बुधबार, १० असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JXV9QT1WDPKXD1TPTCBWJ2AK.jpeg

पहिचानबिना सङ्घीयता अधुरो, लिम्बूवान–मधेस एकता निर्णायक : उपेन्द्र यादव

धरान, असार । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पहिचानमा आधारित सङ्घीयता बिना समावेशी लोकतन्त्र सम्भव नभएको बताउनुभएको छ। नेपालमा राष्ट्र निर्माणको प्रक्रिया जातीय नश्लवादको जगमा भएको दाबी गर्दै यादवले असार १ गते धरानमा आयोजित जनता समाजवादी पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय समिति एकताको प्रथम अधिवेशन उद्घाटन समारोहमा यस्तो धारणा राख्नुभएको हो।

यादवले गोरखाली एकीकरणले नेपालको बहुसांस्कृतिक, भाषिक र पहिचानमा आधारित समाजलाई विस्थापित गर्दै खस–आर्य शासकीय वर्चस्व कायम गरेको आरोप लगाउनुभयो। उहाँका अनुसार, "अहिले पनि सरकार तथा प्रशासन सोही सोचमा चलिरहेको छ।"

यादवले नेपालमा १२५ भन्दा बढी भाषा बोलिने भए पनि सरकारी कामकाज र विश्वविद्यालयमा खस भाषा मात्र लागू गरिएकाले सीमान्तकृत वर्ग अगाडि बढ्न नसकेको तर्क गर्नुभयो। उहाँले प्रशासन र न्यायपालिकामा समेत एउटै समुदायको हालीमुहाली रहेको भन्दै यस्तो व्यवस्थाले साझा हितभन्दा विभेदलाई बढावा दिने बताउनुभयो।

शोषित, उत्पीडित र आदिवासीको पहिचान, अधिकार र समानुपातिक सहभागिताको माग पूरा नभएसम्म आन्दोलन नरोकिने यादवले स्पष्ट पार्नुभयो। उहाँले "कुमारजी र मबीच अनुहारबाहेक सबै एजेन्डा मिल्छ," भन्दै मधेस र लिम्बूवानबीच सहकार्यको बलियो सङ्केत दिनुभयो।

मुक्लुबुङ घटनामा मधेसको खबरदारीले सरकार पछि हटेको उदाहरण दिँदै उहाँले लिम्बूवानको मागमा पनि मधेसले एक भएर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यादवले संविधान संशोधनमार्फत उत्पीडित समुदायका माग सम्बोधन गर्नुपर्ने चेतावनी दिँदै पहिचान र अधिकार लिएरै छाड्ने दृढता व्यक्त गर्नुभयो। उहाँले लोकतान्त्रिक र समावेशी सङ्घीयता लागू भएमा नेपाल पनि विश्वका उत्कृष्ट मुलुकमध्ये पर्न सक्ने धारणा राख्नुभएको थियो ।

प्रकाशित मितिः सोमबार, ०२ असार २०८२
https://jawaaf.com/storage/01JXV87EA134T5QD53MFYN06A7.jpg

प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।

यस्तै, आ.व. २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारि रहनेछ भने उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । 

आजको बैठकमा अर्थ मन्त्री पौडेलले विनियोजन विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति मागीे प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी अर्थ मन्त्री पौडेलले राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई प्रस्तुत गर्न अनुमति मागी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मितिः सोमबार, ०२ असार २०८२
https://jawaaf.com/storage/01JXV7X0Q9YX5HDEE825J5MJ5B.jpg

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । 

साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै, आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकीका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मितिः सोमबार, ०२ असार २०८२
https://jawaaf.com/storage/01JXSR7SA9A53QN030E16S1JAQ.jpeg

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र सुशासनलाई प्राथमिकता दिएको बताएका छन् ।

उनका अनुसार बजेटको ५२ प्रतिशत चालु खर्च, ४७।७ प्रतिशत पुँजीगत खर्च र बाँकी वित्तीय हस्तान्तरणको रूपमा विनियोजन गरिएको छ । 

बजेट स्रोतमा ५ अर्ब ५० करोड आन्तरिक आम्दानी, १२ अर्ब ४० करोड ६० लाख राजस्व बाँडफाँट, ८ अर्ब ९८ करोड ३४ लाख वित्तीय समानीकरण अनुदान, ४ अर्ब ५७ करोड १० लाख सशर्त अनुदान, ५५ करोड ७२ लाख विशेष अनुदान र ३९ करोड १७ लाख समपुरक अनुदान रहनेछ ।

बजेटमा कृषि तथा सहकारी क्षेत्रका लागि २ अर्ब १८ करोड विनियोजन गरिएको छ । प्रांगारिक मल उत्पादन, गुणस्तरीय विउ उत्पादन, व्यवसायिक कृषकको सम्मान, सहकारी संस्थाको सुधार, चिया र कफी प्रवद्र्धन लगायत कार्यक्रम समेटिएका छन् । अन्तर्राष्ट्रिय चिया सम्मेलनका लागि छुट्टै दुई करोड विनियोजन गरिएको छ ।

वन, पर्यटन तथा वातावरण क्षेत्रका लागि २ अर्ब ९७ करोड ६६ लाख विनियोजन गरिएको छ । संरक्षित जलाधार र चुरे संरक्षण, जलवायु सम्मेलन, खेल पर्यटन, तथा विराटनगरलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्ने योजना बजेटमा समावेश छ । पर्यटन वर्षका लागि १० करोड छुट्याइएको छ ।

शिक्षा, खेलकुद, रोजगार र समावेशीताका कार्यक्रम समेट्दै सामाजिक विकास मन्त्रालयका लागि २ अर्ब ५ करोड ५५ लाख बजेट विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख छुट्याइएको छ ।

सैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविका सम्मान तथा सामुदायिक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम बजेटमा छन् । खानेपानी तथा सिंचाइ क्षेत्रका लागि चार अर्ब ७३ करोड ३० लाख बजेट प्रस्ताव गरिएको छ । भूमिगत सिंचाइ, सौर्य उर्जा उपयोग तथा कृषियोग्य जमिनको संरक्षण र सिंचाइ सुविधा विस्तार गर्ने योजना छ ।

सबैभन्दा धेरै १० अर्ब ५७ करोड ५१ लाख बजेट भौतिक पूर्वाधार तथा सहरी विकासतर्फ विनियोजन गरिएको छ । कोशी जनता आवास कार्यक्रम, स्वच्छ सहर निर्माण, वृहत विराट क्षेत्र अवधारणा कार्यान्वयन, वेलीब्रिज निर्माण लगायतका योजना अगाडि सारिएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ९६ करोड विनियोजन गरिएको छ ।‘म अघि बढ्छु’ कार्यक्रम, पत्रकारिता सुदृढीकरण, सूचना प्रविधिको विकास, विपद व्यवस्थापन, एकीकृत बस्ती निर्माण तथा सुशासन प्रवद्र्धनमा बजेट केन्द्रित गरिएको छ ।

मन्त्री मगरले कोशी प्रदेशलाई समावेशी, दिगो र आत्मनिर्भर अर्थतन्त्रतर्फ लैजाने उद्देश्यका साथ बजेट तयार पारिएको बताएका छन् । बजेटमार्फत रोजगारी सिर्जना, उत्पादनमूलक क्षेत्रको प्रवद्र्धन र आधारभूत पूर्वाधार विकासमा सन्तुलन कायम गरिने उनको भनाइ छ ।

प्रकाशित मितिः आइतबार, ०१ असार २०८२
https://jawaaf.com/storage/01JXSQQJ5B46XD83GB7GVA799K.jpg

रास्वपा र राप्रपाको आरोप : संसद बिचौलियाको पक्षमा उभियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरुलाई बोल्न नदिएको आरोप लगाएका छन् ।  संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्न दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भए पनि त्यस विपरित सभामुखले आफूहरुलाई बोल्न नदिएको बताएका हुन् ।

उनले भने, ‘बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्न दिने भन्नु भएको थियो । तर बैठक सुरु भैइसकेपछि रास्वपालाई पहिले बोल्न दिइएन सभामुखले पनि झुटो बोल्नुभयो ।’  

झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको उल्लेख गरे । प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसँग उधारो सहमति गरेकाले आफूहरुले आन्दोलनलाई निरन्तरता दिएको उनले बताए ।

उनले भने, ‘मानव तस्करी जुन भैइरहेको छ संगठित अपराध, त्यसमा गृहमन्त्रालयको केही जिम्मेवार कर्मचारी र गृहमन्त्रीको संलग्नताबारे हामीले आवाज उठाएर जुन बैठक अवरोध गर्ने र त्यसमा आवाज राख्ने  र केही मागहरु हाम्रो छ स्पष्ट छ पाँच बुँदे । प्रमुख प्रतिपक्ष दलले दुई बुँदे सम्झौता गर्नुभयो तर हाम्रो यो उधारो सहमति भएन ।’ 

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद र सभामुख बिचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन् । शाहीले भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा हुँदै पनि जबरजस्ती सदन चलाएर संसद र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफूहरुले सदन बहिष्कार गरेको बताए ।

उनले भने, ‘संसद र सभामुख विचौलियाको पक्षमा उभिएको छ । हामीले संसद बहिष्कार गरेका छौं यो भन्दा अरु विकल्प केही छैन । भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा हुँदै पनि जबरजस्ती सदन चलाएर संसद र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफूहरुले सदन बहिष्कार गरेको हौँ । सांसदले उठाएका आवाजलाई सम्बोधन नगर्ने संसदमा बस्नुको कुनै औचित्य हुँदैन ।’

शाहीले भिजिट भिसा प्रकरणमा माओवादी अध्यक्ष प्रचण्डले छेपारो प्रवृत्तिमा काम गरेको टिप्पणी पनि गरे ।

प्रकाशित मितिः आइतबार, ०१ असार २०८२
https://jawaaf.com/storage/01JXSBRA464BVBKGFPKW21V9YE.jpeg

हेवा खोलाको पुल भाँचिएको घटनाबारे छानविन गर्न समिति गठन

काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानविनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ । 

मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरि पाँच सदस्यीय अध्ययन तथा छानविन समिति गठन गरेका हुन् ।

सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन् । 

IMG_7744.gif 586.81 KB

समितिलाई सो पुल भत्कनुको कारण, भविश्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थाई रुपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानविन गरि ७ दिन भित्रमा प्रतिवेदन पेश गर्ने कार्यभार दिईएको छ । समितिले आईतबार देखिनै काम शुरु गरि सकेको छ । 

मन्त्री दाहालले उक्त अप्रत्याशित घट्नाप्रति दुःख व्यक्त गर्नुको साथै घाइते मजदुरहरुको ज्यान गएकोप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । 

उनले उपचारात घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिने गरि व्यवस्था मिलाउन मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक डा. बिजय जैसीलाई निर्देशन समेत दिएका छन् ।

प्रकाशित मितिः आइतबार, ०१ असार २०८२
https://jawaaf.com/storage/01JXS5407WE9ZSDRWZSTK6Y14H.jpg

धरानमा ‘राजवृक्षको हाँगो’ विमर्शसहित प्रगतिशील साहित्यिक कार्यक्रम सम्पन्न

धरान । प्रगतिशील लेखक सङ्घ नेपाल, सुनसरीको आयोजनामा हिजो शनिवार धरान–१८ बुद्धचोकस्थित कवि विमल स्मृति पुस्तकालयमा ‘राजवृक्षको हाँगो’ कथासङ्ग्रहमाथि विमर्शसहितको एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अग्रगामी रचना वाचन र विशिष्ट स्रष्टाहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ प्रा. डा. खेमराज खनालले धरानमा प्रगतिशील साहित्यिक धार अझै सशक्त रहेकोमा जोड दिँदै यस्तो धारालाई जीवन्त राख्न साहित्यिक जमातको भूमिका अपरिहार्य रहेको बताए। विशिष्ट अतिथि बम देवानले प्रगतिशील साहित्यको संरक्षण र प्रवर्धनका लागि राज्यको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रमको मुख्य आकर्षण प्रगतिवादी साहित्यकार टीका मिलनको कथासङ्ग्रह ‘राजवृक्षको हाँगो’ माथि साहित्यकार रेखा सुवेदीले प्रस्तुत गरेको गहिरो समीक्षात्मक विमर्श थियो। यस अवसरमा प्रगतिशील साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै प्रा. डा. भोलानाथ पोखरेल, लता कार्की, राजेन्द्र किराँती, टीका मिलन र जमुना श्रेष्ठलाई सम्मान गरिएको थियो।

प्रलेस, सुनसरीका सचिव कृष्णप्रसाद नेपालले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता विमला पोखरेलले गरेकी थिइन्। डम्बरु बल्लभ अधिकारीले बढ्दो विकृत साहित्यको प्रवृत्तिले प्रगतिशील धार कमजोर बन्दै गएको भन्दै लेखकहरूलाई सजग र सचेत रहन आह्वान गरे। कार्यक्रममा उपस्थित दर्जनौँ साहित्यकारले आफ्ना सशक्त अग्रगामी रचनाहरू वाचन गरेर माहोललाई थप साहित्यिक बनाएका थिए।

प्रकाशित मितिः आइतबार, ०१ असार २०८२
https://jawaaf.com/storage/01JXS2E3TNVY769CS1GXS7W8E4.jpg

प्रदेश सरकारहरूले बजेट सार्वजनिक गर्दै, मधेशमा कृषि र गण्डकीमा पर्यटन प्राथमिकता

काठमाडौँ । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले हरेकवर्ष असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । सोही अनुरूप आज सातवटै प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरूले बजेट प्रस्तुत गर्न लागेका हुन् ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट सँगै आर्थिक विधेयक र विनियोजन विधेयक पनि पेस गर्ने कार्यसूची रहेको छ । कोशी सरकारले गत वर्षकै आकारमा बजेट ल्याउने तयारी गरेको छ । कोशीले गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

मधेश प्रदेश सरकारले कृषिक्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । मधेशमा गत वर्ष ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट आएको थियो ।

बाग्मती प्रदेशले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा बागमतीले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो ।

गण्डकी प्रदेश सरकारले गत वर्ष ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको थियो । पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेशले बजेट ल्याउँदै छ ।

बजेट प्रस्तुत गर्नकालागि लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको छ । लुम्बिनी प्रदेश सरकारले ३२ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१/८२ मा ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर यस वर्ष ३२ अर्बको सिलिङ तोकिएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो ।

कर्णाली प्रदेश सरकारले आगामी आवका लागि पनि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक बर्षमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ । आगामी बर्ष पनि त्यही हाराहारीमा बजेट ल्याउने तयारी भएको कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले बताएका छन् ।

प्रकाशित मितिः आइतबार, ०१ असार २०८२
https://jawaaf.com/storage/01JXRZGZYMY9VVQ0QV18YH4DKQ.jpg

देहरादुनबाट केदारनाथका लागि उडेको हेलिकोप्टर दुर्घटनाग्रस्त

काठमाडौँ । भारतको देहरादुनबाट केदारनाथका लागि उडेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार उत्तराखण्डमा छ जना यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको बताएका छन् ।

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचारको पुष्टि गर्दै भने, “रुद्रप्रयाग जिल्लामा हेलिकोप्टर दुर्घटना भएको बारेमा धेरै दुखद खबर प्राप्त भएको छ । एसडीआरएफ, स्थानीय प्रशासन र अन्य उद्धार टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन्। म सबै यात्रुहरूको सुरक्षाको लागि बाबा केदारलाई प्रार्थना गर्दछु।”

यसअघि बिहीबार दिउँसो भारतको अहमदाबदबाट बेलायतको लन्डन प्रस्थान गरेको एयर इन्डियाको जहाज पनि दुर्घटना भएको थियो । उक्त जहाजमा चालकदलका सदस्य र यात्रु सहित २४२ जना सवार थिए । जसमा एक जना यात्रु मात्रै बाँच्न सफल भएका थिए ।

प्रकाशित मितिः आइतबार, ०१ असार २०८२
https://jawaaf.com/storage/01JXRT05C72PQGE9MF2CWYJZBV.jpg

नवीन राईको मोटरसाइकल दुर्घटनामा निधन

बराहक्षेत्र, सुनसरी, ३१ जेष्ठ । उदयपुर जिल्ला बेलका नगरपालिका वडा नं. ६ निवासी सामाजिक र राजनीतिक अगुवा, ३९ वर्षीय नवीन राई को शुक्रबार साँझ मोटरसाइकल दुर्घटनामा निधन भएको छ। इलाका प्रहरी कार्यालय, रामपुरका अनुसार, राई जेठ ३० गते राती करिब ११ बजे घरबाट निस्कनुभएको थियो। हिजो (शनिबार) बिहान मदन भण्डारी राजमार्ग सडकभन्दा केही मिटर तल उहाँ मृत अवस्थामा फेला पर्नुभएको थियो। 

राईको  असामयिक निधनले स्थानीय समुदाय, राजनीतिक वृत्त र आदिवासी जनजाति आन्दोलनमा गहिरो शोक छाएको छ। दिवंगत राई नेपाल आदिवासी जनजाति महासंघ, उदयपुर जिल्लाका उपाध्यक्ष र जनता समाजवादी पार्टी, उदयपुर जिल्ला सदस्य हुनुहुन्थ्यो। यसका साथै, उहाँ रेडियो बेलका एफएमका संस्थापक तथा सञ्चालक समिति अध्यक्ष पनि हुनुहुन्थ्यो। यी विभिन्न भूमिकामा रहँदै उहाँले सामाजिक जागरण, राजनीतिक सशक्तीकरण र स्थानीय सञ्चार माध्यमको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

राईको निधनप्रति विभिन्न संघसंस्था, जनता समाजवादी पार्टी उदयपुर, नेपाल आदिवासी जनजाति महासंघ उदयपुर लगायतले गहिरो दुःख व्यक्त गरेका छन्। उनीहरूले स्वर्गीय राईको निधनले समाज र राष्ट्रलाई अतुलनीय र अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। उहाँको सक्रियता र समर्पणले उदयपुरको सामाजिक र राजनीतिक क्षेत्रमा विशेष छाप छोडेको र उहाँको अभाव सधैँ खड्किरहने उनीहरूको भनाइ छ।
स्वर्गीय राईको पार्थिव शरीरको किराँती संस्कृतिअनुसार हिजो (शनिबार) नै दाहसंस्कार गरिसकिएको छ।

Pathiara_adv.gif 586.81 KB



प्रकाशित मितिः आइतबार, ०१ असार २०८२