रहेका छन् ।

MIC (1).gif 172.09 KB

त्यसैगरी परिषदले शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा.डा. मीना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ ।

यसअघि त्रिविको सिनेट बैठकमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस ७ गतेभित्र सबै नियुक्ति गर्न निर्देशन दिएका थिए ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

प्रकाशित मितिः आइतबार, ३० मंसिर २०८१
https://jawaaf.com/storage/01JF44550TK9V7GPXS07QP0NW4.jpg

आज देशभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

MIC (1).gif 172.09 KB

सरकारले सार्वजनिक बिदा दिएसँगै आज सरकारी कार्यालय र विद्यालयहरू बन्द रहनेछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूहरूले चासोक तङ्नाम मनाउने गर्छन्। पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै छन् ।  

Pathivara.gif 82.25 KB

प्रकाशित मितिः आइतबार, ३० मंसिर २०८१
https://jawaaf.com/storage/01JF46DCQMS376GHCPXJBG35H7.jpg

Rising Star in the Business and Tourism Industry: Bandana Rai’s Endeavour Towards Destiny

Lalitpur, Nepal. At just 21 years old, Bandana Khaling Rai, a Gorkhali Cheli (young woman) and native of Solukhumbu, Nepal, is already carving out a promising career in the tourism and hospitality sector. Currently in her final year of studies at Mid-Valley International College, Rai is on track to complete her Bachelor of Business in Hospitality Management (Honors) (BHM).

Academic Excellence and Dedication
Rai’s Academic achievements have been exceptional. She scored an A+ in her Higher Secondary Education Board (HSEB) exams, showcasing her commitment to excellence. Her disciplined approach to her studies and determination to succeed have been key drivers behind her impressive academic record. Rai follows a rigorous daily routine, including waking up at 5 a.m. every morning to work on her final-year degree projects and prepare for her future career.

“From 7 a.m. to 12 p.m., I am fully immersed in my
studies at college, which keeps me extremely
overwhelmed; however, it is all part of building the
foundation for my future,”
Rai said. “I am committed
to laying a solid cornerstone for my future, and I
believe that every effort I put in now will lead
to long-term success.”

Securing an International Opportunity
Rai has recently secured a contingent pre-employment offer letter for an internship at Mensyoku Co., Ltd. in Japan, where she will work under the mentorship of the company’s president, Makoto Nakahara. This certificate guarantees her a two-year job opportunity with the company following the internship, resulting in a significant step toward establishing her international career in the hospitality industry. Rai is set to fly to Japan in April 2025, marking a milestone in her professional journey. The internship offers invaluable hands-on experience and is an important step toward building a global career in tourism and hospitality.

Rai expressed, “The knowledge, skills, and, experiences
I gain through my internship and work in Japan will
empower me to fully harness Nepal’s rich natural
resources, cultural heritage, arts, and skilled
workforce—especially through the tourism industry—
while also inspiring new generations to drive sustainable
economic development and elevate the country’s global
recognition to its fullest potential.”

Balancing Work and Studies
In addition to her academic pursuits, Rai works at Hills Sherpa Trekking, a well-known trekking agency in Kathmandu. Here, she gains industry experience, learning from professionals in the field and honoring her skills in hospitality management. Her experience in Nepal’s tourism sector enriches her insights into the country’s natural and cultural heritage, which she aims to promote on a global scale.

“I believe working while studying is essential for gaining
practical experience,”
Rai shared. “It allows me to apply
what I have learned in real-world settings and lay
a solid bedrock for my future career in tourism
and hospitality.”

Solely Focused on Academic and Professional Growth
Rai has made a firm commitment to dedicate the next five years solely to her academic and professional development.

“For the next five years, my focus will be entirely on
my academic career and building professionalism,”
Rai stated. “This time is crucial for shaping my future,
and I am determined to make every moment count as
I work toward my goals.”

A Bright Future Ahead
Rai’s dedication to academics, combined with her hands-on experience in the tourism sector and the upcoming internship in Japan, sets the stages for a promising future. With a two-year job guarantee at Mensyoku Co., Ltd., she is poised to make a significant impact in the
hospitality and tourism industries both in Nepal and internationally.

Looking ahead, Rai misses her parents and shares a personal dream:

“I am grateful to my parents, who bore, raised, educated,
and made me who I am today. On top of that, I am
delighted with the fact that they always let me fly in the
open sky without clipping my wings. Simultaneously, I
look forward to the day when I can show them Japan
shortly, at least once in my life, as a way of expressing
my gratitude for all their contributions, fulfilling
parental responsibilities to achieve my dreams.”

Bandana Khaling Rai’s focused journey serves as a powerful example of integrity and dedication, offering valuable intution into the importance of education; as a result, her story sparks inspiration in young students in Nepal, particularly those aspiring to careers in hospitality, tourism, and international business, and in upcoming days, her remarkable footprint will notably establish her as a leading figure in the new millennium.

(Himan Rai is a professional researcher in language education pedagogy (ORCID: https://orcid.org/0009-0009-8624-8907) and has written this feature article based on an ethnographic research methodology from phenomenological perspectives.)

प्रकाशित मितिः शनिबार, २९ मंसिर २०८१
https://jawaaf.com/storage/01JF2JYJT8BET1RT5Z13Y8TFAC.jpg

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को अडिसन खुला

काठमाडौं । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरेको छ । 

MIC (1).gif 172.09 KB

नेपालभित्र र संसारको जुनसुकै ठाउँमा बसेका नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै गौरवमय परिचय र पहिचान बनाउन सक्छु भन्ने अभिलाषा राख्नु हुने सम्पूर्ण नेपाली भाषी समुदायका लागि यी दुई रियालिटी शोहरुको आयोजना हुन लागेको हो । 

Daily_Dose_Adv_07_07.gif 652.54 KB

सन् २०२३ मा यी दुबै रियालिटी शोहरुको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको थियो । यो अडिसन १५ देशहरुमा हुनेछ ।

अध्यक्ष, बोर्ड अफ डाइरेक्टर्स डिल्ली अधिकारीले पत्रकार सम्मेलन गर्दै सो अडिसन बारे शनिबार जानकारी गराएका हुन् । 

उनले भने, ‘संसारका ५२ देशमा बसोबास गरिरहेका नेपालीहरूको सक्रिय सहभागितामा भएको पहिलो सिजनको सफलताले हामी उत्साहित भएका छौ, कार्यक्रम सफल पार्न अरोहात्र सहगोग गर्ने नेपाल भीष सम्पुर्ण जनसमुदायमा हार्दिक धन्यवाद समेत व्यक्त गर्दछु ।’

Bantawa_Hardware.gif 563.38 KB

मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि वरिष्ठ गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायकहरू शिव परियार र पुष्पन प्रधान, गायिका अन्जु पन्त र तृष्णा गुरुङ निर्णायक (जज) को भूमिकामा रहेका छन् । यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को निर्णायक मण्डलीमा बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, चर्चित अभिनेत्री शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर वि.सी., किरण थापा रहेका छन् ।

Pathivara.gif 82.25 KB

मेरो भ्वाइस युनिभर्सको सिजन २ लाई रियालिटी सोको निर्देशनको क्षेत्रमा ख्याति कमाइ सकेका सुरेश पौडेलले निर्देशन गर्ने छन् भने डान्स युनिभर्सको सिजन २ का लागि निर्देशन विषयमै अध्ययन पूरा गरेकी मोसमी गुरुङले निर्देशन गर्ने छन् ।

दुबै शोहरुका लागि चर्चित कार्यक्रम प्रस्तोताहरु अनुबन्धित भएका छन् , जसमा रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखेल समेत छन् ।

मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन हुने देश र मिति 

१. अमेरिका र क्यानडा अडिसन मिति जनवरी २५ र २६, २०२५ स्थान कोलम्बस ओहायो ।

२. बेलायत अडिसन अडिसन मिति फेब्रुअरी १५ र १६, २०२५, स्थान लण्डन

३. पोर्चुगल अडिसन अडिसन मिति फेब्रुअरी १५ र १६, २०२५ स्थान लिस्वन

४. हङकङ अडिसन अडिसन मिति फेब्रुअरी १५ र १६, २०२५ हङकङ

५. जापान अडिसन अडिसन मिति फेब्रुअरी १५ र १६, २०२५ टोकियो

६. दुवाई अडिसन अडिसन मिति फेब्रुअरी २२ र २३ २०२५, स्थान– दुवई

७. कतार अडिसन,अडिसन मिति फेब्रुअरी २२ र २३ २०२५, स्थान– कतार

८.थाइल्याण्ड अडिसन अडिसन मिति फेब्रुअरी २२ र २३, २०२५ स्थान– बैंकक

९. अष्ट्रेलिया अडिसन, अडिसन मिति फेब्रुअरी २२ र २३, २०२५, स्थान–सिड्नी

१०. मुम्बई भारत अडिसन, अडिसन मिति फेब्रुअरी २९ र ३०, स्थान मुम्बाई भारत

११. सिलिग्री, भारत– अडिसन मिति मार्च ८ र ९, २०२५, स्थान सिलिगुरी

१२. पश्चिम नेपाल अडिसन, अडिसन मिति फेब्रुअरी २२ र २३, २०२५ स्थान पोखरा, कास्की

१३. मध्यपश्चिम र सुदूरपश्चिम अडिसन मिति फेब्रुअरी २९ र ३० स्थान नेपालगञ्ज

१४. पूर्वान्चल नेपाल अडिसन अडिसन मिति मार्च १५ र १६, २०२५, स्थान– दमक, झापा

१५. काठमाडौं जनरल अडिसन– अडिसन मिति– मार्च २९ र ३० २०२५, स्थान–काठमाडौं 

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शनिबार, २९ मंसिर २०८१