मङ्गलबार, १६ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K4RWZEQM4YJQBSBWA2SDFWYW.jpg

अझै निभेको छैन् मोहनबहादुर बस्नेतको घरको आगो

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेता मोहनबहादुर बस्नेतको घरमा जेनजी आन्दोलका प्रदर्शनकारीहरुले लगाएका आगो अहिलेसम्म पनि निभ्न नसेको छैन । 

बुधबार बिहानसम्म भक्तपुरको बालकोटस्थित नेता बस्नेतको घरमा लागेको बलिरहेको पाइएको हो । 

प्रदर्शनकारीहरुले नेता बस्नेतलगायत विभिन्न मन्त्री तथा सांसदहरुको कार्यालय र निजी निवासमा आगजनी र तोड्फोड गरेका थिए । 

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२
https://jawaaf.com/storage/01K4RWDRBY5B21ZMPHJ4H63QVK.jpeg

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क ग¥यो

काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस, एसएमएस र इन्टरनेट सेवा निःशुल्क गरेको छ । मुलुकभर जारी विभिन्न अवरोधबीच आम उपभोक्तालाई देश विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्ने उद्देश्यले विभिन्न सेवा निःशुल्क गरिएको एनसेलको भनाइ छ ।

उपभोक्ताहरुलाई सहज सञ्चारको पहुँचको सुनिश्चितताका लागि आज (मंगलबार) साँझ ७ बजेदेखि लागू हुने गरी ४८ घण्टा अर्थात् दुई दिनसम्मका लागि निःशुल्क लोकल भ्वाइस कल(एनसेल र नेपाल टेलिकम दुबै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराइएको एनसेलको भनाइ छ ।

एनसेलले देशभरमा हालै विकसित भएको दुर्भाग्यपूर्ण घटनाक्रमबाट अत्यन्तै मर्माहित भएको विज्ञप्तिमा उल्लेख गर्दै दुःखद् घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति हामी हार्दिक समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२
https://jawaaf.com/storage/01K4RVW9R9269M1EW6YXZ4G6BD.png

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाको आग्रह

काठमाडौं । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाले आग्रह गरेको छ । बुधबार बिहानैदेखि सेनाले विभिन्न स्थानमा माइकिङ गर्दै र बाहिर निस्किएका नागरिकलाई रोक्दै घरमै बस्न आग्रह गरेको हो । 

सेनाका अनुसार अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको जानकारी दिएको छ । 

गत दुई दिनको जेनजीहरुको आन्दोलनले जनधन तथा भौतिक संरचनाको क्षती भएसँगै हाल काठमाडौंका विभिन्न सडकमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । 

शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२
https://jawaaf.com/storage/01K4RVJS5RTXYBZGJ3PHQPH89W.jpg

जुम्ला कारागारबाट ३६ कैदी फरार, खोजी कार्य जारी

जुम्ला । जुम्लाको जिल्ला कारागारबाट ३६ जना कैदी फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीका अनुसार हिजो राति (भदौ २४ गते) जेलबाट कैदीहरू फरार भएका हुन्।

डिएसपी रेग्मीका अनुसार केही कैदीहरूलाई भाग्नुअघि नै नियन्त्रणमा लिइएको भए पनि ३६ जना भने हालसम्म सम्पर्कमा आएका छैनन्।

प्रहरीका अनुसार ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदीहरू फरार भएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार कैदीहरू योजनाबद्ध रूपमा भागेका हुनसक्ने आशंका गरिएको छ। घटनापछि स्थानीय सुरक्षाकर्मीहरूले खोजी अभियान तीव्र पारेका छन्।

काठमाडौँका कारागारमा जेनजी आन्दोलनको प्रभावसँगै जुम्लामा पनि प्रभाव परेको छ । प्रहरीका अनुसार राती कैदीहरूले प्रहरी माथि आक्रमण गरेर आफैँ बलपूर्वक फरार भएको प्रारम्भिक बुझाइ छ। हाल फरार भएका कैदीहरू कुन मुद्दामा कारागारमा थुनिएका थिए भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। घटनासँग सम्बन्धित थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२
https://jawaaf.com/storage/01K4RTQN03Z1HWXZ5A34RNJV03.avif

संसद भवन परिषदलगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना

काठमाडौं । नेपाली सेनाले गए रातिदेखि सुरक्षाको जिम्मा लिएसँगै नयाँ बानेश्वरस्थित संसद भवनलगायत महत्वपूर्ण स्थानहरु नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ । 

जेनजीहरुको आन्दोलनले क्षती पुगेको नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबारलगायत स्थानहरुमा सेना तैनाथ गरिएको हो । 

जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले काठमाडौँका विभिन्न स्थानबाट केही युवाहरूलाई पक्राउ समेत गरेको छ । यस्तै आज बिहानैदेखि देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि सेनाले आग्रह गरिरहेको छ ।

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२
https://jawaaf.com/storage/01K4RTAJHJ9Q35E633MBDQ1T91.jpeg

राष्ट्रहित र अपराध न्यूनिकरणका लागि मुलुक प्रति समर्पित हुन सम्पूर्ण नेपालीहरुलाई प्रहरी महानिरीक्षकको आव्हान

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षकको कार्यालयले नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनिकरणका लागि मुलुक प्रति समर्पित हुन सम्पूर्ण नेपालीहरुलाई आव्हान गरेको छ । 

मंगलबार साझ एक विज्ञप्ति जारी गर्दै नेपाली प्रहरी प्रधान कार्यालयले जेनजीहरुको आन्दोलनले कारण अनपेक्षित एवं दुःखद घटना भएको भन्दै राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनिकरणका लागि सबै लाग्नुपर्ने आवश्यक रहेको बताएको छ । 

विज्ञप्तिका भनिएको छ, ‘यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, दिदी बहिनीहरू नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनिकरणका खातिर जिम्मेवारी बोधका साथ मुलुक प्रति समर्पित हुन अत्यन्त आवश्यक भएको छ ।’ 

नेपाली प्रहरीले नागरिक–प्रहरीका साझेदारीपुर्ण, शान्तिपूर्ण सहकार्यको माध्यमले घाइतेको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण र शान्ति पुनस्र्थापनाका लागि सहयोगको अपिल समेत गरेको छ । 

‘उत्पन्न परिणाम स्वरूप परिस्थितिलाई बिग्रन नदिन र नागरिक–प्रहरीका साझेदारीपुर्ण, शान्तिपूर्ण सहकार्यको माध्यमले आन्दोलनका क्रममा भएका घाइतेको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनस्र्थापनार्थ निर्वाह गर्नुपर्ने राष्ट्रिय दायित्वमा एकाकार भई प्रहरीलाई सार्वजनिक शान्ति अमन चयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुन कार्यान्वयनको माध्यमले कानुनी शासन स्थापित गर्ने कार्यमा सबैले साथ सहयोग प्रदान गर्नु हुन नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ,’विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२
https://jawaaf.com/storage/01K4Q733K31HT3M81A302XF14X.jpg

नेपाल–भारत सीमामा कडाइ, ममता बनर्जीले जनाइन प्रतिक्रिया

काठमाडौं । नेपालमा जेनजी पुस्ताले आन्दोलन चर्काएपछि नेपाल–भारत सीमामा भारतीय सुरक्षा बलले सुरक्षा व्यवस्था कडा पारेको छ । उत्तराखण्ड प्रहरी मुख्यालयले मंगलबार भारत–नेपाल सीमामा सुरक्षा कडा पारेको सीएमओको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

पिथौरागढ प्रहरीले एसएसबीका कर्मचारीहरूसँग मिलेर काली नदी र सीमा प्रहरी चौकी क्षेत्राधिकार भित्रका अन्य संवेदनशील क्षेत्रहरूमा नियमित गस्ती र कम्बिङ अपरेसन सञ्चालन गरिरहेको छ।

त्यस्तै, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मंगलबार नेपाल सीमा नजिकका जिल्लाहरूलाई विरोध प्रदर्शनको बीचमा शान्ति कायम राख्न र ‘हस्तक्षेप’ नगर्न आग्रह गरेकी छिन्।

मिडियासँग कुरा गर्दै, मुख्यमन्त्री बनर्जीले सीमावर्ती जिल्लाहरूलाई आग्रह गर्दै भने कि यो उनीहरूको विषय होइन र यसमा निर्णय गर्ने अधिकार केवल नेपाललाई मात्र छ।

‘नेपालसँगको सीमा नजिकका हाम्रा जिल्लाहरूलाई कृपया शान्ति कायम राख्नुहोस् र यो हाम्रो मामिला नभएकोले कोही पनि कुनै समस्यामा नपरोस्। नेपाललाई आफ्नो आन्तरिक मामिलामा निर्णय गर्न दिनुहोस् । हामी उहाँहरुप्रति सद्भाव राख्छौं, यसमा हस्तक्षेप गर्नु हुँदैन,’ उनले भनिन्।

‘नेपाल मेरो देश होइन । यो विदेशी देश हो । त्यसैले म यसमा टिप्पणी गर्न सक्दिन। भारत सरकारले यसमा टिप्पणी गर्नेछ। तर यो हाम्रो छिमेकी देश हो, र नेपाल, श्रीलंका, बंगलादेश, भुटान र सबै सीमावर्ती राष्ट्रहरूलाई माया गर्छौं। यद्यपि, वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै, भारत सरकारले जानकारी गरायो भने, प्रतिक्रिया दिन सक्छौं । अन्यथा, यो मामिलाको हेरचाह गर्ने काम भारत सरकारले नै गर्छ,’ मुख्यमन्त्री ममताले भनिन् ।

देशका विभिन्न भागहरूमा दोस्रो दिन पनि हिंसात्मक विरोध प्रदर्शन जारी रहेपछि नेपालका प्रधानमन्त्री केपी ओलीले मंगलबार राजीनामा दिएका छन्। (एएनआइ)

प्रकाशित मितिः मङ्गलबार, २४ भदौ २०८२
https://jawaaf.com/storage/01K4Q4H0B0SMRB3EM930V5CZE2.jpg

आन्दोलनकारीको माग : अन्तरिम नागरिक सरकार गठन गरौं

काठमाडौं । जेनजी आन्दोलनका प्रमुख अगुवाहरुले प्रधानमन्त्रीको राजीनामासँगै नयाँ चुनावको अल्टिमेटम सहित नागरिक सरकार गठन गर्ने माग गरेका छन् । 

 मंगलबार वक्तव्यमार्फत प्रधानमन्त्रीको राजीनामा र ताजा जनादेशका लागि म्याडेटप्राप्त अन्तरिम नागरिक सरकार गठनको माग गरेका हुन् । 

जेनजी आन्दोलनका प्रमुख अगुवाहरुलेको संयुक्त वक्तव्य मार्फत ज्यान गुमाएका १९ युवाहरूप्रति समवेदना समेत व्यक्त गरेका छन् । 

उनीहरुले नेपाल प्रहरी ०६२/६३ को जनआन्दोलनमा तत्कालीन तानाशाह सरकारभन्दा बढि क्रूर भएको र प्रहरीले अस्पतालहरूमा आक्रमण गरेको पनि बताए । 

वक्तव्यमा भनिएको छ, ‘६ घण्टाको अन्तरालमा १९ जनाको हत्या कुनैपनि सभ्य समाजमा घृणित र अस्वीकार्य छ । यो संख्या ६२/६३ को जनआन्दोलनमा तत्कालीन तानाशाह सरकारले मारेका कुल मानिसहरूभन्दा बढी हो । क्रूरता त्यहाँ रोकिएन । प्रहरी बलले साधारण नागरिकहरूको घरमा आक्रमण गरिरहेको छ, अस्पतालहरूमा आक्रमण गरिरहेको छ, मानिसहरूलाई गोली हानेको छ, परिवारहरूलाई धम्की दिइरहेको छ र हाम्रा आमाबाबुलाई पनि धम्की दिइरहेको छ । तिनीहरू हाम्रो पछि लागिरहेका छन ।’

 मागहरू यस्ता छन् :

१. हामी राज्यले सबै घाइतेहरूको उचित उपचारलाई तुरुन्तै प्राथमिकता दिन र यस आन्दोलनमा ज्यान गुमाएका प्रत्येक नागरिकलाई आधिकारिक रूपमा शहीदको रूपमा मान्यता दिन माग गर्दछौं । 

२. प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्छ र नयाँ चुनावको अल्टिमेटमसहित नागरिक सरकार गठन गर्ने बाटो खोल्नुपर्छ।

३. यो सरकारले तुरुन्तै राजीनामा दिनुपर्छ।

४. प्रहरी महानिरीक्षकले राजीनामा दिनुपर्छ र जवाफदेही बनाउनुपर्छ।

५. मुलुकी फौजदारी संहिता अन्तर्गत हिजो नागरिकहरूलाई मार्ने प्रधानमन्त्री, गृहमन्त्री, महानिरीक्षक, प्रमुख जिल्ला अधिकारीहरू र प्रत्येक प्रहरी अधिकारी विरुद्ध फौजदारी अनुसन्धान सुरु गर्नुपर्छ र फौजदारी मुद्दा अगाडि बढाउनुपर्छ।

अभिजीत अधिकारी

युजन राजभण्डारी

राक्षस बम

प्रदीप ज्ञवाली

मनिष खनाल

युजन राजभण्डारी

मनिष खनाल

तनुजा पाण्डे

बिनोद देउवा

प्रकाशित मितिः मङ्गलबार, २४ भदौ २०८२
https://jawaaf.com/storage/01K4Q2SM6BXRKBYEMZQ9QP3DB1.jpg

डा. सन्दुक रुईटको विशेष अपिल : सार्वजनिक सम्पत्ति नष्ट नगरी संयमित आन्दोलन गर्न आग्रह

काठमाडौं । प्रख्यात नेत्रविशेषज्ञ डा. सन्दुक  सन्दुक रुईटले सडकमा परिवर्तनका लागि आन्दोलनरत युवापुस्तालाई संयमित बन्न आग्रह गरेका छन् ।

उनले एक विशेष अनुरोध जारी गर्दै आन्दोलनकारी भाइबहिनीहरूले देखाएको साहसका कारण असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हट्न बाध्य भइसकेको उल्लेख गरे । तर यसै क्रममा सार्वजनिक सम्पत्तिमाथि आक्रमण र नोक्सानी पुर्‍याउने कार्य भने उचित नभएको बताए ।

डा.  रुईटले भने, “सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ, सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ । संयमित बनौं ।”

उनले सबै नागरिकलाई शान्तिपूर्ण ढंगले एकताबद्ध भई मुलुकलाई जोगाउन र बनाउन आह्वान गरेका छन् ।

प्रकाशित मितिः मङ्गलबार, २४ भदौ २०८२
https://jawaaf.com/storage/01K4Q1HHSDTCH1A5PG7ZS4XNVP.jpg

चलचित्रकर्मीहरुको आव्हान : नागरिक सरकार गठन र नयाँ निर्वाचन गरौं

काठमाडौं । सोमबारदेखि जारी जेनजीको आन्दोलनप्रति चलचित्रकर्मीहरुले समर्थन जनाएका छन् । मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारद्वारा गरिएको बर्बर दमन र नर संहारले चलचित्रकर्मीको हृदय छिया छिया भएको पनि जनाएका छन् । 
‘देशमा विद्यमान विकृति, विसंगति र भ्रष्टाचार उन्मुलनका लागि सरकारी तत्परताको माग राख्दै जेनजीको आव्हानमा भदौ २३ गते भएको विशेष आन्दोलन प्रति देशमा हामी चलचित्रकर्मीहरु पूर्ण समर्थन गर्दछौं। शान्तिपूर्वक भैरहेको आन्दोलन दबाउन सरकार द्वारा गरिएको बर्बर दमन र १९ जनाको ज्यान जाने गरी भएको नर संहारले हामी चलचित्रकर्मीको हृदय छिया छिया भएको छ ।
जेनजीका मागहरु सम्बोधन गरी तत्काल राष्ट्रिय निकास निकाल्न सबै पक्षसँग हामी आव्हान गर्छौ । देशको राजनीतिक रूपान्तरण को यो सम्बेदनसिल क्षणमा हामी सबैले धैर्यताका साथ देश हितमा शान्तीपूर्वक र समाधानमुखी कदम चाल्नुपर्ने आवश्यकता रहन्छ। अब सबै पक्ष बिच सरसल्लाह गरी नागरिक सरकार गठन गरेर शान्ती सुव्यवस्था कायम गरी नयाँ निर्वाचनको तयारी गर्नुपर्छ ।
साथै जेनजी आन्दोलन दबाउन भुमिका खेल्ने सम्पूर्ण पक्षलाई विशेष छानविन आयोग गठन गरेर कारवाहीको दायरामा ल्याउनुपर्छ। अहिलेको मुख्य समस्या रहेको भ्रष्टाचार रोक्न विशेष अधिकारको आयोग बनाउन तत्काल निर्णय गर्न पनि आग्रह गर्दछौ । 
जेनजीको आन्दोलन सफलताको वाटोमा अगाडी बढिसकेको हुँदा अब राष्ट्रिय सम्पत्तिहरुको तोडफोड र नास नगर्न हामी अनुरोध गर्दछौं ।
यो आन्दोलनको क्रममा सरकारले गोली हानेर मारिएका सबै युवाहरु प्रति हार्दिक श्रद्धान्जली तथा धाइनेहरुको सिध्र स्वास्थ लाभको कामना गर्दछौं ।
मनोज पण्डित
नविन सुब्वा
दयाहाङ्ग राई
निश्चल बस्नेत
अविरल थापा
साम्पिय राज तिमलसिना
रामकृष्ण पोख्रेल
गणेशदेव पाण्डे
अनुप बराल
सुरक्षा पन्न
के की अधिकारी
रिचा शर्मा
स्वस्तीमा खड्का
खगेन्द्र लामिछाने
के पी पाठक
सचिन धिमिरे
दिपेन्द्र खनाल
विनोद पौडेल
दिपक रौनियार
निरोज महर्जन
पुरेन्दु झा

प्रकाशित मितिः मङ्गलबार, २४ भदौ २०८२